राजकुमार एन्ड्रयुले अन्तिम सैन्य उपाधि समेत गुमाउने

लन्डन,१७ कात्तिक (रासस–एएफपी) । बेलायत सरकारले आइतबार पूर्व राजकुमार एन्ड्रयुको उप–एडमिरलको मानार्थ उपाधि खोस्ने निर्णय गरेको छ। अमेरिकी यौन अपराधी जेफरी एपस्टीनको मुख्य अभियुक्त भर्जिनिया जुफ्रेले सन् २०२२ मा मुद्दा दायर गरेपछि एन्ड्रयुलाई उहाँकी आमा स्वर्गीय महारानी एलिजाबेथ द्वितीयले दिएको उनको मानार्थ सैन्य उपाधि खोसिएको हो । एन्ड्रयुको एपस्टीनसँगको सम्बन्धलाई लिएर बेलायतको बढ्दो आक्रोशको बीचमा… Continue reading राजकुमार एन्ड्रयुले अन्तिम सैन्य उपाधि समेत गुमाउने

अब दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

काठमाडौँ, १७ कात्तिकः राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको छ । विभागले आज साँझदेखि दैनिक (सार्वजनिक विदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जनाएको हो । विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौताअनुसार आगामी फागुन ११ देखि राहदानी सेवा सुरु हुने गरी नयाँ… Continue reading अब दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

राष्ट्रपति पौडेल सोमबार कतार भ्रमणमा जाँदै

काठमाडौँ, १७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्दैछन् । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ सम्मेलनमा सहभागी हुन सोमबार त्यहाँ प्रस्थान गर्न लागेको… Continue reading राष्ट्रपति पौडेल सोमबार कतार भ्रमणमा जाँदै

हर्क साम्पाङ नेतृत्वको पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान

काठमाडौंँ, १७ कात्तिकः निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ नेतृत्वको नयाँ राजनीतिक दल श्रम संस्कृति पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ अनुसार उक्त पार्टीलाई दल दर्ताको प्रमाणपत्र आज प्रदान गरेको हो । आयोगका अनुसार जेन जी आन्दोलनपछि आयोगमा सातवटा नयाँ दलले दर्ताका… Continue reading हर्क साम्पाङ नेतृत्वको पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान

बञ्चरेडाँडामा फोहोर बोकेका गाडी जान थाले

काठमाडौँ, १६ कात्तिकः स्थानीयको अवरोधका कारण विगत चार दिनदेखि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा जान नसकेका फोहर बोकेका गाडीहरु सहमति जुटेसँगै जान थालेका छन् । सहरी विकासमन्त्री कुलमान घिसिङले आज बञ्चरेडाँडा ल्याण्डफिल साइटमा पुगी स्थानीयसँग यसअघि भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता गरेसँगै फोहरका गाडी जान सुरु गरेको मन्त्री घिसिङको सचिवालयले जनाएको छ । स्थानीय सरकारले पटकपटक गरेका… Continue reading बञ्चरेडाँडामा फोहोर बोकेका गाडी जान थाले

सङ्घीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता

काठमाडौँ, १७ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको वातावरण निर्माणका लागि आह्वान गर्नुभएको सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले निर्वाचनको वातावरण निर्माणका लागि सङ्घ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले राजनीतिक दलसहित सबै पक्षसँग संवाद र छलफल अघि बढाएकामा… Continue reading सङ्घीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल

काठमाडौँ, १७ कात्तिकः गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल भएको छ । आइतबार भएको बैठकमा गृह मन्त्रालयका तर्फबाट ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल, मन्त्रालयअन्तर्गतका कानुन महाशाखाका सहसचिव र प्रतिष्ठानका तर्फबाट कार्यकारी अध्यक्ष प्रा डा लेखनाथ शर्मा, डा दीपक खड्कासहितको टोली सहभागी भएको थियो ।… Continue reading विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल

लन्डन जाने रेलमा छुरा प्रहारः ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ

लन्डन, १६ कात्तिक (रासस\एपी) । पूर्वी इङ्गल्यान्डबाट लन्डनतर्फ गइरहेको रेलमा भएको सामूहिक छुरा प्रहारको घटनापछि बेलायतभर त्रास र अराजकता फैलिएको छ । आइतबार बिहानसम्म अस्पतालमा रहेका १० जनामध्ये नौ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीका अनुसार दुई जना संदिग्धलाई नियन्त्रणमा लिइएको छ र उनीहरूको उद्देश्य पत्ता लगाउने कार्य तीव्र गतिमा भइरहेको छ ।… Continue reading लन्डन जाने रेलमा छुरा प्रहारः ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ

सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

१६ कात्तिक, भरतपुर । सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोलास्थित सडकमा केहीबेर अघि माथिबाट सुक्खा पहिरो खसेका कारण सडक दुइतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक खुलाउन पहिरो पन्छाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

एक महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए, अमेरिकी दोस्रो स्थानमा

काठमाडौँ, १६ कात्तिकः सन् २०२५ को अक्टोवर महिनामा एक लाख २८ हजार ४४३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पदयात्रा र पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय याम मानिने अक्टोबरमा विभिन्न देशका पर्यटक नेपाल भित्रिएका हुन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार अक्टोबर महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट नेपाल आएका छन् । भारतबाट अक्टोबर महिनामा मात्र… Continue reading एक महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए, अमेरिकी दोस्रो स्थानमा

आठ पार्टीबीच कात्तिक १९ मा एकता, आज भयो हस्ताक्षर

१६ कात्तिक, काठमाडौं । यही कात्तिक १९ गते विभिन्न आठ पार्टीबीच एकता हुने भएको छ । ती पार्टीले आज ‘पार्टी एकता सहमति पत्र’ जारी गरी १९ गते एकता घोषणा गर्ने जनाएका हुन् । सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पाटी नेकपा… Continue reading आठ पार्टीबीच कात्तिक १९ मा एकता, आज भयो हस्ताक्षर

तीन दिनदेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालन

काभ्रेपलाञ्चोक, १६ कात्तिकः बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा(नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो । अवरोध हटाउनुका साथै लेदो बगेको स्थानमा ‘डाइभर्सन’ बनाएर आज बिहानदेखि राजमार्ग सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख डिभिजनल सिनियर इञ्जिनियर सुमन योगेशले जानकारी दिए । उनका… Continue reading तीन दिनदेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालन

सुनको मूल्यमा सामान्य वृद्धि

file

काठमाडौँ, १६ कात्तिकः गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु ७०० ले बढेको छ भने चाँदी प्रतितोला रु पाँचले घटेको छ । गत शुक्रबार तोलाको रु दुई लाख ३९ हजारमा कारोबार भएको एक तोला सुनको मूल्य आज रु दुई लाख ३९… Continue reading सुनको मूल्यमा सामान्य वृद्धि

सामाजिक सुरक्षा कोषमा अहिलेसम्म ९४ अर्ब जम्मा

१६ कात्तिक, काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म कूल रु ९४ अर्ब नौ करोड एक लाख ७९ हजार बराबरको रकम जम्मा भएको छ । कोषले रु १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ । कोषमा कूल २५ लाख ९२ हजार एक सय ४१ जना सूचीकृत योगदानकर्ताका रुपमा… Continue reading सामाजिक सुरक्षा कोषमा अहिलेसम्म ९४ अर्ब जम्मा

धनुषामा बसको ठक्करबाट चार जनाको मृत्यु

१६ कात्तिक, जनकपुर । धनुषामा यात्रुवाहक बसको ठक्करबाट चार जनाको मृत्यु भएको छ । शनिवार राति पूर्व-पश्चिम राजमार्ग अन्तर्गत वीरेन्द्रबजारस्थित सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । विराटनगरबाट ढल्केवरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख २५८८ नम्बरको बसले प्रदेश ०२–०१–००१ घ १२२० नम्बरको अटोलाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि अटोमा सवार धनुषा… Continue reading धनुषामा बसको ठक्करबाट चार जनाको मृत्यु

मध्यरातमा बालेनको अश्लिल स्टाटस, १५ मिनेटमै डिलिट

१६ कात्तिक, काठमाडौं । मध्यरातमा बालेनले अश्लिल शब्दसहित राखेको स्टाटसका कारण विवादमा तानिएका छन् । बालेनले सो स्टाटस १५ मिनेटमै हटाएका थिए । तर, सामाजिक संजालमा भने चर्को आलोचना भइरहेको छ । उनले अमेरिका, भारत र विभिन्न राजनीतिक दलको नाम लेख्दै स्टाटस राखेका थिए । समर्थकबाटै आलोचना भएपछि उनले सो स्टाटस हटाएका हुन् । सार्वजनिक… Continue reading मध्यरातमा बालेनको अश्लिल स्टाटस, १५ मिनेटमै डिलिट

वैशाखयता विपद्जन्य घटनामा तीन सय ३५ जनाको मृत्यु

१६ कात्तिक, काठमाडौं । कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । वैशाखयताका ती विपद्का घटनामा परेर शनिबारसम्म तीन सय ३५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा ४१ जना बेपत्ता भएका छन् भने एक हजार २६४ जना घाइते… Continue reading वैशाखयता विपद्जन्य घटनामा तीन सय ३५ जनाको मृत्यु

आजबाट मौसम खुल्ने, कमजोर बन्यो ‘मोन्था चक्रवात’ प्रभाव

१६ कात्तिक, काठमाडौं । बङ्गालको खाडीबाट उठेको ‘मोन्था’ चक्रवातका कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गएको छ । चक्रवातको प्रभाव कमजोर हुँदै गएपछि आजदेखि मौसममा थप सुधार हुने मौसमविद्हरुको पूर्वानुमान छ । तर, केही स्थानमा भने आज पनि वर्षाको सम्भावना कायमै छ । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव… Continue reading आजबाट मौसम खुल्ने, कमजोर बन्यो ‘मोन्था चक्रवात’ प्रभाव

काठमाडौंको शहरीकरण व्यवस्थित गर्न ५० वर्षे गुरुयोजना बनाउँदै सरकार

१६ कात्तिक, काठमाडौं । सरकारले काठमाडौँ उपत्यकाको सहरीकरणको ५० बर्से गुरुयोजना तयार गर्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यका सहरीकरणको गुरुयोजना तयार गरी सोहीबमोजिम योजना कार्यान्वयन अगाडि बढाइने जानकारी दिए । “काठमाडौँ उपत्यकामा आगामी ५० वर्षमा बढ्ने जनसङ्ख्याको प्रक्षेपण गरी सुन्दर बनाउन दीर्घकालीन गुरुयोजना बनाएर सोहीबमोजिम सहरलाई सुन्दर बनाउन… Continue reading काठमाडौंको शहरीकरण व्यवस्थित गर्न ५० वर्षे गुरुयोजना बनाउँदै सरकार

प्रधानमन्त्रीको आह्वानमा आज सातै प्रदेशका मूख्यमन्त्रीहरुको बैठक बस्दै

rss

१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक आह्वान गरेकी छन् । बैठक आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ । बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर… Continue reading प्रधानमन्त्रीको आह्वानमा आज सातै प्रदेशका मूख्यमन्त्रीहरुको बैठक बस्दै

रुकुम पूर्वमा अटो दुर्घटना, २ जनाको मृतयु

१६ कात्तिक, काठमाडौं । रुकुमपूर्वको भूमे गाउँपालिका–१ स्यावालस्थित मध्यपहाडी लोकमार्गमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वको अनुसार शनिबार राति लुकुमबाट ब्राहतालतर्फ जाँदै गरेको रा१ह ६७९७ नम्बरको अटो सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको हो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि… Continue reading रुकुम पूर्वमा अटो दुर्घटना, २ जनाको मृतयु

नागढुंगा सुरुङ सञ्चालनको तयारी, व्यवस्थापन र मर्मत गर्ने कम्पनी छनोट गर्न बोलपत्र आह्वान

१६ कात्तिक, काठमाडौं । नागढुंगा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान भएको छ । नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको हो । बोलपत्र बुझाउने अन्तिम दिन आगामी २ पुस ९१७ डिसेम्बर २०२५० रहेको छ । सुरुङ… Continue reading नागढुंगा सुरुङ सञ्चालनको तयारी, व्यवस्थापन र मर्मत गर्ने कम्पनी छनोट गर्न बोलपत्र आह्वान

कांग्रेसका दुई महामन्त्री थापा र शर्मासँग प्रधानमन्त्रीको भेट, के भयो कुराकानी ?

photo : Gorkhapatra

१५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेतासँग निर्वाचनका विषयमा परामर्श जारी राखेकी छिन् । शनिबार उनले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेकी छिन् । करिब एक घण्टा महामन्त्रीद्वयसँग आगामी निर्वाचनबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी र आउँदा… Continue reading कांग्रेसका दुई महामन्त्री थापा र शर्मासँग प्रधानमन्त्रीको भेट, के भयो कुराकानी ?

भोजपुरमा सडक दुर्घटना, दुई जनाको मृत्यु

१५ कात्तिक, काठमाडौं । भोजपुरको उत्तरी षडानन्द नगरपालिका –४ दुबेस्थित चाम्लादाङबाट दिङ्ला आउँदैगरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर लकडी लिएर आउने क्रममा अनियन्त्रित भएर सडकबाट ३० मिटर तल झरेको थियो । ट्याक्टरमा सवार ६ जनामध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको… Continue reading भोजपुरमा सडक दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

१५ कात्तिक, काठमाडौं । काठमाडौंको तिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३२ तिनकुनेस्थित सडकमा नयाँ बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बाप्र–०२–०५९प ४८९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक काभ्रे पनौती घर भएका ३३ वर्षीय नवराज पुरीको आज दिउँसो मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका पुरीको उपचारका क्रममा सिभिल अस्पतालमा… Continue reading काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

प्रचण्डसँग बिच्किए जनार्दन, प्रचण्डले भने : अराजक

१५ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेता जनार्दन शर्माले अराजक व्यवहार देखाएको आरोप लगाएका छन्। शनिबार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनका अनुसार बैठक राम्रो किसिमले चलिरहेको थियो तर आफ्ना कुरा राखेपछि शर्मा बाहिरिएका थिए । दाहालले शर्माको त्यो शैली… Continue reading प्रचण्डसँग बिच्किए जनार्दन, प्रचण्डले भने : अराजक

आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

१५ कात्तिक, काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन लागिएको हो । असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको… Continue reading आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार

१५ कात्तिक, काठमाडौं । उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलको माउण्टेन रेस्क्यु ट्रेनिङ्ग स्कूल (एमआरटीएस) बाट खटिएको माउन्टेन रेस्क्यू टिमले उनीहरुको सफलतापूर्वक उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उद्धार गरिएका पर्यटकहरूमा एक… Continue reading तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार

विश्व क्रिकेट लिग २ मा आज नेपाल र अमेरिका भिड्दै

file

१५ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दै छ । दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । जारी शृंखलामा नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको ठूलो… Continue reading विश्व क्रिकेट लिग २ मा आज नेपाल र अमेरिका भिड्दै

दक्षिण अफ्रिकी क्रिकेट स्टार फाप डु प्लेसिस एनपीएल खेल्न नेपाल आउने, विराटनगरमा आवद्ध

१४ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकाका मध्यक्रमका ब्याटर फाप डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण खेल्न नेपाल आउने भएका छन्। उनी अर्को महिनादेखि सुरु हुने एनपिएलका लागि विराटनगर किंग्समा आवद्ध भएका हुन् । ४१ वर्षीय प्लेसिस पछिल्लो समय व्यवसायिक क्रिकेटमा व्यस्त छन् । उनी सन् २०२१ देखि भने राष्ट्रिय टोलीमा छैनन् ।… Continue reading दक्षिण अफ्रिकी क्रिकेट स्टार फाप डु प्लेसिस एनपीएल खेल्न नेपाल आउने, विराटनगरमा आवद्ध