१४ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकाका मध्यक्रमका ब्याटर फाप डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण खेल्न नेपाल आउने भएका छन्। उनी अर्को महिनादेखि सुरु हुने एनपिएलका लागि विराटनगर किंग्समा आवद्ध भएका हुन् । ४१ वर्षीय प्लेसिस पछिल्लो समय व्यवसायिक क्रिकेटमा व्यस्त छन् । उनी सन् २०२१ देखि भने राष्ट्रिय टोलीमा छैनन् ।… Continue reading दक्षिण अफ्रिकी क्रिकेट स्टार फाप डु प्लेसिस एनपीएल खेल्न नेपाल आउने, विराटनगरमा आवद्ध
Category: समाचार
विवादका कारण काठमाडौंको फोहोर उठेन, घर भित्रै राख्न महानगरको आग्रह
१४ कात्तिक, काठमाडौं । बन्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि काठमाडौंमा फोहोर उठ्न छाडेको छ । काठमाडौं महानगरपालिकाले फोहोर घर भित्रै राख्न समेत आग्रह गरेको छ । आज शहरी विकास मन्त्रालयमा स्थानीय बासी र सरकारबीच छलफल भएको थियो । छलफलमा स्थानीयले १८ बुँदे सहमति महानगरले पालना नगरेको भन्दै मेयर बालेन शाहसँग छलफल गर्ने अडान राखेका छन् ।… Continue reading विवादका कारण काठमाडौंको फोहोर उठेन, घर भित्रै राख्न महानगरको आग्रह
मुस्ताङको सरिबुङ पासमा विदेशी पदयात्रीसहित १४ जना सम्पर्कविहीन
रासस१४ कात्तिक, काठमाडौं । मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । यहाँको लोघेकर दामोदरकुण्ड ४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँदै मनाङको फुगाउँ निस्किने क्रममा हिमपातका कारण मङ्गलबारदेखि तीन जना अष्ट्रियन नागरिकसहित ११ जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका हुन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी… Continue reading मुस्ताङको सरिबुङ पासमा विदेशी पदयात्रीसहित १४ जना सम्पर्कविहीन
माधव नेपाल नेतृत्वको नेकपा एसले गर्यो माओवादीसँग एकता गर्ने निर्णय, केही नेता भने विरोधमा
१४ कात्तिक, काठमाडौं । माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्दै एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकिएको छ । बुधबारदेखि सुरु भएको बैठकमा बहुमत केन्द्रीय सदस्यले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका हुन् । अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँगको एकता प्रस्तावलाई बैठकमा बहुमत सदस्यले ताली बजाएर अनुमोदन गरे । एकीकृत समाजवादीले माओवादीसँगै महिन्द्र राय यादव नेतृत्वको… Continue reading माधव नेपाल नेतृत्वको नेकपा एसले गर्यो माओवादीसँग एकता गर्ने निर्णय, केही नेता भने विरोधमा
माओवादीसँग एकताको विषयमा नेकपा एसमा असन्तुष्टी , ओलीले भने : हाम्रोमा आउनुस
१४ कात्तिक, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर गएका नेता तथा कार्यकर्तालाई घर फर्कन आग्रह गरेका छन् । नेकपा एकीकृत समाजवादीमा माओवादीसँग एकता गर्नेबारे विवाद भइरहेका बेला ओलीले फरक मत राख्नेलाई एमालेमा फर्कन सार्वजनिक रुपमा आहृवान गरेका हुन् । ‘विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका… Continue reading माओवादीसँग एकताको विषयमा नेकपा एसमा असन्तुष्टी , ओलीले भने : हाम्रोमा आउनुस
पेट्रोलियम पदार्थको मूल्य हेरफेर, हवाई इन्धनको बढ्यो
१४ कात्तिक, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य हेरफेर गरिएको छ । नेपाल आयल निगमका अनुसार आज राती १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ । हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढाईको छ । पेट्रोलको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । भारतबाट पेट्रोलको मूल्य… Continue reading पेट्रोलियम पदार्थको मूल्य हेरफेर, हवाई इन्धनको बढ्यो
राष्ट्रपति १७ कात्तिकदेखि कतार भ्रमणमा जाँदै
काठमाडौँ, कात्तिक १४ गते । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने भएका छन् । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुन लाग्नुभएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर… Continue reading राष्ट्रपति १७ कात्तिकदेखि कतार भ्रमणमा जाँदै
राष्ट्रिय परिचय पत्र अनिवार्य भएका क्षेत्रको दायरा बिस्तार, अब कुन कुन सेवामा थपियो ?
१४ कात्तिक, काठमाडौं । सरकारले विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचयपत्रको पहुँच विस्तार गरी अनिवार्य गरेको छ । कात्तिक १२ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गृह मन्त्रालयको प्रस्तावमा राष्ट्रिय परिचयपत्रको आबद्धता विस्तार गरेको जानकारी दिए । मन्त्री खरेलका अनुसार वैदेशिक रोजगार सेवासम्बन्धी, अदालतका मुद्दा व्यवस्थापनसम्बन्धी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको… Continue reading राष्ट्रिय परिचय पत्र अनिवार्य भएका क्षेत्रको दायरा बिस्तार, अब कुन कुन सेवामा थपियो ?
आज दिनभर वर्षा, साँझबाट सुधार
१४ कात्तिक, काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा शुक्रबार साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी… Continue reading आज दिनभर वर्षा, साँझबाट सुधार
चितवनमा दुई बस र ट्रक एक आपसमा ठोक्किए, ३३ घाइते
१४ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा एउटा ट्रक र दुईवटा बस आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था मध्यम खालको छ । गतराति पौने २ बजे इँट्टा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको बा. प्र. ०३०० ख ०१२३ नम्बरको… Continue reading चितवनमा दुई बस र ट्रक एक आपसमा ठोक्किए, ३३ घाइते
बीपी राजमार्गका विभिन्न स्थानमा अवरोध, यातायात अवरुद्ध
१४ कात्तिक, काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले पूर्व जाने गाडीहरु काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएका छन् । अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तरगत चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर सडक… Continue reading बीपी राजमार्गका विभिन्न स्थानमा अवरोध, यातायात अवरुद्ध
मुम्बईमा बन्धक बनाएका १५ बालबालिकाको सकुशल उद्धार
१३ कात्तिक, मुम्बई । मुम्बईको पवई क्षेत्रमा कैयौँ बालबालिकालाई बन्धक बनाउने व्यक्तिलाई मुम्बई प्रहरीले बिहीबार पक्राउ गरेको छ । प्रहरीका अनुसार बालबालिकालाई बन्धक बनाएका रोहित आर्याले एक भिडियो जारी गर्दै आफूले केही बालबालिकालाई बन्धक बनाएको आफ्नो माग पूरा नगरे सबै कुरामा आगो लगाउने र बच्चासहित आफैंलाई हानि पुर्याउने धम्की दिएका थिए । अपहरणकारी ती व्यक्तिले… Continue reading मुम्बईमा बन्धक बनाएका १५ बालबालिकाको सकुशल उद्धार
कप्तान रोहितको सानदार ब्याटिङका बावजुत हार्यो नेपाल
१३ कात्तिक, काठमाडौं । दुबईमा जारी आइसिसी विश्वकप लिग–२ शृङ्खलाको दोस्रो खेलमा नेपाल संयुक्त अरव इमिरेट्स (युएई) सँग पाँच विकेटले हारेको छ ।जारी श्रृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग एक सय ६ रनले पराजित भएको थियो । दुबई एकेडेमी मैदानमा जितका लागि दुई सय ३४ रनको लक्ष्य पछ्याएको… Continue reading कप्तान रोहितको सानदार ब्याटिङका बावजुत हार्यो नेपाल
बैतडीमा भिरबाट लडेर तीन जनाको मृत्यु
१३ कात्तिक, काठमाडौं । बैतडीमा भिरबाट लडेर तीन जनाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका ७ पचकोराका ५५ वर्षीय भीमसिंह रावत, शिवनाथ गाउँपालिका ५ बारुलोजनीका ६१ वर्षीय इन्द्रसिंह साउद र डिलासैनी गाउँपालिका ७ ढाँणकी ५८ वर्षीया हरुली कार्कीको भिरबाट लडेर मृत्यु भएको हो ।बुधबार शिवनाथ धाममा जात्रा हेर्न गएका भीमसिंह घर नफर्केपछि प्रहरीले खोजतलास… Continue reading बैतडीमा भिरबाट लडेर तीन जनाको मृत्यु
राहदानी छपाईमा पहल गरिदिन प्रधानमन्त्रीले जर्मनीका राजदूतसँग गरिन् आग्रह
१३ कात्तिक, काठमाडौं । नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले प्रधानमन्त्री सुशीला कार्कीसँग आज शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा नेपाल र जर्मनीबीच द्विपक्षीय हित र मित्रताका विषयमा विचार आदानप्रदान भएको थियो। प्रधानमन्त्रीमा कार्की नियुक्त भएपछि उनीहरूबीचको यो पहिलो भेट हो । यस क्रममा जर्मनीका राजदूत उडो भोल्जले प्रधानमन्त्री कार्कीलाई… Continue reading राहदानी छपाईमा पहल गरिदिन प्रधानमन्त्रीले जर्मनीका राजदूतसँग गरिन् आग्रह
मुगुको कोइकी हिमाल आरोहण गर्दै पाँच आरोहीले बनाए कीर्तिमान
१३ कात्तिक, मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ मा पर्ने कोइकी हिमालमा पहिलो पटक सफल आरोहण भएको छ । कात्तिक ३ गते चार अष्ट्रियन र एक जर्मन गरी पाँच जनाको टोलीले सो हिमालमा सफल आरोहण गरेका हुन् । सफल आरोहीहरुमा अष्ट्रियाका एर्विन पल विसम्यान, भ्यालेन्टिन म्याक, स्यान्द्रो फ्रान्ज कान्डुथ, ग्रेगर प्रिबर्निग र जर्मनीका स्टेफन लिब… Continue reading मुगुको कोइकी हिमाल आरोहण गर्दै पाँच आरोहीले बनाए कीर्तिमान
बीपी राजमार्ग पुनर्निर्माण गर्न जापानले दियो २ अर्ब ६० करोड अनुदान
१३ कात्तिक, काठमाडौं । बीपी राजमार्ग पुनर्निर्माण तथा मर्मत सम्भारका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।जापान सरकारले यो राजमार्गको मर्मत र पुनर्निर्माणका लागि २ अर्ब ८० करोड जापानी येन (२ अर्ब ६० करोड रुपैयाँ) बराबर अनुदान सहायता दिने भएको छ । सम्झौता अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओम प्रकाश… Continue reading बीपी राजमार्ग पुनर्निर्माण गर्न जापानले दियो २ अर्ब ६० करोड अनुदान
जमैकामा शक्तिशाली तुफान मेलिसाले पार्दैछ तहसनहस, २० भन्दा बढीको मृत्यु
१३ कात्तिक, काठमाडौं । क्यारेवियन मुलुक जमैकामा शक्तिशाली तुफान मेलिसाले तहसनहस बढाएको छ । यस आँधीका कारण कैयौं इलाकामा बाढी आएको छ । जसले गर्दा ठूलो मात्रामा जन धनको क्षति भएको विवरण सार्वजनिक भएका छन् । अहिलेसम्म २० जनाको मृत्युको विवरण आएको छ । कतिपय मानिस छतमा फसिरहेको देख्न सकिन्छ । विजुली र खानेपानीको आपूर्ति… Continue reading जमैकामा शक्तिशाली तुफान मेलिसाले पार्दैछ तहसनहस, २० भन्दा बढीको मृत्यु
बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु
१३ कात्तिक, बैतडी । मेलौली नगरपालिका – ७ स्वाखानीमा जीप दुर्घटना भएको छ । शिवनाथबाट मेलालीतर्फ आइरहेको से१ज ७३२ नम्बरको जीप स्वाखानीमा बुधबार राति राति दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर… Continue reading बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, के छन् एजेण्डा ?
१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक बस्दैछ । कांग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो । बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था… Continue reading कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, के छन् एजेण्डा ?
पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको प्रभावले नेपालका अधिकांश स्थानमा वर्षा
१३ कात्तिक, काठमाडौं । हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशमा पश्चिमी वायुको सक्रिय प्रभाव छ भने अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव परेको… Continue reading पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको प्रभावले नेपालका अधिकांश स्थानमा वर्षा
जितको दवावमा रहेको नेपालले लिग २ मा यूएईको सामना गर्दै
१३ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले आज यूएईसँग खेल्दै छ । दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुनेछ । जारी शृंखलामा दुवै टोली आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएका थिए । नेपालले १०६ रनको लज्जास्पद हार… Continue reading जितको दवावमा रहेको नेपालले लिग २ मा यूएईको सामना गर्दै
महिला फुटबल : अन्जना चम्किएको खेलमा नेपालले भारतलाई पेनाल्टीमा हरायो
१२ कात्तिक, काठमाडौं । मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले भारतलाई पेनाल्टीसुटआउटमा पराजित गरेको छ । सिक्किमको पाल्जोर स्टेडियममा बुधबार भएको अनअफिसियल मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टीसुटआउटमा ३–० ले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि विजेताको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो । जहाँ अन्जना राना मगर नायक बन्दै दुई पेनाल्टी बचाइन्… Continue reading महिला फुटबल : अन्जना चम्किएको खेलमा नेपालले भारतलाई पेनाल्टीमा हरायो
पाल्पामा सवारी दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु
१२ कात्तिक, काठमाडौं । पाल्पामा इभी गाडी दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थल मै मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी चालक रैनादेवी छहरा ४ का ३४ वर्षीय कमल रायमाझी, रैनादेवी छहरा वडा नं। २ सोमादीका ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी र वडा नं. ४ मेहलढापका ४१ वर्षीय रामबहादुर गाहा रहेको प्रहरीले पाल्पा प्रहरीका सूचना अधिकारी… Continue reading पाल्पामा सवारी दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु
दक्षिणकाली र फर्सीडोलमा दुई जना मृत भेटिए
१२ कात्तिक, काठमाडौं । काठमाडौँ र ललितपुरमा आज दुईजना मृत भेटिएका छन् । काठमाडौँको दक्षिणकाली नगरपालिका–१ नौमूलेमा आज एक व्यक्ति मृत भेटिएका हुन् । यहाँको नौमूले कृषि फर्म तथा रेष्टुरेन्टमा कीर्तिपुर नगरपालिका–५ भण्डारीगाउँ बस्ने ४६ वर्षीय विपिन बस्नेत मृत भेटिएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए। उनका अनुसार मृत्युको कारणबारे… Continue reading दक्षिणकाली र फर्सीडोलमा दुई जना मृत भेटिए
चौधरी ग्रुपसँगको सहकार्यमा नेपाल भित्रियो बिकाजी, नवलपरासीमा खुल्ने भयो स्न्याक्स उद्योग
१२ कात्तिक, काठमाडौं । राजनीतिक अन्यौल तथा आर्थिक चुनौतिपूर्ण वातावरणबीच चौधरी ग्रुपले वैदेशिक लगानी भित्र्याएको छ । ग्रुपको एफएमसीजी कम्पनी सीजी फुड्सले भारतको प्रख्यात स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेसनल सँगको सहकार्यमा वैदेशिक लगानी भित्र्याएको हो । सो लगानीबाट नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा बिकाजी स्न्याक्स फ्याक्ट्री सञ्चालन हुने भएको छ । फ्याक्ट्रीको आज शिलान्यास गरिएको छ… Continue reading चौधरी ग्रुपसँगको सहकार्यमा नेपाल भित्रियो बिकाजी, नवलपरासीमा खुल्ने भयो स्न्याक्स उद्योग
राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते हुने
१२ कात्तिक, काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको निर्वाचन माघमा गर्ने निर्णयसहित पाँच निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । बैठकले नेपाल र मौरिसेसबीच भएको दोहोरो कर मुक्ति… Continue reading राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते हुने
दल, जेनजी र प्रधानमन्त्रीबीच वालुवाटारमा छलफल, के भयो कुराकानी ?
१२ कात्तिक, काठमाडौं । जेनजी प्रतिनिधिले चुनावसँगै सरकार भ्रष्टाचारविरुद्धको कारबाही र सुशासनका एजेन्डामासँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिको छलफलमा चुनावसँगै भ्रष्टाचारविरुद्धको कारबाही र सुशासनमा जोड दिएका हुन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार जेनजी प्रतिनिधिले चुनाव चाहिएको भए पनि चुनाव चुनाव भनेर भ्रष्टाचारविरुद्धको कारबाही र सुशासनको… Continue reading दल, जेनजी र प्रधानमन्त्रीबीच वालुवाटारमा छलफल, के भयो कुराकानी ?
प्रतिनिधिसभा विघटन रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
१२ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।जेनजी आन्दोलनपछिको सरकार निर्माण प्रक्रिया र प्रतिनिधिसभा विघटन दुवै असंवैधानिक रहेको जिकिर गर्दै प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा १६ वटा रिट दर्ता भएका थिए । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार… Continue reading प्रतिनिधिसभा विघटन रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
दुई क्रसबोर्डर प्रसारण लाइन बनाउन नेपाल–भारत लगानी सम्झौता, ६ हजार मेवा विद्युत निर्यातको क्षमता
१२ कात्तिक, काठमाडौं । नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम तथा सेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरण र पावर ग्रिड कर्पोरेसन अफ इण्डियाले संयुक्त कम्पनी स्थापना गरी दुवै प्रसारण लाइन निर्माण गर्ने सहमति जनाएका छन्। दुवै प्रसारण लाइन सन् २०३० भित्र निर्माण सम्पन्न… Continue reading दुई क्रसबोर्डर प्रसारण लाइन बनाउन नेपाल–भारत लगानी सम्झौता, ६ हजार मेवा विद्युत निर्यातको क्षमता