१२ कात्तिक, काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको निर्वाचन माघमा गर्ने निर्णयसहित पाँच निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । बैठकले नेपाल र मौरिसेसबीच भएको दोहोरो कर मुक्ति… Continue reading राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते हुने
Category: समाचार
दल, जेनजी र प्रधानमन्त्रीबीच वालुवाटारमा छलफल, के भयो कुराकानी ?
१२ कात्तिक, काठमाडौं । जेनजी प्रतिनिधिले चुनावसँगै सरकार भ्रष्टाचारविरुद्धको कारबाही र सुशासनका एजेन्डामासँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिको छलफलमा चुनावसँगै भ्रष्टाचारविरुद्धको कारबाही र सुशासनमा जोड दिएका हुन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार जेनजी प्रतिनिधिले चुनाव चाहिएको भए पनि चुनाव चुनाव भनेर भ्रष्टाचारविरुद्धको कारबाही र सुशासनको… Continue reading दल, जेनजी र प्रधानमन्त्रीबीच वालुवाटारमा छलफल, के भयो कुराकानी ?
प्रतिनिधिसभा विघटन रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
१२ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।जेनजी आन्दोलनपछिको सरकार निर्माण प्रक्रिया र प्रतिनिधिसभा विघटन दुवै असंवैधानिक रहेको जिकिर गर्दै प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा १६ वटा रिट दर्ता भएका थिए । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार… Continue reading प्रतिनिधिसभा विघटन रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
दुई क्रसबोर्डर प्रसारण लाइन बनाउन नेपाल–भारत लगानी सम्झौता, ६ हजार मेवा विद्युत निर्यातको क्षमता
१२ कात्तिक, काठमाडौं । नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम तथा सेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरण र पावर ग्रिड कर्पोरेसन अफ इण्डियाले संयुक्त कम्पनी स्थापना गरी दुवै प्रसारण लाइन निर्माण गर्ने सहमति जनाएका छन्। दुवै प्रसारण लाइन सन् २०३० भित्र निर्माण सम्पन्न… Continue reading दुई क्रसबोर्डर प्रसारण लाइन बनाउन नेपाल–भारत लगानी सम्झौता, ६ हजार मेवा विद्युत निर्यातको क्षमता
सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल
१२ कात्तिक, काठमाडौं । सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना भएको छ । आज बिहान अल्टिच्युट एयरको हेलिकप्ट दुर्घटना भएको हो । ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले पुष्टी गरेका छन् । उनका अनुसार हेलिकप्टरमा यात्रु थिएनन् । पाइलटको उद्धार गरिएको पाण्डेले जानकारी दिइन् । काठमाडौंबाट… Continue reading सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल
सरकार, दल र जेनजीबिच आज त्रिपक्षीय संवाद हुँदै
काठमाडौँ, कात्तिक १२ गते । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गर्नुभएको छ । भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सरकारको अग्रसरतामा पहिलो पटक त्रिपक्षीय संवाद हुने भएको हो । प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षसँग सघन रूपमा वार्ता र छलफल गरिरहेकी छिन्… Continue reading सरकार, दल र जेनजीबिच आज त्रिपक्षीय संवाद हुँदै
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आजबाट सुनुवाइ
काठमाडौँ, कात्तिक १२ गते । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा बुधबारदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले विशेष अवस्थामा संसद बाहिरबाट प्रधानमन्त्री… Continue reading प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आजबाट सुनुवाइ
दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते
भद्रपुर, १२ कात्तिक । दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए । घाइतेमध्ये एक जनाको अवस्था… Continue reading दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते
हिमाली र उच्च पहाडी भेगमा आज पनि हिमपातको सम्भावना
१२ कात्तिक, काठमाडौं । आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।विभागका अनुसार उक्त अवधिमा देशको बागमती, कमला, कोशी र कन्काई नदी… Continue reading हिमाली र उच्च पहाडी भेगमा आज पनि हिमपातको सम्भावना
माधव नेपालका सबै सुरक्षाकर्मी किन गरियो फिर्ता ?
११ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता बोलाइएको छ । अध्यक्ष नेपालको पतञ्जली जग्गा हिनामिनामा प्रकरणमा भ्रष्टाचार मुद्दा विचाराधीन छ । गृह मन्त्रालय स्रोतका अनुसार पूर्वप्रधानमन्त्रीका हैसियतमा उनलाई दिइएका सबै सुरक्षाकर्मी फिर्ता बोलाइएको हो । नेपालले आफूलाई सुरक्षा थ्रेटको महसुस गरेमा मन्त्रालयमा निवेदन दिन सकिने गृह मन्त्रालय स्रोतले… Continue reading माधव नेपालका सबै सुरक्षाकर्मी किन गरियो फिर्ता ?
सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफलको तयारी
११ कात्तिक, काठमाडौं । निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच छलफल गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपराह्न ४ बजे सरकारले त्रिपक्षीय बैठक बोलाएको छ । बैठकमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच छलफल हुनेछ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले… Continue reading सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफलको तयारी
एमाले नेता तथा व्यवसायी भट्टचन पक्राउ, कारण के हो ?
११ कात्तिक, काठमाडौं । नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन् । व्यवसायी समेत रहेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो । उनलाई प्रभु ग्रुपसँगै सम्बन्धित आर्थिक हिनामिनामा पक्राउ गरिएको प्रहरी स्रोतलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले पुष्टी गरेका छन् । उनी प्रभु ग्रुपका अध्यक्ष समेत हुन् ।… Continue reading एमाले नेता तथा व्यवसायी भट्टचन पक्राउ, कारण के हो ?
हिमपातपछि तिलिचो वेक्याम्पमा फसेका ७५० जना पर्यटकको उद्धार
११ कात्तिक, काठमाडौं । हिमाली जिल्लामा हिमपातमा फसेका ७ सयभन्दा बढी पर्यटकहरूको उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले ती पर्यटकहरूको उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । गएरातिदेखि परेको हिउँका कारण मनाङको तिलिचो बेस क्याम्पमा अलपत्र ७५० जना पर्यटकलाई उद्धार गरी डिस्याङ गाउँपालिका–९… Continue reading हिमपातपछि तिलिचो वेक्याम्पमा फसेका ७५० जना पर्यटकको उद्धार
छठ बिदापछिको पहिलो कारोबार दिन मंगलबार सेयर बजारमा उछाल
११ कात्तिक, काठमाडौं । मंगलबार सेयर बजार ६२.२९ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५७१ अंकमा कायम भएको छ । कारोबार खुलेको केही मिनेट बजार रातो देखिए पनि १० मिनेटपछि दिनभर हरियो रह्यो । कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । अघिल्लो दिन आइतबार जम्मा २ अर्ब ७९ करोडको कारोबार भएकोमा आज… Continue reading छठ बिदापछिको पहिलो कारोबार दिन मंगलबार सेयर बजारमा उछाल
टोकियो पुगे ट्रम्प : के छ कार्यक्रम ?
टोकियो, कात्तिक ११ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार मलेसियाको सफल भ्रमण सम्पन्न गरी आफ्नो एसियाली भ्रमणको दोस्रो चरणका रूपमा जापान पुगेका छन् । उनको यो भ्रमण जापानका नवनिर्वाचित प्रधानमन्त्री साने ताकाइचीसँग पहिलो व्यक्तिगत भेटका लागि हो । यो भेटलाई दुई देशबिचको सम्बन्ध सुदृढीकरणको महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ । क्वालालम्पुरबाट प्रस्थान गर्नुअघि राष्ट्रपति ट्रम्पले… Continue reading टोकियो पुगे ट्रम्प : के छ कार्यक्रम ?
उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ
११ कात्तिक, काठमाडौं । छठपर्व आज समापन गरिएको छ । शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो । आज बिहानै व्रतालुहरुले छठघाट वा नजिकैको नदी र पोखरीमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् । व्रतालुहरूले सोमबार छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । उनीहरुले आज बिहान उदाउँदो… Continue reading उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ
आजबाट मौसम परिवर्तन, पदयात्रा नगर्न र बाली नकाट्न आह्वान
११ कात्तिक, काठमाडौं । पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज र भोलि दुई दिन गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको… Continue reading आजबाट मौसम परिवर्तन, पदयात्रा नगर्न र बाली नकाट्न आह्वान
“उद्योग व्यवसायमा आगजनी र लुटपाट गर्नेहरू विरूद्ध प्रहरीले जाहेरी लिन मानेन”
१० कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा घुसपैठ भई उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि लुटपाट, तोडफोड तथा आगजनी गर्नेलाई कारबाही अगाडि बढाउन माग गरेको छ । ती घटनामा संलग्नहरूको जाहेरी नै नलिएको भनी सदस्यहरूबाट गुनासो आइरहेको महासंघले जनाएको छ । यसले समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साहित हुने उल्लेख गर्दै… Continue reading “उद्योग व्यवसायमा आगजनी र लुटपाट गर्नेहरू विरूद्ध प्रहरीले जाहेरी लिन मानेन”
आन्दोलनको निसाना बनाइएको सर्वोच्चको डिजिटल सिस्टम पूर्ण रूपमा रिकभर
१० कात्तिक, काठमाडौं । भदौ २४ मा भएको जेन–जी प्रर्दशनका क्रममा भएको तोडफोड र आगजनीपछि क्षतिग्रस्त भएको सर्वोच्च अदालतसहित देशभरका अदालतको सर्भर पूर्ण रूपमा ‘रिकभर ’ भएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार २४ भदौमा भएको आगजनीमा सर्वोच्च अदालत र हेटौंडामा रहेको डेटा सेन्टरमा आगलागी र तोडफोड भएको थियो । सर्वोच्च अदालतको मुख्य… Continue reading आन्दोलनको निसाना बनाइएको सर्वोच्चको डिजिटल सिस्टम पूर्ण रूपमा रिकभर
मनाङ र मुस्ताङमा अधिक भीड, दुई दिनमा चार जनाको लेक लागेर मृत्यु
१० कात्तिक, काठमाडौं । पछिल्ला दुई दिनमै लेक लागेर मनाङ र मुस्ताङमा चार जनाको मृत्यु भएको छ । कात्तिक ८ र ९ गते लेक लागेर मनाङ र कास्कीमा गरी चार जनाको ज्यान गएको हो । यस्तै, एक जना स्पेनी नागरिकलाई उपचारका लागि काठमाडौं ल्याइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।… Continue reading मनाङ र मुस्ताङमा अधिक भीड, दुई दिनमा चार जनाको लेक लागेर मृत्यु
महिला फुटबल : भारतविरुद्ध नेपालको सानदार जित
१० कात्तिक, काठमाडौं । ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतमाथि सानदार जित निकालेको छ । शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २–१ ले हरायो । सावित्राले खेलको दोस्रो मिनेटमै गोल गरी नेपाललाई अग्रता दिलाइन् । विमला विकले मैदानको आफ्नै भागबाट दिएको लामो पासमा… Continue reading महिला फुटबल : भारतविरुद्ध नेपालको सानदार जित
छठ पर्वले राष्ट्रिय एकता सुदृढ बनाउने छ : राष्ट्रपति
१० कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।छठ पर्व २०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरिति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि… Continue reading छठ पर्वले राष्ट्रिय एकता सुदृढ बनाउने छ : राष्ट्रपति
अबको केही दिन मौसम प्रतिकुल बन्दै, सूचना लिएर मात्र पदयात्रामा जान आह्वान
१० कात्तिक, काठमाडौं । सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानको बारेमा आवश्यक जानकारी लिन आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पदयात्रामा जानुपूर्व पूर्वसूचना एवं ‘अलर्ट’बारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न आग्रह गरेको हो । यस्तै, पदयात्राका… Continue reading अबको केही दिन मौसम प्रतिकुल बन्दै, सूचना लिएर मात्र पदयात्रामा जान आह्वान
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइदै
१० कात्तिक, काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । अस्ताउँदो सूर्यलाई अर्घ दिने छठ पर्वको मुख्य दिन सरकारले सार्वजनिक बिदा दिएको छ ।… Continue reading आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइदै
सुरक्षा निकायलाई २५१ नयाँ गाडी किन्न अर्थले दियो सहमति
१० कात्तिक, काठमाडौं । अर्थ मन्त्रालयले तीन वटा सुरक्षा निकायलाई २५१ वटा गाडी किन्न स्रोत सहमति दिएको छ। जेनजी आन्दोलन क्रममा भदौ २४ गते धेरै सुरक्षा निकाय र सरकारी गाडीमाथि आगजनी र तोडफोड गरिएको थियो। मन्त्रालय मातहतका प्रयोगका लागि थप गाडी नकिन्ने निर्णय गरे पनि सुरक्षा निकायका लागि भने अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो।… Continue reading सुरक्षा निकायलाई २५१ नयाँ गाडी किन्न अर्थले दियो सहमति
विभिन्न जिल्लाका प्रजिअसहित गृहका कर्मचारीको सरुवा
९ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयको आजको निर्णयानुसार सहसचिव र प्रजिअ गरी ३६ कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको हो । मन्त्रालयले आज साँझ जारी गरेको सूचनामा कुल ३१ प्रमुख जिल्ला अधिकारी, एक प्रमुख अध्यागमन अधिकृत, दुई सहसचिव र दुई महानिर्देशकको सरुवा तथा… Continue reading विभिन्न जिल्लाका प्रजिअसहित गृहका कर्मचारीको सरुवा
सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ११ हजार ६ सय घट्यो
९ कात्तिक, काठमाडौं । तिहारपछि नेपाली बजारमा सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । तिहारअघि कात्तिक ३ गते सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । तिहारपछि… Continue reading सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ११ हजार ६ सय घट्यो
भैरहवामा थाई एयर एसियाले थाल्यो नियमित उडान
९ कात्तिक, काठमाडौं । थाई एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि पुनः उडान थालेको छ । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक सातामा दुई उडान गर्दैछ । आइतबार र बुधबार यहाँ नियमित उडान गर्ने गरी कम्पनीले उडान तालिका स्वीकृत गराएको थियो । अहिले भैरहवामा नियमित उडान गर्ने कम्पनीमा थाई एयर एसिया… Continue reading भैरहवामा थाई एयर एसियाले थाल्यो नियमित उडान
अमादब्लम आरोहण क्रममा दुई विदेशी आरोहीको ज्यान गयो
९ कात्तिक, काठमाडौं । जारी शरद ऋतुमा अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार हिमालयन भिजन ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिमार्फत गएका फ्रान्सेली नागरिक हुगो लुसियो लाजारोको मृत्यु भएको छ । ६ कात्तिकमा अमादब्लम सफल आरोहण गरी फर्कने क्रममा उनको स्वास्थ्यमा समस्या आएको थियो । उनलाई क्याम्प ३ बाट… Continue reading अमादब्लम आरोहण क्रममा दुई विदेशी आरोहीको ज्यान गयो
अमेरिकासँग नेपालको लज्जाष्पद हार
९ कात्तिक, काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग एक सय ६ रनले पराजित भएको छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आइतबार जितका लागि दुई सय ६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९।१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५६ रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन… Continue reading अमेरिकासँग नेपालको लज्जाष्पद हार