करिब पाँच अर्व बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी

काठमाडौँ, १९ जेठ । काठमाडौँ महानगरपालिका सहकारी विभागमा रु चार अर्ब ७७ करोड ४९ लाख २३ हजार बचत रकम फिर्ता गरी दिनका लागि छ हजार बढी बचतकर्ताले माग गरेका छन् । कामपा सहकारी विभागका अनुसार पछिल्लो समय कामपामा बचत रकम फिर्ता गरीदिनका लागि अत्यधिक माग आउन थालेको छ । कामपा सहकारी विकागका प्रमुख धु्रवकुमार काफ्लेका… Continue reading करिब पाँच अर्व बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी

चोरीको पाँच वटा मोटरसाइकलसहित तीन पक्राउ

File तस्बिरः विमलबहादुर बिष्ट/रासस

काठमाडौँ, १९ जेठ । प्रहरीले चोरीका पाँच वटा मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्ला रौतहट, राजदेवी नगरपालिका घर भइ हाल काठमाडौँको मैतीदेवी बस्ने २६ वर्षीय दिनेश कुसुहवा, मकवानपुर, बागमती गाउँपालिका–३ घर भइ हाल काठमाडौँको सिफल बस्ने २० वर्षीय नवराज माझी तथा गोरखा, गण्डकी गाउँपालिका–५ घर भइ हाल काठमाडाँै तारकेश्वर… Continue reading चोरीको पाँच वटा मोटरसाइकलसहित तीन पक्राउ

मौरिस हर्जोग दौड प्रतियोगितामा २० धावक सहभागी

म्याग्दी, १९ जेठ । पहिलो पटक आठ हजार मिटर अग्लो हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने आधार शिविर देखि नारच्याङ गाउँसम्म आयोजना गरिएको मौरिस हर्जोग दौड प्रतियोगितामा २० जना धावकले सहभागिता जनाएका छन् । अन्नपूर्ण गाउँपालिका–४ नम्बर वडा कार्यालयले आयोजना गरेको खुला महिला पुरुष दोस्रो मौरीस हर्जोग दौड… Continue reading मौरिस हर्जोग दौड प्रतियोगितामा २० धावक सहभागी

विदेशी मुद्रासहित विदेश जान लागेका एक जना पक्राउ

काठमाडौँ, १९ जेठ : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट मलेसिया जान लागेका एक व्यक्तिलाई ठूलो परिमाणमा विदेशी मुद्रासहित पक्राउ गरिएको छ ।गएराति अन्तरराष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न विदेशी मुद्दासहित सुनसरी गढी गाउँपालिका–१ घर भएका ५० वर्षीय कमलनारायण विश्वासलाई प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । उनी… Continue reading विदेशी मुद्रासहित विदेश जान लागेका एक जना पक्राउ

सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

काठमाडौँ, १९ जेठ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ । उक्त भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श भएको रास्वपाले जनाएको छ । सभापति लमिछाने भाजपाका अध्यक्ष नीतिन… Continue reading सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

गण्डकीको नीति तथा कार्यक्रम : कृषि र पर्यटन प्राथमिकतामा

गण्डकी, १९ जेठ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभाको आजको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नागरिकको दैनिक जीवनमा अनुभूत हुनेगरी प्रभावकारी सेवा प्रवाह, समावेशी विकास, सुशासन र सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको… Continue reading गण्डकीको नीति तथा कार्यक्रम : कृषि र पर्यटन प्राथमिकतामा

वित्तीय अपराध नियन्त्रणमा सबैको निकायको सहकार्य आवश्यक

सुबास ढुंगाना/रासस

काठमाडौँ, १९ जेठ । पछिल्लो समयमा वित्तीय अपराधमा भएको बढोत्तरीले चुनौती थपेको निष्कर्षसहित यस्ता अपराध नियन्त्रणमा सामूहिक प्रयासको खाँखो रहेको औँल्याइएको छ । नेपाल राष्ट्र बैंक तथा नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा आज भएको सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य, आम विनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानीसम्बन्धी अनुशिक्षणमा सहभागी सुरक्षा तथा आर्थिक क्षेत्रका अधिकारीहरूले उक्त कुरामा… Continue reading वित्तीय अपराध नियन्त्रणमा सबैको निकायको सहकार्य आवश्यक

मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

file

क्वालालम्पुर, १९ जेठ (रासस–एपी) । मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै नयाँ कानुनी व्यवस्था लागू गरेको छ । सोमबारदेखि कार्यान्वयनमा आएको उक्त नियमअनुसार १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन् । नयाँ व्यवस्थाअनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ… Continue reading मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

बालबालिकासँग हुँदा फोन टाढा राख्न आग्रह

स्टकहोम, १९ जेठ (रासस–एएफपी) । स्विडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले आमाबाबुको मोबाइल प्रयोगले बालबालिकाको व्यवहार, बानी र पारिवारिक अन्तरक्रियामा असर पार्न सक्ने निष्कर्ष सार्वजनिक गर्दै बालबालिकासँग समय बिताउँदा फोन प्रयोग सीमित गर्न आग्रह गरेको छ । नयाँ सिफारिसमार्फत एजेन्सीले आमाबाबुलाई बच्चासँग हुँदा सकेसम्म फोन टाढा राख्न र अत्यावश्यक अवस्थामा मात्र प्रयोग गर्न सुझाव दिएको हो ।… Continue reading बालबालिकासँग हुँदा फोन टाढा राख्न आग्रह

आइबिस पुनः आकाशमा

Japan's Crown Prince Akishino, second right, Crown Princess Kiko, right, and other officials watch a crested Ibis marked with painted wings released into wild during an event in Hakui, Japan, Sunday, May 31, 2026. (Japan Pool/Kyodo News via AP)

टोकियो, १९ जेठ (रासस–एपी) । दशकौँअघि जापानबाट लोप भइसकेका क्रेस्टेड आइबिस (टोकी) पुनः जङ्गलमा फर्किएका छन् । उत्तर–मध्य जापानको नोटो क्षेत्रमा आइतबार आयोजित विशेष समारोहमा आठवटा प्रजननमार्फत हुर्काइएका आइबिसहरू औपचारिक रूपमा स्वतन्त्र रूपमा उड्नका लागि आकाशमा छोडिएका छन् । यसलाई संरक्षण अभियानको ऐतिहासिक सफलता मानिएको छ । नोटो क्षेत्रको हकुई सहरमा भएको उक्त समारोहमा लोपोन्मुख… Continue reading आइबिस पुनः आकाशमा

नाइजेरियामा अपहरणको घटनाप्रति विरोध जनाउँदै शिक्षक हड्तालमा

Photo : eminetra.co

लागोस, १९ जेठ (रासस–एएफपी) । मे २०२६ मध्यमा दर्जनौँ बालबालिका र उनीहरूका शिक्षकहरूको अपहरणको विरोधमा नाइजेरिया युनियन अफ टिचर्स (एनयुटी) ले ओयो राज्यमा सोमबारदेखि शैक्षिक हडतालको आह्वान गरेको छ । नाइजेरियाको सेनाले बोको हराम भनिने जिहादी समूह दोषी भएको आरोप लगाएका बन्दुकधारीहरूको समूहले दक्षिणपश्चिमी राज्य ओयोका तीन विद्यालयका विद्यार्थी र कर्मचारीहरूलाई अपहरण गरेका थिए। नाइजेरियामा… Continue reading नाइजेरियामा अपहरणको घटनाप्रति विरोध जनाउँदै शिक्षक हड्तालमा

अमेरिकासँगको सन्देश आदानप्रदानलाई रोकिएको इरानको भनाइ, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने निर्णय

तेहरान, १९ जेठ (रासस–एएफपी) । इरानले लेबनानमा इजरायलको कदमको विरोधमा संयुक्त राज्य अमेरिकासँग मध्यस्थकर्तामार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावहरूको आदानप्रदान रोकेको इरानको अर्धसरकारी समाचार संस्था तस्निमले सोमबार जनाएको छ । “गाजा र लेबनानमा इजरायली अभियान तत्काल बन्द गर्ने माग पूरा नगरेसम्म वार्ता हुँदैन,” इरानले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अमेरिकासँग अप्रिलमा भएको युद्धविरामलाई जारी… Continue reading अमेरिकासँगको सन्देश आदानप्रदानलाई रोकिएको इरानको भनाइ, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने निर्णय

मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना

काठमाडौँ, १९ जेठः आज मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको छ । यस्तै, देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । यसैगरी,… Continue reading मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना

वीरगञ्ज महानगर प्रमुख सिंह पक्राउ

वीरगञ्ज (पर्सा), १९ जेठः वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको छ । पर्सा जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको १० दिनपछि आज उनलाई पर्साको ठोरीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजु कार्कीले लुकीछिपी बसेका नगरप्रमुख सिंहलाई ठोरीबाट पक्राउ गरिएको पुष्टि गरे । “हामीले उहाँको… Continue reading वीरगञ्ज महानगर प्रमुख सिंह पक्राउ

बुटवल–नारायणगढ सडकमा यात्रा सहज बन्दै

सिद्धार्थनगर (भैरहवा), १९ जेठः वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्ताको समस्या झेल्दै आएको बुटवल–नारायणगढ सडक खण्डमा सवारी आवागमन अब सहज बन्दै गएको छ । सडक विस्तारअन्तर्गत ढलान तथा स्तरोन्नतिको अधिकांश काम सम्पन्न भएसँगै यात्रुले राहत महसुस गर्न थालेका छन् । निर्माणाधीन सडकका प्रमुख भागमा ढलानको काम लगभग सकिएको र सवारीसाधन सञ्चालनका लागि सडक अवस्था… Continue reading बुटवल–नारायणगढ सडकमा यात्रा सहज बन्दै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

काठमाडौँ, १९ जेठः नेपालबाट अन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग राजधानी काठमाडौँलाई प्रत्यक्ष हवाई सेवामार्फत जोड्ने भएको छ । कम्पनीले यही जेठ २१ गतेदेखि काठमाडौँ–शेन्जेन–काठमाडौँ सिधा उडान सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो । नयाँ उडान सेवाअन्तर्गत काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र चीनको शेन्जेन बाओआन… Continue reading हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ

कर्णाली, १९ जेठः सुर्खेत प्रहरीले रु तीन करोड बराबरको सुनसहित व्यापारी श्यामसुन्दर अग्रवाललाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले यही जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका–६ राजाचोक नजिकस्थित ‘शिव ईम्पोरिय’ पसलबाट रु तीन करोड बराबरका सुनचाँदीका गहनासहित अग्रवाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए… Continue reading तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ

विकासले फेरिँदै नगरकोटको मुहार

भक्तपुर, १९ जेठः चाँगुनारायण नगरपालिका–६ को पर्यटकीय आधारशिलाका रुपमा पहिचान बोकेको नगरकोट, यतिखेर तीन तहकै सरकारको लगानीले मुहार फेरिँदै गएको छ । नगरकोट जाने सडकको १० वर्षको कुरुपताले खस्कँदै गएको यहाँको पहिचानलाई नगरपालिकाले सडक कालोपत्र गरेसँगै र तीन तहकै सरकारको वार्षिक रु २० करोडभन्दा माथिको लगानीले नगरकोटमा विकासले मुहार फेरिँदै गएकामा यहाँका बासिन्दा खुसी छन्… Continue reading विकासले फेरिँदै नगरकोटको मुहार

वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै

सूर्योदय:दाङ, ९ जेठ : दाङको घोराही उपमहानगरपालिका- १८ स्थित अम्बापुरबाट शनिबार देखिएको सूर्योदय ।तस्बिर : कुलदीप न्यौपाने/ रासस

काठमाडौँ, १९ जेठः विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब विस्तारै फेरि तातो बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीबाट माथि नचढेकामा अब फेरि तापक्रम विस्तारै उकालो लाग्ने भएको छ । आजबाटै वर्षा कम भएकाले तराईका केही… Continue reading वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै

कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुनसरी च्याम्पियन

धरान (सुनसरी), १९ जेठः कोशी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा सुनसरी च्याम्पियन बनेको छ । सुनसरीको इटहरीमा आइतबारदेखि सञ्चालन भएको प्रतियोगिताको अन्तिम दिन आज सुनसरीले २१ स्वर्ण पदक जित्दै उपाधि हात पारेको हो । झापाले १८ स्वर्णपदकसहित दोस्रो तथा मोरङले १६ स्वर्णपदक जित्दै तेस्रो स्थान हासिल गरेको छ । कोशी प्रदेश खेलकुद विकास… Continue reading कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुनसरी च्याम्पियन

मादीमा चार ‘लेन’ पुल निर्माण तीव्र गतिमा

दमौली ९तनहुँ०, १८ जेठः पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मादीमा निर्माणाधीन चार लेनको पुलको आज निरीक्षण गरेका छन् । निरीक्षणपछि मन्त्री लम्सालले निर्धारित समयमा निर्माण पूरा गर्न निर्माता कम्पनीलाई निर्देशन दिए । पुलको भौतिक प्रगति ८४ प्रतिशत भएको छ । तीन सय १५ मिटर लामो पुलमा छ वटा स्पान हुनेछन् । पुल निर्माणको ठेक्का रु एक… Continue reading मादीमा चार ‘लेन’ पुल निर्माण तीव्र गतिमा

कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान

rss

काठमाडौँ, १८ जेठः नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान गरेको छ । पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको संयोजकत्वमा आज केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले स्वदेश तथा विदेशमा रहेका इच्छुक नेपाली नागरिकका लागि नयाँ क्रियाशील सदस्यता आह्वान गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले नयाँ क्रियाशील… Continue reading कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान

पूर्वसभामुख महरालाई थुनामुक्त गर्न आदेश

काठमाडौँ, १८ जेठः विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई रु एकलाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र विदुर कोइरालाको इजलासले निजलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो । महराविरुद्ध सुन तस्करीको मुद्दा दायर भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ७ करोड ७८ लाख ६८ हजार ९५ बराबरको सुन भन्सार… Continue reading पूर्वसभामुख महरालाई थुनामुक्त गर्न आदेश

न्यायसम्पादनमा इमान्दारीपूर्वक लाग्न प्रधानन्यायाधीशको २१ बुँदे निर्देशन

काठमाडौँ, १८ जेठः प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्यायसम्पादनमा इमान्दारपूर्वक लाग्न २१ बुँदे निर्देशन दिएका छन् । आम नागरिकले न्यायपालिकाबाट स्वच्छ, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय र प्रभावकारी न्यायसम्पादन तथा सुशासनयुक्त न्याय प्रशासनको अपेक्षा राखेकाले न्यायालयप्रतिको जनआस्था कायम राख्न समर्पणभाव, जिम्मेवारीबोध, लगनशीलता र इमान्दारिताका साथ कार्य गर्न उनले निर्देशन… Continue reading न्यायसम्पादनमा इमान्दारीपूर्वक लाग्न प्रधानन्यायाधीशको २१ बुँदे निर्देशन

एक अनुकरणीय प्रतिष्ठान गोपीकृष्ण स्मृति

पितापूर्वज, वंश मावाली नै व्यक्ति तथा परिवारको रक्तनली हुन्। संस्कृति, संस्कार र परंपराको सञ्चार यसैबाट हुन्छ । आफ्ना अग्रजको नाममा स्मरण एवम् सम्मानको हेतु उहाँहरुको योगदानउपर कदरस्वरुप प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने प्रचलन हरेक सभ्य समाजमा हुन्छ । खनाल परिवारले पिता गोपीकृष्ण खनालको नाममा विसं. २०७६ सालमा स्थापना गरेको ‘गोपीकृष्ण स्मृति प्रतिष्ठान’ यसैको उदाहरण हो… Continue reading एक अनुकरणीय प्रतिष्ठान गोपीकृष्ण स्मृति

भिरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा, १८ जेठः जिल्लाको बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको मृत्यु भएको छ । सोही नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगनसिंह भाटले जानकारी दिए । यस्तै, सोही नगरपालिका–६ कोर्धका बलबहादुर खड्काकी छोरी छ वर्षीया जसना खड्काको… Continue reading भिरबाट लडेर दुई जनाको मृत्यु

शुक्रबारदेखि बेपत्ता दुई जना मृत अवस्थामा भेटिए

file

अमरगढी (डडेल्धुरा), १८ जेठः डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र स्थानीय तीर्थबहादुर थापा मगर मृत अवस्थामा आज फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वरुणबहादुर सिंहका अनुसार ५६ वर्षीय थापाको शव परशुराम नगरपालिका–५ अन्तर्गत महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा फेला परेको हो । यस्तै, सशस्त्र प्रहरी… Continue reading शुक्रबारदेखि बेपत्ता दुई जना मृत अवस्थामा भेटिए

पूर्वाधारमन्त्री लम्सालद्वारा सेती पुल निरीक्षण

कास्की, १८ जेठः पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पोखरा पृथ्वीचोकस्थित सेती नदीमाथि निर्माणाधीन सेती पुलको आज निरीक्षण गरेका छन् । सो अवसरमा मन्त्री लम्सालले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, आयोजना प्रमुख कुँवर, निर्माण कम्पनी, परामर्शदातालगायतसँग पुल निर्माणमा विलम्ब नगर्न र समस्या भए समाधान गरेर अघि बढ्न निर्देशन दिए । मन्त्री लम्सालले पछिल्लो पटक थप गरिएको समयावधि… Continue reading पूर्वाधारमन्त्री लम्सालद्वारा सेती पुल निरीक्षण

छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

झापा, १८ जेठः मेचीनगर नगरपालिका-१५ स्थित माँ पाथीभरा प्लाई फ्याक्ट्रीमा कार्यरत रामबहादुर गौतमको कुटपिटबाट स्थानीय ५५ वर्षीय रुद्र श्रेष्ठको आज मृत्यु भएको छ । सामान्य भनाभन र वादविवादमा श्रेष्ठलाई फ्याक्ट्रीका कामदार ३५ वर्षीय गौतमले कुटपिट गरी घाइते बनाएको थाहा पाएपछि स्थानीय ज्यामिरगढी प्रहरी चौकीको टोली घटनास्थल पुगेर घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याएको जिल्ला… Continue reading छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

संसदमा आइतबार भएको घटनाको छानबिन गर्न समिति गठन

RSS

काठमाडौँ, १८ जेठ : प्रतिनिधिसभाको आजको बैठककले संसदको आइतबारको बैठकमा सांसद सदस्यले अमार्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै तीन सदस्य छानबिन समिति गठन गरेको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा सङ्घीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना प्रमुख र प्रविधि महाशाखा प्रमुख सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेका हुन् ।… Continue reading संसदमा आइतबार भएको घटनाको छानबिन गर्न समिति गठन