सञ्चारमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच शिष्टाचार भेट

काठमाडौँ, १८ जेठ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सबीच आज सूचना तथा सञ्चार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । त्यस अवसरमा द्विपक्षीय सम्बन्ध, सूचना प्रविधि, दूरसञ्चार, डिजिटल सुरक्षा तथा लगानी विस्तारलगायत विषयमा छलफल भएको थियो । साथै नेपाल–अमेरिका सहकार्यलाई सूचना प्रविधि, डिजिटल पूर्वाधार, साइबर सुरक्षा तथा… Continue reading सञ्चारमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच शिष्टाचार भेट

अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान

तेहरान, १८ जेठ (रासस–एएफपी) । अमेरिकाले इरानलाई कडा शान्ति प्रस्ताव फिर्ता पठाएको रिपोर्टहरू बाहिर आएपछि इरानी वार्ता टोलीका प्रमुख वार्ताकारले आइतबार तेहरान संयुक्त राज्य अमेरिकासँग जस्तोसुकै सम्झौतामा पनि सहमत हुन नसक्ने बताएका छन् । प्रस्तावमा कुनै पनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने र स्ट्रेट अफ हर्मुजको जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न… Continue reading अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान

म्यान्मामा गोदाममा विस्फोट हुँदा दर्जनौँ व्यक्तिको मृत्यु, करिब ७४ जना घाइते

file

याङ्गुन, १८ जेठ (रासस–एएफपी) । उत्तरपूर्वी म्यान्माको एक भवनमा भएको विस्फोटमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा दर्जनौँ घाइते भएका छन् । भवनमा खानीका लागि प्रयोग हुने विस्फोटक पदार्थ राखिएको र दुर्घटनाबाट नजिकैका दर्जनौँ घरमा पनि क्षति पुगेको बताइएको छ । नाम्खाम शहरको काउङटुप गाउँमा दिउँसो भएको विस्फोटमा अन्य… Continue reading म्यान्मामा गोदाममा विस्फोट हुँदा दर्जनौँ व्यक्तिको मृत्यु, करिब ७४ जना घाइते

बाल महोत्सवको आकर्षण ‘अन्नको बुट्टा’

मलेखु (धादिङ), १८ जेठः विभिन्न पोसाकमा सजिएका सयौँ बालबालिका । कसैको हातमा आफैँले बनाएका विज्ञानका सामग्री छन् भने कोही मञ्चमा सानदार नृत्य देखाउँदै छन् । कोहीले मञ्चमा उभिएर निर्धक्क आफ्ना विचारहरू राख्दै छन् । यो दृश्य धादिङको थाक्रे गाउँपालिकामा आइतबार आयोजित ‘प्रथम थाक्रे बाल महोत्सव’ को हो । यहाँका हरेकजसो दृश्य निकै लोभलाग्दो देखिन्थे ।… Continue reading बाल महोत्सवको आकर्षण ‘अन्नको बुट्टा’

देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ, १८ जेठः आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । यस्तै, कर्णाली र सुदूरपश्चिमलगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा… Continue reading देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना

छोरी सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’

राससकर्णाली, १८ जेठः कर्णालीका छोरीहरूको सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’ जारी गरिएको छ । ज्योति फाउन्डेसनले सुर्खेत वीरेन्द्रनगरमा आज सम्पन्न ‘कर्णाली छोरी सम्मेलन–२०८३’ कार्यक्रमबाट ‘दश बुँदे कर्णाली घोषणापत्र’ जारी गरेको हो । जेठ १६–१७ गतेसम्म सञ्चालन भएको कार्यक्रममा कर्णालीका छोरीहरूबाट प्राप्त सुझावका आधारमा १० बुँदे कर्णाली घोषणापत्र सार्वजनिक गरिएको छ । सम्मेलन मुलतः कर्णालीका… Continue reading छोरी सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

तुलसीपुर (दाङ), १८ जेठः दाङ तुलसीपुर उपमहानगरपालिकाले दोस्रो पञ्चवर्षे आवधिक विकास योजना निर्माण थालेको छ । आइतबार उपमहानगरपालिकाले दोस्रो आवधिक योजनाबारे छलफल गरेको छ । उपमहानगरपालिकाका पाँच शाखा तथा सरोकारवालासँग छलफल गरी सुझाव सङ्कलन गरेको छ । यसअघि पहिलो पञ्चवर्षीय योजना आर्थिक वर्ष २०८२\८३ मा सकिएकाले दोस्रो पञ्चवर्षीय योजना बनाउन लागिएको हो । त्यस क्रममा… Continue reading दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

राँझा (बाँके), १८ जेठः जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ । राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन तथा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए । उनका अनुसार शनिबारमात्रै कोहलपुर… Continue reading नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति

म्याग्दी, १८ जेठः बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति भएको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा समुन्द्री सतहदेखि दुई हजार ४३० मिटर उचाइमा रहेको टोड्के सूर्योदय, हिमशृङ्खला, गुराँसे जङ्गल, पहाडी भूगोलको अवलोकनका लागि पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । स्थानीय पूर्वाधार आयोजना पोखरामार्फत पात्लेखेत–वाखेत–टोड्के सडकअन्तर्गत गहतेचोकदेखि… Continue reading पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति

बजेट ठूलो होइन, जिडिपीको तुलनामा सानो होः अर्थमन्त्री वाग्ले

काठमाडौँ, १७ जेठः अर्थमन्त्री डा स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट महत्वाकांक्षी नभएको बताएका छन् । आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेटको आकार सानो नभएको बताए । “विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुन्थ्यो, तर यसपटक त्यस्तो अवस्था छैन, बजेट महत्वकांक्षी छैन, बान्छित… Continue reading बजेट ठूलो होइन, जिडिपीको तुलनामा सानो होः अर्थमन्त्री वाग्ले

आज संसद्मा के के भयो ?

RSS

काठमाडौँ, १७ जेठः प्रतिनिधिसभाको बैठक विपक्षी सांसदको अवरोधपछि स्थगन गर्नु परेको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा विपक्षीले अवरोध गरेपछि बैठक स्थगित गर्नु परेको थियो । सभामुखले प्राप्त संशोधन प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने क्रम अघि बढाएसँगै विपक्षी वेञ्चका सांसदहरुले उठेर विरोध गरेका… Continue reading आज संसद्मा के के भयो ?

संसदमा निरन्तर विपक्षीलाई पेल्दै सभामुख, विरोधका बीच पास गरियो प्रतिनिधिसभा नियमावली

rss

काठमाडौँ, १७ जेठः प्रतिनिधिसभा नियमावली, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट उक्त नियमावली पारित भएको हो । बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली… Continue reading संसदमा निरन्तर विपक्षीलाई पेल्दै सभामुख, विरोधका बीच पास गरियो प्रतिनिधिसभा नियमावली

कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, १७ जेठः प्रधानमन्त्री वालेन्द्र शाहले भारतसँगका सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सांसद पद्मा अर्यालले भारत र चीनले नेपाली भूमि लिपुलेक भएर व्यापार गर्न सडक निर्माणलगायत संरचना बनाएको सन्दर्भमा प्रतिनिधिसभाको आजको बैठकमा गर्नुभएको प्रश्नको जवाफमा प्रधानमन्त्रीले उक्त जवाफ दिएका हुन् । प्रधानमन्त्रीले नेपाल र… Continue reading कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता

file

अमरगढी (डडेल्धुरा), १७ जेठः डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी)मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन् । प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहका… Continue reading सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता

सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई

अमरगढी (डडेल्धुरा), १७ जेठः सुदूरपश्चिम प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कैलालीले जितेको छ । डडेलधुरामा आयोजित प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ५८ पदकसहित कैलालीले उपाधि जितेको हो । कैलालीले ३२ स्वर्ण, १७ रजत र नौ कास्य पदक जितेको छ । त्यसैगरी, कञ्चनपुर ४३ पदकसहित द्वितीय तथा आयोजक डडेलधुरा ३० पदकसहित तृतीय स्थान हासिल… Continue reading सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई

मुस्ताङमा यस वर्ष लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

File तस्बिर : सुन्दरकुमार थकाली/रासस

मुस्ताङ, १७ जेठः पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको जेठ १५ गतेसम्म नौ विदेशी नागरिकसहित १३ पर्यटकले ज्यान गुमाएका छन् । यहाँको पर्वतीय उच्च उचाइको पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकमध्ये लेक लागेर उक्त सङ्ख्यामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका… Continue reading मुस्ताङमा यस वर्ष लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका जोखिममा

काठमाडौँ, १७ जेठः आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ । हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्युएचओ०ले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे… Continue reading विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका जोखिममा

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

rss

काठमाडौँ, १७ जेठस् उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यून चापीय रेखाको प्रभावका कारण देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा… Continue reading लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ

काठमाडौँ, १७ जेठः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–१७ कालधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५९० ट्याब्लेटसहित दुई, गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीबाट नियन्त्रित लागूऔषध डाइजेपाम २१ एम्पुल, फेनारगन २० एम्पुल, बुप्रेनोर्फिन २१ एम्पुल र नगद रु २० हजारसहित दुई र बझाङको केदारस्युँ गाउँपालिका–९… Continue reading लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ

अमेरिकी आक्रमणमा तीन जनाको मृत्यु

file

वासिङ्टन, १७ जेठ (रासस–एएफपी) । अमेरिकी सेनाले पूर्वी प्रशान्त महासागरमा एउटा डुङ्गामा शुक्रबार आक्रमण गर्दा तीन जना लागु औषध तस्करकोे ज्यान लिएको अधिकारीहरूले बताएका छन् । गएको हप्तामा भएको यो तेस्रो घातक आक्रमण हो भने ट्रम्प प्रशासनले सेप्टेम्बरमा आक्रमण सुरु गरे देखि मृत्यु हुनेहरूको सङ्ख्या कम्तिमा १९८ पुगेको एएफपिले जनाएको छ । सामाजिक सञ्जाल एक्सको… Continue reading अमेरिकी आक्रमणमा तीन जनाको मृत्यु

नेकपा संयोजक दाहाल अस्पताल भर्ना

File : सर्जना कार्की / रासस

काठमाडौँ, १६ जेठ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । उनलाई ज्वरो–रुघाखोकी बढेपछि आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको निजी सचिव गोविन्द आचार्यले जानकारी दिए । संयोजक दाहाललाई टाइफाइडको लक्षण देखिएपछि अझै केही दिन अस्पतालमै राखेर उपचार गरिने उनले बताए ।

बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग

काठमाडौँ, १६ जेठ । मुलुकभित्र दुई वटा सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा पुगेको बेला सरकारले थप स्थानमा सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ । नागढुङ्गा–नौबिसे सुरुङमार्ग निर्माण सम्पन्न भइसकेको छ । सो सुरुङमार्ग सञ्चालनका लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ । सिद्धबाबा सुरुङमार्ग निर्माण सम्पन्न गरी आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी… Continue reading बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति थापा

rss

पाटन (ललितपुर) १६ जेठ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू नेतृत्वको पार्टीको पहिलो प्राथमिकता भएकाले जनताका पक्षमा निरन्तर वकालत गर्ने बताएका छन् । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पार्टीको भातृ संस्था नेपाल थारु सङ्घको प्रथम महाधिवेशनमा उनले राष्ट्रको एकीकरण र राष्ट्रिय एकता कायम गर्ने सन्दर्भमा थारु समुदायको ठूलो योगदान महत्त्वपूर्ण भएको… Continue reading नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति थापा

व्यक्ति वा दम्पत्तीको हकमा न्यूनतम आयकरको सीमा १० लाख, अन्यलाई कति ?

काठमाडौँ, १६ जेठः सरकारले आर्थिक विधेयक २०८३ मार्फत् आयकर ऐनको व्यवस्थाअनुसार करयोग्य आय गणना गर्दा व्यक्ति वा दम्पत्ती दुवैको आय हेरेर कर निर्धारण गर्ने व्यवस्था ल्याएको छ । यसअघि आयकरका दरहरु निर्धारण गर्दा ‘प्राकृतिक व्यक्तिको हकमा’ भनिएकामा अहिले त्यसलाई संशोधन गरी ‘प्राकृतिक व्यक्ति वा दम्पत्तीको’ भन्ने शब्दहरु राखिएका छन् । नयाँ व्यवस्थाअनुसार कुनै आय वर्षमा… Continue reading व्यक्ति वा दम्पत्तीको हकमा न्यूनतम आयकरको सीमा १० लाख, अन्यलाई कति ?

आयकर ऐनमा संशोधित कर निर्धारण गर्ने समय घटाइयो

सिंहदरबारस्थित प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)मा प्रस्तुत गरेपछि प्रधानमन्त्री वालेन्द्र शाहसँग हात मिलाउनुहुँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले । तस्बिर : रत्न श्रेष्ठ / रासस

काठमाडौँ, १६ जेठः आयकर ऐनको व्यवस्थाअनुसार कर निर्धारण भएको व्यक्तिको कर दायित्व संशोधन गर्न सकिने साविकको समयसीमालाई आर्थिक विधेयक २०८३ मार्फत एक वर्ष घटाइएको छ । यसअघि आयकर ऐनको दफा ९९ बमोजिमको कर निर्धारणका लागि आय विवरण पेश गर्नुपर्ने मिति तथा दफा १०० बमोजिमको संशय कर निर्धारणको सूचना दिएको मितिका आधारमा चार वर्षभित्र संशोधित कर… Continue reading आयकर ऐनमा संशोधित कर निर्धारण गर्ने समय घटाइयो

आर्थिक विधेयकमा जलविद्युत् प्रवद्र्धकलाई छुट

काठमाडौँ, १६ जेठः सरकारले जलविद्युत् आयोजनाका लागि आर्थिक विधेयक मार्फत् केही छुट तथा राहतको प्रबन्ध गरेको छ । जलविद्युत् आयोजनाको क्षमता अभिवृद्धि तथा डिजाइन परिवर्तन गर्ने सैद्धान्तिक सहमतिको आयोजना, सो को ठेकेदार वा आयोजनाको प्रवद्र्धकले उपकरणलगायतका सामग्री आयात गर्दा बैंक जमानत सुविधा दिइनेछ । आयोजानको उत्पादन, प्रसारण तथा वितरणका लागि आवश्यक पर्ने पाटपूर्जा, औजार तथा… Continue reading आर्थिक विधेयकमा जलविद्युत् प्रवद्र्धकलाई छुट

अब राइड–सेयरिङ सेवामा एक प्रतिशत अग्रिम कर

file

काठमाडौँ, १६ जेठः सरकारले आर्थिक विधेयक २०८३ मार्फत् राइड–सेयरिङ सेवामा अग्रिम कर असुल गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । आर्थिक विधेयकमार्फत् आयकर ऐनको दफा ९५ मा संशोधन गर्दै सरकारले यस्तो व्यवस्था ल्याएको हो । “बासिन्दा राइड–सेयरिङ सेवा सञ्चालन गर्ने व्यक्ति (राइड–सेयरिङ अपरेटर)ले आफ्नो प्लेटफर्ममा आवद्ध भई कुनै सेवा प्रदान गर्ने प्राकृतिक व्यक्तिलाई प्रदान गरेको सेवावापतको… Continue reading अब राइड–सेयरिङ सेवामा एक प्रतिशत अग्रिम कर

शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो

तस्बिर : रत्न श्रेष्ठ / रासस

काठमाडौँ, १६ जेठः सरकारले आर्थिक विधेयक २०८३ तथा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत् पुँजीगत लाभकरसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ । शुक्रबार संसद्मा प्रस्तुत आर्थिक विधेयकअनुसार शेयर कारोबार र घरजग्गा कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर बढेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको लाभकर नै अन्तिम हुने… Continue reading शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो

आगामी आवको बजेटमा स्वास्थ्य सेवामा नीतिगत सुधार

rss

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य सेवामा नीतिगत फड्को मार्ने लक्ष्य राखेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आव २०८३–८४ को वार्षिक आयव्यय प्रस्तुत गर्दै दक्ष स्वास्थ्य जनशक्ति, प्रयोगशाला, अत्यावश्यक औषधि, डिजिटल स्वास्थ्य प्रणाली तथा प्रभावकारी रेफरल सेवासहित आधारभूत संस्थालाई स्वास्थ्य सेवाको प्रथम विन्दु बनाउने दीर्घकालीन… Continue reading आगामी आवको बजेटमा स्वास्थ्य सेवामा नीतिगत सुधार

काठमाडौँ–तराई–मधेस द्रूतमार्ग : १७ अर्ब ६४ करोड विनियोजन

काठमाडौँ, १५ जेठ । सरकारले काठमाडौँ–तराई–मधेस द्रूतमार्गका लागि रु १७ अर्ब ६४ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आव ४० पुल र ५.४ किलोमिटर सुरुङ निर्माण गर्ने लक्ष्य लिइएको बताए । आगामी… Continue reading काठमाडौँ–तराई–मधेस द्रूतमार्ग : १७ अर्ब ६४ करोड विनियोजन