महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा शोभायात्रा

RSS

काठमाडौँ, २ फागुनः महाशिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्रमा आज शोभायात्रा आयोजना गरिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा शोभायात्रा गरिएको हो । शोभायात्रामा स्वदेशी तथा विदेशबाट आउनुभएका साधुसन्त र स्थानीय भक्तजनको सहभागिता थियो । पाशुपत क्षेत्रका प्रायः सबै भागमा शोभायात्रा गरिएको थियो । शोभायात्रामा धामीझाँक्रीको पनि सहभागिता थियो । महाशिवरात्रि भोलि हो । कोषले महाशिवरात्रिमा… Continue reading महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा शोभायात्रा

यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया

काठमाडौँ, २ फागुनः संयुक्त अरब इमिरेट्स (युएई)को आबुधावीस्थित नेपाली दूतावासले नेपाली श्रमिकले भोग्नुपरेका शारीरिक तथा मानिसक समस्यामा केन्द्रित रहेर अन्तरक्रिया सम्पन्न गरेको छ । श्रमिकहरुले भोग्नुपरेका शारीरिक तथा मानसिक स्वास्थ्य समस्या र तिनीहरूको समाधान एवं रोकथामका लागि अपनाउनुपर्ने उपायहरुका बारेमा नेपाली चिकित्सकहरुसँग अन्तरक्रिया गरिएको दूतावासले जनाएको छ । कार्यक्रममा युएईमा कार्यरत २५ जना नेपाली चिकित्सक… Continue reading यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया

अन्तर्वार्ता : निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो

सूर्यप्रसाद श्रेष्ठ, पूर्व प्रमुख निर्वाचन आयुक्त

सूर्यप्रसाद श्रेष्ठ, पूर्व प्रमुख निर्वाचन आयुक्तकाठमाडौँ, २ फागुन (रासस) । नेपाल सरकारको प्रशसन सेवामा विभिन्न मन्त्रालयमा सचिव पदसम्म सम्हालेको र संवैधानिक पदहरूमा अञ्चलाधीश र प्रमुख निर्वाचन आयुक्त समेत रहेर सफलतापूवर्क जिम्मेवारी पूरा गरेका सूर्यप्रसाद श्रेष्ठ समयसम्म कुटनीतिक क्षेत्रमा पनि विभिन्न देशको राजदूत रहेका छन् । २०४२ सालमा प्रमुख निर्वाचन आयुक्त भएका उनले २०४३ सालको राष्ट्रिय… Continue reading अन्तर्वार्ता : निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो

आम्दानीको स्रोत बन्यो अटोरिक्सा : मासिक ४० हजार आम्दानी

गलेश्वर (म्याग्दी), २ फागुनः म्याग्दीमा अटोरिक्सा चलाउने व्यवसाय आम्दानीको बलियो माध्यम बनेको छ । बेनी नगरपालिकाभित्र अटोरिक्सा चलाएर यहाँका ३० जना युवाले मासिक रु ४० हजारभन्दा बढी आम्दानी गरिरहेका छन् । पछिल्लो समय अटोरिक्सा व्यवसाय बेरोजगारका लागि आम्दानीको स्रोत बन्दै गएपछि बेरोजगार युवाको ध्यान अटोरिक्सातिर आकर्षित भएको बेनीबजारका व्यवसायी शिव रेग्मीले बताए । अटो रिक्सा… Continue reading आम्दानीको स्रोत बन्यो अटोरिक्सा : मासिक ४० हजार आम्दानी

साउदीको जेद्दामा घुम्ती शिविर

काठमाडौँ, २ फागुनः साउदी अरबको जेद्दाको अल खुम्राह÷सनैया क्षेत्रमा एक दिने घुम्ती शिविर सम्पन्न भएको छ । शिविरमा साउदी अरबस्थित अबीरग्रुप अस्पताल समूहको सहयोगमा रहेको मेडिकल टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो । उक्त शिविरबाट करिब १०० नेपाली श्रमिक प्रत्यक्ष लाभान्वित भएको नेपाली महावाणिज्य दूतावासले जनाएको छ । सो शिविर नेपाली महावाणिज्य दूतावास, जेद्दा र… Continue reading साउदीको जेद्दामा घुम्ती शिविर

निर्वाचन १९ दिन बाँकीः अब १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी

काठमाडौँ, २ फागुनः मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अब काठमाडौँ उपत्यका आसपासका जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम बाँकी छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइको काम भइरहेको छ । आयोगका अनुसार, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन… Continue reading निर्वाचन १९ दिन बाँकीः अब १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी

फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की, २ फागुन । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिक बिहान अन्दाजी २ः१० बजेको समयमा विएए १५८२ नम्बरको कार फेवातालमा खसेर दुर्घटना भएको थियो । घटनामा स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने कारका चालक २४ वर्षीय अदित गुरुङको मृत्यु… Continue reading फेवातालमा कार खस्दा चालकको मृत्यु

गीतकार अर्चना धाख्वाको गीत “मिर्मिरेमा” म्युजिक भिडियोसहित दर्शक श्रोतामाझ सार्वजनिक

न्युयोर्क आर्जन डायनामिक्सले यस पटक श्रृङ्गारिक रसमा लयबद्द गरिएको “मिर्मिरेमा देखें एउटा रुप” बोलको गीत तथा भिडियो युट्युब मार्फत सार्वजनिक गरेको छ । प्रस्तुत गीत साहित्यकार तथा गीतकार अर्चना धाख्वाले लेखेकी हुन् । गीतकार धाख्वाले यसअघि पनि थुप्रै बालगीत तथा अन्य रसका गीतहरु दर्शक श्रोतामाझ ल्याइसकेकी छिन् । संगीतकर्मी ओम कर्माचार्यको स्वर र संगीतमा तयार… Continue reading गीतकार अर्चना धाख्वाको गीत “मिर्मिरेमा” म्युजिक भिडियोसहित दर्शक श्रोतामाझ सार्वजनिक

विद्रोहपछि पहिलो चुनावमा बिएनपीको जित

(260213) -- DHAKA, Feb. 13, 2026 (Xinhua) -- An election commissioner announces vote counting results at the Election Commission headquarters in Dhaka, Bangladesh, Feb. 12, 2026. The Bangladesh Nationalist Party (BNP) secured over 50 percent of the seats in Bangladesh's national parliament election on Thursday, local media reported. (Photo by Habibur Rahman/Xinhua)

ढाका, १ फागुन (रासस/एपी) : बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले सन् २०२४ को विद्यार्थी नेतृत्वको विद्रोहपछि सम्पन्न पहिलो संसदीय निर्वाचनमा बहुमतसहित विजय हासिल गरेको दाबी गरेको छ । वर्षौंदेखि तीव्र राजनीतिक ध्रुवीकरण र विवादित चुनावले प्रभावित बङ्गलादेशको राजनीतिमा यो परिणामले नयाँ अध्याय सुरु गर्ने सङ्केत दिएको छ । निर्वाचन आयोगले अन्तिम आधिकारिक नतिजा सार्वजनिक नगरे… Continue reading विद्रोहपछि पहिलो चुनावमा बिएनपीको जित

बङ्गलादेशको नयाँ प्रधानमन्त्रीमा तारिक रहमान आउने सुनिश्चित

ढाका, १ फागुन (रासस/एएफपी):बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले सन् २०२४ को घातक विद्रोहपछि भएको पहिलो निर्वाचनमा शुक्रबार भारी जित हासिल गरेको छ र नेता तारिक रहमान प्रधानमन्त्री बन्ने करिब निश्चित भएको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार बीएनपी गठबन्धनले संसद्का कुल ३०० सीट सङ्ख्याको २१२ सिट जितेको छ भने इस्लामवादी नेतृत्वको जमात–ए–इस्लामी गठबन्धनले ७७ सिट जितेको… Continue reading बङ्गलादेशको नयाँ प्रधानमन्त्रीमा तारिक रहमान आउने सुनिश्चित

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

rss

काठमाडौँ, १ फागुन : प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा बङ्गलादेश सरकार र बङ्गलादेशका जनतालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत बङ्गलादेश नेशनलिस्ट पार्टीलाई यस निर्वाचनमा ऐतिहासिक विजयतर्फ नेतृत्व गर्नु भएकामा तारिक रहमानलाई बधाई दिनुभएको छ । “हाम्रा छिमेकी सम्बन्धलाई अझ सुदृढ बनाउन तथा पारस्परिक हितका क्षेत्रमा… Continue reading प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

photo source : Gorkhapatra online

काठमाडौँ, १ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । उहाँले त्यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति प्रबन्धमा सरकारले विशेष ध्यान दिने विश्वास पनि व्यक्त गर्नुभयो । राष्ट्रपति भवन शीतलनिवासमा आज गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका… Continue reading निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

निर्वाचनका लागि दल र उम्मेदवारले बेग्लै बैंक खाता खोल्दै

सुबास ढुंगाना/रासस

काठमाडौँ, १ फागुनः निर्वाचन खर्चलाई पारदर्शी बनाउने व्यवस्थाबमोजिम राजनीतिक दल र उम्मेदवारले निर्वाचनको बेग्लै बैंक खाता खोली निर्वाचन आयोगमा बुझाउने क्रम सुरु भएको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि सहभागी हुने दल र उम्मेदवारले बेग्लाबेग्लै बैंक खाता खोली जानकारी दिन थालेका आयोगले जनाएको हो । आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले हालसम्म ४५४ उम्मेदवार… Continue reading निर्वाचनका लागि दल र उम्मेदवारले बेग्लै बैंक खाता खोल्दै

वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ

वीरगञ्ज (पर्सा), १ फागुन: गत सोमबार वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगञ्जको आर्दशनगरस्थित मदन गुप्ताको अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते हुनुका साथै सशस्त्र प्रहरीका दुई… Continue reading वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ

प्रधानमन्त्री कार्कीसँग एनसिसीका प्रतिनिधिमण्डलको भिष्टाचार भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्की शुक्रबार बालुवाटारमा युवा आदानप्रदान कार्यक्रमअन्तर्गत नेपाल, भारत, पाकिस्तान, भुटान र मालदिभ्सका राष्ट्रिय सेवा दल (एनसीसी) का प्रतिनिधिमण्डलसँग शिष्टाचार भेटघाट गर्नुहुँदै । प्रतिनिधिमण्डलमा भारतबाट २० सदस्यीय टोली, पाकिस्तानबाट १२ सदस्यीय टोली, भुटानबाट ९ सदस्यीय टोली तथा मालदिभ्सबाट ५ सदस्यीय टोली सहभागी थियो। तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे सचिवालय / रासस

काठमाडौँ, १ फागुन : युवा आदानप्रदान कार्यक्रमअन्तर्गत नेपाल, भारत, पाकिस्तान, भुटान र मालदिभ्सका राष्ट्रिय सेवा दल (एनसिसी)का प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेटघाट गरेका छन् । प्रतिनिधिमण्डलमा भारतका २० सदस्य, पाकिस्तानका १२ सदस्य, भुटानका नौ सदस्य तथा मालदिभ्सका पाँच सदस्यीय टोली सहभागी थियो । प्रधानमन्त्री कार्कीले यस कार्यक्रममार्फत सहभागी राष्ट्रहरूबीच मित्रता, पारस्परिक समझदारी… Continue reading प्रधानमन्त्री कार्कीसँग एनसिसीका प्रतिनिधिमण्डलको भिष्टाचार भेटवार्ता

सुडानमा डुङ्गा डुब्दा २१ जनाको मृत्यु

file

खार्तुम, १ फागुन, (रासस–एएफपी) । उत्तरी सुडानको नाइल नदीमा डुङ्गा डुब्दा कम्तिमा २१ जनाको मृत्यु भएको स्थानीय सरकार तथा प्रत्यक्षदर्शीहरूलाई उदृत गर्दै एएफपीले जनाएको छ । दुर्घटना पछि मृतकको शव बरामद भई सकेको र उनीहरूको नाम सूचीबद्ध गरेको तथा केही यात्रु अझै बेपत्ता रहेको बताइएको छ । स्थानीय सरकारको विज्ञप्तिमा डुङ्गा तैबा अल–खवाद र दिम… Continue reading सुडानमा डुङ्गा डुब्दा २१ जनाको मृत्यु

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति….

संसारको सबैभन्दा उच्च स्थानमा अवस्थित स्थायी UN Position (UNP) Hermon Hotel को Observation Post (OP) बाट Observation गर्दै NEPCON-XII का फौज

नारायण न्यौपाने–राससकाठमाडौँ, १ फागुन । विश्व शान्तिमा नेपाली शान्ति सैनिक आफूलाई साहासिक, अनुशासित एवं व्यावसायिक परिचय दिलाउन सफल भएका छन् । सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षक खटाइ संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति अभियानमा सहकार्य सुरु गरेको नेपाली सेना अहिले उक्त विश्व मञ्चको दह्रो सहयात्री बनेको छ । राष्ट्रसङ्घको छातामुनि रही नेपाली सेनाले जोखिमयुक्त कार्य… Continue reading विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति….

झापाबाट काठमाडौं आउदा पुर्व राजालाइ समर्थकको भव्य स्वागत

१ फागुन, काठमाडौं । प्रशासनको निषेधाज्ञा तोड्दै आज पुर्वराजा ज्ञानेन्द्र शाहका समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । विमानस्थलबाट बाहिर निस्किएका ज्ञानेन्द्रले गाडीबाट निस्किएर समर्थकको अविभादन स्वीकार गरेका छन् । उनी समर्थकको र्यालीसङ्गै निर्मल निवासतर्फ लागेका छन् । काठमाडौं विमानस्थलको गेट अगाडि सयौ समर्थक जम्मा हुदा सो भेगको यातायात प्रभावित बनेको छ । साथै विमानस्थल… Continue reading झापाबाट काठमाडौं आउदा पुर्व राजालाइ समर्थकको भव्य स्वागत

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको अभियोगमा तीन पक्राउ

काठमाडौँ, १ फागुनः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर रु ८० लाख ठगेको अभियोगमा तीन जना पक्राउ परेका छन् । प्रहरीले बिहीबार ती अभियुक्तहरुलाई सार्वजनिक गर्दै आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई बुझाएको छ । प्रहरीका अनुसार अभियुक्तत्रय महोत्तरी सम्सीपालिका–१ जटाधर राउत, सोलुखुम्बुको थुलुङपालिका–३ का थमराज नेपाली र ललितपुरको महालक्ष्मी नगरपालिका–१ का रामकुमार राईलाई पाँच… Continue reading वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको अभियोगमा तीन पक्राउ

पोखरामा दुई सातापछि फोहर उठाउन थालियो

कास्की, १ फागुन । पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक छेउ र चोकहरूमा थुप्रिएका फोहर लामो समयदेखि नउठ्दा पोखरा दुर्गन्धित बनेको थियो । पोखरा–३२ लामेआहालमा रहेको अस्थायी फोहर व्यवस्थापन केन्द्र भरिएपछि फोहर उठ्न सकेको थिएन । फोहर व्यवस्थापनका लागि महानगरले विभिन्न स्थानमा जमिन… Continue reading पोखरामा दुई सातापछि फोहर उठाउन थालियो

विमानस्थलमा जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने

काठमाडौँ, १ फागुन । काठमाडौँ प्रशासनले अतिसंवेदनशील मानिने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा जुलुस, प्रदर्शन, हड्ताल तथा भेलाजस्ता कार्यक्रम गर्न नपाइने जानकारी गराउँदै यस्ता गतिविधि भए कारबाही गर्ने स्पष्ट पारेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले फागुन १ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा केही प्रदर्शन, भेला र र्यालीजस्ता गतिविधि गर्ने भनी केही… Continue reading विमानस्थलमा जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने

कार्य सम्पादन मूल्यांकनमा काठमाडौं महानगरको कमजोर प्रदर्शन

काठमाडौँ, १ फागुन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा मोरङको विराटनगर महानगर पालिका शीर्ष स्थानमा रहेको छ । सो महानगरले चालु आर्थिक वर्षमा ७८.११ प्रतिशत अङ्क प्राप्त गरी प्रथम स्थानमा रहेको हो । त्यस्तै ललितपुर महानगरपालिका दोस्रो स्थानमा रहेको छ । विभिन्न सूचकहरूका आधारमा ललितपुर महानगरपालिकाले ७६.३३ प्रतिशत अङ्क प्राप्त गरेको छ… Continue reading कार्य सम्पादन मूल्यांकनमा काठमाडौं महानगरको कमजोर प्रदर्शन

मकवानपुरमा निर्वाचन तयारी तीव्र, पुराना मतपेटिका मर्मतदेखि सुरक्षा व्यवस्थासम्म

अञ्जली थापा/रासस हेटौँडा (मकवानपुर), १ फागुन । मकवानपुरमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गर्दै तयारी तीव्र पारिएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले विगतका निर्वाचनमा प्रयोग भएका मतपेटिकालाई पुनः प्रयोगमा ल्याउने प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार मतपेटिका सफाइ, मर्मत तथा प्राविधिक परीक्षणको कार्यलाई अन्तिम चरणमा पुर्याइएकोे छ… Continue reading मकवानपुरमा निर्वाचन तयारी तीव्र, पुराना मतपेटिका मर्मतदेखि सुरक्षा व्यवस्थासम्म

आज ३०औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' लाई बिहीबार निर्वाचन क्षेत्र रुकुम पूर्वमा आउँदा भुमे–१ लुकुममा स्वागत गर्दै कार्यकर्ता । उहाँ मध्यपहाडी लोकमार्गको यात्रा गर्दै आज रुकुम पूर्व आइपुग्नुभएको हो । तस्बिर : सर्जना कार्की / रासस

सर्जना कार्की/रासस रुकुमपूर्व, १ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै छ । जनयुद्धको सुरुआत भएको रुकुमपूर्वमा सहिद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग र रुकुमेलीसँग जनयुद्ध दिवस मनाउन पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार साँझ रुकुमपूर्व आइपुगेका छन् । विसं २०५२ फागुन १ गते तत्कालीन माओवादीले सुरु गरेको जनयुद्ध दश वर्षसम्म… Continue reading आज ३०औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

विश्व रेडियो दिवस आज मनाइँदै

काठमाडौँ, १ फागुनः आज विश्व रेडियो दिवस हो । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को अगुवाइमा सन् २०१२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । सन् १९४६ मा राष्ट्रसङ्घीय रेडियो सेवा स्थापना भएको… Continue reading विश्व रेडियो दिवस आज मनाइँदै

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

काठमाडौँ, १ फागुन, स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ । चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र तीन जनाविरूद्ध ‘डिफ्युजन’ जारी भएकामा रेड नोटिस जारी भएका आठ र डिफ्युजन जारी भएका दुई जनालाई इन्टरपोलको समन्वयमा विभिन्न देशबाट पक्राउ गरी स्वदेश ल्याइएको… Continue reading इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

एक महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु

म्याग्दी, १ फागुन । म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माणमा भएको अवरोध एक महिनापछि हटेको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको जलविद्युतु आयोजनाका कारण दरवाङ– दाङखोला– धारापानी– ताकम– मुना– लुलाङ– गुर्जा सडक अन्तर्गत मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ को सिमाना दाङखोलामा ठेक्का सम्झौता भएको छ… Continue reading एक महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

रासस१ फागुन, दैलेख : यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण रहेको पाइएको हो । खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार चिनियाँ… Continue reading दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य हुँदै

काठमाडौँ, १ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन फागुन १ गते राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को यही माघ २६ गतेको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम राष्ट्रपति पौडेलले सभाको अधिवेशनको अन्त्य गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।… Continue reading राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य हुँदै

विश्व बैंकद्वारा नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक

काठमाडौँ, २९ माघः विश्व बैंकले नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा विश्व बैंकका प्रतिनिधिले नेपालको सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी जानकारी दिने उद्देश्यले उक्त ड्यासबोर्ड सार्वजनिक गरेको हो । उक्त ड्यासबोर्डमा सङ्घ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित वित्तीय जानकारी उपलब्ध हुनेछ । ड्यासबोर्डमा प्रमुख वित्तीय तथ्याङ्कलाई एकीकृत र सहज रुपमा प्राप्त गर्न… Continue reading विश्व बैंकद्वारा नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक