एनपिएल क्रिकेटः चार टोली मैदानमा उत्रने

rss

काठमाडौँ, १२ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ चितवन राइनोज र काठमाडौँ गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ः०० कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ । चितवन चार अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौँले खेलमा… Continue reading एनपिएल क्रिकेटः चार टोली मैदानमा उत्रने

नेपालबाट बंगलादेश निर्यात हुने विद्युत २० मेगावाट बढाउने सहमति

रमेश लम्साल–राससकाठमाडौँ, १२ मङ्सिर । बङ्गलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लैजान सहमत भएको छ । नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बिहीबार सम्पन्न सातौँ बैठकले हाल निर्यात भइरहेको ४० मेगावाट जलविद्युत्का अतिरिक्त थप २० मेगावाट बिजुली निर्यातका लागि आवश्यक प्रक्रिया पूरा गर्ने सहमति भएको छ । आवश्यक प्राविधिक तयारी गरेर बङ्गलादेशले थप… Continue reading नेपालबाट बंगलादेश निर्यात हुने विद्युत २० मेगावाट बढाउने सहमति

एउटै गोठमा ५७ वैदिक गाई संरक्षण

गलकोट, १२ मङ्सिर । बागलुङको मालिकामा एकै स्थानमा ५७ वटा गाई पालिएको छ । हिन्दू धर्ममा भगवान्को स्वरूप मानेर पूजा गरिँदै आएका स्थानीय प्रजातिका वैदिक गाईको संरक्षणका लागि संरक्षण केन्द्र नै सञ्चालन गरेर पालिएको हो । विसं २०७२ मा जिल्ला प्रशासन कार्यालयमा गण्डकी गोपाल गौवंश संरक्षण केन्द्र दर्ता गरेर बागलुङ नगरपालिका–५ मालिकामा वैदिक गाई पाल्न… Continue reading एउटै गोठमा ५७ वैदिक गाई संरक्षण

ढाका झुपडीमा भीषण आगलागी, हजारौँ घरबारविहीन

Rescuers try to douse a major fire that engulfed Korail Slum in Dhaka, Bangladesh, Tuesday, Nov. 25, 2025. (AP Photo/Rajib Dhar)

ढाका, १२ मङ्सिर (रासस–एपी) । बङ्गलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडपट्टीमा मङ्गलबार साँझ लागेको भीषण आगलागीले करिब एक हजार ५०० झुपडी जलेर वा क्षतिग्रस्त भएसँगै हजारौँ बासिन्दा घरबारविहीन भएको अधिकारीहरूले बताएका छन् । आगलागीबाट कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन । अग्निशमन सेवा तथा नागरिक सुरक्षा विभागका ड्युटी अफिसर रसिद बिन खालिदका अनुसार… Continue reading ढाका झुपडीमा भीषण आगलागी, हजारौँ घरबारविहीन

हङकङमा भीषण आगलागी, ४४ जनाको मृत्यु

Apartments burn after a major fire swept through several blocks at the Wang Fuk Court residential estate in Hong Kong's Tai Po district on November 27, 2025. Hong Kong firefighters were scouring a still-burning apartment complex for hundreds of missing people on November 27, a day after the blaze tore through the high-rises, killing at least 44. (Photo by Dale DE LA REY / AFP)

हङकङ, १२ मङ्सिर (रासस–एएफपी) । हङकङको उत्तरी जिल्लास्थित आठ भवन भएको एक विशाल आवासीय कम्प्लेक्समा लागेको भीषण आगो नियन्त्रणमा लिन बिहीबार समेत अग्नि नियन्त्रकहरू निरन्तर प्रयासरत रहँदा मृतकको सङ्ख्या कम्तीमा ४४ पुगेको अधिकारीहरूले बताएका छन् । सयौँ मानिस प्रारम्भिक रूपमा बेपत्ता रहेका भए पनि केहीसँग पछि सम्पर्क स्थापित गरिएको फायर सेवाले जनाएको छ । बुधबार… Continue reading हङकङमा भीषण आगलागी, ४४ जनाको मृत्यु

श्रीलङ्कामा भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु

(251127) -- COLOMBO, Nov. 27, 2025 (Xinhua) -- This photo taken with a mobile phone shows the site of a landslide in Kandy District, Sri Lanka's Central Province, Nov. 27, 2025. Sri Lanka is confronting one of its most severe weather disasters in recent years, as days of heavy rainfall and multiple landslides have killed 31 people, left 14 missing, and displaced thousands across the island, the Disaster Management Center (DMC) said on Thursday. According to the latest situation report, extreme weather has affected 17 districts, impacting 1,158 families and 4,008 individuals. The DMC said 10 people have been injured, three homes have been completely destroyed, and 381 houses partially damaged. At least 131 people have been relocated to temporary safe centers. (Photo by Gayan Sameera/Xinhua)

कोलम्बो, १२ मङ्सिर (रासस–सिन्ह्वा) । श्रीलङ्कामा हाल आएको भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु हुनुका साथै १४ बेपत्ता जना भएको विपद् व्यवस्थापन केन्द्र ९डिएमसी० ले बिहीबार जनाएको छ । केन्द्रका अनुसार बाढीका कारण हजारौ मानिसहरु विस्थापित भएका छन् । डिएमसी केन्द्रको पछिल्लो प्रतिवेदन अनुसार, चरम मौसमी प्रकोपले १७ वटा जिल्लाहरूमा असर गरेको छ… Continue reading श्रीलङ्कामा भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु

चीनमा रेल दुर्घटना, ११ जनाको मृत्यु

बेइजिङ, १२ मङ्सिर (रासस–एएफपी) । दक्षिणपश्चिम चीनको युनान प्रान्तमा बिहीबार बिहान एउटा रेलले निर्माण कामदारहरूलाई ठक्कर दिँदा ११ जनाको दुःखद मृत्यु भएको स्थानीय रेलवे अधिकारीहरूले पुष्टि गरेका छन् । दुर्घटना कुनमिङको लुयोयाङ टाउन स्टेसन क्षेत्रमा भएको हो । त्यहाँ ‘भूकम्पीय उपकरण परीक्षणका लागि प्रयोग गरिएको’ रेल सामान्य रूपमा वक्र मार्ग हुँदै गुज्रिरहेका बेला ट्र्याक क्षेत्रमा… Continue reading चीनमा रेल दुर्घटना, ११ जनाको मृत्यु

पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

काठमाडौँ, ११ मङ्सिरः उच्च अदालत पाटनले भेपमार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई रु २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले उक्त आदेश दिएको हो । महरालाई गत असोज अन्तिम साता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो । पूर्वसभामुख… Continue reading पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

राष्ट्रपतिद्वारा सेना परिचालनको स्वीकृति

काठमाडौँ, ११ मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको सिफारिसलाई स्वीकृति प्रदान गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज जारी विज्ञप्तिमा निर्वाचन सुरक्षालाई सुदृढ बनाउन सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपति पौडेलले सेना परिचालनका लागि अनुमोदन गरेको उल्लेख गरिएको छ ।… Continue reading राष्ट्रपतिद्वारा सेना परिचालनको स्वीकृति

प्रधानमन्त्रीसमक्ष निर्वाचनको वातावरण बनाउन एमाले नेताको आग्रह

RSS

काठमाडौँ, ११ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेको र मुलुकमा निर्वाचनका वातावरण सुनिश्चित नरहेको विषयमा आफ्नो धारणा प्रस्तुत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको छलफलमा एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवालीलगायत नेताले सरकार गठन र संसद् विघटनबारे संवैधानिक परीक्षण हुनुपर्ने र… Continue reading प्रधानमन्त्रीसमक्ष निर्वाचनको वातावरण बनाउन एमाले नेताको आग्रह

एनपिएलः सुदूरपश्चिम प्लेअफ नजिक

तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको आजको खेलमा जित हासिल गरेसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स प्लेअफ नजिक पुगेको छ । सुदूरपश्चिमले लुम्बिनी लायन्समाथि सात विकेटको जित निकाल्दै लगातार चौथो जित दर्ता गराएको हो । लुम्बिनीद्वारा जितका लागि पाएको १४४ रनको लक्ष्य सुदूरपश्चिमले १८ दशमलव दुई ओभरमा तीन विकेटको क्षतिमा… Continue reading एनपिएलः सुदूरपश्चिम प्लेअफ नजिक

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार नेपाल प्रिमियर लिग -एनपिएल_ क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच भएको खेलमा alnª ub}{ जनकपुर बोल्ट्सका खेलाडी । तस्बिरः किरणराज विष्ट\रासस

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा पराजित भएको छ । जनकपुर बोल्ट्स आजको खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले पराजित भएको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन बनायो ।… Continue reading एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

जेनजी आन्दोलनका सहिद : ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’

प्रेमनारायण आचार्य–राससअर्घाखाँची, ११ मङ्सिरः समयको पाना फेरिँदै गए पनि जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिहरुको परिवारको मनमा लागेको घाउ भने अझै पनि रगताम्य छ । आफ्नो परिवारको सदस्य गुमाउनु पर्दाको पीडा एकातिर छभने उनीहरुको बलिदानीअनुसार राज्यमा परिवर्तन आउँदैन कि भन्ने चिन्ता पनि उत्तिकै रहेको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ गते काठमाडौँको बानेश्वरमा… Continue reading जेनजी आन्दोलनका सहिद : ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’

सार्क कार्यक्रम समितिको ६१औँ बैठक सम्पन्न, के भयो निर्णय ?

काठमाडौँ, ११ मङ्सिरः दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६१औँ बैठक श्रव्यदृश्यका माध्यमबाट बुधबार सम्पन्न भएको छ । बैठकको उद्घाटन गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव तथा कार्यक्रम समितिका अध्यक्ष किरण शाक्यले सार्क यस क्षेत्रको प्रमुख क्षेत्रीय सङ्गठनका रूपमा सदस्य राष्ट्रहरूबीच संवाद, सहकार्य र सामूहिक कदम चाल्नका लागि महत्वपूर्ण मञ्च भएको बताए । यहाँस्थित सार्क… Continue reading सार्क कार्यक्रम समितिको ६१औँ बैठक सम्पन्न, के भयो निर्णय ?

देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, ११ मङ्सिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । आज दिउँसो कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । त्यसैगरी, आज राति कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया… Continue reading देशभरको मौसम सफा रहने पूर्वानुमान

साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र

काठमाडौँ, ११ मङ्सिर । ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको… Continue reading साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र

१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

११ मंसिर, काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७२३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार पुल निर्माणका लागि पप्पु महादेव खिम्तीको संयुक्त उपक्रम (जेभी)सँग ठेक्का सम्झौता ठेक्का अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको… Continue reading १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

एनपिएलः आज दुई खेल हुँदै

rss

काठमाडौँ, ११ मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ र दोस्रो खेल अपराह्न ४ः०० बजे हुनेछ । रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ । तीन खेलमा… Continue reading एनपिएलः आज दुई खेल हुँदै

थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित

This aerial photo taken on November 26, 2025 shows flood waters submerging vehicles in Hat Yai in Thailand's southern Songkhla province, as severe flooding affected thousands of people in the country's south following days of heavy rain. Tens of thousands of people in Thailand and neighbouring Malaysia were displaced by widespread flooding, with streets submerged, homes inundated and at least 34 dead, officials said November 26. (Photo by Arnun Chonmahatrakool / THAI NEWS PIX / AFP)

बैङ्कक, १० मङ्सिर (रासस–एएफपी) । दक्षिणी थाइल्यान्डमा आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बुधबारसम्म ३३ पुगेको छ । बाढीका कारण थाइल्यान्ड र छिमेकी मलेसियामा हजारौँ मानिस विस्थापित भएका छन् । निरन्तर परेको भारी वर्षाले दक्षिणी प्रान्तहरूमा जनजीवन पूर्णरूपमा अस्तव्यस्त बनेको अधिकारीहरूले बताएका छन् । थाई सरकारले दक्षिणी सोङ्खला प्रान्तमा मङ्गलबार आपतकालीन अवस्था घोषित गरेको छ… Continue reading थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित

हङकङको ताइ पो क्षेत्रमा भीषण आगलागी, १३ जनाको मृत्यु

(251126) -- HONG KONG, Nov. 26, 2025 (Xinhua) -- This photo taken on Nov. 26, 2025 shows rescuers working on a residential building fire site in Hong Kong, south China. Thirteen people were killed after a huge fire engulfed a residential area in the Tai Po area of Hong Kong on Wednesday afternoon, according to a press release issued by the Hong Kong Special Administrative Region (HKSAR) government. (Xinhua/Chen Duo)

हङकङ, १० मङ्सिर (रासस–सिन्ह्वा) । हङकङको ताइ पो क्षेत्रमा बुधबार दिउँसो लागेको आगलागीमा १३ जनाको मृत्यु भएको छ । उक्त जानकारी हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको हो । घटना दिउँसो करिब २ः५१ बजे सम्बन्धित कार्यालयलाई जानकारी गराइएको थियो । आगलागी अत्यन्तै फैलिँदै गएपछि जिम्मेवार निकायले साँझ ६ः२२ बजे आगलागीको खतरा… Continue reading हङकङको ताइ पो क्षेत्रमा भीषण आगलागी, १३ जनाको मृत्यु

संसद भवनमा कुलमानको छड्के

काठमाडौं, १० मंसिर । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले बुधबार साँझ सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको आकस्मिक निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री घिसिङले रातको समयमा त्यहाँ भइरहेको कामको जानकारी लिए । आगामी फागुन २१को चुनावपछि आउने नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बस्ने स्थान नै नभएको अवस्थामा… Continue reading संसद भवनमा कुलमानको छड्के

शोभाकलीले सातौँ छावा जन्माउँदा….

इटहरी (सुनसरी), १० मङ्सिरः कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेकी शोभाकली हात्तीले आफ्नो सातौँ सन्तान जन्माएकी छन् । आरक्षका प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार शोभाकलीले गत कात्तिक ३० गते आइतबार राति १०ः३० बजे स्वस्थ (छावा) जन्माएकी हुन् । जन्मपछि आमा र छावा दुवैको स्वास्थ्य सामान्य रहेको जनाउँदै चिकित्सक तथा मउते टोलीको निगरानीमा राखिएको… Continue reading शोभाकलीले सातौँ छावा जन्माउँदा….

एमसिए नेपालद्वारा न्यू बुटवल सबस्टेसन र प्रसारण लाइन निर्माण शुभारम्भ

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० मङ्सिरः पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा एमसिए नेपालले आज एक कार्यक्रमको आयोजना गरी न्यू बुटवल सबस्टेन र १८ किमी प्रसारण लाइन निर्माण शुभारम्भ गरेको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिनआर थम्प्सनले संयुक्त रूपमा प्रसारण लाइन निर्माणको शुभारम्भ गरे । अर्थमन्त्री खनालले यो सबस्टेन… Continue reading एमसिए नेपालद्वारा न्यू बुटवल सबस्टेसन र प्रसारण लाइन निर्माण शुभारम्भ

बौद्धिक अपाङ्गता भएकी किशोरीले ‘विवाह गर्छु’ भनेर हत्ते गरेपछि…

काठमाडौँ, १० मङ्सिर । सर नमस्कार …. म बोलेको (नाम मर्यादाका लागि गोप्य) । छोरीको पाठेघर निकाली दिनुप¥यो । नेपाल परिवार नियोजन सङ्घ, काठमाडौं उपत्यका शाखाका वरिष्ठ शाखा प्रबन्धक शरद्कुमार अर्याललाई एक अपरिचित महिलाले फोन गरेर थप सुनाइन, “छोरीले विवाह गर्छु भनेर हैरान पारिन् । केटा मान्छे देख्नै हुन्न । आकर्षित, लालहित भइहाल्छिन् । लौन… Continue reading बौद्धिक अपाङ्गता भएकी किशोरीले ‘विवाह गर्छु’ भनेर हत्ते गरेपछि…

जेनजी आन्दोलनका सहिद : जेनजी आन्दोलनले दीपकको सपनाको उडान रोकियो

काठमाडौँ, १० मङ्सिरः बैतडीको शिवनाथ गाउँपालिका–२ मडैगाउँ स्थायी घर भई कोरियाली भाषा अध्ययनका लागि काठमाडौँ आएका १८ वर्षीय दीपकबहादुर साउदको कोरिया गएर परिवारको आर्थिकस्तर उकास्ने सपना जेनजी आन्दोलनको क्रममा सपनामै रोकियो । गत भदौ २४ गते काठमाडौँको कालीमाटी क्षेत्रमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर उनको आँखामा चोट लागेको थियो र उक्त गोलीले मस्तिष्कमा पनि असर… Continue reading जेनजी आन्दोलनका सहिद : जेनजी आन्दोलनले दीपकको सपनाको उडान रोकियो

अमेरिकी शान्ति योजनामा गरिएका संशोधनको जेलेन्स्कीद्वारा स्वागत, पुटिनसँग भेटवार्ताको सम्भावना बढ्दै

१० मंसिर, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले पेश गरेको विवादित २८–बुँदे शान्ति योजनामा गरिएका प्रस्तावित संशोधनको स्वागत गरेका छन्। युक्रेनका युरोपेली साझेदारहरूको समेत प्रयासपश्चात् यसअघि रुसको युद्ध लक्ष्य प्राप्तितर्फ बढ्ता ढल्किएको ठानिएको योजनाको संशोधित मस्यौदा तयार भएको जस्तो देखिएको छ। सन् २०२२ देखि जारी रुस(युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाले प्रयासहरू तीव्र पारिरहेको छ।… Continue reading अमेरिकी शान्ति योजनामा गरिएका संशोधनको जेलेन्स्कीद्वारा स्वागत, पुटिनसँग भेटवार्ताको सम्भावना बढ्दै

हसिनाको दल अवामी लीगले बंगलादेशमा गर्यो देशव्यापी आन्दोलनको घोषणा

१० मंसिर, ढाका । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको दल अवामी लीगले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । सो दलले ३० नोभेम्बरसम्म देशव्यापी विरोध प्रदर्शनको आह्वान गरेको हो । गत १७ नोभेम्बरमा इन्टरनेशनल क्राइम्स ट्रिब्यूनलले पूर्व प्रधानमन्त्री र तत्कालीन गृहमन्त्री असदुज्जमां खान कमाललाई मृत्युदन्डको सजाय सुनाएको थियो । अवामी लीगको आधिकारिक एक्स ह्यान्डिलमा एक पोष्ट… Continue reading हसिनाको दल अवामी लीगले बंगलादेशमा गर्यो देशव्यापी आन्दोलनको घोषणा

टी–२० विश्वकपमा नेपाल कठिन समूहमा, समूह चरणमा इङ्ल्याण्ड, वेस्ट इण्डिज, बंगलादेश र इटालीसँग भिड्ने

१० मंसिर, काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेटको समूह तथा खेलतालिका सार्वजनिक भएको छ । भारतको मुम्बईमा मंगलबार एक कार्यक्रमका बीच समूह विभाजनसहित खेलतालिका सार्वजनिक गरिएको हो । विभाजित समूह अनुसार नेपाली क्रिकेट टोली कठिन समूहमा परेको छ । नेपाली टोली २–२ पटकका विश्वविजेता इंग्ल्यान्ड र वेस्ट… Continue reading टी–२० विश्वकपमा नेपाल कठिन समूहमा, समूह चरणमा इङ्ल्याण्ड, वेस्ट इण्डिज, बंगलादेश र इटालीसँग भिड्ने

सर्लाहीमा आत्मदाहको प्रयास गरेका पुरुषको मृत्यु

१० मंसिर, काठमाडौं । सर्लाहीको लालबन्दीमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका पुरुषको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ । मङ्गलबार साँझ पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका–७, मा रहेको डुमडुमे मन्दिर अगाडि पेट्रोल छर्किएर शरीरमा आगो लगाएका झापाको गौरादह नगरपालिका–२, का ५५ वर्षीय सूर्यप्रसाद पोखरेलको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।… Continue reading सर्लाहीमा आत्मदाहको प्रयास गरेका पुरुषको मृत्यु

१०६३ मेगावाटको अपर अरुण जलविद्युत आयोजनाको मोडालिटी तय, लागत २ खर्ब १४ अर्ब

काठमाडौं, ९ मंसिर । १०६३ मेगावाटको अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा (मोडालिटी) तयार भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आयोजनाको आवश्यक स्वीकृतिका लागि पेश गर्न निर्देशन दिएका छन्। अपर अरुण जलविद्युत आयोजनाको लगानी मोडालिटी नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने… Continue reading १०६३ मेगावाटको अपर अरुण जलविद्युत आयोजनाको मोडालिटी तय, लागत २ खर्ब १४ अर्ब