वीरगञ्ज सुक्खा बन्दरगाह आउन थाल्यो ‘ट्यांक कन्टेनर’

काठमाडौं । वीरगञ्ज सुक्खा बन्दरगाहमा ‘ट्यांक कन्टेनर’ आउन थालेको छ । गत आइतबार पहिलो पटक कच्चा तेल बोकेको कन्टेनर रेल सुक्खा बन्दरगाह आएको हो । बारा जितपुरस्थित खाने तेल उत्पादक उद्योग शिवशक्ति प्रालिले खरिद गरेको सोयाबिन तेलको कच्चा पदार्थ (कच्चा तेल) बोकेको ट्यांक कन्टेनर सुक्खा बन्दरगाह आएको हो । २० फुटे ९० वटा ट्यांक कन्टेनरमा… Continue reading वीरगञ्ज सुक्खा बन्दरगाह आउन थाल्यो ‘ट्यांक कन्टेनर’

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा आज स्ववियू निर्वाचन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । ४६ अंगिक क्याम्पस सहति अरु सम्बन्धन प्राप्त क्याम्पसमा पनि आज चुनाव हुँदैछ । मतदान बिहान ८ बजेदेखि ४ बजे सम्म हुनेछ । १३ वटा आंगिक क्याम्पसमा चुनावी प्रक्रिया रोकिएको छ । ‘रोकिएका क्याम्पसमा सहमतिको प्रयास भइरहेको छ । १५… Continue reading त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा आज स्ववियू निर्वाचन

पश्चिम नेपालमा भूकम्प धक्का

५ चैत, काठमाडौं । अछाम केन्द्र विन्दु भएर आज पश्चिम नेपालमा भूकम्प गएको छ । बिहान साढे ६ बजे अछामको बाटुलासेन केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पले अछामका साथै आसपासका जिल्लामा पनि धक्का महसुस भएको थियो । तर भूकम्पले… Continue reading पश्चिम नेपालमा भूकम्प धक्का

रास्वपा सांसद गौतम भन्छिन् : गैरआवासीय नेपालीलाई भिसा आवश्यक छैन

विजयी उम्मेदवार सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले गैरआवासीय नेपालीलाई भिसा दिने प्रावधान आपत्तिजनक रहेको टिप्पणी गरेकी छिन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको प्रतिस्थापन विधेयक’माथिको दफावार छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएकी हुन् । गौतमले बाध्यता र अन्य कारणले बाहिर… Continue reading रास्वपा सांसद गौतम भन्छिन् : गैरआवासीय नेपालीलाई भिसा आवश्यक छैन

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा डा. वाग्ले नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री समेत रहेका केयूका कुलपति केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन् । यसअघि उनी रजिस्ट्रार थिए । अर्थशास्त्रमा पीएचडी गरेका वाग्ले राष्ट्रबैंकका गभर्नरको सल्लाहकार पनि भइसकेका व्यक्ति हुन् । गत ३ फागुनमा भएको अन्तर्वार्तापछि सिफारिस समितिले नाम… Continue reading काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा डा. वाग्ले नियुक्त

नेपाल प्रहरीको महानिरिक्षक बने दिपक थापा

काठमाडौं । नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको हो । सोमबार राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण ३०औं आईजीपी वसन्त कुँवर अवकाशमा जाँदैछन् । त्यसको पूर्वसन्ध्यामा सरकारले थापालाई आईजीपीमा नियुक्त गरेको… Continue reading नेपाल प्रहरीको महानिरिक्षक बने दिपक थापा

बंगलादेशमा २० विद्यार्थीलाई मृत्युदण्डको सजाय सदर

Photo : AP

काठमाडौं । बङ्गलादेशको एक अदालतले आइतबार सन् २०१९ मा सामाजिक सञ्जालमा देशको पूर्व सरकारको आलोचना गर्ने एक सहपाठी विद्यार्थीको हत्या गरेको आरोपमा विश्वविद्यालयका २० जना पूर्वविद्यार्थीको मृत्युदण्डको सजायलाई सदर गरेको छ । तत्कालीन शेख हसिनाको सरकारले भारतसँग पानी बाँडफाँट सन्धिमा हस्ताक्षर गरेकोमा आलोचना गर्ने फेसबुक पोस्ट प्रकाशित गरेको केही घण्टापछि बङ्गलादेश युनिभर्सिटी अफ इन्जिनियरिङ एन्ड… Continue reading बंगलादेशमा २० विद्यार्थीलाई मृत्युदण्डको सजाय सदर

गैरआवासीय नेपाली संघको दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पीएनओज् सम्मेलन सम्पन्न, के आयो निष्कर्ष ?

४ चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज् सम्मेलन थाइल्याण्डको राजधानी सुन्दर शहर बैंककमा सम्पन्न भएको छ । सम्मेलन शनिबार र आइतबार चलेको हो । सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गरेका थिए । सम्मेलनमा ३५ भन्दा बढी देशबाट भौतिक एवम भर्चुअल माध्यमबाट सहभागी प्रतिनिधिको उपस्थिति थियो। गैरआवासीय नेपाली… Continue reading गैरआवासीय नेपाली संघको दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पीएनओज् सम्मेलन सम्पन्न, के आयो निष्कर्ष ?

एनआरएनएको प्रस्तावमा दुई नेपालीले निःशुल्क एमबिबिएस पढ्न पाउने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रस्तावमा दुई जना नेपालीले निःशुल्क एमबिबिएस पढ्न पाउने भएका छन्। थाइल्याण्डमा जारी गैरआवासीय नेपाली संघको दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पीएनओज सम्मेलनमा एसियन इन्टरनेसनल युर्निभर्सिटीमा एमबिबिएस अध्ययनका लागि दुई जना नेपालीलाई अवसर पाउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । संघका तर्फबाट अध्यक्ष डा. बद्री केसीले र युर्निभसिर्टीका तर्फबाट रेक्टर… Continue reading एनआरएनएको प्रस्तावमा दुई नेपालीले निःशुल्क एमबिबिएस पढ्न पाउने

मन्त्री निवास आसपास निषेधाज्ञा जारी

३ चैत, काठमाडौं । ललितपुर जिल्ला प्रशासन कार्यालयले पाँच जनाभन्दा बढी भेला भएर कुनै पनि प्रदर्शन गर्न नपाउने भन्दै मन्त्री निवास लगायत केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। आइतबार जारी भएको विज्ञप्तिमा पुल्चोकस्थित पुरानो मन्त्री निवास क्षेत्र र भैंसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र निषेधाज्ञा लगाइएको उल्लेख छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरूको… Continue reading मन्त्री निवास आसपास निषेधाज्ञा जारी

मुक्तिनाथमा भारतीय पर्यटकले क्यूआर स्क्यान गरी भेटी दिन पाउने

काठमाडौं । प्रभु बैंकले मुक्तिनाथ मन्दिर परिसरमा शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भीम यूपीआई सेवा सुरु गरेको छ। उक्त सेवा सुरुवातसँगै अब भारतका नागरिकले आफ्नो बैंक खाताबाट भीम यूपीआई मार्फत क्यूआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य भुक्तानी गर्न सक्ने छन् । यसले मुक्तिनाथ मन्दिर आउने भारतीय भक्तजनलाई… Continue reading मुक्तिनाथमा भारतीय पर्यटकले क्यूआर स्क्यान गरी भेटी दिन पाउने

मध्यभोटेकोशी र खिम्ती-बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र निर्माण सक्न ताकेता

३ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत् लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत् आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सक्न ताकेता गरेको छ । निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादन सुरु गर्न संरचना तथा उपकरण परीक्षण क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो । हाल चुहिएको सुरुङ मर्मत र… Continue reading मध्यभोटेकोशी र खिम्ती-बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र निर्माण सक्न ताकेता

चोरीका ल्यापटप र मोवाइलसहित चार पक्राउ

काठमाडौं । चोरीका ल्यापटप र मोबाइलसहित चार युवालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपत्यकाका विभिन्न स्थानहरूबाट चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा दैलेखको दुल्लु नगरपालिका–९ का ३४ वर्षीय भक्तबहादुर रोकाय, कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का २७ वर्षीय टेकबहादुर रावल, नुवाकोटको बेलकोटगढी नगरपालिका–८ का २७ वर्षीय अनिल… Continue reading चोरीका ल्यापटप र मोवाइलसहित चार पक्राउ

आफ्नो तस्वीर जलाउनेलाई पक्राउ गरिएकोमा प्रचण्डको विरोध, प्रहरीले छाड्यो

काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बम रिहा भएका छन् । चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो । उनलाई आइतबार साँझ नै प्रहरीले रिहा गरेको हो । मकवानपुरकी प्रमुख जिल्ला अधिकारी सीडीओ स्किम श्रेष्ठले आज ४ बजे जिल्ला प्रशासन कार्यालय मकवानपुरमा राप्रपा… Continue reading आफ्नो तस्वीर जलाउनेलाई पक्राउ गरिएकोमा प्रचण्डको विरोध, प्रहरीले छाड्यो

गाजामा युद्धविरामका लागि भएको वार्ता विफल भएको प्यालेष्टाइनको दावि

BBC

काठमाडौं । गाजामा युद्धविरामका लागि कतारमा भइरहेको वार्ता विफल भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्। इजरायल र हमासबीच जारी लडाइँ रोक्न मध्यस्थता गरिएको भए पनि दुई पक्षबीच ठूलो मतभिन्नता रहेको बीबीसीले लेखेको छ । संयुक्त राज्य अमेरिकाले हमासलाई अव्यावहारिक मागहरू राखेको आरोप लगाएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गाजा युद्धविरामका लागि एउटा प्रस्ताव अघि सारेका थिए।… Continue reading गाजामा युद्धविरामका लागि भएको वार्ता विफल भएको प्यालेष्टाइनको दावि

फागुनमा बढ्यो घरजग्गा कारोबार

काठमाडौं । घरजग्गा कारोबारबाट फागुन महिनामा मात्र चार अर्ब १२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । देशभर घरजग्गा कारोबार विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघको तुलनामा फागुनमा राजस्व संकलन बढेको छ । घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व संकलनमा समेत क्रमशः वृद्धि हुँदै गएको विभागले जनाएको छ । विभागका… Continue reading फागुनमा बढ्यो घरजग्गा कारोबार

कार घरको भित्तामा ठोक्कियो, चालकको ज्यान गयो

काठमाडौं । कैलालीमा अनियन्त्रित भएर एक कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । अत्तरियाबाट महेन्द्रनगरतर्फ गइरहेको बा १७ च९६४५ नम्बरको स्कारपियो कार शनिबार साँझ कैलालीको गोदावरी नगरपालिका–३ को चौकीडाँडास्थित एक घरको भित्तामा ठोक्किएको थियो । दुर्घटनामा कार चालक कृष्णपुर नगरपालिका–४ बस्ने ३५ वर्षीय सिवित रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका… Continue reading कार घरको भित्तामा ठोक्कियो, चालकको ज्यान गयो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटेको छ ।शनिबार मध्यरातदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य समायोजन गरेको हो । अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँमा बिक्रीवितरण हुनेछ । इन्डियन आयल कर्पोरेशनबाट १५… Continue reading पेट्रोलियम पदार्थको मूल्य घट्यो

समाजवादी मोर्चाको पत्रकार सम्मेलन, १५ चैतमा प्रदर्शनको तयारी

काठमाडौं । समाजवादी मोर्चाले राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना गरिरहेको दावि गरेको छ ।देशमा विकसित नयाँ परिस्थिति र प्रतिगामी तत्वहरूको क्रियाकलापबारे दृष्टिकोण अगाडि सार्न शनिबार आयोजित पत्रकार सम्मेललनमा समाजवादी मोर्चाले सो धारणा राखेको हो । मोर्चाले भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त रहेको पनि उल्लेख गरेको छ । ‘संघीय लोकतान्त्रिक… Continue reading समाजवादी मोर्चाको पत्रकार सम्मेलन, १५ चैतमा प्रदर्शनको तयारी

दरबार हत्याकाण्ड छानविनबारे फेरी बोले प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनु पर्छ भन्ने कुरा आफूले पहिलेदेखि नै उठाउँदै आएको बताएका छन् । समाजवादी मोर्चाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भूमिगतकालदेखि नै आफूले यो विषय उठाएको बताए । ‘दरबार हत्याकाण्ड भएका बेला हामी जनयुद्धमै थियौं । त्यसबेलै हामी निष्पक्ष छानबिनको कुरा… Continue reading दरबार हत्याकाण्ड छानविनबारे फेरी बोले प्रचण्ड

पूर्वविशिष्ट व्यक्तिको सुविधाका नामको वेथिति रोकौं : गगन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यका पूर्वविशिष्टलाई सुविधा दिने नाममा भइरहेको बेथिति रोक्न कानुनी प्रबन्ध गर्नुपर्ने बताएका छन् ।स्पष्ट कानुनी प्रबन्ध नभएकै कारण मन्त्रिपरिषद्बाट निर्णय गरेर जति चाह्यो त्यति सुविधा दिने बेथिति कायम रहेको उनको भनाइ छ । ‘पहिले पहिले विदेशमा उपचार गरेको भन्दै मन्त्रिपरिषद्बाट मनलाग्दी रकम दिने चलन थियो । तपाईंको छोरो… Continue reading पूर्वविशिष्ट व्यक्तिको सुविधाका नामको वेथिति रोकौं : गगन

तीनकुनेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । तीनकुनेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार, शनिबार बिहान अन्दाजी साढे ४ बजेतिर काठमाडौं ३२, तिनकुने गैरीगाउँ पेट्रोल पम्प अगाडि रा १ ख २६२२ नम्बरको टिपरले प्र ३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यसक्रममा… Continue reading तीनकुनेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

पूर्वराजाविरुद्ध प्रचण्ड आक्रामक : भाइमारादेखि सुन तस्करसम्मको आरोप

पूर्वराजाविरुद्ध प्रचण्ड आक्रामक ः भाइमारादेखि सुन तस्करसम्मको आरोपकाठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध कडा अभिव्यक्ति दिएका छन् । उनले पूर्वाराजालाई भाइमारा देखि सुन तस्करसम्म भन्न भ्याए । उनले आफू पहिलोचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डबारे छानबिन गरी भाइमारा र राजद्रोहीलाई ठेगान लगाउन खोजेको समेत बताए । २०६४ चैत २८ मा… Continue reading पूर्वराजाविरुद्ध प्रचण्ड आक्रामक : भाइमारादेखि सुन तस्करसम्मको आरोप

दैलेखमा रुखले किचेर दुई जनाको मृत्यु

काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–५ सियाला सामुदायिक वनमा रुखले च्यापिएर आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही रहेका छन् । सल्लाको रुख काट्ने क्रममा सोही रुखले च्यापिएर दुवै जनाको मृत्यु भएको स्थानीय अगुवा देवीराम आचार्यले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुनिल… Continue reading दैलेखमा रुखले किचेर दुई जनाको मृत्यु

कैलालीमा नुहाउने क्रममा दुई किशोरको मृत्यु

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका १९ बाइसघरस्थित मोहना नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिस बोहरा रहेका छन् । शुक्रबार दिउँसो मोहना नदीमा नुहाउन पसेका दुवै जना डुबेर बेपत्ता भएका थिए । घटनाबारे जानकारी पाए लगत्तै सशस्त्र प्रहरी बल नेपाल बीओपी… Continue reading कैलालीमा नुहाउने क्रममा दुई किशोरको मृत्यु

नेपाली बजारमा सूनको मूल्यले राख्यो रेकर्ड, पुग्यो १ लाख ७४ हजार

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको भाउ इतिहासकै उच्च भएको छ । यसअघिका सबै भाउको रेकर्ड तोड्दै सुन तोलाको लगभग पौने २ लाख रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनमा एकैचोटि ४ हजार रुपैयाँ बढेर तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको हो । यसअघिको रेकर्ड… Continue reading नेपाली बजारमा सूनको मूल्यले राख्यो रेकर्ड, पुग्यो १ लाख ७४ हजार

चर्चित साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । नेपाली भाषाका उपन्यासकार तथा पद्मश्री सम्मानबाट विभूषित साहित्यकार लीलबहादुर क्षेत्रीको बिहीबार राति साढे १० बजे गुवाहाटीस्थित घरमा निधन भएको छ । क्षेत्रीको निधनसँगै नेपाली साहित्यको एक युगको अन्त्य भएको भारतीय नेपाली साहित्यकारहरुले बताएका छन् । भारतको असममा १९८९ सालमा जन्मिएका उनको बसाइँ चर्चित उपन्यास हो । ब्रह्मपुत्रको छेउछाउ बाट उनले सन् १९८६ मा… Continue reading चर्चित साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

आज तराई मधेशमा होली, सार्वजनिक बिदा

काठमाडौं । रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लाहरुमा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा विहीबार बिदा थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ ।… Continue reading आज तराई मधेशमा होली, सार्वजनिक बिदा

यूरोपेली मदिरामा २ सय प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले युरोपेली देशहरूबाट अमेरिका भित्रने मदिरामा २ सय प्रतिशत भन्सार कर लगाउने चेतावनी दिएका छन् । युरोपेली संघले ह्विस्कीमा घोषणा गरेको ५० प्रतिशत भन्सार कर नहटाए २ सय प्रतिशत कर लगाउने बताएका हुन् । दोस्रो कार्यकाल सुरू गरेसँगै राष्ट्रपति ट्रम्पले विभिन्न देशबाट अमेरिका भित्रने सामानमा कर वृद्धि गरेका छन् । यसअघि… Continue reading यूरोपेली मदिरामा २ सय प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

पाकिस्तान रेल अपहरण काण्ड : कारवाहीका दौरान सेनासहित ५८ को मृत्यु

काठमाडौं । दक्षिणपश्चिम पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र लडाकुले कब्जामा लिएको एक यात्रुवाहक रेलमा बन्धक बनाइएकामध्ये कम्तीमा ३०० जना मुक्त भएका र उनीहरूको उद्धारका लागि सञ्चालित कारबाही सम्पन्न भएको पाकिस्तानी सेनाले जनाएको छ। पाकिस्तानको सेनाका प्रवक्ताले सुरक्षा कारबाहीमा कम्तीमा ३३ लडाकु मारिएको दाबी गरेका छन्। बलोच लिबरेशन आर्मी (बीएलए)ले रेलमा आफूले आक्रमण गरेको दाबी गरेको छ।… Continue reading पाकिस्तान रेल अपहरण काण्ड : कारवाहीका दौरान सेनासहित ५८ को मृत्यु