३ मंसिर, काठमाडौं । बुधबार बाराको सिमरास्थित विमानस्थलमा जेन जीले आक्रमण गरेका छन् । सो क्रममा विमानस्थलको गेट भत्किएको छ । जेन जी समूहले बुद्ध एयरको जहाजमार्फत एमाले नेताहरु बारा आउने सूचना पाएसँगै विमानस्थल आक्रमणमा पुगेका थिए । त्यसपछि प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो । त्यसका वावजुत सडकमा टायर बालेर आन्दोलन गरिएको थियो ।… Continue reading एमाले नेता महेश बस्नेत र शंकर पोखरेल सहभागी हुने कार्यक्रम जेन जीले विथोले, दलहरुबाट आलोचना
Category: समाचार
सुनचाँदीको मूल्य फेरि बढ्यो
काठमाडौँ, ३ मङ्सिरः अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । मङ्गलबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज सुनको मूल्य तोलामा रु दुई हजार ८०० ले बढेको छभने त्यति नै परिमाणको चाँदी रु ६० ले बढेको छ । आज एक… Continue reading सुनचाँदीको मूल्य फेरि बढ्यो
एमसिसीमा अमेरिकाले थप ५० मिलियन अमेरिकी डलर सहयोग गर्ने निश्चित
काठमाडौँ, ३ मङ्सिर : नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले एमसिसी नेपाल सम्झौतामा अमेरिकाले पाँच करोड अमेरिकी डलर (करिब सात अर्ब रुपैयाँ) को अनुदान रकम थप गर्ने घोषणा गरेका छन् । यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कूल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब एक खर्ब छ अर्ब रुपैयाँ)… Continue reading एमसिसीमा अमेरिकाले थप ५० मिलियन अमेरिकी डलर सहयोग गर्ने निश्चित
भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा गम्भीर सङ्कटमा
नन्दुरबार (भारत), ३ मङ्सिर (रासस–एएफपी) । भारतको महाराष्ट्र राज्यका दूरदराजका खडेरीपीडित गाउँहरूमा रहेका बालिकाहरू शिक्षा र बाँच्नका लागि गरेको सङ्घर्षबीच दुविधामा परेको मार्मिक यथार्थ सतहमा आएको छ । प्रत्येक बिहान १७ वर्षीया रमाती मङ्गला झर्ना गाउँबाट धेरै किलोमिटर टाढासम्म नाङ्गो खुट्टा हिँड्दै पानी ल्याउन स्टिलको भाँडो लिएर प्रस्थान गर्छिन, जब उहाँ घर फर्कन्छिन्, तबसम्म विद्यालय… Continue reading भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा गम्भीर सङ्कटमा
कोलम्बियामा सैनिक कारबाहीका बीच अपहरणमा परेका १५ बालबालिकाको मृत्यु
बोगोटा, ३ मङ्सिर (रासस–एएफपी) । कोलम्बियाको सेनाले अगस्ट महिनादेखि गुरिल्ला लडाकूहरूलाई लक्षित गरी सञ्चालन गरिएको सैन्य कारबाहीका क्रममा १५ जना अपहरणमा परेका बालबालिकाहरूको ज्यान गएको अधिकारीहरूले सोमबार पुष्टि गरेका छन् । यसै सशस्त्र समूहद्वारा जबर्जस्ती अपहरणमा पारिएका ती नाबालिगहरू सेनाको कारबाहीमा गोलीको शिकार भएको बताइएको छ । राष्ट्रपति गुस्ताभो पेट्रोले हालैका दुई सैन्य बम आक्रमणमा… Continue reading कोलम्बियामा सैनिक कारबाहीका बीच अपहरणमा परेका १५ बालबालिकाको मृत्यु
एनपीएल : काठमाडौँ र सुदूरपश्चिम भिड्दै
काठमाडौँ, ३ मङ्सिरः यहाँ जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा रहनेछ । काठमाडौँले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो । काठमाडौँको नेतृत्व करण केसीले गर्दै हुनुहुन्छ । उहाँ नेतृत्वको टोलीमा भीम सार्की,… Continue reading एनपीएल : काठमाडौँ र सुदूरपश्चिम भिड्दै
बालाचतुर्दशी : डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज
भक्तपुर, ३ मङ्सिरः यहाँस्थित डोलेश्वर महादेव मन्दिर ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा शतबीज छर्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर जाग्राम बसी आज बालाचतुर्दशीका दिन शतबीज छर्नेको भीड लागेको हो । चाँगुनारायण र सूर्यविनायकका विभिन्न शिवालयमा पनि शतबीज छर्नेको भीड लागेको छ । केही वर्ष… Continue reading बालाचतुर्दशी : डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज
देवघाटधाममा शतबीज छर्नेको घुइँचो
दमौली, ३ मङ्सिर । पितृउद्धारको कामना गर्दै देवघाटमा शतबीज छर्नेको घुइँचो लागेको छ । मङ्गलबार राति पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले छतबीज छरेका हुन् । देवघाटमा गोरखा, लमजुङ, नवलपुर, चितवन, बुटवल, काठमाडौँलगायत स्थानबाट छतबीज छर्न आएका हुन् । शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेकाले देवघाटधाम आएको बन्दीपुर… Continue reading देवघाटधाममा शतबीज छर्नेको घुइँचो
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क
मुस्ताङ, ३ मङ्सिर । नेपाल–चीन उत्तरी कोरला नाकासँग सिमाना जोडिएको उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकका लागि दैनिक ५० अमेरिकी डलर शुल्क लाग्ने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिए । उनले अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ मा हेरफेर गर्ने गरी उक्त… Continue reading माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क
क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन
काठमाडौँ, ३ मङ्सिरः सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहेको क्यासिनोलाई थप कानुनी दायरामा ल्याउने उद्देश्यका साथ विभिन्न १२ बुँदे निर्देशन जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले हाल सञ्चालनमा रहेका सबै क्यासिनोलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन र त्यसका सबै व्यवस्थाको पूर्ण परिपालनामा जोड दिएको छ । विभागले क्यासिनो व्यवसायीलाई… Continue reading क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन
डोलेश्वरदेखि गोकुलधामसम्म पितृका नाममा महादीप बालेर रातभर जाग्राम बस्दै श्रद्धालु
भक्तपुर, ३ मङ्सिर । बालाचतुर्दशी पर्वका दिन आज भक्तपुरको डोलेश्वर महादेव मन्दिरदेखि गोकुलधामसम्मका महादेव मन्दिरसम्म रातभर जाग्राम बसेर महादीप बाल्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरी जाग्राम बस्ने र बालाचतुर्दशीका दिन शतबीज छर्न पशुपति मन्दिरमा हजारौँको भीड लाग्ने भएपछि भक्तपुरको चाँगुनारायण र… Continue reading डोलेश्वरदेखि गोकुलधामसम्म पितृका नाममा महादीप बालेर रातभर जाग्राम बस्दै श्रद्धालु
तीनकुने हिंसामा ज्यान गुमाएका पत्रकार सुरेश रजककी जीवनसंगिनीलाई सरकारले दियो रोजगारी
काठमाडौँ, २ मङ्सिरः सरकारले दिवङ्गत पत्रकार सुरेश रजकको श्रीमतिलाई रोजगारीको व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा मन्त्रालय मातहतको सुरक्षण मुद्रण केन्द्रमा पत्रकार रजककी श्रीमति सुजन मगियालाई ‘कम्प्युटर अपरेटर’ पदमा रोजगारीको व्यवस्था मिलाइएको हो । आज सञ्चार मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चारमन्त्री खरेल र मन्त्रालयका सचिव राधिका अर्यालको उपस्थितिमा सुरक्षण मुद्रण… Continue reading तीनकुने हिंसामा ज्यान गुमाएका पत्रकार सुरेश रजककी जीवनसंगिनीलाई सरकारले दियो रोजगारी
एनपिएल : बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोज विजयी
काठमाडौँ, २ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको दोस्रो खेलमा रबि बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोज विजयी भएको छ । चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाउँदै १६६ रनको योगफल… Continue reading एनपिएल : बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोज विजयी
एनपीएल : कीर्तिमानी स्कोर बनाएको विराटनगर पोखरा माथि हावी
काठमाडौँ, २ मङ्सिरः दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ । पहिलो दुई अङ्क जोड्ने क्रममा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित ग¥यो । विराटनगरले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको पोखरा १८ ओभर ५ बलमा १६७ रनमा अलआउट भयो । पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक… Continue reading एनपीएल : कीर्तिमानी स्कोर बनाएको विराटनगर पोखरा माथि हावी
फोहोर लैजान अवरोध नगर्न मन्त्री घिसिङको आग्रह
२ मंसिर, काठमाडौं । भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले बञ्जरेडाँडामा फोहोर बिसर्जनमा अवरोध नगर्न आग्रह गरेका छन् । काठमाडौं उपत्यकाको फोहोर फोहोर बिजर्सनमा अवरोध भएपछि भौतिक पूर्वाधारमन्त्री घिसिङले प्रभावित स्थानीय बासिन्दासँग आग्रह गरेका हुन् । मन्त्री घिसिङले बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित स्थानीय बासिन्दासँग सरकारले जनाइसकेका छन् । फोहोर बिजर्सनमा अवरोध भएपछि ऊर्जा, जलस्रोत तथा… Continue reading फोहोर लैजान अवरोध नगर्न मन्त्री घिसिङको आग्रह
घुस रकमसहित दुई कर्मचारी पक्राउ
काठमाडौँ, २ कात्तिक । नापी कार्यालय वीरगञ्ज, पर्सामा कार्यरत सर्भेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्याय रु एक लाख घुससहित पक्राउ परेका छन् । छुट जग्गा दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग विभिन्न बहाना बनाइ घुस मागिएको सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले निजहरूलाई रङ्गेहात नियन्त्रणमा लिएको हो । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका… Continue reading घुस रकमसहित दुई कर्मचारी पक्राउ
सार्वभौम क्रेडिट रेटिङमा नेपालले फेरि पायो ‘बीबी माइनस’
२ मंसिर, काठमाडौं । सार्वभौम क्रेडिटमा नेपालले पुनः ‘बीबी माइनस’ रेटिङ प्राप्त गरेको छ । सन् २०२५ का लागि ‘फिट्च रेटिङ्स’बाट दोस्रो पटक यस्तो रेटिङ्स प्राप्त गरेको हो । गत वर्षको मूल्याङ्कनबाट पनि नेपालले सोही रेटिङ प्राप्त गरेको थियो । पछिल्ला महिनाहरूमा देखिएको सामाजिक–राजनीतिक चुनौति, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तता जस्ता परिस्थितिका बीच… Continue reading सार्वभौम क्रेडिट रेटिङमा नेपालले फेरि पायो ‘बीबी माइनस’
फर्किएको रैथाने खान्कीको रौनक
अच्युत रेग्मी\रासस काठमाडौँ, २ मङ्सिरः एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर खान्थे, अथवा ढिँडो खाएको कुरा खुलेआम भन्न रुचाउँदैथे । गाउँघरमा समेत यस्तै अवस्था थियो । किनभने ढिँडो गरिबको खान्की हो भन्ने मानसिकता थियो । त्यो समयमा चामलको भात धनी अर्थात् सम्पन्नहरुले र कोदो गरिबले खान्छन् भन्ने थियो । यसकारण गाउँघरमा कतैकतै त… Continue reading फर्किएको रैथाने खान्कीको रौनक
मध्यराती समातिए दुर्गा प्रसाई, दिइरहेका थिए अराजक अभिव्यक्ति
२ मंसिर, काठमाडौं । दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट उनलाई मध्यराती पक्राउ गरेको हो । प्रहरी स्रोतलाई उदृत गर्दै सञ्चारमाध्यमले यसको पुष्टी गरेका छन् । सामाजिक सञ्जालमा समेत प्रहरीले उनलाई पक्राउ गरेको भिडियो सार्वजनिक भएका छन् । उनले निरन्तर हिंसा… Continue reading मध्यराती समातिए दुर्गा प्रसाई, दिइरहेका थिए अराजक अभिव्यक्ति
झापा आएका १५ जंगली हात्ती मोरङतिर फर्किए
झापा, २ मङ्सिर । यहाँ आइपुगेको हात्तीको एउटा समूह रतुवामाई जङ्गल क्षेत्रबाट मोरङतिरै फर्किएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मोरङबाट आइतबार अधिकतम ३० हात्तीको बथान झापा हुँदै भारत फर्किने क्रममा शिवसताक्षी नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग नजिक रतुवामाई वृक्षरोपण जङ्गलमा आइपुगेको थियो । बथानमा हात्तीका थुप्रै छावा पनि थिए । तीमध्ये… Continue reading झापा आएका १५ जंगली हात्ती मोरङतिर फर्किए
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा
काठमाडौँ, २ मङ्सिर । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै मनाइने पशुपतिनाथ मेला आज लाग्दैछ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना… Continue reading पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा
एनपीएल क्रिकेट : आज चार टोली प्रतिस्पर्धा गर्दै
काठमाडौँ, २ मङ्सिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद् सुरुआत गर्ने हुनेछ । चितवन कुशल मल्लका कप्तानीमा… Continue reading एनपीएल क्रिकेट : आज चार टोली प्रतिस्पर्धा गर्दै
पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खेलाडी मख्ख
२ मंसिर, काठमाडौं । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक र मैदान बाहिरबाट पनि उल्लेख्य सङ्ख्यामा समर्थकको साथ । नेपाल प्रिमियर लिग ९एनपिएल०को उद्घाटन खेलमा सीमित सिटका कारण कैयौँ दर्शक मैदान बाहिरबाटै समर्थन जनाए । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल हेर्ने दर्शक मात्रै होइन खेलाडीले पनि खुसी व्यक्त गरे… Continue reading पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खेलाडी मख्ख
दूधकोशीको वित्तीय व्यवस्थापन तत्काल टुङ्गो लगाउन मन्त्री घिसिङको आग्रह
काठमाडौँ, १ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुङ्गो लगाउन एसियाली विकास बैंक (एडिबी)लाई आग्रह गरेका छन् । एडिबी दक्षिण एसिया विभागका उपमहानिर्देशक सोना श्रेष्ठ, एडिबी नेपाल आवासीय नियोग प्रमुख आर्नोड कुश्वालगायतको टोलीसँग आज भएको भेटमा उनले वित्तीय व्यवस्थापन धेरै लामो समयदेखि चर्चामा… Continue reading दूधकोशीको वित्तीय व्यवस्थापन तत्काल टुङ्गो लगाउन मन्त्री घिसिङको आग्रह
सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ
काठमाडौँ, १ मङ्सिरः जेनजी आन्दोलनको मौका पारी सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार दुई कैदीबन्दी पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज जीउ मास्ने मुद्दामा कैद भुक्तान गरिरहेकी धादिङकी ४४ वर्षीया गीता लामा र सुन भन्सार चोरी पैठारी मुद्दाका कैदी काठमाडौँका ३३ वर्षीय मङ्गल महर्जनलाई पक्राउ गरेको हो । लामालाई ललितपुर महानगरपालिका–३ धोबिघाट… Continue reading सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
ढाका, १ मङ्सिर (रासस–एएफपी) । बङ्गलादेशले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा फाँसीको सजाय सुनाइएको केही घण्टापछि सोमबार भारतसँग सुपुर्दगी गर्न माग गरेको छ। हसिनालाई नयाँदिल्लीले समर्थन गरेको बताउने गरिएको छ। सन् २०२४ अगस्टमा भएको जनविद्रोहको बलमा ७८ वर्षीया हसिनालाई पदच्युत गरिएपछि उनी भागेर भारतको राजधानी नयाँदिल्ली पुगेकी छिन् । अहिले पनि उनी नयाँदिल्ली… Continue reading पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
उत्कृष्ट करदाता सम्मानित, को को परे ?
काठमाडौँ, १ मङ्सिर : राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको छ । आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०\८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो । सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रुपमा नेपाल दुरसञ्चार प्राधिकरण सम्मानित भएको छ । त्यस्तै, एकलौटी फर्ममध्ये… Continue reading उत्कृष्ट करदाता सम्मानित, को को परे ?
एनपीएल उद्घाटनमा भीआइपी, प्रधानमन्त्रीबाट शुभारम्भ
काठमाडौँ, १ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उद्घाटन गरेकी छिन् । कीर्तिपुरस्थित र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भव्य कार्यक्रमबीच प्रधानमन्त्री कार्कीले उक्त प्रतियोगिताको उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिति… Continue reading एनपीएल उद्घाटनमा भीआइपी, प्रधानमन्त्रीबाट शुभारम्भ
एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित
काठमाडौँ, १ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले जनकपुरमाथि पाँच विकेटको जित निकालेको हो । जितको लागि एक सय ३१ रनको लक्ष्य पछ्याएको काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो… Continue reading एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित
एनपिएल : क्रिकेट महाकुम्भको शानदार सुरुआत
काठमाडौँ, १ मङ्सिरः ‘फ्लड लाइट’को उज्यालो र १० हजारभन्दा बढी दर्शकलाई साक्षी राखेर नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण आजदेखि सुरु भयो । कीर्तिपुरको चिसो डाँडामा साँझ अबेरसम्म हजारौँ दर्शक क्रिकेटको रौनकमा रमाए । तीन दिनअघि नै उद्घाटन खेलको टिकट ‘सोल्ड आउट’ भए पनि खेल नसकिँदासम्म मैदान बाहिर पनि हजारौँ दर्शक बसिरहे । टिकट नपाउनेहरु… Continue reading एनपिएल : क्रिकेट महाकुम्भको शानदार सुरुआत