अमेरिकी निर्वाचनको विज्ञापन खर्च झण्डै १५ खर्ब

काठमाडौं । अमेरिकी चुनावका लागि डेमोक्रयाट्स र रिपब्लिकन्स दुवै दलका उम्मेदवारहरूले कुल १० अर्ब ५० करोड डलर (करीव १४ खर्ब ७० अर्ब रुपैयाँ) विज्ञापनमा खर्च गरेको पाइएको छ । डेमोक्य्राक्ट्सले ५.१ अर्ब डलर र रिपब्लिकन्सले ४.१७ अर्ब डलर खर्च गरेका छन् । बाँकी १.३६ अर्ब डलर स्वतन्त्र समूहहरूले चुनावी विज्ञापनमा खर्च गरेका छन् । रेडियो,… Continue reading अमेरिकी निर्वाचनको विज्ञापन खर्च झण्डै १५ खर्ब

हिमाल आइरनले विद्युत महसुलबारे दायर गरेको रिट खारेज, महसुल तिर्नुपर्ने

काठमाडौं । हिमाल आइरन एनड स्टिल प्रालिले डेडिकेटेड र ट्रंकलाइन मार्फत विद्युत् उपभोग गरेको रकम नतिर्न पर्ने आदेश माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । रिट खारेजीसँगै हिमाल आइरन एन्ड स्टिल प्रालिले अब नेपाल विद्यत् प्राधिकरणले तोकेको डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकम तिर्नुपर्ने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधिस प्रकाशमान सिंह… Continue reading हिमाल आइरनले विद्युत महसुलबारे दायर गरेको रिट खारेज, महसुल तिर्नुपर्ने

नेपाल-भारत विद्युत सम्झौताको विरुद्धमा परेको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले नेपाल र भारतबीच भएको विद्युत व्यापार सम्झौताविरुद्धको रिट निवेदन खारेज गरेको छ । सूर्यनाथ उपाध्यायको रिट सुनुवाइ गर्दै सर्वोच्चले खारेज हुने ठहर गरेको हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको पूर्ण इजलासले नेपाल(भारत विद्युत व्यापार सम्झौता खारेजीको माग गर्दै दायर रिट खारेजको आदेश… Continue reading नेपाल-भारत विद्युत सम्झौताको विरुद्धमा परेको रिट खारेज

प्रधानमन्त्री अस्वस्थ, नियमित भेटघाट बन्द

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएपछि उनले नियमित भेटघाट कार्यक्रम स्थगित गरेका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालका अनुसार सामान्य ज्वरो आएका कारण मङ्गलबार अत्यावश्यकबाहेक अन्य भेटघाट र कार्यक्रम प्रधानमन्त्रीले स्थगित गरेका छन् । उनी अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुावटारमा आराम गरिरहेका छन् । उनको रगतको परीक्षण भइरहेको बताइएको छ ।

अमेरिकामा राष्ट्रपति छान्न मतदान जारी

File Photo Source : CTV news

काठमाडौं । विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु भएको छ । अमेरिकी समय अनुसार मङ्गलवार बिहान ६ः३० बजेदेखि साँझ ७ः३० सम्म मतदान गर्ने समय तोकिएको छ । सोमवार साँझसम्म करिब आठ करोड मतदाताले स्वयं उपस्थित भएर वा हुलाकमार्फत अग्रिम मतदान गरिसकेका छन् । निर्वाचनअघि नै यति धेरै प्रतिशत मतदान भएको यो दोस्रो… Continue reading अमेरिकामा राष्ट्रपति छान्न मतदान जारी

रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अनुमति

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको छ । दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । सोही दिनदेखि गणना हुने गरी म्याद थप भएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेमाथि… Continue reading रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अनुमति

दीपक मनाङ्गे ज्यान मार्ने उद्योगमा दोषि ठहर

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेको हो। तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । दीपक… Continue reading दीपक मनाङ्गे ज्यान मार्ने उद्योगमा दोषि ठहर

हिमाली भेगमा हिमपात सुरु, कस्तो रहनेछ आजको मौसम ?

सांकेतिक तस्वीर

काठमाडौं । आज पनि देशका थोरै ठाउँमा वर्षा भइरहेको छ । पहाडी भू–भागका एक–दुई स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेश देशका पहाडी भू–भागका थोरै र बाँकी… Continue reading हिमाली भेगमा हिमपात सुरु, कस्तो रहनेछ आजको मौसम ?

सर्लाहीमा पोखरीमा डुब्यो कार, दुई जनाको मृत्यु

काठमाडौं । सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार आज बिहान सर्लाहीकै ईश्वरपुर नगरपालिका २ मियाँखोरस्थित पोखरीमा डुबेको छ । डुबेको कारमा गौशाला नगरपालिका १० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका ८ का ३७ वर्षीय रामाकान्त ठाकुर सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी… Continue reading सर्लाहीमा पोखरीमा डुब्यो कार, दुई जनाको मृत्यु

मुस्ताङ जाने सडक बन्द

file

काठमाडौं । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभीरमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी राजकुमार केसीले सोमबार दिउँसोदेखिको वर्षातका कारण सडकमा पहिरो खसेर सवारी साधन आवत–जावत रोकिएको जानकारी दिए… Continue reading मुस्ताङ जाने सडक बन्द

छठ पर्व आजबाट सुरु

काठमाडौं । सूर्यदेवको उपासना गर्दै चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्व आजबाट विधिवत् रुपमा प्रारम्भ भएको छ । पहिलो दिन आज (मंगलबार) नहाय खाय मनाइँदै छ । आजको दिन ब्रतालुले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्ने गर्छन् । पारिवारिक सुख(समृद्धि एवं सन्तानको कल्याणका लागि मनाइने यस पर्वको दोस्रो दिन बुधबार खरना परेको छ । बुधबार… Continue reading छठ पर्व आजबाट सुरु

नेपाल र स्कटल्याण्डबीचको खेल रद्द, अंक बाँडे

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल रद्द भएको छ । आँधीहुरीको सम्भावनापछि खेल रद्द गरिएको हो । वर्षाका कारण प्रभावित बनेको खेल ढिला सुरु भएको थियो । जहाँ खेल रोकिनुअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाएर २६ रन बनाएको थियो । डालासस्थित ग्राण्ड प्रेरी… Continue reading नेपाल र स्कटल्याण्डबीचको खेल रद्द, अंक बाँडे

अमेरिकामा राष्ट्र्पति पदको निर्वाचनमा आज मतदान

काठमाडौं । अमेरिकामा राष्ट्रपति चयन गर्न मतदान हुँदैछ । कमला ह्यारिस र डोनाल्ड ट्रमपबीच राष्ट्रपति चयनका लागि आज मतदान हुनेछ । पूर्वराष्ट्रपति ट्रम्प रिपब्लिकन हुन् । उपराष्ट्रपति कमला डेमोक्रेट हुन् । उनीहरूबीच उम्मेदवार चयन भएसँगै कडा प्रतिस्पर्धा हुँदै आएको छ । आज मतदान भएसँगै यो प्रतिस्पर्धा निष्कर्षमा पुग्नेछ । आज मतदान हुने भएपछि दुवै उम्मेदवारले… Continue reading अमेरिकामा राष्ट्र्पति पदको निर्वाचनमा आज मतदान

त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, १ वेपत्ता

काठमाडौं । सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका ४ स्थित त्रियुगा नदीमा डुबेर सोमबार दुई बालिकाको मृत्यु भएको छ। एकजना बेपत्ता भएका छन्।स्थानीय श्रवण महतोकी नौ वर्षीया छोरी प्रतिभा महतो र सुरेश सदाकी आठ वर्षीया छोरी जितनी सदाको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार रायले बताए । उनका अनुसार कञ्चनरुप नगरपालिका ४ जगतपुरस्थित… Continue reading त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, १ वेपत्ता

अर्घाखाँचीमा भैलो खेलिरहेको समूहलाई बसले ठक्कर दियो, २ जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र र घाइतको सङ्ख्या १८ पुगेको छ ।वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो । बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक… Continue reading अर्घाखाँचीमा भैलो खेलिरहेको समूहलाई बसले ठक्कर दियो, २ जनाको मृत्यु

अमेरिकी निर्वाचन : २४ करोड मतदाता, कुन-कुन राज्य हुन स्वीङ स्टेट ?

planetware

काठमाडौं । २४ करोड अमेरिकी यस पटक राष्ट्रपतीय निर्वाचनमा मतदान गर्न योग्य छन्। सम्भवतस् तिनीहरूमध्ये तुलनात्मक रूपमा सानो सङ्ख्याले आउँदो राष्ट्रपति को बन्ने छ भन्ने प्रश्नको जबाफ निर्धारण गर्ने सञ्चारमाध्यमले लेखेका छन् । औँलामा गन्न सकिने राज्यहरूमा मात्रै डेमोक्र्याट् उम्मेदवार कमला ह्यारिस वा रिपब्लिकन्सका डोनल्ड ट्रम्पमध्ये जसले पनि जित हासिल गर्न सक्ने स्थिति रहेको बीबीसीले… Continue reading अमेरिकी निर्वाचन : २४ करोड मतदाता, कुन-कुन राज्य हुन स्वीङ स्टेट ?

यसरी सरल भाषामा बुझौ अमेरिकी निर्वाचन प्रक्रिया

AFP (Photo by KENA BETANCUR/Afp/AFP via Getty Images)

काठमाडौं\बीबीसी । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मङ्गलवार राती निर्वाचन हुँदैछ । मतदानलाई विश्वभरिका मानिसहरूले नजिकबाट नियालिरहेका छन्। अमेरिकी मतदाताले देशको राष्ट्रपतिसँगै कङ्ग्रेस भनिने त्यहाँको संसद्‌का सदस्य पनि चयन गर्दैछन् । जसले देशका नागरिकहरूको जीवनमा प्रभाव पार्ने महत्त्वपूर्ण कानुन पारित गर्न उल्लेख्य भूमिका निर्वाह गर्छन्। अमेरिकी राष्ट्रपतीय निर्वाचन नोभेम्बर ५ मा हुँदैछ। नेपाली समय अनुसार… Continue reading यसरी सरल भाषामा बुझौ अमेरिकी निर्वाचन प्रक्रिया

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा को अगाडी ?

Getty images

काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनको पछिल्लो सर्वेक्षण अनुसार कमला ह्यारिसले ट्रम्पमाथि थोरै अग्रता कायम राखेको देखिएको छ । एबीसी न्यूजको नयाँ तथ्यांकलाई हवाला दिंदै बीबीसीले कमला ह्यारिस र ट्रम्पबीच केवल १ प्रतिशतको अन्तर रहेको लेखेको छ । कमलालको पक्षमा ४८ प्रतिशत मतदाता रहँदा ट्रम्पको पक्षमा ४७ प्रतिशत छन् । कमला ह्यारिस जुलाईको अन्त्यमा चुनावी दौडमा… Continue reading अमेरिकी राष्ट्रपतीय निर्वाचनमा को अगाडी ?

स्पेनका राजालाई जब बाढी पिडितले गरे दुर्व्यवहार

काठमाडौं । स्पेनका राजा फिलिप छैटौंलाई बाढीग्रस्त क्षेत्र भ्यालेन्सिया क्षेत्रको भ्रमणको क्रममा रुष्ट बाढी पीडितले दुर्व्यवहार गरेकोखबर सार्वजनिक भएको छ ।बीबीसीका अनुसार बाढीबाट नराम्ररी प्रभावित उक्त क्षेत्रको भ्रमणमा पुगेका राजा फिलिपलाई रुष्ट भिडले ‘हत्यारा’ र ‘लाच पचाएको’ भन्दै माटो फ्याँकेका छन् । बाढी प्रभावित क्षेत्रमा आउन राजाले ढिला गरेको पनि प्रदर्शनकारीले बताएका छन् । क्रोधित… Continue reading स्पेनका राजालाई जब बाढी पिडितले गरे दुर्व्यवहार

थाइ एयर एसियाले गर्यो भैरहवामा परिक्षण उडान, नियमित उडान हुँदै

काठमाडौं । थाइ एअर एशियाले भैरहवा–बैंकक रुटमा परिक्षण उडान गरेको छ ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका अनुसार थाइ एअर एशियाले भैरहवाबाट साताको २ दिन उडान गर्नेछ । अब ८ नोभम्बर (२३ मंसिर) मा अर्को उडान हुने बिमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिए । राउतका अनुसार  बिहान ७ बजे  विमानस्थलमा  अवतरण गरेको  र  बिहान ७.४० बजे बैंकक… Continue reading थाइ एयर एसियाले गर्यो भैरहवामा परिक्षण उडान, नियमित उडान हुँदै

यम पन्चकको आज पाचौं दिन, भाइटिका मनाइदै

Photo : The Rising Nepal

काठमाडौं । यमपञ्चकको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन् । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाउँदछन् । टीकाका लागि उत्तम साइत ११ बजेर ३७ मिनेट तोकिएको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने… Continue reading यम पन्चकको आज पाचौं दिन, भाइटिका मनाइदै

आज पनि भारतीय जहाजमा बम थ्रेट, उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि एकपटक विमानमा बम राखिएको धम्की आएको छ । शनिबार एयर इन्डियाको विमानमा बम रहेको थ्रेट आएको हो । दिल्ली उड्न लागेको विमानमा बम रहेको थ्रेट आएपछि सबै यात्रुलाई ओरालेर चेक जाँच गराइएको थियो । चेक जाँचपछि कुनै खतरनाक पदार्थ नभेटिएको प्रहरीले जनाएको छ ।दिउँसो ४ः ३१ मा बम राखिएको… Continue reading आज पनि भारतीय जहाजमा बम थ्रेट, उडान प्रभावित

अमेरिकाले किन लगायो कैयौं भारतीय कम्पनीमाथि प्रतिवन्ध ?

planetware

काठमाडौं । एसेन्ड एभिएशन इन्डिया प्रालिले सन् २०२३ को मार्चदेखि सन् २०२४ को मार्चसम्म रुसी कम्पनीहरूलाई ७०० खेप सामान पठाएको अमेरिकाले जनाएको छ। अमेरिकाका अनुसार मास्क ट्रान्स कम्पनीले सन् २०२३ को एप्रिलदेखि सन् २०२४ को एप्रिलसम्म करिब साढे दुई करोड भारु बराबरका उड्डयनसम्बन्धी सामान पठाएको पाइएको छ। अमेरिकी प्रतिबन्धमा पर्ने भारतीय नागरिकहरूमा विवेककुमार मिश्रा र… Continue reading अमेरिकाले किन लगायो कैयौं भारतीय कम्पनीमाथि प्रतिवन्ध ?

नेपाल र अमेरिका भिड्दै, नेपाल बलिङ गर्दै

काठमाडौं । आइसिसी विश्वकप लिग-२ मा नेपालले अमेरिकाविरूद्ध पहिले बलिङ गर्ने भएको छ। अमेरिकाको टेक्सासस्थित डालासको ग्रान्ड प्रिएरी स्टेडियममा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। त्रिकोणात्मक सिरिजमा नेपालको यो तेस्रो खेल हो। यसअघि पहिलो खेलमा नेपाल पराजित भएको थियो। दोस्रो खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो। आजको प्लेइङ इलाभेनमा कुनै परिवर्तन गरिएको छैन।… Continue reading नेपाल र अमेरिका भिड्दै, नेपाल बलिङ गर्दै

पाकिस्तानमा असुरक्षित पत्रकार, सन् २०२४ सबैभन्दा घातक

काठमाडौं । फ्रिडम नेटवर्कको ‘इम्प्युनिटी रिपोर्ट २०२४’ ले वर्ष २०२४ लाई पाकिस्तानका लागि सबैभन्दा घातक वर्षहरूमध्ये एक बताएको छ । यस वर्ष सरकारले पत्रकारहरूलाई बचाउन कम प्रयास गरेको थियो । मिडिया अनुगमन संस्था फ्रिडम नेटवर्कको ‘इम्प्युनिटी रिपोर्ट २०२४’ अनुसार युट्युबरसहित छ मिडियाकर्मीको मृत्यु र ५७ वटा उल्लङ्घन दर्ता गरिएका छन् । रिपोर्टअनुसार सन् २०२३ अक्टोबरदेखि… Continue reading पाकिस्तानमा असुरक्षित पत्रकार, सन् २०२४ सबैभन्दा घातक

गाई, गोरु र गोवर्दन पूजा आज

काठमाडौं । आज कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात तिहारको चौंथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र… Continue reading गाई, गोरु र गोवर्दन पूजा आज

म्ह पूजा आज, नेवारी समूदायमा मनाइदैं

काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । आत्मसन्तुष्ट बनाई खुसी राख्न… Continue reading म्ह पूजा आज, नेवारी समूदायमा मनाइदैं

हङकङ सिक्सेसमा नेपालको सनसनिपूर्ण प्रदर्शन जारी, दोस्रो खेलमा अष्ट्रेलिया पराजित

काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले दोस्रो खेलमा अष्ट्रेलियालाई हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले हराएको हो । ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १०० रन मात्रै बनायो । अष्ट्रेलियाका ज्याक उडले ५५ र अलेस रोसले १४ रन बनाए । अरुले दोहोरो अंक जोड्न सकेनन्… Continue reading हङकङ सिक्सेसमा नेपालको सनसनिपूर्ण प्रदर्शन जारी, दोस्रो खेलमा अष्ट्रेलिया पराजित

यूक्रेनमा रुस विजयी नभएसम्म साथ दिने उत्तर कोरियाको घोषणा

काठमाडौं । युक्रेनमा रूसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा रहने विदेश मन्त्री चो सोन हुईले शुक्रबार मस्कोमा घोषणा गरेका छन् । यसअघि नै अमेरिकाले आगामी दिनमा युक्रेन द्वन्द्वमा हजारौं उत्तर कोरियाली सेना सहभागी हुन सक्ने चेतावनी दिएको छ। अमेरिका र दक्षिण कोरियाले दश हजार उत्तर कोरियाली सैनिकहरू रूसमा प्रशिक्षण लिइरहेको उनीहरु र रूसको पक्षमा… Continue reading यूक्रेनमा रुस विजयी नभएसम्म साथ दिने उत्तर कोरियाको घोषणा

एक खेल अगाडी नै नेपाल हङ्कङ सिक्सेसको दोस्रो चरणमा

काठमाडौं । नेपाल ‘हङ्कङ सिक्सेस’को क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो खेलमा इङ्ल्याण्डमाथि छ विकेटले विजयी भएको थियो। नेपालको समूहमा रहेको अस्ट्रेलियाले ३४ रनको जित निकालेसँगै नेपाल एक खेल अगाडि क्वाटरफाइनल पुगेको हो। इग्ल्याण्ड भने समूह चरणबाटै बाहिरिएको छ। नेपालले समूह चरणको अन्तिम खेल अस्ट्रेलियासँग शनिबार बिहान खेल्दैछ। हङ्कङको मोङ ककमा शुक्रबार भएको पहिलो खेलमा ९८… Continue reading एक खेल अगाडी नै नेपाल हङ्कङ सिक्सेसको दोस्रो चरणमा