संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति धर्मशालाबारे अध्ययन गर्न समिति गठन गरेको छ । सोमबार धर्मशालाका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा ६ सदस्यीय समिति गठन गरिएको हो । समितिका सदस्यमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपससचिव, कानुन मन्त्रालयका… Continue reading पशुपति धर्मशालाबारे अध्ययन गर्न सरकारले बनायो समिति
Category: समाचार
रारामा बन्ने भयो लक्जरी रिर्सोट, २ अर्ब लगानी
काठमाडौं । सरकारले आयोजना गरेको लगानी सम्मेलनका बेला सम्झौता भएको ‘ड्रिम प्रोजेक्ट’ रारा रिसोर्ट निर्माण प्रक्रिया अघि बढेको छ । अस्ट्रेलियाली लगानीमा मुगुको रारा ताल क्षेत्रमा निर्माण हुन लागेको सुविधा सम्पन्न रारा रिसोर्ट खोल्न नेपाल सरकारले प्रारम्भिक अध्ययन अनुमति (आईईई) अनुमति दिएसँगै निर्माण प्रक्रिया अघि बढेको लगानीकर्ताले जानकारी दिएका छन् । उक्त रिसोर्ट निर्माणका लागि… Continue reading रारामा बन्ने भयो लक्जरी रिर्सोट, २ अर्ब लगानी
विभिन्न ८ सार्वजनिक संस्थान निजीकरण गर्न प्रक्रिया थालियो
काठमाडौं । सरकारले आठ सार्वजनिक संस्थान निजीकरण प्रक्रिया थालेको छ । सोमबार बसेको निजीकरण समितिले ती आठ सार्वजनिक संस्थान निजीकरण वर्गीकरणका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको हो । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका संस्थान निजीकरण वर्गीकरणका लागि मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा… Continue reading विभिन्न ८ सार्वजनिक संस्थान निजीकरण गर्न प्रक्रिया थालियो
साफमा माल्दिभ्सविरुद्ध नेपालको रवाफिलो जित, एकोहोरो खेलमा नेपालले गर्यो ११ गोल
काठमाडौं । नेपालले साफ वुमन्स च्याम्पियनसिप २०२४ मा माल्दिभ्स विरुद्ध गोलको वर्षा गरेको छ । नेपाल ११–० को फराकिलो अन्तरले विजयी भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलको एक्लैले पाँच गोल गरिन् । प्रीति राईले समेत ह्याट्रिक पुरा गरिन् । सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले एक–एक गोल गरिन्… Continue reading साफमा माल्दिभ्सविरुद्ध नेपालको रवाफिलो जित, एकोहोरो खेलमा नेपालले गर्यो ११ गोल
हिजबुल्लाहले इजरायलमा हान्यो क्षेप्यास्त्र, असर भने कम
काठमाडौं । लेबनानी हिजबुल्लाह समूहले इजरायलविरूद्ध आइतबार दिनभरिमा १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको इजरायली सुरक्षा बल (आइडिएफ) ले जनाएको छ । उत्तरी इजरायलमा भएका हवाई आक्रमणका दुई शृङ्खलाका कारण लागेको डढेलो निभाउन अग्निनियन्त्रकहरूले काम गरिरहेका छन्। यसअघि इजरायली सेनाले लेबनानको दक्षिणी बेरुतमा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालयमा गरेको आक्रमणमा तीन जना ‘प्रमुख’ अधिकारीको मृत्यु भएको… Continue reading हिजबुल्लाहले इजरायलमा हान्यो क्षेप्यास्त्र, असर भने कम
साफ महिला फूटबल : आज नेपाल र माल्दिभ्स भिड्दै
काठमाडौं । घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आझ आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । यसअघि समूह बी को पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । फ्रान्समा लिग खेलिरहेकी गोलमेसिन तथा मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा आजबाट टीममा… Continue reading साफ महिला फूटबल : आज नेपाल र माल्दिभ्स भिड्दै
नेपाल र अमेरिकाबीच तेस्रो टी-२० खेल जारी
काठमाडौं । तेस्रो तथा अन्तिम टी–२० आई खेलमा नेपाललाई अमेरिकाले १५७ रनको लक्ष्य दिएको छ । डालासमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको हो । अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । नेपालका सोमपाल कामीले… Continue reading नेपाल र अमेरिकाबीच तेस्रो टी-२० खेल जारी
मीनबहादुरसँग जग्गा दान लिएको विषयमा बोलेका तीन नेताविरुद्ध एमालेले स्पष्टीकरण सोध्ने
काठमाडौं । पार्टी निर्णय बिपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले भीम रावल सहित तीन जनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पूर्व उपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । महासचिव शंकर पोखरेलका अनुसार केन्द्रीय कार्यालय भवन निर्माणबारे… Continue reading मीनबहादुरसँग जग्गा दान लिएको विषयमा बोलेका तीन नेताविरुद्ध एमालेले स्पष्टीकरण सोध्ने
नेपालले कतारलाई हात्ती उपहार दिने
काठमाडौं । नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको तर्फबाट कतार सरकारलाई उपहारस्वरूप एक जोडी हात्ती दिने निर्णय गरेको हो । चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती कतारलाई उपलब्ध गराइने भएको छ । बैठकले सदर चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय प्रकृतिक संरक्षण कोषलाई हस्तान्तरण समेत… Continue reading नेपालले कतारलाई हात्ती उपहार दिने
हवाई उद्योगबारे अध्ययन गर्न सरकारले बनायो अर्को समिति
काठमाडौं । नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन तथा विश्लेषण गर्न उच्चस्तरीय समिति गठन गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले समितिको कार्यसर्त समेत स्वीकृत गरेको छ । समिति सदस्यमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह, हवाई सुरक्षा… Continue reading हवाई उद्योगबारे अध्ययन गर्न सरकारले बनायो अर्को समिति
रविलाई थप तीन दिन थुनामा राख्न अनुमति
काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो । शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही… Continue reading रविलाई थप तीन दिन थुनामा राख्न अनुमति
अमेरिकामाथि नेपालको रोमाञ्चक जित
काठमाडौं । नेपालले अमेरिकामाथि रोमान्चक जित निकालेको छ । यससँगै नेपालले टी–२० आई सिरिज समेत जितेको छ । पहिलो खेल सहजै जितेको नेपाललले दोस्रो खेलमा भने संघर्ष गर्नु परेको छ । सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि सुपरओभरमा पुगेको थियो । नेपालले टस जितेर ब्याट रोजेको थियो । नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य पछ्याएको थियो ।… Continue reading अमेरिकामाथि नेपालको रोमाञ्चक जित
वरिष्ठ पर्यटन व्यवसायी बसन्त मिश्रको निधन
काठमाडौं । पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन भएको छ । उनको आइतबार बिहान अस्पतालमा निधन भएको हो । डेंगु संक्रमण भएपछि उनी नर्भिक अस्पतालमा भर्ना भएका थिए । परिवारिक स्रोतका अनुसार उनको आजै दाहसंस्कार गरिने भएको छ । साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न मिश्र वन्यजन्तु पर्यटन विकासमा सक्रिय थिए । ७३ वर्षीय मिश्रले चार… Continue reading वरिष्ठ पर्यटन व्यवसायी बसन्त मिश्रको निधन
रविलाई आज अदालत उपस्थित गराइने
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । पोखरामा सहकारी पीडित र रास्वपाका नेता–कार्यकर्ता आमने–सामने हुनसक्ने भएकाले सुरक्षा व्यवस्था चुस्त बनाइएको प्रहरीले बताएको छ । रविलाई आज अदालतमा उपस्थित गराइने भएपछि विरोध तथा समर्थनमा दुबै पक्षले… Continue reading रविलाई आज अदालत उपस्थित गराइने
इजरायलको आक्रमणबाट गाजामा कम्तिमा ७३ जना मारिए
काठमाडौं । उत्तरी गाजा क्षेत्रमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ७३ जनजाको मृत्यु भएको हमासका अधिकारीहरुले बताएका छन् । हमासका अधिकारीहरुका अनुसार उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायलले शनिबार मध्यराति बम आक्रमण गरेको थियो । सो आक्रमणबाट महिला र बालबालिकासहित ७३ जनाको मृत्यु भएको हमासलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अधिकारीहरुका अनुसार आक्रमणबाट कयौं घाइते… Continue reading इजरायलको आक्रमणबाट गाजामा कम्तिमा ७३ जना मारिए
अब नेपालमा ट्रायल पास गर्नेले लाइसेन्स बोक्नु नपर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिका लागि ‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक नपर्ने व्यवस्था गरिएको बताएका छन् । उनले शनिबार सामाजिक सञ्जालमार्फत् नागरिक ‘एप’ मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने भन्दै यसले नै लाइसेन्सको काम गर्ने उल्लेख गरेका छन् । सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल… Continue reading अब नेपालमा ट्रायल पास गर्नेले लाइसेन्स बोक्नु नपर्ने
इजरायली प्रधानमन्त्रीको निवासलाई लक्षित गरी ड्रोन आक्रमण
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाइ शनिबार लेबनानबाट ड्रोन हमलामा भएको इजरायलको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति मार्फत जनाएको छ । विज्ञप्तिमा नेतन्याहु र उहाँकी पत्नी सारा हमलाको समयमा घरमा नभएको तथा घटनामा कुनै चोटपटकको रिपोर्ट नभएको उल्लेख गरिएको छ । टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार शनिबार बिहान लेबनानबाट उडाइएका अन्य दुई… Continue reading इजरायली प्रधानमन्त्रीको निवासलाई लक्षित गरी ड्रोन आक्रमण
जापानमा नेपालीको जनसंख्या २ लाख माथि
काठमाडौं । जापानमा सन् २०२४ मा नेपालीको संख्या २ लाख ६ हजार पुगेको छ । जापानको न्याय मन्त्रालयले सन् २०२४ को जुनमा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालीको संख्या पछिल्लो एक वर्षमा ३० हजार बढेको छ । नेपालीको संख्या पछिल्लो ४ वर्षमा दोब्बर बढेको हो । सन् २०२१ मा ९७ हजार १०९ जना नेपाली रहेकामा सन्… Continue reading जापानमा नेपालीको जनसंख्या २ लाख माथि
रवि पक्राउबारे सभामुखलाई गराइयो जानकारी
काठमाडौं । सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखीपठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ । चितवन निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसूरको अनुसन्धानका क्रममा पक्राउ गरिएको सूचनामा… Continue reading रवि पक्राउबारे सभामुखलाई गराइयो जानकारी
रविलाई रातको तीन बजे पोखरा ल्याइयो
काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा ल्याइएको छ । जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा ल्याइएको हो । लामिछानेलाई पोखरा स्वास्थ्य… Continue reading रविलाई रातको तीन बजे पोखरा ल्याइयो
साफ वुमन्स च्याम्पियनसिप २०२४ : नेपाल र भूटान बराबरी खेले
काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल र भुटान बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल र भुटानले गोलरहित बराबरि खेखेका हुन् । दुबै टीमले अंक बाँडे । साफ वुमन्स च्याम्पियनसिप ईतिहासमा नेपाल पहिलो पटक भुटानलाई हराउन असफल रह्यो । साफमा कुनै पनि टिमसँग नेपालको यो पहिलो बराबरी… Continue reading साफ वुमन्स च्याम्पियनसिप २०२४ : नेपाल र भूटान बराबरी खेले
सहकारी ठगी आरोपमा रास्वपा सभापति लामिछाने पक्राउ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा उनी पक्राउ परेका हुन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको छ । पक्राउ पर्नुअघि उनले कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरे । जिल्ला प्रहरी कार्यालय, कास्कीले… Continue reading सहकारी ठगी आरोपमा रास्वपा सभापति लामिछाने पक्राउ
रवि लामिछानेको आक्रामक स्टाटस
काठमाडौं र रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेलगतै सरकार मरेको भनेर कटाक्ष गरेका छन् । लामिछाने आक्रोस व्यक्त गर्दै सामाजिक सञ्जालमा पोष्ट राखेर यस्तो कटाक्ष गरेका हुन् । यस्तो छ रवीले फेसबुकका राखेका स्ट्याटस: तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडीरु ‘तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने,… Continue reading रवि लामिछानेको आक्रामक स्टाटस
रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको हो । अदालतको अनुमतिपछि काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरी तयारी छ । पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट… Continue reading रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । अहिले देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । काठमाडौं उपत्यकाको अहिलेको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ ।… Continue reading कस्तो रहनेछ आजको मौसम ?
हमासका नेता मारिँदा अमेरिकी राष्ट्रपति खुसी
काठमाडौं । इजरायली कारबाहीमा हमास प्रमुख याह्या सिनवार मारिएका छन् । यस घटनालाई अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वकै लागि राम्रो दिनको रूपमा टिप्पणी गरेका छन् । ‘इजरायली अधिकारीहरूले मेरो राष्ट्रिय सुरक्षा टोलीलाई हमास नेता याह्या सिनवार गाजामा उनीहरूको एउटा अपरेशनको एक हिस्साको रूपमा मारिएको जानकारी दिएका छन्’ बाइडेनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्,… Continue reading हमासका नेता मारिँदा अमेरिकी राष्ट्रपति खुसी
साफ वुमन्स च्याम्पियनसिप-२०२४, नेपाल र भुटान आज भिड्दै
काठमाडौं । नेपालले घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप(२०२४ मा आज भुटानसँग पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । आजको खेलमा सावित्रा भण्डारी (साम्बा) अनुपस्थित हुनेछिन् । उनी फ्रेन्च महिला लिगमा व्यस्त रहेकोले पहिलो खेल गुमाउने भएकी हुन् ।युएईको अबुधाबी कन्ट्री क्लबबाट एएफसी वुमन्स च्याम्पियन्स लिग खेलेर… Continue reading साफ वुमन्स च्याम्पियनसिप-२०२४, नेपाल र भुटान आज भिड्दै
चाडपर्वकै मुखमा कामको खोजिमा विदेशिए साढे ५३ हजार नेपाली
काठमाडौं । दशैं पर्वका कारण असोज महिनामा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या केही घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार असोज महिनामा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला गरी ५३ हजार ५२५ नेपाली रोजगारीका लागि विदेश गएका छन् । यो संख्या नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या रहेको विभागले… Continue reading चाडपर्वकै मुखमा कामको खोजिमा विदेशिए साढे ५३ हजार नेपाली
शीर्ष नेताको बैठकमा के बारे भयो छलफल ?
काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिसका लागि गठित सर्च कमिटीलाई पूर्णता दिन प्रमुख तीन दल सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग छिटो गठन गर्नेबारे छलफल भएको बैठकमा सहभागी माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले बताएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन,… Continue reading शीर्ष नेताको बैठकमा के बारे भयो छलफल ?
संकटग्रस्त स्थानीय तहले कति पाउने भए राहत ?
काठमाडौं । १२ असोजको बाढी, पहिरो र डुवानपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहलाई संघीय सरकारले ५० लाखदेखि १ करोड रुपैयाँसम्म राहत रकम दिने भएको छ । बिहीबार बसेको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले संकटग्रस्त क्षेत्र घोषणा गरिएका २० जिल्लाका ७१ स्थानीय तहलाई ३ समूहमा बर्गीकरण गरेको छ । जस… Continue reading संकटग्रस्त स्थानीय तहले कति पाउने भए राहत ?