२२ वैशाख, मध्यविन्दु । गैँडाकोट नगरपालिका–३ केलादीमा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ । स्थानीय जुक्तिखोलामा पौडी खेल्ने क्रममा डुबेर चितवनका दुई किशोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए । घटना सोमबारको हो । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–८ बस्ने १६ वर्षीय प्रमिशन पाठक र भरतपुर–४ धर्मचोकका १६ वर्षीय… Continue reading खोलामा डुबेर दुई किशोरको मृत्यु
Category: समाचार
चक्रपथ बाहिर मेलम्चीको पानी वितरण गर्ने तयारी
२२ वैशाख, काठमाडौं । काठमाडौँ उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रमासमेत मेलम्चीको खानेपानी वितरण सञ्जाल निर्माण गर्ने तयारी गरिएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)ले ‘काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण)’ अन्तर्गत वितरण सञ्जाल सुधार तथा प्रणाली स्थायीत्व सेवाका लागि आज खुला बोलपत्रसमेत आह्वान गरेको छ । नेपाल सरकारको बजेट र एसियाली विकास बैङ्कको सहयोगमा सुरू… Continue reading चक्रपथ बाहिर मेलम्चीको पानी वितरण गर्ने तयारी
२५ वर्षमा बाल मृत्युदर ७८ प्रतिशतले कमी
२२ वैशाख, काठमाडौं । सरकारले २५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी आएको जनाएको छ । सरकारले सञ्चालन गरेका खोप, पोषण र बाल स्वास्थ्यजस्ता कार्यक्रमले बाल मृत्युदर ७८ प्रतिशतले घटेको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए । उनका अनुसार बाल स्वास्थ्यसम्बन्धी कार्यक्रमले नै पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर… Continue reading २५ वर्षमा बाल मृत्युदर ७८ प्रतिशतले कमी
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
२२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा पछिल्ला राजनीतिक तथा समसामयिक विषयमा सकारात्मक कुराकानी भएको जनाइएको छ । भेटका अवसरमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीको मानवअधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी थिए । यसअघि… Continue reading प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
गाजामा इजरायली हवाई आक्रमण, थप १६ जना मारिए
२१ वैशाख, काठमाडौं । गाजाको नागरिक सुरक्षा निकायका अनुसार आइतबार इजरायली हवाई आक्रमणका कारण १६ जनाको मृत्यु भएको छ, जसमा कम्तीमा तीन जना बालबालिका पनि रहेका छन् । नागरिक सुरक्षा प्रवक्ता महमुद बासालका अनुसार गाजा पट्टीको दक्षिणी क्षेत्रमा पर्ने खान युनिस गभर्नरेटमा रातभरि भएका आक्रमणमा छ जनाको मृत्यु भएको छ । मृतकमध्ये पाँच र दुई… Continue reading गाजामा इजरायली हवाई आक्रमण, थप १६ जना मारिए
दक्षिण अफ्रिकामा सडक दुर्घटना, १५ जनाको मृत्यु
२२ वैशाख, काठमाडौं । दक्षिण अफ्रिकाको ग्रामीण क्षेत्रमा एउटा मिनीबस ट्याक्सी र पिकअप ट्रक एकआपसमा ठोक्किँदा १५ जनाको मृत्यु भएको छ ।प्रान्तीय यातायात प्रवक्ता उनाथी बिनकोसेका अधिकारीले जोहानेसबर्गबाट करिब एक हजार किलोमिटर दक्षिणमा पर्ने पूर्वी केप शहर माकोमा नजिकै स्थानीय समय अनुसार शनिबार मध्यरातमा भएको दुर्घटनामा परी १५ जनाको मृत्यु भएको र पाँच जना गम्भीर… Continue reading दक्षिण अफ्रिकामा सडक दुर्घटना, १५ जनाको मृत्यु
गाजाको मानवीय स्थिति कल्पनाभन्दा बाहिरः संयुक्त राष्ट्रसङ्घीय संस्था
२२ वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय राहत एजेन्सी (युएनआरडब्लूए) ले गाजा क्षेत्रमा अहिलेको मानवीय अवस्था अत्यन्तै गम्भीर र कल्पना गर्नै नसकिने भएको बताएको छ । एजेन्सीका अनुसार गाजामा जीवन निर्वाहका लागि आवश्यक वस्तुहरूको आपूर्ति पूर्ण रूपमा रोकिएको नवौं हप्ता भइसकेको छ, जसले गर्दा अवस्था झनै बिग्रन सक्ने खतरा छ । यस्तो भयावह स्थिति रोक्न अन्तर्राष्ट्रिय… Continue reading गाजाको मानवीय स्थिति कल्पनाभन्दा बाहिरः संयुक्त राष्ट्रसङ्घीय संस्था
चिनियाँ राष्ट्रपति सीले यसै साता रुस भ्रमण गर्ने
२२ वैशाख, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ जर्मनीसँगको युद्धमा रूसले प्राप्त गरेको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन आगामी मे ७ देखि १० सम्म रूसको भ्रमण गर्नुहुने क्रेमलिनले आइतबार जनाएको छ । रुसी राष्ट्रपतिको कार्यालयका अनुसार भ्रमणका क्रममा सीले पुटिनसँग ‘साझेदारी र रणनीतिक सम्बन्ध विकास’ तथा ‘अन्तर्राष्ट्रिय तथा क्षेत्रीय एजेन्डाका विषयमा’ द्विपक्षीय वार्ता गर्ने… Continue reading चिनियाँ राष्ट्रपति सीले यसै साता रुस भ्रमण गर्ने
पाकिस्तानको दक्षिण-पश्चिम क्षेत्रबाट पाँच प्रहरी अपहरण
२१ वैशाख, काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा आइतबार एक पृथकतावादी समूहले जेल भ्यानमा आक्रमण गरी पाँच जना प्रहरीलाई अपहरण गरेको दाबी गरेको छ । शुक्रबार राति ३० देखि ४० जना सशस्त्र व्यक्तिहरूले बलुचिस्तान प्रान्त पार गर्ने एउटा मुख्य राजमार्ग अवरुद्ध गरी प्रहरीको निगरानीमा रहेको जेल भ्यानलाई रोक्का पारेको प्रहरी अधिकारीले जानकारी दिए । “कैदीहरूलाई… Continue reading पाकिस्तानको दक्षिण-पश्चिम क्षेत्रबाट पाँच प्रहरी अपहरण
मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी के हुँदैछ ?
काठमाडौं । सरकारले मनसुनजन्य विपद् पश्चातको पुनर्निर्माणका लागि सक्रियता बढाएको बताएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आइतबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले यसबारे जानकारी गराएको हो । पश्चिम नेपालमा गएको भू–कम्प तथा गत वर्षको मनसुनजन्य विपद् पश्चातको पुनर्लाभ (पुनर्निर्माण तथा पुनस्र्थापना योजना) कार्यान्वयनको अवस्थाबारे बैठकमा छलफल भएको प्राधिकरणका… Continue reading मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी के हुँदैछ ?
कक्षा १२ को परीक्षा दिँदै ७३ वर्षीया परीक्षार्थी
२१ वैशाख, काठमाडौं । माध्यामिक विद्यालय तहको कक्षा १२ को यसवर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजे सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षामा देशभर एक हजार ५९० र जापानमा एक… Continue reading कक्षा १२ को परीक्षा दिँदै ७३ वर्षीया परीक्षार्थी
अन्तर्वार्ता : स्थिर सरकार नबन्दा विकासले गति लिन सकेन
२१ वैशाख, काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले वर्तमान सरकारप्रति जनताको आशा र भरोसा भए पनि तीव्र गतिमा काम हुन नसकेको टिप्पणी गरेका छन् । ओखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद खतिवडाले भने, “देशमा देखिएका सबै विषयमा सरकारले जुन गति लिनुपर्ने हो, त्यो गति लिएको देखिँदैन, यद्यपि व्यक्तिगत रुपमा म… Continue reading अन्तर्वार्ता : स्थिर सरकार नबन्दा विकासले गति लिन सकेन
ऊर्जा राज्यमन्त्री गर्बुजाद्वारा पदबहाली
२१ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन् । राज्यमन्त्री खर्बुजाले आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट शपथग्रहण गरेपछि सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर पदबहाली गरेका हुन् । पदबहालीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले देश र जनताका पक्षमा काम गर्ने बताए । उनले मन्त्रालयलाई सफल पार्न सबैको साथ… Continue reading ऊर्जा राज्यमन्त्री गर्बुजाद्वारा पदबहाली
गभर्नर नियुक्तिमा ढिलाई, सिफारिस समिति सदस्यमा अधिकारी नियुक्त
२१ वैशाख, काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि नाम सिफारिस समिति सदस्यमा पूर्वगभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । गभर्नर पदमा नाम सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि सो पद रिक्त थियो । यससँगै गभर्नर नियुक्ति प्रक्रिया पनि लम्बिएको छ । सरकारले राष्ट्र बैंकलाई लामो समय रिक्त राखेकोमा… Continue reading गभर्नर नियुक्तिमा ढिलाई, सिफारिस समिति सदस्यमा अधिकारी नियुक्त
प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच छलफल
२१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज छलफल भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा सङ्क्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल जारी छ । भेटमा प्रधानमन्त्रीका मानव अधिकारसम्बन्धी सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका नेता वर्षमान पुन सहभागी भएका थिए ।
कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु
२१ वैशाख, चन्द्रपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत यहाँको चन्द्रपुर–४ मा कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु भएको छ । आज हेटौँडाबाट चन्द्रपुरतर्फ आउँदै गरेको बा६च ३५२६ नंको कारले निजगढतर्फ जाँदै गरेको ना३प ९५१२ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो । कारको ठक्करबाट मोटरसाइकल चालक गरुडा नगरपालिका–३ मलाहीटोल बस्ने ६० वर्षीय… Continue reading कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु
विकासमा वेथिति : घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडक २८ वर्षपछि कालोपत्रे
२१ वैशाख, गोरखा । गोरखा सदरमुकामबाट घ्याम्पेसाल हुँदै बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र ताकुकोट जोड्ने सडक कालोपत्र भएको छ । घ्याम्पेशालबाट ताकुकोटसम्मको ८।३६ किलोमिटर सडकखण्ड ट्रयाक खोलेको २८ वर्षपछि गण्डकी प्रदेश सरकारले कालोपत्र गरेको हो । दुई लेनको उक्त सडकको चौडाइ सात मिटर छ । एमएस, बिरुवा, वाइबा एण्ड लामा जेभी कम्पनीले रु २९ करोड ७७… Continue reading विकासमा वेथिति : घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडक २८ वर्षपछि कालोपत्रे
वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन
२१ वैशाख, भक्तपुर । गत रातिदेखिको वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति सडकमा आवत जावत गर्न समस्या भएको छ । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले वर्षाका कारण भक्तपुरको सूर्यविनायक–जगाति हुँदै काभ्रेपलाञ्चोक जाने निर्माणाधीन सडक एकतर्फी रूपमा सञ्चालन गरिएको जानकारी दिए । भक्तपुर र काभ्रे जिल्ला जोड्ने राजमार्गमा छ लेनको सडक… Continue reading वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन
कक्षा १२ को परीक्षा सुरु, जापानमा एक परीक्षा केन्द्र
२१ वैशाख, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डको आयोजनामा हुने कक्षा १२ को परीक्षा देशभर एक साथ सुरु भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । उनले निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गरेका छन् । परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ । आगामी जेठ… Continue reading कक्षा १२ को परीक्षा सुरु, जापानमा एक परीक्षा केन्द्र
आजको मौसम : देशका विभिन्न भेगमा वर्षा
२१ वैशाख, काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौँ देशका केही पहाडी भागमा हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी… Continue reading आजको मौसम : देशका विभिन्न भेगमा वर्षा
वर्षाका कारण नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध
२१ वैशाख, नवलपुर । गत रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ । सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । उनले गत रातिदेखि परेको पानीका कारण… Continue reading वर्षाका कारण नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध
सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चारबुँदे सहमति
२० वैशाख, काठमाडौं । सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल मेडिकल एसोसिएसनबीच आज मन्त्रालयमा चार बुँदे सहमति भएको हो । सहमतिपत्रमा मन्त्रालयका तर्फबाट डा भीमप्रसाद सापकोटा र एसोसिएसनका तर्फबाट महासचिव सञ्जिव तिवारीले हस्ताक्षर गरेका छन् । सहमति गरेसँगै आवासीय चिकित्सकले गर्दै आएको आन्दोलन फिर्ता भएको छ… Continue reading सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चारबुँदे सहमति
नागढुङ्गा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने
२० वैशाख, काठमाडौं । त्रिभुवन राजपथको नागढुङ्गा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुङ्गा–नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले उक्त जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । नागढुङ्गा-मुग्लिङ सडक… Continue reading नागढुङ्गा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने
अस्ट्रेलियामा आज निर्वाचन, महँगी र अमेरिकी कर नीति प्रभाव चर्चामा
२० वैशाख, सिड्नी । जीवनयापनको खर्च, जलवायुको चिन्ता र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करवृद्धि एजेन्डा बनेको आमनिर्वाचनमा शनिबार लाखौं अस्ट्रेलियाली नागरिकले मतदान गर्नेछन् । मतदाताहरूले वामपन्थी झुकाव भएका वर्तमान प्रधानमन्त्री एन्थोनी अल्बानीज र परम्परावादी प्रतिद्वन्द्वी पिटर डटनमध्ये एकलाई रोजिरहेका छन् । अल्बानीजको सत्तारुढ लेबर पार्टीले दोस्रो कार्यकालका लागि चुनाव जित्ने जनमत सर्वेक्षणहरूले देखाएका छन् ।… Continue reading अस्ट्रेलियामा आज निर्वाचन, महँगी र अमेरिकी कर नीति प्रभाव चर्चामा
थाइल्यान्डमा एक सशस्त्र आक्रमणकारीले गोली चलाउँदा तीन जनाको हत्या
२० वैशाख, बैंकक । दक्षिणी थाइल्यान्डमा विद्रोहीबाट प्रभावित एक बन्दुकधारीले एक बालकसहित तीन जनाको हत्या गरेको अधिकारीहरूले शनिबार बताएका छन् । अधिकारीका अनुसार लामो विद्रोहबाट प्रभावित थाइल्यान्डको नरथिवाट प्रान्तको टाक बाई जिल्लाको आवासीय क्षेत्रमा शुक्रबार राति आक्रमणकारीले गोली चलाउँदा नौ वर्षीया बालिका र एक जना वृद्धासहित तीन जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । “एकजना… Continue reading थाइल्यान्डमा एक सशस्त्र आक्रमणकारीले गोली चलाउँदा तीन जनाको हत्या
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी
२० वैशाख, सिरहा । हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने १३ वर्षदेखि निर्माणाधीन कमला पुल निर्माण कम्पनीले काम रोकेपछि ठेक्का सम्झौता तोड्ने तयारी थालिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले जनाएको छ । निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ लाई आगामी असार मसान्तसम्म भासिएको पुलको पुनःनिर्माण सम्मन्न गरिसक्ने गरी अन्तिम पटकलाई ठेक्का सम्झौता भएकोमो उक्त निर्माण कम्पनीले… Continue reading तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी
विश्व युद्धको वार्षिकोत्सवको नाम परिवर्तन गरी ‘विजय दिवस’ राख्ने ट्रम्पको घोषणा
२० वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मे ८ र नोभेम्बर ११ दुवैको नाम ‘विजय दिवस’ राख्ने इच्छा घोषणा गरेका छन् । “म मे ८ लाई दोस्रो विश्वयुद्धको विजय दिवस र नोभेम्बर ११ लाई पहिलो विश्वयुद्धको विजय दिवसका रूपमा पुनः नामकरण गर्दैछु”, उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन् । मे ८ मा… Continue reading विश्व युद्धको वार्षिकोत्सवको नाम परिवर्तन गरी ‘विजय दिवस’ राख्ने ट्रम्पको घोषणा
जापानको बेरोजगार दर २.५ प्रतिशत, सुधारको अवस्था
२० वैशाख, टोकियो । जापानको औसत बेरोजगारी दर अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशत बिन्दुले घटेर २.५ प्रतिशतमा झरेको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०२५ को मार्चसम्ममा रोजगारीमा जोडिने व्यक्तिको सङ्ख्या तीन लाख ७० हजारले बढेर छ करोड ७९ लाख ३० हजार पुगेको छ । रोजगारीको गिरावट सन् १९५३ देखि तुलनात्मक… Continue reading जापानको बेरोजगार दर २.५ प्रतिशत, सुधारको अवस्था
अमेरिकाले चीनबाट आउने कम लागतका सामानमा पनि भन्सार कर लगाउने
२० वैशाख, काठमाडौं । संयुक्त राज्य अमेरिकाले चीनबाट आयात हुने ८०० अमेरिकी डलरभन्दा कम मूल्यका सामानमा भन्सार छुटको शुक्रबारदेखि अन्त्य गरेको छ । यसले शिन र टेमुजस्ता लोकप्रिय ई–कमर्स साइटहरूलाई ठूलो धक्का पुर्याएको छ । ह्वाइट हाउसले चीनबाट संयुक्त राज्य अमेरिकामा ‘सेमीसिन्थेटिक ओपिओइड्स’ भनिने एक प्रकारको लागू पदार्थको अवैध प्रवाहका कारण उत्पन्न भइरहेको स्वास्थ्य आपतकालीन… Continue reading अमेरिकाले चीनबाट आउने कम लागतका सामानमा पनि भन्सार कर लगाउने
अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित
२० वैशाख, काठमाडौं । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा शिविरमा ८०० भन्दा बढीले प्रत्यक्ष लाभ लिएका छन् । दूतावासले यही वैशाख १७ गतेदेखि १८ गतेसम्म उक्त शिविर सञ्चालन गरेको थियो । शिविरमध्ये शुक्रबार युएइमा कार्यरत नेपाली नागरिकको निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो । उक्त शिविरमा तीन सय बढीले सेवा लिएका… Continue reading अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित