काठमाडौं । दशैं पर्वका कारण असोज महिनामा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या केही घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार असोज महिनामा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला गरी ५३ हजार ५२५ नेपाली रोजगारीका लागि विदेश गएका छन् । यो संख्या नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या रहेको विभागले… Continue reading चाडपर्वकै मुखमा कामको खोजिमा विदेशिए साढे ५३ हजार नेपाली
Category: समाचार
शीर्ष नेताको बैठकमा के बारे भयो छलफल ?
काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिसका लागि गठित सर्च कमिटीलाई पूर्णता दिन प्रमुख तीन दल सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग छिटो गठन गर्नेबारे छलफल भएको बैठकमा सहभागी माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले बताएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन,… Continue reading शीर्ष नेताको बैठकमा के बारे भयो छलफल ?
संकटग्रस्त स्थानीय तहले कति पाउने भए राहत ?
काठमाडौं । १२ असोजको बाढी, पहिरो र डुवानपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहलाई संघीय सरकारले ५० लाखदेखि १ करोड रुपैयाँसम्म राहत रकम दिने भएको छ । बिहीबार बसेको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले संकटग्रस्त क्षेत्र घोषणा गरिएका २० जिल्लाका ७१ स्थानीय तहलाई ३ समूहमा बर्गीकरण गरेको छ । जस… Continue reading संकटग्रस्त स्थानीय तहले कति पाउने भए राहत ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। बिबिसीका अनुसार बंगलादेशको एक विशेष अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। ‘अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ गर्न र उनलाई नोभेम्बर १८ सम्म अदालतमा जारी हुन आदेश जारी गरेको छ,’ अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (इन्टरनेसनल क्रिमिनल ट्राइब्युनल) का मुख्य अभियोजक मोहम्मद तजुल इस्लामले भने। पूर्वप्रधानमन्त्री… Continue reading बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पूर्जी जारी
नाइजेरियामा इन्धन ट्यांकर विष्फोट, कम्तिमा १४० जना मारिए
काठमाडौं । उत्तरी नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट भएको छ । एजेन्सीहरुका अनुसार यस घटनामा कम्तिमा एक सय ४० जना मानिस मारिएका छन् । उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा धेरै जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले लेखेको छ । नाइजेरियाले अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक सङ्कटको समयमा पेट्रोलको भाउ बढेका बेला… Continue reading नाइजेरियामा इन्धन ट्यांकर विष्फोट, कम्तिमा १४० जना मारिए
व्यापार, उपचार र शिक्षामा विदेशी मुद्रा सटहीको सीमा बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यापार, उपचार र शिक्षाको लागि विदेशी मुद्रा सटही सुविधाको सीमा बढाएको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र २०८० संशोधन गर्दै आयातकर्ताका लागि सटही सुविधामा सहुलियत दिएको हो । नेपाली नागरिकले विदेशमा उपचार गर्न वा स्वास्थ्य उपकरण खरीद गर्न १० हजार डलरसम्म सहटी सुविधा पाउँदै आएकोमा बढाएर १५ हजार डलर पुर्याइएको… Continue reading व्यापार, उपचार र शिक्षामा विदेशी मुद्रा सटहीको सीमा बढ्यो
साफ महिला फुटबल मेला आजबाट काठमाडौंमा, भारत र पाकिस्तान भिड्दै
काठमाडौं । दक्षिण एसियाली क्षेत्रको ठूलो फुटबल प्रतियोगिता साफ वुमन्स च्याम्पियनसिप पुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । च्याम्पियनसिपको उद्घाटन खेलमा समूह ए मा रहेका भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । सर्वाधिक ५ पटकको विजेता भारत पछिल्लोपटक सेमिफाइनलबाटै बाहिरिएको थियो । त्यही हारको पीडालाई बिर्साउँदै… Continue reading साफ महिला फुटबल मेला आजबाट काठमाडौंमा, भारत र पाकिस्तान भिड्दै
बिपी राजमार्गमा राती सवारी चलाउन रोक
काठमाडौं । सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गमा राती सवारी साधन चलाउन रोक लगाएको छ। रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी सोमबारदेखि आवागमन खुलाइएको थियो। तर डिभिजन कार्यालय भक्तपुरले बुधबार सार्वजनिक सूचना जारी गरी सवारी साधन चलाउन रोक लगाएको हो। कार्यालयका अनुसार भकुण्डेबेसी चौकीडाँडादेखि वर्षेखोलासम्म ट्र्याक निर्माण भए पनि मर्मत… Continue reading बिपी राजमार्गमा राती सवारी चलाउन रोक
डडेलधुरा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो
काठमाडौं । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एकजनाको शव फेला परेसँगै मृतकको संख्या ५ पुगेको हो । बैतडीको पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए ।… Continue reading डडेलधुरा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो
अर्जेण्टिनाका लागि मेसीको सानदार ह्याट्रिक, ६–० ले विजयी
काठमाडौं । लियोनल मेसीले पुनरागमन खेलमा आफ्नो मुलुकका लागि ह्याट्रिक गरेका छन् । दक्षिण अमेरिकी विश्वकप छनोटमा विश्व च्याम्पियन अर्जेन्टिनाले बुधबार बोलिभियामाथि ६–० को विशाल जित निकालेको छ । ब्युनर्स आयर्समा भएको खेलमा मेसीले १९ औं मिनेटमा पहिलो गोल गरेका थिए । ८४ तथा ८६ औं मिनेटमा थप दुई गोल गरेका उनले ह्याट्रिक पूरा गरे… Continue reading अर्जेण्टिनाका लागि मेसीको सानदार ह्याट्रिक, ६–० ले विजयी
कोजाग्रत पूर्णिमा आज, दसैं समापन
काठमाडौं । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि बुधबारदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादसैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै… Continue reading कोजाग्रत पूर्णिमा आज, दसैं समापन
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक , डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्धि गरेको हो । मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर रु एक सय ५६.५०, दोस्रो वर्गमा रु एक सय ५८ र तेस्रो… Continue reading पेट्रोलियम पदार्थको मूल्य वृद्धि
डडेलधुरामा बस दुर्घटना, कम्तिमा ४ जनाको मृत्यु
काठमाडौं । डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । अमरगढी नगरपालिका-७ को खसरेखानमा गएराति पवनदुत यातायातको ना८ख१०७८ नम्बर बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका–३ का ४५ वर्षीया जैमती बोहोरा,… Continue reading डडेलधुरामा बस दुर्घटना, कम्तिमा ४ जनाको मृत्यु
साफ फुटबलको दोस्रो ठूलो मेला वुमन्स च्याम्पियनसिप नेपालमा हुँदै, तयारी पुरा
काठमाडौं । घरेलु मैदानमा आयोजना हुने साफ वुमन्स च्याम्पियनसिप २०२४ को तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाले मंगलबार पत्रकार सम्मेलन गरी च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको बताएको छ । साफ वुमन्स च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुनेछ । एन्फा प्रवक्ता सुरेश शाहका अनुसार अहिलेसम्म ३ टिम… Continue reading साफ फुटबलको दोस्रो ठूलो मेला वुमन्स च्याम्पियनसिप नेपालमा हुँदै, तयारी पुरा
नेपालमा मूल्यवृद्धि दर चार प्रतिशत भन्दा तल
काठमाडौं । नेपालमा भदौ महिनामा उपभोक्ता मूल्य वृद्धिदर ३.८५ प्रतिशत कायम भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि दर गत भदौको तुलनामा आधा खुम्चिएको हो । गत भदौमा उपभोक्ता मूल्यवृद्धिदर ८.१९ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५.०३ प्रतिशत छ… Continue reading नेपालमा मूल्यवृद्धि दर चार प्रतिशत भन्दा तल
नेपालबाट विद्यार्थीले दुई महिनामा लगे २८ अर्ब रुपैयाँ भन्दा बढी विदेशी मुद्रा
काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दुई महिना नेपालबाट विदेश पढ्न जाने विद्यार्थीसँगै २८ अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा बाहिरिएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार शिक्षामा २८ अर्ब १६ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष साउन र भदौमा शिक्षामा २३ अर्ब ३३ करोड रुपैयाँमात्र विदेशिएको थियो । शिक्षामा अधिक रकम विदेशिँदा सेवा… Continue reading नेपालबाट विद्यार्थीले दुई महिनामा लगे २८ अर्ब रुपैयाँ भन्दा बढी विदेशी मुद्रा
चाडबाडको मुखमा दुई महिनामै विदेशबाट नेपालीले घरमा पठाए पौने ३ खर्ब रेमिट्यान्स
काठमाडौं । चालु आर्थिक वर्ष पहिलो दुई महिना (साउन–भदौ) मा २ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । भदौमा मात्र १ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । साउनमा १ सय ३६ अर्ब भित्रिएको थियो । चाडबाडका बेला विदेशमा रहेका नेपालीले बढी रकम नेपाल… Continue reading चाडबाडको मुखमा दुई महिनामै विदेशबाट नेपालीले घरमा पठाए पौने ३ खर्ब रेमिट्यान्स
लेबनानमा शान्ति सैनिकमाथि भएको आक्रमणको नेपालद्धारा निन्दा
काठमाडौं । नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह समेत गरेको छ । सामाजिक सन्जाल एक्समा मन्त्रालयले लेखेको छ, ‘नेपाल संयुक्त राष्ट्र संघको अन्तरिम बल (यू.एन.आई.एफ.आई.एल)का शान्ति सैनिकमाथि हालै भएको आक्रमणको कडा निन्दा गर्दछ । साथै संघर्षरत… Continue reading लेबनानमा शान्ति सैनिकमाथि भएको आक्रमणको नेपालद्धारा निन्दा
विदेशी मुद्रा सञ्चिति साढे २१ खर्ब माथि, १४ महिनाको आयात धान्न पुग्ने
काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को दुई महिनामै विदेशी विनियम सञ्चिति १ खर्बभन्दा बढीले वृद्धि हुँदा साढे २१ खर्ब पुगेको छ । असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा ५.५ प्रतिशतले बढेर २१ खर्ब ५२ अर्ब ५३ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।… Continue reading विदेशी मुद्रा सञ्चिति साढे २१ खर्ब माथि, १४ महिनाको आयात धान्न पुग्ने
काठमाडौं महानगरले धर्मशाला सुरक्षाको माग्यो माग
काठमाडौं । काठमाडौँ महानगरपालिकाले पशुपतिस्थित गौशाला रहेको धर्मशाला सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग शान्ति सुरक्षा माग गरेको छ। मंगलबार महानगरपालिकाले प्रशासन कार्यालय काठमाडौंलाई एक पत्र लेख्दै शान्ति सुरक्षासहित निर्णय कार्यान्वयनमा सहयोगका लागि अनुरोध गरेको हो । पत्रमा धर्मशालाको व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले पाएकाले उक्त सहमति बमोजिम धर्मशाला सञ्चालन तथा व्यवस्थापन गर्न शान्ति सुरक्षा सहित आवश्यक… Continue reading काठमाडौं महानगरले धर्मशाला सुरक्षाको माग्यो माग
दुई सातामै ५ डिग्रीले कम भयो तापक्रम
काठमाडौं । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको छ । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । काठमाडौं उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले… Continue reading दुई सातामै ५ डिग्रीले कम भयो तापक्रम
आजबाट सरकारी कार्यालय खुल्दै
काठमाडौं । दशैंमा बन्द भएका सरकारी कार्यालय आजबाट खुल्दैछन् । सरकारी कार्यालयमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको हो । आजबाट भने सरकारी कार्यालयका सेवाहरु नियमित रुपमा खुल्ने छन् । आज दशैंको त्रयोदशी हो । बडादशैंको टीका लगाउने क्रम भने आज पनि जारी छ । कुनैकुनै स्थानमा दशैंको दिनमात्र टीका लगाउयने चलन भए पनि कतैकतै… Continue reading आजबाट सरकारी कार्यालय खुल्दै
लेवनानस्थित राष्ट्रसंघीय शिविरमा इजरायली सेना छिरेपछि…
काठमाडौं । संयुक्त राष्ट्रसंघले दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सैनिक जबर्जस्ती प्रवेश गरेको आरोप लगाएको छ। यस घटनाले लेबनानमा तैनाथ संयुक्त राष्ट्र अन्तरिम बल (यूनीफील) र इजरायली सेनाबीचको तनाव बढाएको छ। बीबीसीले यूनीफीललाई उद्धृत गर्दै लेखेको छ, इजरायली सेनाको ट्यांकले आइतबार मुख्य गेट तोडेर शिविरमा प्रवेश गरेको थियो र त्यसपछि गोलीबारी पनि… Continue reading लेवनानस्थित राष्ट्रसंघीय शिविरमा इजरायली सेना छिरेपछि…
भारतले किन निकाल्यो क्यानडाका कुटनीतिज्ञ
काठमाडौं । भारतले क्यानडाका ६ कूटनीतिज्ञलाई दिल्लीबाट निष्कासित गरेको समाचार सार्वजनिक भएको छ । यसका साथै क्यानडाबाट आफ्नो देशको उच्चायुक्त सञ्जय कुमार बर्मालाई फिर्ता बोलाएको छ । भारतले दिल्लीबाट निष्कासित गरेका क्यानडाका कूटनीतिज्ञहरुमा कार्यकारी उच्चायुक्त स्टिबर्ट रोस ह्वीलर, उपउच्चायुक्त पेट्रिक हेबर्ट, फर्स्ट सेक्रेटरी मेरी क्याथरिन, इआन रोस डेभिड, एडम जेम्स र पाउला आर्जुएला छन् ।… Continue reading भारतले किन निकाल्यो क्यानडाका कुटनीतिज्ञ
बेल्जियमको स्थानीय निकायको निर्वाचनमा दुई नेपाली मुलका उम्मेदवारको जित
काठमाडौं । बेल्जियममा आज भएको स्थानीय निकायको निर्वाचनमा दुई नेपालीमूलका उम्मेदवारले नयाँ इतिहास रच्दै निर्वाचित भएका छन् । बेल्जियमको राजनीतिमा नेपालीको नबिन छलाङ मार्दै तीन दशक यता नेपाली बसोबास गर्न थाले यता पहिलो पटक प्रत्यक्ष चुनाबी प्रतिस्पर्धामा नेपालीहरु बिजयी भएका हुन् । दोस्रो पुस्ताको सानदार आगमनसँगै भबिष्यको राजनीतिक बाटो उज्ज्वल बनेको छ । स्वायत्त र… Continue reading बेल्जियमको स्थानीय निकायको निर्वाचनमा दुई नेपाली मुलका उम्मेदवारको जित
क्यानडामा विदेशीका लागि स्थायी बसोबासको अनुमति खुला
काठमाडौं । क्यानडामा बसोबास गर्न चाहने विदेशीहरूका सरकारले स्थायी बसोबासका लागि आवेदन आह्वान गरेको छ । क्यानडाको सरकारी संघीय निकाय आप्रवासन, शरणार्थी र नागरिकता विभाग (आईआरसीसी) ले एक्सप्रेस इन्ट्री प्रणाली मार्फत यस्तो आह्वान गरेको हो । अक्टोबर १० बाट गरिएको यस्तो आह्वानमार्फत फेडरल स्किल्ड वर्कर प्रोग्राम, क्यानेडियन एक्सपेरियन्स क्लास र फेडरल स्किल्ड ट्रेड्स प्रोग्राममा आवेदन… Continue reading क्यानडामा विदेशीका लागि स्थायी बसोबासको अनुमति खुला
हिजबुल्लाहको आक्रमणबाट चार इजरायली सैनिक मारिए
काठमाडौं । लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै एक सैन्य बेसमा ड्रोनबाट आक्रमण गरेको छ । स्थानीय समयअनुसार आइतबार राति भएको हमलामा इजरायलका ४ जवान मारिएका छन् । ६० जनाभन्दा बढी घाइते भएका छन् । हिजबुल्लाहले हमलाको जिम्मेवारी लिंदै आईडीएफको गोलानी ब्रिग्रेडको प्रशिक्षण केन्द्रलाई निशाना बनाएको बताएको छ । इजरायली सेनाले लेबनानमा हिजबुल्लाह विरुद्ध… Continue reading हिजबुल्लाहको आक्रमणबाट चार इजरायली सैनिक मारिए
कृषि मन्त्री इटाली प्रस्थान
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी विश्व खाद्य मञ्चको बैठकमा भाग लिन इटालीको राजधानी रोम प्रस्थान गरेका छन् ।संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा हुने मञ्चको बैठकमा भाग लिन मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्तान गरेको उनका प्रेस संयोजक प्रवीण पोखरेलले जानकारी दिए । मञ्चको बैठक सोमबार… Continue reading कृषि मन्त्री इटाली प्रस्थान
डडेल्धुरामा १४ वर्षिय किशोरीको हत्या अभियोगमा ५८ वर्षिय व्यक्ति पक्राउ
काठमाडौं । डडेल्धुरामा किशोरीको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ परेका व्यापारीलाई आइतबार सार्वजनिक गरिएको छ । पोखरा बजार नजिकै प्लास्टिकको बोरामा बेरेर शव फालेको अवस्थामा भेटिएकी अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्यामा संलग्न भएको आरोपमा अमरगढी नगरपालिका–७ पोखरा बजारका ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका छन् । उनी पोखरा… Continue reading डडेल्धुरामा १४ वर्षिय किशोरीको हत्या अभियोगमा ५८ वर्षिय व्यक्ति पक्राउ
भारतीय नेता बाबा सिद्धिकीको गोली हानेर हत्या
काठमाडौं । भारतमा एकजना नेताको गोली हानेर हत्या भएको छ । कांग्रेस छाडेर हालैमात्र अजित पवार गुट (एनसीपी)मा प्रवेश गरेका बाबा सिद्धिकीको शनिबार राति मुम्बईको बान्द्रा इस्ट भन्ने स्थानमा गोली हानेर हत्या भएको हो । छातीमा गोली लागेर गम्भिर घाइते भएका उनलाई लिलावती अस्पताल भर्ना गरिएको थियो । अस्पतालमै उनको मृत्यु भएको हो । उनी… Continue reading भारतीय नेता बाबा सिद्धिकीको गोली हानेर हत्या