क्यानडा सिरिजमा ओमानसँग अन्तिम खेल खेल्दै नेपाल

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपालले लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको आज अन्तिम खेल खेल्दैछ। क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ८ः४५ बजे खेल सुरू हुनेछ। नेपालले क्यानडामा हालसम्म खेलेको तीन खेलमध्ये तीनै खेल हारेको छ । घरेलु टोलीसँग २ र ओमानसँग १ खेल खेल्दा तीनै खेलमा नेपाल हारेको हो । ओमानसँगको पहिलो खेलमा नेपाल… Continue reading क्यानडा सिरिजमा ओमानसँग अन्तिम खेल खेल्दै नेपाल

त्रिविमा समय कटेकाहरुलाई मौका परीक्षाको अवसर

फाइलफोटो

काठमाडौं । समय सीमा कटेका कारण परीक्षा दिन नपाएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले यसपालि मौका परीक्षा दिन पाउने भएका छन्।त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले वार्षीक प्रणाली अन्तर्गत २०५८ यताका र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ यताका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने निर्णय गरेको हो। उक्त निर्णय गरिएको… Continue reading त्रिविमा समय कटेकाहरुलाई मौका परीक्षाको अवसर

नवलपुरमा यात्रुबस दुर्घटना, २३ जना घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व (नवलपुर)को विनयी खोला नजिक यात्रुबस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौंबाट भारतको राजस्थानतर्फ जाँदै गरेको आरजे १४ पिसी ३५४५ नम्बरको बस आज बिहान आफैं अनियन्त्रित भई पल्टिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बसमा करिब ४५ जना यात्रु रहेकामा २३ जना… Continue reading नवलपुरमा यात्रुबस दुर्घटना, २३ जना घाइते

पाल्पामा खोलाले बगाएर भारतीय नागरिकको मृत्यु

काठमाडौं । पाल्पामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका ३ पावरहाउसस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारतीय नागरिकको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा नेपाल घुम्न आएका भारत उत्तरप्रदेश आग्राका २६ वर्षीय विशालकुमार जावत रहेका छन् । विशाल सोमबार साँझ पौने ६ बजे पौडी खेल्ने… Continue reading पाल्पामा खोलाले बगाएर भारतीय नागरिकको मृत्यु

आजबाट देशैभर मनसुन सक्रिय, कुन-कुन स्थानमा बढी जोखिम ?

काठमाडौं । आजदेखि मनसुन पुनः सक्रिय बनेको छ । यसको प्रभावले देशभर वर्षा हुनेछ । भित्राउन तयार बालीनाली तथा कृषिकर्ममा यसले असर पुर्‍याउने छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना छ । असोज ८… Continue reading आजबाट देशैभर मनसुन सक्रिय, कुन-कुन स्थानमा बढी जोखिम ?

लेबनानमा इजरायलको भीषण आक्रमण, कम्तिमा २७४ मारिए

काठमाडौं । लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले सोमबार लेबनानमा इजरायली आक्रमणमा मर्नेहरुको सङ्ख्या दुई सय ७४ पुगेको जानकारी गराएका छन् । यसमा २१ जना बालबालिका छन् । हजारौँ परिवार बमबारीबाट भागेका छन् । “एक्काइस बालबालिका र ३९ महिलासहित दुई सय ७४ जनाको मृत्यु भएको छ । यस बारेमा हामीलाई अहिलेसम्म थाहा भएको यति हो” अबियादले… Continue reading लेबनानमा इजरायलको भीषण आक्रमण, कम्तिमा २७४ मारिए

श्रीलंकाली जनताले रोजे आमुल परिवर्तन, सत्तामा कम्यूनिष्ट शासक

bbc

काठमाडौं । वामपन्थी झुकाव राख्ने अनुर कुमार दिशानायक ऐतिहासिक दोस्रो चरणको मतगणनाबाट श्रीलङ्काको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्। उनले सोमबार नयाँ राष्ट्रपतिका रुपमा सपथ ग्रहण गरेका छन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि राष्ट्रपति चुनाव देशको इतिहासमा नै पहिलो पटक दोस्रो चरणको मतगणना भएको थियो । श्रीलङ्कामा राष्ट्रपति… Continue reading श्रीलंकाली जनताले रोजे आमुल परिवर्तन, सत्तामा कम्यूनिष्ट शासक

मेलम्ची भ्रष्टाचार : दोषि ठहरिएकालाई ८ वर्ष कैद

काठमाडौं । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाका तत्कालीन अध्यक्ष गजेन्द्र कुमार ठाकुरलाई ८ वर्ष कैद सजाय तोकेको छ । मेलम्ची भ्रष्टाचारको आरोपमा दुई साताअघि पाँच जनालाई दोषी ठहर गरेको विशेष अदालतले ठाकुरलाई आठ वर्षमा थप एक महिना कैद सहित १० करोड १० लाख जरिवाना गरेको हो । अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र… Continue reading मेलम्ची भ्रष्टाचार : दोषि ठहरिएकालाई ८ वर्ष कैद

झण्डै २ अर्ब लगानीमा बूढानीलकण्ठमा लक्जरी रिसोर्ट बन्दै

काठमाडौं । युरोपेली चेन होटल ब्रान्ड लुभ्र होटल्स ग्रुप अन्तर्गतको लक्जरी ब्रान्ड ‘रोयल ट्युलिप’ ले नेपालमा पनि सेवा विस्तार गर्ने भएको छ । क्लासिक भ्यु रिसोर्ट लिमिटेडले काठमाडौं बूढानीलकण्ठमा निर्माण गरिरहेको रिसोर्ट व्यवस्थापन सरोवर होटल्सले गर्ने भएको हो । दक्षिण एसियामा रोयल ट्युलिपको व्यवस्थापन सरोवर होटल्सले गर्ने गर्छ । यसले नेपाललाई विश्व लक्जरी बजारमा महत्त्वपूर्ण… Continue reading झण्डै २ अर्ब लगानीमा बूढानीलकण्ठमा लक्जरी रिसोर्ट बन्दै

जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा पुनः उडान गर्दै

Photo : Gorakhapatra

काठमाडौं । जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट पुनः नियमित उडान गर्ने भएको छ । जजिराले नेपाल नागरिक उड्डयन प्राधिकरणमा विन्टर सेड्युल स्वीकृतिका लागि प्राधिकरणमा पत्र पठाएको छ । जजिराले कुवेत–भैरहवा–कुवेत रुटमा पुनः नियमित उडान गर्न लागेको बताएको छ । प्राधिकरणले जजिरासँग विमानस्थल सञ्चालन हुने समय भित्रको सेड्युल मागेको थियो । सोही अनुसार जजिराले जजिराले अनुमतिका… Continue reading जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा पुनः उडान गर्दै

धनुषा प्रहरी कार्यालयबाट ८ जना थुनुवा फरार

काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ८ जना थुनुवा फरार भएका छन्। विभिन्न मुद्दामा पक्राउ परी थुनुवामा रहेका ९जना भागेकोमा एकजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। भागेकामध्ये एकजना जनकपुरबाट पक्राउ परेका हुन्। सोमबार बिहान करिब ४ बजे समयमा थुनुवा कक्षको भेन्टिलेशन फोडेर उनीहरु भागेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी… Continue reading धनुषा प्रहरी कार्यालयबाट ८ जना थुनुवा फरार

लगातार तेस्रो हार बेहोर्दै नेपालको कमजोर प्रदर्शन

काठमाडौं । आईसीसी विश्वकप लिग २ मा नेपालले लगातार कमजोर प्रदर्शन गरिरहेको छ । आइतबार राती क्यानडाले आईसीसी विश्वकप लिग २ मा नेपाललाई ५ विकेटले हराउँदै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । १८२ रनको लक्ष्य क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । क्यानडा जितमा नवनीत धालिवालले ११३ बलमा ८ चौका र ४ छक्कासहित… Continue reading लगातार तेस्रो हार बेहोर्दै नेपालको कमजोर प्रदर्शन

प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच न्यूयोर्कमा भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा भेटवार्ता भएको छ । ओली र मोदीबीच नेपाली समय अनुसार सोमबार बिहान ४ बजे भेट भएको हो । भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्वीट गरेर जानकारी दिएका छन् । उनले भेट फलदायी भएको उल्लेख गरेका छन् । भेटमा परराष्ट्रमन्त्री… Continue reading प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच न्यूयोर्कमा भेट

सुरक्षाको कारण प्रम ओली र पम राणाको न्युयोर्कमा नेपालीहरुसंगको कार्यक्रम रद्द

बिष्णु सिंह, न्युयोर्क । संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी हुन न्युयोर्क आएको मौका पारि प्रधानमन्त्री के पी शर्मा ओली र परराष्ट्रमन्त्री डा आरजु राणा देउबासंग नेपालीहरुले आफ्ना सरोकारका बिषयहरुमा भेटघाट गरि जानकारी गराउने र त्यसको समाधान प्राप्तिका लागि आईतबार, सेप्टेम्बर २२ बेलुकी ५:३० बजे, उड्साईड न्युयोर्कस्थित गुलसन टेरेस हलमा कार्यक्रम आयोजना गरिएको थियो।सुरक्षाको कारण प्रधानमन्त्री… Continue reading सुरक्षाको कारण प्रम ओली र पम राणाको न्युयोर्कमा नेपालीहरुसंगको कार्यक्रम रद्द

इरानमा ग्यास चुहावट, कम्तिमा ५१ जनाको मृत्यु

file

काठमाडौं । इरानमा ग्याँस चुहावटका कारण एउटा कोइलाखानीमा भएको विस्फोटमा कम्तीमा ५१ जना मारिएको त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएका छन्। साउथ खोअर्सन प्रान्तमा भएको विस्फोटमा अन्य २० जना घाइते भएका छन्। राजधानी तेहरान भन्दा ५४० किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा रहेको खानीमा मिथेन ग्यास चुहावटपछि खानीका दुई वटा ब्लकमा विस्फोट भएको थियो। स्थानीय समय अनुसार शनिवार राती… Continue reading इरानमा ग्यास चुहावट, कम्तिमा ५१ जनाको मृत्यु

अमेरिकामा सामुहिक गोलीबारी, कम्तिमा चार जना मारिए, १८घाइते

काठमाडौं । अलाबामाको बर्मिङ्घमस्थित एक लोकप्रिय नाइट लाइफ क्षेत्रमा भएको सामूहिक गोलीबारीमा चार जनाको मृत्यु र १८ जना घाइते भएका छन् ।धेरै पीडित क्रसफायरमा परेको प्रहरीले आइतबार बिहान जानकारी दिएको छ । हालसम्म कसैलाई तत्काल पक्राउ गरिएको छैन र प्रहरीले जनतासँग जानकारी मागेको छ । गोलीबारी शनिबार राति ११ बजेपछि सहरको फाइभ पोइन्ट्स साउथ मनोरञ्जन… Continue reading अमेरिकामा सामुहिक गोलीबारी, कम्तिमा चार जना मारिए, १८घाइते

रवि पक्राउ पर्ने हल्लाका बीच पार्टी कार्यालयमा सयौं कार्यक्रताको भीड

काठमाडौं । गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेको दिन आइतबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा कार्यकर्ताहरुको भीड लागेको छ । सहकारी बचत रकम अपचलन संसदीय छानबिन समितिले गोर्खा मिडिया प्रालि मार्फत सहकारीको रकम अपचलन गरेको भन्दै छविलाल जोशी, जीबी राई, कुमार रम्तेल र रास्वपा सभापति रवि लामिछानेलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न… Continue reading रवि पक्राउ पर्ने हल्लाका बीच पार्टी कार्यालयमा सयौं कार्यक्रताको भीड

दुर्गा प्रसाईलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । विद्युतीय अपराध कारोबार ऐन विपरितको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले आइतबारदेखि लागू हुने गरी तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरोलाई अनुमति दिएको हो । भक्तपुरस्थित घरबाट पक्राउ परेका प्रसाईंलाई १० दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको… Continue reading दुर्गा प्रसाईलाई तीन दिन हिरासतमा राख्न अनुमति

सहकारी ठगी प्रकरण : रविका साझेदार छवि पक्राउ

काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । उनी काठमाडौंबाट पक्राउ परेका हुन् । उनी सहकारी ठगिमा मुछिएका पुर्वगृहमन्त्री रवि लामिछानेका साझेदार हुन । उनी गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक हुन् । उनी काठमाडौंको शङ्खमुलबाट पक्राउ गरेको हो ।

दुर्गा प्रसाई पक्राउ, अदालतमा गराइयो हाजिर

६ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो । साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको सहयोगमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्यूरोका डीआईजी नवीन्द अर्यालले जानकारी दिएका छन् ।प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित… Continue reading दुर्गा प्रसाई पक्राउ, अदालतमा गराइयो हाजिर

आईसीसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र क्यानडा भिड्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । खेल किङ्ग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ । यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले… Continue reading आईसीसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र क्यानडा भिड्दै

न्यूयोर्कमा प्रधानमन्त्री ओली र यूएन महासचिवबीच भेट, के भयो कुराकानी

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन न्यूयोर्कमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता जारी राखेका छन् । उनले शनिबार साँझ संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । स्थानीय समय अनुसार शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले आज साइडलाइन भेटवार्ता गर्ने तयारी गरेका… Continue reading न्यूयोर्कमा प्रधानमन्त्री ओली र यूएन महासचिवबीच भेट, के भयो कुराकानी

पुर्वराष्ट्रपति भण्डारी भन्छिन् : एमालेले बहुमत ल्याओस

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को चुनावबाट नेकपा एमाले निर्णायक शक्ति बन्नुपर्ने बताएकी छन् । शनिबार मदन भण्डारी फाउण्डेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ०८४ को चुनावपछि एमालेले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा सभा अध्यक्ष सबै पद पाओस् भन्ने शुभकामना दिएकी छन् । ‘एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति बनोस धेरै शुभकामना… Continue reading पुर्वराष्ट्रपति भण्डारी भन्छिन् : एमालेले बहुमत ल्याओस

काभा महिला क्लव भलिवलको उपाधी नेपाल पुलिसलाई

काठमाडौं । नेपाल पुलिस क्लबले माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले पहिलो संस्करणमै उपाधि जितेको हो । मालेस्थित सोसियल युथ सेन्टरमा भएको फाइनलमा पुलिसले हुमोलाई २५–१६, २५–२२, २५–२३ ले पराजित गरेको हो । ६ टोली सहभागी… Continue reading काभा महिला क्लव भलिवलको उपाधी नेपाल पुलिसलाई

परराष्ट्र मन्त्री देउवा र रोमानियाका विदेशमन्त्री बीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री लुमिनिता ओडोबेस्कुबिच क्यानाडाको टोरन्टोमा शुक्रबार द्विपक्षीय भेटवार्ता भएको छ । सो भेटवार्ताका क्रममा नेपाल रोमानिया सम्बन्ध तथा दुई देशबीचको आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री डा. राणा हाल क्यानाडा छन् । सो भेटवार्ताका… Continue reading परराष्ट्र मन्त्री देउवा र रोमानियाका विदेशमन्त्री बीच भेटवार्ता

दिल्लीको मूख्यमन्त्री बनिन् आतिशी

काठमाडौं । आम आदमी पार्टीकी नेता आतिशी मार्लेना दिल्लीकी नयाँ मुख्यमन्त्री बनेकी छन् । उनले शनिबार नै उपराज्यपाल भीके सक्सेनासामू पद तथा गोपनीयताको शपथ लिएकी हुन् । ४३ वर्षीया आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री हुन् । यसअघि भारतीय जनता पार्टी (बीजेपी) की सुश्मा स्वराज र कांग्रेसकी शिला दीक्षित मुख्यमन्त्री भएकी थिइन् । स्वराज जम्मा ५२… Continue reading दिल्लीको मूख्यमन्त्री बनिन् आतिशी

रास्वपाका नेताहरु चीन भ्रमणमा जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको टोली १० दिने भ्रमणका लागि चीनतर्फ जाँदैछ । पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले नेतृत्वमा १४ सदस्यीय टोली शनिबार राति चीनतर्फ जाने कार्यबाहक प्रवक्ता गणेश कार्कीले जानकारी दिए । उनका अनुसार टोलीमा सांसद शिशिर खनाल, पार्टीकी कोषाध्यक्ष लिमा अधिकारी, सांसदहरु मनिष झा, असिम साह, शिव नेपाली, डा. तोसिमा कार्की, गणेश पराजुली,… Continue reading रास्वपाका नेताहरु चीन भ्रमणमा जाँदै

कांग्रेसले काम गर्दैन भन्ने गुनासो छ : देउवा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुई ठूला दलबीचको सत्ता सहकार्यले नागरिक खुशी भएको बताएका छन् । शनिबार काभ्रेको धुलिखेलमा बीपी कोइरालाको शालिक अनावरण गर्दै उनले कांग्रेस र एमालेको सहकार्यले देशभर सकारात्मक सन्देश गएको बताए । ‘कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन् आनन्द भएको छ भन्नेहरु छन् यहाँ ।… Continue reading कांग्रेसले काम गर्दैन भन्ने गुनासो छ : देउवा

श्रीलंकामा नयाँ राष्ट्रपति छान्न मतदान हुँदै

काठमाडौं । व्यापक प्रदर्शनबाट राष्ट्रपति हटेको डेढ वर्षपछि श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि शनिवार निर्वाचन हुँदै छ। देशको नवौँ कार्यकारी राष्ट्रपति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । श्रीलङ्काको सबैभन्दा खराब आर्थिक सङ्कटसँगै सुरु भएको प्रदर्शन उत्कर्षमा पुगेपछि सन् २०२२ को जुलाईमा मा राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिएका थिए। राष्ट्रपति पदमा आसीन… Continue reading श्रीलंकामा नयाँ राष्ट्रपति छान्न मतदान हुँदै

राप्रपा अध्यक्ष लिङ्देन बेलायत प्रस्थान

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बेलायत प्रस्थान गरेका छन्। पार्टीको प्रवासी नेपाली एकता समाजको कार्यक्रममा भाग लिनका लागि लिङ्देन शुक्रबार राति बेलायत प्रस्थान गरेका हुन्। अध्यक्ष लिङ्देनले लण्डन र स्कटल्याण्डमा पानस युकेको आयोजनामा हुने छलफल र अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नेछन्। साथै, विभिन्न नेपाली संघसंस्थाद्वारा आयोजना हुने स्वागत तथा नेपाली समुदायसंग हुने छलफलमा सहभागी हुने… Continue reading राप्रपा अध्यक्ष लिङ्देन बेलायत प्रस्थान