Category: समाचार

  • नेपाली पर्यटनको कथा टिकटकमार्फत संसारलाई सुनाइने

    नेपाली पर्यटनको कथा टिकटकमार्फत संसारलाई सुनाइने

    ३ भदौ, काठमाडौं । हिमाल, संस्कृति र प्रकृतिले सम्पन्न देश नेपाललाई विश्वले विभिन्न रूपले चिनेको छ । कहिले सगरमाथा र हिमालमार्फत, कहिले बुद्धमार्फत, कहिले संस्कृतिका विविध रङ्गहरूमार्फत् त कहिले अनुपम प्रकृतिमार्फत् । अब भने नेपालले सामाजिक सञ्जाल ‘टिकटक’ को उपयोग गर्दै आफ्नो कथा संसारभर सुनाउने भएको छ । नेपाल पर्यटन बोर्डले नेपालाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले टिकटकसँग साझेदारी गरिएको जनाएको छ । यस साझेदारीले नेपालका प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा, पर्व–उत्सव, खानपान र साहसिक अनुभवलाई विश्वका करोडौँ डिजिटल दर्शकमाझ पु¥याउने लक्ष्य लिइएको छ ।

    यहाँ यहाँ आयोजित साझेदारीपत्र आदानप्रदान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन बोर्ड र टिकटकबीचको यो सम्झौता केवल प्रचारप्रसारको काम मात्र नभई नेपाललाई नयाँ पुस्तासम्म पु¥याउने अभियान भएको बताए । आजका युवाले भ्रमणको निर्णय गर्नुअघि वास्तविक कथा र अनुभव खोज्न चाहने भन्दै उनले टिकटकमार्फत उनीहरूसम्म नेपालका अद्वितीय पर्यटकीय गन्तव्यका कथा सुनाउने र देखाउने अवसरको उपयोग हुने विश्वास व्यक्त गरे ।
    मन्त्री पाण्डेले पर्यटनलाई नेपालको समग्र आर्थिक विकासको मेरुदण्डका रूपमा उल्लेख गर्दै यस सहकार्यमार्फत ग्रामीण समुदाय, साना व्यवसायी र स्थानीय पथप्रदर्शकलाई प्रत्यक्ष फाइदा पुग्ने बताए । “हामीले सधैँ नेपाललाई हिमाल र अध्यात्मको देशका रूपमा चिनाइरहेका छौँ । हाल समय बदलिएको छ । डिजिटल प्लेटफर्ममा देखिने कथा नै विश्वयात्रुका लागि पहिलो प्रेरणा बन्न थालेका छन् । त्यसैले टिकटकसँगको सहकार्यले नेपाललाई डिजिटल पुस्तासम्म पु¥याउने बाटो खोलिदिएको छ ।”

    पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपालको सौन्दर्य र आत्माको कथा संसारभर पु¥याउन महत्त्वपूर्ण समझदारी भएको उल्लेख गरे । उनले भने, “हाम्रो लामो प्रयासलाई अब टिकटकको विश्वव्यापी पहुँचले थप बल दिनेछ । यो सहकार्यले केवल बाहिरी पर्यटकलाई आकर्षित गर्ने मात्र नभइ स्वदेशमा रहेका युवालाई पनि आफ्नो संस्कृति, पर्व र अनुभवलाई नयाँ ढङ्गले अभिव्यक्त गर्ने अवसर दिनेछ ।”

    सिईओ जोशीका अनुसार बोर्डले अन्तरराष्ट्रियस्तरका ‘ट्राभल कन्टेन्ट क्रिएटर’लाई नेपालमा आमन्त्रित गर्नेछ र उनीहरूलाई हिमाल, ताल, मठ–मन्दिरदेखि ‘होमस्टे’सम्म पु¥याएर प्रचारप्रसार गरिने योजना सुनाए । साझेदारीअन्तर्गत टिकटकले नेपालमै डिजिटल प्लेटफर्ममार्फत कथा सुनाउने विषयमा कार्यशाला गर्नेछ । जसमा नेपाली ‘कन्टेन्ट क्रिएटर’लाई दर्शक विस्तार, ब्रान्ड सहकार्य र विश्वस्तरीय प्रस्तुतीकरणबारे तालिम दिइनेछ ।

    कार्यक्रममा टिकटकका दक्षिण एसिया सार्वजनिक नीति प्रमुख फर्दोस मत्ताकिनले टिकटकमार्फत् हरेक दिन करोडौँ मानिसले नयाँ गन्तव्य र अनुभव खोजी गर्ने भएकाले नेपालको पर्यटन प्रवर्द्धनमा यस सहकार्यले योगदान पु¥याउने विश्वास व्यक्त गरे । “टिकटकमा हरेक दिन करोडौँं मानिस नयाँ गन्तव्य र अनुभव खोज्छन् । नेपालजस्तो हिमाल, अध्यात्मक, विविध संस्कृतिले भरिपूर्ण देशलाई छोटा भिडियोमार्फत संसारभर पु¥याउन पाउनु हाम्रो लागि पनि गर्वको विषय हो । सहकार्यले नेपाललाई विश्वका पर्यटकको ‘बकेटलिस्ट’ मा थप बलियो गरी स्थापित गर्नेछ”, उनले भने ।


    मत्ताकिनले यस अभियानअन्तर्गत ‘लाइफटाइम एक्पिरियन्स’ ह्यासट्यागमा विशेष ‘इन–एप प्लेटफर्म’ बनाइने जानकारी दिए । समझदारीमा सन् २०२५ को बाँकी अवधिभर यो अभियान चरणबद्ध रूपमा सञ्चालन गरिने उल्लेख छ । यसबीचमा काठमाडौँमा ‘भिजिट नेपाल’ कार्यक्रम आयोजना हुनेछ र जसमा अन्तरराष्ट्रिय ‘कन्टेन्ट क्रिएटर’, सांस्कृतिक दूत र पर्यटन व्यवसायीको सहभागिता रहनेछ । नेपाल पर्यटन बोर्ड र टिकटकको यो समझदारीले नेपाललाई नयाँ पुस्ता, नयाँ बजार र नयाँ विश्व पर्यटन सन्दर्भमा ‘डिजिटल पुल’ को काम गर्ने विश्वास गरिएको छ ।

  • जापानिज इन्सेफलाइटिस्बाट ६३ सङ्क्रमित र ११ जनाको मृत्यु

    जापानिज इन्सेफलाइटिस्बाट ६३ सङ्क्रमित र ११ जनाको मृत्यु

    ३ भदौ, काठमाडौं । जापानिज इन्सेफलाइटिस्बाट सन् २०२५ को हालसम्म ११ जनाको निधन भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले हालसम्म ६३ जनामा जापानिज इन्सेफलाइटिस् देखिएको र ११ जनाको मृत्यु भइसकेको बताए । उनका अनुसार तेह्रथुम, बारा, मोरङ, झापा, नवलपराली पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक\एक जना तथा चितवन तीन जनाको मृत्यु भएको छ ।

    मृत्यु भएकामध्ये आठ वर्षका एक जना, १७ वर्षका एक जना र ४० वर्षभन्दामाथिका नौ जना रहेका छन् । शाखा प्रमुख डा गौतमका अनुसार घरमा नै रहेका ३० प्रतिशत र अस्पताल जाँदाजाँदै २७ प्रतिशतको मृत्यु भएको छ । सन् २०२४ मा जापानिज इन्सेफलाइटिस्बाट २५ जनाको निधन भएको थियो भने ८६ जनामा सङ्क्रमण भएको थियो ।

    उनले जापानिज इन्सेफलाइटिस् खोप नलगाएकाहरूमा धेरै सङ्क्रमण देखिएको बताए । “हालसम्म २४ जिल्लामा ५० वटा स्थानीय तहमा यसको देखिएको छ । २४ वटा स्थानीय तहलाई उच्च जोखिमको रूपमा लिइएको छ । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ”, डा गौतमले भने । उनका अनुसार नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफलाइटिस्विरुद्धको खोप लगाई सकिएको छ ।

    चिकित्सकहरूका अनुसार जापानिज इन्सेफलाइटिस् मस्तिष्कमा सङ्क्रमण हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ । धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको लागि उपयुक्त प्रजननस्थल भएकाले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुने गरेको बताइन्छ ।

    जापानिज इन्सेफलाइटिस् गम्भीर अवस्थामा पुग्यो भने मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने, कोमामा जाने वा ३० प्रतिशतसम्मको मृत्युसमेत हुनसक्ने डा गौतमले बताउनुभयो । यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने भए पनि धेरैजसो १५ वर्षमुनिका बालबालिकामा देखिने गर्दछ । यो रोग सङ्क्रमित हाँस, कुखुराजस्ता चराचुरुङ्गी र सुँगर–बङ्गुरजस्ता जनावरलाई टोकेका सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा सर्ने गर्दछ । यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

  • एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भदौ २५ गते आह्वान

    एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भदौ २५ गते आह्वान

    ३ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आन्तरिक विवाद समाधान गर्न यही भदौ २५ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीको अधिवेशन, पार्टीको आन्तरिक विवाद समाधान, आगामी रणनीतिका विषयमा छलफल हुने पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

    उनले बैठकमा समसामयिक राजनीतिक घटनाक्रम,समाजवादी कार्यक्रम, साङ्गठनिक कार्यक्रम, पार्टीले देशभर सञ्चालन गरेको राजनीतिक अभियानअन्तर्गत सुशासन, रोजगारी, समृद्धिलगायत सामाजिक रुपान्तरणका लागि समाजवादी अभियानले देशभर पारेको प्रभावकारिताबारे समीक्षा गरिने जानकारी दिए । जनवर्गीय सङ्गठनका कार्यप्रगति साथै महासचिव घनश्याम भुसालको नेतृत्वमा गठित कार्यदलले गरेका कामको समीक्षा गरी नयाँ चरणको कार्यक्रम तय गरिने उपप्रमुख अर्यालले जानकारी दिए ।


    साथै समाजवादी विचारधारा भएका दलहरूबीच सहकार्य, समन्वय तथा वामपन्थी शक्तिबीच एकताको प्रस्ताव अनुमोदन गरिने बैठकमा समाजवादी मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल गरिने जनाइएको छ ।

  • झापामा गत एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु

    झापामा गत एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु

    रासस
    ३ भदौ, झापा । जिल्लाको ग्रामीण क्षेत्रमा विद्युत्को असुरक्षित प्रयोगका कारण विद्युत प्रवाह चुहावट (करेन्ट) भएर हुने मृत्युको घटना बढेको छ । जिल्लामा गत साउनमा मात्र करेन्ट लागेर पाँच जनाले ज्यान गुमाएका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार गत चार महिनामा जिल्लामा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेहरू अधिकांश विद्युत्सम्बन्धी पर्याप्त प्राविधिक ज्ञानको अभाव भएका ग्रामीण क्षेत्रका बासिन्दा छन् ।

    करेन्ट लागेर हुने अधिकांश मृत्युको घटना मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर माछा मार्ने र कुटी काट्ने क्रममा भएको पाइएको उहाँले बताउनुभयो । अधिकांश मानिसमा विद्युतीय मोटर कसरी चलाउने भन्ने राम्रो ज्ञान छैन । अपूर्ण ज्ञान र सतर्कताको कमीका कारण करेन्ट लागेर मानिसले अकालमै मृत्युवरण गरिरहेका छन् । प्रहरीका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा झापामा करेन्ट लागेर १५ जनाको ज्यान गएको छ ।

    यसैबीच मेचीनगर नगरपालिका–५ का २२ वर्षीय सन्दीप राजवंशीको घरमै करेन्ट लागेर मृत्यु भएको छ । बिग्रिएको टेबल पङ्खा मर्मत गर्ने क्रममा सोमबार साँझ अचानक करेन्ट लागेर अचेत भएका राजवंशीलाई उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारीमा पुर्याइएको थियो । उपचारकै क्रममा राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • आज कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुने पूर्वानुमान

    आज कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुने पूर्वानुमान

    ३ भदौ, काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहँदा नेपालमा मनसुन केही कमजोर रहेको छ । तथापि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने रहिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थान तथा मधेस प्रदेशको तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशको पहाडी तथा तराई भूभागलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थान र तराई भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता

    उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता

    ३ भदौ, काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ । दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानुनी रित पूरा भएका २६ दललाई आयोगको सोमबारको निर्णयअनुसार दर्ता गरिएको सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । उनका अनुसार नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम उपनिर्वाचनका लागि दल दर्ता गरिएको हो ।

    आयोगले सबैभन्दा पहिले मङ्गोल नेशनल अर्गनाइजेशन दर्ता हुन आएको जनाएको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका लागि नेपाली पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनप्रजातान्त्रिक पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) दर्ता भएका छन् ।

    साथै नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल), संयुक्त नागरिक पार्टी, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), नेकपा (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय मातृभूमि पार्टी, नेपाली जनता दल दर्ता भएको छ । त्यस्तै, राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल जनमुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, बहुजन शक्ति पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल उपनिर्वाचनका लागि दर्ता भएको आयोगले जनाएको छ । आयोगले उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै आगामी असोज २१ गते उम्मेदवार मनोनयन दर्ताको दिन तय गरेको छ ।

  • पोखरामा खुला पर्वतीय दौड हुने

    पोखरामा खुला पर्वतीय दौड हुने

    ३ भदौ, कास्की । पोखरामा विश्व पर्यटन दिवसको सन्दर्भ पारेर आगामी असोज ४ गते खुला पर्वतीय दौड प्रतियोगिता हुने भएको छ । पोखराको राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्ने तथा खेलका माध्यमबाट खेल पर्यटन प्रवर्द्धनका लागि दौड प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
    सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आगामी असोज ४ गते खुला पर्वतीय दौड प्रतियोगिता आयोजना हुने जानकारी दिइएको हो ।

    पोखरा–२२ स्थित विश्वशान्ति स्तूपबाट सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी निगालेडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा पुगेर दौड समापन हुने आयोजक पोखरा क्लिका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । उनका अनुसार आठ किमी पर्वतीय दौडमा खुला, वडास्तरीय, महिला, यु–१६, पर्यटन तथा ४० वर्ष माथिका भेट्टानतर्फको प्रोत्साहन गरी छ वटा ‘इभेन्ट’ समावेश गरिने छ ।

    प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले नगद रु ५० प्राप्त गर्नेछन् । द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थानसम्मलाई क्रमशः रु ३० हजार, रु १५ हजार, रु सात हजार र रु तीन हजार वितरण गरिने अध्यक्ष बरालले जानकारी दिए ।
    वडास्तरीय, खुला महिला र यु–१६ तर्फका विजेतालाई जनही रु १५ हजार र उपविजेतालाई जनही रु सात हजारसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने उनले बताए । उनका अनुसार प्रतियोगितामा यसवर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारकोसमेत व्यवस्था गरिएको छ ।

    भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही रु १५ हजारका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने बरालले बताए । प्रतियोगिताका लागि अनलाइन आवेदन दर्ता खुला गरिएको प्रतियोगिता निर्देशक ओम लामाले जानकारी दिए । उनका अनुसार यही भदौ २५ गतेसम्म धावकले अनलाइन फारममार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन् । पोखरा–२२ का वडाध्यक्ष हिमलाल बरालले दौड प्रतियोगितालाई वडाले आफ्नो चाडका रूपमा लिएको बताउँदै आगामी दिनमा विस्तार गरेर ‘हाफ म्याराथन’सम्म लैजाने योजना रहेको जानकारी दिए ।


    पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरिबहादुर भुजेलले विश्वपर्यटन दिवसका अवसरमा हुने उक्त प्रतियोगितामा विदेशी धावकहरू बढीभन्दा सहभागी गराउन पहल गर्ने बताए । विश्वशान्ति स्तूप समितिका अध्यक्ष अशोक गुरुङले दौडको सुरुआत शान्ति स्तूपबाट हुने भएकाले आवश्यक व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

  • गाजामा नयाँ युद्धविराम योजनालाई हमासले स्वीकार्ने

    गाजामा नयाँ युद्धविराम योजनालाई हमासले स्वीकार्ने

    एजेन्सी
    ३ भदौ, काठमाडौं । हमासले गाजाका लागि नयाँ युद्धविराम प्रस्तावलाई संशोधनको अनुरोध बिना नै स्वीकार गरेको समूहको एक स्रोतले सोमबार एएफपीलाई जानकारी दिएको छ । संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेको इजिप्ट र कतारको मध्यस्थतामा गाजा पट्टीमा गम्भीर मानवीय सङ्कटको अवस्था निम्त्याएको द्वन्द्वको स्थायी युद्धविरामका लागि सङ्घर्ष गरिरहेका छन्। मध्यस्थकर्ताहरूबाट नयाँ प्रस्ताव प्राप्त भएपछि हमासले वार्ताका लागि तयार रहेको बताएको थियो।

    नाम नबताउने शर्तमा स्रोतले भन्यो, “हमासले मध्यस्थकर्तालाई आफ्नो जवाफ दिएको छ, यसले पुष्टि गरेको छ कि हमास र अन्य समूहहरू कुनै संशोधनको अनुरोध नगरी नयाँ युद्धविराम प्रस्तावमा सहमत भएका छन्।” इजरायलले भने यो समाचार तयार पार्दासम्म कुनै प्रतिक्रिया जनाएको छैन । वार्तामा जानकार एक प्यालेस्टिनी स्रोतले मध्यस्थकर्ताहरूले ‘सम्झौता भएको घोषणा गर्ने र वार्ता पुनः सुरु गर्ने मिति तोक्ने’ अपेक्षा गरिएको र कार्यान्वयन सुनिश्चित गर्न र स्थायी समाधान खोज्न ग्यारेन्टी प्रदान गरिएको बताए।

    प्यालेस्टिनी अर्का एक अधिकारीले मध्यस्थकर्ताले सुरुमा ६० दिनको युद्धविराम र बन्धकलाई दुई समूहमा रिहा गर्ने प्रस्ताव गरेको बताएका छन् ।
    इजरायलको सुरक्षा क्याबिनेटले गाजा शहर र आसपासका शरणार्थी शिविरहरूमा युद्ध विस्तार गर्ने योजनालाई अनुमोदन गरेको एक हप्ताभन्दा बढी समयपछि यो प्रस्ताव आएको हो।

    इस्लामिक जिहादका एक स्रोतले एएफपीलाई बताएअनुसार उक्त योजनामा ६० दिनको युद्धविरामको परिकल्पना गरिएको छ जसमा ‘यस युद्धविराम अवधिमा १० जना इजरायली बन्धकहरूलाई जीवितै रिहा गरिनेछ’। सन् २०२३ को अक्टोबरमा हमासले गरेको आक्रमणका क्रममा बन्धक बनाइएका २५१ मध्ये ४९ जना अझै गाजामा रहेका छन् जसमध्ये २७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।

  • इजरायलसँगको युद्ध ‘कुनै पनि बेला’ सुरु हुन सक्ने इरानको चेतावनी

    इजरायलसँगको युद्ध ‘कुनै पनि बेला’ सुरु हुन सक्ने इरानको चेतावनी

    २ भदौ, काठमाडौं । इरानका एक वरिष्ठ अधिकारीले इजरायलसँगको युद्ध कुनै पनि बेला भड्किन सक्ने चेतावनी दिँदै गत जुनमा १२ दिनसम्म चलेको द्वन्द्वपछिको हालको शान्तिलाई अस्थायी विराममात्र भएको बताएका छन् । “हामी हरेक क्षण मुठभेडका लागि तयार रहनुपर्छ। अहिले हामी युद्धविराम (सम्झौता) मा पनि छैनाँैं”, प्रथम उपराष्ट्रपति मोहम्मद रेजा अरेफले भने, “हामी शत्रुताको अन्त्यको चरणमा छौँ।” गत जुनमा भएको युद्धमा इजरायलले इरानी आणविक तथा सैन्य स्थलका साथै आवासीय क्षेत्रमा बमबारी गरेको थियो जसमा वरिष्ठ कमान्डर र आणविक वैज्ञानिकसहित एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

    बदलामा इरानले क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दा इजरायलमा दर्जनौँको ज्यान गएको थियो । संयुक्त राज्य अमेरिकाले इरानी आणविक केन्द्रहरूमा बमबारी गरेर युद्धमा सामेल भएको दुई दिनपछि जुन २४ मा युद्ध बन्द गर्ने घोषणा गरेको थियो। तर युद्धविरामलाई औपचारिकता दिने कुनै सम्झौता भएको थिएन, केवल शत्रुतामा अघोषित विराम थियो। इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका सैन्य सल्लाहकार याह्या रहिम सफावीले आइतबार इरानी सञ्चारमाध्यमसँग कुरा गर्दै इरानले सबैभन्दा खराब परिस्थितिसँग जुध्ने योजना बनाइरहेको बताए ।


    “हामी अहिले युद्धविराममा छैनौं, हामी युद्धको चरणमा छौं, यो कुनै पनि बेला टुट्न सक्छ, हामी र इजरायलीबीच कुनै प्रोटोकल छैन, कुनै नियम छैन, हामी र अमेरिकीबीच कुनै सम्झौता छैन,” उहाँले शार्ग दैनिकमा प्रकाशित आलेखमा गरिएको उद्धरणमा भनेका छन् । “युद्धविरामको अर्थ आक्रमण बन्द गर्नु हो। जुन कुनै पनि समयमा परिवर्तन हुन सक्छ,” उनले भने ।


    त्यसयता इरानी अधिकारीहरूले इरानले युद्ध नचाहेको तर अर्को मुठभेडका लागि तयार रहेको बताउँदै आएका छन् । पश्चिमा शक्तिहरूले इरानले आफ्नो आणविक कार्यक्रममार्फत आणविक अस्त्रको पछि लागेको आरोप लगाउँदै आएका छन्। युद्धपछि इजरायल र संयुक्त राज्य अमेरिकाले तेहरानले आफ्नो आणविक स्थलहरू पुनः सुरु गरेमा र आफ्नो आणविक संवद्र्धन कार्यक्रम पुनः सुरु गरेमा इरानमाथि फेरि आक्रमण गर्ने धम्की दिएका थिए।

    संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले सन् २०१५ मा भएको ऐतिहासिक अन्तर्राष्ट्रिय सम्झौताले निर्धारण गरेको ३.६७ प्रतिशतको सीमाभन्दा धेरै माथि ६० प्रतिशतसम्म युरेनियम संवद्र्धन गर्ने इरान एक मात्र गैरआणविक शक्ति सम्पन्न देश भएको चेतावनी दिएको छ । युरेनियमको संवद्र्धन यो स्तर आणविक हतियारका लागि आवश्यक ९० प्रतिशत भन्दा बढीको कदम हो ।

    सन् २०१५ को सम्झौतामा हस्ताक्षर गरेका बेलायत, फ्रान्स र जर्मनीले गत साता उक्त सम्झौताअन्तर्गत हटाइएका प्रतिबन्धहरू पुनः लागू गर्ने धम्की दिएका थिए। इरानका केही अधिकारीहरूले आणविक अप्रसार सन्धिबाट तेहरान बाहिरिने सङ्केत गरेका छन् भने यसले गम्भीर परिणाम निम्त्याउने चेतावनी इरानले दिएको छ।

  • नेपाल रुबेला रोग निवारण गर्न सफल

    नेपाल रुबेला रोग निवारण गर्न सफल

    २ भदौ, काठमाडौँ । नेपालले रुबेला रोग निवारण गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को नेपालस्थित कार्यालयद्वारा आज जारी विज्ञप्तिमा नेपाललाई रुबेला रोग निवारण भएको घोषणा गरिएको छ । डब्लुएचओले नेपालले खोप सेवालाई निरन्तर एवं दृढ प्रयासबाट जारी राखेकाले सम्भव भएको जनाएको छ ।

    डब्लुएचओको दक्षिण–पूर्व एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा क्याथरिना बोहमले दक्षिण–पूर्व एसिया क्षेत्रमा दादुरा र रूबेला निवारणका लागि क्षेत्रीय प्रमाणीकरण आयोगको सिफारिसलाई आधार मान्दै नेपालबाट रूबेला निवारण भएको प्रमाणित गगरिन् ।

    उनले भनिन्, “नेपालले प्राप्त गरेको यो सफलता नेतृत्व तहको दृढ प्रतिबद्धता, स्वास्थ्यकर्मीहरुको लगनशीलता, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको निरन्तर सहयोग, स्वास्थ्यप्रति आमजनसमुदायको चासो र सहयोगको परिणाम हो । यस उपलब्धिले शिशुहरूका लागि स्वस्थ जीवनको सुरुवात र रूबेलामुक्त भविष्य सुनिश्चित गरेको छ ।”

    नेपाल डब्लुएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा रूबेला निवारण गर्ने छैटौँ राष्ट्र बनेको छ । दादुराजस्तै देखिने रुबेलाअर्थात् जर्मन दादुरा, भाइरसको सङ्क्रमणबाट हुने अति सङ्क्रामक रोग हो । यो रोगले विशेषगरी गर्भवती महिलामा जटिलता निम्त्याउँछ । जसका कारण गर्भपतन हुने, मृत शिशु जन्मिने, वा बच्चालाई जीवनभर असर पार्ने अपाङ्गतालगायतका समस्या देखिन सक्छन् । तर, रूबेलालाई सुरक्षित र प्रभावकारी खोपबाट रोकथाम गर्न सकिन्छ ।

    नेपालले सन् २०१२ मा नौ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै देशव्यापी अभियानमार्फत रूबेला खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको थियो । नेपालले सन् २०२४ सम्ममा रूबेला खोपको पहिलो मात्रा ९५ प्रतिशतभन्दा बढी बालबालिकामा पु(याउन सफल भएको थियो ।

    डब्लुएचओ नेपालस्थित कार्यालयका प्रमुख डा राजेश सम्भाजिराव पाण्डवले रूबेला निवारण गर्न सफल भएकोमा नेपाललाई बधाई दिँदै जनस्वास्थ्य क्षेत्रमा हासिल भएको यो सफलता महत्त्वपूर्ण उपलब्धि भएको बताए । नेपालले सन् २०२६ सम्ममा दादुरा र रूबेला निवारण गर्ने लक्ष्य निर्धारण गरेका थियो ।

  • विपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरिरहेका छौँः परराष्ट्रमन्त्री

    विपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरिरहेका छौँः परराष्ट्रमन्त्री

    २ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि सरकारले अधिकतम कूटनीतिक पहल जारी राखेको बताएकी छिन् । सामाजिक सञ्जालमार्फत आज उनले परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि आफूले सरकारका तर्फबाट यो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेको बताइन् । “

    यो एक वर्ष म उपस्थित भएका राष्ट्रसङ्घीय महासभादेखि अन्तरराष्ट्रिय मञ्च, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्तामा सबैसँग विपिनको रिहाइका लागि विशेष आग्रह गरेकी छु । निरन्तर यो प्रयास भइरहेको छ”, मन्त्री डा राणाले उल्लेख गरेकी छिन् । यसैगरी गत असोजमा दोहामा आयोजित ‘एसियन कोअपरेसन डाइलग’ ९एसिडी० सम्मेलनमा सम्बोधन र त्यसपछिका साइडलाइन भेटहरूमा पनि उनले सो विषय उठाएको बताएकी छिन् ।

    इजरायल र हमासबीच युद्धविरामको तयारी भएपछि त्यसमा संलग्न र सम्बद्ध देशका विदेशमन्त्रीहरूसँग फोनमा र ती देशका नेपालस्थित राजदूतसँग भेटेरै डा राणाले विपिनको रिहाइका लागि सहयोग गर्न आग्रह गरेकी थिइन् । विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयासलाई निरन्तर रूपमा जारी राखेको बताउँदै मन्त्री डा राणाले इजरायल सरकार र हमासबीच युद्धविरामको गृहकार्य सुरु भएपछि तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दीहरू रिहा गर्न दबाब दिएपछि आफ्नो कूटनीतिक पहललाई थप सक्रिय बनाएको स्मरण गरेकी छिन् ।


    उनले गत माघमा कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी पहिलो चरणमै बिपिनको रिहाइका लागि आग्रह गरेकी थिइन् । खुलाइफी शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् । इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोनवार्ता गरी मन्त्री डा राणाले सोही आग्रह गरेकी थिइन् । त्यस क्रममा उनले हमासले अपहरण मुक्त गर्न लागेका भनिएका व्यक्तिहरूको पहिलो चरणमा नै विपिनको रिहाइका लागि इजरायल सरकारले पहल गरिदियोस् भन्ने आग्रह गरेकी थिइन् ।

    यसैगरी, इजिप्टका विदेशमन्त्री डा बदर अब्देल–अति तथा इरानी विदेशमन्त्रीसँग फोनवार्ता गरी विपिनको रिहाइका लागि विशेष पहल गरिदिन नेपाल सरकारका तर्फबाट मन्त्री डा राणाले आग्रह गरेकी थिइन् । आफ्नो शल्यक्रियाका लागि बैंककमा रहँदा मन्त्री डा राणाले त्यहीबाट इजिप्टका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरेकी थिइन् ।

  • लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सञ्चारमाध्यमको योगदान महत्त्वपूर्ण हुन्छः पूर्वराष्ट्रपति भण्डारी

    लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सञ्चारमाध्यमको योगदान महत्त्वपूर्ण हुन्छः पूर्वराष्ट्रपति भण्डारी

    २ भदौ, मोरङ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चारमाध्यमले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको बताएकी छिन् । विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकको २१औँ वार्षिकोत्सवका अवसरमाआज आयोजित कार्यक्रममा उनले स्थानीय सञ्चारमाध्यमले लोकतान्त्रिक व्यवस्थाको अभ्यासलाई सुदृढ बनाउने भएकाले यसको संरक्षण र सबलीकरण गर्नु सबैको साझा जिम्मेवारी भएको धारणा राखिन् ।

    पूर्वराष्ट्रपति भण्डारीले सञ्चारमाध्यमले ओझेलमा परेका स्थानीयको समस्या, जनजीविका एवं चुनौतीलाई उजागर गर्नुपर्ने सुझाव दिँदै भाषिक तथा सांस्कृतिक विविधतालाई मजबुत बनाउन पनि अग्रणी भूमिका खेल्न आग्रह गरे । “सत्य, निष्पक्ष र जनताको पक्षमा कलम चलाउँदा समाज सचेत, उत्तरदायी र प्रगतिशील हुन्छ । त्यसैले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी स्वदेशी उत्पादन वृद्धि र युवालाई स्वदेशमा गुणस्तरीय शिक्षा, रोजगारी उपलब्ध गराई ऊर्जाशील युवाको विदेश पलायन रोक्न लाग्नुपर्छ”, उनले भनिन् ।

    कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली कांग्रेस र एमालेबीचको सहकार्यले प्रजातन्त्र ल्याउनेदेखि लोकतन्त्रलाई बचाउन महत्त्वपूर्ण योगदान पु¥याएको स्मरण गर्नुभयो । यी दुई पार्टीको सहकार्यले राजनीतिक स्थायित्व हुनुका साथै विगत एक वर्षमा राजस्वमा रु एक खर्ब २० अर्ब एवं निर्यातमा ८३ प्रतिशत वृद्धिले हुँदा मुलुकको अर्थतन्त्र चलायमान भएको उनको भनाइ थियो ।

    मुख्यमन्त्री कार्कीले सञ्चारमाध्यमले सत्य र तथ्यका आधारमा गलत कार्यको आलोचना एवं राम्रो कार्यको प्रशंसा गर्न चुक्न नहुने धारणा राखे । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, प्रदेशसभा सदस्य भीम पराजुलीलगायतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि मुलुकमा विकासले गति लिएको बताए ।

  • नेप्से परिसूचक बढ्यो

    नेप्से परिसूचक बढ्यो

    २ भदौ, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव १६ अङ्कले बढेर दुई हजार ७७० दशमलव ३९ विन्दुमा कायम भएको हो । आज ३२० कम्पनीको एक करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर ६७ हजार ९५९ पटक खरिदबिक्री हुँदा रु छ अर्ब १७ करोड ९८ लाख ५५ हजार २०९ बराबरको कारोबार भएको छ । म्युचुअल फन्ड समूह शून्य दशमलव ४९ र अन्य समूह शून्य दशमलव ५८ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ ।

    बैङ्किङ शून्य दशमलव १७, विकास बैङ्क शून्य दशमलव ३१, वित्त शून्य दशमलव ०९, होटल तथा पर्यटन शून्य दशमलव २४ र जलविद्युत् समूह शून्य दशमलव ९७ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी शून्य दशमलव ४३, जीवन बिमा शून्य दशमलव ३२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४९, लघुवित्त शून्य दशमलव १०, निर्जीवन बिमा शून्य दशमलव ३८ र व्यापार एक दशमलव २९ प्रतिशतले बढेको छ ।

    आज युनियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरे घट्नेमा भने सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ८१ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु २१ करोड ७४ लाख २८ हजार ८३१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै लिबर्टी इनर्जी कम्पनी लिमिटेडको छ लाख २७ हजार १३८ कित्ता शेयर किनबेच भएको छ ।

  • विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

    विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

    २ भदौं, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार इजरायलमा हमास समूहले बन्धक बनाएका विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइको लागि हर सम्भव पहलमा जुटिरहेको बताएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी हेकोले हर सम्भव पहलमा जुटिरहेको जानकारी दिए । “सरकार बिपिनको सुरक्षालाई प्राथमिकता दिँदै हर सम्भव पहलमा जुटिरहेको छ । विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको छ,” प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।


    प्रधानमन्त्री ओलीले विपिनका परिवारको साथमा नेपाल सरकार रहेको समेत बताउनु भएको छ । “इजरायलस्थित हाम्रो दूतावासको समन्वयमा बिपिनकी आमा पद्मा र बहिनी पुष्पाले महामहिम राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेटेर विपिनको रिहाइको लागि पहल गर्न आग्रह गर्नुभएको छ,” प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

    “यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ, ।” प्रधानमन्त्री ओलीले इजरायलमा सहयोग गरिरहेका नेपाली र स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ता सबैप्रति विशेष धन्यवादसमेत दिएका छन् ।

  • बुढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किए, २ को मृत्यु, ३ घाइते

    बुढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किए, २ को मृत्यु, ३ घाइते

    २ भदौ, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका ७ स्पेसलचोकमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना भएको छ । घटनामा दुईको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । बागमती प्रदेश ०२–०४१ प ६८१९ को स्कुटर र प्रदेश ३–०२–००२ प ५७२ को मोटरसाइकल आइतबार राति पौने २ बजेतिर ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा सिरहाको जन्दह घर भएका करिब २९ वर्षीय भोला थापा र अन्दाजी ३५ वर्षीय पुरुषको मृत्य भएको छ । उनीहरुलाई अस्पताल पुर्‍याइएकोमा चिकित्सकले राति सवा २ बजे मृत घोषणा गरेको प्रहरी प्रभाव बुढानीलकण्ठले जनाएको छ ।

    दुर्घटनामा गोरखा आरुपोखरी घर भई बुढानीलकण्ठ ८ भंगाल बस्ने २४ वर्षीय एरिक परियार, नाम, थर र वतन नखुलेका २८–३० वर्षका पुरुष र ३०–३२ वर्षका पुरुष घाइते छन् । पहिचान नभएका दुई जना पुरुषको अवस्था गम्भीर छ । उनीहरुको उपचार भइरहेको र आफन्तको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

  • दार्चुला–गोकुेलेश्वर सडक : पहिराले तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध

    दार्चुला–गोकुेलेश्वर सडक : पहिराले तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध

    २ भदौ, खलङ्गा । पहिराले दार्चुला–गोकुेलेश्वर सडक अन्तर्गत तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुख्य सडकमार्ग आजविहानदेखि शैल्यशिखर नगरपालिका–६ र मालिकार्जुन गाउँपालिका–३ को सीमानामा पर्ने तेर्छ्यालेक रनेबासमा सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधन आवतजावतमा समस्या भएको छ ।

    निरन्तर ढुङ्गा र लेदो बगेको कारण अवरुद्ध सडक खुलाउन उपकरण परिचालनमा समस्या भएको छ । गोकुलेश्वरबाट उपकरण पठाइएको तर निरन्तर ढुङ्गा र लेदो बगेको कारण खुलाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । जिल्ला सदरमुकाम खलङ्गाबाट बाहिरिने र भित्रिने सवारीसाधन उक्त क्षेत्रमा जाममा परेका छन् ।

  • मनसुन सक्रिय भएसँगै सिरहामा यसवर्षको रोपाइँ सकिन लाग्यो

    मनसुन सक्रिय भएसँगै सिरहामा यसवर्षको रोपाइँ सकिन लाग्यो

    २ भदौ, सिरहा । लामो समयको खडेरीपछि साउनको अन्त्यसम्म आइपुग्दा जिल्लामा रोपाइँ सकिन लागेको छ । कृषि ज्ञानकेन्द्र सिराहाका अनुसार हालसम्म जिल्लामा ८८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ, भने आगामी केही दिनभित्र बाँकी रोपाइँ पनि सम्पन्न हुने जनाइएको छ । प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार साउन दोस्रो सातासम्म करिब ४५ प्रतिशत मात्र रोपाइँ भएको थियो । उनले भने, ‘साउन तेस्रो साताबाट सुरु भएको निरन्तर वर्षाले रोपाइँको गति बढायो र मसान्तसम्म आइपुग्दा ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।”

    उनका अनुसार खडेरीको समयमा अधिकांश किसानले रोपाइँ गर्न सकेका थिएनन् । तर साउनको अन्त्यतिरको अनुकूल मौसम र किसानको सक्रियता रोपाइँलाई तीव्र बनाउन मुख्य कारण बन्यो । “साउन १५ गतेअघि रोपिएको धानको उत्पादन राम्रो हुने सम्भावना छ, तर त्यसपछि रोपिएको धानमा उत्पादनमा केही ह्रास आउने देखिन्छ,” महासेठले भने ।

    उनले भदौको पहिलो सातासम्म थप दुई प्रतिशत रोपाइँ पनि सम्पन्न हुने विश्वास व्यक्त गरे । “यो वर्ष जिल्लामा ९० प्रतिशत हाराहारीमा रोपाइँ पुग्ने अनुमान छ,” तर जिल्लाको उत्तरी भेगमा भने केही क्षेत्रमा अत्यधिक खडेरीका कारण धान रोपोमै सुकेको देखिएको छ । यद्यपि दक्षिणी क्षेत्रमा यस्तो अवस्था नरहेको उनले स्पष्ट पारे । कृषि ज्ञान केन्द्रले जिल्लाका १७ स्थानीय तहसँग समन्वय गरेर रोपाइँको प्रगतिसम्बन्धी तथ्याङ्क सङ्कलन गरेको हो । सबै स्थानीय तहका कृषि शाखाको सहकार्य गरी आफूहरुले तथ्याङ्क तयार पार्ने गरेको उनको भनाइ छ ।

    जिल्लाको धानखेतीमा कमला नहरले पनि महत्वपूर्ण भूमिका खेलेको छ । खडेरीका समयमा भूमिगत पानीको स्रोत तथा कमला नहरमार्फत सिँचाइ भएको जमिनमा प्रारम्भिक रोपाइँ गर्न सम्भव भएको थियो । केन्द्रका अनुसार कमला नहरबाट करिब १२ हजार पाँच सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । विशेषगरी कर्जन्हा, मिर्चैया, कल्याणपुर, सिरहा र सुखीपुर नगरपालिकाका साथै विष्णुपुर र औरही गाउँपालिकाका किसान यसबाट प्रत्यक्ष लाभ लिएका छन् । सिरहामा कूल धान खेतीयोग्य ५४ हजार क्षेत्रफल जग्गा रहेको ज्ञानकेन्द्रले जनाएको छ ।

    जिल्लामा धानबाली प्रमुख बाली हो । हरेक वर्ष करिब उस्तै परिमाणमा बर्खे धानखेती गरिँदै आएको छ । यस वर्षको प्रारम्भिक स्थितिमा देखिएको ढिलाइको बाबजुद साउन अन्त्यसम्म आइपुग्दा रोपाइँको गति उल्लेख्य बनेको छ । अब बाँकी रोपाइँ सम्पन्न भएसँगै आगामी हप्ता जिल्लामा रोपाइँ अन्तिम चरणमा पुग्ने अपेक्षा गरिएको छ ।

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    २ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९० रुपैयाँ २६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ०८ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ १५ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९ रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५२ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३१ पैसा र बिक्रीदर चार रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४ रुपैयाँ ६९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९२ पैसा र बिक्रीदर २२ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७ रुपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ६३ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ३७ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैैयाँ ५६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ १२ पैसा रहेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

  • पाँच जलविद्युत् आयोजनाको संयुक्त सहयोगमा रघुगङ्गाका सडक स्तरोन्नति

    पाँच जलविद्युत् आयोजनाको संयुक्त सहयोगमा रघुगङ्गाका सडक स्तरोन्नति

    रासस
    २ भदौ, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा जलविद्युत् आयोजनाको सहयोगमा सडक स्तरोन्नति थालिएको छ । रघुगङ्गामा निर्माणाधीन र निर्माणको अन्तिम चरणमा रहेका पाँच जलविद्युत् आयोजनाको लगानीमा सडक स्तरोन्नति थालिएको हो । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले पालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक कालोपत्र र मौवाफाँटदेखि झिँ, पाखापानी, दग्नाम, चिमखोला र कुइनेमङ्गले जोड्ने सडकको अप्ठ्यारो ठाउँमा ढलान गर्न थालिएको जानकारी दिए ।

    गाउँपालिकाको संयोजनमा गत फागुन र चैत महिनामा भएको राजनीतिक दल, सरोकारवाला र जनप्रतिनिधि समेतको छलफलमा जलविद्युत् आयोजनाले जनाएको पहुँच मार्गको रुपमा प्रयोग गरेको सडक स्तरोन्नति गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न थालेका उनले बताए । आयोजनाहरुले प्रयोग गरेको सडक स्तरोन्नतिमा बेवास्ता, सामाजिक उत्तरदायित्वको रकम र खर्चको विवरण सार्वजनिक नगरेपछि जनप्रतिनिधि र स्थानीयवासीले आन्दोलन गरेका थिए । रघुगङ्गामा ३५ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला– राहुघाट–मङ्गले र २१ दशमलव तीन मेगावाट क्षमताको ठूलो खोला जलविद्युत् आयोजना निर्माण सकिएको छ ।

    ४० मेगावाट क्षमताको राहुघाट, २२ दशमलव पाँच मेगावाटको ठूलोखोला ‘ए’ र ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । अध्यक्ष भण्डारीका अनुसार अपर राहुघाट र चिमखोला–मङ्गले–राहुघाटको प्रवद्र्धक तुँदी पावरले मौवाफाँट–दग्नाम खण्डमा रु एक करोड ५० लाख खर्चेर विभिन्न ठाउँमा ढलान गरेको छ ।

    “तुदी पावरले थप रु २५÷२५ लाखमा मौवाफाँट हुँदै झिँ र पाखापानी जोड्ने सडक स्तरोन्नतिको तयारी गरेको छ,” गाउँपालिकाका अध्यक्ष भण्डारीले भने, “तुदी पवार, ठूलोखोला र माथिल्लो ठूलोखोला ९ए०को रु ६७ लाख सहयोगमा दवाङ र अजिङ्गर भिरको साँघुरो सडक फराकिलो पारेर ढलान हुदैछ् ।”

    चिमखोला– मङ्गले– राहुघाट, ठूलोखोला र माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीले रु ८० लाख खर्चेर रघुगङ्गा गाउँपालिका–७ चिमखोला गाउँको फेदी भएर बग्ने बगरखोलाको कटान र बाढी नियन्त्रणका लागि करिब एक सय ५० मिटर दुरीमा तटबन्ध गरेका छन् ।

    बगरखोलामा आउने बाढीले कटान गरेर करिब दुई सय घरपरिवारको बसोबास रहेको चिमखोला गाउँ, रघुगङ्गा गाउँपालिका–७ र ८ नम्बर वडा जोड्ने सडक जोखिममा परेको थियो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले रु दश करोड खर्चेर बेनी–जोमसोम सडकको घुमाउने तालदेखि पिप्ले–मौवाफाँट–बुक्ल–बाँधस्थल खण्डको सडक स्तरोन्नति थालेको अध्यक्ष भण्डारीले बताए ।


    सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सले रघुगङ्गा हाइड्रोपावरसँग गरेको सम्झौता अनुसार ११ किलोमिटर पहुँचमार्ग सहायक ठेकेदार परिचालन गरेर ग्राभेल गर्न पूर्वाधार निर्माण थालेको हो । यस अन्तर्गत पिप्लेको हमालचोकदेखि रघुगङ्गा मावि मुनिसम्मको सडक पनि स्तरोन्नति हुने अध्यक्ष भण्डारीले बताए ।

    ग्राभेल गरेपछि घुमाउने तालदेखि मौवाफाँटसम्म रघुगङ्गा हाइड्रोपावरको ८० र अन्य चार वटा जलविद्युत् आयोजनाको २० प्रतिशत लगानीमा कालोपत्र गर्ने सहमति भएको गाउँपालिकाले जनाएको छ ।

  • कालोपत्र नहुँदा बिहुँ–घोडाबाधे सडकखण्डमा वर्षौँदेखि सास्ती

    कालोपत्र नहुँदा बिहुँ–घोडाबाधे सडकखण्डमा वर्षौँदेखि सास्ती

    २ भदौ, गलकोट । नौ वर्षदेखि कालोपत्र नहुँदा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा सवारी साधनले सास्ती व्यहोर्दै आउनु परेको छ । बिहुँ–घोडाबाधे खण्डको १३ किलोमिटरमध्ये ६ किलोमिटर सडकको दुराअवस्थाका कारण सवारी फसेर यात्रुहरुले सास्ती खेप्ने गरेका छन् । हिउँदमा धुलाम्मे र वर्खा लागेपछि हिलाम्मे सडकमा सवारीसाधन वारपार गर्नै समस्या हुने गरेको छ । बागलङ बजारदेखि घोडाबाधेसम्मको २५ किलोमिटर सडक कालोपत्रका लागि दुई खण्डमा विभाजन गरेर नौ वर्षअघि ठेक्का लगाइएको थियो ।

    जसमध्ये बिहुँ घोडाबाँधेको १३ किमिमध्ये ६ किलोमिटर सडक अझै कालोपत्र भएको छैन । आठ वर्षमा कालोपत्र नभएपछि ठेक्का तोडिएको थियो । ठेक्का तोडेर पुनः ठेक्का लगाएको काम एक वर्षमा जम्मा १० प्रतिशत मात्रै प्रगति भएको छ । चितवनबाट सामग्री ढुवानीका लागि गलकोटतर्फ आएको मिनि ट्रक बिहुँमा फसेर समस्या भएको चालक रमण शर्माले दुःखेसो गरे । ट्रक मात्रै हैन दर्जनाँै कार तथा जिप सडकमा फस्ने गरेका छन् । लोकमार्गको १४० किमिमध्ये अन्यत्र कालोपत्र भइसकेको छ । बिहुँ खण्डको समस्या समाधान नहुँदा पनि सरोकारवाला निकाय मौन रहेको गुनासो स्थानीयवासीको छ ।

    नयाँ ठेक्का लागेपछि सडक चौडा पारेकाले यसपटक सडक बढी हिलाम्मे भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनियर कल्पना मिश्रले बताउनुभयो । “पुन ठेक्का लगाएको एक वर्ष भयो, रु २१ करोडको ठेक्कामा जम्मा १० प्रतिशत काम सम्पन्न भएको छ, अहिले पूर्वाधारको काम गरिरहेको र वर्खा लागेकाले सडक हिलाम्मे छ”, मिश्रले भने, “निर्माण व्यवसायीलाई वर्खामा सवारीसाधन फस्न सक्ने पहिरो पन्छाउन पर्ने भएकाले डोजरसहित तयारी अवस्थामा राखिएको छ ।”

    बिहुँ–घोडाबाधे खण्डको अघिल्लो ठेक्का तोडेर २०८१ सालको असार २१ गते दुई वर्षमा बाँकी पूर्वाधार र कालोपत्र सम्पन्न गर्ने गरी तामाङ-रिजाल भगवती जेभीसँग रु २१ करोड ४९ लाखमा पुन ठेक्का सम्झौता गरिएको थियो ।

    रासस

  • चाँदी आयातका लागि अब पाँच लाख डलरसम्मको सटही सुविधा

    चाँदी आयातका लागि अब पाँच लाख डलरसम्मको सटही सुविधा

    २ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा वृद्धि गरेको छ । केन्द्रीय बैंकले सीमा वृद्धि गरी पाँच लाख अमेरिकी डलर बराबर पु(याएको जनाएको हो । सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनका लागि आयात गर्दा प्रतिपटक तीन लाख अमेरिकी डलर बराबरको सुविधा प्राप्त हुँदै आएको थियो ।

    राष्ट्र बैंकले चाँदी आयात गर्दा प्रतिपटक अब पाँच लाख अमेरिकी डलर बराबरको वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्ने भएको हो । यसैगरी अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्मको सुविधा प्रदान गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार, निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतितपत्र वा विदेशबाट खरिद आदेश बराबरको कागजात पेस गर्नुपर्नेछ ।

    सटही सुविधा दिने वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सो अन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए नभएको यकिन भने गर्नुपर्नेछ । वाणिज्य बैंक बाहेक बैंकबाट चाँदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लिन बक्यौता नरहेको सम्बन्धी स्वःघोषणा चाँदी व्यवसायीसँग लिनुपर्ने व्यवस्था गरिएको छ ।

  • हालैका दुर्घटनाका बाबजुद पाकिस्तानमा पर्वतारोहण अभियान नरोकिने

    हालैका दुर्घटनाका बाबजुद पाकिस्तानमा पर्वतारोहण अभियान नरोकिने

    एजेन्सी
    २ भदौ, कराँची । हालै पर्वतारोहणका क्रममा विदेशी पर्वतारोहीहरूको मृत्यु भए पनि पाकिस्तानले उत्तरका पहाडहरूमा पर्वतारोहण अभियानमा कुनै प्रतिबन्ध लगाउने वा चेतावनी जारी गर्ने योजना नराखेको सरकारी अधिकारीहरूले बताएका छन् । गिलगिट–बाल्टिस्तान सरकारका प्रवक्ता फैजुल्ला फाराकले भने, “पर्वतारोहीहरूलाई कठोर मौसम र सम्भावित जोखिमबारे पूर्ण जानकारी हुन्छ । त्यसका बाबजुद, उनीहरूले स्वेच्छाले यी चुनौती स्वीकार गरेर विश्वका अग्ला शिखरहरूमा हात हाल्छन् ।” गत मङ्गलबार ३७ वर्षीया चिनियाँ पर्वतारोही गुआन जिङ विश्वको दोस्रो अग्लो शिखर के–२ मा चट्टान खस्दा ज्यान गुमाएकी थिइन् । उनको शव शनिबार उद्धार टोलीले बरामद गरेको र हाल स्कार्दूको कम्बाइन्ड मिलिटरी अस्पतालमा राखिएको अधिकारीहरूले बताएका छन् ।

    यसअघि जर्मन पर्वतारोही तथा ओलम्पिक विजेता लौरा डाहलमेयरको पनि काराकोरम श्रृङ्खलामा मृत्यु भएको थियो । फाराकले पाकिस्तान सरकारले पर्वतारोहण अभियानका लागि आवश्यक पूर्वाधार, उद्धार सुविधा, सुरक्षा र सहज वातावरण उपलब्ध गराउने प्रयास गरिरहेको बताए । “यी अभियानहरू स्थानीय अर्थतन्त्रको मेरुदण्ड हुन्, जसले प्रत्यक्ष रूपमा लाखौँ डलरको आम्दानी ल्याउँछ । हजारौँ स्थानीयले मेदेखि सेप्टेम्बरसम्म यिनै अभियानबाट आम्दानी गर्छन्”, उनले भने । हरेक वर्ष सयौँ पर्वतारोहीले उत्तरी पाकिस्तानका शिखरहरूमा आरोहण गर्ने प्रयास गर्छन् । तर हिमस्खलन, आकस्मिक मौसम र भूस्खलनका कारण दुर्घटनाहरू सामान्य रूपमा हुने गरेका छन् । यस वर्ष मनसुन असामान्य रूपमा बढी भएकाले आकस्मिक बाढी र पहिरोले चुनौती थपेको छ ।

  • एयर क्यानडाको अवरूद्ध उडान सेवा पुनः सञ्चालन हुने

    एयर क्यानडाको अवरूद्ध उडान सेवा पुनः सञ्चालन हुने

    एजेन्सी
    १ भदौ, काठमाडौं । एयर क्यानडाको औद्योगिक सम्बन्ध समितिले १० हजार उडान कर्मचारी (फ्लाइट अटेन्डेन्ट) सहभागी रहेको भनिएको हडताल अन्त्य गर्न निर्देशन दिएको छ । निर्देशनपछि एयर क्यानडाले आइतबारदेखि उडान सुरु गर्ने जनाएको छ । समितिले एयर क्यानाडालाई १७ अगस्ट २०२५ मा दिउसो १४ः०० बजेभित्र आफ्नो काम सुरु गर्न र सबै एयर क्यानाडा र एयर क्यानाडा रुजका उडान सम्बद्ध कर्मचारीहरूलाई निर्देशन दिएको हो।

    क्यानडाको राष्ट्रिय ध्वजाबाहक कम्पनीले आइतबार साँझदेखि उडान सुरु गर्ने योजना बनाए पनि उडान सामान्य अवस्थामा फर्कन अझै केही दिन लाग्ने चेतावनी दिएको छ । आगामी सातदेखि १० दिनभित्रका केही उडान रद्द हुने बताइएको छ । एयर क्यानाडाका ‘क्याबिन क्रु’ले तलब विवादका कारण शनिबार बिहानै हडतालमा सहभागिता जनाएका थिए । त्यसको केही घण्टापछि क्यानडाका श्रम नीतिमन्त्री प्याटी हज्दुले हडताल रोक्न र दुवै पक्षलाई बाध्यकारी मध्यस्थता गर्न बाध्य पार्ने कानुनी प्रावधान लागू गर्नुभएको थियो ।


    “क्यानडा श्रम संहिताको धारा १०७ र औद्योगिक समितिको आदेशले एयर क्यानाडाको हडताल अन्त्य गरेको छ । हडतालका कारण ७०० भन्दा बढी उडानहरू स्थगित भएका छन्,” मोन्ट्रियलस्थित क्यानडा एअरलाइन्सले भनेको छ। क्यानेडियाली सार्वजनिक रोजगार युनियन (सियुपिई) ले कामदारको आन्दोलनको नेतृत्व गर्दै आएको छ, जसले तलब वृद्धिका साथै बोर्डिङ प्रक्रियाको समयमा समेत क्षतिपूर्ति नपाएको बिषयलाई सम्बोधन गर्न माग गरेको छ ।

    सरकारले औपचारिक रूपमा काममा फर्कन आदेश जारी नगर्दासम्म आफ्ना सदस्यहरू हडतालमा बस्ने यसअघि नै उसले बताएको थियो। हडतालसँगै युनियनले एयर क्यानाडा वा यसको कम लागतको सहायक कम्पनी एयर क्यानाडा रुजको टिकट भएमा यात्रुलाई विमानस्थल नजान आग्रह गरेको थियो । सियुपिइले तुरुन्तै काममा फर्कने निर्देशनबारे प्रतिक्रिया जारी गरेन तर क्यानाडा सरकारको हस्तक्षेपलाई ‘एयर क्यानाडाले उनीहरूले माग गरेको कुरा दिएर निष्पक्ष वार्ता गर्न इन्कार गरेकोमा पुरस्कृत गरेको’ भनेर आलोचना गरेको छ।

    सियुपिइले एक विञप्ति जारी गर्दै भनेको छ, “यसले भयानक नजिर स्थापित गरेको छ।” युनियनले औदोगिक समितिका अध्यक्ष मेरिसे ट्रेम्ब्लेले यसअघि एयर क्यानडाका लागि कानुनी सल्लाहकारको रूपमा काम गरेको पनि उल्लेख गरेको छ । “हडताल अन्त्य गर्ने कि नगर्ने भन्ने विषयमा ट्रेम्ब्लेको निर्णय ‘स्वार्थको द्वन्द्वको लगभग अकल्पनीय प्रदर्शन’ थियो,” युनियनले आफ्नो फेसबुक पेजमा गरेको पोस्टमा उल्लेख गरेको छ। क्यानडाको राष्ट्रिय ध्वजावाहक विमान कम्पनीले दैनिक करिब एक लाख ३० हजार यात्रुहरूलाई सेवा दिन्छ भने यसले विश्वका विभिन्न १८० शहरहरूमा सीधा उडान गर्दछ।

  • राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको शिष्टाचार भेट, के भयो कुराकानी ?

    राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको शिष्टाचार भेट, के भयो कुराकानी ?

    १ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका भारतका विदेशसचिव विक्रम मिश्रीले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा राष्ट्रपति पौडेलले निकटको छिमेकी भारतले गरेको प्रगतिबाट नेपालले लाभ लिएको र अझ बढी लाभान्वित हुन चाहेको बताए ।

    “एउटा उदाउँदो अन्तरराष्ट्रिय शक्तिका रुपमा भारतले सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा गरको प्रगतिबाट हामी प्रसन्न छौँ, एक मित्र एवं निकट छिमेकीका नाताले भारतका प्रगतिबाट नेपालले लाभ लिएको छ र अझ बढी लाभान्वित हुन चाहन्छ”, राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले भने । उनले नेपाल र भारतबीच शताब्दीऔँदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक तथा जनस्तरको निकट सम्बन्ध रहेको चर्चा गर्दै दुई मुलुकबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको बताए ।

    “नेपालले भारतसँगको सम्बन्धलाई सधैँ उच्च प्राथमिकतामा राखेको छ, छिमेकीहरूसँगको सम्बन्धलाई विशेष महत्व दिने भारत सरकारको ‘छिमेक पहिले नीति’ को नेपाल सराहना गर्दछ”, राष्ट्रपतिले भने । विदेशसचिव मिश्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिने नीतिअनुसार नेपाल प्राथमिकताको उच्च स्थानमा रहेको बताउनुभएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।

    विदेशसचिवले आफ्नो भ्रमणका अवसरमा आधुनिक युगमा दुवै देशबीचको प्रगति एवं विकासका लागि ‘कनेक्टिभिटी’ विस्तारका साथै पारस्परिक हित र चासोका विषयमा सम्बद्ध अधिकारीहरुसँग छलफल गर्ने अवसर मिलेको बताए ।

  • प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

    प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

    १ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेश सचिव विक्रम मिस्रीले औपचारिक भ्रमणको निमन्त्रणा दिएका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुग्नुभएका सचिव मिस्रीले आज सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग गरेको भेटका क्रममा निमन्त्रणा दिएको भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले सो जानकारी दिए ।

    भेटका अवसरमा दुई पक्षीय उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । भ्रमणको मितिबारे दुवै पक्षले आधिकारिक रुपमा अहिलेसम्म घोषणा गरेका छैनन् । दुवै मुलुकका कूटनीतिक संयन्त्रको आपसी समझादारीबाट उक्त भ्रमणको कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ ।

  • ट्राफिक प्रहरीद्वारा चोरी भएका ४१ सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण

    ट्राफिक प्रहरीद्वारा चोरी भएका ४१ सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण

    १ भदौ, काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थान र मितिमा चोरी भएका ४१ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । यहाँ आयोजित कार्यक्रममा १९ मोटरसाइकल र २२ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले सवारी धनीको निवेदनका आधारमा खोजी गरेर आज सम्बन्धित व्यक्तिलाई हस्तारण गरिएको बताए ।

    खोजी गर्ने क्रममा केहीमा सोही नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको पाइएको प्रहरीले जनाएको छ । यी सवारीसाधन काठमाडौँ उपत्यकाका जगाती, ठिमी, थली, नरेफाँट, काडाँघारी, लैनचौर, चापागाउँ, नयाँबानेश्वर, हात्तीसार, एयरपोर्ट, सिफल, पुरानो बसपार्क, स्वयम्भू, गोकर्ण, सुन्दरीजल, कपन, धापाखेल, गल्फुटार, नेपालटार, नयाँबसपार्क, बालाजुलगायतका स्थानबाट फेला पारिएको प्रमुख अधिकारीले बताए ।

  • भब्य बन्यो बेनी प्रदेश अस्पताल : नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा

    भब्य बन्यो बेनी प्रदेश अस्पताल : नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा

    १ भदौ, म्याग्दी । प्रदेश अस्पताल बेनीले अन्तरङ्ग र बहिरङ्ग विभागको सेवा नयाँ भवनबाट थालिएकोे छ । करिब आठ वर्ष अस्थायी भवनको साँघुरा भवनका कोठाबाट सञ्चालन हुँदै आएको उपचारकक्ष नयाँ भवनमा स्थानान्तरण भएपछि बिरामीको उपचार सहज भएको छ ।

    प्रदेश अस्पतालका प्रमुख डा रविरञ्जन प्रधानले नयाँ भवनको भुइँतलामा बहिरङ्ग र पहिलो तलामा अन्तरङ्ग सेवा सञ्चालन गरेको जानकारी दिए । “पुराना र अस्थायी भवनका साँघुरा कोठामा बिरामीलाई कठिन र स्वास्थ्यकर्मी तथा चिकित्सकलाई अप्ठ्यारो पर्नु स्वाभाविक थियो”, उनले भने, “व्यवस्थापकीय चुनौतीलाई चिर्दै शल्यक्रिया, प्रसूति र फार्मेसी कक्षलाई पनि नयाँ भवनमा सार्ने तयारीमा छौँ ।”

    अस्पताल व्यवस्थापन समितिमार्फत भवन निर्माण गर्ने कार्यालय र निर्माण व्यवसायीसँग समन्वय गरेर नयाँ भवनमा सेवा सञ्चालन गर्न उपसमिति गठन गरेर पहल गरिएको प्रमुख डा प्रधानले बताउए । ज्येष्ठ नागरिक, बालबालिका, महिला, पुरुष र शल्यक्रिया गरेका बिरामीका लागि छुट्टाछुट्टै उपचारकक्षको व्यवस्था गरिएको छ । अन्नपूर्ण गाउँपालिका–१ दोवाका अमृत गर्बुजाले नयाँ भवनमा सेवा पाउँदा सहज भएको बताए ।


    विसं २०७२ मा १५ बाट ५० शय्यामा स्तरोन्नति भएको बेनी अस्पताल विस्तारित क्षमताअनुसारको भवन निर्माणमा ढिलाइ हुँदा सेवा प्रवाहमा समस्या भएको थियो । पक्की भवन बनाउनका लागि २०७४ सालमा पुरानो बहिरङ्ग विभागको भवन भत्काएपछि अस्थायी भवन बनाएर सेवा सञ्चालन गरिएको थियो । तीनवटामध्ये प्रयोग गर्न मिल्ने भएको एउटा भवनलाई प्रयोगमा ल्याएको र बाँकी भवनलाई पूर्णता दिन ताकेता गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएकी जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले जानकारी दिइन् ।


    सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले अस्पताल भवन निर्माणका लागि निर्माण कम्पनी र सहरी विकास तथा भवन आयोजना बागलुङसँग २०७३ मङ्सिर २१ गते सम्झौता भएको थियो । रु १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता भएको योजना लक्ष्यअनुसार २०७६ मङ्सिर २० गते सम्पन्न हुनुपर्ने थियो । पञ्चानब्बे प्रतिशत भौतिक प्रगति भएको बेनी अस्पतालको भवन निर्माण यही भदौभित्र सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य रहेको आयोजना प्रमुख कृष्णकुमार मर्हजनले बताए ।


    चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको चारतले तीनवटामध्ये दुईवटा भवनको भित्री भाग पलास्टर र रङरोगन गर्न, विद्युत्, पानी जडान गर्न, झ्यालढोका र टायल राख्ने काम अन्तिम चरणमा पुगेको छ । अस्पताल प्रवेश गर्ने र बाहिरिने पाँच सय मिटर सडक प्रिमिक्स कालोपत्र गरिएको छ । भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्री छ । भवनको भुइँतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा आकस्मिक, प्रयोगशाला, रेडियोलोजी, पहिलो तलामा शल्यक्रिया कक्ष, बहिरङ्ग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ ।

    रासस

  • गाजामा दूषित पानी पिउन बाध्य परिवारहरू, स्वास्थ्य संकट बढ्दै

    गाजामा दूषित पानी पिउन बाध्य परिवारहरू, स्वास्थ्य संकट बढ्दै

    एजेन्सी
    १ भदौ, काठमाडौं । गाजाको केन्द्रमा रहेको मुवासी शिविरमा बसोबास गरिरहेका सयौं हजार विस्थापितहरू चर्को गर्मी, पानीको अभाव र रोगसँग जुधिरहेका छन् । बिहानै घाम चर्किनुअघि पानीको लाइनमा उभिन बाध्य आमाहरू धमिलो, प्रदूषित पानी लिएर फर्किन्छन् र त्यो नै आफ्ना साना छोराछोरीलाई पिउन दिन्छन् । “हामीसँग अर्को विकल्प छैन,” उनले भने, “यही पानीले हामी र हाम्रा छोराछोरी बिरामी भइरहेका छौं ।”

    यस प्रकारको अवस्था अहिले गाजाको सामान्य दिनचर्या बनेको छ । प्रत्येक थोपा पानी अत्यन्तै मोल हुने भएकोले मानिसहरू पिउने, पकाउने, धुने र नुहाउने कार्यका लागि पानीलाई बाँडीचुँडी प्रयोग गरिरहेका छन् । पानी ढुवानी गर्ने ट्रकहरू दुई–तीन दिनमा मात्र आउने भएकाले मानिसहरू धमिलो पानीको स्टक गर्दै बाँच्न संघर्ष गरिरहेका छन् । जब पानी आउँदैन, केही मानिसहरू समुद्रको पानी बोतलमा भरेर प्रयोग गर्न बाध्य हुन्छन् — जुन स्वास्थ्यका लागि झनै खतरनाक हुन्छ ।

    बाइस महिनायता इजरायलको आक्रमणपछि गाजामा पानीको पहुँच अत्यन्त सीमित भएको छ । ईन्धन र बिजुलीको आपूर्तिमा रोक, समुद्री पानी शुद्ध गर्ने केन्द्रहरूको बन्द अवस्थाले यो संकटलाई अझ चर्काएको छ । पानीका पाइपलाइनहरू नष्ट भएका छन्, इनफ्रास्ट्रक्चर बमबारीमा ध्वस्त छ र अधिकांश इनार अब पहुँचयोग्य छैनन् ।

    संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय ९युएनआरडब्लुए० का अनुसार अहिले गाजाका स्वास्थ्य केन्द्रहरूमा साप्ताहिक झन्डै १० हजार ३०० जना पानीजन्य संक्रमण ९विशेषगरी झाडापखाला० का बिरामीहरू उपचारका लागि पुगिरहेका छन् । युनिसेफले दिएको तथ्यांकअनुसार, फेब्रुअरीमा झाडापखालाको दर २० प्रतिशत मात्र थियो, जुन जुलाईमा बढेर ४४ प्रतिशत पुगेको छ — जसले बालबालिकामा निर्जलीकरणको खतरा बढाएको छ ।

    अहिले धेरै मानिसहरू गहिरो जमिनबाट निकालिएको खार पानी (नुनिलो र अशुद्ध) पिउन बाध्य छन्, जुन पहिले सफा गर्न वा खेतीपातीका लागि मात्र प्रयोग गरिन्थ्यो । गाजाको पानी सेवा प्रमुख मोन्थर शोब्लाकका अनुसार, उनीहरूले अस्पताल र नागरिकहरूलाई प्राथमिकता दिएर पानी बाँडिरहेका छन्, जसको अर्थ नाली र ढल सफा गर्न चाहिने पानी रोक्नु परेको छ । “खाना बिना केही दिन बाँच्न सकिन्छ, तर पानी बिना होइन,” शोब्लाकले बताए ।

    इजरायलले हालै केही पाइपलाइन पुनः जडान गरेको छ र एउटा शुद्धिकरण केन्द्रलाई बिजुली दिएको छ । साथै, संयुक्त अरब इमिरेट्सको सहयोगमा मिस्रको सीमामा बन्न लागेको नयाँ शुद्धिकरण केन्द्रबाट पानी आपूर्ति सुरु हुने आशा गरिएको छ । तर, मानवीय सहायता समूहहरूले चिन्ता व्यक्त गर्दै, यदि इजरायलले अझै नयाँ सैन्य कारबाही थाल्यो भने, विशेषगरी गाजा सहर र मुवासी क्षेत्रमा, पानी र सहायता पुनः अवरुद्ध हुन सक्ने बताएको छ । मुवासीको शिविरमा बसोबास गरिरहेका होस्नी शाहीन भने, “यो पानीले बच्चालाई पेट दुख्ने बनाउँछ । जब छोराछोरीलाई यो पानी दिनुपर्छ, हामी सुरक्षित छौं जस्तो लाग्दैन ।”

  • चीनका उच्च कूटनीतिज्ञ वाङले सीमा वार्ताका लागि आगामी हप्ता भारत भ्रमण गर्ने

    चीनका उच्च कूटनीतिज्ञ वाङले सीमा वार्ताका लागि आगामी हप्ता भारत भ्रमण गर्ने

    एजेन्सी
    १ भदौ, बेइजिङ । चीनका उच्च कूटनीतिज्ञले आफ्नो साझा सीमाका बारेमा वार्ताका लागि आगामी साता भारत भ्रमण गर्ने बेइजिङको विदेश मन्त्रालयले शनिबार जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले दिल्लीको निमन्त्रणामा सोमबारदेखि बुधबारसम्म चीन–भारत सीमा विवादमा २४औँ विशेष प्रतिनिधिको बैठकका लागि भारत भ्रमण गर्नुहुनेछ । हिउँले ढाकिएको, अग्लो हिमाली सीमा पार गरेर हुने दुई छिमेकीबीचको विगतको व्यापार सामान्यतया परिमाणमा सानो थियो, तर यसको प्रतीकात्मकताको लागि कुनै पनि पुनरुत्थान महत्त्वपूर्ण छ। सन् २०२० मा सीमावर्ती सेनाबीच भएको भीषण झडपपछि दुईदेशबीचको प्रत्यक्ष कारोबार बन्द भएको थियो ।

    भारतीय सञ्चारमाध्यमका अनुसार वाङले सोमबार नयाँ दिल्लीमा वार्ता गर्ने अपेक्षा गरिएको छ । उनले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्ने नयाँ दिल्लीको विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चिनियाँ विदेशमन्त्री वाङले जुलाईमा बेइजिङ भ्रमण गरेका भारतीय समकक्षी सुब्रमण्यम जयशंकरसँग पनि भेटवार्ता गर्नेछन् । यी दुई ठूला आर्थिक शक्तिबीच दक्षिण एसियामा रणनीतिक प्रभावका लागि लामो समयदेखि प्रतिस्पर्धा हुँदै आएको छ । यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी करवृद्धि गर्ने घोषणाका कारण विश्वव्यापी व्यापार र भूराजनीतिक उथलपुथलमा फसेपछि उनीहरू सम्बन्ध सुधार्न लागिपरेको देखिन्छ ।

    चिनियाँ र भारतीय अधिकारीहरूले हालैका हप्ताहरूमा दुई देशबीच सीमा व्यापार पुनः सुरु गर्ने विषयमा छलफल भइरहेको बताएका छन्। सिधा उडान पुनः सुरु गर्ने र पर्यटक भिसा जारी गर्ने सम्झौतालाई पनि उनीहरूको सम्बन्ध पुनर्निर्माणको प्रयासको एक भागको रूपमा हेरिएको छ।

  • कन्काई घाटमा अब विद्युतीय शवदाह गृह, दुई करोड ३० लाख लागतमा बन्यो संरचना

    कन्काई घाटमा अब विद्युतीय शवदाह गृह, दुई करोड ३० लाख लागतमा बन्यो संरचना

    १ भदौ, बनियानी । झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो । विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको रु दुई करोड, नगरपालिकाको रु २० लाख र विभिन्न दाताको रु १० लाख लगानी रहेको छ ।

    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विद्युतीय शवदाह गृह कनकाई नगरपालिकाले सञ्चालन गर्नेगरी प्रदेश सरकारसँग सम्झौता भएको जानकारी दिए । “शवदाह गृह सञ्चालनका लागि कार्यविधि नै बनाएका छौँ”, उनले भने , “एक साताभित्रै विधिवत रूपमा सञ्चालन गर्ने तयारी भइरहेको छ ।”

    कन्काई घाट व्यवस्थापन समितिका महासचिव एवं विद्युतीय शवदाह गृह पूर्वाधार निर्माण समितिका संयोजक गोपाल खरेलले भारतीय प्राविधिक टोलीले विद्युतीय शवदाह गृह निर्माणको काम सम्पन्न गरेर फर्किसकेको जानकारी दिए । गत साउन २७ गते परीक्षणका क्रममा झापा गाउँपालिका पन्थापाडाकी ८० वर्षीया हेमती राजवंशीको शव दहन गरिएको उनले बताए ।

    विद्युतीय शवदाह गृहबाट एउटा शव दहन हुन करिब ५० मिनेट लाग्ने उनले बताए । दाउराको प्रयोग गरेर शव दहन गर्दा तीनदेखि साढे तीन घण्टा लाग्ने उनले बताए । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷८२ मा ल्याएको बजेटमा कनकाई नदीमा स्थानीय तहको सहकार्यमा विद्युतीय शवदाह गृह निर्माणका लागि रु दुई करोड बजेट विनियोजन गरेको थियो ।

    निर्माण सम्पन्न भएसँगै कनकाई नदीमा विद्युतीय शवदाह गृह निर्माणका लागि स्थानीयस्तरबाट उठेको माग सम्बोधन भएको छ । विसं २०६७ मा स्थापना भएको कनकाई घाटमा हालसम्ममा पाँचवटा चितास्थल सञ्चालनमा छ । विद्युतीय शवदाह गृह सञ्चालनमा आएपछि दाहसंस्कारमा प्रयोग गरिने दाउरा र समयको बचत हुने छभने वातावरण संरक्षणमा पनि मद्दत मिल्ने जनाइएको छ । रासस