Category: समाचार

  • करेन्ट लागेर पिपरामा दम्पतिको निधन

    करेन्ट लागेर पिपरामा दम्पतिको निधन

    १ भदौ, राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–५स्थित पिपरामा विद्युत प्रवाह चुहावट (करेन्ट) भएर आज विहान एक दम्पतिको निधन भएको छ । निधन हुनेमा ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमलादेवी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

    उहाँका अनुसार कञ्चनरुप–५ पिपराका महेन्द्र सरदारले हात्तीबाट धानबाली जोगाउन विद्युतीय तार खुला (करेन्ट) छाडेका थिए । सोही खुला बिछ्याइएको तारमा परेर सरदार दम्पतीको निधन भएको थियो । उनीहरु आफ्नो घरदेखि करिब एक सय ५० मिटर पूर्वमा रहेको खेतमा जाँदै गरेका जनाइएको थियो । खेतमा जानेक्रममा क्रममा सरदार दम्पतीलाई त्यहाँ बिछ्याइएको तारमा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

  • युएई सरकारले दियो १२० नेपालीलाई आममाफी

    युएई सरकारले दियो १२० नेपालीलाई आममाफी

    १ भदौ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ । दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको हो ।

  • वैशाखदेखि हालसम्म नेपालमा विपद्का दुई हजार ८५३ घटना

    वैशाखदेखि हालसम्म नेपालमा विपद्का दुई हजार ८५३ घटना

    १ भदौ, काठमाडौं । गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर एक सय २६ जनाको निधन भएको छ । यस्तै पाँच सय ८५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर २३ जना बेपत्ता हुँदा पाँच हजार ४१ परिवार प्रभावित भएका छन् । देशभर बाढीका दुई सय १६, पहिरोका तीन सय १७, भारी वर्षाका दुई सय २१, चट्याङका दुई सय ४५, सर्पदंशका ७७ घटना घटेका छन् ।

    त्यसैगरी, आगलागीका एक हजार ११४, डढेलोका एक सय ५८, हुरीबतासका दुई सय ७७, जनावर आक्रमणका एक सय ७२, लेक लागेको ४६, भूकम्पका पाँच, डुङ्गा पल्टेर दुई, असिना हुरी र अन्यका एक–एकवटा विपद्का घटना घटेका छन् । प्राधिकरणका अनुसार साउन ३१ गते मात्र आगलागीका सात, बाढी एक, पहिरोका आठ, अविरल वर्षा चार, जनावर आक्रमणका तीन घटना घटेका छन् । विपद्मा परेर एक जनाको ज्यान गएको छ । अनुमानित क्षति रु ३८ लाख ४० हजार बराबर भएको छ । विपद्बाट प्रभावितको खोज, उद्धार र राहतका लागि एक सय ४० प्रहरी परिचालन गरिएको छ ।

  • कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा आज भारी वर्षाको सम्भावना

    कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा आज भारी वर्षाको सम्भावना

    १ भदौ, काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर बनेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । मधेसलगायत कोशी र बागमती प्रदेशका तराई र पहाडी भूभाग तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ । मधेसलगायत कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भाग र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा तराई भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई र पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

  • सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    १ भदौ, भरतपुर । सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको खनालले जानकारी दिए । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।

  • रसियाको कारखानामा भीषण आगलागी, मृतक संख्या ११ पुगेको पुष्टि

    रसियाको कारखानामा भीषण आगलागी, मृतक संख्या ११ पुगेको पुष्टि

    १ भदौ, काठमाडौं । रसियाको पश्चिमी रायजान क्षेत्रमा रहेको एउटा औद्योगिक कारखानामा लागेको आगलागीमा हालसम्म ११ जनाको ज्यान गएको र करिब १३० जना घाइते भएको रसियाली आपतकालीन व्यवस्थापन मन्त्रालयले शनिबार जानकारी दिएको छ । मन्त्रालयले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत जानकारी दिँदै भनेको छ, “मलबा हटाउने क्रममा थप दुई शव फेला परेको छ । यसरी कुल मृतकको संख्या ११ पुगेको पुष्टि भएको छ ।” यसअघि एउटा कुकुर टोलीले मलबाभित्र रहेका फसेका व्यक्तिको स्थान पत्ता लगाएर उद्धार गरेको थियो ।
    अहिलेसम्म घटना स्थलमा ३६० भन्दा बढी आपतकालीन कर्मचारी र ९० भन्दा बढी उपकरण परिचालन गरि खोजी र उद्धार कार्य जारी छ । आगलागी स्थानीय समय अनुसार बिहान १०ः३० बजे शिलोव्स्की जिल्लाको लेस्नोइस्थित उक्त कारखानाको उत्पादन कार्यशालामा शुरू भएको थियो । स्थानीय अनुसन्धान निकायहरूले यस घटनालाई औद्योगिक सुरक्षा नियमहरूको उल्लङ्घनको मामलामा हेरेर गम्भीर अनुसन्धान अगाडि बढाएका छन् ।

  • जेलेन्स्की ट्रम्पसँग भेट्न अमेरिका जाँदै, युद्धविराम प्राथमिकता

    जेलेन्स्की ट्रम्पसँग भेट्न अमेरिका जाँदै, युद्धविराम प्राथमिकता

    ३१ साउन, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी सोमबार अमेरिका भ्रमण गर्ने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनमा जारी ‘युद्ध तथा हिंसा’ अन्त्यका उपायहरूबारे महत्वपूर्ण छलफल गर्ने बताएका छन् । शनिबार जारी एक आधिकारिक वक्तव्यमा जेलेन्स्कीले भने, “म सोमबार वाशिङ्टन, डी.सी. मा राष्ट्रपति ट्रम्पसँग भेटघाट गर्नेछु र युद्ध तथा हत्या रोक्नका लागि आवश्यक सबै विषयमा विस्तृत छलफल गर्नेछु । यो सम्मानजनक निमन्त्रणा पाउँदा म हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।”

    उनले यसअघि ट्रम्पसँग प्रारम्भिक रूपमा भएका संवादहरूलाई ‘गम्भीर र फलदायी’ भएको उल्लेख गर्दै, पछिल्लो चरणमा युरोपेली नेताहरू पनि सहभागी भई वार्ता थप प्रभावकारी बनेको जानकारी दिए । यो भेटवार्ता अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा तीन दिनअघि सम्पन्न वार्तापछि तय गरिएको हो । अलास्काको बैठकमा अहिलेसम्म कुनै स्पष्ट युद्धविराम घोषणा वा ठोस सहमति भएको छैन ।

    राष्ट्रपति जेलेन्स्कीले युरोपेली साझेदारहरूलाई वार्ताका सबै चरणमा सहभागी गराउन आग्रह गर्दै, आफू ट्रम्प र पुटिनसँग त्रिपक्षीय वार्ताका लागि पूर्णतः तयार रहेको दोहो¥याए । “महत्वपूर्ण विषयहरू नेताहरूको तहमा सिधा छलफल गर्न आवश्यक छ,” उनले भने, “त्रिपक्षीय वार्ताको ढाँचा प्रभावकारी र उपयुक्त हुनेछ ।” उक्त उच्चस्तरीय भेटवार्ताबाट युक्रेन युद्ध अन्त्यका प्रयासहरूलाई गति मिल्ने र अन्तर्राष्ट्रिय शान्ति पहलमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

  • रवि लामिछानेलाई नक्खु कारागार ल्याइयो

    रवि लामिछानेलाई नक्खु कारागार ल्याइयो

    ३१ साउन, काठमाडौं । कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नक्खु कारागारमा सरुवा गरेको छ । अहिले साँझ उनलाई जहाजमार्फत त्रिभूवन विमानस्थल ल्याइएको र त्यहाँबाट नक्खु कारागार लगिएको विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले जानकारी दिए । कारागार सरुवाका लागि सभापति लामिछानले दिएको निवेदनका आधारमा हिजो विभागले नक्खु कारागार सार्ने निर्णय गरेको थियो । उक्त निर्णय विभागले हिजो राति नै रुपन्देही कारागारमा पठाएको थियो ।

    सोही आधारमा आज उहाँलाई कारागार सरुवा गरिएको जोशीले बताए । सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर उहाँलाई जहाजमार्फत त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थल र त्यहाँबाट आवश्यक सुरक्षा व्यवस्थाका साथ गाडीमा नक्खु लगिएको हो । लामिछानेलाई ल्याउन लागिएपछि समर्थक र कार्यकर्ता नक्खु कारागार क्षेत्र र विमानस्थल क्षेत्रमा उपस्थिति भएका थिए । भीड बढी भएकाले उहाँको सुरक्षालाई ध्यानमा राखेर विमानस्थल आयल निगमको बाटो भएर विमानस्थलबाट नक्खु लगिएको प्रहरीले जनाएको छ । रासस

  • पाकिस्तानमा बाढी र पहिरोको प्रकोपः ३२० को मृत्यु, हजारौँ प्रभावित

    पाकिस्तानमा बाढी र पहिरोको प्रकोपः ३२० को मृत्यु, हजारौँ प्रभावित

    ३१ साउन, कराँची । पाकिस्तानमा लगातारको भारी मनसुन वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण पछिल्लो ४८ घण्टामा कम्तीमा ३२० जनाको ज्यान गएको छ । सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको हो, जहाँ १८० जनाको मृत्यु भएको छ । पाकिस्तानअधीन कश्मीरमा नौ जना र गिलगित–बाल्टिस्तान क्षेत्रमा पाँच जनाको ज्यान गएको छ । बाढी र पहिरोका कारण महिलासहित धेरै बालबालिकाहरूको मृत्यु भएको छ । उद्धार कार्यका क्रममा मौसम खराबीका कारण प्रान्तीय सरकारको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटसहित पाँच जनाले ज्यान गुमाएका छन् ।

    सरकारले बुनर, बजौर, मानसेहरा र बट्टाग्राम जिल्ला ‘विपद् प्रभावित क्षेत्र’ घोषणा गरेको छ । स्थानीय बासिन्दाहरूले घटनालाई ‘प्रलय’ र ‘प्रलयको दिन’ सरह भयावह भएको बताएका छन् । पाकिस्तानको मौसम विभागले आगामी दिनमा झनै भारी वर्षा हुने चेतावनी दिँदै जोखिमयुक्त स्थानबाट टाढा रहन आग्रह गरेको छ । सरकारद्वारा शनिबारलाई शोकको दिन घोषणा गरिएको छ, जहाँ राष्ट्रिय झण्डा आधा झुकाइनेछ र मृतकहरूलाई राज्य सम्मानसहित अन्त्येष्टि गरिनेछ । जलवायु परिवर्तनका कारण पाकिस्तानमा यस्ता चरम मौसम घटनाहरू बढ्दो क्रममा छन् । यो वर्षको असामान्य मनसुनले अहिलेसम्म ५०० जनाभन्दा बढीको ज्यान लिइसकेको छ ।

  • युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प

    युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प

    ३१ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्काको एंकोरेजमा वार्ता गरेपछि युक्रेन युद्धविराम सम्बन्धी अन्तिम निर्णय युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हातमा रहेको बताएका छन् । फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफू, पुटिन र जेलेन्स्कीबीच चाँडै एक संयुक्त बैठक हुने जानकारी दिए । यद्यपि बैठकको मिति र स्थानबारे विस्तृत विवरण दिएका छैनन् ।

    “हामीसँग यसलाई पूरा गर्ने राम्रो सम्भावना छ,“ ट्रम्पले भने । उनले युरोपेली मुलुकहरूलाई पनि अलिकति संलग्न हुनुपर्ने उल्लेख गर्दै, तर अन्ततः यो जिम्मेवारी जेलेन्स्कीको रहेको बताए । यसअघि शुक्रवार, ट्रम्प र पुटिनबीच एंकोरेजस्थित संयुक्त बेस एल्मेन्डोर्फ–रिचार्डसनमा झण्डै तीन घण्टा लामो वार्ता भएको थियो । यो सन् २०२१ पछि दुई राष्ट्रपतिबीच भएको पहिलो प्रत्यक्ष भेटवार्ता थियो ।

  • सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

    सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

    ३१ साउन, बनियानी । सुनसरी कारागारको पर्खाल नाघेर भागेका एक जना फरार कैदी आज बिहान झापाको बिर्तामोडबाट पक्राउ परेका छन् । जबर्जस्ती करणी अभियोगमा सजाय भोगिरहेका खोटाङ दिप्रुङचुचुमा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेललाई बिर्तामोड नगरपालिका–१० स्थित विराटपोखरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । पौडेल गत साउन २८ गते सुनसरी कारागारबाट भागेका थिए । उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले बिराटपोखर क्षेत्रबाट लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

    पौडेललाई सुनसरी जिल्ला अदालतले जबर्जस्ती करणी कसुरमा १३ वर्ष कैद, रु पाँच लाख जरिवाना र रु ३० हजार क्षतिपूर्ति तिर्ने सजाय सुनाएको थियो । उनी सोही सजाय भोगिरहेका अवस्थामा कारागारबाट फरार भएका हुन् । पक्राउ परेका पौडेललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाउने तयारी भइरहेको प्रहरीले प्रनाउ खड्काले बताए ।

  • मनसुन कमजोर, छैन ठूलो वर्षाको सम्भावना

    मनसुन कमजोर, छैन ठूलो वर्षाको सम्भावना

    ३१ साउन, काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागलगायत बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज राति कोशी र सुदूरपश्चिम प्रदेशलागायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागलगायत बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • सर्लाहीमा गोली प्रहारबाट एक जनाको मृत्यु

    सर्लाहीमा गोली प्रहारबाट एक जनाको मृत्यु

    ३१ साउन, मलङ्गवा । सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । यादवलाई शुक्रबार साँझ आफ्नै घरको आँगनमा बसेर छरछिमेकीसँग गफ गरेर बसिरहेका बेला अज्ञात व्यक्ति आएर गोली प्रहार गरेका थिए ।

    मोटरसाइकल चढेर आएका मानिसले पेस्तोल निकालेर यादवको टाउकोमा गोली प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन् । गोली प्रहारबाट गम्भीर घाइते यादवको महोत्तरीको सोनामा गाउँपालिकास्थित पर्सा गाउँमा रहेको एक स्वास्थ्य संस्थामा मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।


    छरछिमेकीसहित समूहमा बसेर कुराकानी गरिरहेका बेला दुई जना अपरिचित मानिस आएर रामपुकार भनेको को भनी सोधेर नै गोली प्रकार गरेका एक स्थानीयले बताए । गोली प्रहार गर्ने व्यक्ति भाग्दै गर्दा हरिपुर्वा नगरपालिकाअन्तर्गत पर्ने बसन्तपुरमा दुर्घटनामा परेको थियो । जसमा एक जना फरार भएको छ भने अर्का घाईतेलाई प्रहरी निगरानीमा जनकपुरमा उपचार भइरहेको प्रहरी सर्लाहीका प्रहरी प्रवक्ता राईले जानकारी दिए ।

    घटनामा संलग्नहरूको पहिचान भइसकेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए । मृतक यादव यसअघि सर्लाही सदरमुकाम मलङ्गवाको निजी विद्यालयमा शिक्षण पेसामा आबद्ध भए पनि अहिले खेती किसानी गर्थे । उनले गाउँघरमा केही रकम ऋण लगानीसमेत गरेको स्थानीयहरूले जनाएको छ ।

  • आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

    आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

    ३१ साउन, काठमाडौं । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

    अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा सङ्लग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

    बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा मेला लाग्दछ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको नेपाल अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ ९इस्कोन०को कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ ।

    यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा रहेका श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।

  • ट्रम्प–पुटिन वार्ताको ऐतिहासिक क्षण : १० तस्वीरमा

    ट्रम्प–पुटिन वार्ताको ऐतिहासिक क्षण : १० तस्वीरमा

    ३१ साउन, अलास्का । अमेरिका र रूसबीच २०२५ अगस्ट १५ मा अलास्काको एंकोरेज सहरमा शिखर बैठक सम्पन्न भएको छ ।

    U.S. President Donald Trump, center right, meets with Russian President Vladimir Putin, center left, on Friday, Aug. 15, 2025, at Joint Base Elmendorf-Richardson, Alaska. (Sergei Bobylev, Sputnik, Kremlin Pool Photo via AP)

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बैठक ‘अत्यन्तै फलदायी’ भएको बताए । बैठकमा युक्रेन युद्ध समाधानका लागि अपेक्षित ठोस सहमति भने भइसकेको छैन ।

    (250815) — ANCHORAGE (U.S.), Aug. 15, 2025 (Xinhua) — U.S. President Donald Trump (R) addresses a joint press conference with Russian President Vladimir Putin after concluding their talks in Anchorage, Alaska, the United States, on Aug. 15, 2025.The talks, held at Joint Base Elmendorf-Richardson in the city of Anchorage, lasted about three hours. (Xinhua/Wu Xiaoling)

    वार्ता झन्डै तीन घण्टा चल्यो । वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही महत्वपूर्ण विषयमा सहमति भएको बताए ।

    (250815) — ANCHORAGE (U.S.), Aug. 15, 2025 (Xinhua) — Staff members make preparations at a press room ahead of a meeting between Russian President Vladimir Putin and U.S. President Donald Trump at Joint Base Elmendorf-Richardson in Anchorage, Alaska, the United States, on Aug. 15, 2025. (Xinhua/Wu Xiaoling)

    युद्धविराम वा अन्तिम समाधानसम्बन्धी ठोस निर्णय सार्वजनिक गरिएन ।

    President Donald Trump, right, speaks during a joint press conference with Russia’s President Vladimir Putin, left, at Joint Base Elmendorf-Richardson, Alaska, Friday, Aug. 15, 2025. (AP Photo/Jae C. Hong)


    राष्ट्रपति पुटिनले वार्तालाई आपसी सम्मान र रचनात्मक वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै युक्रेनको सुरक्षा सुनिश्चित गर्नु आवश्यक रहेको धारणा राखे ।

    President Donald Trump, right, stands with Russia’s President Vladimir Putin at the conclusion of a joint press conference at Joint Base Elmendorf-Richardson, Alaska, Friday, Aug. 15, 2025. (AP Photo/Jae C. Hong)

    उनले द्वन्द्वका ‘मूल कारणहरू’ समाधान नगरी स्थायी शान्ति सम्भव नहुने भन्दै युरोपेली मुलुकहरूलाई उक्साउने प्रयास नगर्न आग्रह गरे ।

    President Donald Trump, right, shakes the hand of Russia’s President Vladimir Putin during a joint press conference at Joint Base Elmendorf-Richardson, Alaska, Friday, Aug. 15, 2025. (AP Photo/Jae C. Hong)

    यद्यपि दुबै नेताले संवाद र समझदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रारम्भिक चरणको यो बैठक तत्कालिक उपलब्धिबिना टुंगिएको देखिएको छ।

    Russia’s President Vladimir Putin listens during a joint press conference with President Donald Trump at Joint Base Elmendorf-Richardson, Alaska, Friday, Aug. 15, 2025. (AP Photo/Jae C. Hong)
    President Donald Trump listens during a joint press conference with Russia’s President Vladimir Putin at Joint Base Elmendorf-Richardson, Alaska, Friday, Aug. 15, 2025. (AP Photo/Jae C. Hong)
    Russia’s Foreign Minister Sergey Lavrov and Secretary of State Marco Rubio talks before a news conference with President Donald Trump and Russia’s President Vladimir Putin at Joint Base Elmendorf-Richardson, Alaska, Friday, Aug. 15, 2025. (AP Photo/Julia Demaree Nikhinson)
  • अलास्कामा अमेरिका–रूस शिखर बैठक : वार्ता सकारात्मक, तर कुनै सम्झौता भएन

    अलास्कामा अमेरिका–रूस शिखर बैठक : वार्ता सकारात्मक, तर कुनै सम्झौता भएन

    एजेन्सी
    ३१ साउन, अलास्का । अमेरिका र रूसबीच २०२५ अगस्ट १५ मा अलास्काको एंकोरेज सहरमा सम्पन्न शिखर बैठकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अत्यन्तै फलदायी’ भएको बताए । तर युक्रेन युद्ध समाधानका लागि अपेक्षित ठोस सहमति भने हासिल हुन सकेन। झन्डै तीन घण्टा लामो वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही महत्वपूर्ण विषयमा सहमति भएको जनाए पनि युद्धविराम वा अन्तिम समाधानसम्बन्धी ठोस निर्णय सार्वजनिक गरिएको थिएन।

    राष्ट्रपति पुटिनले वार्तालाई आपसी सम्मान र रचनात्मक वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै युक्रेनको सुरक्षा सुनिश्चित गर्नु आवश्यक रहेको धारणा राखे । उनले द्वन्द्वका ‘मूल कारणहरू’ समाधान नगरी स्थायी शान्ति सम्भव नहुने भन्दै युरोपेली मुलुकहरूलाई उक्साउने प्रयास नगर्न आग्रह गरे । यद्यपि दुबै नेताले संवाद र समझदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रारम्भिक चरणको यो बैठक तत्कालिक उपलब्धिबिना टुंगिएको देखिएको छ।

  • रवि लामिछानेलाई कारागार सरुवा गरिने

    रवि लामिछानेलाई कारागार सरुवा गरिने

    ३१ साउन, काठमाडौं । कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा हाल रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार सरुवा गर्ने निर्णय गरेको छ । कारागार सरुवाका लागि निवेदन दिएका सभापति लामिछानेलाई आज नक्खु कारागार ल्याउने निर्णय गरिएको विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले राससलाई बताए ।

    उनका अनुसार उक्त निर्णयको पत्र आजै रुपन्देही कारागारमा पठाइएको छ । “कारागार सरुवाको निर्णय गरेर आजै पत्र पठाइसकेका छौँ”, “सूचना अधिकारी जोशीले भने, “सुरक्षाको आवश्यक प्रबन्ध गरेर सकेसम्म छिटै नक्खु ल्याइने छ ।”

  • चक्रे मिलन एक लाख १० हजार धरौटीमा रिहा

    चक्रे मिलन एक लाख १० हजार धरौटीमा रिहा

    ३० साउन, भक्तपुर । चक्रे मिलन भनेर चिनिने मिलन गुरुङ रु एक लाख १० हजार धरौटी बुझाएर रिहा भएका छन् । ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले आजै धरौटीमा छाड्न आदेश दिएको थियो । २०८१ भदौ १० गते मध्यपुर थिमि–२, दिव्यश्वरी प्लानिङस्थित तावा रेष्टुरेन्टमा मनिष रायमाझीमाथि खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले चक्रे मिलनलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

    यही साउन १५ गते जन्मदिन मनाइरहँदा काठमाण्डौँको महाराजगञ्जस्थित साम्बाला होटलबाट मध्यराती चक्रे मिलन पक्राउ परेका थिए । प्रहरीले उनलाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा प्रहरी वृत्त थिमिमार्फत सरकारी वकिलको कार्यालय भक्तपुरमा साउन २३ गते बयान गराएको थियो । आजै बकपत्र र थुनछेक बहस सकिएपछि अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।

  • लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

    लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

    रासस
    ३० साउन, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली प्रहार गरी लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ । लागुऔषध कारोवारमा संलग्न रहेका दुई जनालाई सुरुमा पक्राउ गरिएको र दुईजनाले प्रहरीमाथि ढुङ्गामुढा गरेर भाग्न खोज्दा उनीहरुमाथि दुई राउड गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिए । “लागुऔषधको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा दुई जनालाई पछ्याएका थियौँ तर त्यहाँ चार जना रहेछन्” उनले भने, । दुई जनालाई प्रहरीले पक्राउ गरेपछि बाँकी दुईजनाले प्रहरीमाथि ढुङ्गामुढा गरेर भाग्न खोजेपछि बाध्य भएर प्रहरीले गोली चलाएको प्रहरी उपरीक्षक घर्तीले बताए ।


    प्रहरीले नेपागञ्ज उपमहानगरपालिका– ५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज रुपैडियाका २० वर्षीय अजयकुमार र २० वर्षीय कात्र्तिक कुमारलाई पक्राउ गरेको हो । प्रहरीले कार्तिक कुमारको खुट्टामा गोली लागेको जनाएको छ । उनको दायाँ खुट्टामा गोली लागेको छ । लागुऔषध कारोवारीले प्रहार गरेको इँटा लागेर एकजना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

  • भारतीय दूतावासमा मनाइयो स्वतन्त्रता दिवस

    भारतीय दूतावासमा मनाइयो स्वतन्त्रता दिवस

    ३० साउन, काठमाडौं । काठमाडौँस्थित भारतीय दूतावासमा विभिन्न कार्यक्रम गरी भारतको ७९औँ स्वतन्त्रता दिवस मनाइएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै समारोहको शुभारम्भ गरिएको थियो । कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले ७९औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गरेको सम्बोधन प्रस्तुत गरियो ।


    त्यस अवसरमा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक कर्मचारीका श्रीमती र निकटतम नातेदारलाई सम्मान गरे । उनले रु छ करोड ४० लाखको एजीआइएफ (आर्मी ग्रुप इन्स्योरेन्स फण्ड) चेक हस्तान्तरण गरे । दूतावासले नेपालका सातै प्रदेश र २१ जिल्लामा रहेका ३९ शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गरेको छ । यस पहलले दुर्गम क्षेत्रका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउने विश्वास गरिएको छ ।

    कार्यक्रममा नेपालमा रहेका भारतीय समुदायका सदस्यका साथै दूतावासका अधिकारीहरू र उनीहरूका परिवारले उत्साहजनक सहभागिता रहेको थियो । यस अवसरमा दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौँका विद्यार्थीले देशभक्तिपूर्ण गीतमा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

  • प्रधानमन्त्री ओलीद्वारा मधेस प्रदेश प्रहरी कार्यालय भवन उद्घाटन

    प्रधानमन्त्री ओलीद्वारा मधेस प्रदेश प्रहरी कार्यालय भवन उद्घाटन

    ३० साउन, जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको नवनिर्मित प्रशासनिक भवनको आज एक समारोहबीच उद्घाटन गरेका छन् । मधेस प्रदेश सरकारको करिब रु २३ करोड १० लाख ४३ हजार ४०७ को लागतमा निर्माण भएको सुविधासम्पन्न उक्त भवनमा ६८ वटा कोठा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

    मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयले बहुवर्षीय योजनाअन्तर्गत सो भवन निर्माण गरेको हो । यसअघि आफ्नो भवन नभएकाले मधेस प्रदेश प्रहरी भाडाको घरमा बस्दै आएको थियो । जनकपुरधाम वडा नंं ४ स्थित नवनिर्मित भवन सञ्चालनमा आएपछि मधेस प्रदेश प्रहरीको कार्यक्षमतामा विस्तार हुने विश्वास प्रदेश सरकारको छ । तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले शिलान्यास गरेको सो भवन निर्माण गर्ने जिम्मेवारी पाएको शिवालय सुवेदी जेभीले तोकिएको समयसीमा भित्रै तयार गरेको थियो ।

  • कांग्रेस सबै जातजाति, भाषाभाषी एवं हरेक क्षेत्रका नागरिकको विश्वासको केन्द्रः सभापति देउवा

    कांग्रेस सबै जातजाति, भाषाभाषी एवं हरेक क्षेत्रका नागरिकको विश्वासको केन्द्रः सभापति देउवा

    ३० साउन, पाटन । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस सबै जातजाति, भाषाभाषी एवं हरेक क्षेत्रका नागरिकको विश्वासको केन्द्र भएको बताए । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित नेपाल राष्ट्रिय मगर सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सभापति देउवाले नेपाली कांग्रेस आफ्नो आर्दश, मूल्य र मान्यताअनुरुप राष्ट्रियता, लोकतन्त्र, समाजवादप्रति प्रतिबद्ध रहँदै आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको क्षेत्र एवं वर्गको सशक्तीकरणका लागि निरन्तर क्रियाशील रहेको बताए ।

    “देशको तेस्रो ठूलो जनसङ्ख्या भएको मगर जाति आदिवासी जनजाति समुदायअन्तर्गतको पनि सबैभन्दा ठूलो सङ्ख्यामा रहेको जाति हो, मगर समुदायलाई नेपाली कांग्रेससँग जोड्न तत्कालीन सभापति स्व गिरिजाप्रसाद कोइरालाले लोकतन्त्रवादी मगरलाई सङ्गठित बनाउन बलियो भ्रातृ संस्थाको आवश्यकतालाई महसुस गर्दै २०६४ सालमा नेपाल राष्ट्रिय मगर सङ्घ गठन गरिएको थियो”, सभापति देउवाले भने ।


    उनले नेपाल राष्ट्रिय मगर सङ्घले पार्टीका अन्य संस्थाभन्दा पहिले सङ्घीयताअनुरूप साङ्गठनिक संरचना निर्माण गरी दोस्रो महाधिवेशन गरेको विषय आफ्ना मेरो स्मरणमा रहेको उनको भनाइ थियो । “नेपाली कांग्रेसको नीति, विचार र सिद्धान्तलाई मगर समुदायमा पु¥याउन तथा मगर समुदायको आवाजलाई नेपाली कांग्रेसको आवाज बनाउन सङ्घले अझ बढी जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता छ,” उनले भने, “नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा बनेको प्रथम जननिर्वाचित सरकारले विसं २०१६ को बजेटमा पहिलो पटक क्षेत्रीय भाषालाई प्राथमिकता दिँदै प्राथमिक तहसम्म अध्ययन अध्यापनका लागि आवश्यक बजेट विनियोजन गरेर विभिन्न मातृभाषाको संरक्षण र सम्वद्र्धनको सुरुआत गर्नुभएको थियो ।”

    सभापति देउवाले मगरलगायत आदिवासी जनजातिको छुट्टै पहिचान दिने र सशक्तीकरण गर्न आफ्नै नेतृत्वमा रहेको सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान गठन गरेर बिपी कोइरालाले सुरुआत गरेको समावेशीकरणमा इँटा थप्ने काम गरेको बताए । उनले पार्टीभित्र पछाडि परेका जातजाति, क्षेत्र र लिङ्गको प्रतिनिधित्व सुनिश्चित गर्न नेपाली कांग्रेसले कर्णाली, दलित, महिला, जनजाति र मधेसी समुदायका अधिकार र सहभागिता सुनिश्चित गर्न ‘कदमजम’ अभियान अङ्गीकार गरी नेपाली कांग्रेसलाई देशकै समावेशी पार्टीका रुपमा विकास गरिएकामा जोड दिए ।


    “आदिवासी जनजाति समुदायमा सबैभन्दा धेरै जनसङ्ख्या रहेको मगर समुदाय पार्टी नेतृत्वमा थोरै प्रतिनिधित्व भइरहेको यस अवस्थामा अझ बढी प्रतिनिधित्व हुन सक्नेगरी नेतृत्व स्थापित गराउन मेरो सहयोग र समर्थन रहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु, नेपाली कांग्रेसकै नेतृत्वमा रहेको सरकारले निरंकुश राणा शासनविरूद्ध पहिलो पटक आवाज बुलन्द गरी सहादत प्राप्त गरेका लखन थापामगरलाई प्रथम सहिद घोषणा गरेको तथ्यलाई तपाईंहरूका बीचमा म राख्न चाहन्छु”, सभापति देउवाले भने ।

    उनले नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेस दृढ रहेको बताए । आजदेखि सुरु भएको नेपाल राष्ट्रिय मगर सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न हुने कार्यक्रम तय भएको छ ।

  • एमसिए–नेपालका दुई प्रसारण लाइन निर्माण सम्झौता

    एमसिए–नेपालका दुई प्रसारण लाइन निर्माण सम्झौता

    ३० साउन, काठमाडौं । संयुक्त राज्य अमेरिका सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न भएपछि नयाँ ऊर्जा र दुवै सरकारको साझा प्रतिबद्धताका साथ मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको छ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल ९एमसिए–नेपाल०ले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित कम्प्याक्टको विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा बिहीबार दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरेको छ ।

    एमसिए नेपालले प्रतिस्पर्धात्मक अन्तरराष्ट्रिय बोलपत्र प्रक्रियाबाट रातमाटे–नयाँ दमौली प्रसारण लाइनको निर्माण सम्झौता एञ्जेलिक–स्किपर संयुक्त उपक्रमसँग र नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माण सम्झौता वाइबा–सलासर संयुक्त उपक्रमसँग गरेको छ । संयुक्त लागत १५ दशमलव ४५ करोड अमेरिकी डलर रहेका यी सम्झौताअन्तर्गत एक सय ८० किलोमिटर लामो ४०० केभी प्रसारण लाइनहरूको डिजाइन, स्थापना, परीक्षण र सञ्चालनलगायतका काम हुनेछ । अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसिसीका कार्यवाहक उपाध्यक्ष, एमसिसी आवासीय राष्ट्रिय नियोगका प्रतिनिधि, अमेरिकी दूतावासका अधिकारीहरूको उपस्थितिमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र दुई कम्पनीका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गरे ।

    “यी सम्झौतामा हस्ताक्षर गरी एमसिसीले पारस्परिक प्राथमिकता र नेपालको विकास लक्ष्यहरूमा संयुक्त राज्य अमेरिकाको सहयोगलाई पुनःपुष्टि गरेको छ”, एमसिसीका कार्यवाहक उपाध्यक्ष जोन विङ्गलले भने, “नेपालमा बिजुलीको उपलब्धता र विश्वसनीयतामा सुधार गर्नुका साथै क्षेत्रीय विद्युत् व्यापार र अन्तरआबद्धता अभिवृद्धि गर्न नेपाली समकक्षीहरूसँग मिलेर काम गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ ।”

    अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष घनश्याम उपाध्यायले प्रसारण लाइन र सबस्टेशनहरू निर्माणसम्बन्धी नेपाल सरकारको योजनालाई कार्यान्वयन गर्न अमेरिकी सरकारबाट प्राप्त आर्थिक सहयोगको सराहना गर्नुहुँदै यस कार्यक्रमका लागि सरकारी सहयोग निरन्तर रहने बताए । “आज भएको निर्माण सम्झौता एउटा उपलब्धिमात्र नभई नेपालको विकास र समृद्धिप्रति संयुक्त राज्य अमेरिकाको स्थायी प्रतिबद्धताको मूर्त प्रतीक हो”, नेपालस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख जेसन मिक्सले भने, “यस साझेदारीमार्फत हामी विद्युत् प्रसारण लाइन र आर्थिक पूर्वाधारमात्र निर्माण गरिरहेका छैनौँ, नेपालको दीर्घकालीन विकासलाई पनि तीव्र पारिरहेका छौँ । एमसिसी कम्प्याक्ट नेपाल र संयुक्त राज्य अमेरिकाबीचको सहकार्यको आधारशिला हो । सम्पूर्ण नेपाली नागरिकलाई लाभान्वित गर्न सँगै अगाडि बढ्न पाउँदा गर्वको अनुभूति गरिरहेका छौँ ।”

    एमसिए–नेपालका कार्यकारी निर्देशक विष्टले कम्प्याक्टलाई अगाडि बढाउन अमेरिकी सरकारबाट भइरहेको निरन्तर सहयोग र पछिल्लो अनुमतिको सराहना गरिएको बताए । यस राष्ट्रिय गौरव आयोजनाप्रति नेपाल सरकार र सबै सरोकारवालाको साझा प्रतिबद्धता प्रतिविम्बित भएको छ । हामी दिगो सहकार्य गर्दै सफल कार्यान्वयनमा केन्द्रित रहेको उनको कथन छ ।

    एमसिसी नेपाल कम्प्याक्ट निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि सकारात्मक वातावरण निर्माण गर्दै नेपालको दीर्घकालीन आर्थिक विकासका लागि गरिएको ६९ करोड ७० लाख डलरको ऐतिहासिक लगानी हो । विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना कार्यान्वयन गरी महत्त्वपूर्ण पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार अभिवृद्धि र नेपालको यातायात सञ्जालमा सुधार गरेर अन्तरआबद्धता विस्तार गर्दै आर्थिक वृद्धिमा टेवा पुर्याउन एमसिसी नेपाल कम्प्याक्ट तयार गरिएको हो ।

  • टप एण्ड टी–२० सिरिजः नेपाल र नर्दर्न टेरिटोरी खेल्दै

    टप एण्ड टी–२० सिरिजः नेपाल र नर्दर्न टेरिटोरी खेल्दै

    ३० साउन, काठमाडौं । अस्ट्रेलियाको डार्विनमा जारी ‘टप एण्ड टी–२० सिरिज’को उद्घाटन खेल आज नेपाल र अस्ट्रेलियाली क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरबीच हुँदैछ । नेपाली समयअनुसार मरारा क्रिकेट मैदानमा आज अपराह्न २ः१५ बजे खेल सुरु हुनेछ ।

    ट्वान्टी–२० विश्वकप छनोटको तयारीस्वरूप पहिलोपटक यो प्रतियोगितामा नेपाल सहभागी भएको हो । प्रतियोगितामा आयोजक अस्ट्रेलियासहित अमेरिका, पाकिस्तानलगायत ११ देशका टोली प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता आगामी भदौ ८ गतेसम्म जारी रहने छ ।

  • पहिरोले कोदारी राजमार्ग अवरुद्धः छ सय ‘कन्टेनर’ सीमापारि

    पहिरोले कोदारी राजमार्ग अवरुद्धः छ सय ‘कन्टेनर’ सीमापारि

    ३० साउन, चौतारा । पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल बोकेका ६०० कन्टेनर मितेरीपुलपारि रोकिएका छन् । भोटेकोशी गाउँपालिका–२ इकुमा लेदोसहितको पहिरो खसेको १२ दिन भयो । पहिरो पन्छाउन नसक्दा सवारी साधनमात्र होइन पैदल हिँड्न पनि कठिन भएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले राससलाई बताए । करिब दुई किलोमिटर क्षेत्र पहिरोले ढाकेको छ ।

    कन्टेनरका सामान भरियालाई बोकाएर पहिरो कटाउन थालिएको जानकारी दिँदै उनले पहिरो पन्छाउने प्रयास सरकारीस्तरमा नभएको गुनासो गरे । यसैबीच, चरिकोटस्थि सडक डिभिजन कार्यालयका प्रमुख अमितकुमार श्रेष्ठले निरन्तर लेदो बगेर सडक अवरुद्ध भएको र त्यो रोकिना साथ भारी उपकरण प्रयोग गरेर बाटो खोलिने प्रतिबद्धता व्यक्त गरे ।

  • सुडानमा हैजाको भयावह प्रकोप : एक सातामै ४० जनाको मृत्यु

    सुडानमा हैजाको भयावह प्रकोप : एक सातामै ४० जनाको मृत्यु

    ३० असार, काठमाडौं । सुडानको दार्फुर क्षेत्रमा फैलिएको हैजा महामारीका कारण पछिल्लो एक सातामै कम्तीमा ४० जनाको ज्यान गएको छ । डाक्टर बिना सीमा ९एमएसएफ० का अनुसार, पछिल्ला केही वर्षयताकै यो सबैभन्दा गम्भीर हैजा प्रकोप हो । एमएसएफले जनाएको अनुसार, युद्धग्रस्त दार्फुर क्षेत्र महामारीबाट सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँका स्वास्थ्यकर्मीहरूले सात दिनको अवधिमा मात्रै दुई हजार ३०० भन्दा बढी बिरामीको उपचार गरेका छन् ।

    गत वर्षदेखि साउन २७ सम्म, देशभर हैजाका ९९ हजारभन्दा बढी शंकास्पद बिरामी दर्ता भएका छन्, जसमध्ये दुई हजार ४७० जनाले ज्यान गुमाइसकेका छन् । हैजा प्रदूषित खानेपानी मार्फत सर्ने रोग हो, जसमा अचानक पखाला र अत्यधिक कमजोरी देखिन्छ । समयमै उपचार नपाए केही घण्टामै ज्यान जाने खतरा रहन्छ । यद्यपि, यो रोग नुनपानी घोल र औषधिको सहायताले सजिलै नियन्त्रणमा ल्याउन सकिन्छ । तर, सुडानमा जारी द्वन्द्वका कारण लाखौँ मानिस विस्थापित भएका छन्, जसले शुद्ध खानेपानी र स्वास्थ्य सेवा पहुँचबाट वञ्चित भएकाले रोग फैलन सजिलो भएको एमएसएफले जनाएको छ ।

    उत्तरी दार्फुर राज्यको ताविला क्षेत्रमा करिब तीन लाख ८० हजार विस्थापित जनता अत्यन्तै कठिन अवस्थामा जीवन बिताइरहेका छन् । त्यहाँका प्रत्येक व्यक्तिका लागि दैनिक पानीको उपलब्धता केवल तीन लिटर रहेको छ, जुन आपतकालीन मापदण्ड अनुसार आवश्यक ७।५ लिटरभन्दा आधा हो । शिविरभित्र रहेका धेरैले फोहोर पानी पिउनु परेको छ, शौचालयको सुविधा छैन, बालबालिकाहरू खुला स्थानमा दिसा गर्न बाध्य छन् । यस्तै दुःखद अवस्थाले हैजा अझ तीव्र रूपमा फैलिरहेको छ ।

    विश्व स्वास्थ्य संगठन अनुसार, पछिल्लो डेढ वर्षमा सुडान हैजाबाट सबैभन्दा धेरै मृत्यु भएको देश बनेको छ । त्यहाँको मृत्यु दर २।१ प्रतिशत रहेको छ, जुन विश्व औसतभन्दा २।५ गुणा बढी हो । खार्तुममा नियमित सेनाले नियन्त्रण लिएको भए पनि हाल पुनः दार्फुर क्षेत्रमा भिडन्त चर्किएको छ । अर्धसैनिक बलहरू एल–फाशर शहर कब्जा गर्न खोजिरहेका छन्, जसले स्थिति झनै जटिल बनाएको छ ।

    एमएसएफले चेतावनी दिँदै भनेको छ,“अहिले हैजा केवल शिविरहरूमा मात्र सीमित छैन, यो दार्फुरका विभिन्न स्थान हुँदै छिमेकी देशहरू—चाड र दक्षिण सुडानसम्म फैलिइरहेको छ ।” सुडानका लागि एमएसएफ प्रमुख तुना तुर्कमेनले भन्नुभयो,“यो केवल आपतकालीन अवस्था होइन, महामारी नियन्त्रणभन्दा बाहिर गइसकेको छ । युद्धबाट बचेका नागरिकहरू रोकथाम गर्न सकिने रोगले मर्नु दुःखद हो ।”

  • काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

    काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

    ३० साउन, काठमाडौं । भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो जनधनको क्षति पु¥याएको छ । स्थानीय प्रशासनका अनुसार, किष्टवार जिल्लामा बिहीबार बिहान एकाएक बादल फाटेर आएको बाढीमा परी कम्तीमा ३७ जनाको ज्यान गएको छ, भने दर्जनौं घाइते भएका छन् । “समाचार अत्यन्तै पीडादायक छ,” काश्मीरका मुख्यमन्त्री ओमर अब्दुल्लाहले विज्ञप्तिमा उल्लेख गर्दै किष्टवारमा तीव्र वर्षाका कारण ठूलो क्षति पुगेको जानकारी दिनुभयो ।

    बाढीबाट प्रभावित व्यक्तिहरूलाई उद्दार गर्न प्रयास जारी छ । किष्टवारका जिल्ला आयुक्त पंकज कुमार शर्माले भन्नुभयो,“हामीले हालसम्म ३७ शव फेला पारिसकेका छौं र ३५ जना घाइतेको उद्धार गरिएको छ । अझै पनि केही व्यक्तिहरु हराइरहेका छन् ।” नजिकैको अथोली गाउँका एक स्थानीय बासिन्दा सुशील कुमारले एएफपीसँगको कुराकानीमा भन्नुभयो,“मैले आफ्नै आँखाले १५ जना मृतकहरूलाई अस्पतालमा ल्याइएको देखेँ ।” प्राकृतिक प्रकोपपछि उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ, किनभने बाढीपछिका निरन्तर वर्षाले बाटोहरू ध्वस्त बनाएका छन् ।
    घटनास्थल श्रिनगरबाट झण्डै २०० किलोमिटर टाढा रहेको कारण पनि उद्धार टोली पुग्न कठिन भइरहेको छ ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पीडितप्रति समवेदना व्यक्त गर्दै भन्नुभयो,“संकटको घडीमा पीडितहरूलाई सबै प्रकारको सहयोग प्रदान गरिनेछ ।” यसअघि, अगस्ट ५ मा उत्तराखण्ड राज्यको धाराली गाउँमा पनि बाढी र पहिरोको कारण ठूलो विनाश भएको थियो, जसमा ७० भन्दा बढीको ज्यान गएको आशंका गरिएको छ । प्रत्येक वर्ष मनसुनको समयमा भारतमा बाढी, पहिरो र वर्षा जन्य विपद् सामान्यझैँ देखिन्छन् । तर विज्ञहरूका अनुसार जलवायु परिवर्तन र अव्यवस्थित विकासका कारण यस्ता घटनाहरू पहिलेभन्दा धेरै गम्भीर र बारम्बार हुने गरेका छन् ।

    संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) ले गत वर्ष चेतावनी दिँदै भनेको थियो,“बढ्दो बाढी र खडेरीहरू जलवायु संकटको गहिरिँदो सङ्केत हुन्, र विश्वको जलचक्र पहिलेभन्दा अझ अनियमित बन्दै गएको छ ।”

  • गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब

    गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब

    ३० साउन, काठमाडौं । आर्थिक वर्ष २०८१\८२ मा सरकारको रु १५ खर्ब आठ अर्ब २३ अर्ब ११ करोड बराबर कुल खर्च भएको छ । आव २०८०\८१ मा कुल रु १४ खर्ब आठ अर्ब ७६ करोड बराबर खर्च भएको थियो । त्यसैगरी, चालुतर्फ ८५ दशमलव ९५ प्रतिशत अर्थात् रु नौ खर्ब ८० अर्ब ३८ करोड, पुँजीगततर्फ ६३ दशमलव दुई प्रतिशत अर्थात् रु दुई खर्ब २२ अर्ब ६८ करोड खर्च भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान समारोहमा गरिएको प्रस्तुतिअनुसार वित्तीय व्यवस्थातर्फ ८७ दशमलव ८७ अर्थात् रु तीन खर्ब २० अर्ब चार करोड बराबर खर्च भएको छ । विसं २०८१ को असार मसान्तको तुलनामा २०८२ असार मसान्तसम्म चालुतर्फ दुई दशमलव ९४ प्रतिशत बढी खर्च भएको हो ।

    यस्तै, पुँजीगततर्फ २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा १६ दशमलव १५ प्रतिशत बढी खर्च भएको छ । आव २०८१÷८२ मा वित्तीय व्यवस्थातर्फ ८७ दशमलव १४ प्रतिशत खर्च भएको छ । वार्षिक लक्ष्यको कुल ८१ दशमलव ८७ प्रतिशत खर्च भएको देखिएको छ । आव २०८१\८२ मा कर राजस्व वार्षिक लक्ष्यको ८१ दशमलव ७५ प्रतिशत र गैरकर राजस्व ९५ दशमलव ४५ प्रतिशत सङ्कलन भई कुल राजस्व सङ्कलन वार्षिक लक्ष्यको ८३ दशमलव शून्य छ प्रतिशत पुगेको छ । आव २०८०÷८१ मा कुल राजस्व रु १० खर्ब ३० अर्ब ३४ करोड सङ्कलन भएकामा यस वर्ष रु ११ खर्ब ७८ अर्ब ८२ करोड सङ्कलन भएको छ । अघिल्लो वर्षको तुलनामा १४ दशमलव ४१ प्रतिशत बढी हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको विवरणअनुसार अघिल्लो वर्षको तुलनामा कर राजस्व १३ दशमलव २५ प्रतिशत र गैरकर राजस्व २८ दशमलव आठ प्रतिशतले वृद्धि भएको हो । यस वर्ष कुल आयात रु १८ खर्ब चार अर्ब १२ करोड, निर्यात रु दुई खर्ब ७७ अर्ब तीन करोड बराबर भएको छ । कुल व्यापारघाटा रु १५ खर्ब २७ अर्ब नौ करोड बराबर भएको छ । अघिल्लो वर्षको तुलनामा आयात १३ दशमलव तीन प्रतिशत र निर्यात ८१ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ ।

  • मनसुन क्रमशः कमजोर हुँदै

    मनसुन क्रमशः कमजोर हुँदै

    ३० साउन, काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको बताएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र अन्य भागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेशका पहाडी तथा तराईलगायत वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध पनि गरेको छ ।

  • यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    ३० साउन, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४२, आलु रातो प्रतिकिलो रु ५१, आलु रातो (भारतीय) प्रतिकिलो रु ३२, आलु रातो (मुडे) प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो रु ३९, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४४, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु १००, काउली स्थानीय प्रतिकिलो रु १२०, काउली (ज्यापु) प्रतिकिलो रु १३०, काउली (तराई) प्रतिकिलो रु ११०, रातो मूला प्रतिकेजी रु ६०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु १०० र मकै बोडी प्रतिकिलो रु ९० कायम भएको छ ।

    यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राज्मा) प्रतिकिलो रु १५०, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १००, तीतो करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ८०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ५०, घिरौला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो ९लाम्चो० प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, सलगम प्रतिकिलो रु ७०, भिण्डी प्रतिकिलो रु ७० कायम गरिएको छ ।

    त्यसैगरी, पिँडालु प्रतिकिलो रु ७०, स्कूस प्रतिकिलो रु ४०, रायोसाग प्रतिकिलो रु ९०, पालुङ्गो साग प्रतिकिलो रु ८०, तोरीको साग प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४१०, कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकिलो रु ९० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु २५०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु २००, रातो बन्दा प्रतिकिलो रु ३८०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु १३००, सौफको साग प्रतिकिलो रु १६०, पुदिना प्रतिकिलो रु गान्टेमुला प्रतिकिलो रु ९०, इमली प्रतिकिलो रु १९०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेकोे छ ।

    समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १५०, अनार प्रतिकिलो रु ४००, आँप (चोसा) प्रतिकिलो रु २२०, सुन्तला (भारतीय) प्रतिकिलो रु ३५०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुखकटहर प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु ९०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ५५, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु २५० र लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ४०० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

    यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ५०, खुर्सानी हरियो माछे प्रतिकिलो रु ७०, खुर्सानी अकबरे प्रतिकिलो रु २५०, भेडे खुर्सानी प्रतिकिलो रु १२०, लसुन हरियो प्रतिकिलो रु १२०, हरियो धनियाँ प्रतिकिलो रु ३००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १३०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।