काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंको बल्खुमा प्रदर्शन गर्दैछ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले राप्रपालाई बल्खुमा प्रदर्शन गर्न ठाउँ तोकेको हो। उता, शिक्षकसहित विभिन्न समूहको आन्दोलन समेत काठमाडौंमा जारी छ । यसले आज दिनभर काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनाउने छ । राप्रपाले बिहान साढे ११ बजे बल्खुमा सभाको तयारी गरेको छ। राप्रपा अध्यक्ष… Continue reading राप्रपासहित विभिन्न समूहको आन्दोलनले काठमाडौंको ट्राफिक अस्तव्यस्त हुँदै
Category: समाचार
आज राजावादीको आन्दोलन, सुरक्षा व्यवस्था चुस्त
काठमाडौं । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको माग राख्दै आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंको बल्खुमा सभा आयोजना गरेको छ । आज दिउँसो ११ बजेदेखि जुलुस सुरु हुने र १२ बजेदेखि सभा सुरु गर्ने तयारी पार्टीले गरेको छ । ११ बजेदेखि कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट जुलुस निस्किने भएको छ । सभामा… Continue reading आज राजावादीको आन्दोलन, सुरक्षा व्यवस्था चुस्त
रुपन्देहीमा पिकअप भ्यान दुर्घटना, दुई जनाको मृत्यु
२६ चैत, काठमाडौं । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । अन्य २२ जना घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु१च २७६३ नम्बरको पिकअप भ्यान पल्टिँदा गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८… Continue reading रुपन्देहीमा पिकअप भ्यान दुर्घटना, दुई जनाको मृत्यु
पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार
म्याग्दी, २६ चैत । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् सुविधा विस्तार भएको छ । समुद्री सतहबाट तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा हिमाल, सूर्योदय, जङ्गल, पहाडी भूगोलको दृष्यावलोकन गरी प्रकृतिमा रमाउन आउने पर्यटकको सुविधाका लागि नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले विद्युत् सुविधा विस्तार गरेको हो । पर्यटकको सहजताका लागि पदमार्ग उज्यालो बनाउन,… Continue reading पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार
रवि लामिछाने कारागार चलान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कारागार चलान भएका छन् ।दुई दिन जिल्ला प्रहरी कार्यालय, रूपन्देहीको हिरासतमा राखिएका लामिछाने आज जिल्ला कारागार चलान भएका हहुन् । सोमबार बिहान जिल्ला अदालत पेस गरेर आवश्यक प्रक्रिया पूरा गरिएपछि उनलाई कारागार चलान गरिएको हो । अदालत पेस गरेपछि… Continue reading रवि लामिछाने कारागार चलान
हिउँपहिरोमा परेर दुई जना बेपत्ता
काठमाडौं । म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट ट्रेकिङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले जानकारी दिए । आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाडौंबाट उद्धारको टोलीलाई हेलिकप्टरमार्फत… Continue reading हिउँपहिरोमा परेर दुई जना बेपत्ता
प्रधानमन्त्रीले भेटे हर्क साम्पाङ, धरानमा खानेपानी आयोजना सुरु गर्ने आश्वासन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको जानकारी गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) सहितको प्रतिनिधिमण्डल भेट्न पुगेका थिए । भेटमा धरानवासीलाई खानेपानी पुर्याउने प्रक्रिया अघि बढेको बारे प्रधानमन्त्रीले जानकारी गराएको उनको सचिवालयले जनाएको छ । ‘धरानवासीले खानेपानी पिउन… Continue reading प्रधानमन्त्रीले भेटे हर्क साम्पाङ, धरानमा खानेपानी आयोजना सुरु गर्ने आश्वासन
सडकमा मापदण्ड विपरीतका सवारी सञ्चालनमा रोक लगाउने तयारी
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारीसाधन सञ्चालनमा रोक लगाउने तयारी भइरहेको बताएका छन् । सोमबार मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरूसँगको छलफलमा उनले नियम विपरीत सञ्चालनमा रहेका सवारीसाधन सञ्चालनमा रोक लगाउन सडक तथा यातायात विभागले मात्र सम्भव नहुने भएकाले गृह मन्त्रालयसँग समेत समन्वय गरिने बताए । सडक… Continue reading सडकमा मापदण्ड विपरीतका सवारी सञ्चालनमा रोक लगाउने तयारी
माल्टामा नेपाल महोत्सव आयोजना हुँदै
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाको आयोजनामा मे १४ मा नेपाल महोत्सव हुने भएको छ । नेपाली नव वर्ष २०८२ को अवसर पारेर गर्न लागिएको नेपाल महोत्सवमा नेपाली कला संस्कृति झल्काउने विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ। ‘नेपाललाई विश्व सामु चिनाऔुं भन्ने अभियानका साथ कला, संस्कृति, पर्यटन प्रवर्द्धन अनि नेपाल र माल्टा बीचको संस्कति… Continue reading माल्टामा नेपाल महोत्सव आयोजना हुँदै
पूर्वउपराष्ट्रपति पुन माओवादी उपाध्यक्षमा मनोनित, सामाजिक सञ्जालमा तिव्र आलोचना
काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा मनोनित भएका छन् । पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षमा एकैपटक मनोनित गरिएको स्रोतले बताएको छ । माओवादी केन्द्रको १८ र १९ चैमा बसेको पदाधिकारी बैठकले उनलाई उपाध्यक्षमा मनोनित गरेको बताएको छ । पुन दुई कार्यकाल उपराष्ट्रपति बनेका थिए । पछिल्दो समय… Continue reading पूर्वउपराष्ट्रपति पुन माओवादी उपाध्यक्षमा मनोनित, सामाजिक सञ्जालमा तिव्र आलोचना
रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल
काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । आइतबार दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएको उनको राति पौने ८ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । रिसालले शरीर दान गरेकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिइएको छ । ९७ वर्षीय पाका पत्रकार रिसाल पञ्चायतकालदेखि पत्रकारितामा सक्रिय थिए । राष्ट्रिय समाचार समितिमा… Continue reading रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल
मनास्लु क्षेत्रको भ्रमणमा पुगेका बेलायती पर्यटकको मृत्यु
काठमाडौं । लार्के पास पार गर्न मनास्लु क्षेत्र पुगेका एक बेलायती पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायतका नागरिक ६१ वर्षीय थोम्सन आयन रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिएका छन् । डीएसपी सुवेदीका अनुसार लार्के पास गर्ने क्रममा आइतबार बिहान करिब १० बजे चुमनुव्री गाउँपालिका–१ लार्केमा उनी… Continue reading मनास्लु क्षेत्रको भ्रमणमा पुगेका बेलायती पर्यटकको मृत्यु
लेखा व्यवसायीको राष्ट्रिय सम्मेलन मंगलबारदेखि
काठमाडौं । लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि सुरु हुने भएको छ । ‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरण मार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नारासाथ लेखा व्यवसायीको सम्मेलन आयोजना हुन लागेको आयोजक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले जानकारी दिएको छ । कार्यक्रम अवधिभर लेखा व्यवसायी, नीति निर्माता, शिक्षाविद्, उद्योगी तथा विद्यार्थीमाझ कर प्रणाली तथा सार्वजनिक… Continue reading लेखा व्यवसायीको राष्ट्रिय सम्मेलन मंगलबारदेखि
इजरायली सेनाले गाजामा १५ स्वास्थ्थकर्मीको हत्या गरेको चिहानमा रहेको मोवाइलबाट पुष्टी
इजरायली सेनाले २३ मार्चमा दक्षिणी गाजामा १५ जना आपत्कालीन सेवाका स्वास्थ्यकर्मीहरूको हत्या गरेको खुलेको छ । सेनाले सो बारे आफ्ना सैनिकले गल्ती गरेको स्वीकार गरेको बीबीसीले जनाएको छ । प्यालेस्टिनी रेड क्रेस्सेन्ट सोसाइटी पीआरसीएसका एम्बुलेन्सका लस्करहरू, संयुक्त राष्ट्रसङ्घको कार र गाजाको सिभिल डिफेन्सको दमकल रफाहा नजिकै गोलाबारीमा परेका थिए। इजरायलले सुरुमा गाडीका लस्करहरू हेडलाइट वा… Continue reading इजरायली सेनाले गाजामा १५ स्वास्थ्थकर्मीको हत्या गरेको चिहानमा रहेको मोवाइलबाट पुष्टी
बीबीसीको खुलासा : अफगानिस्तानबाट ५ लाख हतियार गायब
काठमाडौं । अफगानिस्तानबाट पाँच लाख थान अमेरिकी हतियार गायब भएको बीबीसीले एक विशेष खुलासा गरेको छ । सूत्रलाई उद्धृत गर्दै बीबीसीले भनेको छ– ती हतियार बिक्री वा तस्करी भएको छ । संयुक्त राष्ट्रसंघका केही अधिकारीका अनुसार गायब भएकामध्ये केही हतियार अलकायदासँग सम्बन्धित चरमपन्थी संगठनसम्म पुगेको आशंका छ । तालिबानले सन् २०२१ मा अफगानिस्तानलाई फेरि नियन्त्रणमा… Continue reading बीबीसीको खुलासा : अफगानिस्तानबाट ५ लाख हतियार गायब
आज रामनवमी, देशभर सार्वजनिक बिदा
काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौं अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको… Continue reading आज रामनवमी, देशभर सार्वजनिक बिदा
अर्घाखाँचीमा जिप दुर्घटना : कम्तिमा २ जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा जिप दुर्घटनामा परी कम्तिमा २ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । जिल्लाको मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप दुर्घटना हुँदा दिलिप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु मालारानी ४… Continue reading अर्घाखाँचीमा जिप दुर्घटना : कम्तिमा २ जनाको मृत्यु
सगरमाथा संवादमा मोदी नआउने निश्चित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने स्वयमःले जानकारी गराएका छन् । शनिबार थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा ओलीले यसबारे जानकारी गराएका हुन् । ओलीले हिजो (शुक्रबार) मात्रै मोदीसँग बैंककमा भेटवार्ता गरेका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले आगामी जेठमा हुने सगरमाथा संवादमा आउन मोदीलाई… Continue reading सगरमाथा संवादमा मोदी नआउने निश्चित
रास्वपाको ‘जनयात्रा’ आजबाट सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘जनयात्रा’ शुभारम्भ गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार शनिबार चितवनबाट जनयात्रा कार्यक्रमको शुभारम्भ गरेको हो । पार्टीका उपसभापति, सांसद, केन्द्रीय सदस्य लगायतले भरतपुर– १० को गेष्ट हाउस चौरमा एकमुष्ट रुपमा जनयात्रा शुभारम्भ गरेका हुन् । उनीहरूले घण्टी बजाएर जनयात्रा शुभारम्भ भएको घोषणा गरे । आजको… Continue reading रास्वपाको ‘जनयात्रा’ आजबाट सुरु
पदयात्रामा गएका चिनियाँ नागरिक मृत फेला
काठमाडौं । पदयात्राका क्रममा कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरोमा परी बेपत्ता भएका २८ वर्षीय चिनियाँ नागरिक ई–चेङ युआनको १३ दिनपछि आज शव फेला परेको छ । सशस्त्र प्रहरी बल कालिका गण पोखराको विशेष विपद् उद्धार टोलीले आज बिहान देउराली चुमरुङस्थित मोदी नदी किनारबाट २० मिटर उत्तरतर्फ उनको शव फेला पारेको कालिका गणका गणपति प्रहरी… Continue reading पदयात्रामा गएका चिनियाँ नागरिक मृत फेला
मोरङमा मोटरसाइकल दुर्घटना : दम्पत्तिको ज्यान गयो
काठमाडौं । मोरङको रतुवामाइमा मोटरसाइकल दुर्घटना हुँदा दम्पत्तिको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार राति १० बजे रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा को ९ प ७२९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । आमबारीबाट उर्लाबारीतर्फ जाँदै मोटरसाइकल आफैं अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको थियो… Continue reading मोरङमा मोटरसाइकल दुर्घटना : दम्पत्तिको ज्यान गयो
चैते दशैं आज, देशभर मनाइदै
काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् ।… Continue reading चैते दशैं आज, देशभर मनाइदै
रविलाई पक्रन प्रहरी बेडरुममै पुगेपछि रास्वपा आक्रामक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पक्राउ पुर्जी नलिएरै प्रहरी पक्राउ गर्न गएसँगै रास्वपा आक्रोसित बनेको छ । उच्च अदालतको आदेशपछि शुक्रबार राति लामिछानेको घरमा पुगेको प्रहरी टोलीले बेडरुममै पुगेर पक्राउ पुर्जी लेखेको बताउँदै रास्वपाले त्यसलाई अनौठो अभ्यास भएको बताएको छ । सभापति लामिछाने पक्राउ परेपछि शुक्रबार राति भर्चुअल रुपमा बसेको केन्द्रीय… Continue reading रविलाई पक्रन प्रहरी बेडरुममै पुगेपछि रास्वपा आक्रामक
अदालतको आदेशको सम्मान गर्छु : रवि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले अदालतको सम्मान गर्दै आजै गिरफ्तारी दिन लागेको बताएका छन् ।उनलाई पक्राउ गर्न प्रहरीको टोली उनको निवासमा पुगिसकेको छ । शुक्रबार उच्च अदालत बुटवलको तुलसीपुर इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको थियो । ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिँदैछु,’… Continue reading अदालतको आदेशको सम्मान गर्छु : रवि
पश्चिम नेपालमा भूकम्पको धक्का, क्षतिको विवरण आउँदै
काठमाडौं । शुक्रबार जाजरकोटमा ३ मिनेटको फरकमा दुई पटक भूकम्प गएको छ । शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युड र ८ बजेर १० मिनेटमा ५.५ म्यानिच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् डा. लोकविजय अधिकारीले बताएका छन् । उनका अनुसार पोहोर जाजरकोटमा गएको भूकम्पकै अवशेष भए पनि पछि ठूलो जोखिम… Continue reading पश्चिम नेपालमा भूकम्पको धक्का, क्षतिको विवरण आउँदै
उच्च अदालतले रविलाई थुनामा पठाउन दियो आदेश
काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई… Continue reading उच्च अदालतले रविलाई थुनामा पठाउन दियो आदेश
प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच बैंककमा भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सकमक्षी नरेन्द मोदीले थाइल्यान्डको बैंककमा भेटवार्ता गरेका छन् । शुक्रबार भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले समकक्षी ओलीसँगको भेटवार्ता फलदायी रहेको प्रतिक्रिया दिएका छन् । आफ्नो सामाजिक सञ्जालमा मोदीले नेपाली भाषा प्रयोग गरेर लेख्दै उक्त टिप्पणी गरेका हुन् । ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो,’ मोदीले भनेका छन्,… Continue reading प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच बैंककमा भेटवार्ता
थाइल्याण्डका व्यवसायीसँग प्रधानमन्त्रीले भने : नेपाल लगानीका लागि उर्बर भूमी हो
काठमाडौं । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका उद्यमी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्त्यहाँका व्यवसायीसँग बिहीबार बैङ्ककमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपाल लगानीका लागि उर्वर भूमि भएको उल्लेख गर्दै नेपालमा लगानी गर्न आग्रह गरे । नेपाली व्यवसायी प्रतिनिधिमण्डलसमेत सहभागी भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले थाई व्यवसायीलाई नेपालमा लगानीमैत्री वातावरण निर्माणका… Continue reading थाइल्याण्डका व्यवसायीसँग प्रधानमन्त्रीले भने : नेपाल लगानीका लागि उर्बर भूमी हो
ओली र मोदीबीच आज थाइल्याण्डमा भेटवार्ता, डिनर मिटिङमा सँगै देखिए
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ । यसअघि बिहीबार साँझ बिमस्टेक सम्मेलनअगाडि बैंककमा आयोजना गरिएको डिनरमा उनीहर सँगै देखिएका छन् । मोदीको अर्को छेउमा बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस बसेका थिए । मोदीसँग ओली र युनुसको पछिल्लोपटक सत्तासिन भएपछिको भेटको सन्दर्भ उत्तिकै दुर्लभ देखिएको छ… Continue reading ओली र मोदीबीच आज थाइल्याण्डमा भेटवार्ता, डिनर मिटिङमा सँगै देखिए
विश्व बैंकको अनुमान : आर्थिक वृद्धिदर ४.५ प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने अनुमान विश्व बैंकले गरेको छ । आर्थिक आघातबीच नेपालको अर्थतन्त्र उत्थानशील रहने समेत विश्व बैंकले भनेको छ । ‘नेपाल डेभलपमेन्ट अपडेट’ को अप्रिल अडिसन सार्वजनिक गर्दै विश्व बैंकले यस आवमा आर्थिक वृद्धिदर बढ्ने अनुमान गरेको हो । अघिल्लो आव नेपालको अर्थतन्त्र ३.९… Continue reading विश्व बैंकको अनुमान : आर्थिक वृद्धिदर ४.५ प्रतिशत