संसदको वर्षे अधिवेशन अन्त्य गर्ने घोषणा

काठमाडौं । सरकारले संघीय संसदको वर्षे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले भोलि सोमबार राति १२ बाट वर्षे अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति समक्ष सिफारिस गरेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । संघीय संसदको चालू अधिवेशन गत वैशाख २८ गते सुरु भएको… Continue reading संसदको वर्षे अधिवेशन अन्त्य गर्ने घोषणा

१६ मंसिरमा उपनिर्वाचन गर्ने घोषणा

काठमाडौं । सरकारले स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले १६ मंसिरमा उपचुनाव गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगका अनुसार तीन पालिका प्रमुखसहित ३९ पद रिक्त छ । काठमाडौंको कीर्तिपुर नगपालिका तथा मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकाको प्रमुख पद रिक्त छ । दोलखाका गौरीशंगर,… Continue reading १६ मंसिरमा उपनिर्वाचन गर्ने घोषणा

बहुवर्षीय स्रोत सहमति विवरण उपलब्ध गराउन अर्थको ताकेता

काठमाडौं । अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी दायित्वको यकिन विवरण उपलब्ध गराउन मन्त्रालयहरूलाई ताकेता गरेको छ ।विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयका सचिवहरूसँग बैठक गरी अर्थले स्रोत सुनिश्चत भएका र स्रोत सुनिश्चित नभएका बहुवर्षीय ठेक्का दायित्वको यकिन विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । त्यसैगरी अर्थ मन्त्रालयले भुक्तानी गर्नुपर्ने दायित्वको विवरण उपलब्ध… Continue reading बहुवर्षीय स्रोत सहमति विवरण उपलब्ध गराउन अर्थको ताकेता

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ । मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा… Continue reading पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपालमा सुनको मूल्यले राख्यो कीर्तिमान, कारण अमेरिकी नीति

काठमाडौं । सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको छ । शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ थियो । अमेरिकाकाको… Continue reading नेपालमा सुनको मूल्यले राख्यो कीर्तिमान, कारण अमेरिकी नीति

ताप्लेजुङमा भूकम्पको धक्का महसुस

काठमाडौं । ताप्लेजुङमा भूकम्प गएको छ । शनिबार राति ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको ल्होनाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प भएको थियो ।

मनसुनको आंशिक प्रभाव, कहाँ कस्तो छ अवस्था

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम-बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित… Continue reading मनसुनको आंशिक प्रभाव, कहाँ कस्तो छ अवस्था

साना डिजिटल निःशूल्क गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्न पहल गर्ने बताएका छन् । पछिल्लो समय मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले सानो कारोबार निःशुल्क गर्न पहल गर्ने बताएका हुन् । यस विषयमा आफूलाई नागरिकले फेसबुकमार्फत जानकारी गराएको बताउँदै प्रधानमन्त्री ओलीले सम्बन्धित अधिकारीसँग छलफल… Continue reading साना डिजिटल निःशूल्क गर्ने प्रधानमन्त्रीको घोषणा

मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालबाट ट्रक खस्यो

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल भन्ने ठाउँबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालका अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको हो । ट्रक त्रिशूली नदीमा पुग्नबाट भने जोगिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ यसअघि, असार २८ गते… Continue reading मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालबाट ट्रक खस्यो

बुढानिलकण्ठमा खुल्यो पाँचतारे होटेल लेमन ट्री, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको बुढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटल लेमन ट्रि प्रिमियरको उद्घाटन गरेका छन् । साढे दुई अर्ब लगानीमा पाँच वर्षमा निर्मित सो एक सय दुई शैय्यायुक्त होटलको प्रधानमन्त्री ओलीले शनिबार आयोजित कार्यक्रमबिच उद्घाटन गरेका हुन् । होटलले नेपालको समृद्धि र विकासको यात्रामा टेवा दिन सक्ने अपेक्षा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले पर्यटनलाई… Continue reading बुढानिलकण्ठमा खुल्यो पाँचतारे होटेल लेमन ट्री, प्रधानमन्त्रीले गरे उद्घाटन

उपसभामुखलाई हटाउनु हुँदैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन नहुने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उनले बालबालिकाको उन्नयनका खातिर निःस्वार्थ सेवा गरेकी जनजाति महिलालाई पदबाट हटाउन उपयुक्त नहुने धारणा व्यक्त गरे । जनजाति तथा बालबालिकाका क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेकी उनलाई हटाउनु उचित हुँदैन, यसबाट… Continue reading उपसभामुखलाई हटाउनु हुँदैन : प्रचण्ड

बाल दिवस आज मनाइँदै

काठमाडौं । ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज ६० औँ राष्ट्रिय बाल दिवस मनाइँदै छ । अघिल्लो वर्ष पनि बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै यही नाराका साथ दिवस मनाइएको थियो । तर बालबालिकाको क्षेत्रमा सोचेअनुसार लगानी हुन नसकेको बालअधिकारकर्मीहरुले बताएका छन् । तीनै तहका सरकारले बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्नेमा अधिकारकर्मीहरुको… Continue reading बाल दिवस आज मनाइँदै

रास्वपा केन्द्रिय समिति बैठक बस्दै, के छन् एजेण्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने रास्वापाले जनाएको छ । पार्टीका कार्यबहाक प्रवक्ता मनिष झाका अनुसार बैठकमा विभिन्न ९ वटा एजेन्डामा छलफलको तयारी गरिएको छ । समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधि, राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम, रिपोर्टका… Continue reading रास्वपा केन्द्रिय समिति बैठक बस्दै, के छन् एजेण्डा

आज कस्तो रहनेछ मौसम ?

काठमाडौं । आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्ज–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । विभागका अनुसार… Continue reading आज कस्तो रहनेछ मौसम ?

क्यानडामा अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं । नेपालले अभ्यास खेलमा क्यानडाको एचपी जागर्सलाई ६६ रनले हराएको छ । जितको लागि २४८ रनको लक्ष्य पछ्याएको जागर्स ३९ ओभरमा १८१ रनमा अल आउट भयो । उसका लगि अजयविर सिंहले ७५ बलमा ७ चौका र १ छक्कासहित ५५, नदिम मजिर २९ र अनुप चिमाले १९ रन बनाए । नेपालका स्पिनर ललित नारायण राजवंशीले… Continue reading क्यानडामा अभ्यास खेलमा नेपाल विजयी

सम्पन्न भयो पूर्वाधार सम्मेलन

काठमाडौं । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजना तथा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय (वाईसीएनसी) को सहआयोजनामा आयोजित नेपाल पूर्वाधार सम्मेलन सफलताका साथ सम्पन्न भएको छ । पाँचौ संस्करणको नेपाल पूर्वाधार सम्मेलनको समापन समारोहमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको समग्र आर्थिक विकासका… Continue reading सम्पन्न भयो पूर्वाधार सम्मेलन

चीनले बढायो अवकास हुने उमेर

AFP

काठमाडौं । चीनले अवकाश (रिटायरमेन्ट)को उमेर बढाएको छ । सरकारले अवकाशको उमेर बढाउने प्रस्ताव शुक्रबार स्वीकृत गरेको हो । यसअनुसार अब ब्लू कलर जब (फ्याक्टी, कन्स्ट्रक्सन जस्ता श्रम गर्नुपर्ने क्षेत्रको काम) का लागि महिलाको उमेर ५० वर्षबाट बढाएर ५५ वर्ष कायम गरिएको छ । यस्तै ह्वाइट कलर (पेशेवर) महिलाका लागि उमेर हद ५५ बाट ५८… Continue reading चीनले बढायो अवकास हुने उमेर

नेपाली र अमेरिकी सेनाबीच आइतबारबाट संयुक्त अभ्यास हुने

काठमाडौं । नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास ‘प्यासिफिक एन्जल’ हुने भएको छ । विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदनप्रदान गर्ने उद्देश्यले ३० भदौदेखि २ असोजसम्म संयुक्त अभ्यास हुन लागेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए । ‘अभ्यासका क्रममा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्दार कार्यलाई थप प्रभावकारी बनाउन… Continue reading नेपाली र अमेरिकी सेनाबीच आइतबारबाट संयुक्त अभ्यास हुने

जेलमुक्त भए दिल्लीका मुख्यमन्त्री केजरीवाल

काठमाडौं । सर्वोच्च अदालतले आदेशपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमुक्त भएका छन् । तिहाड जेलबाट बाहिर आएका केजरीवालले आफ्नो हौसला १०० गुणा बढेको प्रतिक्रिया दिएका छन् । भारतको सर्वोच्च अदालतले शुक्रबार आम आदमी पार्टीका प्रमुख समेत रहेका मुख्यमन्त्री केजरीवाललाई १० लाख धरौटीमा छोड्न आदेश दिएको थियो । ईडीले केजरीवाललाई २१ मार्चमा पक्राउ गरेको थियो ।… Continue reading जेलमुक्त भए दिल्लीका मुख्यमन्त्री केजरीवाल

रोहित बने वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोट्र्स अवार्डको ‘प्लेयर अफ दि इयर रोहितलाई प्रदान गरिएको हो । रोहित क्यनडामा रहेकाले उनका आमा र दाजुले अवार्ड लिएका थिए । रोहित अहिले राष्ट्रिय टोलीका साथमा क्यानडामा छन् । यो अवार्डका लागि रोहितसँगै फुटबलका… Continue reading रोहित बने वर्षका उत्कृष्ट खेलाडी

नेपाली तरकारी कतार निर्यात

काठमाडौं । नेपाली किसानले उत्पादन गरेको तरकारी कतार निर्यात भएको छ । काठमाडौँ उपत्यकाका किसानले उत्पादन गरेको सो तरकारी बिहीबार कतार निर्यात भएको हो । चीनको सहयोगमा सञ्चालित ग्रामीण विकासका लागि (सिएफआरडी) कार्यक्रम अन्तर्गत किसानले सो तरकारी उत्पादन गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एक कार्यक्रमको आयोजना गरी दक्षिणकाली नगरपालिकाका किसानले उत्पादन गरेको तरकारी कतार पठाएको हो ।… Continue reading नेपाली तरकारी कतार निर्यात

एमाले एमाले सचिवालय बैठक बस्दै, के छ एजेण्डा ?

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीका कामकारबाहीका विषयमा छलफल हुने छ । नेकपा एमालेका कार्यालय सचिव भीष्म अधिकारीले समसामयिक विषय र पोलिटव्युरो बैठकले पार्टीको वार्षिक कार्ययोजनाबारे दिएको सुझावबारे छलफल हुने बताए । एमालेको पोलिटव्युरो बैठक भदौ १८ र… Continue reading एमाले एमाले सचिवालय बैठक बस्दै, के छ एजेण्डा ?

आज पनि पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीस्थित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले आज बिहान… Continue reading आज पनि पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

लगानी बोर्डको सीइओमा ज्ञवाली नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सीईओ नियुक्त गरेको हो । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन दिएकामध्ये सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादव सर्ट लिस्टमा थिए । त्यसमध्येबाट ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस भएकोमा ज्ञवाली… Continue reading लगानी बोर्डको सीइओमा ज्ञवाली नियुक्त

३ असोजबाट धराहरा खुला गर्ने सरकारको निर्णय

Photo : Prasasan.com

काठमाडौं । काठमाडौं सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवशको अवसर पारेर ३ असोजदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ । २०७२ को भूकम्पले भत्किनुअघि संघीय सरकारले काठमाडौं महानगरपालिकालाई धराहरा सञ्चालन… Continue reading ३ असोजबाट धराहरा खुला गर्ने सरकारको निर्णय

अमेरिकामा हुने त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

Kushal Malla of Nepal and Mahamad Asif Sheikh of Nepal run between the wickets during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Saudi Arabia held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 2), Muscat, Oman on April 17, 2024. Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौं । आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी कात्तिक ९ देखि १९ गतेसम्म अमेरिकामा हुने नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार सोमबार सार्वजनिक गरेको तालिका अनुसार सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३… Continue reading अमेरिकामा हुने त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

विश्व बैंकसँगको साझेदारीमा सामाजिक संरक्षण सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं । नेपाल सरकार, विश्व बैंक र संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) सँगको साझेदारीमा सामाजिक संरक्षण सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । अर्थमन्त्री विष्णु पौडेलले सम्मेलन उद्घाटन गरे । उनले गरिबी न्यूनीकरण, उत्थानशील निर्माण र भावी पुस्ताको मानव पूँजीमा लगानी गर्न सामाजिक संरक्षणलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा सम्मेलनमा छलफल हुने… Continue reading विश्व बैंकसँगको साझेदारीमा सामाजिक संरक्षण सम्मेलन काठमाडौंमा सुरु

प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्य सम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरिएको छ । यसैगरी प्रधानमन्त्री र नेपाल सरकारका मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता भएको छ । ‘समृद्ध… Continue reading प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्य सम्पादन सम्झौता

नेकपा समाजवादीले उपमहासचिव चौधरीलाई किन सोध्यो स्पष्टीकरण ?

काठमाडौं । एक अन्तर्वार्तामा प्रयोग गरेको भाषालाई लिएर नेकपा एकीकृत समाजवादीले उपमहासचिव मेटमणि चौधरीसँग स्पष्टीकरण सोधेको छ । महासचिव घनश्याम भूसालले चौधरीसँग तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्र पठाएका छन् । प्रमुख सचेतक समेत रहेका चौधरीले टेलिभिजन अन्तर्वार्तामा नेपालको भौगोलिक अखण्डताबारे बोलेको थिए । ‘‘। तपाईंले लिपुलेक र कालापानीमाथि इण्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ… Continue reading नेकपा समाजवादीले उपमहासचिव चौधरीलाई किन सोध्यो स्पष्टीकरण ?

पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ,लागू औषध बिक्रि गरेको आरोप

काठमाडौं । लागूऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । लागू औषधसहित पक्राउ परेका एक युवकले उक्त लागूऔषध श्रेष्ठको औषधि पसलबाट खरिद गरेको भनेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिएका छन् ।३ साउनमा प्रहरीले रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगरलाई लागू औषध… Continue reading पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ,लागू औषध बिक्रि गरेको आरोप