काठमाडौं । थाइल्याण्डको बैंककमा बुधबार एउटा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । राजधानी बैंककको पूर्वमा रहेको प्राचिन बुरी प्रान्तमा स्थानीय सरकारी अधिकारीहरूलाई लिएर फिल्ड ट्रिपमा गएका तीनवटा डबल डेकर बसमध्ये दुर्घटना भएको बस एउटा थियो । दुर्घटनामा १७ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु… Continue reading थाइल्याण्डमा बस दुर्घटना, कम्तिमा १८ जनाको मृत्यु
Category: समाचार
रुस र अमेरिकी कुटनीतिज्ञ इस्तानबुलमा भेट्दै
काठमाडौं । दुई मुलुकबिचको सम्बन्धमा सुधार भइरहेको सम्बन्धमा रुसका विदेशमन्त्री सर्गेई लाभरोभले रुसी र अमेरिकी कूटनीतिज्ञहरू बिहीबार इस्तानबुलमा आफ्ना दूतावासहरूसँग सम्बन्धित मुद्दाहरू समाधान गर्न भेट गर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना पदभार सम्हालेपछि अमेरिकी विदेश नीतिलाई पूर्णतः परिवर्तन गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गर्दै तीन वर्षभन्दा बढी समयमा… Continue reading रुस र अमेरिकी कुटनीतिज्ञ इस्तानबुलमा भेट्दै
इङल्याण्डविरुद्ध अफगानिस्तानको सानदार जित
काठमाडौं । इंग्ल्याण्ड आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको समूह बीको खेलमा अफगानिस्तानसँग ८ रनले पराजित हुँदै इंग्ल्याण्ड एक खेल अगावै बाहिरिएको हो । अफगान टिमले दिएको ३२६ रनको बलियो लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४९.५ ओभरमा ३१७ रनमा समेटियो । जो रुटले सर्वाधिक १२० रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन… Continue reading इङल्याण्डविरुद्ध अफगानिस्तानको सानदार जित
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपाल पराजित
काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपाल म्यानमारसँग पराजित भएको छ । नेपाल २–० गोलले पराजित भएको हो । यससँगै १३औं फाइनल खेलिरहेको नेपाली महिला फुटबल यसपटक पनि अभागी सावित भएको छ । खेलमा प्रभावशाली प्रदर्शन गरिरहेको नेपाल ६२ औँ मिनेटमा गोल खाँदै पछि परेको थियो । दोस्रो मिनेटमै अर्को गोल बेहोरेपछि नेपाल उपाधिको… Continue reading अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपाल पराजित
राष्ट्रपतिले गरे पशुपतिमा पूजा-अर्चना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा बुधबार पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार अपरान्ह पशुपतिनाथको दर्शन एवं पूजाआराधना गर्न पशुपति पुगेका हुन् । उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरेका थिए । मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा… Continue reading राष्ट्रपतिले गरे पशुपतिमा पूजा-अर्चना
अफगानिस्तानमा असिना र वर्षा, कम्तिमा २९ जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानका दुई प्रान्तमा असिना र भारी वर्षाका कारण २९ जनाको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । “पश्चिमी फराह प्रान्तमा असिनाका कारण २१ जनाको मृत्यु भयो र अन्य छ जना घाइते भए”, प्रान्तको विपद् व्यवस्थापन विभागका प्रमुख मोहम्मद इजरायल सायरले भने, पीडित पिकनिकमा गएका दुई परिवारका सदस्यहरू रहेको उनले बताए । दक्षिणी कान्दाहारमा… Continue reading अफगानिस्तानमा असिना र वर्षा, कम्तिमा २९ जनाको मृत्यु
राष्ट्रपति सेना दिवसमा सहभागी हुँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६२औं सेना दिवस समारोहमा सहभागी हुँदैछन् । दिवसमा सहभागी हुन बिहान साढे ९ बजे सैनिक मञ्च टुँडिखेलमा पुग्ने तालिका छ । त्यस्तै राष्ट्रपति पौडेल पशुपतिको दर्शन गर्न पनि जानेछन् । महाशिवरात्रिको अवसरमा उनी पशुपति दर्शनका लागि जान लागेका हुन्। उनी साढे ४ बजे पशुपति जाने तालिका छ ।… Continue reading राष्ट्रपति सेना दिवसमा सहभागी हुँदै
महाशिवरात्रीमा यस वर्ष पुनः राखियो विशेष पूजा–१५ हजार तिरे लाइन बस्न नपर्ने
काठमाडौं । महाशिवरात्रिको दिनमा पशुपतिनाथमा साँझदेखि भक्तजनहरूले विशेष पूजा गर्न सक्ने व्यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषका परिषद सदस् एवं प्रचार(प्रचार उपसमितिका संयोजक राजकुमार खत्रीले विशेष पूजा गर्न १५ हजार १ सय रुपैयाँ तिरेर व्यवस्था मिलाइएको जानकारी दिए । उनले भने, ‘महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएका छौं। विशेष पूजाका लागि… Continue reading महाशिवरात्रीमा यस वर्ष पुनः राखियो विशेष पूजा–१५ हजार तिरे लाइन बस्न नपर्ने
आज महाशिवरात्री : हिन्दु धर्मावलम्बीले विश्वभर मनाउँदै
काठमाडौं । आज महाशिवरात्रि पर्व पशुपतिनाथसहित देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरुमा घुइँचो छ । पशुपति क्षेत्र विकास कोषले… Continue reading आज महाशिवरात्री : हिन्दु धर्मावलम्बीले विश्वभर मनाउँदै
धादिङमा ट्याङकर दुर्घटना : २ जनाको मृत्यु
काठमाडौं । धादिङमा ट्याङ्कर दुर्घटनामा २ जनाको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन् । गल्छी गाउँपालिका-३ गुप्तेश्वरभिरस्थित भित्रि सडकमा आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गएको ट्याङ्कर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । बा प्र ०१–००४ क ३३५२ नं.को पानी ट्याङकर ब्याक गर्ने क्रममा सडकबाट ५०० मिटर तल खसेको… Continue reading धादिङमा ट्याङकर दुर्घटना : २ जनाको मृत्यु
अचेत भेटिएका बागमती प्रदेश मन्त्रीका स्वकीयको उपचारको क्रममा मृत्यु
काठमाडौं । बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ। सोमबार काठमाडौं महानगरपालिका(१४ कलंकीको एक घरमा ३६ वर्षीय थापा अचेत अवस्थामा भेटिएका थिए। उनको सहिद मेमोरियल अस्पताल पुर्याई उपचार गराउँदा चिकित्सकले सोमबार साँझ साढे ६ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी… Continue reading अचेत भेटिएका बागमती प्रदेश मन्त्रीका स्वकीयको उपचारको क्रममा मृत्यु
राष्ट्र बैंकले इभी गाडी खरीद निरुत्साहित हुने गरी ल्यायो नीति
काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय सवारीसाधन (ईभी) गाडी खरीद निरुत्साहित हुने गरी नीति ल्याएको छ । इभी गाडीको ऋण मूल्य अनुपात ८० प्रतिशतबाट घटाएर ६० प्रतिशतमा झारेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै ईभीको ऋण मूल्य अनुपात घटाएर खरिदमा असहज बनाएको छ । उता पेट्रोल तथा डिजेलबाट… Continue reading राष्ट्र बैंकले इभी गाडी खरीद निरुत्साहित हुने गरी ल्यायो नीति
पश्चिम नवलपरासीमा झडप, एक जनाको मृत्यु
काठमाडौं । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समूहबीच झडप भएको छ । सो घटनामा घाइते एक जनाको मृत्यु भएको छ। पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ की एक युवती हराएपछि सोमबार रातीदेखि दुई समूहबीच विवाद उत्पन्न भएको थियो। सोही विवाद बढ्दै गएपछि मंगलबार बिहान दुई समूहबीच झडप भएको थियो। सो क्रममा युवतीका आफन्तले पाल्हीनन्दन वडा नम्बर ३… Continue reading पश्चिम नवलपरासीमा झडप, एक जनाको मृत्यु
भारतीय सेनाका ६ भूतपूर्व सेनाध्यक्ष नेपाल भ्रमणमा
काठमाडौं । भारतीय सेनाका ६ जना भूतपूर्व स्थल सेनाध्यक्षहरु नेपाल भ्रमणमा आएका छन् । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि पर्व तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन उनीहरु मङ्गलबार काठमाडौँ आएका हुन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाका मानार्थ महारथीबाट सम्मानित समेत हुनुभएका भारतीय पूर्वस्थल सेनाध्यक्षहरु जोगिन्दर… Continue reading भारतीय सेनाका ६ भूतपूर्व सेनाध्यक्ष नेपाल भ्रमणमा
पशुपतिनाथ मन्दिर पुगे प्रधानमन्त्री
काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा निरीक्षण तथा आरतीमा सहभागीका लागि प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ पुगेका छन् । महाशिवरात्रि तथा पशुपति क्षेत्र विकास कोषको संरक्षकसमेत रहेका प्रधानमन्त्री ओली निरीक्षण तथा सहभागी हुन पशुपतिनाथ आइपुगेका हुन् । प्रधानमन्त्री ओली पशुपतिको आरतीमा पनि सहभागी भए । शिवरात्रि पर्वका दिन राष्ट्र प्रमुखका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको दर्शन… Continue reading पशुपतिनाथ मन्दिर पुगे प्रधानमन्त्री
ट्रम्पले फ्रड भनेको अनुदान नेपालमा नआएको अर्थको स्पष्टीकरण
काठमाडौं । अमेरिकी सहयोग नियोग (युएसएआइडी) बाट सञ्चालित हुने भनिएका तीन वटा कार्यक्रमहरू डिजाइनकै क्रममा रहेकाले अहिलेसम्म कुनै सहयोग प्राप्त नभएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ । यसअघि यसमा रकम आइसकेको भन्दै ट्रम्पले फ्रड भनेका थिए । मन्त्रालयले सोमबार सूचना सार्वजनिक गर्दै विगत केहीदिनदेखि युएसएआइडीबाट सञ्चालित कार्यक्रमको सम्बन्धमा सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका समाचार… Continue reading ट्रम्पले फ्रड भनेको अनुदान नेपालमा नआएको अर्थको स्पष्टीकरण
म्याग्दीमा आज भूकम्पको धक्का महसुस
काठमाडौं । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानमा मङ्गलवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५ बजेर ५२ मिनटमा मालिका–३,डाँडा गाउँमा ३.४ म्याग्निच्यूडको भूकम्प र वडा नं ५ देवस्थानमा बिहान ६ बजेर १३ मिनेटमा ३.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका रविन्द रिमालले जानकारी दिएका छन् । चार रेक्टरस्कल भन्दा तलको भूकम्पको… Continue reading म्याग्दीमा आज भूकम्पको धक्का महसुस
परराष्ट्र मन्त्री देउवा र स्वीट्जरल्यान्डका विदेशमन्त्री बीच भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्वीट्जरल्यान्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबिच सोमबार जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेकी मन्त्री डा. देउवा र स्वीस विदेशमन्त्रीबिच साइडलाइन भेटवार्ता भएको हो । भेटका अवसरमा उनीहरुबिच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो… Continue reading परराष्ट्र मन्त्री देउवा र स्वीट्जरल्यान्डका विदेशमन्त्री बीच भेट
प्रधानमन्त्रीसँग भारत, भूटान र माल्दिभ्सका एनसिसी प्रतिनिधिको भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदानप्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका मित्रराष्ट्र भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का टोलीले सोमबार शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री ओलीसँग महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६२ औँ वार्षिक उत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने उक्त युवा आदानप्रदान कार्यक्रममा सहभागी हुन आएको टोलीले… Continue reading प्रधानमन्त्रीसँग भारत, भूटान र माल्दिभ्सका एनसिसी प्रतिनिधिको भेट
बागलुङमा जिप दुर्घटना, २ जनाको मृत्यु
काठमाडौं । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका –९ दर्लिङमा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विजय यादवका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते जिल्लाको निसीखोला गाउँपालिका –७ चोलाङका ७५ वर्षिय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका –५ नाथुरे बस्ने ३५ वर्षिया जुना कँडेलको मृत्यु… Continue reading बागलुङमा जिप दुर्घटना, २ जनाको मृत्यु
पोखरामा सुरु भयो ‘नेपाल इन्डिया चाइना एक्स्पो’
काठमाडौं । नेपालको पर्यटन राजधानी पोखरामा पहिलो त्रिदेशीय पर्यटन एक्स्पो ‘नाइस–२०२५’ (नेपाल इन्डिया चाइना एक्स्पो) सोमबारदेखि सुरु भएको छ ।नेपाल पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको सहकार्यमा नाइस–२०२५ फागुन १२ देखि १४ सम्म पोखरामा चल्ने छ ।८० अन्तर्राष्ट्रिय क्रेता, ७० विक्रेता र ७५ प्रदर्शक सहित ६ सयभन्दा बढी सहभागी हुने बोर्डले… Continue reading पोखरामा सुरु भयो ‘नेपाल इन्डिया चाइना एक्स्पो’
‘नो केवलकार समूह’लाई सरकारले पुनः वार्तामा बोलायो
काठमाडौं । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबुलकारको विरोधमा रहेका ‘नो केबलकार समूह’ लाई सरकारले वार्तामा बोलाएको छ । सरकारले गठन गरेको वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सह(सचिव प्रेमप्रसाद भट्टराईले सोमबार एक सूचना जारी गरी आन्दोलनरत पक्षलाई वार्तामा बोलाएका हुन्। ‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताबाटै उक्त केबुलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने’,… Continue reading ‘नो केवलकार समूह’लाई सरकारले पुनः वार्तामा बोलायो
इलन मस्कको इमेलपछि किन तनावमा छन् लाखौं अमेरिकी कर्मचारी ?
काठमाडौं । अमेरिकाका सरकारी कर्मचारीले शनिवार दिउँसो प्राप्त गरेको एउटा इमेलमा उनीहरूलाई गत साताका उपलब्धि सूचीबद्ध गर्न वा राजीनामा दिन आग्रह गरिएको थियो। डोनाल्ड ट्रम्प प्रशासनले सङ्घीय कर्मचारीलाई लक्षित गरी चालेको पछिल्लो कदमलाई लिएर कर्मचारी वृत्तमा भने तनाव सुरु भएको छ । ट्रम्पका विश्वासपात्र अर्बपति इलोन मस्कले गत साता उनीहरूले के गरे भन्ने बुझ्न कर्मचारीहरूले… Continue reading इलन मस्कको इमेलपछि किन तनावमा छन् लाखौं अमेरिकी कर्मचारी ?
आफ्नै दाजुका छोराबाट प्यूठानमा दम्पत्तिको विभत्स हत्या
काठमाडौं । माण्डवी गाउँपालिका २, रातापानीमा ६० वर्षीय रामबहादुर परियार र पत्नी ५६ वर्षीया हुकुमा परियारको हत्या प्रकरणमा ३४ वर्षीय पङ्कज परियार पक्राउ परेका छन् । पङ्कज मृतकका दाजुका छोार हुन् । उनले आफ्नै काका र काकीको हत्या गरेको पुष्टि भएको प्रहरीले बताएको छ । घटनाको जानकारी समेत स्वयमः अभियुक्तले प्रहरीमा गएको समेत खुलेको छ… Continue reading आफ्नै दाजुका छोराबाट प्यूठानमा दम्पत्तिको विभत्स हत्या
आजबाट माओवादीको हुलाकी राजमार्ग केन्द्रीत तराई–मधेस जागरण अभियान
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आजबाट हुलाकी राजमार्ग केन्द्रीत तराई–मधेस जागरण अभियान थाल्दैछ । सोमबार झापाको कचनकबलबाट माओवादीले जागरण अभियान थाल्न लागेको जनाएको छ । यसका लागि अध्यक्ष प्रचण्ड आइतबार नै झापा पुगेका छन् । अभियानमा जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट लगायत कार्यक्रम हुने माओवादी केन्द्रले बताएको छ। अभियानको नेतृत्व पार्टी अध्यक्ष ‘प्रचण्डले नै गर्नेछन्। टोलीमा… Continue reading आजबाट माओवादीको हुलाकी राजमार्ग केन्द्रीत तराई–मधेस जागरण अभियान
आज देशका विभिन्न स्थानमा मेघ गर्जन–चट्याङसहित वर्षा
काठमाडौं । आज पहाडी भू–भागमा मौसम बदली भएको छ । पश्चिमी वायूका साथै स्थानीय वायु पनि सक्रिय भएकोले कोशी प्रदेशसहित पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराई र उपत्यकाका केही जिल्लामा भने हुस्सु लागेको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र… Continue reading आज देशका विभिन्न स्थानमा मेघ गर्जन–चट्याङसहित वर्षा
पाकिस्तानविरुद्ध विराटको सानदार सतक, भारत विजयी
काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीमा भारतले पाकिस्तानलाई सजिलै हराएको छ । यस क्रममा स्टार ब्याट्सम्यान विराट कोहरीले शतक प्रहार गरे । १११ बलको सामना गरेका उनी १ सय रन बनाएर नआउट रहे । भारतले पाकिस्तालाई ६ विकेटले हराएको हो । २४१ रनको लक्ष्य पाएको भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । भारतका… Continue reading पाकिस्तानविरुद्ध विराटको सानदार सतक, भारत विजयी
हाइकिङ जाँदा शिवपुरी निकुन्जमा अलपत्र परेका १० जनाको प्रहरीले गर्यो उद्धार
काठमाडौं । प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ गएर अलपत्र परेका १० जनाको उद्धार गरेको छ । प्रहरी प्रभाव बुढानीलकण्ठ, नेपाली सेनाको भवानी दल गण शिवपुरी र जिल्ला वन कार्यालयबाट खटिएको उद्दार टोलीले हराएका १० जनाको आज विहान उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताए । एसपी बोहोरका अनुसार भक्तपुरको सूर्यविनायक ६का १७… Continue reading हाइकिङ जाँदा शिवपुरी निकुन्जमा अलपत्र परेका १० जनाको प्रहरीले गर्यो उद्धार
नेपालमा ओभर-स्टे गरेका ७ बंगलादेशी नागरिक पक्राउ
काठमाडौं । गैरकानुनी रुपमा नेपाल बस्दै आएका सात बंगलादेशी नागरिक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ओभर स्टेको रुपमा बस्दै आएका उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा २६ वर्षीय एमडी एटिकुल इस्लाम, ४० वर्षीय एमडी आलम मोल्ला, ३७ वर्षीय एमडी जहन्जिर आलम, ३६ वर्षीय एमडी अमिनुल होकु, ३९ वर्षीय एमडी… Continue reading नेपालमा ओभर-स्टे गरेका ७ बंगलादेशी नागरिक पक्राउ
सशस्त्रकी इन्स्पेक्टर झुण्डिएको अवस्थामा मृत फेला
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालकी एक महिला इन्स्पेक्टर झुण्डिएको अवस्थामा मृत भेटिएकी छिन् । मृत भेटिनेमा पोखरामा तालिमरत इन्स्पेक्टर सन्तोषी महत छिन् । सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) कि इन्स्पेक्टर हुन् । इन्स्पेक्टरको बेसिक तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालयको नजिकको बिममा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको सशस्त्र प्रहरीका… Continue reading सशस्त्रकी इन्स्पेक्टर झुण्डिएको अवस्थामा मृत फेला