धनगढीले चलाउने भयो ६ नगरबस

काठमाडौं । धनगढी उपमहानगरपालिकाले नगरबस चलाउने भएको छ । उपमहानगरपालिकाले ६ वटा बस खरिद गरेको हो । उपमहानगरपालिकाले धनगढी बजारदेखि फूलबारीसम्म नगर बस सेवा सञ्चालन गर्न दुई करोड ४८ लाखमा ६ वटा बस खरिद गरेको जनाएको छ । बस सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले मंगलबार ठेक्का समेत आह्वान गरेको छ । मंगलबार सूचना जारी गर्दै उपमहानगरपालिका… Continue reading धनगढीले चलाउने भयो ६ नगरबस

मुगुमा भूकम्पको धक्का

काठमाडौं । मुगु जिल्लामा भूकम्प गएको छ । मुगुको दार्मा आसपास केन्द्र भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले आज बिहान ४ः४० बजे ३.९ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्काले क्षति पुगेको विवरण आएको छैन । पश्चिम नेपालमा पछिल्लो समय निरन्तर भूकम्प गइरहेको छ ।

सिमलताल बस दुर्घटना : १७ शव भेटियो

file

काठमाडौं । मुग्लिन सडकको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुइटा बसमा सवार ६५ जना यात्रुमध्ये १७ वटा शव फेला परेको छ। तीमध्ये ९ जनाको सनाखत भएको छ भने ६ पुरूष र २ महिलाको भने सनाखत हुन बाँकी रहेको एपिएफ सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। हालसम्म सनाखत हुनेमा भारतका २८ वर्षीय ऋषिपाल साह, चितवनका २२… Continue reading सिमलताल बस दुर्घटना : १७ शव भेटियो

विकल्प दिएर सुकुम्बासी बस्ती हटाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको नदी किनारका सरकारी जग्गामा बसोबास गरिरहेका सुकुम्बासीहरुलाई विभिन्न विकल्प दिएर हटाउन आदेश दिएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले ३ पुस २०८० मा गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको छ । जसमा वास्तविक सुकुम्बासीको स्थानान्तरण गरेर नदी किनारका सरकारी जग्गा खाली गर्न भनिएको छ ।… Continue reading विकल्प दिएर सुकुम्बासी बस्ती हटाउन सर्वोच्चको आदेश

एम्बाप्पे रियलमा भए आवद्ध

काठमाडौं । रियल मड्रिडको जर्सी लगाउने केलियन एम्बाप्पेको सपना मंगलबार पूरा भएको छ । फ्रेन्च फर्वाड एम्बाप्पेलाई सान्टिएगो बेर्नाबाउमा करिब ८० हजार समर्थकले स्वागत गरेका थिए । २५ वर्षका फर्वाडले ५ वर्षको सम्झौता गरेका छन् । सम्झौतामा हस्ताक्षरपछि मैदान प्रवेश गरेका उनलाई ठूलो संख्यामा उपस्थित समर्थकले स्वागत गरे । ९ नम्बर जर्सी लगाएका उनले स्पानिस… Continue reading एम्बाप्पे रियलमा भए आवद्ध

समाजवादी मोर्चाले आगामी कार्यक्रम बनाउन गठन गर्यो कार्यदल

काठमाडौं । समाजवादी मोर्चाले आगामी कार्यक्रम बनाउन कार्यदल बनाएको छ । एकीकृत समाजवादीको पार्टी कार्यालय, आलोकनगरमा बसेको बैठकले मोर्चाले कांग्रेस र एमाले मिलेर सरकार बनाउनुलाई देशलाई पश्चगमनतिर फर्काउने प्रयास भएको निष्कर्ष निकालेको छ । त्यसैले समाजवादी मोर्चाको विगतको समीक्षा गर्न र आगामी योजना–कार्यक्रम बनाउन कार्यदल बनाएको छ । १५ दिनको समय दिइएको कार्यदलमा खड्गबहादुर विश्वकर्मा,… Continue reading समाजवादी मोर्चाले आगामी कार्यक्रम बनाउन गठन गर्यो कार्यदल

कोरियाबाट फर्किएकालाई पुनः रोजगारीको अवसर

काठमार्डौ । रोजगार अनुुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया गई तोकिएको समय (चार वर्ष १० महिना) मा फर्किएका श्रमिक पुनः जान पाउने भएका छन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले सूचना प्रकाशित गरेर कोरिया गएर फर्केका श्रमिकलाई पुनः काममा पठाउनका लागि आवेदन आह्वान गरेको हो । सो शाखाका अनुसार इपिएसमार्फत कोरिया गएको र… Continue reading कोरियाबाट फर्किएकालाई पुनः रोजगारीको अवसर

समाजवादी मोर्चाको बैठक आज बस्ने

काठमाडौं । आज समाजवादी मोर्चाको बैठक बस्दैछ । आज अपरान्ह ४ बजे नेकपा (एकीकत समाजवादी)को केन्द्रिय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ । साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि बताइएको छ । समाजवादी मोर्चामा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द… Continue reading समाजवादी मोर्चाको बैठक आज बस्ने

प्रधानमन्त्रीले ६ साउनमा संसदमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्। आउँदो आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्रीको सम्बोधनको कार्यसूची रहेको नेकपा (एमाले)ले जनाएको छ । आइतबार प्रधानमन्त्री नियुक्त भएका ओलीले सोमबार पदभार ग्रहण गरेका छन् । उनले १ महिना भित्र परिवर्तन देखिने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन समेत दिएका छन् ।

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान देशभर साधारणतया बदली रही मधेस, बागमती, गण्डकी प्रदेशका केही र कोशी प्रदेशको थोरै स्थानरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने… Continue reading कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं महानगरको श्रम बैंकबाट ९११ ले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाको श्रम बैंकमार्फत् ९११ जनाले रोजगारी पाएका छन्। काठमाडौं महानगरपालिकाले ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको मेयर बालेन शाहले जानकारी दिएका छन्। ‘काठमाडौं महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तिमा १५ हजार जनालाई तालिम तथा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना… Continue reading काठमाडौं महानगरको श्रम बैंकबाट ९११ ले पाए रोजगारी

नयाँ प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूतको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सङ्गले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा उनले प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा ओलीलाई बधाई दिएका थिए । सो भेटमा दुई देशबीचको मित्रता अझै प्रगाढ बनाउने र सहयोग बढाउने विषयमा छलफल भएको राजदूत सङ्गले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीलाई बधाई दिँदै राजदूत सङ्गले सामाजिक सञ्जालमा… Continue reading नयाँ प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूतको भेट

पशुपतिमा श्रावण महिनाभर भिड, कसरी हुँदैछ व्यवस्थापन ?

काठमाडौं । पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।अन्य महिनाको तुलनामा साउन महिनामा पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको बढी भिड लाग्ने गर्दछ । साउने सोमबारका व्रतालु र बोलबमका श्रद्धालुहरुले शिवको विशेष भक्तिपूर्वक पूजा गर्ने भएकाले पशुपति मन्दिरमा साउनमा घुइँचो लाग्दछ । यस वर्ष साउन महिनामै पशुपति… Continue reading पशुपतिमा श्रावण महिनाभर भिड, कसरी हुँदैछ व्यवस्थापन ?

पश्चिम रुकुममा बाढीले घर बगायो, तीन जनाको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाएको छ । घटनामा तीन बालिकाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । दुई बालबालिकासहित ६ जना घाइते छन् । गतराति वडा नम्बर १२ स्थित गिजा खोलामा आएको बाढीले घर बगाउँदा आठ वर्षीया हितमाया पुन, पाँच वर्षीया धनिसा पुन र चार वर्षीया मनिसा सार्कीको… Continue reading पश्चिम रुकुममा बाढीले घर बगायो, तीन जनाको मृत्यु

नारायणी नदीमा सोमबार भेटिए ९ शव

file

काठमाडौं । नारायणी नदीमा सोमबार थप ९ शव भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सोमबार विनयी त्रिवेणीस्थित गण्डक ब्यारेजको पुल आसपास ६ वटा शव भेटिएका हुन् । त्यस्तै सुस्ता ४ मा एउटा, भरतपुर सिसुवारमा एउटा र मध्यविन्दु भुताहामा एउटा शव फेला परेको हो । आज भेटिएका ९ मध्ये एउटा शवको सनाखत भएको छ… Continue reading नारायणी नदीमा सोमबार भेटिए ९ शव

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो । निगमका अनुसार बढेको मूल्य सोमबार राति १२ बजेदेखि कार्यान्वयन हुनेछ । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी,… Continue reading पेट्रोलियम पदार्थको मूल्य बढ्यो

अर्थमन्त्रीको पहिलो निर्णय : वैकल्पिक वित्त सम्बन्धी कार्यविधि स्वीकृत

काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका छन् । अर्थमन्त्री पौडेलले सोमबार कार्यभार सम्हाल्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्विकृत गर्ने पहिलो निर्णय गरेका हुन् ।‌ ब्लेन्डेड फाइनान्स, ग्रिन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले ती स्रोत लिन सहज हुनेछ। विकास वित्तको विकल्पका रुपमा यो आएको मन्त्री… Continue reading अर्थमन्त्रीको पहिलो निर्णय : वैकल्पिक वित्त सम्बन्धी कार्यविधि स्वीकृत

स्वास्थ्य मन्त्री पौडेलले लगाएनन् खादा माला, के गरे निर्णय ?

काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले शुभकामना दिँदा माला, खादा नभई स्वास्थ्य क्षेत्र सुधारका सुझाव दिन आग्रह गरेका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ लिएपछि मन्त्रालय पुगेका पौडेलले माला र खादा लगाउन अस्वीकार गरेका हुन् । ‘बधाइ दिन आउनु हुने सम्पूर्ण प्रति मेरो सम्मान छ । यहाँहरुको सल्लाह सुझाव मैले विभिन्न रूपबाट लिने नै… Continue reading स्वास्थ्य मन्त्री पौडेलले लगाएनन् खादा माला, के गरे निर्णय ?

सपथ ग्रहणकै दिन २२ सदस्यीय मन्त्रिमण्डल, को-को बने मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाए । ओलीले आफ्नो क्याविनेटमा दुई उपप्रधानमन्त्री बनाएका छन् ।यस्तो छ कार्यविभाजन १‍. केपी शर्मा ओली, प्रधानमन्त्री २. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास ३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ ४. पृथ्वीसुब्बा गुरुङ,… Continue reading सपथ ग्रहणकै दिन २२ सदस्यीय मन्त्रिमण्डल, को-को बने मन्त्री ?

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए । प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री… Continue reading प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको सपथ

पूर्वराष्ट्रपतिमाथि गोली प्रहार : अमेरिकी सुरक्षा निकायमाथिको भ्रम तोडियो

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएसँगै अमेरिकी सुरक्षा निकायमाथि गम्भीर प्रश्न उठेको छ । गोली लागेर ट्रम्प सामान्य घाइते भएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई मारेको छ । एक सर्वसाधारणको समेत सो घटनामा ज्यान गएको छ । दुई जना गम्भीर घाइते छन् । यो घटनाले अमेरिकामा यसै… Continue reading पूर्वराष्ट्रपतिमाथि गोली प्रहार : अमेरिकी सुरक्षा निकायमाथिको भ्रम तोडियो

एमालेबाट अर्थमन्त्री विष्णु पौडेल, अरु मन्त्रालयमा को को ?

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । एमालेले पाएका मन्त्रालयमध्ये उद्योग र भूमिमा पुरानै मन्त्री दोहोरिनेछन् । एमालेले पाएका मन्त्रालयमध्ये उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाल्नेछन् । पृथ्वीसुब्बा गुरुङलाई सरकारको प्रवक्ता तोक्ने एमालेको तयारी छ । गुरुङ सञ्चार मन्त्रालय सम्हाल्दैछन् । राष्ट्रिय देवेन्द्र दाहाल भौतिकमन्त्री बन्दैछन् । शिक्षा… Continue reading एमालेबाट अर्थमन्त्री विष्णु पौडेल, अरु मन्त्रालयमा को को ?

कांग्रेसबाट आरजु देउवा र रमेश लेखक मन्त्री बन्ने पक्का

काठमाडौं । नेपाली कांग्रेसले दुई जना मन्त्री टुंगो लगाएको छ। गृह मन्त्रालयमा रमेश लेखक र परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवालाई पठाउने निर्णय भएको बताइएको छ । अन्य मन्त्रीको टुंगो आज लगाइने छ । पार्टीले बनाएको मापदण्डअनुसार समावेशी, योग्यता र क्षमताका अधारमा मन्त्री पठाउने भएकोले एक पटक छलफल गरेर मात्रै पठाउने तयारी गरिएको कांग्रेसको भनाई छ… Continue reading कांग्रेसबाट आरजु देउवा र रमेश लेखक मन्त्री बन्ने पक्का

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। त्यस्तै मनसुनको न्यूनचापीय रेखा सोमबार सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ। महाशाखाले दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने… Continue reading कस्तो रहनेछ आजको मौसम ?

त्रिशूली बस दुर्घटना : ११ शव भेटिए-पाँच जनाको मात्र सनाखत

file

काठमाडौं । शुक्रबार बिहान चितवनको सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेर हराइरहेका दुईवटा बसका हालसम्म पाँच यात्रुको शव सनाखत भएको छ । खोजी र उद्धारमा संलग्न सुरक्षा टोलीले स्थानीयले दिएको सूचनाका आधारमा थप ६ वटा शव भेटिए पनि ती बसकै यात्रीको भए–नभएको पुष्टि भइसकेको छैन । चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरण अनुसार दुवै बसमा… Continue reading त्रिशूली बस दुर्घटना : ११ शव भेटिए-पाँच जनाको मात्र सनाखत

यूरोकपको उत्कृष्ट युवा खेलाडी बने यामल

काठमाडौं । स्पेनका लामिन यामल युरो २०२४ को उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । स्पेनलाई कीर्तिमानी चौथो पटक युरो उपाधि जिताउन सनसनी प्रदर्शन गरेका यी १७ वर्षीय युवा स्टारले पहिलो पटक युरो खेल्दै उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते । युरो २०२४ मा उनले १ गोल गरेका थिए भने ४ असिस्ट समेत गरेका थिए ।… Continue reading यूरोकपको उत्कृष्ट युवा खेलाडी बने यामल

यूरोकपको उपाधी स्पेनलाई

काठमाडौं । स्पेनले यूरोकप २०२४ को उपाधी उचालेको छ । कीर्तिमानी चौथो पटक युरोकपको उपाधि जितेको स्पेनले जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २–१ ले हराउन सफल भयो । स्पेनका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इंग्ल्याण्डका कोल पाल्मरले एक गोल फर्काए । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तीन… Continue reading यूरोकपको उपाधी स्पेनलाई

प्रधानमन्त्री ओलीले आज सपथ लिने

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । उनलाई राष्ट्रपति पौडेलले संविधानको… Continue reading प्रधानमन्त्री ओलीले आज सपथ लिने

आफ्नो कार्यकाल संतोषजनक रहेको निवर्तमान अर्थमन्त्रीको दावि

काठमाडौं । निवर्तमान अर्थमन्त्री वर्षमान पुनले आफ्नो चार महिने कार्यकाल सन्तोषजनक रहेको दाबी गरेका छन् । मन्त्रालयमा आइतबार आयोजित बिदाइ कार्यक्रममा उनले बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएको दाबी गरे । आफू जिम्मेवारीमा नरहे पनि आफ्नो अनुभव र शिक्षाका आधारमा मुलुकको अर्थतन्त्र सुधारका लागि नयाँ मन्त्रीसँग सहकार्य हुने उनले बताए ।… Continue reading आफ्नो कार्यकाल संतोषजनक रहेको निवर्तमान अर्थमन्त्रीको दावि

काठमाडौं महानगरलाई न्यूरोडमा फुटपाथ बिस्तारमा अदालतले खोल्यो बाटो

काठमाडौं । न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाउन काठमाडौं महानगरपालिकालाई बाटो खुलेको छ । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । उच्च अदालतले सडक डिभिजन कार्यालय काठमाडौंले गत जेठ १३ गते र… Continue reading काठमाडौं महानगरलाई न्यूरोडमा फुटपाथ बिस्तारमा अदालतले खोल्यो बाटो