१ असार, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२\८३ का लागि रु ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट विनियोजन गरेको छ । प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आगामी आर्थिक वर्षका लागि कुल विनियोजित बजेटमध्ये चालुतर्फ रु १० अर्ब २० करोड ८१ लाख ८२ हजार र पुँजीगततर्फ रु १९ अर्ब ८३ करोड ८२ लाख छ हजार रहेको जानकारी दिए । यस्तै, अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत रु तीन अर्ब ४२ करोड ७७ लाख र वित्तीय व्यवस्थातर्फ रु एक करोड विनियोजन गरिएको छ । विनियोजित कुल बजेटको चालुतर्फ ३० दशमलब ४९ प्रतिशत, पुँजीगततर्फ ५९ दशमलब २५ प्रतिशत हो ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ६५ करोड, नेपाल सरकारवाट राजस्व बाँडफाँड भई प्राप्त हुने अनुमानित रकम रु नौ अर्ब ८७ करोड २५ लाख अनुमान गरिएको छ । सङ्घीय रोयल्टी बाँडफाँडबापत प्राप्त हुने रु आठ करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु आठ अर्ब ९२ करोड ५६ लाख, चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम रु सात अर्ब ६६ करोड ६३ लाख ४८ हजार, ससर्त अनुदानबाट प्राप्त हुने रु चार अर्ब १६ करोड ३० लाख, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु ६० करोड २६ लाख र विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु ५१ करोड ६० लाख प्राप्त हुने अनुमान गरिएको छ ।
१ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर रु एकले वृद्धि भएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुईले वृद्धि भएको छ । निगमका अनुसार नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्य अनुसार अब काठमाडौं, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६० हुनेछ । यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ४५ पर्नेछ ।
१ असोर, पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सडक, पुललगायत भौतिक पूर्वाधार आयोजनातर्फ रु ११ अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ । आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले आज प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको कुल रु ३१ अर्ब ९७ करोड ९९ लाख बजेटको सबैभन्दा ठूलो हिस्सा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले ओगटेको हो । यो चालु आवको तुलनामा भने रु ७२ करोडले कम हो ।
चालु आवमा भौतिक पूर्वाधार मन्त्रालयतर्फ रु १२ अर्ब ७० करोड बजेट विनियोजन गरिएको थियो । उक्त मन्त्रालयको धेरै बजेट सडक र पुलका बहुवर्षीय आयोजनामा खर्च हुने गरेको छ । बजेटमा प्रदेश गौरवका आयोजना, एक निर्वाचन क्षेत्र –एक कृषि सडक, रणनीतिक महत्वका सडक तथा स्थानीय तहको प्रशासनिक केन्द्र जोड्ने सडकको निर्माण तथा स्तरोन्नतिलाई तीव्रता दिइने उल्लेख छ ।
उत्तर–दक्षिण सडकअन्तर्गतको भिमाद–डेढगाउँ–झ्यालबास–चोरमारा–दुम्कीबास–त्रिवेणी खण्ड, कास्की जिल्लाका सात ताल जोड्ने चक्रपथ, रुपा चक्रपथ, स्याङ्जाको ज्याग्दी करिडोर, म्याग्दी र बागलुङ जोड्ने दरबाङ–ढोरपाटन सडक, तमान–लाममेला–सोले सडक, गोरखाको चुवाडाँडा–पेल्चेत–कटुञ्जे–काशीगाउँ–केरौजा रुन्चेत सडक, चनौटे–ढिस्का–भच्चेक, शालिग्राम करिडोर र बुद्धसिंह मार्ग निर्माणलाई विशेष प्राथमिकता साथ बजेट विनियोजना गरेको आर्थिक मामिलामन्त्री डा गुरुङले जानकारी दिए । एसियाली विकास बैंकको सहयोग तथा स्थानीय पूर्वाधार विभागको समन्वयमा ग्रामीण सडक सञ्जाल सुधार कार्यक्रममार्फत गोरखाको अवुवा–बिर्दि–सेराबजार–पौवाटार, पर्वतको पातीचौर–बाजुङ–क्याङ–नागी र कास्कीको घट्टेखोला–धम्पुस–खानीगाउँ तथा नवलपुरको आलोक चक्रपथ कालोपत्रका लागि बजेट विनियोजन गरिएको छ । ती आयोजनाअन्तर्गत आगामी आवमा ७० किमि सडक कालोपत्र हुने जनाइएको छ ।
यस्तै सडक सञ्जाल नपुगेका गोरखाको चुमनुब्री र मनाङको नार्पाभूमि गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माणलाई निरन्तरता दिइने आर्थिक मामिलामन्त्री डा गुरुङले जानकारी दिए । मुस्ताङको कोरला, गोरखाको रुइला र नवलपुरको त्रिवेणी नाकासम्म सडकको विस्तार तथा स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरिएको उनले उल्लेख गरे ।
दिगो र उत्थानशील पूर्वाधार विकासको लक्ष्यसहित सरकारले योजनाको प्राथमिकीकरण गरेको आर्थिक मामिलामन्त्री डा गुरुङले बताए । गरिब, अशक्त, अहसहाय, दलित, लोपोन्मुख, सीमान्तकृत जाति, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि सुरक्षित आवासको व्यवस्था गर्न जनता आवास कार्यक्रमलाई निरन्तरता दिइएको छ । जलवायु परिवर्तन अनुकूलित हुने गरी एकीकृत सुरक्षित बस्ती विकास तथा सहरी विकास कार्यक्रम सञ्चालन गरिने भएको छ ।
सङ्घीय सरकार र स्थानीय तहको समन्वयमा सडक, ट्रष्ट ब्रिज पुल निर्माण तथा मर्मत कार्यलाई निरन्तरता दिइने बजेटमा उल्लेख छ । पदयात्रा र साइकिलिङका लागि गोरखाको मनाश्लु, लार्केपास–मनाङ–मुस्ताङ र कास्कीको अन्नपूर्ण संरक्षण क्षेत्रलाई उत्कृष्ट पदमार्गको रुपमा विकास गर्न आवश्यक बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री डा गुरुङले जानकारी दिनुभयो । प्रदेश सरकारले निर्माण गरेका सडक तथा पक्की पुलको मर्मतसम्भार कार्यलाई प्राथमिकता दिइएको छ ।
सङ््घीय र स्थानीय तहसँगको समन्वयमा झोलुङ्गे पुल निर्माण र मर्मतका लागि पनि बजेट विनियोजन गरिएको जनाइएको छ । पूर्वाधारतर्फका पुरानै आयोजनामा बजेटको दायित्व थपिएपछि सडकमा नयाँ आयोजना कम परेका छन् ।
प्रदेश सरकारले आगामी आवका लागि चालुतर्फ रु १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार र पूँजीगततर्फ रु १९ अर्ब नौ करोड ३३ लाख २४ हजार बजेट विनियोजन गरेको हो । प्रदेशको आन्तरिक राजस्व सङ्कलनमा कमी, सङ्घीय सरकारबाट हुने वित्तीय हस्तान्तरणको बजेट कटौती आदि कारणले चालु आवको तुलनामा आगामी आवको बजेटको आकार घटेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।
काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा पाइलट र बच्चासहित पाँच जनाको मृत्यु भएको दैनिक भाष्करले जनाएको छ । मुख्यमन्त्री पुष्करसिंह धामीका अनुसार दुर्घटनास्थलमा खोज तथा उद्धार टोली परिचालित भइसकेका छन् ।
भारतीय मिडियाहरुका अनुसार केदारनाथ मन्दिर दर्शन पछि गौरीकुण्डतर्फ जाँदै गर्दा हेलिकप्टर दुर्घटनामा परेको हो । खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको अनुमान छ । दुर्घटना भएको हेलिकप्टर आर्यन एभिएसन कम्पनीको हो । उत्तराखण्डको नागरिक उड्डयन कार्यालयका अनुसार हेलिकप्टरमा उत्तराखण्ड, उत्तरप्रदेश, महाराष्ट्र र गुजरातका यात्रुहरु थिए । भारतमा एक साताकै बीचमा दोस्रो हवाई दुर्घटना भएको हो ।
१ असार, काठमाडौं ।हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।
कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
रासस १ असार, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने नुवाकोट विदुर नगरपालिका–४ का ५१ वर्षीय राजकुमार मानन्धर र काठमाडौँ महानगरपालिका–१४ बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका–२ का ४० वर्षीय ओमबहादुर खत्री रहेका छन् ।
पक्राउमध्ये राज कुमारले अमेरिका पठाइदिन्छु भन्दै तीन जनाबाट रु ३५ लाख ६९ हजार र ओमबहादुरले बेलायत पठाइदिन्छु भन्दै एक जनाबाट रु ६ लाख ७५ हजार लिई सम्पर्कविहीन भएका थिए । पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजकुमारलाई काठमाडौँ महानगरपालिका–१६ बाट र ओमबहादुरलाई काठमाडौँ महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।
पक्राउमध्ये राजकुमारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र ओमबहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ । त्यसैगरी, ठगीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–१० बस्ने कञ्चनपुर भीमदत्त नगरपालिका–१४ का २३ वर्षीय खगेन्द्र विष्टलाई प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपलिका–१० मध्यबानेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित फलफूल मण्डि नजिकैबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ७३ हजार नौ सय ट्याब्लेटसहित काठमाडौँ महानरपालिका–१४ बल्खु बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका–२ का २६ वर्षीय राजु मिजारलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित खाली जग्गामा रोकिराखेको युपी ७८ सिबी ९८३५ नम्बरको कार खानतलासी गर्दा कारको ढोकाको भागमा फल्स बटम बनाई लुकाइछिपाई राखिएको र डिकीमा रहेको अक्सिजन सिलिण्डरभित्र लुकाइछिपाई राखिएको उक्त लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
१ असार, पथरी । मोरङस्थित पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइका दुर्घटनामा परी प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ । बेलबारी नगरपालिका–४ भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मोहन विक्रम दाहालले जानकारी दिए । पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका–७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
शनिबार साँझ ८ः०० बजे पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्र१–०२–०४३प २४७१ नम्बरको मोटरसाइकलमा चौधरी श्रीमती र छोरीसहित घर फर्कने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा चौधरीकी श्रीमती विमला धिमाल र दुई वर्षीया छोरी जेसन घाइते भएका छन् । विमलाको कान र खुट्टामा चोट लागेको छभने छोरीको टाउकोमा चोट लागेको छ । उनीहरू दुवैको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ । विमला जितेन्द्रसँगै प्रहरी चौकी जमुनामा कार्यरत प्रहरी जवान हुन् । मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना भएको हो । यस क्षेत्रमा काकडभिट्टा–लौकही सडक निर्माण क्रममा छ । पूर्वपश्चिम महेन्द्र राजमार्गमा धेरै डाइभर्सन असुरक्षित भएका कारण दुर्घटना बढ्दै गएको छ ।
१ असार, पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार बेलिब्रिज भाँचिदा घाइते भएका बाराको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई जिल्ला अस्पतालले थप उपचारका लागि नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर रेफर गरेको थियो । जाँचका क्रममा नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालका चिकित्सकले गए राति तीनै जनालाई मृत घोषणा गरेको प्रनाउ बुढाथोकीले जानकारी दिए । मृतकका शव सोही अस्पतालमा रहेको उनले बताए ।
मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय इलामले ७० मिटर लामो मोडूलार बेलिब्रिज निर्माण गरिरहेको थियो । हेंवा खोलाको फिदिम नगरपालिकातर्फको भागमा बेलिब्रिज जडान गरी स्काभेटरको सहायताले ठेलेर खोला पारिपट्टि हिलिहाङ गाउँपालिकातर्फ टेकाइएको थियो । फिदिमतर्फको भागको भार अत्यधिक हुँदा बेलिब्रिज भाँचिएको प्रत्यक्षदर्शीको भनाइ छ । बेलिब्रिज भाँचिदा जडानको काम गरिरहेको छ जना कामदार बेलिब्रिजसँगै खोलामा झरेर घाइते भएका थिए ।
२०८० असार २ गते आएको बाढीले यहाँ रहेको ४५ मिटर लामो सडक पुल बगाएपछि सोही वर्षको साउनमा सोही स्थानमा करिब ५० मिटर लामो बेलिब्रिज जडान गरिएको थियो । तर सो बेलिब्रिज गत असोज १२ गते आएको बाढीले बगाएपछि करिब ९० मिटरमुनि नयाँ बेलिब्रिज निर्माण गरिरहेकामा कार्य सम्पन्न हुन लाग्दा भाँचिएको जनाइएको छ । उक्त बेलिब्रिज भारत सरकारले अनुदानमा उपलब्ध गराएको थियो भने संरचना निर्माण तथा जडान रु तीन करोड ४९ लाखको लागतमा सुपर सौगात लाइट बिल्डर्स जेभीले गरिरहेको थियो ।
एजेन्सी १ असार, काठमाडौं । इरानले आणविक अस्त्र विकास गर्न खोजिरहेको आशङ्काका बीच इजरायलले इरानमाथि गरेको आक्रमणले इरानको आणविक केन्द्रलाई निशाना बनाएको छ । विज्ञहरूले एएफपीलाई बताएअनुसार यी आक्रमणहरूले इरानको आणविक कार्यक्रमलाई केही क्षति पु¥याएको हुन सक्छ तर इजरायलले घातक प्रहार गर्ने सम्भावना कम छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले इरानी अधिकारीहरूबाट प्राप्त जानकारीलाई उद्धृत गर्दै भनेको छ, “इजरायलले नटान्ज र फोर्डोमा इरानको भूमिगत युरेनियम संवद्र्धन स्थल र इस्फाहानमा युरेनियम रूपान्तरण केन्द्रमा आक्रमण गरेको छ ।
इरानी अधिकारीलाई उद्धृत गर्दै आईएईएले शुक्रबार इरानको नातान्ज आणविक स्थलको जमिनभन्दा माथिको एक महत्वपूर्ण भाग नष्ट भएको जनाएको छ । आणविक प्रसारमा विशेषज्ञता हासिल गर्ने अमेरिकास्थित संस्था इन्स्टिच्युट फर साइन्स एन्ड इन्टरनेसनल सेक्युरिटी (आइएसआइएस) ले भूउपग्रहीय तस्वीरको विश्लेषण गरेको प्रतिवेदनमा उक्त स्थलको विद्युत् आपूर्तिमा ‘व्यापक’ क्षति पुगेको उल्लेख छ ।
भूमिगत संरचनामा विद्युत् आपूर्ति हुन नसकेमा युरेनियम संवद्र्धनका लागि प्रयोग गरिने मेसिनका सेन्ट्रिफ्युजमा ठूलो क्षति पुग्न सक्ने आइएसआइएस इन्स्टिच्युटले जनाएको छ । यदि जगेडा विद्युतको स्रोत गुम्यो भने कमसेकम युरेनियम संवद्र्धन प्लान्ट तत्कालका लागि काम नलाग्ने अवस्थामा पुग्नेछ । तेहरानको दक्षिणमा रहेको फोर्डोमा भएको क्षति सामान्य रहेको इरानले जनाएको छ । विज्ञहरूका अनुसार इस्फाहानस्थित युरेनियम संवद्र्धन केन्द्र वरपर भण्डारण गरिएको युरेनियमको भण्डारमा आक्रमणले कस्तो प्रभाव पारेको हुन सक्छ भन्ने जानकारी लिन अहिले नै असम्भव छ।
इन्टरनेसनल क्राइसिस ग्रुपका इरान परियोजना निर्देशक अली भाएजले एएफपीसँग भने, “यदि इरानले ‘गोप्य केन्द्रहरू’ मा युरेनिायम ठूलो मात्रामा स्थानान्तरण गर्न सफल भयो भने ‘इजरायलको आक्रमण बेकार हुनेछ।” भाएजले भने, “इजरायलसँग ‘नाटान्ज र फोर्डोमा भण्डारण सुविधाहरू नष्ट गर्न’ आवश्यक विशाल शक्तिशाली बमहरू छैनन् । इजरायलले इरानको आणविक कार्यक्रमलाई क्षति पुर्याउन सक्छ तर यसले कार्यक्रमलाई नष्ट गर्न सक्ने सम्भावना छैन।”
हतियार नियन्त्रण सङ्गठनका विशेषज्ञ केल्सी डेभेनपोर्टका अनुसार ती केन्द्र नष्ट गर्न अमेरिकी सैन्य सहयोग आवश्यक पर्छ । उनले भने, आक्रमणबाट नौ जना इरानी आणविक वैज्ञानिकको हत्या भए पनि इजरायलको अभूतपूर्व आक्रमणले इरानले आणविक हतियारमा निर्माण गरेको विशेषज्ञतालाई मेटाउन नसक्ने देखिन्छ।” आइएइएले प्रभावित क्षेत्रमा विकिरणको स्तर नबढेको बताएको छ ।
“इरानको युरेनियम संवद्र्धन केन्द्रमा आक्रमण गर्दा हानिकारक विकिरण निस्किने सम्भावना निकै कम छ,“ डेभनपोर्टले भने । तर इरानको एक मात्र आणविक ऊर्जा केन्द्र बुशहरमा भएको आक्रमणले स्वास्थ्य र वातावरणमा गम्भीर असर पार्न सक्ने उनले बताए । इजरायलले आक्रमण सुरु गरेपछि आइएइएका प्रमुख राफेल ग्रोसीले आणविक केन्द्रहरूमा ‘कहिल्यै आक्रमण गर्न नहुने’ र इरानी स्थलहरूलाई लक्षित गर्दा ‘इरान, यस क्षेत्र र त्यसभन्दा बाहिरका मानिसहरूका लागि गम्भीर परिणाम’ न्म्त्यिाउनसक्ने बताएका थिए ।
संयुक्त राज्य अमेरिकाले सन् २०१८ मा तेहरानको आणविक गतिविधिलाई नियन्त्रण गर्ने ऐतिहासिक सम्झौताबाट एकतर्फी रूपमा पछि हटेपछि विशेष गरी युरेनियम संवद्र्धनमा इरान बिस्तारै पछि हटेको छ। मे महिनाको मध्यसम्ममा देशमा ४०८.६ किलोग्राम युरेनियम रहेको अनुमान गरिएको छ, जुन आणविक हतियारका लागि आवश्यक ९० प्रतिशतभन्दा बढी तयारी हो ।
(250614) — TEHRAN, June 14, 2025 (Xinhua) — This photo taken on June 13, 2025 shows a car damaged during Israeli airstrikes in Tehran, Iran. Early Friday, Israel carried out airstrikes on Tehran and other cities across Iran.
Amir Saeid Iravani, Iran’s UN envoy, said that at least 78 people were killed as a result of Israel’s strikes, while 320 others were injured, most of whom were civilians. (Xinhua)
भियनास्थित आइएइएको परिभाषाअनुसार इरानसँग सैद्धान्तिक रूपमा करिब १० वटा आणविक बमका लागि पर्याप्त आवश्यक सामग्री छ। संयुक्त राष्ट्रसंघीय आणविक निगरानी संस्थाका अनुसार युरेनियम उत्पादन गर्ने इरान एक मात्र गैरआणविक शक्ति सम्पन्न राष्ट्र हो । आईएईएले संयुक्त राष्ट्रसङ्घको निकायसँग इरानको सहयोगको अभावको आलोचना गर्दै आएको छ, तर यसले भनेको छ कि ‘जारी, आणविक कार्यक्रमको अघोषित संरचना बनाइएको कुनै विश्वसनीय सङ्केत छैन’।
तेहरानले आणविक हतियार विकास गर्ने महत्वाकाङ्क्षालाई निरन्तर अस्वीकार गर्दै आएको छ । डेभनपोर्टले यो आक्रमण इरानमा आणविक हतियारको वकालत गर्ने समूहलाई बलियो बनाउन सक्ने कारण हुनसक्ने चेतावनी दिएका छन् । “इजरायलको आक्रमणले इरानलाई प्राविधिक रूपमा पछाडि धकेलेको छ, तर राजनीतिक रूपमा आक्रमणले इरानलाई आणविक हतियारको नजिक धकेलिरहेको छ,” डेभनपोर्टले भने ।
३१ जेठ, पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा छजना कामदार घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आज साँझ निर्माणाधीन बेलिब्रिज हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा भाँचिएर खोलामा झरेको हो । करिब ७० मिटर लामो मोडुलार पुल भाँचिदा निर्माणमा खटिएका छजना कामदार घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा बारा सिमरा उपमहानगरपालिका १२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी, २२ वर्षीय राकेश चौधरी र २५ वर्षीय भुलेश्वर चौधरी गम्भीर घाइते भएका छन्भने ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रनाउ बुढाथोकीले जानकारी दिए ।लोड थाम्न नसकेर बेलिब्रिज भाँचिएको स्थानीयवासीले बताएका छन् ।
३१ जेठ, काठमाडौं । वासिङ्टनको सहयोगी इजरायल र इरानबीच झडप भइरहेका बेला बग्दादले तेहरानलाई इराकी भूमिमा अमेरिकी स्वार्थलाई निशाना नबनाउन आग्रह गरेको एक वरिष्ठ सुरक्षा अधिकारीले शनिबार बताए । बग्दादको सरकार तेहरानको नजिकको सहयोगी हो तर इरानको कट्टर शत्रु संयुक्त राज्य अमेरिकाको रणनीतिक साझेदार पनि हो ।
इराकमा लगभग दुई हजार ५०० अमेरिकी सैनिकहरू छन् । इराकी सरकारले तेहरानलाई आफ्नो क्षेत्रमा आक्रमण नगर्न आग्रह गरेको एक वरिष्ठ इराकी सुरक्षा अधिकारीले बताए । इरानलाई इराकमा निशाना नबनाउन अनुरोध गरिएको थियो । उनीहरूले हामीलाई सकारात्मक आश्वासन दिएका छन्,” संवेदनशील विषयमा बोल्ने अख्तियारप्राप्त व्यक्त आफू नभएको बताउँदै ती अधिकारीले भने ।
अधिकारीका अनुसार तेहरानले बगदादको अनुरोधमा समझदारी देखाएको छ । इरानमा रहेका सैन्य र आणविक स्थलहरूमा इजरायली आक्रमणको शृङ्खलासँगै शुक्रबार बिहान सुरु भएको वर्तमान तनावअघि तेहरानले वासिङ्टनसँगको आणविक वार्ताको सम्भावित असफलताका कारण उत्पन्न द्वन्द्वको स्थितिमा यस क्षेत्रमा रहेका अमेरिकी सेनाको सैन्य अखडामा आक्रमण गर्ने धम्की दिएको थियो।
सन् २०२३ को अक्टोबरमा सुरु भएको गाजा युद्धका क्रममा इरानसमर्थित प्यालेस्टिनी समूह हमासविरुद्ध इजरायललाई उभ्याइएको छ भने तेहरानसमर्थित सशस्त्र समूहले इराक र छिमेकी सिरियामा रहेका अमेरिकी सेनालाई लक्षित गरी दर्जनौँ रकेट र ड्रोन आक्रमण गरेका छन् ।
आक्रमणको लहर सुरु हुनुअघि संयुक्त राज्य अमेरिकाले बुधबार सुरक्षाको कारण देखाउँदै बग्दादस्थित आफ्नो दूतावासमा कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो । शक्तिशाली कातेब हिजबुल्लाहले ‘यस क्षेत्र (इराक)मा थप युद्ध’ को चेतावनी दिएसँगै इराकमा रहेका इरान समर्थक धेरै समूहले शुक्रबार देशबाट अमेरिकी सेनाको बहिर्गमनलाई तीव्रता दिन आह्वान गरेका छन् ।
एजेन्सी ३१ जेठ, काठमाडौं । वुटिप टाइफुनका कारण मध्य भियतनाममा आएको बाढीमा परी तीन जनाको मृत्यु भएको भियतनाम समाचार एजेन्सीले शनिबार जनाएको छ । एजेन्सिका अनुसार बाढीमा क्वाङ त्रि प्रान्तको ट्रिउ फोङ जिल्लामा दुई जनाको मृत्यु भएको छ भने हाइ लाङ जिल्लामा एक जनाको डुबेर मृत्यु भएको छ। छिमेकी क्वाङ बिन्ह प्रान्तमा, उद्धार टोलीले मौसमको अवस्था अनुसार अपरेसन विस्तार जारी राखेको र अझै चार जना बेपत्ता रहेको जनाएका छन् ।
एजेन्सिका अनुसार बाढीले २१ हजार हेक्टरभन्दा बढी धानको खेत, हजारौँ हेक्टर तरकारी खेती डुबानमा परेको जनाइएको छ । बाढीले घरहरू पनि डुबानमा पारेको ट्राफिक अवरुद्ध भएता पनि नदीको सतह बिस्तारै घट्दै गएको जनाइएको छ ।
३१ जेठ, काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा नजिकै घुमाउने पसल अगाडि दुर्घटना भएको माइक्रोबसका घाइतेको बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपाल अस्पतालमा उपचार भइरहेको छ । काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा३ख ८३२९ नंको माइक्रोबस अनियन्त्रित भई आज अपराह्न सडकबाट करिब ८० मिटर तल खसेको थियो । उक्त माइक्रोबसमा चालक तथा सहचालकसहित २० जना सवार थिए ।
सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं १८ नीलबाराही गण काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीको कमान्डमा खटिएको सुरक्षा फौजले उनीहरूको उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको सशस्त्र प्रहरीले जनाएको छ । दुर्घटनामा चार बालबालिका, पाँच महिला र ११ पुरुष घाइते भएका छन् ।
३१ जेठ, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको मुख्य संरचना निर्माण सम्पन्न भएको छ । फ्लाई ओभरको आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ । निरीक्षणका क्रममा मन्त्री दाहालले फ्लाई ओभर निर्माण नौलो अभ्यास भएकाले केही ढिला भएको बताए । अन्य निर्माणाधीन योजना तथा आयोजनाहरू पूरा गराउन मन्त्रालयले प्राथमिकता दिएको उनले बताए ।
सडक विभागका महानिर्देशक डा विजय जैसीले मुख्य संरचनाको निर्माण पूरा भएको भन्दै केही दिनभित्रमा सार्वजनिक यातायात सञ्चालन गरिने जानकारी दिए । सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले अब फ्लाई ओभरको मध्य भागमा ‘डिभाइडर’ राख्ने र केही सामान्य कामहरू बाँकी रहेकाले यथाशीघ्र सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।
२३ दिन भित्रै बाँकी काम पूरा भएपछि यातायात सञ्चालनका लागि खुला गरिने उनले जानकारी दिए । पूर्वनिर्धारित समयमा निर्माण पूरा हुन नसकेपछि मन्त्री दाहालले पटकपटक निरीक्षण र अनुगमन गरेपछि तीव्र गतिमा काम गर्न निर्देशन दिएका थिए । सो फ्लाई ओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ ।
३१ जेठ, काठमाडौं । इस्लामिक गणतन्त्र इरानको आणविक र सैन्य सुविधालाई लक्षित गरी इजरायलले गरेको आक्रमण पछि इरानले शनिबार इजरायलमा जवाफी आक्रमण गरेको छ । शनिबार इजरायली सेनाले बासिन्दाहरूलाई सुरक्षित आश्रयमा शरण लिन आह्वान गर्दै इरानबाट दर्जनौँ क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ । इरानले इजरायलका दर्जनौँ लक्ष्यहरूमा आक्रमण गर्दा तेल अवीवको डाउनटाउनका भवनहरू माथि धुवाँ उडिरहेको एएफपीले जनाएको छ ।
इजरायली अग्निशमन सेवाले आफ्नो टोलीले इरानी क्षेप्यास्त्र आक्रमणको प्रतिक्रियामा प्रतिक्रिया दिँदै भवनमा फसेका मानिसहरूलाई उद्धार गर्ने काम गरिरहेको बताएको छ । इजरायली मिडिया रिपोर्टका अनुसार गुस दान क्षेत्रबाट ३४ जना घाइतेहरुको उद्धार गरेको उद्धारकर्ताहरूले बताएका छन् । उनीहरुका अनुसार ती मध्ये एक महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।
इरानको राजधानी तेहरानमा शनिबार मेहराबाद विमानस्थलबाट आगो र भारी धुवाँ निस्किएको एएफपीले जनाएको छ भने स्थानीय मिडियाले उक्त क्षेत्रमा विस्फोट भएको रिपोर्ट गरेका छन् । यसअघि इरानले आफ्नो हवाई रक्षा प्रणाली सक्रिय गरेको र राजधानी भरि विस्फोटको आवाज सुनिएको बताएको थियो । दर्जनौँ मानिसहरू आफ्नो देशको सैन्य प्रतिक्रियालाई उत्साहित गर्न तेहरानको सडकमा राष्ट्रिय झण्डा फहराउदै इजरायल विरोधी नारा लगाएको जनाइएको छ ।
संयुक्त राष्ट्रसंघका लागि इरानी राजदूतले शुक्रबार इजरायलले गरेको आक्रमणमा ७८ जनाको मृत्यु हुनुका साथै ३२० जना घाइते भएको बताए । आक्रमण पछि संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले दुई राष्ट्रलाई युद्ध विराम गर्न आह्वान गरे । उनले सामाजिक सञ्जाल एक्स मार्फत युद्ध रोक्ने समय आएकाले कुटनैतिक समाधानको बाटोमा जानु पर्ने बताए ।
३१ जेठ, काठमाडौं । इजरायली हमलाको जबाफमा इरानले गतराती इजरायलमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। हमला जारी रहँदा इजरायली सहरहरूमा बारम्बार साइरनका आवाज सुनिएका छन् । बीबीसीका संवाददाताले तेल अभिभको आकाशमाथि कालो धुवाँ उठिरहेको बेला जेरुसलेममा विस्फोटको आवाज सुनिएको बताएका छन्।
((Photo by Ammar Safarjalani/Xinhua)
अन्य इजरायली सहरमा समेत ठूला विस्फोटका आवाज सुनिएका विवरण आएका छन्। जबाफी हमलामा परेर ४० जनाको इजरायली अस्पतालहरूमा उपचार भइरहेको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। इजरेली एवं अमेरिकी सञ्चारमाध्यमहरूले एकजनाको मृत्यु भएको उल्लेख गरेका छन्।
(Gideon Markowicz/JINI via Xinhua)
शनिवार बिहानैदेखि दुवै पक्षबाट भएका हमलामा तेहरानमा समेत विस्फोटनका आवाज सुनिएका छन्। संयुक्त राष्ट्र सङ्घका लागि इरानी राजदूतले शुक्रवारदेखिका इजरेली हमलामा वरिष्ठ सैन्य अधिकारीहरूसहित ७८ जनाको मृत्यु भएको र ३२० जना भन्दा बढी घाइते भएको बताउँदै त्यसमा अधिकांश सर्वसाधारणहरू रहेको उल्लेख गरेका छन्।
(Photo by Ammar Safarjalani/Xinhua)
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रममा सम्झौता गर्न आग्रह गर्दै त्यसो नभए अझ क्रूर इजरेली आक्रमण हुनसक्ने चेतावनी दिएका छन्। इजरेली सेनाले केही क्षेप्यास्त्रहरू निस्तेज पारिएको जनाउँदै कैयौँ स्थानहरूमा खोज तथा उद्धार टोलीहरू खटाइएको जनाएको छ। इजरेली सञ्चारमाध्यमहरूले इरानी प्रतिआक्रमण सुरु भएदेखि एक व्यक्तिको मृत्यु भएको र दर्जनौँ घाइते भएको जनाएका छन्।
एजेन्सी ३१ जेठ, काठमाडौं । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र सैन्य स्थलहरू सहित एक सय वटा लक्ष्यमा आक्रमण गरेको छ । साथै आक्रमणमा सशस्त्र बलका प्रमुख, इरानका रिभोलुसनरी गार्डका प्रमुख र शीर्ष आणविक वैज्ञानिकहरूको मृत्यु भएको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इजरायललाई उसले आक्रमणका लागि ‘कटु र पीडादायक’ भाग्यको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । इरानी मिडियाका अनुसार आक्रमणमा एक वरिष्ठ गार्ड कमान्डरको पनि मृत्यु भएको छ ।
इजरायली सेनाका अनुसार इरानले इजरायलतर्फ प्रतिक्रियामा एक सय वटा ड्रोन प्रक्षेपण गरेको र तिनलाई इजरायली रक्षा प्रणालीले रोक्न कोशिश गरिरहेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजलाई उहाँलाई इजरायली आक्रमणको पूर्व जानकारी रहेको बताए । इजरायली सेनाका अनुसार आक्रमणमा दुई सय वटा लडाकू विमान संलग्न थिए । ट्रम्पले तेहरानसँग ‘आणविक बम राख्न सक्दैन’ भनी पनि जोड दिए ।
(250613) — TEHRAN, June 13, 2025 (Xinhua) — A rescuer attempts to remove debris of buildings damaged during Israeli strikes in Tehran, Iran, June 13, 2025. Israeli Defense Minister Israel Katz said on Friday that Israel has launched a “preemptive strike” on Iran.
Chief Commander of Iran’s Islamic Revolution Guards Corps Hossein Salami and Gholam-Ali Rashid, commander of Iran’s Khatam al-Anbiya Central Headquarters, were assassinated as a result of the airstrikes, the official news agency IRNA reported. (Xinhua)
संयुक्त राज्य अमेरिकाले पनि इजरायली कारबाहीमा संलग्न नभएको स्पष्ट गरेको छ र तेहरानलाई आफ्ना कर्मचारी वा स्वार्थहरूमाथि आक्रमण नगर्न चेतावनी दिएको छ । तर तेहरानले इजरायलको अपरेसन ‘संयुक्त राज्य अमेरिकाको समन्वय र अनुमति बिना गर्न सकिँदैन’ भन्दै संयुक्त राज्य अमेरिका ‘परिणामका लागि जिम्मेवार हुनेछ’ भनेको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलको अपरेसनले ‘इरानको आणविक संवर्धन कार्यक्रमको मुटु’मा प्रहार गरेको र नतान्जका आणविक सुविधा र आणविक वैज्ञानिकहरूलाई लक्षित गरेको बताए । उनले इरान विरुद्धको अपरेसन ‘जति दिन लाग्छ त्यति दिन जारी रहनेछ’ भने । पछि भिडियो वक्तव्यमा उनले प्रारम्भिक आक्रमणहरू ‘अत्यन्त सफल’ थिए भने । इजरायली कारबाहीमा इरानको रिभोलुसनरी गार्ड्सका नेता हुसेन सलामी र सशस्त्र बलका चिफ अफ स्टाफ मोहम्मद बघेरी मारिएको इरानी मिडियाले जनाएको छ ।
इरानी राज्य मिडियाले तेहरानमा आवासीय भवनहरूमा पनि आक्रमण भएको र महिला तथा बालबालिका सहित धेरै नागरिकको मृत्यु भएको बताएको छ । तेहरानको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल इमाम खोमेनीमा हवाई यातायात बन्द गरिएको छ भने छिमेकी इराकले पनि आफ्नो हवाई क्षेत्र बन्द गरी सबै विमानस्थलमा सबै उडान स्थगित गरेको सरकारी मिडियाले जनाएको छ ।
President Donald Trump speaks during an event to sign a bill blocking California’s rule banning the sale of new gas-powered cars by 2035 in the East Room of the White House, Thursday, June 12, 2025, in Washington. (AP Photo/Evan Vucci)
रक्षामन्त्री इजरायल काट्जले तेहरानबाट जवाफी कारबाहीको अपेक्षा गर्दै इजरायलले आपत्कालीन अवस्था घोषणा गरेको र आफ्नो हवाई क्षेत्र बन्द गरेको बताए । “इरानविरुद्ध इजरायलको पूर्वनियोजित हमलापछि इजरायल राज्य र यसको नागरिक जनसङ्ख्या विरुद्ध मिसाइल र ड्रोन आक्रमण निकट भविष्यमा हुने अपेक्षा गरिएको छ”, काट्जले भने । इजरायली सेनाले इरानसँग ‘कुनै पनि मिनेट’ इजरायलमा आक्रमण गर्ने क्षमता रहेको विश्वास गरेको एक इजरायली सैन्य अधिकारीले बताए ।
इजरायली आक्रमणपछि तेलको मूल्य १२ प्रतिशतले बढेको छ भने सेयर बजार घटेको छ । यो आक्रमण यस क्षेत्रमा ‘ठूलो द्वन्द्व’ को ट्रम्पको चेतावनीपछि आएको हो । यदि द्वन्द्व सुरु भयो भने इरानले यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्ने धम्की दिएपछि अमेरिकाले मध्यपूर्वमा कर्मचारीहरू कम गरिरहेको पनि ट्रम्पले बताएका थिए । ट्रम्पले इरानको आणविक कार्यक्रममा ‘धेरै राम्रो’ सम्झौता ‘धेरै नजिक’ भएको विश्वास गरेको तर आफ्नो कट्टर शत्रुमाथि इजरायली आक्रमणले सम्झौताको सम्भावनालाई बिगार्न सक्ने बताए ।
उनले सोमबार नेतान्याहुसँगको कुराकानीको विवरण खुलासा गरेनन्, तर भने, “म तिनीहरूलाई भित्र जान चाहन्नँ, किनकि मलाई लाग्छ यसले यसलाई बिगार्नेछ ।” ट्रम्पले तुरुन्तै भन्नुभयो, “यसले वास्तवमा मद्दत गर्न सक्छ, तर यसले यसलाई बिगार्न पनि सक्छ ।” अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आक्रमणमा वासिङ्टन संलग्न नरहेको भन्दै इरानलाई अमेरिकी अड्डाहरूमा आक्रमण गरेर इजरायली आक्रमणको जवाफ नदिन चेतावनी दिए । “मलाई स्पष्ट हुन दिनुहोस्ः इरानले अमेरिकी हित वा कर्मचारीहरूलाई लक्षित गर्नु हुँदैन”, रुबियोले एक विज्ञप्तिमा भने । शुक्रबारको आक्रमणअघि इरानले द्वन्द्व सुरु भएमा मध्यपूर्वका अमेरिकी अड्डाहरूमा आक्रमण गर्ने धम्की दिएको थियो । “यसका सबै आधारहरू हाम्रो पहुँचभित्र छन्, हामीसँग तिनीहरूसम्म पहुँच छ र कुनै हिचकिचाहट बिना हामी ती सबैलाई आयोजक देशहरूमा लक्षित गर्नेछौँ”, इरानका रक्षामन्त्री अजिज नासिरजादेहले यस हप्ता भने । हिंसाबाट अमेरिका र इरानबीचको छैटौँ चरणको वार्ता आइतबार ओमानमा हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको अवस्थामा ट्रम्पले वासिङ्टन अझै पनि ‘वार्ताको टेबलमा फर्कने आशा गरिरहेको छ’ भने । नतान्ज लक्ष्यहरूमध्ये एक भएको पुष्टि गर्दै संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्थाले यो स्थितिलाई ‘नजिकबाट निगरानी’ गरिरहेको बताएको छ ।
A general view shows buildings in the Iranian capital Tehran on June 13, 2025, following reported Israeli strikes targeting Iran early in the morning. Israeli Prime Minister Benjamin Netanyahu said in a video statement in the early hours of June 13 that Israel carried out strikes on Iran and the military operation against the Islamic republic would “continue for as many days as it takes”. (Photo by AFP)
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का प्रमुख राफेल ग्रोसीले भने, “एजेन्सी विकिरणको स्तरको सम्बन्धमा इरानी अधिकारीहरूसँग सम्पर्कमा छ । हामी देशमा रहेका हाम्रा निरीक्षकहरूसँग पनि सम्पर्कमा छौँ ।” अमेरिकी सैन्य र कूटनीतिक समर्थनमा भर पर्ने इजरायलले इरानलाई अस्तित्वको खतराका रूपमा हेर्छ ।
नेतान्याहुले सन् २०२३ अक्टोबर ७ मा तेहरान समर्थित हमासले इजरायलमा गरेको अभूतपूर्व आक्रमणपछि कम संयम अपनाउने वाचा गरेका छन् । हमासको आक्रमणपछि गाजामा ठूलो इजरायली आक्रमण सुरु गर्यो । हमासको आक्रमणपछि इरान र इजरायलले पहिलोपटक प्रत्यक्ष आक्रमण गरेका छन् । इजरायलसँगै संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी देशहरूले बारम्बार इरानलाई आणविक हतियार खोजेको आरोप लगाएका छन् । उक्त आरोपलाई इरानले बारम्बार अस्वीकार गरेको छ । बुधबार आइएइएले इरानलाई आफ्नो दायित्वको पालना नगरेको आरोप लगाएपछि इजरायलले फेरि विश्वव्यापी कारबाहीको आह्वान गरेको छ ।
इरानका आणविक प्रमुख मोहम्मद इस्लामीले प्रस्तावलाई ‘चरमपन्थी’ भनेर निन्दा गर्दै इजरायली प्रभावलाई दोष दिए । प्रतिक्रियामा इरानले सुरक्षित स्थानमा नयाँ संवर्धन केन्द्र सुरु गर्ने बताएको छ । इरानले हाल युरेनियमलाई ६० प्रतिशतमा संवर्धन गर्छ । यो सन् २०१५ को सम्झौतामा तोकिएको तीन दशमलव ६७ प्रतिशत सीमाभन्दा धेरै माथि छ र आणविक हतियारका लागि आवश्यक ९० प्रतिशतको नजिक भए पनि अझै पनि कम छ ।
एजेन्सी ३१ जेठ, काठमाडौं । यस वर्षको पहिलो टाइफुन, टाइफुन वुटिप नजिकिँदै गर्दा दक्षिण चीनको हाइनान प्रान्तमा दशौँ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । बिहीबार बिहानसम्ममा यस प्रान्तले निर्माण स्थलहरू, तल्लो बाढी प्रभावित क्षेत्रहरू र आकस्मिक बाढीको जोखिममा रहेका क्षेत्रहरूबाट कुल १६ हजार पाँच सय ६१ मानिसलाई खाली गराएको थियो । प्रान्तका सबै ३० हजार सात सय २१ माछा मार्ने जहाज या त बन्दरगाहमा फर्केका थिए वा अन्यत्र शरण लिएका थिए । जहाजहरूमा काम गरिरहेका ४० हजारभन्दा बढी मानिसलाई किनारबाट निकालिएको थियो ।
टाइफुन वुटिप बलियो हुँदै जाँदा प्रान्तीय मौसम विज्ञान सेवाले स्थानीय समयानुसार शुक्रबार ११ बजेसम्म तेस्रो स्तरको टाइफुन चेतावनी कायम राखेको छ । शुक्रबार १० बजेसम्म आँधीको केन्द्र लेडोङ ली स्वायत्त काउन्टी नजिकैको तटीय पानीमा अवस्थित थियो । यसको केन्द्र नजिकै अधिकतम निरन्तर हावा २८ मिटर प्रतिसेकेन्ड पुगेको थियो । आठ बजेसम्म प्रान्तका धेरै भागमा वर्षा हुने अपेक्षा गरिएको छ ।
दिउँसोको मौसम पूर्वानुमान अनुसार टाइफुन वुटिप पाँचदेखि १० किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरतर्फ बढ्ने अपेक्षा गरिएको छ । तीव्रतामा थोरै परिवर्तन भएको छ । वुटिपले शुक्रबार लेडोङ काउन्टी र डोङफाङ सहरको बीचको तटमा २५ देखि २८ मिटर प्रतिसेकेन्डको हावालाई समेट्ने गम्भीर उष्णकटिबन्धीय आँधीको रूपमा अवतरण गर्ने सम्भावना रहेको छ ।
एजेन्सी ३१ जेठ, काठमाडौं । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको शुक्रबार ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको छ । अहमदावादबाट बेलायतको लण्डनतर्फ जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान बिहीबार मध्याह्न करिब १०० मिटर (३३० फिट) को उचाइमा रहँदा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलकासदस्यसहित २४२ जना यात्रु सवार थिए ।
एक व्यक्ति चमत्कारिक रुपमा दुर्घटनाग्रस्त विमानमा बाँच्न सफल भएका थिए । “सुरुमा मलाई पनि म मर्न लागेको जस्तो लागेको थियो, तर पछि मैले आँखा खोलेँ र थाहा पाएँ कि म अझै जीवित छु,” बेलायती नागरिक विश्वासकुमार रमेशले अस्पतालको शैयाबाट राष्ट्रिय प्रसारक डीडी न्यूजसँग बताए ।
प्रहरी उपप्रमुख कानन देसाईले अहिलेसम्म २६५ जनाको शव गणना गरिएको र विमान दुर्घटना भएको घटनास्थलमा कम्तीमा २४ जना गैर यात्रीको मृत्यु भएको जानकारी दिए । मृतकहरूको औपचारिक सङ्ख्या मृत शरीरको डिएनए परीक्षणपछि मात्र घोषणा गर्न सकिने प्रशासनले जनाएको छ ।
एजेन्सी ३० जेठ, काठमाडौं । उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको एक तालमा शोक व्यक्त गर्न मानिसहरूलाई लिएर गएको एक यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु हुनुका साथै अन्य केही बेपत्ता भएका अधिकारीहरूले शुक्रबार बताएका छन् । उत्तरी इक्वेटुर प्रान्तको तुम्बा तालमा बुधबार भएको उक्त दुर्घटनामा तीनवटा ठूला डुङ्गाहरू रहेका प्रान्तीय गृहमन्त्री क्रिस्पिन एमपुटु मोलियाले जानकारी दिए ।
“हामीले अहिलेसम्म दर्जनौं जीवित व्यक्तिलाई उद्धार गर्नुका साथै ४० वटा शव फेला पारेका छौँ । अझै पनि कैयौँको सङ्ख्यामा मानिसहरू हराइरहेका छन्,” उहाँले एएफपीसँग भने । यसैबीच, उद्धारमा संलग्न स्थानीय बासिन्दा डियु मर्सी अकुलाले मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको बताए । उनले भने, “हिजो हामीले ५२ वटा शव फेला पारेका थियौँ, आज बिहान थप दुई जना मृत शरीर शव फेला परेका छन् ।” उक्त डुङ्गाले इकोको–बोङिन्डा गाउँमा अन्त्येष्टिका लागि एक महिलाको शव र २०० भन्दा बढी मलामी बोकेको थियो । प्रत्यक्षदर्शीहरूले अधिकारीहरूलाई डुङ्गाले एक्कासी ठूलो छालको सामना गर्नुपरेको र यसलाई चालकले थेग्न नसक्दा दुर्घटना भएको बताए ।
दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको उनीहरूले बताए । एमपुटुका अनुसार डुङ्गामा रहेका यात्रुको सूची थिएन, जसले गर्दा डुङ्गामा ओभरलोड थियो कि थिएन भन्न कठिन भएको छ । प्राकृतिक स्रोतसाधनले भरिपूर्ण तर दशकौँदेखिको द्वन्द्वको चपेटामा परेको अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा ताल र नदीमा बारम्बार डुङ्गा दुर्घटनाको पीडा व्यहोर्नेगरेको छ । यात्री सूचीको अनुपस्थितिले प्रायः खोजी र उद्धार कार्यलाई जटिल बनाउँदछ र मृत्युको सही सङ्ख्या पुष्टि गर्न असम्भव बनाउँछ।
३० जेठ, काठमाडौं । गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले बढोत्तरी भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार १०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ । गत मङ्गलबार एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु दुई हजार १६५ मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
३० जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरेको अभियोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हुनाले उक्त मुद्दाको किराना नहुँदासम्म सांसद पद स्वतः निलम्बन हुने सदनलाई गराएका छन् ।
आयोगले पताञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा महेन्द्रज्योतिमा हदबन्दीभन्दा बढी जग्गा खरिदका सम्बन्धमा सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी भएको भन्ने अभियोग पूर्व प्रधानमन्त्री नेपालविरुद्ध दर्ता गरेकाले सांसद पद स्वतः निलम्बन भएको सभामुख घिमिरे सदनलाई जानकारी गराए । सभामुख घिमिरले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट २०६४ सालमा संविधानसभामा सभानुपातिक सदस्यमा निर्वाचित वीरेन्द्र ज्वारचनको ६९ वर्षको उमेरमा निधन भएकोप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको घोषणा गरे ।
समाजसेवीसमेत रहनुभएका उहाँको जेठ २९ गते मुस्ताङस्थित आफ्नो निवासमा मृत्यु भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी असार १ गते आइतबार ११ः०० बजे बस्ने गरी बोलाइएको छ ।
३० जेठ, टक्सार । भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु भएको छ । घरायसी विवाद हुँदा पत्नीको कुटपिटबाट पति गम्भीर घाइते भएका थिए । भोजपुर नगरपालिका–३ गुप्तेश्वरका ३० वर्षीय प्रकाश राईको पत्नीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार बेलुका घरायसी विवादका क्रममा पत्नीको कुटपिटबाट घाइते भएका प्रकाशलाई शुक्रबार बिहान छिमेकीले थाहा पाएर उपचारका लागि लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
गुप्तेश्वर घर भए पनि राईको परिवार टेम्केमैयुङ गाउँपालिका–१ तिम्मामा बसोबास गर्दै आइरहेको थियो । विवादमा पत्नी सुमित्राले पतिमाथि कुटपिट गरेको र उनको सोही कारण मृत्यु भएको विषयमा थप अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तिमिल्सिनाले बताए ।
३० जेठ, काठमाडौं । काठमाडौँको तीनकुनेमा पूर्वराजा समर्थकको प्रदर्शनमा अवाञ्छित गतिविधिमामा संलग्न रहेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईंसहित सात जनालाई काठमाडौँको डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका सात जनालाई गए राति थुनामा पठाउन आदेश भएका निजहरूलाई काठमाडौँको डिल्लीबजार कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
उनले भने, “जिल्ला अदालत काठमाडौँको आदेशअनुसार, दुर्गा प्रसाईं, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र जीतबहादुर श्रेष्ठलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।” पूर्वराजाको समर्थनमा गत चैत १५ गते भएको प्रदर्शनमा तीनकुनेस्थित घरमा आगजनी हुँदा समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकको ज्यान गएको थियो ।
३० जेठ, ओखलढुङ्गा । यहाँको मोलुङ गाउँपालिका–६ श्रीचौर मङ्गलबारेकी ३२ वर्षिया हिरा तामाङले ओखलढुङ्गा सामुदायिक अस्पतालमा आज तिम्ल्याहा शिशुको जन्म दिएकी छिन् । बिहीबार अस्पताल भर्ना भएकी तामाङले आज बिहान तीन स्वस्थ शिशु जन्माएको अस्पतालका निर्देशक डा रोशन खरेलले जानकारी दिए । निर्देशक खरेलका अनुसार डाक्टर रमिता कँडेल नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरेका थिए ।
जन्मिएका तीनै छोरीमध्ये पहिलोको तौल एक हजार ९०० ग्राम, दोस्रोको दुई हजार २०० सय ग्राम र तेस्रोको तौल दुई हजार ३०० सय ग्राम रहेको अस्पतालले जनाएको छ । ३६ हप्तामै शल्यक्रिया मार्फत निकालिएका नवजात शिशुहरु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । तामाङको पहिलो सन्तानका रुपमा सात वर्षीय छोरा छन् ।
३० जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले संसदमा आफ्नोबारे उठेका प्रश्नको जवाफ दिएका छन् । संसदमा उनले विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपको नाराबाजीका बीचमा बोलेका हुन् । राप्रपाले समेत संसद अवरोधमा साथ दियो । प्रमुख विपक्षी दल भने संसद खोल्न सहमत भएसँगै अन्य विपक्षी दलको अवरोधका वावजुत आज संसद चलेको हो ।
संसदमा गृहमन्त्री लेखकले नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गर्न आफू हरदम कटिबद्ध रहेको बताए । उनले आफूले गर्ने काम कारबाहीसँग असम्बन्धित विषयलाई स्वार्थवस् उठाइएको कुप्रचार भन्दै खेद प्रकट गरे । उनले सो विषयमा आफ्नो संलग्नता नरहेको बताए । सेवा प्रवाहको प्रभावकारिताका लागि संस्थागत र भौतिक पूर्वाधार सुधार महत्त्वपूर्ण रहेको जनाउँदै गृहमन्त्री लेखकले आफूले जिम्मेवारी सम्हालेपश्चात अध्यागमन प्रणाली सुधारका लागि सूचना प्रविधिको प्रयोगलाई बढोत्तरी गरिएको जिकिर गरे । “अन्तरराष्ट्रिय विमानस्थलमा ‘डेस्क’ थप गरी सूचना प्रविधिको प्रयोग गरी ‘भिसा स्क्यानिङ’ गर्ने र सुरक्षा प्रबन्धलाई थप मजबुत बनाइएको छ”, उनले भने ।
गृहमन्त्रीले विमानस्थल अध्यागमनसँग जोडिएको घटनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान प्रारम्भ गरिसकेको उल्लेख गर्दै अनुसन्धानमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “केके गर्दा राज्यमा सुशासन स्थापित हुन्छ, त्यसका लागि तयार छु भन्ने विषय पुनः दोहोर्याउन चाहन्छु”, उनले भने आयोगको अनुसन्धानबाट दोषी देखिएकालाई कानुनबमोजिम कारबाही हुने जनाउँदै मन्त्री लेखकले आयोगको निर्णयभन्दा अगाडि नै सक्षम निकायलाई ओझेलमा पारेर कसैलाई दोषी करार गर्न हतार नगर्न आग्रह गरे । स्वतन्त्र र सक्षम संवैधानिक निकायको अनुसन्धानको निष्कर्ष नै समग्रतामा जवाफ हुने भएकाले यसमा थप प्रष्टीकरण दिइरहनु नपर्ने उनको भनाइ छ ।
मन्त्री लेखकले भने, “कुनै पनि राष्ट्रसेवकले गर्ने भ्रष्टाचारजन्य कामको अनुसन्धान, अभियोजनलगायत कार्य गर्न सक्षम संवैधानिक निकाय छ । उसले गर्ने कामकारबाहीलाई कमजोर पार्ने र स्वयं आयोगलाई समेत अनुसन्धानमा प्रभावित पार्ने कार्य कतैबाट गरिनुहुन्न भन्ने विषयमा म स्पष्ट छु ।” उनले सार्वजनिक निकाय एवं पदाधिकारी लक्षित गरी राज्यका संरचनालाई कमजोर तुल्याउने र व्यक्तिगत चरित्र तथा संस्थागत प्रतिष्ठालाई कमजोर पार्ने कार्यलाई पूर्ण रूपमा निरुत्साहित गर्न अनुरोध गरे ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कार्यरत सहसचिव आफ्नो पालामा अर्को मन्त्रालयबाट सरुवा गरी ल्याएको अधिकारी नभई गृह मन्त्रालयमै कार्यरत भएकाले जिम्मेवारी हेरफेरमात्र गरिएको बताए । गृहमन्त्रीले अनुसन्धानलाई कमजोर पार्न अख्तियारमा कार्यरत प्रहरी नायब महानिरीक्षक सरुवा गरेको भन्ने विषय सत्य नभएको दावि गरे । आफूले गृह प्रशासन सुधारको योजना अघि बढाइरहेको जानकारी दिँदै उनले पदभार सम्हालेदेखि सार्वजनिक प्रशासनको थप प्रभावकारिताको प्रयास गर्दै आएको बताए ।
“मन्त्रालयको नेतृत्व वा विभागीय प्रमुखको हैसियतले गृहमन्त्री नीति निर्माण र सरकारको राजनीतिक संयोजनमा बढी केन्द्रित हुनुपर्छ, कानुनले तोकेको प्रशासनिक कार्यदेखि बाहेक अन्य कार्यमा मन्त्रीको संलग्नता रहँदैन”, गृहमन्त्री लेखकले प्रश्न गरे, “तसर्थ, यस्तो अवस्थामा कुनै कार्यालयमा घटित कुनै घटनासँग मन्त्रीको प्रत्यक्ष भूमिका वा संलग्नता कसरी हुन्छ ?”
३० जेठ, ढोरपाटन । आज साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ढोरपाटन नगरपालिका–२ की ७० वर्षीय नरबहादर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेमा जिप चालक बागलुङ ढोरपाटन नगरपालिका–२ का २७ वर्षीय गोविन्द थापा, यात्रुहरु सोही ठाउँकी १८ वर्षीया लुम्बिनी महत, २३ वर्षीया इन्द्रा कुँवर, २९ वर्षीया निरमाया खत्री, ३८ वर्षीया देवी परियार, ५३ वर्षीया दुर्गी दर्जी, १२ वर्षीया अञ्जु परियार, ८ वर्षीय वियानो बुढा मगर, ५ वर्षीय विनय बुढा, ७५ वर्षीया मनकुमारी थापा, २१ वर्षीया टिकाकुमारी कुँवर, ढोरपाटन नगरपालिका–५ की ३५ वर्षीया डल्ली विक, ढोरपाटन–१ का ११ वर्षीय शिशिर कार्की र ढोरपाटन–५ की ३० वर्षीया टनमाया कुँवर गरी जम्मा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।
दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–२ का २७ वर्षीय को गोविन्द थापा र यात्रु १८ वर्षीया लुम्बिनी महतको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक थापाले बताए । घाइते सबैको बुर्तिबाङ प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप साँझ ५ः४५ बजे दुर्घटना भएको हो । जिप सडकदेखि करिब ६० मिटर तल खसेको थियो । गाडीमा चालकसहित १६ जना सवार थिए ।
३० जेठ, काठमाडौं । इजरायली आक्रमण पछि भारतले ईरानमा रहेका आफ्ना नागरिकलाई लक्षित गर्दै एडभाइजरी जारी गरेको छ । तेहरानस्थित भारतीय दूतावासले यस्तो एडभाइजरी जारी गरेको हो । दूतावासले एक्स अकाउन्टमा इरानको वर्तमान स्थितिमा सबै भारतीय नागरिकलाई सतर्क रहन भनिएको छ । नागरिकलाई अनावश्यक गतिविधिमा भाग लिनबाट बच्न र स्थानीय सुरक्षा सल्लाहकारका आदेशहरु मान्न समेत भनिएको छ ।
इजरायलको आक्रमणबाट ईरान रिभोलुशनरी गार्ड प्रमुख हुसेन सलामीको मृत्यु भएको छ । परमाणु ऊर्जा संगठनका पूर्वप्रमुख फिरेदून अब्बासी र इस्लामिक आज़ाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानचीको समेत ज्यान गएको पुष्टी भइसकेको छ । इजरायलले ईरानको परमाणु र सैन्य इलाकालाई केन्द्र बनाएर आक्रमण गरेको बताएको छ ।
३० जेठ, काठमाडौं । इजरायलले इरानको परमाणु कार्यक्रमहरूमा हमला गरेको इजरायली डिफेन्स फोर्सले बताएको छ । इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटका आवाज सुनिएका छन्। इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले उक्त हमला अपरेशन राइजिङ लाइअन नाम दिइएको सैन्य कार्वाही को एक भाग भएको भन्दै इरान इजरायलको अस्तित्वको लागि खतरा भएको बताएका छन्।
उनले आवश्यकता रहेसम्म आक्रमण जारी राख्ने बताउँदै इजरायलले हमलाले इरानको परमाणु प्रशोधन कार्यक्रमको मुटुमा नै प्रहार गरेको बताएका छन् । इजरायलले जबाफी हमलाको अपेक्षा गर्दै देशमा संकटकालको घोषणा गरेको छ। इरानको रिभोलुशनरी गार्डस्को मुख्यालयमा इजरेली हमला भएको इरानी सरकारी सञ्चार माध्यमले जनाएको छ। स्थानीय मिडियाले पनि त्यहाँ आगो लागेको र धुवाँ आइरहेको जनाएका छन्।
इजरायली हमलामा इरानको रिभोलुशनरी गार्डस्का प्रमुख होसेन सलामी मारिएको पनि इरानी सरकारी सञ्चार माध्यमले जनाएको छ। इस्लामिक रिभोलुशनरी गार्डस् इरानको सशस्त्र सेनाको एक भाग हो र त्यो देशको सबैभन्दा शक्तिशाली संगठनहरू मध्येमा पर्दछ। इजरेली हमलामा मारिएका केही वरिष्ठ नेताहरू मध्येमा उनी पनि एक छन्। परमाणु उर्जा संगठनका भूतपूर्व प्रमुख फेरेडुन अब्बासी पनि मारिएको बताइएको छ। इजरायली डिफेन्स फोर्सेज् (आईडिएफ)ले आफूले इरानले हमला गर्नुभन्दा अगावै, लक्षित एवं संयोजित आक्रमण गरेको बताएको छ।
इरानी सरकारी सञ्चार माध्यमले इजरायलले तेहरान तथा अन्य सहरहरूका आवासीय क्षेत्रहरूमा हमला गरेको जनाएको छ। इरानको सरकारी टिभीलाई उद्धृत गर्दै रोएटर्सले उक्त हमलामा बालबालिकाहरूको पनि ज्यान गएको जनाएको छ। इरानमा स्थानीय समय बिहान ४ बजे लगत्तै राजधानी तेहरानमा विस्फोटका आवाजहरू सुनिएका थिए। त्यसको केही क्षणमा इजरेली रक्षामन्त्रीले आफूहरूले इरानमा हमला गरेको पुष्टि गर्दै अब निकट भविष्यमा इरानले जवाफी हमला गर्ने अपेक्षाका साथ देशमा सङ्कटकाल लगाएको बताए।
इजरायलमा मानिसहरू – जेरुसलेमस्थित बीबीसी संवाददातासमेत – लाई बिहानै हवाई हमलाको चेतावनी ुएअर रेड साइरनको आवाजले बिउँझायो अनि मानिसहरूको फोनमा आपत्कालीन सन्देशहरू प्रवाह भए। एकजना इजरेली सैन्य अधिकारीले ुइरानको परमाणु कार्यक्रम तथा अन्य सैन्य निसानाहरूुमा कैयन् प्रहार गरिएको बताए। इरानसँग ुकेही दिनभित्रैु परमाणु बम बनाउन सकिने गरी पर्याप्त परमाणु सामग्री रहेको उनले बीबीसीलाई बताए।
उडान अनुगमन गर्ने फ्लाइटरेडार२४ का अनुसार तेहरानको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडानहरू स्थगन गरिएका छन् भने इजरेलको तेल अभिभतर्फका उडानहरू अन्यत्रै मोडिएका छन्। अमेरिकाले इजरेली कारबाहीहरूमा आफू सामेल नभएको बताएको छ। सो क्षेत्रमा रहेका अमेरिकी फौजको सुरक्षा आफ्नो उच्च प्राथमिकता भएको उसले बताएको छ।
इरानी सरकारी टेलिभिजनका अनुसार इजरेली हमलाका दौरान आवासीय क्षेत्रमा प्रहार भएको छ अनि बालबालिका पनि मारिएका छन्। तेहरानस्थित रिभोल्युशनरी गार्ड्सको मुख्यालयमा पनि प्रहार भएको उसले जनाएको छ। एकजना इजरेली सुरक्षा सूत्रले वरिष्ठ इरानी परमाणु वैज्ञानिकहरू समेत मारिएको सम्भावना रहेको बताए।
३० जेठ, लण्डन । बेलायतीसरह समान पेन्सनलगायत भूतपूर्व गोर्खासैनिकका मागका सम्बन्धमा करिब एक वर्षपछि बेलायतीसँग वार्ता भएको छ । मागका सम्बन्धमा बिहीबार भएको वार्तामा बेलायती पक्षले सकारात्मक जवाफ दिएको यहाँस्थित नेपाली राजदूतावासका उपप्रमुख विपिन दुवाडीले बताए । उपप्रमुख दुवाडी, संयुक्त अधिराज्यको रक्षा मन्त्रालयका अधिकारी तथा भूतपूर्व गोर्खा प्रतिनिधि संलग्न वार्तामा बेलायतले मागका बारेमा सकारात्मक जवाफ दिँदै पर्याप्त गृहकार्य गरेर अर्को बैठकमा बस्न सहमति जनाएको हो ।
“बेलायती पक्ष सकारात्मक छ । पेन्सन लिने कति भूपूगोर्खा छन्, कति रकम आवश्यक पर्छरु लगायत विषयमा अध्ययन गरी अर्को वार्तामा बस्ने सहमति भएको छ ”, उपप्रमुख दुवाडीले रासससँग भने । गोर्खाभूतपूर्व सैनिक सङ्घका सभापति कृष्णकुमार राईले विगतका वार्तामा भूपूगोर्खाका हितका विषयमा मात्र छलफल गरेको बेलायती पक्षले यसपटक समान पेन्सनका सम्बन्धमा पनि वार्ता गरेको र पर्याप्त गृहकार्यका साथ अर्को बैठक गर्नेगरी छलफल टुङ्गिएको जानकारी दिए ।