नेपालमा लगानी भित्राउन पहल गर्ने कोरियाली राजदूतको आश्वासन

काठमाडौं । नेपालमा ठूलो वैदैशिक लगानी भित्र्याउन पहल गर्ने नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले आश्वासन दिएका छन् । शुक्रबार अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्दै उनले यस्तो आश्वासन दिएका हुन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर लगानी गर्दै आएकामा कोरिया सरकारलाई धन्यवाद दिए ।… Continue reading नेपालमा लगानी भित्राउन पहल गर्ने कोरियाली राजदूतको आश्वासन

बंगलादेशी नागरिकलाई यूरोप पठाउने प्रलोभनमा जब नेपालमा बनाइयो बन्धक…

काठमाडौं । बंगलादेशी नागरिकलाई युरोपका विभिन्न देशहरु पठाउने भन्दै नेपाल ल्याइ बन्धक बनाएको आरोपमा चार बंगाली नागरिकहरु पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा ३८ वर्षीय नुरुल हुडा, ३० वर्षीय एमडी मासुम बिल्लाह, ३१ वर्षीय शामिम अहमद र ३३ वर्षीय प्रणय कुमार दे छन् । उनीहरु सबैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।… Continue reading बंगलादेशी नागरिकलाई यूरोप पठाउने प्रलोभनमा जब नेपालमा बनाइयो बन्धक…

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण

काठमाडौं । सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ। भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले सो जग्गा सरकारकै भएको ठहर गर्दै जग्गा सरकारीकरण गर्ने निर्णय गरेको हो। कार्यालयले आज पत्रकार सम्मेलन गर्दै बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको जानकारी दिएको छ। मालपोत ऐन, २०३४ को… Continue reading बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण

हाजिरी जमानीमा छुटे महरा

काठमाडौं । सुन तस्करी आरोपमा पक्राउ परेका माओवादी नेता कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्वास्थ्यका कारण महरालाई छोरा एटम बोहराको जिम्मा लगाएर छाडिएको जनाएको छ । महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन सीआईबीले नै सरकारी वकिलसँग अनुमति मागेको थियो। उनलाई चैत ५… Continue reading हाजिरी जमानीमा छुटे महरा

शनिबार काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं । शनिबार काठमाडौंका केही स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सवस्टेसनमा १३२/११ केभी, ४५ एमभीए ट्रान्सफरमर १ र २ लाई समानन्तर गर्नका लागि आपूर्ति बन्द गर्न लागिएको हो । टेकु सवस्टेसनबाट आपूर्ति हुने थापाथली, त्रिपुरेश्वर, टेकु, क्षेत्रपाटी, सोह्रखुट्टे, ज्याठा, न्यूरोड, भीमसेनस्थान, भोटेबहाल, लगन, सुनधारा, खिचापोखरी वसन्तपुर लगायतका… Continue reading शनिबार काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने

आइपीएल भिडन्त आजबाट

काठमाडौं । यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा चेन्नई र बेंगलुरु भिड्दैछन् । चेन्नई डिफेन्डिङ च्याम्पियन हो । धोनीले चेन्नईको नेतृत्व छोडेका छन् । तर खेलाडीका रूपमा भने सहभागी हुनेछन् । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा समेत यस पटक खेलाडीका रुपमा मुम्बई इन्डियन्सबाट खेल्नेछन् । उनले नेतृत्वको जिम्मेवारी हार्दिक… Continue reading आइपीएल भिडन्त आजबाट

किन पक्राउ परे भ्रष्टाचार विरोधी अभियानबाट उदाएका केजरीवाल ?

काठमाडौं । भारतको राजधानी प्रदेश दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । राजस्व विभाग अन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी) ले मदिरा बिक्रीसम्बन्धी नीतिमा भ्रष्टाचार गरेको आरोपमा उनीमाथि अनुसन्धान गरिरहेको छ । दिल्लीस्थित उनको सरकारी निवासमा प्रवेश गरेका ईडीका अधिकारीले दुई घण्टा उनीसँग सोधपुछ गरेका थिए । त्यसपछि उनलाई नियन्त्रणमा लिइयो । लोकसभा चुनाव घोषणा भइसकेको स्थितिमा… Continue reading किन पक्राउ परे भ्रष्टाचार विरोधी अभियानबाट उदाएका केजरीवाल ?

नेपाल बहराइनसँग फराकिलो अन्तरले हार्यो

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग ५–० ले हारेको छ । रिफास्थित नेसनल स्टेडियममा भएको खेलमा बहराइनले तीन गोल पहिलो हाफमा गर्न सफल भयो । नेपालले घरेलु मैदान विश्वकप छनोटका खेल खेलाउन लायक नभएपछि होम म्याच नै बहराइन आएर खेल्नुपरेको हो ।… Continue reading नेपाल बहराइनसँग फराकिलो अन्तरले हार्यो

अफगानिस्थानमा आत्मघाती विष्फोट, कम्तिमा २१ जना मारिए

Photo Source : inews.co.uk

काठमाडौं । अफगानिस्तानको कान्धार सहरमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार आज बिहान ८ बजेतिर भएको विस्फोटमा तालिबान सरकारले भने तीन जनाको ज्यान गएको बताएको बीबीसीले जनाएको छ । सिटी सेन्टरमा रहेको एक निजी बैंकमा भएको विस्फोटको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन । अफगानिस्तान सरकारका कर्मचारी तलब… Continue reading अफगानिस्थानमा आत्मघाती विष्फोट, कम्तिमा २१ जना मारिए

राष्ट्रिय भुमी आयोग खारेज गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको हो । ३० भदौ २०७८मा सरकारले कांग्रेससम्बद्ध नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरेको थियो । त्यसअघि तत्कालीन सरकारले एमाले नेता देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो ।… Continue reading राष्ट्रिय भुमी आयोग खारेज गर्ने सरकारको निर्णय

सभामुखसहित सांसदको टोली स्विट्जरल्याण्ड प्रस्थान

काठमाडौं । सभामुख देवराज घिमिरे नेतृत्वको टोली स्विट्जरल्याण्ड प्रस्थान गरेको छ । संघीय संसद सचिवालयका अनुसार उनीहरु अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४८औं महासभामा सहभागी हुन बिहीबार स्विट्जरल्याण्ड प्रस्थान गरेका हुन् । आईपीयू प्रधान कार्यालय स्विट्जरल्याण्डको जेनेभामा छ । टोलीमा सभामुख घिमिरे सहित सांसदहरु रमेश लेखक, महेशकुमार बर्तौला, हितराज पाण्डे, सन्तोष परियार र राष्ट्रिय सभा सदस्य… Continue reading सभामुखसहित सांसदको टोली स्विट्जरल्याण्ड प्रस्थान

शाखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर, २१ वर्षमा जोडे ३ करोड २१ लाख ‘अवैध सम्पत्ति’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कार्कीले २१ वर्षको अवधिमा तीन करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ गैरकानुनी सम्पति आर्जन गरेको ठहर गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । कार्की काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय,… Continue reading शाखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर, २१ वर्षमा जोडे ३ करोड २१ लाख ‘अवैध सम्पत्ति’

निर्वाचन आयोगले रास्वपाका ४ सांसदलाई गरेको कारबाही बदर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका चार सांसदलाई चुनाव खर्च सार्वजनिक नगरेको भनी गरेको कारबाही उच्च अदालत पाटनले बदर गरिदिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र टीकाराम आचार्यको इजलासले यस्तो फैसला गरेको हो ।निर्वाचन आयोगविरुद्ध रास्वपाका सांसदहरू सोविता गौतम, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र गणेश पराजुलीले च्च अदालत पाटनमा निवेदन दिएका… Continue reading निर्वाचन आयोगले रास्वपाका ४ सांसदलाई गरेको कारबाही बदर

गृहमन्त्रीको निर्देशनमा प्रहरीका पेट्रोल पम्प २४ सै घण्टा खुला

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका केही पेट्रोल पम्प २४ सै घण्टा खुला हुन थालेका छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा बुधबारदेखि प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पम्म २४सै घण्टा खुला गरिएको हो। तत्कालका लागि नेपाल प्रहरीको प्रधान कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र… Continue reading गृहमन्त्रीको निर्देशनमा प्रहरीका पेट्रोल पम्प २४ सै घण्टा खुला

फिफा विश्वकप २०२६ छनोट : आज नेपाल र बहराइन भिड्दै

काठमाडौं । फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपालले आज बहराइनसँग खेल्दैछ। बहराइनको राष्ट्रिय स्टेडियममा आज राति १२ः४५ बजे घरेलु टिमविरूद्ध नेपालले विश्वकप छनोट अन्तर्गत एसियाको दोस्रो चरणको छनोट खेल्दै छ। यो खेल नेपालमै हुने तालिका थियो। तर देशको एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालाको मैदान खराब भएपछि एसियाली फुटबल महासंघले खेल सञ्चालन हुन नसक्ने निर्णय गरेको थियो।… Continue reading फिफा विश्वकप २०२६ छनोट : आज नेपाल र बहराइन भिड्दै

हिउँदे वर्षा कुन स्थानमा धेरै ?

काठमाडौं । गत चौबिस घण्टामा धनकुटाको पाख्रिबास स्टेसनमा भारी वर्षा भएको रेकर्ड छ । पाख्रिबासमा ५२.४ मिलिमिटर वर्षा रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । इलामको राँकेमा ४६.२, सिन्धुलीको रानिबास ४५.८, सिरहाको गोलबजारमा ४३.८, खोटाङ बजारमा ४२, जनकपुर विमानस्थलमा ३७, सप्तरीमा ३५.४ र रौतहटको गौरमा २६.८ मिलिमिटर वर्षा भएको… Continue reading हिउँदे वर्षा कुन स्थानमा धेरै ?

कस्तो रहनेछ आजको मौसम ?

RSS

काठमाडौं । आज पनि देशका अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको ल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बुधबारबाट मौसम प्रतिकुल बनेको हो । बिहीबार समेत यो जारी रहने भएको छ । शुक्रबार मौसममा थोरै सुधार जस्तो देखिए पनि शनिबारदेखि फेरि बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम… Continue reading कस्तो रहनेछ आजको मौसम ?

प्रधानमन्त्री र आइसीसी अध्यक्षबीच भेट, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार उहाँहरूबिच भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आइसिसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए । “नेपाल सरकारले क्रिकेट… Continue reading प्रधानमन्त्री र आइसीसी अध्यक्षबीच भेट, के भयो कुराकानी ?

ठमेल र दरबारमार्ग २४ सै घण्टा खुलाउने तयारी

file

काठमाडौं । ठमेल र दरबारमार्ग क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले २४ घण्टा ठमेल र दरबारमार्ग खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन काठमाडौंले यसको तयारी गरेको हो । ठमेल र दरबारमार्ग २४ सैं घण्टा खुल्ला राख्नका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना समेत बनाउन सुरु गरेको छ ।… Continue reading ठमेल र दरबारमार्ग २४ सै घण्टा खुलाउने तयारी

बाँसबारी छाला जुत्ता कारखाना प्रकरणमा विनोद चौधरीमाथि अनुसन्धान जारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) विनोद चौधरीमाथि अनुसन्धान केन्द्रित गरेको छ । सीआइबीले सभामुखलाई पत्र लेखी नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि आफूहरुले अनुसन्धान गरिरहेको जानकारी गराएको छ । सीआईबीले सभाामुख देवराज घिमिरेलाई पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको उल्लेख गरिएको छ । ‘‘बाँसबारी छाला जुत्ता… Continue reading बाँसबारी छाला जुत्ता कारखाना प्रकरणमा विनोद चौधरीमाथि अनुसन्धान जारी

समाजवादीले दीपक मनाङेसँग स्पष्टीकरण सोध्ने

काठमाडौं । स्वतन्त्र हैसियत मागेको भोलिपल्ट नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा गएका राजीव गुरुङ (दीपक मनाङे)लाई एकीकृत समाजवादीले स्पष्टीकरण सोध्ने भएको छ । एकीकृत समाजवादी पार्टीको सदस्य भएर पार्टीसँग सल्लाह नै नगरी मन्त्री भएकोबारे बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । मनाङेलाई मंगलबार… Continue reading समाजवादीले दीपक मनाङेसँग स्पष्टीकरण सोध्ने

गुरुप्रसाद न्यौपाने ‘इन्साइडर ट्रेडिङ’ मा दोषी ठहर

काठमाडौं । रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपाने सेयरको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेकोमा दोषी ठहर भएका छन् । विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा उनलाई दोषी ठहर गरेको हो । विशेष अदालतका न्यायाधिश टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गरेको हो । सेयरको… Continue reading गुरुप्रसाद न्यौपाने ‘इन्साइडर ट्रेडिङ’ मा दोषी ठहर

विश्वको सबैभन्दा खुसी देश फिनल्याण्ड, भारतभन्दा नेपाल अगाडि

काठमाडौं । फिनल्याण्डले लगातार सातौं वर्ष विश्वको सबैभन्दा खुसी देशको उपाधि जितेको छ । विश्वव्यापी चुनौतीहरूको बाबजुद फिनल्याण्डले लगातार खुसी देश बनेको हो । यसअघिका प्रतिवेदनमा अमेरिका र जर्मनी शीर्ष २० खुसी देशको सूचीमा परे पनि यसपटक भने सूचीबाट बाहिरिएका छन् । अमेरिका २३ औं स्थानमा छ । जर्मनी २४ औं स्थानमा छ । सूचीको… Continue reading विश्वको सबैभन्दा खुसी देश फिनल्याण्ड, भारतभन्दा नेपाल अगाडि

मोरङमा अर्को विभत्स घटना, श्रीमतीको हत्यापछि आत्महत्या

काठमाडौं । मोरङमा अर्को विभत्स घटना दोहोरिएको छ । जिल्लाको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेको प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका १ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेको समाचारमा उल्लेख छ । उनका छोरा भाग्न सफल भएका छन् ।… Continue reading मोरङमा अर्को विभत्स घटना, श्रीमतीको हत्यापछि आत्महत्या

नेपाली क्रिकेटलाई सहयोग गर्ने आइसीसी अध्यक्षको प्रतिवद्धता

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बारक्लेले नेपाल एसोसिएट राष्ट्रमा फेरि एक नम्बर बन्ने सम्भावना रहेको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङसँग भेटवार्ता गर्दै आइसीसी अध्यक्ष बारक्लेले सीमित स्रोत र साधनका बाबजुद नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको बताए । उनले नेपाली क्रिकेटको विकास र विस्तारमा सक्दो… Continue reading नेपाली क्रिकेटलाई सहयोग गर्ने आइसीसी अध्यक्षको प्रतिवद्धता

आज काठमाडौंसहित पूर्वी नेपालमा वर्षातको सम्भावना

काठमाडौं । बुधबार देशभर मौसम बदली भएको छ । कोशी र मधेश प्रदेशका केही स्थानमा वर्षा भएको छ । यस्तो अवस्था भोलिसम्म रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ । यो प्रभाव पूर्वी नेपालमा बढी र पश्चिम… Continue reading आज काठमाडौंसहित पूर्वी नेपालमा वर्षातको सम्भावना

रिडी–तमघास सडक आजबाट दैनिक १२ घण्टा बन्द

काठमाडौं । आजदेखि रिडी-तम्घास सडक २७ दिनका लागि दैनिक १२ घण्टा बन्द हुने भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत रिडीदेखि बलेटक्सारसम्मको २३ किलोमिटर क्षेत्रमा चट्टान फोर्न र ग्रेड मिलाउने कार्य भइरहेकोले आजदेखि ३० गतेसम्म सडक १२ घण्टा बन्द गरिएको हो । उक्त सडक बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४… Continue reading रिडी–तमघास सडक आजबाट दैनिक १२ घण्टा बन्द

१० महिनामा निर्यात १ खर्ब, आयात १० खर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ को आठ महिना (फागुन)सम्म निर्यात १ खर्ब नाघेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन–फागुनसम्म १ खर्ब ६१ करोड रुपैयाँ बराबर निर्यात भएको छ । यो गत आव २०७९–८० को यसै महिनाको तुलनामा ३.९९ प्रतिशत कम हो । गत आव फागुनसम्म १ खर्ब ४ अर्ब ७९ रुपैयाँको निर्यात भएको… Continue reading १० महिनामा निर्यात १ खर्ब, आयात १० खर्ब

भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाही गर्ने पाँच दलीय गठबन्धनको संकल्प

काठमाडौं । सत्तारुढ दलहरुले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छन् । कार्यदलका संयोजक विष्णु पौडेलले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् । जसमा कुनै पनि कालखण्डको भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि छानबिन गर्ने उल्लेख छ । कार्यदलका संयोजक पौडेललेले भने, ‘भ्रष्टाचार र अख्तियारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनैपनि कालखण्डमा… Continue reading भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाही गर्ने पाँच दलीय गठबन्धनको संकल्प

‘हामी कामले जवाफ दिन्छौं, कांग्रेसले चार वर्ष संसद अवरूद्ध गरोस्’

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसलाई कामबाटै जवाफ दिने बताएका छन् । उनले आज संसद बैठकबाट निस्किने क्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले कांग्रेस दूधले नुहाएको पार्टी हो कि होइन भन्ने जनताले बुझेका छन् । हामीले कामले जवाफ दिने बताए । संसद अवरोध गर्ने र संसदीय समितिको माग गर्ने कांग्रेसको अधिकारको कुरा भएको… Continue reading ‘हामी कामले जवाफ दिन्छौं, कांग्रेसले चार वर्ष संसद अवरूद्ध गरोस्’