भोजपुरमा आगलागीमा परी ३ बालबालिकाको मृत्यु

काठमाडौं । भोजपुरको हतुवागडी गाउँपालिका ७ मा आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईका अनुुसार स्थानीय रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस तथा केदार कार्कीका ५ वर्षीय छोरा प्रनिशको मृत्यु भएको हो । खेलिरहेका बालबालिकाहरु गोठबाट सल्किएको आगोको चपेटामा परेका थिए… Continue reading भोजपुरमा आगलागीमा परी ३ बालबालिकाको मृत्यु

प्रज्ञा-प्रतिष्ठानको पुरस्कार को-कसले पाउने भए ?

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न १० पुरस्कार घोषणा गरेको छ । पुरस्कृत हुनेहरुमा खगेन्द्र संग्रौलादेखि मोहनविक्रम सिंहसम्म छन् । खगेन्द्र संग्रौलालाई अनुवाद पुरस्कार र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई दर्शन पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ । यसैगरी शान्ता श्रेष्ठलाई प्रज्ञा सामाजिकशास्त्र पुरस्कार, घनश्याम शर्मा पौडेललाई संस्कृति, लोकवार्ता तथा मौखिक… Continue reading प्रज्ञा-प्रतिष्ठानको पुरस्कार को-कसले पाउने भए ?

भारतमा लोकसभा चुनावको मिति घोषणा, कुन कुन दिन तोकियो ?

काठमाडौं । भारतको केन्द्रीय निर्वाचन आयोगले १८ औँ लोकसभा चुनावको मिति घोषणा गरेको छ । आयोगले शनिबार गरेको घोषणा अनुसार २० मार्चबाट निर्वाचन प्रक्रिया सुरु हुनेछ । सात चरणमा सम्पन्न हुने चुनावको पहिलो चरणको मतदान १९ अप्रिलमा सुरु हुनेछ र यो क्रम १ जुनसम्म चल्नेछ । त्यसपछि ४ जुनमा मतगणना हुनेछ । आयोगका अनुसार आम… Continue reading भारतमा लोकसभा चुनावको मिति घोषणा, कुन कुन दिन तोकियो ?

जलवायु परिवर्तनका असरलाई ख्यालमा राखी लगानी गर्न गभर्नरको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनका जोखिमलाई ख्याल गरेर लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाहरूलाई जलवायु परिवर्तनबारे सचेत गराएका हुन् । यसका लागि गभर्नर अधिकारीले मेलम्ची खानेपानी आयोजना बाढीले बगाएको उदाहरण पेस गरे । उनले… Continue reading जलवायु परिवर्तनका असरलाई ख्यालमा राखी लगानी गर्न गभर्नरको आग्रह

कैलालीमा फेरी लाग्यो ट्रकमा आगो

काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको साता नबित्दै सोही प्रकृतिको घटना दोहोरिएको छ । शनिबार दिउँसो साढे ३ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दगोरिया गाउँपालिका( ४ मुडामा बिरगञ्जबाट लाइटर,खुर्सानी र बच्चाको डाइपर बोकेर धनगढीतर्फ आइरहेको प्रदेश ३ ०३००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब… Continue reading कैलालीमा फेरी लाग्यो ट्रकमा आगो

बाबुराम भट्टराई पुनः एक्लिए, नेताहरु माओवादी केन्द्रमा विलय

काठमाडौं । जनता समाजवादी पार्टीबाट छुट्टिएर डाक्टर बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) समेत फुटेको छ । पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको हो । बाबुराम भट्टराईलाई पनि सहभागी गराउने प्रयास असफल भएपछि नेसपा फुटाएर महिन्द्र रायले माओवादीसँग एकता गर्ने सहमति गरेका हुन् ।… Continue reading बाबुराम भट्टराई पुनः एक्लिए, नेताहरु माओवादी केन्द्रमा विलय

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । आजबाट लागू हुने गरी पेट्रोलमा एक र डिजेल र मट्टीतेलमा २ रुपैयाँ मूल्य घटएको नेपाल आयल निगमले जनाएको छ । भाउ घटेपछि पेट्रोल लिटरको पहिलो वर्गमा १६८ रुपैयाँ ६० पैसा, दोस्रोमा १७० र तेस्रोमा १७१ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको… Continue reading घट्यो पेट्रोलियम पदार्थको मूल्य

पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका उनलाई पक्राउ गरेको हो । २ साउनमा बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि पुन छानबिनको दायरामा परेका… Continue reading पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पक्राउ

सीआईबी प्रमुखमा ज्ञवाली नियुक्त

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखको जिम्मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले पाएका छन् ।शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सीआईबीमा ज्ञवालीलाई पठाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यसअघि सीआईबीकी निर्देशक रहेकी एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागको जिम्मेवारी दिइएको उनले बताइन् । ‘जाँचबुझ आयोगले प्रतिवेदन… Continue reading सीआईबी प्रमुखमा ज्ञवाली नियुक्त

सुन तस्कर सम्बन्धी प्रतिवेदन अविलम्ब कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८० को प्रतिवेदनको गम्भीर अध्ययन गरी कार्यान्वयनमा लैजाने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । आचार्यले बिहीबार उपप्रधानमन्त्री… Continue reading सुन तस्कर सम्बन्धी प्रतिवेदन अविलम्ब कार्यान्वयन गर्ने सरकारको निर्णय

सार्वजनिक यातायातभित्र ‘ब्याड टच’ गर्नुहुन्छ ? पर्नुहोला ‘सेफ्टी पिन क्याम्पियन’को फन्दामा

काठमाडौं । सार्वजनिक स्थान, कार्यालय, यातायातका साधनलगायतमा महिला तथा बालबालिकालाई हुने यौन दुर्व्यवहार र चोरी नियन्त्रणमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयले ‘सेफ्टी पिन क्याम्पियन’लाई तीव्रता दिएको छ। सर्वसाधारणबाट सार्वजनिकस्थलमै यौन दुर्व्यवहारका घटना भएको गुनासो बढेपछि त्यसलाईरोक्न सूक्ष्म निगरानी गरी त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन उपत्यका प्रहरीले उक्त अभियानमा सादा पोसाकमा प्रहरी कर्मचारी खटाइरहेको छ। उपत्यकाका विभिन्न… Continue reading सार्वजनिक यातायातभित्र ‘ब्याड टच’ गर्नुहुन्छ ? पर्नुहोला ‘सेफ्टी पिन क्याम्पियन’को फन्दामा

सीआईबीकी प्रमुख बज्राचार्यलाई कारवाहीको सिफारिस

काठमाडौं । सुन तस्करीसम्बन्धी अनुसन्धानमा कतिपय व्यक्ति जोगाउन पदको दुरुपयोग गरेको ठहर गर्दै छानबिन आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यलाई कारवाही सिफारिस गरेको छ । मुद्दा चलाउनुपर्नेलाई समेत जोगाएको आरोपमा आयोगले बज्राचार्यलाई समेत कारबाहीको सिफारिस गरेको हो । एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाहीको… Continue reading सीआईबीकी प्रमुख बज्राचार्यलाई कारवाहीको सिफारिस

अब जन्म दर्तासँगै राष्ट्रिय परिचय पत्र बाँडिने, अमेरिकासहित एक दर्जन मुलुकबाट पनि लिन पाइने

काठमाडौं । अब जन्मदर्ता गर्दा नै राष्ट्रिय परिचय नम्बर (एनआईएन) दिइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्मदर्ता गर्दा नै दिन स्थानीय तह र नेपाली कुटनीतिक नियोगहरुलाई परिपत्र गरेको छ । विभागले नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरका व्यक्तिको जन्मदर्ता गर्दाको बखत राष्ट्रिय परिचय नम्बरसहितको जन्म दर्ताको प्रमाणपत्र जारी गर्ने व्यवस्था गर्न… Continue reading अब जन्म दर्तासँगै राष्ट्रिय परिचय पत्र बाँडिने, अमेरिकासहित एक दर्जन मुलुकबाट पनि लिन पाइने

नेपाल र मलेसियाबीच आज मैत्रीपूर्ण फूटबल

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज मलेसियासँग उतैको मैदानमा मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपालले सन् २०२६ को विश्वकप छनोट खेलको तयारीमा लागि मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोली बुधवार नै मलेसिया गइसकेको छ । नेपाली टोली मलेसियासँग मैत्रीपूर्ण खेल र केही अभ्यास खेलपछि विश्वकप छनोट खेल्न बहराइन… Continue reading नेपाल र मलेसियाबीच आज मैत्रीपूर्ण फूटबल

प्रतिनिधिसभाको आजको बैठकमा के छन् एजेण्डा ?

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने तय भएको छ। आजको बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रबर्द्धन सम्बन्धी केही ऐनलाई संसोधन गर्ने विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ। त्यस्तै… Continue reading प्रतिनिधिसभाको आजको बैठकमा के छन् एजेण्डा ?

आगामी वर्ष ‘शान्ती कोष’मा बजेट राखिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१–८२ को बजेटमा शान्ति कोषका लागि रकम विनियोजन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले यसबारे बिहीबार जानकारी गराएका हुन् । स्वीस राजदूत डेनिएल मेउलीसँगको भेटमा अर्थमन्त्री पुनले आगामी आवमा संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंगो लाग्ने जानकारी पनि दिए । आफू १५ वर्षभन्दा अघिदेखि नै संक्रमणकालीन न्यायसम्बन्धी काममा… Continue reading आगामी वर्ष ‘शान्ती कोष’मा बजेट राखिने

कुवेतमा सडक पार गर्दा तीन नेपालीको मृत्यु

काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान ५ बजेतिर भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौं सानो भर्‍याङ्गका सुजन कार्की, पन्चदेवल विनायक-५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछाने मगर रहेका छन् । नेपाली राजदूतावास कुवेतका प्रथम… Continue reading कुवेतमा सडक पार गर्दा तीन नेपालीको मृत्यु

रुसी सेनामा थप ७ जना नेपालीको मृत्यु

काठमाडौं । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु पुष्टि गरेको छ । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धका क्रममा उनीहरूको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर… Continue reading रुसी सेनामा थप ७ जना नेपालीको मृत्यु

लिभिङ टुगेदरलाई मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । लिभिङ टुगेदरलाई कानूनी मान्यता दिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । शहरमा लिभिङ टुगेदरमा बस्नेहरुको संख्या बढ्दै जाँदा विभिन्न समस्या देखिएको भन्दै अनु भट्टराईले रिट दायर गरेकी हुन् । नेपालमा हालसम्म लिभिङ टुगेदरसम्बन्धी कानुन छैन । कानून नभएकाले त्यसको व्याख्या हुनुपर्ने माग गरिएको छ । रिटको प्रारम्भिक सुनुवाइका लागि चैत… Continue reading लिभिङ टुगेदरलाई मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट

उदयपुर जीप दुर्घटनाका मृत्यु हुनेको संख्या ८ पुग्यो, ९ जना घाइते

काठमाडौं । भोजपुर र उदयपुर जोड्न चुवार पुल नजिकै भएको भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ जना पुगेको छ । ६ महिने शिशुसहित ७ जनाको घटनास्थलमै र उपचारको क्रममा थप एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ९ जना घाइते घाइते भएका छन् । मृतक अधिकांश भोजपुर हतुवागढी गाउँपालिकाका छन् । धरानबाट छुटेको को.… Continue reading उदयपुर जीप दुर्घटनाका मृत्यु हुनेको संख्या ८ पुग्यो, ९ जना घाइते

धरानबाट भोजपुर जाँदै गरेको जीप दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । धरानबाट भोजपुरका लागि छुटेको को. १ ज २५९३ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । बिहीबार बिहान करिब ११ बजे उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । बोलेरो सडकबाट निकै तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। चालक मानबहादुर बस्नेतबाहेक अन्य… Continue reading धरानबाट भोजपुर जाँदै गरेको जीप दुर्घटना, ६ जनाको मृत्यु

विश्व मिर्गौला दिवसमा ओलीको सन्देश : बिग्रेपछिको जिवन ज्यादै कष्टकर हुन्छ

काठमाडौं । विश्व मिर्गौला दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला बिग्रेपछि जीवन ज्यादै कष्टकर हुने भएकाले सुरुमै सजगता अपनाउन आम नागरिकलाई आह्वान गरेका छन् । दुईपटक मिर्गौला प्रत्यारोपण गराएका ओलीले आज बिहान सामाजिक सञ्जालमार्फत मिर्गौला जोगाउन आम नागरिकलाई आग्रह गरेका हुन्। उनले लेखेका छन्, ‘आज विश्व मिर्गौला दिवस । मिर्गौला… Continue reading विश्व मिर्गौला दिवसमा ओलीको सन्देश : बिग्रेपछिको जिवन ज्यादै कष्टकर हुन्छ

शरतसिंह भण्डारीले श्रममा गरेका अलोकप्रिय निर्णय उल्टिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालले अघिल्ला श्रममन्त्री शरतसिंह भण्डारीले गरेका अलोकप्रिय निर्णयमाथि पुनर्विचार गर्ने भएका छन्। यसअघि भण्डारीले गरेका कतिपय निर्णयहरू श्रमिकको हित विपरीत भएको भन्दै चौतर्फी आलोचना भएको थियो। उनले वैदेशिक रोजगारीमा जानुअघि श्रमिकलाई दिइने अभिमुखीकरण तालिम शुल्क सात सय रूपैयाँबाट बढाएर २८ सय (परीक्षा शुल्क समेत) रूपैयाँ पुर्‍याएका… Continue reading शरतसिंह भण्डारीले श्रममा गरेका अलोकप्रिय निर्णय उल्टिने

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा बल्ल छलफल हुने

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८१–८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा आजदेखि छलफल सुरु हुने भएको छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको बैठकको सम्भावित कार्यसूचीमा आर्थिक वर्ष २०८१–८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव… Continue reading विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा बल्ल छलफल हुने

सहकारी पिडितको आज काठमाडौंमा प्रदर्शन

काठमाडौं । काठमाडौंमा भेला भएका सहकारी पीडितले आज प्रदर्शन गर्ने भएका छन् । देशका विभिन्न स्थानबाट राजधानीमा भेला भएका पीडितहरुले विभिन्न पाँच केन्द्रविन्दुबाट प्रदर्शन गर्दै भृकुटीमण्डपमा जम्मा भएर कोणसभा गर्ने कार्यक्रम तय गरेका छन् । प्रदर्शन गर्न कालिमाटी, गोंगबु नयाँबसपार्क नजिकको बिजी मल, शंखपार्क, सिफल चौर र जावलाखेल केन्द्रविन्दु तोकिएको छ । ती पाँच स्थानबाट… Continue reading सहकारी पिडितको आज काठमाडौंमा प्रदर्शन

रेशमको निर्देशन नागरिक उन्मुक्ति पार्टीका सांसदले टेरेनन्, ४ जनाले नै दिए विश्वासको मत

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसदहरुले संस्थापक रेशम चौधरीको निर्देशन विरुद्ध उभिएर पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका छन् । पार्टीकी अध्यक्ष एवं संसदीय दलकी नेतृ रञ्जिता श्रेष्ठले प्रचण्डलाई विश्वासको मत दिनह्विप जारी गरेपछि ४ जना सांसदले नै मत दिएका हुन् । रन्जिताका श्रीमानसमेत रहेका पार्टीका संरक्षक चौधरीले प्रचण्डलाई मत नदिने बताइरहँदा अध्यक्ष रन्जिताले… Continue reading रेशमको निर्देशन नागरिक उन्मुक्ति पार्टीका सांसदले टेरेनन्, ४ जनाले नै दिए विश्वासको मत

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभाका १५७ सांसदको विश्वास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। मंगलवार भएको मतदानमा पक्षमा १५७ र विपक्षमा ११० मत खसेको थियो। मत दिन्नमा एक मत खसेको छ। मतदान प्रक्रियामा २६८ सांसदको उपस्थित थियो। प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो।

प्रचण्डमाथि पाण्डेको आक्रोश-‘विष पिएर हामी तपाईंका साथमा थियौं, बाटामा छाडेर किन हिँड्नुभयो’ ?

काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा पाण्डेले ‘प्रचण्ड’ ले नयाँ समीकरण बनाउँदा आफ्नो पार्टीलाई छाडेर बनाएकोमा असन्तुष्टि जनाए । पाण्डेले भने, ‘एकीकृत समाजवादीको तर्फबाट संविधान रक्षाका लागि पार्टीभित्र जन्मेको व्यक्तिवादका विरूद्धमा उत्रेर हामी बिद्रोह गरेर आएको शक्ति… Continue reading प्रचण्डमाथि पाण्डेको आक्रोश-‘विष पिएर हामी तपाईंका साथमा थियौं, बाटामा छाडेर किन हिँड्नुभयो’ ?

‘रास्वपाले जोखिम मोलेर प्रधानमन्त्रीलाई साथ दिएका छ’- स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राष्ट्र हितको सवालमा दरिलो बनाउनलाई पार्टीले जोखिम मोलेरै साथ दिएको बताएका छन्। प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि बुधबारको प्रतिनिधि सभा बैठकमा राखेको प्रस्तावमाथि छलफलमा भाग लिँदै वाग्लेले प्रधानमन्त्रीको लेगेसीलाई फराकिलो बनाउने प्रयासमा रास्वपाले साथ दिएको बताएका हुन्। सांसद वाग्लेले अगाडी… Continue reading ‘रास्वपाले जोखिम मोलेर प्रधानमन्त्रीलाई साथ दिएका छ’- स्वर्णिम वाग्ले

विश्वप्रकाशको प्रश्न-‘प्रधानमन्त्री ज्यू ! तपाईँबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए के हुन्छ’ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रचण्डलाई तपाईँबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए के हुन्छ ? भन्दै प्रश्न गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने- पोहोर एमाले विपक्षमा रहेको अहिले कांग्रेस विपक्षमा रहेको पालैपालो विपक्षमा रहेकाहरूको हिसाब जोड्दै गर्दा क्लियर हुँदैन र ? पालैपालै विपक्षमा उभिएकाहरू एउटै पक्षमा उभिए भने पनि धोका… Continue reading विश्वप्रकाशको प्रश्न-‘प्रधानमन्त्री ज्यू ! तपाईँबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए के हुन्छ’ ?