चौधरीसहित तीन जना हाजिर जमानीमा रिहा

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण कुमार चौधरी रिहा भएका छन् । अदालतले दुईदिन थुनामा राखेर अनुसन्धान गरेर अनुसन्धान नसकिए हाजिरी जमानीमा छोड्न आदेश दिएसँगै चौधरीसहित सीआईबीले कारखानाको तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक संजय ठाकुरलाई बुधबार छोडेको हो । उनीहरु १८ माघमा पक्राउ परेका… Continue reading चौधरीसहित तीन जना हाजिर जमानीमा रिहा

निर्यात सहजीकरण गर्न दुई संस्थाबीच सहमति

काठमाडौं । व्यापार घाटा न्यूनीकरण एवम् निर्यात वृद्धिका लागि नेपाल चेम्बर अफ कमर्स र निर्यात परिषदबिच सहकार्यका लागि समझदारी भएको छ । परिषद्का नवनिर्वाचित पदाधिकारी एवम् कार्यसमितिलाई जमलस्थित चेम्बर भवनमा स्वागत गर्ने क्रममा निर्यात सहजीकरणका लागि नीतिगत सुधार एवम् सम्भावनाका विभिन्न विषयमा सहकार्य गर्ने सझदारी बनेको हो । दुई संस्थाबिच नीति निर्माणदेखि भन्सार सहजीकरण गर्ने… Continue reading निर्यात सहजीकरण गर्न दुई संस्थाबीच सहमति

एएफसी एसियन कपमा जोर्डनले रच्यो इतिहास, कोरियालाई हराउँदै फाइनलमा

काठमाडौं । जोर्डन एएफसी एसियन कपमा इतिहास बनाउन सफल भएको छ । उसले कोरियालाई २–० गोलले हराउँदै फाइनलको यात्रा तय गरेको हो । गतराति भएको खेलमा याजन अल नामट र मउसा अल तमारीले गोल गरे। ५३ औं मिनेटमा याजन र ६६ औं मिनेटमा मउसाले गोल गरेका थिए। पराजित भएसँगै दक्षिण कोरिया सन् १९६० यता एसियन… Continue reading एएफसी एसियन कपमा जोर्डनले रच्यो इतिहास, कोरियालाई हराउँदै फाइनलमा

संसद बैठकमा आज शीर्ष नेताको सम्बोधन

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठकमा आज शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । बैठक आज बिहान ११ बजे बोलाइएको छ । बैठकमा दलीय आधारमा नेताहरुले मन्तव्य राख्ने कार्यसूची छ । मंगलबारदेखि बैठक सुरु भए पनि पहिलो दिन नेताहरूले भनाइ राखेका थिएनन् । यसैगरी आजकै बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी ऐनलाई… Continue reading संसद बैठकमा आज शीर्ष नेताको सम्बोधन

विदेश पढ्न जानेसँगै विदेशियो ५८ अर्ब ४० करोड

काठमाडौं । पर्यटकबाट हुने भ्रमण आयभन्दा वैदेशिक अध्ययनमा जाने नेपालीले धेरै विदेशी मुद्रा लगेको पाइएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भ्रमण आय ३९ अर्ब ५६ करोड पुगेको छ । गत आव पहिलो ६ महिनामा २७ अर्ब ४० करोड रहेकोमा ४४.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।आर्थिक वर्षको ६ महिनामै भ्रमण… Continue reading विदेश पढ्न जानेसँगै विदेशियो ५८ अर्ब ४० करोड

काठमाडौंमा जोडिए एआई फिचरका क्यामरा

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र एआई फिचरका सिसिटिभी क्यामरा जडान गरिएका छन्। एआई (आर्टिफिसियल इन्टेलिजेन्ट) भएका एनएफपिआर (अटोमेटिक नम्बर प्लेट रिकोग्नाइजेसन), एफआरएस (फेसियल रिकोग्निजेसन सिस्टम) सिसिटिभी (क्लोज सर्किट टेलिभिजन) क्यामरा जडान गरिएको महानगरले जनाएको छ । महानगरपालिकाले नेपाल प्रहरीसँगको सहकार्य क्यामरा जडान गरेको हो। यी क्यामराले घटनासँग सम्बन्धित व्यक्ति तथा वस्तुको पहिचान र तिनीहरू कता… Continue reading काठमाडौंमा जोडिए एआई फिचरका क्यामरा

दुई जहाज भाडामा लिँदै नेवानि

file

काठमाडौं । नेपाल वायुसेवा निगमले दुई वटा न्यारोबडी जहाज भाडामा लिने भएको छ । सो प्रयोजनका लागि मंगलबार सार्वजनिक माध्यमबाट अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) आह्वान गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन् । निगमको कार्ययोजना अनुसार निगमसँग भएका वाइडबडी जहाजलाई लामो दुरीका जापान, सिड्नी र कोरिया उडानमा लगाउने र नजिकका गन्तव्यमा न्यारोबडी जहाज उडाउने… Continue reading दुई जहाज भाडामा लिँदै नेवानि

रंगशाला निर्माणमा प्रदेश सरकारको चासो, बजेट सुनिश्चितता गर्ने आश्वासन

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढाउन बागमती प्रदेश सरकारले चासो देखाएको छ। बागमती प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री उत्तम जोशीले रंगशाला सोमबार निरीक्षण गर्दै निर्माणका लागि प्रदेश सरकारले बजेट सुनिश्चित गर्ने आश्वासन दिएका हुन्। रंगशाला निर्माणस्थल अवलोकनपछि अर्थमन्त्री लामाले बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका हुन्। प्रदेश सरकारले ७० प्रतिशत बजेट… Continue reading रंगशाला निर्माणमा प्रदेश सरकारको चासो, बजेट सुनिश्चितता गर्ने आश्वासन

भाइरल ज्वरोले एकै गाउँका १३० जना बिरामी,एकजनाको मृत्यु

भाइरल ज्वरोले एकै गाउँका १३० जना बिरामी,एकजनाको मृत्युकाठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ टर्लिङ गाँउमा भाइरल ज्वरोको कारण १३० जना बिरामी भएका छन् । उनीहरु मौसमी भाइरल ज्वरोको शिकार भएको अनुमान गरिएको छ । पाँच दिनअघिदेखि फैलिएको भाइरल ज्वरोबाट एकजनाको मृत्यु भएको छ । टर्लिङका ६० वर्षीय टिकाबहादुर नगरकोटीकोनगरकोटीको खैराङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको… Continue reading भाइरल ज्वरोले एकै गाउँका १३० जना बिरामी,एकजनाको मृत्यु

आपतकालिन सेवालाई एकीकृत रुपमा प्रवाह गर्ने गृह मन्त्रालयको तयारी

काठमाडौं । आपतकालीन सेवा एकीकृत रुपमा प्रवाह गर्ने विषयमा अध्ययन गर्न गृह मन्त्रालयले एक कार्यदल गठन गरेको छ । एम्बुलेन्स, दमकल, प्रहरी र प्रारम्भिक स्वास्थ्य जस्ता सेवालाई एकीकृत रुपमा उपलब्ध गराउने विषयमा १५ दिनभित्र अवधारणापत्र र कार्ययोजना पेश गर्न विपद् व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा गृह,… Continue reading आपतकालिन सेवालाई एकीकृत रुपमा प्रवाह गर्ने गृह मन्त्रालयको तयारी

बेलायती राजालाई क्यान्सर भएको पुष्टी

Reuters

काठमाडौं । बेलायती राजा चार्ल्सलाई एक प्रकारको क्यान्सर भएको पुष्टी भएको छ । बकिङ्गम दरबारले यसको सार्वजनिक जानकारी गराएको छ । प्रस्टेट बढेपछि जाँच गर्दा क्यान्सर पत्ता लागेको भए पनि यो प्रस्टेट क्यान्सर नभएको जनाइएको छ। क्यान्सरको प्रकार खुलाइएको छैन् तर दरबारको वक्तव्यअनुसार राजाले सोमवारबाट नियमित उपचार थालेका छन्। क्यान्सरको चरण वा अवस्थाबारे अहिले खुलाइएको… Continue reading बेलायती राजालाई क्यान्सर भएको पुष्टी

कांग्रेसका केन्द्रिय सदस्य बुढाथोकीको निधन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएको छ। निमोनियासम्बन्धी रोगबाट पीडित बुढाथोकीको विराटनगर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उनको निधनको पुष्टि गरेका छन्। पूर्वमन्त्रीसमेत रहेका बुढाथोकी झापा, शनिस्चरे निवासी हुन्। उनी पञ्चायत कालदेखि नै राजनीतिमा सक्रिय थिए। बुढाथोकी पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रोपटक प्रधानमन्त्री हुँदा त्यही मन्त्रिपरिषद्मा… Continue reading कांग्रेसका केन्द्रिय सदस्य बुढाथोकीको निधन

अरुण चौधरीलाई दुई दिन भित्र अनुसन्धान नसकिएमा हिरासतमा नराख्न अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई अबको दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको छ । यसअघि प्रहरीले हिरासतमा राख्न अनुमति लिएको चार दिनको म्याद सकिएपछि पक्राउ परेका चौधरी, तत्कालिन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह र सञ्जय ठाकुरलाई सोमबार जिल्ला अदालत… Continue reading अरुण चौधरीलाई दुई दिन भित्र अनुसन्धान नसकिएमा हिरासतमा नराख्न अदालतको आदेश

२५ हजार डलरसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

काठमाडौं । प्रहरीले २५ हजार अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट चीनको ग्वानजाउ जान लागेका चिनियाँ नागरिक सियुआई विङक्यान अबेध रुपमा बोकेको डलर सहित पक्राउ परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि पुल्चोकमा रहेको राजस्व अनुसन्धान विभागमा पठाएको प्रहरीले जनाएको छ ।

बुटवल–नारायणगढ सडकखण्डलाई एक महिनाभित्रैमा खाल्डाखुल्डीरहित बनाइने

काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले बुटवल–नारायणगढ सडकखण्डलाई एक महिनाभित्रैमा खाल्डाखुल्डीरहित बनाउने निर्णय भएको छ ।सोमबार बुटवल–नारायणगढ सडकखण्डको विषयमा भौतिक मन्त्री प्रकाश ज्वाला, प्रभावित क्षेत्रका सांसद, संसदको पूर्वाधार समितिका सभापति दीपकबहादुर सिंह सहितको छलफलमा मन्त्रालयले यस्तो प्रतिवद्धता व्यक्त गरेको हो । बैठकपछिको निर्णयमा भनिएको छ, ‘एक महिनाभित्रै खाल्डाखुल्डीरहित सडक सतह हुने गरी मर्मत सुधारको… Continue reading बुटवल–नारायणगढ सडकखण्डलाई एक महिनाभित्रैमा खाल्डाखुल्डीरहित बनाइने

धरहराको भूमिगत पार्किङमा जडान गरियो आगो निभाउने यन्त्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहराको भूमिगत पार्किङमा आगो निभाउने यन्त्रहरू (फायर एक्सटिंग्विसर) जडान गरेको छ ।निःशुल्क पार्किङ दिएको पहिलो तल्लामा ५ वटा सिलिन्डर सहित आगो निभाउने उपकरणहरू जडान गरिएको महानगर नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । निर्माणाधिन धरहराको भूमिगत पार्किङमा अहिले दैनिक करिब एक हजार दुई पाङ्ग्रे सवारी साधन निःशुल्क पार्किङ भइरहेको… Continue reading धरहराको भूमिगत पार्किङमा जडान गरियो आगो निभाउने यन्त्र

दलीय आधारमा सम्बोधन माघ २४ गते, फागुन ६ मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ । आउँदो फागुन १४ गतेसम्मको प्रस्तावित कार्यतालिकामा सोमबार ९आज०को बैठकमा दलीय आधारमा सम्बोधन गर्ने कार्यसूची छैन । राजनीतिक दलका तर्फबाट सम्बोधन यही माघ २४ गतेको बैठकमा गर्ने तय छ । माघ २४ को बैठकमा शून्य समय समेत राखिनेछ । आउँदो बुधबार बस्ने उक्त बैठकमा शून्य… Continue reading दलीय आधारमा सम्बोधन माघ २४ गते, फागुन ६ मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

टीआरसी विधेयक सहमतिमै अघि बढाउने प्रधानमन्त्रीको चाहना

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिमै अघि बढाउनुपर्ने बताएका छन् । संघीय संसदको अधिवेशन सुरु हुनु अगाडि सोमबार बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक यही अधिवेशनबाट सहमतिमा पास हुने बताए । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘सहमतिबाट टीआरसी… Continue reading टीआरसी विधेयक सहमतिमै अघि बढाउने प्रधानमन्त्रीको चाहना

विवाहपूर्व २० वर्ष पुगेको प्रमाणपत्रको व्यवस्था गर्न माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले बालविवाह रोकथामका लागि प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गराएकी छन्। प्रतिनिधि सभा नियमावली २०७९ को नियम ८० बमोजिम उनले उक्त संकल्प प्रस्ताव दर्ता गराएकी हुन्। विवाहपूर्व २० वर्ष पुगेको बालिग प्रमाणपत्र लिएर मात्र विवाह गर्न पाउने व्यवस्था हुनुपर्ने संकल्प प्रस्तावमा छ । संविधान २०७२ को धारा ३९ को… Continue reading विवाहपूर्व २० वर्ष पुगेको प्रमाणपत्रको व्यवस्था गर्न माग

धरहराको पार्किङ बन्द नहुने महानगर प्रमुख बालेनको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरहराको निःशुल्क पार्किङ बन्द नहुने बताएका छन् । सहरी विकास मन्त्रालयले समन्वय नै नगरी निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको थियो । मन्त्रालयले निर्माणाधीन अवस्थामा रहेको ठाउँमा पार्किङ गर्दा जोखिम हुने भन्दै पत्र पठाएपछि बालेनले उद्घाटन भएको २ वर्ष ९ महिनासम्म पनि निर्माणाधीण भन्नु लाजमर्दो… Continue reading धरहराको पार्किङ बन्द नहुने महानगर प्रमुख बालेनको घोषणा

नामिबियाका राष्ट्रपतिको क्यान्सरका कारण मृत्यु

काठमाडौं । नामिबियाका राष्ट्रपति जिन्गोबको निधन भएको छ । राष्ट्रपति हेज जी गिन्गोबको आइतबार बिहान राजधानी विन्डहोकस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ। उनी क्यान्सरपीडित थिए । ‘अत्यन्तै दुःख र खेदका साथ यो जानकारी गराउँछु, प्यारा डा. हागे जी. गिन्गोब, नामिबिया गणतन्त्रका राष्ट्रपति, आज, आइतबार बिहान ४ बजे लेडी पोहाम्बा अस्पतालमा… Continue reading नामिबियाका राष्ट्रपतिको क्यान्सरका कारण मृत्यु

आज देशभरका चलचित्र घर बन्द हुने

काठमाडौं । सोमबार देशभरका चलचित्र घर बन्द हुने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा हल सञ्चालकले देशभरका हल बन्द गर्न लागेका हुन् । केही दिनअगाडि नेपाल चलचित्र सङ्घले मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यावहारिक करको खारेजीको माग गर्दै देशभरका चलचित्र हल बन्द गर्ने निर्णय गरेको थियो । सो निर्णयको समर्थन गर्दै… Continue reading आज देशभरका चलचित्र घर बन्द हुने

क्यानडा र आईसीसी विश्वकप लिग–२ शृंखला खेल्ने नेपाली टीमको घोषणा

काठमाडौं । आईसीसी यू–१९ विश्वकप र प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा राम्रो खेलेका खेलाडीलाई समेट्दै नेपाल क्रिकेट संघले आइतबार क्यानाडाविरुद्धको तीन एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला र नेदरल्यान्ड्स र नामिबियासम्मिलित आईसीसी विश्वकप लिग–२ शृंखलाका लागि नेपाली टोलीको घोषणा गरेको छ । नेपालले क्यानाडासँग त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फेब्रुअरी ८, १० र १२ मा गरी तीन एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्दै… Continue reading क्यानडा र आईसीसी विश्वकप लिग–२ शृंखला खेल्ने नेपाली टीमको घोषणा

हिउँदे अधिवेशन आजबाट सुरु हुँदै

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गरेअनुसार हिउँदे अधिवेशनको पहिलो बैठक अपराह्न ४ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । बैठक ढिलो बोलाइएका कारण शीर्ष नेताहरुको आज सम्बोधन नगरी आगामी २४ गतेको बैठकमा सम्बोधन गर्ने तयारी छ । यद्यपि संसद बैठकको कार्यसूची भने कार्य व्यवस्था परामर्श… Continue reading हिउँदे अधिवेशन आजबाट सुरु हुँदै

इच्छाराज तामाङ र श्रीमतीबाट करीव ३ अर्ब असुल्नु पर्ने फैसला

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धिकरणको मुद्दामा संविधान सभा सदस्य तथा सिभिल सहकारीका तत्कालीन अध्यक्ष इच्छाराज तामाङबाट पौने २ अर्ब र उनीकी श्रीमती श्रृजना शाक्य तामाङबाट करिब एक अर्ब रुपैयाँ जरिवाना असुल्नुपर्ने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङ दम्पत्तिविरुद्ध पौने ३ अर्ब रुपैयाँ… Continue reading इच्छाराज तामाङ र श्रीमतीबाट करीव ३ अर्ब असुल्नु पर्ने फैसला

लुडो खेल्दा प्रहरीको फन्दामा

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार लुडो खेलेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट ७२ हजार रुपौयाँसमेत जफत गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पोखरा ११ फूलबारीका ३२ वर्षीय प्रदीपबहादुर गुरुङ, सोही ठाउँका ३० वर्षीय सुनिल सारु मगर, ४५ वर्षीय धनश्री पुन, ४८ वर्षीय किसान पुन र पोखरा ६ का ३९… Continue reading लुडो खेल्दा प्रहरीको फन्दामा

द्रुतमार्ग निर्धारित समयमै सम्पन्न गर्न निर्देशन

File

काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं–तराई द्रुत मार्ग निर्माणलाई निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । साथै उनले रक्षामन्त्रालय र नेपाली सेनाअन्तर्गत सञ्चालित विकास कार्यक्रम तथा आयोजनामध्ये अधिकांश आयोजनाको प्रगति सन्तोषजनक रहेको बताए । आइतबार रक्षा मन्त्रालयमा भएको चालु आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक समीक्षा बैठकमा उनले अधिकांश योजनाको प्रगति सन्तोषजनक… Continue reading द्रुतमार्ग निर्धारित समयमै सम्पन्न गर्न निर्देशन

अब मिटरमा नचल्ने ट्याक्सीलाई १० हजार जरिवाना, ६ महिनासम्म निलम्बन

काठमाडौं । गण्डकी प्रदेश सरकारले मिटरमा नचल्ने ट्याक्सीको जरिवाना झन्डै ५ गुणाले बढाएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको सिफारिसमा गण्डकी प्रदेश सरकारले ‘गण्डकी प्रदेश सवारी तथा यातायात नियमावली-२०८०,’ जारी गर्दै जरिवाना रकम बढाएको हो । नियमावली अनुसार मिटर प्रणालीमा नचल्ने ट्याक्सीले तिर्नुपर्ने जरिवानालाई २ हजार रुपैयाँबाट बढाएर १० हजार पुर्‍याइएको छ… Continue reading अब मिटरमा नचल्ने ट्याक्सीलाई १० हजार जरिवाना, ६ महिनासम्म निलम्बन

आलोकनगरमा चल्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा डोजर चलाएको छ । महानगरपालिका-३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका १४ वटा टहरामाथि डोजर चलाइएको महानगर प्रहरीले जनाएको छ । वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काउन गरेको हो । अस्थायी संरचनामा बस्ने व्यक्तिहरूले प्रयोग गर्दै आइरहेका… Continue reading आलोकनगरमा चल्यो महानगरको डोजर

हुम्लामा फेरि हिमपात, हवाई सेवा बन्द

काठमाडौं । हिमाली जिल्ला हुम्लामा फेरि हिमपात भएको छ। अघिल्लो हिमपात भएको चार दिनपछि फेरि आइतबारबाट हिमपात भइरहेको हो। यो वर्ष हिमपात भएको यो तेस्रो पटक हो । हिउँ परेसँगै हवाई सेवा पुनः बन्द भएको नागरिक उड्डयन प्राधिकरण हुम्लाले जनाएको छ । सदरमुकाम सिमकोटसहित माथिल्लो हुम्लाका खार्पुनाथ, नाम्खा गाउँपालिका तथा तल्लो क्षेत्रका अदामचुली, ताजाकोट, सर्खेगाड… Continue reading हुम्लामा फेरि हिमपात, हवाई सेवा बन्द