विश्वकप छनोट : नेपाल र लाओसबीच आगामी बिहीबार प्रतिस्पर्धा

RSS

काठमाडौं । विश्वकप फुटबल २०२६ छनोटअन्तर्गत नेपालले लाओससँग प्रतिस्पर्धा गर्दैछ । एसिया क्षेत्रतर्फको पहिलो चरणको छनौट खेलमा नेपालले लाओससँग आगामी बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने भएको हो । यसअघि चार चोटी आमनेसामने भएको खेलमा नेपालले दुई खेल जितेको थियो भने दुई खेल बराबारी भएको थियो । लाओस फिफा वरियताको १८६ औं स्थानमा छ भने… Continue reading विश्वकप छनोट : नेपाल र लाओसबीच आगामी बिहीबार प्रतिस्पर्धा

नेपाल र रोमानीयाबीच श्रम सम्झौता

काठमाडौं । युरोपियन देश रोमानिया र नेपालबीच श्रम सम्झौता भएको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी र रोमानियाका श्रम मन्त्री सिमोना बुकुरा अप्रेस्कु बीच आज शुक्रबार द्विपक्षीय श्रम समझदारीमत्रमा हस्ताक्षर भएको हो । नेपाल र रोमानिया बीचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि दुई देशबीच श्रम सम्झौता भएको मन्त्रालयले जनाएको… Continue reading नेपाल र रोमानीयाबीच श्रम सम्झौता

विदेशबाट आउँदा यी सामाग्री ल्याउन नपाइने

photo/ Shaligram Tiwari/ Kantipur/ Post

काठमाडौं । वैदेशिक रोजगारीमा गएका अथवा विदेशमा बसोबस गर्ने नेपाली चाडपर्व मनाउन स्वदेश फर्किने गर्छन्। स्वदेश फर्किने क्रममा अधिकांश खाली फर्किन चाहँदैनन्। आफ्ना परिवार, आफन्त तथा साथीभाइलगायतका लागि भन्दै अधिकांशले विभिन्न सामान ल्याएर आउने गर्छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने नेपाली नागरिकलाई विभिन्न सामान नल्याउन अनुरोध गर्दै सूचना जारी गरेको छ। कार्यालयले विदेशबाट… Continue reading विदेशबाट आउँदा यी सामाग्री ल्याउन नपाइने

बझाङ भूकम्प पीडितलाई अस्थायी आवास बनाउन सरकारले तत्काल ५० हजार दिने

काठमाडौं । बझाङ भूकम्पपीडितलाई अस्थायी आवास (घर) बनाउन सरकारले ५० हजार रुपैयाँका दरले सहयोग दिने भएको छ। प्रति घरपरिवार ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका हुन्। प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री एनपी साउद लगायतले शुक्रबार बझाङ पुगेर भूकम्पले क्षति पुर्‍याएका घरहरूको अवलोकन गरेका… Continue reading बझाङ भूकम्प पीडितलाई अस्थायी आवास बनाउन सरकारले तत्काल ५० हजार दिने

एमाले सांसदको प्रश्न-‘जवाफ देउ सरकार जनताले यसपालिको दशैं कसरी टार्छन् ?

काठमाडौं । नेकपा एमाले सांसद रघुजी पन्तले बढ्दो महँगी र मूल्यवृद्धिका बीचमा जनताले कसरी यो वर्षको दशैं मनाउँछन् भन्दै सरकारलाई प्रश्न गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले कवितात्मक शैलीमा सरकारलाई प्रश्न गरेका हुन् । उनले चाडपर्व नजिएसँगै जनताले दशैं मनाउन नसक्ने गरी महँगी बढ्दा पनि सरकारको ध्यान नगएको भन्दै महँगी… Continue reading एमाले सांसदको प्रश्न-‘जवाफ देउ सरकार जनताले यसपालिको दशैं कसरी टार्छन् ?

महिला अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

काठमाडौं । नर्वेली नोबेल समितिले यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी अधिकारकर्मी नर्गिस मोहमदीलाई प्रदान गर्ने घोषणा गरिएको छ । इरानकी महिला उत्पीडन, मानवअधिकार र स्वतन्त्रताको क्षेत्रमा कार्यरत मोहम्मदीलाई नोबेल शान्ति पुरस्कारले सम्मान गर्ने घोषणा गरेको हो । सन् १९७२ अप्रिल २१ मा जन्मिएकी इरानी मानवअधिकारवादी कार्यकर्ता मोहम्मदी ‘डिफेन्डर्स अफ ह्युमन राइट्स सेन्टर’ (डीएचआरसी)को उपाध्यक्ष… Continue reading महिला अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

घर जग्गा धितोमा अब ५० प्रतिशत कर्जा लिन पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा धितोमा मूल्यको ५० प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको छ । बिहीबार एकीकृत निर्देशिका २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । यसअघि काठमाडौंमा घरजग्गाको बजार मूल्यको ३० प्रतिशत र बाहिर ४० प्रतिशत मात्रै कर्जा लिन पाउने व्यवस्था थियो । राष्ट्र बैंकले अब उपत्यकाभित्र तथा बाहिर… Continue reading घर जग्गा धितोमा अब ५० प्रतिशत कर्जा लिन पाइने

पोर्चुगल पुगेर राजेश हमालले नेपाली समुदायसँग भने : विदेशी नागरिकता लिए पनि पहिचान नबिर्सनुहोुस

काठमाडौं । महानायक राजेश हमालले विदेशी नागरिकता एवम् पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न अनुरोध गरेका छन् । बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया कार्यक्रममा बोल्दै हमालले यस्तो बताएका हुन् । जहाँ रहे पनि, जहाँको नागरिकता र पासपोर्ट हात पारेता पनि आफ्नो पहिचान आफ्नै हुने बताउँदै उनले भने, ‘पहिचान भन्ने कुरा तपाईंले कसैको… Continue reading पोर्चुगल पुगेर राजेश हमालले नेपाली समुदायसँग भने : विदेशी नागरिकता लिए पनि पहिचान नबिर्सनुहोुस

प्रधानमन्त्री आज भूकम्प प्रभावित क्षेत्र बझाङ जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भूकम्प प्रभावित बझाङ जाने भएका छन् । उनी बिहान साढे १० बजेपछि नेपाली सेनाको हेलिकप्टरबाट बझाङ प्रस्थान गर्ने भएका हुन् । उनले भूकम्पले बढी क्षति पुर्याएका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने लगायत कार्यक्रम छन् । प्रधानमन्त्री प्रचण्डलाई भूकम्पबाट प्रभावित प्रतिनिधिमुलक ठाउँहरु देखाउने तयारी… Continue reading प्रधानमन्त्री आज भूकम्प प्रभावित क्षेत्र बझाङ जाने

जारी एसियाडमा नेपालले जित्यो पहिलो पदक, कबड्डीमा कास्य

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत नेपालले पहिलो पदक प्राप्त गरेको छ । महिला कबड्डीको सेमिफाइनलमा नेपाल शुक्रबार भारतसँग ६१–१७ ले पराजित भएको छ । सेमिफाइनलमा पराजित भएपछि नेपालले कास्य पदक पक्का गरेको हो । कबड्डीमा सेमिफाइनलमा पराजित हुने दुवै टिमले कास्य पदक पाउने प्रावधान छ । यसअघि समूह चरणको पहिलो खेलमै… Continue reading जारी एसियाडमा नेपालले जित्यो पहिलो पदक, कबड्डीमा कास्य

उत्तेजक भाषण दिँदा पक्राउ परेका श्रीनिवास जरिवाना तिरेर शर्तसहित रिहा

काठमाडौं । उत्तेजक अभिव्यक्ति दिएपछि पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवास गल्ती स्वीकार गरी सर्तसहित रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय जनकपुरले उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा ५०० रुपैयाँ जरिवाना तिराएर रिहा गरेको हो । श्रीनिवासले आफूले उत्तेजक अभिव्यक्ति दिएर गल्ती गरेको स्वीकार गरेका छन् । असोज १२ गते श्रीनिवासले जनकपुरधाममा भएको एक कार्यक्रममा उनले… Continue reading उत्तेजक भाषण दिँदा पक्राउ परेका श्रीनिवास जरिवाना तिरेर शर्तसहित रिहा

सेयर कर्जा धितोको सीमा बढाइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाएको छ । हाल एक व्यक्ति वा संस्थाले यस्तो कर्जा १२ करोडसम्म मात्रै लिन पाउने व्यवस्था रहेकोमा त्यसलाई बढाइएको हो । अब व्यक्तिगत लगानीकर्ताले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोडसम्म यस्तो कर्जा लिन सक्नेछन् । यस्तै राष्ट्र बैंकले कर्जाको नोक्सानी व्यवस्थामा पनि सहजीकरण… Continue reading सेयर कर्जा धितोको सीमा बढाइयो

सर्वोच्चले सरकारसँग माग्यो ‘रिगल’लाई कैद मिनाहा दिनुको कारण

काठमाडौं । सर्वोच्च अदालतले चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योगराज ढकाललाई कैद मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले असोज २४ गते ५ बजेभित्र आममाफी दिनुको कारणसहित लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएका हुन्। आदेशमा रिगललाई आफैँ वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत् र अन्य… Continue reading सर्वोच्चले सरकारसँग माग्यो ‘रिगल’लाई कैद मिनाहा दिनुको कारण

एक वर्षमा दुई पटक पार्टी बदल्दै पूर्वमन्त्री कुशवाह एमालेमा प्रवेश

काठमाडौं । पूर्वमन्त्री शिवचन्द्र कुशवाह नेकपा एमालेमा प्रवेश गरेका छन् । गत वैशाख १० गतेको उपनिर्वाचनमा माओवादी केन्द्र छाडेर सीके राउत नेतृत्वको जनमत पार्टीबाट बारा–२ मा उम्मेदवार बनेका कुशवाहलाई बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गरेका हुन् । यसअघि उनी जनमत पार्टी छोडेर स्वतन्त्र रहँदै आएका थिए । कुशवाहाले २०७९ को प्रतिनिधि सभा… Continue reading एक वर्षमा दुई पटक पार्टी बदल्दै पूर्वमन्त्री कुशवाह एमालेमा प्रवेश

सांसद गौतमले लिइन् ‘पोलिटिसियन अफ द इयर’

काठमाडौं । बेलफास्ट बेलायतमा जारी द वन योङ वर्ल्ड समिटमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड ग्रहण गरेकी छन् । गौतमले रोबर्ट एफ. केन्नेडी ह्युमन राइट्सकी अध्यक्ष केरी केन्नेडीको हातबाट अवार्ड ग्रहण गरेकी हुन् । २७ वर्षीया सोबितालाई नेपाली इतिहासमा सबैभन्दा कान्छी सांसद रूपमा अवार्ड पाएकी हुन् ।… Continue reading सांसद गौतमले लिइन् ‘पोलिटिसियन अफ द इयर’

कैद माफीप्रति गगन थापाको असन्तुष्टि, मागे सरकारसँग जवाफ

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले कानुनका छिद्रहरू प्रयोग गरेर गम्भीर अपराधमा जोडिएकालाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी दिने गरिएको भन्दै विरोध गरेका छन्। कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै कानुनका छिद्र प्रयोग गर्दै आममाफी दिने प्रवृत्ति रोक्नुपर्ने बताएका हुन्। ‘संविधानसभाले बनाएको संविधान, संविधानले बनाएको कानुन र ती कानुन अहिले अपव्याख्या भएकोले… Continue reading कैद माफीप्रति गगन थापाको असन्तुष्टि, मागे सरकारसँग जवाफ

संयुक्त राष्ट्रसघंका महासचिव गुटर्रेस नेपाल भ्रमणमा आउँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस नेपाल भ्रमणमा आउने भएका छन् । गत भदौ २९ गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिका भ्रमणमा गएका बेला महासचिव गुटर्रेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । प्रधानमन्त्री ‘प्रचण्ड’ ले मङ्गलबार नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा संयुक्त राष्ट्रसङ्घका महासचिव… Continue reading संयुक्त राष्ट्रसघंका महासचिव गुटर्रेस नेपाल भ्रमणमा आउँदै

अमेरिकामा ७५ हजार भन्दा धेरै स्वास्थ्यकर्मी हडतालमा उत्रिए

काठमाडौं । अमेरिकामा ७५ हजारभन्दा धेरै स्वास्थ्यकर्मीले हडतालमा उत्रिएका छन् । कर्मचारी तहको विवाद सुल्झाउन नसकेपछि स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले हडताल थालेका हुन् । अमेरिकाको सबैभन्दा ठूलो गैरनाफामूलक स्वास्थ्य संस्थामा युनियनका सदस्यहरूको हडताल भर्जिनिया र कोलम्बियाका विभिन्न ठाउँहरुमा सुरू भएको र वेस्ट कोस्टमा पनि हडतालमा हजारौँ स्वास्थ्यकर्मी सहभागी हुने युनियनले जनाएको छ । स्थानीय युनियनहरूको… Continue reading अमेरिकामा ७५ हजार भन्दा धेरै स्वास्थ्यकर्मी हडतालमा उत्रिए

आजबाट मौसममा हुनेछ सुधार, लगातार झरी नपर्ने

काठमाडौं । आजबाट मौसममा सुधार हुने भएको छ । जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार अब लगातार झरी पर्नेछैन । मनसुन बहिर्गमनमा ढिलाइ भएसँगै काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा केही दिनदेखि झरी परेको छ । नेपालमा अहिले भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। भारतको सिक्किमलगायत राज्यमा यसैका कारण भारी वर्षा… Continue reading आजबाट मौसममा हुनेछ सुधार, लगातार झरी नपर्ने

आज जितिया पर्व मनाइंदै

काठमाडौं । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ । नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि सुरु भएको हो । व्रत बस्नुअघि आजको दिन व्रती महिलाले नदी, तलाऊ… Continue reading आज जितिया पर्व मनाइंदै

दमाम उडेको नेवानिको जहाज किन पाकिस्तानमाथिबाट नेपाल फिर्ता आयो ?

file

काठमाडौं । काठमाडौंबाट साउदीको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज पाकिस्तानको आकासबाटै काठमाडौं फिर्ता भएको छ । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए४१२ नम्बरको जहाज त्यसको एक घण्टापछि काठमाडौं अवतरण गरेको हो । सो जहाजमा रहेको अर्को जहाज कति नजिकमा छ भन्ने संकेत दिने प्रणालीमा खराबी देखिएपछि जहाज बीच बाटोबाटै फर्काउनु परेको नेवानि स्रोतले… Continue reading दमाम उडेको नेवानिको जहाज किन पाकिस्तानमाथिबाट नेपाल फिर्ता आयो ?

विश्व बैंकबाट १० करोड ३८ लाख अमेरिकी डलर सहायता स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १० करोड ३८ लाख ४० हजार अमेरिकी डलर सहुलियत ऋण तथा अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ३८ लाख ४० हजार अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको… Continue reading विश्व बैंकबाट १० करोड ३८ लाख अमेरिकी डलर सहायता स्वीकार गर्ने सरकारको निर्णय

सामाजिक सदभावमा खलल पुग्ने सामग्री सामाजिक सञ्जालमा नराख्न गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सद्भावमा प्रभाव पर्ने विचार, सामग्री, फोटो, भिडियो पोष्ट नगर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरेका छन् । हिंसा भड्काउने तथा सामाजिक विद्वेष फैलाउने अभीष्टले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार कसैले गरेमा सुरक्षा निकायलाई खबर गरी सहयोग गर्न पनि उनले आग्रह गरेका छन् । धार्मिक आस्था… Continue reading सामाजिक सदभावमा खलल पुग्ने सामग्री सामाजिक सञ्जालमा नराख्न गगन थापाको अपिल

तीन वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौं । यो वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार न्यानोटेक्नोलजीमा विशिष्ट योगदान पुर्‍याएका तीन वैज्ञानिकले पाउने भएका छन्। ‘क्वान्टम डट्सको खोज र संश्लेषण’मा गरेको योगदानका लागि वैज्ञानिक मोउंगी जी बावेन्डी, लुइस ई. ब्रुस र एलेक्सई आई एकिमोभलाई रसायनशास्त्रतर्फको पुरस्कार प्रदान गरेको हो । ‘क्वान्टम डट’ भनिने सूक्ष्म कणका विशिष्ट गुणहरू हुन्छन् र तिनले अहिले टेलिभिजनको स्क्रीन र… Continue reading तीन वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

सर्वोच्च अदालत परिसरमै ढलिन् रिगलको आममाफीविरूद्ध अनसन थालेकी भारती

काठमाडौं । चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योगराज ढकाललाई माफी दिने निर्णयविरुद्ध अनसनरत भारती मानन्धर सर्वोच्च अदालत परिसरमा ढलेकी छन्। कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वोच्च पुगेकी थिइन् । तारेख बुझेर फर्किने क्रममा उनी अदालत परिसरमै ढलेकी हुन् । भारती बेहोश भएपछि वीर अस्पताल लगिएको छ। श्रीमान चेतन मानन्धरका… Continue reading सर्वोच्च अदालत परिसरमै ढलिन् रिगलको आममाफीविरूद्ध अनसन थालेकी भारती

मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिएका छन् । काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको प्रदेश०२–००१ख ६४१३ नम्बरको ट्रकले आज बिहान दुवैजनालाई ठक्कर दिएको थियो… Continue reading मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु

५० करोडसम्मको विदेशी लगानी स्वचालित रुटबाट भित्राउन सकिने

काठमाडौं । अब नेपालमा ५० करोड रुपियाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) बाट भित्राउन सकिने भएको छ । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरी स्वचालित मार्गबाट ५० करोड रुपियाँसम्म विदेशी लगानी नेपालमा ल्याएर उद्योग व्यवसायमा गर्न सक्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले… Continue reading ५० करोडसम्मको विदेशी लगानी स्वचालित रुटबाट भित्राउन सकिने

इन्द्रजात्रा हेर्न न्यूरोड पुगेका किशोरको हत्या आरोपमा दुई युवतीसहित चार जना पक्राउ

काठमाडौं । इन्द्रजात्रा हेर्न न्युरोड गएका किशोरको हत्या भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। सोमबार राति साढे ११ बजे जात्रा हेर्न न्युरोड पुगेका ओखलढुंगा लिखु गाउँपालिका-४ घर भई हाल क्षेत्रपाटी बस्दै आएको १७ वर्षीय सनी कार्कीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो। घटनामा संलग्न भएको आरोपमा काठमाडौं प्रहरी परिसरले ४ जनालाई… Continue reading इन्द्रजात्रा हेर्न न्यूरोड पुगेका किशोरको हत्या आरोपमा दुई युवतीसहित चार जना पक्राउ

अमेरिकामा आफ्नै पार्टीका सांसदले हटाए सभामुख

काठमाडौं । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सभामुख केभिन म्याकर्थी पदमुक्त बनेका छन् । स्थानीय समयअनुसार मंगलबार भएको चुनावमा उनले सभामुख पदमा बसिरहन सदनमा बहुमत ल्याउन सकेनन्। उनको पक्षमा २१० र विपक्षमा २१६ मत खसेको द न्युयोर्क टाइम्सले लेखेको छ । म्याकर्थीलाई सभामुखबाट हटाउन उनको आफ्नै रिपब्लिकन पार्टीका सांसदहरूले भूमिका खेलेका छन्। मंगलबारको मतदानमा… Continue reading अमेरिकामा आफ्नै पार्टीका सांसदले हटाए सभामुख

कस्तो छ बझाङमा भूकम्पको प्रभाव ?

काठमाडौं । बझाङमा मंगलबार देखि निरन्तर भूकम्प गइसकेको छ । मंगलबार दिउँसो, राती र बिहान गरी एक दर्जन पटक भूकम्प गइसकेको छ । भूकम्प पीडितहरुले खुला आकासमा रात बिताएका छन् । राति र आज बिहान पनि साना धक्का गइरहेकाले उनीहरु घर फर्किन सकेका छैनन् । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले भूकम्पपछि कोही पनि घरमा बस्न… Continue reading कस्तो छ बझाङमा भूकम्पको प्रभाव ?