म्यानमारसँग हार्यो नेपाल

काठमाडौं । म्यानमारसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल १–० ले पराजित भएको छ । खेलको ८५ औं मिनेटमा नेपालले काउन्टर अट्याकमा गोल खाँदै पराजय बेहोरेको हो । ८६ औं मिनेटमा मनिष डाँगीको पासमा लकेन लिम्बुले प्रहार गरेको बल पोष्टमा ठोकिएर बाहिरिएको थियो । सोही क्रममा डिफेन्सिभ मुभ सहित काउन्टर अट्याकमा म्यानमारले गोल गरेको हो । म्यानमारका… Continue reading म्यानमारसँग हार्यो नेपाल

न्युयोर्क जाने प्रधानमन्त्रीको टोलीमा २४ जनाको सूचीबाट हटाइयो १४ जनाको नाम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्युयोर्क जाने टोलीमा आफ्नो सचिवालयबाट सुरक्षाकर्मीसहित ५ जना मात्रै राख्न मुख्यसचिव बैकुण्ठ अर्याललाई निर्देशन दिएका छन्।देशको आर्थिक अवस्थाका कारण खर्च कटौती गर्नुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले ५ जनाको मात्रै टोली बनाउन मुख्यसचिव अर्याललाई सोमबार निर्देशन दिएका हुन्। संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क जाने प्रधानमन्त्रीको टोलीमा २४ जना जाने… Continue reading न्युयोर्क जाने प्रधानमन्त्रीको टोलीमा २४ जनाको सूचीबाट हटाइयो १४ जनाको नाम

कर अधिकृत सापकोटा स्रोत नखुलेको २६ लाखसहित पक्राउ, अर्का कर्मचारी फरार

काठमाडौं । दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत स्रोत नखुलेको २६ लाख रुपैयाँसहित पक्राउ परेका छन्। बाँकेको नेपालगञ्ज विमानस्थलबाट कर अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका हुन्। प्रहरीका अनुसार कर अधिकृत सापकोटा र तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दीपक पौडल श्री एयरलाइन्सको जहाजमार्फत् नेपालगञ्जबाट काठमाडौं उड्ने तयारीमा थिए। चेकजाँचका क्रममा सोधपुछ थालेपछि सापकोटाको साथमै रहेका… Continue reading कर अधिकृत सापकोटा स्रोत नखुलेको २६ लाखसहित पक्राउ, अर्का कर्मचारी फरार

भदौ २९ गतेबाट ‘सत्याग्रह’ सुरु गर्ने डा गाेविन्द केसीको घोषणा

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफूहरूले राखेका माग सम्बोधन नभए भदौ २९ गतेबाट ‘सत्याग्रह’ सुरु गर्ने घोषणा गरेका छन्। सोमबार एक विज्ञप्ती जारी गर्दै केसीले चिकित्सा शिक्षा ऐन अनुसार मेडिकल कलेज खोल्ने सुनिश्चितता नभए भदौ २९ गतेबाट सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन्। ‘यसअघि गत साउन २९ गतेबाट सत्याग्रह शुरु गर्न… Continue reading भदौ २९ गतेबाट ‘सत्याग्रह’ सुरु गर्ने डा गाेविन्द केसीको घोषणा

मोरक्कोमा विनासकारी भूकम्पको भग्नावशेषमा पुरिएकाको उद्दारमा कठिनाई

REUTERS\BBC

काठमाडौं । विनासकारी भूकम्पको सामना गरेको मोरक्कोमा भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा कठिनाइ भएको खबर सार्वजनिक भएको छ । कतिपय स्थानमा परिवारका सबै सदस्य नै भग्नावशेषमा पुरिएको खबर सार्वजनिक भए पनि उनीहरुसम्म पुग्न मुस्किल भइरहेको उद्धारकर्मीलाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् । ग्रामीण क्षेत्रमा भग्नावशेषमा पुरिएका केही जीवितै रहेको अनुमान गरिएको छ । तर, भूकम्प अति प्रभावित… Continue reading मोरक्कोमा विनासकारी भूकम्पको भग्नावशेषमा पुरिएकाको उद्दारमा कठिनाई

नेपाल र म्यानमारबीच आज दोस्रो मैत्रिपूर्ण फूटबल

RSS

काठमाडौं । नेपाल र म्यानमारबीच आज मैत्रिपूर्ण फुटबल हुँदैछ । विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा यांगुनमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा सोमबार घरेलु टिम म्यान्मारविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । थुवुना रंगशालामा शुक्रबार भएको पहिलो खेल गोलरहित टुंगिएको थियो । उक्त खेलमा पेनाल्टीमा अञ्जन विष्ट गोल गर्न असफल हुँदा नेपाल बराबरीमा रोकिएको… Continue reading नेपाल र म्यानमारबीच आज दोस्रो मैत्रिपूर्ण फूटबल

ललिता निवास प्रकरण: १७ जनालाई धरौटीमा छाड्न आदेश, कोसँग कति माग ?

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा १७ अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ । सात दिन लामो थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । अभियुक्त केशव दुलाल भने साधारण तारेखमा छाड्ने आदेश दिइएको… Continue reading ललिता निवास प्रकरण: १७ जनालाई धरौटीमा छाड्न आदेश, कोसँग कति माग ?

चीन भ्रमणको एजेण्डा प्रचण्डले खोलेनन्, ओली बोलेनन्

काठमाडौं । ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघ र चीन भ्रमणको पूर्वसन्ध्यामा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग परामर्श गरेका छन् । सहभागीसँग प्रधानमन्त्रीले भ्रमणका विषयमा सुझाव मागेका थिए । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले छलफलमा आफ्नो भनाइ राखेनन् । उनी छलफल सुरु भएको चार–पाँच मिनेटमै त्यहाँबाट बाहिरिएको एक नेताले बताए ।छलफलमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा… Continue reading चीन भ्रमणको एजेण्डा प्रचण्डले खोलेनन्, ओली बोलेनन्

कोशीमा दोस्रो पटक बजेट सम्बन्धी अध्यादेश, हट्यो शून्यता

काठमाडौं ।विराटनगर। कोशी प्रदेशमा बजेट शून्यताको स्थिति अन्त्य भएको छ। सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले आइतबार बजेटसम्बन्धी अध्यादेश जारी गरेसँगै कोशीमा बजेट शून्यताको स्थिति अन्त्य भएको हो। गएको जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन विधेयकमार्फत पारित हुन नसकेपछि निष्क्रिय भएको थियो । भदौ १० गतेभित्र बजेट पारित भइसक्नुपर्ने थियो… Continue reading कोशीमा दोस्रो पटक बजेट सम्बन्धी अध्यादेश, हट्यो शून्यता

टुंगियो ‘एक भगवत् गीता’ विवाद

काठमाडौं । ‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद टुंगिएको छ । चलचित्र विकास बोर्डको मध्यस्थतामा शीर्षक परिवर्तन गर्ने सहमतिसँगै विवाद टुंगिएको हो । निर्माण पक्ष र धार्मिक समूहहरूबीच भएको सहमतिअनुसार चलचत्रिको नाम अब ‘एक भागवत र एक गीता’ रहनेछ । सहमतिमा निर्माता सुनिलकुमार थापा र उजुरीकर्ताको तर्फबाट विभिन्न धार्मिक संघ-संगठनले हस्ताक्षर गरेका छन् । थापाले… Continue reading टुंगियो ‘एक भगवत् गीता’ विवाद

भुटानबाट पहिलो पटक पोखरा अवतरण गर्यो जहाज

RSS

काठमाडौं । भुटानको पारो विमानस्थलबाट पहिलो पटक पोखरामा जहाज अवतरण गरेको छ । शनिबार विहान ५ः५५ बजे उडेको ड्रुक एयरको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ः४० मा अवतरण गरेको हो । १५० सिट क्षमताको जहाजले ३ जना यात्रु लिएर पोखरामा अवतरण गरेको थियो । पोखरा अवतरण भएको ड्रुक एयरको विमानले पोखराबाट भने ४२ जना यात्रु… Continue reading भुटानबाट पहिलो पटक पोखरा अवतरण गर्यो जहाज

समाजवादी मोर्चाले हेटौडामा आज सन्देश सभा गर्दै

काठमाडौं । समाजवादी मोर्चाले बागमती प्रदेश स्तरीय सन्देश सभा आइतबार मकवानपुरको हेटौंडामा गर्ने भएको छ । सात वटै प्रदेशमा सन्देश सभाको कार्यक्रम तय भए अनुसार बागमती प्रदेशको हेटौंडामा सभा हुन लागेको हो । आइतबार नै समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा गर्ने कार्यक्रम छ। सभालाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,… Continue reading समाजवादी मोर्चाले हेटौडामा आज सन्देश सभा गर्दै

अमेरिका बसी मानव तस्करी गर्ने नाइके पक्राउ

काठमाडौं । गैरकानुनी माध्यमबाट अमेरिका पठाउने भन्दै विदेशका विभिन्न स्थानमा पुर्‍याएर अलपत्र पार्ने समूहका नाइके नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतम पक्राउ परेका छन् । रुकुमपूर्व सिस्ने गाउँपालिका घर भई अमेरिकी नागरिक बनेका गौतमलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भारत हुँदै नेपाल प्रवेश गर्ने नाका रुपन्देहीको बेलहियाबाट बुधबार पक्राउ गरेको हो। ब्युरो प्रमुख जीवनकुमार श्रेष्ठका… Continue reading अमेरिका बसी मानव तस्करी गर्ने नाइके पक्राउ

मोरक्को भुकम्पमा ज्यान गुमाउनेको संख्या १ हजार भन्दा माथि

REUTERS\BBC

काठमाडौं । अफ्रिकी मुलुक मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । गृह मन्त्रालयका अनुसार १४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते छन् । भूकम्पले निम्ताएको विनासपछि सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । साथै भूकम्प पीडितहरुलाई आवास, खाना र अन्य सहयोगका लागि आह्वान गरेको छ । भूकम्पका कारण घर छाडेकाहरु… Continue reading मोरक्को भुकम्पमा ज्यान गुमाउनेको संख्या १ हजार भन्दा माथि

जी-२० का मुलुकहरु कस्तो संयुक्त घोषणापत्र बनाउँदै छन् ?

getty iamge\BBC

काठमाडौं । २० देशका नेता संयुक्त घोषणापत्रप्रति सहमत भएको उक्त शिखर सम्मेलनको आयोजक राष्ट्र भारतले जनाएको छ। त्यसको जानकारी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँले दिएका हुन्। मोदीले भने, ‘हाम्रो टोलीको कडा परिश्रम र तपाईँहरू सबैको साथ सहयोगले ‘नयाँ दिल्ली–जी–२० लिडर्स घोषणापत्र’मा सहमति जुटेको छ, यो घोषणापत्र स्वीकृत होस् भन्ने मेरो प्रस्ताव छ। म यो घोषणापत्र… Continue reading जी-२० का मुलुकहरु कस्तो संयुक्त घोषणापत्र बनाउँदै छन् ?

हङ्‌कङ र दक्षिणी चीनमा ठूलो वर्षा, बाढी र डुबानको समस्या

REUTERS\BBC

काठमाडौं । हङ्‌कङ र दक्षिणी चीनका सहरमा अहिलेसम्मकै ठूलो वर्षाका कारण आएको बाढी र डुबानको समस्या आएको छ । शुक्रवार हङ्‌कङका सडक र भूमिगत रेल स्टेशनहरू डुबानमा परेका छन्। बाढीका कारण उत्पन्न समस्याका कारण अधिकारीहरूले विद्यालय र कार्यालयहरू बन्द गर्न निर्देशन दिएका थिए। स्थानीय मौसम ब्यूरोले शुक्रवारदेखि हुन थालेको मुसलधारे वर्षा उक्त सहरमा ूविगत १४०… Continue reading हङ्‌कङ र दक्षिणी चीनमा ठूलो वर्षा, बाढी र डुबानको समस्या

मालीमा विद्रोहीको आक्रमणबाट डुब्यो डुंगा, कम्तिमा ४९ जनाको मृत्यु

REUTERS\BBC

काठमाडौं । पूर्वोत्तर मालीमा इस्लामवादी विद्रोहीहरूले एउटा डुङ्गामा आक्रमण गर्दा कम्तीमा ४९ सर्वसाधारण नागरिकको मृत्यु भएको त्यहाँको अन्तरिम सरकारले बताएको छ। उनीहरूले एउटा सैन्य शिविरमा पनि आक्रमण गरी १५ सैनिकको हत्या गरेका छन्। आक्रमणकारीहरूतर्फ झन्डै ५० जनाको ज्यान गएको बताइएको छ। घटनापछि सरकारले तीन दिनका लागि राष्ट्रिय शोक घोषणा गरेको छ। रुसी भाडाका सैनिकहरूको समूह… Continue reading मालीमा विद्रोहीको आक्रमणबाट डुब्यो डुंगा, कम्तिमा ४९ जनाको मृत्यु

बाँकेमा बस दुर्घटना, कम्तिमा ७ जनाको मृत्यु

काठमाडौं । बाँकेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताएका छन् । उनका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख… Continue reading बाँकेमा बस दुर्घटना, कम्तिमा ७ जनाको मृत्यु

अष्ट्रेलिया पठाउने प्रलोभनमा ९ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं । अष्ट्रेलिया पठाइदिन्छु भनेर ९ लाख रूपैयाँ ठगी गर्ने महिला पक्राउ परेकी छन्। भक्तपुर मध्यपुर थिमि नगरपालिका ४ घर भई हाल काठमाडौं महानगरपालिका २६ बस्ने ५० वर्षीया रत्न केशरी श्रेष्ठ पक्राउ परेकी हुन्। उनलाई शुक्रबार बिहान ७ बजे काठमाडौं महानगरपालिका २६ सामाखुसीबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। ९ लाख रूपैयाँ… Continue reading अष्ट्रेलिया पठाउने प्रलोभनमा ९ लाख ठगी गर्ने महिला पक्राउ

सन्ध्याकालिन उपत्यका हेर्न कीर्तिपुरमा सम्पदा यात्रा हुने

काठमाडौं । कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा यात्रा आयोजना गरिने भएको छ । आगामी सेप्टेम्बर २७ तारिखका दिन मनाइने विश्व पर्यटन दिवसलाई लक्षित गरी यहाँ सम्पदा यात्रा गर्न लागिएको हो । यो दिवसको मूल सन्देश पर्यटन र हरित लगानी रहेको छ । यही परिप्रेक्षमा कीर्तिपुरले उक्त सन्देशमा पर्यटन अगाडि बढाउन सक्षम भएको सन्देश दिन कीर्तिपुर नगरपालिका र… Continue reading सन्ध्याकालिन उपत्यका हेर्न कीर्तिपुरमा सम्पदा यात्रा हुने

राम्रो काम गर्न खोज्दा स्टण्ड गरेको आरोप लाग्ने पर्यटन मन्त्रीको गुनासो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राम्रो काम गर्न खोज्दा ‘स्टन्ट’ गरेको आरोप लाग्ने गरेको गुनासो गरेका छन् ।पर्यटन यातायात व्यवसायी संघको २० औं साधारण सभालाई सम्बोधन गर्दै शुक्रबार उनले यस्तो बताएका हुन् । यो देशमा राम्रो काम गर्नेलाई स्टन्ट भनेर खिसी गर्ने प्रवृत्ति रहेको उनको आरोप छ । बिहान आफू… Continue reading राम्रो काम गर्न खोज्दा स्टण्ड गरेको आरोप लाग्ने पर्यटन मन्त्रीको गुनासो

गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलको प्रदर्शन

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेकको भ्रातृ संगठन तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन गरेको छ। गत बुधबार रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी आक्रमणको विरोधमा तरुण दलले शुक्रबार विरोध प्रदर्शन गर्दै गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको हो।

युवाजति विदेशमा : स्वदेशमा कृषि गर्ने महिला र वृद्धवृद्धा

काठमाडौं । रोजगारी र अध्ययनमा युवा विदेशिएसँगै नेपालको कृषि महिला र पौढले धानिरहेको पाइएको छ । स्वदेशमा कृषि कर्म गर्ने युवा घट्दै गएको राष्ट्रिय कृषि गणनाको तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको ‘राष्ट्रिय कृषि गणना–०७८’को नतिजा अनुसार पछिल्लो १० वर्षमा कृषिमा लाग्ने महिलाको संख्या १३ प्रतिशतले बढेको छ । पुरुषको संख्या… Continue reading युवाजति विदेशमा : स्वदेशमा कृषि गर्ने महिला र वृद्धवृद्धा

काठमाडौंबाट दमाममा सिधा हवाई सेवा सुरु

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको छ । निगमले बुधबारदेखि साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिबार उडान गर्ने प्रवक्ता पौडेलले बताए । उनका अनुसार रातिको १०ः४० मा उडान भरेको पहिलो उडानमा… Continue reading काठमाडौंबाट दमाममा सिधा हवाई सेवा सुरु

अमेरिकाको क्यालिफोर्नियामा अब जातका आधारमा हुने भेदभाव अपराध मानिने

GETTY IMAGES

काठमाडौं । अमेरिकामा विधानसभाबाट जातको आधारमा हुने भेदभावलाई दण्डनीय अपराध ठहर गर्ने विधेयक पारित गर्ने क्यालिफोर्निया पहिलो राज्य बनेको छ । क्यालिफोर्निया राज्यको पछिल्लो कदमले आफूमाथि जातको आधारमा भेदभाव हुने गरेको गुनासो गर्दै आएका दक्षिण एसियाली मूलका मानिसलाई सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ । राज्यको विधानसभाले पारित गरेको यो विधेयकमा हस्ताक्षर गरेर अब त्यसलाई… Continue reading अमेरिकाको क्यालिफोर्नियामा अब जातका आधारमा हुने भेदभाव अपराध मानिने

भारतको अडानी ग्रुप र नेपालको चौधरी ग्रुपबीच व्यवसायीक साझेदारी गर्ने सहमति

काठमाडौं । नेपालको चौधरी ग्रुप र भारतको अदानी ग्रुपबीच सिमेन्ट व्यवसाय अभिवृद्धिका लागि रणनीतिक साझेदारी गर्ने सहमति भएको छ। नेपाल र भारतको सम्बन्ध अझै सुदृढ गर्दै लैजाने उद्देश्यले दुई देशका व्यावसायिक घरानाले सिमेन्ट व्यवसायमा नयाँ अध्याय सुरू गरेका हुन्। नेपालसँग जोडिएका भारतीय राज्यहरूमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले यो साझेदारी गरिएको चौधरी ग्रुपले जनाएको छ।… Continue reading भारतको अडानी ग्रुप र नेपालको चौधरी ग्रुपबीच व्यवसायीक साझेदारी गर्ने सहमति

आज निजामती दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो। विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस… Continue reading आज निजामती दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

जर्मनीमा रोजगारी पठाउने प्रलोभन सहितका विज्ञापनमा भर नपर्न विभागले गरायो सचेत

काठमाडौं । जर्मनीमा आकर्षक रोजगारी दिने गरी आएको प्रचारहरु गलत भएको वैदेशिक रोजगार विभागले बताएको छ । अनधिकृत व्यक्तिले नक्कली सूचना जारी गरी जर्मनीमा सहायक कामदार छनोटका लागि आवेदन आह्वान भएको भ्रमपूर्ण विज्ञापन र सूचना सामाजिक सञ्जालबाट प्रचार गरेपछि विभागले यस्तो बताएको हो । विभागका निर्देशक कविराज उप्रेतीका अनुसार सामाजिक सञ्जालमा जर्मनीको रोजगारी सम्बन्धी आएका… Continue reading जर्मनीमा रोजगारी पठाउने प्रलोभन सहितका विज्ञापनमा भर नपर्न विभागले गरायो सचेत

सर्वोच्चको आदेशपछि कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, कार्की मूख्यमन्त्री बन्ने

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएको फैसला सुनाएको छ । साथै प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । आदेशको संक्षिप्त विवरण तयार पारेपछि न्यायाधीश सपना प्रधान मल्ल इजलासमा पुगेर बुँदागत रूपमा संक्षिप्त विवरण सुनाएकी थिइन् ।… Continue reading सर्वोच्चको आदेशपछि कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, कार्की मूख्यमन्त्री बन्ने

किनारा लागेन् सन्दीपविरुद्धको मुद्दा,पीडित किशोरीको जन्मदर्ता पुनः प्रमाणीकरण गर्ने आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडित गौशाला २६ को जन्मदर्ता प्रमाणपत्र पुनः प्रमाणीकण गर्न आदेश दिएको छ । सामान्यतया मुद्दाको फैसला बहस प्रारम्भ भइसकेपछि त्यस दिन नटुंगिए हेर्दाहेर्दैमा राख्ने प्रचलन हुन्छ । तर, बिहीबार न्यायाधीश शकुन्तला कार्कीको इजलासले हेर्दाहेर्दैमा नराखी गौशाला-२६ को जन्मदर्ता र बसाइसराइको अभिलेख झिकाउने आदेश दिएको… Continue reading किनारा लागेन् सन्दीपविरुद्धको मुद्दा,पीडित किशोरीको जन्मदर्ता पुनः प्रमाणीकरण गर्ने आदेश