काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालले अघिल्ला श्रममन्त्री शरतसिंह भण्डारीले गरेका अलोकप्रिय निर्णयमाथि पुनर्विचार गर्ने भएका छन्। यसअघि भण्डारीले गरेका कतिपय निर्णयहरू श्रमिकको हित विपरीत भएको भन्दै चौतर्फी आलोचना भएको थियो। उनले वैदेशिक रोजगारीमा जानुअघि श्रमिकलाई दिइने अभिमुखीकरण तालिम शुल्क सात सय रूपैयाँबाट बढाएर २८ सय (परीक्षा शुल्क समेत) रूपैयाँ पुर्याएका… Continue reading शरतसिंह भण्डारीले श्रममा गरेका अलोकप्रिय निर्णय उल्टिने
Category: समाचार
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा बल्ल छलफल हुने
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८१–८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा आजदेखि छलफल सुरु हुने भएको छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको बैठकको सम्भावित कार्यसूचीमा आर्थिक वर्ष २०८१–८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव… Continue reading विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा बल्ल छलफल हुने
सहकारी पिडितको आज काठमाडौंमा प्रदर्शन
काठमाडौं । काठमाडौंमा भेला भएका सहकारी पीडितले आज प्रदर्शन गर्ने भएका छन् । देशका विभिन्न स्थानबाट राजधानीमा भेला भएका पीडितहरुले विभिन्न पाँच केन्द्रविन्दुबाट प्रदर्शन गर्दै भृकुटीमण्डपमा जम्मा भएर कोणसभा गर्ने कार्यक्रम तय गरेका छन् । प्रदर्शन गर्न कालिमाटी, गोंगबु नयाँबसपार्क नजिकको बिजी मल, शंखपार्क, सिफल चौर र जावलाखेल केन्द्रविन्दु तोकिएको छ । ती पाँच स्थानबाट… Continue reading सहकारी पिडितको आज काठमाडौंमा प्रदर्शन
रेशमको निर्देशन नागरिक उन्मुक्ति पार्टीका सांसदले टेरेनन्, ४ जनाले नै दिए विश्वासको मत
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसदहरुले संस्थापक रेशम चौधरीको निर्देशन विरुद्ध उभिएर पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका छन् । पार्टीकी अध्यक्ष एवं संसदीय दलकी नेतृ रञ्जिता श्रेष्ठले प्रचण्डलाई विश्वासको मत दिनह्विप जारी गरेपछि ४ जना सांसदले नै मत दिएका हुन् । रन्जिताका श्रीमानसमेत रहेका पार्टीका संरक्षक चौधरीले प्रचण्डलाई मत नदिने बताइरहँदा अध्यक्ष रन्जिताले… Continue reading रेशमको निर्देशन नागरिक उन्मुक्ति पार्टीका सांसदले टेरेनन्, ४ जनाले नै दिए विश्वासको मत
प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभाका १५७ सांसदको विश्वास
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। मंगलवार भएको मतदानमा पक्षमा १५७ र विपक्षमा ११० मत खसेको थियो। मत दिन्नमा एक मत खसेको छ। मतदान प्रक्रियामा २६८ सांसदको उपस्थित थियो। प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो।
प्रचण्डमाथि पाण्डेको आक्रोश-‘विष पिएर हामी तपाईंका साथमा थियौं, बाटामा छाडेर किन हिँड्नुभयो’ ?
काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा पाण्डेले ‘प्रचण्ड’ ले नयाँ समीकरण बनाउँदा आफ्नो पार्टीलाई छाडेर बनाएकोमा असन्तुष्टि जनाए । पाण्डेले भने, ‘एकीकृत समाजवादीको तर्फबाट संविधान रक्षाका लागि पार्टीभित्र जन्मेको व्यक्तिवादका विरूद्धमा उत्रेर हामी बिद्रोह गरेर आएको शक्ति… Continue reading प्रचण्डमाथि पाण्डेको आक्रोश-‘विष पिएर हामी तपाईंका साथमा थियौं, बाटामा छाडेर किन हिँड्नुभयो’ ?
‘रास्वपाले जोखिम मोलेर प्रधानमन्त्रीलाई साथ दिएका छ’- स्वर्णिम वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राष्ट्र हितको सवालमा दरिलो बनाउनलाई पार्टीले जोखिम मोलेरै साथ दिएको बताएका छन्। प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि बुधबारको प्रतिनिधि सभा बैठकमा राखेको प्रस्तावमाथि छलफलमा भाग लिँदै वाग्लेले प्रधानमन्त्रीको लेगेसीलाई फराकिलो बनाउने प्रयासमा रास्वपाले साथ दिएको बताएका हुन्। सांसद वाग्लेले अगाडी… Continue reading ‘रास्वपाले जोखिम मोलेर प्रधानमन्त्रीलाई साथ दिएका छ’- स्वर्णिम वाग्ले
विश्वप्रकाशको प्रश्न-‘प्रधानमन्त्री ज्यू ! तपाईँबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए के हुन्छ’ ?
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रचण्डलाई तपाईँबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए के हुन्छ ? भन्दै प्रश्न गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने- पोहोर एमाले विपक्षमा रहेको अहिले कांग्रेस विपक्षमा रहेको पालैपालो विपक्षमा रहेकाहरूको हिसाब जोड्दै गर्दा क्लियर हुँदैन र ? पालैपालै विपक्षमा उभिएकाहरू एउटै पक्षमा उभिए भने पनि धोका… Continue reading विश्वप्रकाशको प्रश्न-‘प्रधानमन्त्री ज्यू ! तपाईँबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए के हुन्छ’ ?
कांग्रेसलाई ओलीको प्रश्न-‘अघिल्लो पटक हौसियर समर्थन गर्ने, अहिले किन नगर्ने’ ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो पटक हौसियर प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेको कांग्रेसलाई अहिले पनि समर्थन गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा अध्यक्ष ओलीले भने, ‘पोहोर साल पनि यस्तै अवस्था थियो । नेपाली कांग्रेस भोट नै नमागिकन, हतारिएर, हौसिएर, उत्साहित भएर नयाँ बेटरी हालेजस्तो थियो । समर्थन गरेको थियो… Continue reading कांग्रेसलाई ओलीको प्रश्न-‘अघिल्लो पटक हौसियर समर्थन गर्ने, अहिले किन नगर्ने’ ?
विश्वासको मत माग्दै प्रचण्डले भने- ‘यो आफैँमा उथलपुथल हो, मैले मात्रै गरेको होइन हामी सबै सहभागी छौँ ‘
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले फेरि एकपटक आफूलाई विश्वासको मत दिन सांसदहरुलाई आह्वान गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले गठबन्धन परिवर्तन भएकाले आफूलाई पुनः विश्वासको मत चाहिएको बताए। उनले भने- अहिले फेरि नयाँ राजनीतिक परिस्थिति बन्यो। म तेस्रो पटक विश्वासको मत लिन उपस्थित भएको छ। मेरो उथलपुथल शब्दसँग अहिले पनि कुरा उठाउनुभयो। पहिलो र दोस्रो… Continue reading विश्वासको मत माग्दै प्रचण्डले भने- ‘यो आफैँमा उथलपुथल हो, मैले मात्रै गरेको होइन हामी सबै सहभागी छौँ ‘
अष्ट्रेलियामा जहाजमा यात्रा गरिरहेका १२ यात्रु अस्पताल भर्ना
काठमाडौं । विमानमा प्राविधिक समस्या आएपछि यात्रारत १२ जना यात्रुलाई उपचारका लागि अस्पताल भर्ना गर्नु परेको छ । सिड्नीबाट अकल्याण्डका लागि उडेको लाटामको विमानमा प्राविधिक समस्या आएपछि एक्कासि कम्पन हुँदा विरामी परेका १२ यात्रुलाई सोमबार अस्पताल भर्ना गरिएको हो । विमान कम्पनी र सुरक्षाकर्मीले सोमबार यसको जानकारी गराएका छन् । तस्मान सागरमा एलए ८०० विमानमा… Continue reading अष्ट्रेलियामा जहाजमा यात्रा गरिरहेका १२ यात्रु अस्पताल भर्ना
सरकार र आरती साहको परिवारबीच सहमति
काठमाडौं । गृह मन्त्रालय र आरती साहको परिवारबीच सहमति भएको छ। मंगलबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मृतक आरती साहको परिवारसँग भेटवार्ता गरी पाँच बुँदे सहमति गरे । सहमति पत्रमा गृह मन्त्रालयको तर्फबाट सहसचिव एवं गृह प्रवक्ता नारायण प्रसाद भट्टराई, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारीले हस्ताक्षर गरे ।… Continue reading सरकार र आरती साहको परिवारबीच सहमति
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिंदै छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसँगको गठबन्धन तोडेर एमाले लगायतका दलसँग सत्ता साझेदारी गरेपछि कांग्रेसले सरकारको समर्थन फिर्ता लिएको थियो । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका… Continue reading प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने
त्रिकोणात्मक टी-२० आई सिरिज : फाइनलमा नेपाल र पीएनजी भिड्दै
काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा आज पपुवा न्युगिनी र नेपाल भिड्दैछन् । खेल नेपाली समय अनुसार बिहान ११ ः ४५ मा मोगं कोगंमा सुरु हुनेछ । नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको थियो । नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो । एकै दिन दुई खेल खेलेको… Continue reading त्रिकोणात्मक टी-२० आई सिरिज : फाइनलमा नेपाल र पीएनजी भिड्दै
प्रचण्डलाई विश्वासको मत दिन एमालेको ह्वीप
काठमाडौं । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । मंगलबार संसदीय दलको बैठकले सांसदहरुलाई विश्वासको मत दिन ह्वीप जारी गरेको प्रमुख सेचतक महेश बर्तोलाले जानकारी दिए । ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिन पार्टीले ह्वीप जारी गरेको छ,’ उनले भने, ‘सरकारलाई बलियो बनाउनु पर्ने छ । प्रभावकारी काम गर्नुपर्ने अवस्था छ ।’… Continue reading प्रचण्डलाई विश्वासको मत दिन एमालेको ह्वीप
सुनको सिक्रि नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित ५ जना पक्राउ
काठमाडौं । पर्साको वीरगञ्जमा सुनको सिक्री नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि विवाह सम्बन्धी कसुरमा दुईदिन प्रहरी हिरासतमा राख्ने म्याद थप भएको छ । बेहुला बाराको कलैया नगरपालिका ४ का २८ वर्षीय उमेश साहसहित पाँचजनालाई जिल्ला अदालत पर्साले विवाह कसुरमा दुईदिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । पर्साका… Continue reading सुनको सिक्रि नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित ५ जना पक्राउ
बहराइनविरुद्ध खेल्ने नेपाली टीमको घोषणा
काठमाडौं । बहराइन विरुद्ध विश्वकप छनोट फुटबल खेल्ने नेपाली टोलीको घोषणा भएको छ । टोलीमा भरत खवासले पुनरागमन गरेका छन् । अभिषेक लिम्बु, अजय चौधरी, सौभाग्य राई, रोहन कार्की, समिर तामाङ र विशाल बस्नेत नयाँ अनुहार छन् । फिफा विश्वकप र एएफसी एसियन संयुक्त छनोट अन्तर्गत बहराइन विरुद्धको दुई खेलअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न… Continue reading बहराइनविरुद्ध खेल्ने नेपाली टीमको घोषणा
नयाँ समीकरणको पक्षमा खुले वामदेव, दाहालका पक्षमा गरे मतदान
काठमाडौं । वामदेव गौतमले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा माओवादी केन्द्रका नारायण प्रसाद दाहालका पक्षमा मतदान गरेका छन् । तत्कालीन नेकपाको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गौतम नयाँ समीकरणको पक्षमा खुल्दै दाहाललाई मतदान गरेका हुन् । कांग्रेसबाट अध्यक्ष पदका अर्का उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । ५९ सदस्यीय राष्ट्रिय सभामा दाहालको पक्षमा ३९ मत… Continue reading नयाँ समीकरणको पक्षमा खुले वामदेव, दाहालका पक्षमा गरे मतदान
युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने प्रस्ताव अस्वीकृत
काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ ।मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा शर्मालाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ मत र विपक्षमा ३९ मत खसेको थियो। शर्माले बहुमत प्राप्त गर्न नसकेपछि सो प्रस्ताव अस्वीकृत भएको हो। शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना, समर्थकमा किरणबाबु श्रेष्ठ… Continue reading युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने प्रस्ताव अस्वीकृत
राष्ट्रिय सभाको अध्यक्षमा नारायण प्रसाद दाहाल निर्वाचित
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । कांग्रेसबाट अध्यक्ष पदका अर्का उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । दाहाल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार हुन् ।
ओली र राजेश हमालबीच सिनेमा संवाद हुने
काठमाडौं । अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को सातौँ संस्करणमा चलचित्रका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तर्क्रियामध्ये एउटा शत्रमा ‘दिग्गज नेता र अभिनेता संवाद’ राखिएको छ । नेता र अभिनेताबिचको संवाद राष्ट्रिय सभागृहको हलमा निःशुल्क अवलोकन गर्न पाइने छ ।… Continue reading ओली र राजेश हमालबीच सिनेमा संवाद हुने
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज
काठमाडौं । आज राष्ट्रिय सभा अध्यक्षका लागि मतदात हुँदैछ । बिहान ११ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ । अध्यक्षका लागि युवराज शर्मा र नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार नेपाली कांग्रेसबाट शर्मा र सत्ता गठबन्धनबाट दाहालले उम्मेदवारी दर्ता गरेका हुन् । निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना… Continue reading राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज
सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति
काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा सोमबार भएको वार्तामा मिटरब्याज पीडितको समस्या समाधानका लागि फेरि तीन महिनाभित्र जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । यसअघि पनि सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि गौरीबहादुर कार्की नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो । तर उक्त आयोगको… Continue reading सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति
त्रिकोणात्मक सिरिज : नेपाल र पपुवा न्यूगिनी भिड्दै
काठमाडौं । त्रिकोणात्मक टी२० सिरिजमा अहिले नेपाल र पपुवा न्यूगिनी भिडिरहेका छन् । ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याटर सन्दीप जोराको अर्धशतकमा नेपालले पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य दिएको छ । मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको छ । पपुवा न्यूगिनी लक्ष्य भेटाउन उत्रिएको… Continue reading त्रिकोणात्मक सिरिज : नेपाल र पपुवा न्यूगिनी भिड्दै
स्रोत नखुलेको सवा १ करोड रुपैयाँ सहित ५ जना पक्राउ
काठमाडौं । प्रहरीले बाँकेमा स्रोत नखुलेको एक करोड १६ लाख रुपियाँ बढी बरामद भएको छ । प्रहरीले ३९ लाख रुपियाँ बरामद गरेको १५ घण्टा नपुग्दै फेरि स्रोत नखुलेको सो रकम बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले सोमबार दुईवटा होटलमा छापा मारेर एक करोड १६ लाख २२ हजार रुपियाँसहित… Continue reading स्रोत नखुलेको सवा १ करोड रुपैयाँ सहित ५ जना पक्राउ
कर्णाली नदी पुलमाथि ट्रकमा लाग्यो आगो
काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगो लागेको छ । पश्चिमतर्फ आइरहेको एक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । ट्रकबाट आगो पुलमा समेत सल्किएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दका अनुसार लाइटर बोकेको ट्रकमा आगलागी भएको हो । प्रहरी र स्थानीय बासिन्दाले आगो निभाएका थिए । लम्कीचुहा नगरपालिकाको दमकल… Continue reading कर्णाली नदी पुलमाथि ट्रकमा लाग्यो आगो
उद्योग वाणिज्य महासंघको पहलमा लगानी कम्पनी स्थापना हुने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना गर्ने भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वीरगञ्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा उक्त जानकारी दिएका हुन् । अध्यक्ष ढकालका अनुसार उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवम व्यवसायीले लगानी गर्न सक्ने र उक्त रकम विभिन्न परियोजनामा लगानी गरिने उनले बताए । कम्पनीको… Continue reading उद्योग वाणिज्य महासंघको पहलमा लगानी कम्पनी स्थापना हुने
भागेका थुनुवा समात्न गएका जवानको लडेर मृत्यु
काठमाडौं । दार्चुला प्रहरीको हिरासतमा रहेका एक थुनुवा भागेपछि उनलाई पक्राउ गर्न पछ्याएका एक प्रहरीको भीरबाट लडेर मृत्यु भएको छ । हिरासतमा रहेका महाकाली नगरपालिका-१ का २३ वर्षीय उमेश कुवरलाई अस्पताल लैजाने क्रममा हतकडीसहित भागेपछि उनलाई लखेट्दै गरेका प्रहरी जवान सुवान चौधरीको लडेर टाउकोमा गम्भीर चोट लागेको र अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।… Continue reading भागेका थुनुवा समात्न गएका जवानको लडेर मृत्यु
‘प्रचण्ड’को विपक्षमा मतदान गर्न कांग्रेसको ‘ह्वीप’
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफ्ना सांसदलाई ‘ह्वीप’ जारी गरेका हुन् । यही फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदै छन् । कांग्रेससँगको गठबन्धन तोडेर नयाँ सहकार्य गरेपछि उनले विश्वासको मत… Continue reading ‘प्रचण्ड’को विपक्षमा मतदान गर्न कांग्रेसको ‘ह्वीप’
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता, कांग्रेसलाई लोसपाको साथ
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका सांसद युवराज शर्मा र माओवादीको तर्फबाट नारायण दाहालले उम्मेदवारी दर्ता गरेका छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार बिहान शर्माले उम्मेदवारी दर्ता गरेका हुन्। शर्माको प्रस्तावक कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ छन्। कांग्रेसलाई राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीले साथ दिने भएको… Continue reading राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता, कांग्रेसलाई लोसपाको साथ