Category: समाचार

  • सिद्धार्थ राजमार्गको सिद्धबाबामा सुख्खा पहिरो, यातायात ठप्प

    सिद्धार्थ राजमार्गको सिद्धबाबामा सुख्खा पहिरो, यातायात ठप्प

    काठमाडौं । शनिबार दिउँसो सुख्खा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका ३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा खसेको सुख्खा पहिरोले पाल्पा(बुटवल सडक अवरुद्ध भएको हो। ठूला ढुंगासहित खसेको पहिरोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका हवल्दार नवीन भण्डारीले जानकारी दिए ।

    सिद्धबाबा सुरुङ मार्गको दुईवटा मेसिनले पहिरो हटाउन सुरु गरे पनि ढुंगासहितको पहिरो ठूलो भएको हुँदा सडक सञ्चालनमा ल्याउन चाररपाँच घण्टा लाग्ने भण्डारीले बताए । सडक अवरुद्ध हुँदा दुबै तर्फका सवारीसाधन बाटोमै रोकिएका छन् । अहिले पनि स साना ढुङ्गा खस्ने क्रम जारी रहेको हुँदा पहिरो पन्छाउन समस्या हुनसक्ने प्रहरीले जनाएको छ।

  • युक्रेन भ्रमणमा पुगे भारतीय प्रधानमन्त्री मोदी, के छ महत्व ?

    युक्रेन भ्रमणमा पुगे भारतीय प्रधानमन्त्री मोदी, के छ महत्व ?

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नुभएको छ । हिजो युक्रुेन पुग्नुभएका भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता गर्नुभएको बीबीसीले जनाएको छ । मोदी र जेलेन्स्कीले रुसी मिसाइल आक्रमणमा धेरै बालबालिका मारिएको ठाउँको पनि सँगै भ्रमण गरेका थिए ।


    भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा भेटको भिडिओ पोस्ट गर्दै बालबालिकाका परिवारलाई यो क्षति सहन सक्ने शक्ति मिलोस् भनी प्रार्थना गरेका छन् । केही समय अघि रुसको भ्रमण गरेका भारतीय प्रधानमन्त्री मोदी अहिले युक्रेन पुगेका हुन् । प्रधानमन्त्री मोदीले युक्रेनको राजधानी कीभमा रहेको राष्ट्रिय सङ्ग्रहालयमा पनि भ्रमण गरेका छन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भारत भ्रमणको निम्तो दिएका छन् । युक्रेनको राजधानी कीभमा भएको पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्री एस जयशङ्करले प्रधानमन्त्री मोदीले युक्रेनी राष्ट्रपतिलाई भारत भ्रमणको निम्तो दिएको र आफ्नो सुविधा अनुसार राष्ट्रपति जेलेन्स्कीले भारत भ्रमण गर्ने बताए । भारतीय प्रधानमन्त्रीको युक्रेन भ्रमण सन् १९९२ पछि पहिलो हो । जयशङ्करले युक्रेनलाई भारतले दिएको सहयोगबारे पनि चर्चा गरेका छन् ।

  • अमेरिकामा तीन सातादेखि हराइरहेकी ममताका आफ्नै पतिले हत्या गरेको पुष्टी

    अमेरिकामा तीन सातादेखि हराइरहेकी ममताका आफ्नै पतिले हत्या गरेको पुष्टी

    काठमाडौं । तीन सातादेखि अमेरिकामा हराइरहेकी ममता काफ्लेका पति नरेश भट्टले नै हत्या गरी शव लुकाएको खुलेको छ । भट्टले जुलाई ३० मा ममताको घरकै मुख्य बेडरुममा हत्या गरी शव लुकाएको देखिएको सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले त्यहाँको अदालतमा बुझाएको कागजपत्रबाट यसको पुष्टि भएको बताइएको छ ।

    मनासस प्रहरीले नरेशलाई बिहीबार शव लुकाएको आरोपमा पक्राउ गरेको छ । पक्राउपछि प्रहरीले शुक्रबार बिहान भट्टलाई अदालतमा पेस गरेको थियो । प्रिन्स विलियम काउन्टी जुभेनाइल एन्ड डोमेस्टिक रिलेसन कोर्टको रेकर्डअनुसार उनलाई शुक्रबार बिहान ८ः३१ बजे अदालतमा पेस गरिएको थियो ।

    उक्त घटनालाई लिएर अब अर्को सुनुवाइ २४ अक्टोबरमा हुँदैछ । अनुसन्धानका क्रममा ममताको हत्यासँग जोडिएका पर्याप्त डिजिटल र फोरेन्सिक प्रमाण बरामद भएको प्रहरीको दाबी छ । मनासस पार्क प्रहरी प्रमुख मारियो लुगोले बुधबार स्थानीयको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै पति भट्टले अनुसन्धानमा समन्वय नगरेको आरोप लगाएका थिए । बुधबार बेलुकीदेखि नै भट्टको घरलाई घेराबन्दी गर्दै प्रहरीले १२ घण्टा खानतलासी गरेको थियो ।

    प्रहरीले अदालतमा पेस गरेको कागजपत्रमा काफ्लेको हत्या घरभित्रै भएको र शवलाई घिसारेर घरबाट निकालिएको प्रमाण भेटिएको उल्लेख छ । काफ्लेकी एक वर्षीया छोरीलाई हेरचाह गृह लगिएको छ । ममता गत साउन १६ देखि हराएकी हुन् । उनी अगस्ट २ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा हाजिर नभएपछि सहकर्मीले अवस्था बुझिदिनका लागि स्थानीय प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरीले ममता सार्वजनिक स्थानमा पछिल्लो पटक जुलाई २८ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको जनाएको छ । जुलाई २८ मै ममताले आफ्ना साथीसँग कुरा गरेको पाइएको छ भने जुलाई ३१ मा श्रीमतीलाई अन्तिम पटक देखेको भट्टले प्रहरीलाई बयान दिएका थिए ।

  • स्वतन्त्र उम्मेदवार केनेडीले लिए उम्मेदवारी फिर्ताः ट्रम्पलाई समर्थन

    स्वतन्त्र उम्मेदवार केनेडीले लिए उम्मेदवारी फिर्ताः ट्रम्पलाई समर्थन

    काठमाडौं । अमेरिकाको राष्ट्रपतिका लागि स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले उम्मेदवारी फिर्ता लिएका छन्। शुक्रबार अमेरिकाको एरिजोनामा आयोजित चुनावी र्‍यालीमा एउटै मञ्च साझा गर्दै केनेडीले ट्रम्पलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।

    उनी अमेरिकी सिनेटर रोबर्ट एफ केनेडीका छोरा र पूर्वराष्ट्रपति जोन एफ केनेडीका भतिजा हुन्। उनी डेमोक्र्याटिककै पूर्वनेता समेत हुन्। विचारमा मतभेद भएपछि उनले पार्टी छाडेका थिए। पार्टी छाड्नका लागि प्रेरित गरेका कुराहरूकै कारण ट्रम्पलाई समर्थन गर्न बाध्य पारेको केनेडीले बताएका छन्।

    डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले यसअघि केनेडीको समर्थकबाट पनि भोट प्राप्त हुने गरी पहल गर्ने बताएकी थिइन्। शुक्रबार नै सिकागोमा भएको चुनावी सम्बोधनमा ह्यारिसले राष्ट्रपतिको उम्मेदवारी स्वीकार गर्दै ट्रम्पलाई मतदान नगर्न अपील गरेकी थिइन्। ह्यारिसलाई पूर्वराष्ट्रपति बाराक ओबामा लगायतको समर्थन छ।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ । विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली छ ।

    बागमती प्रदेशका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागको अनुमान छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

    आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

  • रास्वपाले आत्मनिर्भर नेपाल अभियान सुरु गर्ने

    रास्वपाले आत्मनिर्भर नेपाल अभियान सुरु गर्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्दैछ । अभियानको आज दिउँसो १ बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच आरम्भ हुनेछ । पार्टीको केन्द्रीय स्टार्टअप तथा नवप्रवर्तन विभाग, उद्योग तथा बाणिज्य विभाग, उत्पादन प्रवद्र्धन विभाग, कृषि विभाग र अनुसन्धान तथा अभिलेखीकरण विभागको संयोजनमा रास्वपाले ‘अबको राजनीति आर्थिक समृद्धिका लागि’ भन्दै अभियान सुरु गर्न लागेको हो ।

    यो अभियानका क्रममा नेपाली उत्पादनहरुको प्रवद्र्धन गर्दै स्टल प्रदर्शनीसहित विभिन्न विषयमा नीति मन्थन गर्ने रास्वपाले जनाएको छ । अभियानका क्रममा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रका उत्पान देखि नेपालमा बनेका सामाग्रि, जुत्ता, कपडा, हस्तकलाका उत्पादन सम्म प्रदर्शनीमा राखिने भएका छन् । प्रदर्शनमा ३० थरी उत्पादन राखेनेछ ।

    पार्टीले प्रदेश तहमा समेत ‘आत्मनिर्भर नेपाल अभियान’ संचालन गर्ने कार्यतालिका बनाएको छ । नेपाली उत्पादनहरुले बजार नपाएको गुनासोलाई यसले प्रत्यक्ष सम्बोधन गर्ने रास्वपाको विश्वास छ । यो अभियानको संयोजन केन्द्रीय सदस्य डा। प्रभात अधिकारी, सांसद गणेश पराजुली, सांसद मनिष झा, केन्द्रीय सदस्य रामकृष्ण भट्टराई र सांसद अशोक कुमार चौधरीले गरेका छन् ।

  • आँबुखैरेनी दुर्घटनामा मृतकको संख्या २७ पुग्यो

    आँबुखैरेनी दुर्घटनामा मृतकको संख्या २७ पुग्यो

    काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐना पहरा नजिकै भएको बस दुर्घटनामा मृत्यु भएकाको संख्खा २७ पुगेको छ । शवको भरतपुर अस्पतालमा पोष्टमार्टम थालिएको छ । बिहान ८ बजेदेखि पोष्टमार्टम सुरु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    उनका अनुसार मध्यान्न १२ बजेसम्म सबै शवहरुको पोष्टमार्टम सकेर सम्बन्धित पक्षलाई जिम्मा लगाइनेछ । एउटा शवको पोष्टमार्टम गर्न १० देखि १५ मिनेट लाग्ने डा. पौडेलले बताए । अस्पतालका फरेन्सिक चिकित्सक डा. कश्यप श्रेष्ठको नेतृत्वमा ३ जना चिकित्सकहरुको टोलीले शवहरुको पोष्टमार्टम गरिरहेको छ ।

    शुक्रबार राति साढे १२ बजेतिर १३ वटा गाडीमा राखेर शवहरू अस्पतालमा ल्याइएको थियो । एक जना घाइतेको भरतपुरमा नै उपचारका क्रममा मृत्यु भएकोको थियो । दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो । उनीहरुको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

  • तनहुँ, आबुखैरेनीमा बस दुर्घटना, कम्तीमा १४ जनाको मृत्यु

    तनहुँ, आबुखैरेनीमा बस दुर्घटना, कम्तीमा १४ जनाको मृत्यु

    काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भारतीय पर्यटक बोकेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको छ । बसमा चालकसहित ४३ जना सवार रहेको खुलेको छ ।

    उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन् । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार १४ जनाको मृत्यु भएको छ भने घाइतेहरुको उद्धार चलिरहेको छ । बस सडकबाट १५० मिटर मर्स्याङ्दी नदिमा खसेको हो । बस पोखराबाट काठमाडौं आउदै थियो । बसमा भारतीय नागरिक सवार थिए ।

  • प्रधानमन्त्री ओली र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ बीच भेट

    प्रधानमन्त्री ओली र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ बीच भेट

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनले बिहीबार शिष्टाचार भेट गरेका छन्। बालुवाटारमा भएको भेटमा बिहीबार नै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको छलफल र सहमतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ।

    अर्थ मन्त्रालय चिनियाँ पक्षबीच काठमाडौं चक्रपथको कलंकीदेखि बसुन्धरा महाराजगञ्जसम्मको ८।२ किलोमिटर सडक निर्माण, हिल्सा–सिमिकोट सडक खण्डलाई दुई लेनमा स्तरोन्नति, मुस्ताङको कोरला नाकामा आइसिपी र आइसिडी निर्माण र अरनिको राजमार्गको मर्मत सुधार तथा पहिरो नियन्त्रण सम्बन्धी कार्यको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी चारवटा छुट्टाछुट्टै सहयोग आदान प्रदानसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो।

  • सरकारले कुन शर्तमा खुलायो टिकटक ?

    सरकारले कुन शर्तमा खुलायो टिकटक ?

    काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले केही शर्तहरु राखेर टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । यो नीतिगत निर्णय कार्यान्वयनका लागि टिकटकले सूचना प्रविधि तथा सञ्चार मन्त्रालयसँग सम्झौता गर्नुपर्नेछ ।

    सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘नीतिगत रुपमा खुल्यो । त्यो कार्यान्वयनमा आउन हाम्रो शर्त पूरा गर्नुपर्छ ।’ उनका अनुसार हरेक सामाजिक सञ्जाल अब ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८०’ को दफा ३ अनुसार मन्त्रालयमा सूचिकरण हुनुपर्छ । त्यसपछि दफा ६ अनुसार प्वाइन्ट अफ कन्ट्रयाक्ट तोक्नुपर्छ ।
    छलफलमा टिकटकका प्रतिनिधिहरु नेपालमा सूचिकरण हुन र प्वाइन्ट अफ कन्ट्रयाक तोक्न सहमत छ । साथै थप चार शर्त सरकारले राखेको छ । पर्यटन प्रवर्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा र साक्षरताका लागि सघाउनुपर्ने र सार्वजनिक शिक्षालाई गुणस्तरीय तथा सूचना प्रविधिमा आधारित बनाउन सहयोग गर्नुपर्ने सरकारको शर्त छ ।

    यस्तै टिकटकमा नेपाली वा नेपालका मातृ भाषाहरु फिल्टरिङ तथा मोडरेसनको सुनिश्चितता गर्नुपर्छ । सञ्चारमन्त्री गुरुङले भने, ‘जे कारणले टिकटक बन्द गरिएको हो, त्यस्तो परिस्थिति कुनै पनि नआउने गरी फिल्टिरिङ हुनुपर्छ ।’ गालीगलौजका साथै सामाजिक दुर्भावना फैलाउने, सामाजिक अपराध फैलाउने भाषा प्रयोग हुन नहुने सरकारले बताएको छ । मन्त्री गुरुङले भने, ‘यो अरु सञ्जालको हकमा पनि लागू हुन्छ ।’

  • संसदीय समितिले पूर्वगृहमन्त्री लामिछानेलाई सोधपुछ गर्ने

    संसदीय समितिले पूर्वगृहमन्त्री लामिछानेलाई सोधपुछ गर्ने

    काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । समिति सभापति सूर्य थापाका अनुसार पूर्वगृहमन्त्री लामिछानेलाई शुक्रबार सोधपुछका लागि बोलाइएको हो ।

    लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो । समितिले लामिछानेलाई दिउँसो २ बजे सोधपुछमा बोलाएको छ । लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई भने शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

  • भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै सम्झौता गर्दैन : प्रधानमन्त्री

    भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै सम्झौता गर्दैन : प्रधानमन्त्री


    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै एक्सक्युज नखोज्ने बताएका छन् । प्रतिनिधिसभामा भएको प्रश्नउत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले शुन्य सहनशीलताको नीति मौखिक प्रतिवद्धता मात्र नभएको बताए । तर भ्रष्टाचार नियन्त्रण हो हल्लाको विषय नभई कानुनी अनुसन्धान र नतिजामुखी हुर्नेमा उनले जोड दिए ।

    ‘भ्रष्टाचार नियन्त्रणलाई क्षणिक प्रचारको विषय बनाएर होइन, नियन्त्रणका कानुनी प्रक्रिया अपनाएर टुंगोमा पुर्‍याउनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले कुनै एक्सक्युज (बहाना) खोज्दैन, काम गर्छ ।’ उनले अब मन्त्रीहरुसँग गर्ने कार्यसम्पादन सम्झौतामा समेत यसलाई उल्लेख गर्ने जानकारी दिए ।

  • भैंसीको गोठ भित्र बाघ मृत भेटिएपछि…

    भैंसीको गोठ भित्र बाघ मृत भेटिएपछि…

    काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिकामा बाघ मृत फेला परेको छ । आज बिहान सवा ३ बजे मनहरी गाउँपालिका–६ प्रतापुर बस्ने बलबहादुर राईको गोठमा बाघ मृत फेला परेको हो । गोठमा बाँधेको भैंसी घाइते अवस्थामा र भैंसी नजिकै बाघ मृतावस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । डिएसपी भण्डारीका अनुसार बाघको मृत्युको कारण पत्ता लागिसकेको छैन ।

    नेपाली सेनाका अनुसार बाघ बुढो देखिन्छ र भैंसीले हान्दा मृत्यु भएकोजस्तो देखिन्छ तर मृत्युको कारण एकिन भइसकेको छैन । घटनास्थल चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्दछ । चितवन राष्ट्रिय निकुञ्जको सेनाको टोलीले मृत बाघ लगेर गएको छ ।

  • गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्यवनको लागि पहल

    गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्यवनको लागि पहल


    काठमाडौं । गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका सम्बन्धमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अध्यक्ष डा बद्री केसीको नेतृत्वमा आयोजित कार्यक्रममा माननीय गृहमन्त्री रमेश लेखक, संविधानसभा सदस्यहरु वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, डा. खिमलाल देवकोटा, राष्ट्रिय सभाका पूर्व सदस्य राम नारायण बिडारी र पूर्व महान्यायधिवक्ता  अग्नि प्रसाद खरेललाई आमन्त्रण गरिएको थियो । सो अवसरमा सरकारले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहित नागरिकताको व्यवस्था गरेतापनि अझै उक्त अधिकार प्राप्त हुन नसकेको भन्दै ध्यानाकर्षण गराइएको थियो । 

    संविधानतः गैरआवासीय नेपालीहरुले नागरिकता प्राप्त गरिरहेको भएपनि त्यसमा उल्लेखित अधिकारहरु प्राप्त भएका छैनन् । गैरआवासीय नेपाली नागरिकता लिने क्रममा सम्बन्धित निकायहरुमा अझ केही अस्पष्टता देखिएकोले नागरिकता  लिनको लागि समस्या भएको छ भने नागरिकता प्राप्त गरिसकेपछि पनि सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारको पूर्ण प्रयोग गर्न पाइएको छैन। 

    कार्यक्रममा अध्यक्ष डा केसीले ठूलो संघर्षपछि सरकारले नागरिकता प्राप्तीको लागि बाटो खुला गरेको भएपनि सम्बन्धित निकायमा समयमै परिपत्र नहुँदा समस्या भोग्नुपरेको बताए । उक्त अवसरमा  गृहमन्त्री लेखकले सरकारले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा  देखा परेका समस्या समाधान गर्दै  सम्बन्धित निकायमा छिट्टै आवश्यक  परिपत्र गर्ने प्रतिबद्धता जनाए ।

    कार्यक्रमका अन्य वक्ताले समेत गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनमा देखा परेका कानूनी अड्चन हटाउन सक्दो पहल गर्ने बताए । उक्त अन्तरक्रियामा नेपालको विद्यमान कानुनमा  रहेका समस्याहरु, कानुन तथा नियमावली संशोधनका उपायहरु तथा अध्यागमन, मालपोत, बैंक तथा अन्य व्यवहारिक ठाउँका समस्या तुरुन्त समाधानका लागि बृहत छलफल गरिएको थियो ।

    कार्यक्रममा संघका अध्यक्ष डा. बद्री केसीसहित, उपमहासचिव सोम सापकोटा, सहकोषाध्यक्ष कृष्ण तिमिल्सेना, एसिया प्यासिफिक क्षेत्रीय संयोजक हरि भट्टराई, सल्लाहकार अतुल कोइराला,  संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, पूर्व उपाध्यक्ष (एनसीसी बेल्जियम) तीर्थ धमला, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत अधिकृत कुनाल मिश्र,संघका तर्फबाट गैरआवासीय नेपाली नागरिकताका फोकलपर्शन सरोज दाहाल लगायतको उपस्थिति रहेको थियो ।

  • चन्द्रागिरिको बलम्बुमा शङ्कास्पद वस्तु फेला, सेनाले गर्यो निष्क्रिय

    चन्द्रागिरिको बलम्बुमा शङ्कास्पद वस्तु फेला, सेनाले गर्यो निष्क्रिय

    काठमाडौं । चन्द्रागिरिको बलम्बुमा शंकास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका-१२, बलम्बु स्कुल नजिकैको घरअगाडि कुकरमा तारले बाँधिएकोजस्तो देखिने गरी शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।


    घटनास्थलमा प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यको टोली पुगेर निष्क्रिय पार्ने प्रक्रिया थालिएको थियो । डिस्पोजका लागि नेपाली सेनाको टोलीलाई खबर गरिएको थियो । सोही अनुसार सेनाले सो वस्तु निष्क्रिय पारेको बताएको छ ।

  • मनसुनको प्रभाव शनिबारसम्मै, राजमार्गमा अधिक अवरोध

    मनसुनको प्रभाव शनिबारसम्मै, राजमार्गमा अधिक अवरोध

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तत्काल मौसममा सुधार हुने सम्भावना नरहेको जनाएको छ । विभागका अनुसार वर्षाको सम्भावना आगामी शनिबारसम्मै छ । तर लगातार झरी भने पर्ने छैन । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ सरेको छ । त्यसैले पश्चिमको तुलनामा पूर्वमा बढी वर्षा हुने छ ।

    दुई दिन अघिदेखि काठमाडौं उपत्यकासहित देशभर वर्षा भइरहेको छ । आज बिहान पनि देशभर आंशिकदेखि साधारणतया बदली छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

    पछिल्लो एक घण्टामा बर्दियाको दौलतपुर, कैलालीको बचिला र कचिला वर्षा मापन केन्द्रमा भारी वर्षा भएको छ । शनिबार राति सर्लाहीको पत्थरकोट, उदयपुरको सुन्दरपुर, सिन्धुपाल्चोक नाकोटे, कैलालीको टीकापुर र म्याग्दीको मङ्गलघाट जलमापन केन्द्रमा पनि मध्यमदेखि भारी वर्षा मापन भएको थियो । कैलालीमा वर्षाका कारण हिजोदेखि नै बस्ती डुबानमा परेका छन् ।

    विभागले जारी गरेको बुलेटिनमा लेखिएअनुसार आज भदौ ६ गते दिउँसो पनि सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ । भदौ ७ गते कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण छ । कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ ।

    भदौ ८ गते पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाब, बाढी, पहिरो तथा भू(क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले सबैलाई अनुरोध गरेको छ । दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावनासमेत रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले भनेको छ ।

  • काठमाडौं भित्रने नाकामै खसेको पहिरो हटाउन ७ घण्टा लागेपछि

    काठमाडौं भित्रने नाकामै खसेको पहिरो हटाउन ७ घण्टा लागेपछि

    काठमाडौं । राजधानी उपत्यका भित्रिने र बाहिरिने प्रमुख नाका नागढुंगा बुधबार दिउँसो ७ घण्टासम्म बन्द भयो । नागढुंगा चेकपोस्टदेखि केही पर काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा खसेको पहिरोका कारण सयौं सर्वसाधारण, पशुचौपाया र विभिन्न सामानहरु दिनभर रोकिए ।

    बुधबार बिहान ११ बजे खसेको पहिरो पन्छाएर सडक एकतर्फी रुपमा खुलाउन ७ घण्टा लागेको प्रहरी वृत्त थानकोटका डीएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिएका छन् । करिब ३ मिटरसम्म पर पहिरो गएको थियो । पहिरो पन्छाउन ११ बजेबाटै सुरु गरिए पनि निरन्तर खसिरहेकाले धेरै समय लागेको हो । पहिरो पन्छाउन नागढुंगा सुरुङ आयोजना, चन्द्रागिरि नगरपालिका र सडक विभागबाट जेसीबी मगाएर काम गरिएको थियो ।

    बाटो अवरूद्ध भएपछि दुईतर्फी नै सवारी साधन रोकिएका थिए । अहिले एकतर्फ बाटो खुलेको छ । सोहीकारण काठमाडौं बाट बाहिरिने र बाहिरिन सवारी साधन आज पनि चापमा गुडिरहेका छन् । बिहानै ११ बजेदेखि पहिरो गएकाले ७ घण्टासम्म यात्रु सडकमै अलपत्र परेका छन् । निरन्तर ठूलो पहिरो गएकाले प्रहरीले अगाडिको चेक पोस्टहरुलाई समेत यसबारेको सूचना सर्कुलेसन गरेको थियो ।

  • गैरआवासीय नेपालीमाथि पनि अनुसन्धान गर्नुपर्ने अख्तियारको प्रस्ताव

    गैरआवासीय नेपालीमाथि पनि अनुसन्धान गर्नुपर्ने अख्तियारको प्रस्ताव

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार कसुरमा गैरआवासीय नेपाली नागरिक (एनआरएन) माथि पनि अनुसन्धान गर्ने प्रस्ताव गरेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयकमा अख्तियारले यस्तो प्रावधान राख्ने प्रस्ताव गरेको हो ।

    बुधबार सिंहदरबारस्थित प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव फणीन्द्र गौतमले अख्तियारले गैरनेपाली र गैरआवासीय नेपाली नागरिकलाई समेत विधेयकमा समेट्नुपर्ने प्रस्ताव गरेको जानकारी गराए ।

    ‘अख्तियारले गैरआवासीय नेपाली नागरिकलाई पनि समेट्नुपर्ने माग गरेको छ । यसमाथि छलफल गर्नुपर्ने हो कि ,’ गौतमले भने । एनआरएन निजी क्षेत्र हो वा अन्य कुनै हो भन्ने स्पष्ट गरेर अगाडि बढ्दा उपयुक्त हुने पनि सचिव गौतमले बताए ।
    अख्तियारले दिएको सुझावको पहिलो बुँदामै यससम्बन्धी प्रस्ताव छ ।

    ‘यो ऐन नेपाल राज्यभर लागू हुनेछ र नेपाल बाहिर जहाँसुकै रहे बसेका नेपाली नागरिक, राष्ट्रसेवक र यस ऐन बमोजिम भ्रष्टाचार गरेको मानिने कुनै काम गरी विदेशमा बस्ने गैरनेपाली र गैआवासीय नेपाली नागरिकलाई समेत लागू हुनेछ’, अख्तियारको प्रस्ताव छ ।


    अख्तियारले प्रस्ताव गरेको यो विषयमा राज्य व्यवस्था समितिमा औपचारिक छलफल सुरु भएको छैन, सांसदहरुले प्रारम्भिक प्रतिक्रिया मात्र जनाएका छन् ।
    नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले नयाँ विषय आएको भन्दै छलफल हुनुपर्ने बताए । ‘गैरआवासीय नेपाली नागरिलाई भोटिङ अधिकार छैन, आर्थिक अधिकार दिएपछि के गर्ने हो ?’ उनले प्रश्न गरे ।

    नेकपा एमालेका सांसद रघुजी पन्तले गैर आवासिय नेपाली नागरिकको विषयमा सरकारले प्रष्ट पार्नुपर्ने माग गरे । सांसद पन्तले उनीहरू नेपाली नागरिक हो कि हैन वा विदेशी के हो त्यो कुरा स्पष्ट भएर अगाडि बढ्नुपर्ने बताए । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिक भनेको नेपाली नागरिककै एक भाग भएको जवाफ दिए ।

    ‘गैरआवासीय नेपाली नागरिक भनेको नेपाली नागरिककै एक भाग हो । विभिन्न प्रकारमध्ये एक हो । नागरिकता पुनः प्राप्ति छ । राजनीतिबाहेक, आर्थिक, सांस्कृतिक अधिकार दिने भनेको छ । आर्थिक अधिकार गर्न पाउने भनेकाले यो (भ्रष्टाचार मुद्दा लाग्ने विषय) राख्दा हुन्छ भन्ने लाग्छ’, गृहमन्त्री लेखकले भने ।

    उनले गैरआवासीय नेपालीले आर्थिक गतिविधि गर्ने विषय निजी क्षेत्रको आर्थिक क्रियाकलाप भन्दा फरक भएकाले अख्तियारको प्रस्तावलाई विधेयकमा समावेश गर्दा हुने राय व्यक्त गरे । तर, सांसदहरुले बुधबार नै कुनै निर्णय गर्न नसकिने बताए । एमालेका सांसद पन्त, एकीकृत समाजवादीका सांसद पाण्डे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अर्को बैठकमा छलफल गर्ने प्रस्ताव गरे । सोही अनुसार समिति सभापति रामहरि खतिवडाले ‘यो रिजर्भ रह्यो’ भनेका छन् ।

    दफावार छलफल गर्दै, दफारदफा पास गर्दै अगाडि बढ्ने गरी बसेको राज्य व्यवस्था समितिको बैठक एनआरएनको विषयले प्रवेश पाएपछि अगाडि बढ्न सकेन । त्यही बेला नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले मूल ऐन, सरकारले ल्याएको विधेयक, राष्ट्रिय सभाले पास गरेको प्रतिवेदन, प्रतिनिधि सभामा सांसदहरुले राखेका संशोधनलाई समेत एकीकृत रुपमा राखेर दफावार छलफल गर्नुपर्ने प्रस्ताव गरे ।

    यसैलाई आधार मानेर सभापति खतिवडाले अर्को सूचना आएपछि बस्ने गरी बैठक नै स्थगित गरिदिए । ‘एकीकृत मस्यौदा आएपछि अर्को दिन पुन बसेर छलफल हुने भएकाले आजको बैठक स्थगित हुन्छ’, उनले भने । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार अपराधसम्बन्धी कसुरमा विदेशी नागरिकलाई समेत प्रचलित ऐन लागू हुन्छ । भ्रष्टाचारसम्बन्धी विषयमा समेत यो अभ्यास विश्वव्यापी रहेको छ ।

    उदाहरण दिँदै एक अधिकारी भन्छन्, ‘वाइडबडी जहाज खरिद प्रकरणमा अनियमितता भयो भनिएको छ । अनियमितता भएको हो र त्यसमा अमेरिकन नागरिक समेत संलग्न रहेछ भने उसलाई नेपालको भ्रष्टाचारसम्बन्धी प्रचलित ऐन लागू हुन्छ । त्यस अनुसार कारबाही हुन्छ ।’ प्रस्तावित विधेयक गैर नेपाली नागरिकलाई समेत लागू हुनेछ भनेर थप प्रष्ट भन्न खोजिएको अख्तियारका अधिकारीहरू बताउँछन् ।

    गैरआवासवीय नेपाली नागरिकको हकमा भने प्रचलित ऐनले कुनै सम्बोधन गरेको छैन । नेपालको संविधान अनुसारको नागरिकता ऐन बनेपछि ३० असोज २०८० देखि नेपालमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएको छ । गृह मन्त्रालयका अनुसार विगत ११ महिनामा २५ सय भन्दा बढीले गैरआवासीय नेपाली नागरिकता लिएका छन् ।

    गैर आवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिहरुले नेपालमा राजनीतिक बाहेकका अधिकार प्रयोग गर्न सक्छन् । उनीहरूले नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउँछन् । जस अन्तर्गत नेपालमा लगानी गर्न, व्यापार व्यवसाय गर्न र पैतृक सम्पत्ति उपभोग तथा बेचबिखन गर्न पाउँछन् । नेपालमा बैंक खाता खोल्न, विदेशी मुद्रामा कारोबार गर्ने गरी बैंक खाता खोल्न, लगानीका लागि खुला गरिएको उद्योग व्यवासायका लगानी गर्न सक्छन् ।

    अधिकार उपयोगका क्रममा भ्रष्टाचारको विषयसँग जोडिन पुगेको अवस्थामा अनुसन्धानमा तान्ने प्रयास अख्तियारले गरेको हो । आर्थिक अधिकार अन्तर्गत गर्ने कार्यमा भ्रष्टाचारको विषय समेत जोडिन सक्ने भएकाले ऐनमा गैरआवासीय नेपाली नागरिकका लागिसमेत भ्रष्टाचार सम्बन्धी ऐन लागू हुने भनेर प्रष्ट लेख्न खोजिएको अख्तियारका अधिकारीहरू बताउँछन् ।

    ‘भ्रष्टाचार सम्बन्धी कसूरको अनुसन्धानमा कसैले नेपाली नागरिक र गैरनेपाली नागरिकलाई लागू हुन्छ, हामी गैर आवासीय नेपाली नागरिक हौं भनेर तर्क गर्न सक्छ । यस्तो तर्कका आधारमा कसैले भ्रष्टाचार गरेको छ भने कारबाहीबाट उन्मुक्ति नपाओस् भनेर प्रष्ट व्यवस्था राख्न खोजिएको हो’, अख्तियारका एक अधिकारीले अनलाइनखबरसँग भने ।

    अख्तियारको प्रस्तावलाई संसदले स्वीकार गरे गैरआवासीय नेपाली समेत भ्रष्टाचार, अकुत सम्पत्ति आर्जन र घुसररिसवत अन्तर्गत छानबिनको दायरामा आउनेछन् । यसको क्षेत्राधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहनेछ ।

  • के भारतमा परराष्ट्र मन्त्री राणाले प्रधानमन्त्री सरह सम्मान पाएकी हुन् ?

    के भारतमा परराष्ट्र मन्त्री राणाले प्रधानमन्त्री सरह सम्मान पाएकी हुन् ?


    काठमाडौं । दिल्लीबाट पहिलो विदेश भ्रमणको सुरुवात गरेकी नेपाली परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय संस्थापन पक्षले ‘उच्च महत्त्व’ दिएको टिप्पणी सुनिएको छ । नेपाली सञ्चारमाध्यमले समेत सोही तर्फ संकेत गर्दै समाचार बनाइरहेका छन् । आफ्ना समकक्षी एस जयशङ्करसँग सोमवार औपचारिक छलफल गरेकी परराष्ट्रमन्त्रीले त्यही दिन साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता पनि गरेकी थिइन् ।

    नेपालका परराष्ट्रमन्त्रीले भारतको भ्रमण गर्दा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने अवसर हतपत नपाउने गरेको सन्दर्भ र उनलाई मोदीले दिएको महत्वलाई उच्च प्राथमिकताका साथ हेरिएको छ । यस पटक दिल्लीले नेपालबाट थप २५१ मेगावट विद्युत् खरिद गर्ने घोषणा गरेसँगै आगामी दिनमा नेपालले १,००० मेगावाटसम्म विद्युत् निर्यात गर्न सक्ने परिस्थिति बन्नुलाई अर्थपूर्ण मानिएको छ।

    परराष्ट्रमन्त्री आरजु राणा देउवा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी हुन्। आफ्नो स्वास्थ्य परीक्षणसहितको कार्यसूची बनाएर पाँचदिने भ्रमणमा आरजु राणा देउवा दिल्ली गएकी छिन् । भारतीय विदेश मन्त्रालयले उनको भ्रमणलाई नेपाल र भारतबीचको उच्चस्तरीय आदानप्रदानको शृङ्खला भनेको छ। उसले छिमेक पहिला विदेश नीतिअन्तर्गत नेपाल प्राथमिकताप्राप्त साझेदार भएको बताउने गरेको छ।

    पहिलो पटक नेपालको परराष्ट्र मन्त्रालय हाँकिरहेकी आरजु राणा देउवाले आफ्ना भारतीय समकक्षी जयशङ्कर र प्रधानमन्त्री मोदीसँग द्विपक्षीय सम्बन्धका विविध पक्षबारे छलफल गरेकी बताइएको छ। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिका अनुसार परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीलाई पठाएको नेपालको राजकीय भ्रमणको निम्तो हस्तान्तरण गरेकी थिइन्।

    भारतीय प्रधानमन्त्रीले उक्त आमन्त्रणलाई स्वीकार गरेको र द्विपक्षीय कूटनीतिक माध्यमबाट आपसी अनुकूलतामा तय गरिने मितिमा नेपालको भ्रमण गर्ने प्रतिबद्धता जनाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारतीय विदेशमन्त्री जयशङ्कर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसहित उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा मोदीले नेपाली परराष्ट्रमन्त्रीसँग कुराकानी गरेका थिए। नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका अधिकारी र भारतस्थित नेपाली राजदूतावासका अधिकारीहरू उक्त भेटवार्तामा उपस्थित थिए।

    मोदीले सामाजिक सञ्जाल ुएक्सुमा लेखेका छन्, “भारत र नेपालबीच सभ्यतागत निकट सम्बन्ध र प्रगतिशील अनि बहुआयामिक साझेदारी छ। हाम्रो विकास साझेदारी निरन्तर अघि बढिरहेको हेर्न चाहन्छु।” नेपाली परराष्ट्रमन्त्रीले एक्समा लेखेकी छन्, “म अपेक्षा गर्छु कि यो भ्रमण र अन्य उच्चस्तरीय भ्रमणहरूले दुई देशबीचको हाम्रो सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने छ।”

  • मङ्किपक्स कोभिडको नयाँ भेरियन्ट नभएको डब्यूएचओको स्पष्टीकरण

    मङ्किपक्स कोभिडको नयाँ भेरियन्ट नभएको डब्यूएचओको स्पष्टीकरण

    काठमाडौं । मङ्किपक्स ’एमपक्स’ भाइरस र यसको नियन्त्रणबारे पूर्वजानकारी रहेकोका जोड दिँदै यसको प्रकोप अर्को कोभिड–१९ भेरियन्ट नभएको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार बताएको छ । एमपक्स ‘क्लेड १ बी’ भेरियन्टको थप अनुसन्धान आवश्यक रहेको बताउदै संयुक्त राष्ट्र सङ्घले यसलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

    एमपक्स प्रकोपलाई नियन्त्रण गर्न सकिन्छ“, डब्ल्यूएचओका युरोपेली निर्देशक हान्स क्लुगेले भनेका छन् सन् २०२२ जुलाईमा, डब्ल्यूएचओले एमपक्सको कम गम्भीर भेरियन्ट ’क्लेड २बी’ लाई पनि अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

    “एमपक्स कोभिड भाइरसको नयाँ रुप होइन”, क्लुगेले भने । “हामीलाई एमपक्स कसरी नियन्त्रण गर्ने भन्ने थाहा छ । र युरोपेली क्षेत्रमा यसको सङ्क्रमणलाई पूर्ण रूपमा उन्मूलन गर्न आवश्यक अनुसन्धान भइरहेको छ ”,उनले जेनेभामा भिडियो–लिङ्क मार्फत बताए । “के डब्लुएचओ युरोपेली क्षेत्रमा लकडाउन गर्न जाँदैछ, यो कोभिड–१९ को नयाँ रुप हो रु भन्ने प्रश्नको जवाफ स्पष्ट छः ‘होइन’ ”, उनले भने । क्लुगेले व्यक्तिबीच छालाको सम्पर्क एमपक्स सङ्क्रमण फैलिने मुख्य कारक रहेको बताए । “सङ्क्रमण फैलिने अन्य कारण अझै अलि अस्पष्ट छन् । यस विषयमा थप अनुसन्धान आवश्यक छ ।”

    डब्लुएचओले मास्क प्रयोग गर्न सिफारिस नगरेको डब्लुएचओका प्रवक्ता तारिक जसारेभिकले बताए । “हामी अहिले विश्वव्यापी खोप अभियान सिफारिस गरिरहेका छैनौँ । हामीले हाल सबैभन्दा बढी जोखिममा रहेका समूहलाई खोप प्रयोग गर्न सिफारिस गर्दैछौं, ”उनले भने ।

  • भारतका सपिङ मलमा आक्रमणको धम्की

    भारतका सपिङ मलमा आक्रमणको धम्की

    भारतको राजधानीका विभिन्न सपिङ मलहरूमा मङ्गलबार बम आक्रमणको धम्की आएको दिल्ली प्रहरीले जनाएको छ । दिल्ली प्रहरीकाअनुसार चाणक्य मल्ल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने पोलिस, प्यासिफिक मल, प्राइमस अस्पताल र युनिटी समूहलाई केही समयमा बम विस्फोट हुनेछ भनी धम्की पत्र प्राप्त भएको थियो । सूचना प्राप्त हुने बित्तिकै मलका अधिकारीहरूले दिल्ली प्रहरीलाई जानकारी दिएको दिल्ली प्रहरीले बताएको छ ।

    दिल्ली प्रहरीले जानकारी पाएलगत्तै अनुसन्धान थालेको थियो । घटनास्थलमा बम डिस्पोजल टोली र दमकल पुगेको थियो । हालसम्म बम फेला परेको छैन ।
    प्रहरीले धम्कीबारे अनुसन्धान गरिरहेको छ । गुरुग्रामको एम्बियन्स मलमा अगस्ट १७ मा बम आक्रमणको धम्की प्राप्त भएको थियो । तर खोजीका क्रममा कुनै संदिग्ध वस्तु फेला नपरेको गुरुग्राम प्रहरीले जानकारी दिएको छ ।

    “एम्बियन्स मलको प्रशासनले मलमा बम राखिएको सूचना प्राप्त गरेको थियो । सूचना पाएपछि बम पत्ता लगाउने तथा डिस्पोजल टोलीलगायत सबै घटनास्थलमा पुगेका थिए,” एसीपी विकास कौशिकले पत्रकारलाई बताए । गुरुग्राम प्रहरीले सामाजिक सञ्जालमा कुनै पनि पोस्ट वा इमेलमार्फत भ्रामक बम धम्की वा गलत जानकारी दिएको पाइएमा कानुनी कारबाही गरिने जनाएको छ । रासस, एएनआई

  • मनसुन पुनः सक्रिय, कहाँ कहाँ आयो धेरै पानी ?

    मनसुन पुनः सक्रिय, कहाँ कहाँ आयो धेरै पानी ?

    काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट केही उत्तर दिशा तर्फ सरेको छ । यसको प्रभावले नेपालमा अन्य दिनको तुलनामा मनसुन सक्रिय भएको छ । मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपालतिर सरेमा नेपालमा बढी पानी पर्दछ ।


    मंगलबार रातिदेखि नै पूर्वदेखि पश्चिमसम्म पानी परिरहेको छ । बुधबार बिहानसम्म सबैभन्दा धेरै वर्षा मधेश प्रदेशको पर्सा जिल्लामा भएको छ । पर्साको टाँडीमा विगत ६ घण्टाको अवधिमा १४५.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ । बाराको सिमरा एयरपोर्टमा १२९.४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागको बाढी पूर्वानुमान महाशाखाले आज बिहान पाँच बजे एक सूचना जारी गर्दै पर्साको रङ्गापुर टाँडी बजार, बाराको सिमरा, पर्वानीपुर, कलैया, अमलेखगञ्ज र आसपास भारी वर्षा भएको जनाएको छ । वर्षा थप हुन सक्ने भएकाले सो क्षेत्र भई बहने दुधौरा, पसाहा लगायत साना खोलाहरुमा आकस्मिक बाढी आउनसक्ने सम्भावना छ । त्यसैले ती क्षेत्रका तटीय क्षेत्र र डुबान भइरहने होचा भू भागहरूमा आज बिहान १० बजेसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    ६ घण्टाको अवधिमा कैलालीको धनगढी एयरपोर्टमा पनि राम्रै वर्षा भएको देखिन्छ । त्यहाँ ९७२ मिलिमिटर वर्षा रेकर्ड भएको छ । तीन घण्टादेखि कञ्चनपुरको दोधारा केन्द्रमा पनि भारी वर्षा भएको देखिन्छ । दोधारा मौसम केन्द्रमा तीन घण्टाको अवधिमा ४४.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

    नुवाकोटको ककनी, कैलालीको टीकापुर लगायत स्थानमा पनि भारी वर्षा रेकर्ड भएको छ । मंगलबार राति कैलालीको कान्द्रा नदी, पहलमानपुर जलमापन केन्द्रमा जलसतहले सतर्कताको तह पार गरेको थियो ।

  • टीआरसी विधेयकमा अन्तर्राष्ट्रिय समुदायले औल्याए त्रुटी

    टीआरसी विधेयकमा अन्तर्राष्ट्रिय समुदायले औल्याए त्रुटी

    काठमाडौं । प्रतिनिधिसभाले बहुमतले पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकमा कैयौँ कमजोरी रहेको तीनवटा अन्तर्राष्ट्रिय संस्थाले औँल्याएका छन्। ह्यूमन राइट्स वाच, इन्टर्न्याश्नल कमिशन अफ जुरिस्ट्स र एम्नेस्टी इन्टर्न्याश्नलले मङ्गलवार एउटा संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिक्रिया जनाएका हुन्। नेपालका राजनीतिक दलहरूले नयाँ व्यवस्थाले अन्तर्राष्ट्रिय चासो र पीडितका मागलाई समेत समेटेको बताइरहँदा ती संस्थाहरूले उक्त विधेयकमा त्रुटि औँल्याएका हुन्।


    नेपालमा सशस्त्र द्वन्द्वका क्रममा भएका मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा न्याय, जबाफदेहिता र उपचार प्राप्त गर्ने विषयमा सकारात्मक प्रावधानहरू समेटिए पनि “उद्देश्यअनुरूप सफल परिणाम हासिल गर्ने सवाललाई कमजोर पार्ने खालका व्यवस्थाहरू अझै विद्यमान रहेका” ती संस्थाहरूको ठम्याइ छ। संशोधनसम्बन्धी विधेयक राष्ट्रिय सभाले पनि पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ जाने छ।


    ‘सत्य र न्यायबिना क्षतिपूर्ति मात्र स्वीकार गर्न उत्प्रेरित गर्ने एउटा अर्को अभ्यासको रूपमा यो, नयाँ कानुने परिणत हुनु हुँदैन,” ह्यूमन राइट्स वाचकी एशिया उपनिर्देशक मीनाक्षी गाङ्गुलीले भनेकी छन्। “नयाँ कानुनमा धेरै महत्त्वपूर्ण सुधार र सकारात्मक प्रावधानहरू भए पनि त्यसका केही भाग युद्धको समयमा भएका अपराधहरूमा जिम्मेवारहरूलाई अभियोजनबाट जोगाउने गरी तर्जुमा गरिएको जस्तो देखिन्छ,” संयुक्त वक्तव्यमा भनिएको छ।

    उनीहरूले पीडकलाई न्यायको कठघरामा उभ्याइएको हेर्न पीडितहरू अझै सङ्घर्षरत रहेको तर्क गरेका छन्। अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका गम्भीर अपराधमा जबाफदेहिताको अभावले मानवअधिकारको निरन्तर उल्लङ्घन र दण्डहीनताको सङ्कट निम्त्याउनमा योगदान पुर्‍याइरहेको पनि ती संस्थाहरूको आरोप छ।

    “कानुनमा रहेका खाडललाई सम्बोधन नगर्ने हो भने सङ्क्रमणकालीन न्याय प्रक्रियाको समग्र परिणामलाई जोखिममा पार्ने र पीडितको प्रभावकारी उपचारको हकलाई परास्त गर्ने सम्भावना रहन्छ,” इन्टरन्याश्नल कमिसन अफ जुरिस्ट्सकी वरिष्ठ अन्तर्राष्ट्रिय कानुनी सल्लाहकार मन्दिरा शर्माले भनेकी छन्।

    नेपालमा विगतका सरकारहरू द्वन्द्वकालीन जघन्य अपराधहरूमा सत्य, न्याय र परिपूरण दिलाउन बारम्बार असफल भएका ती संस्थाहरूले स्मरण गराएका छन्। “आयुक्तहरूको नियुक्तिमा बारम्बारको राजनीतिक हस्तक्षेपका कारण विगतमा आयोगहरूले पीडितको विश्वास जित्न सकेनन्,” एम्नेस्टी इन्टरन्याश्नलकी दक्षिण एशिया निर्देशक स्मृति सिंहले वक्तव्यमा भनेकी छन्।

    “आयुक्तहरूलाई उनीहरूको काम प्रभावकारी र विश्वसनीय हुनका लागि पीडित समूहहरूले विश्वास गर्नुपर्छ। यसका लागि पूर्ण पारदर्शी मनोनयन र नियुक्ति प्रक्रियाको केन्द्रमा पीडितको अधिकार र धारणालाई राख्नुपर्ने हुन्छ। आयुक्तहरू सक्षम, निष्पक्ष र कुनै पनि राजनीतिक दलबाट पूर्णतया स्वतन्त्र हुनुपर्छ।”

    प्रतिनिधिसभाबाट पारित विधेयकले न्याय दिन नसक्नेमा धेरैले चिन्ता व्यक्त गरिरहेका र त्यसमा सुधारका लागि आह्वान गरिरहेका ती संस्थाले बताएका छन्।
    मानवअधिकारको “गम्भीर उल्लङ्घन” बारे गरिएको परिभाषाबारे पनि ती संस्थाले असन्तोष व्यक्त गरेका छन्। “‘यी परिभाषाहरू अन्तर्राष्ट्रिय कानुनसँग मेल खाँदैनन् र यसमा अन्य गम्भीर अपराधलाई समावेश गरिएको छैन। उदाहरणका लागि, यातनाको निषेध र यसलाई आपराधीरण गर्नुपर्ने कुरा निरपेक्ष छ र यातनाका लागि अमानवीय वा क्रूर जस्तो कुनै योग्यता हुन सक्दैन। किनभने यातना स्वभावतः नै अमानवीय वा क्रूर हुन्छ।”

    आरोपित पीडकहरूले निश्चित सर्तहरू पूरा गरेमा र पीडितहरूको सहमतिमा सत्य निरूपण तथा मेलमिलाप आयोगले ती घटनामा माफी दिन सक्नेबारे कानुनको भाषा अस्पष्ट रहेको ती संस्थाहरूले बताएका छन्। “विशेष अदालतको कार्यादेशको विस्तार एउटा सुधार भए पनि गम्भीर अपराधका लागि कुनै पनि माफी नेपाली र अन्तर्राष्ट्रिय कानुन र मापदण्डविपरीत छ र यसले पीडितको प्रभावकारी उपचार र परिपूरणको अधिकारको उल्लङ्घन हुन्छ,” वक्तव्यमा भनिएको छ।


    विधेयकमा भएका कतिपय प्रावधानले नेपालको संविधान र अन्तर्राष्ट्रिय कानुनी दायित्वविपरीत हुने गरी सम्भावित मानवताविरुद्धका अपराध र युद्ध अपराधलगायत अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका थुप्रै अपराधमा जबाफदेहिताबाट उन्मुक्ति सिर्जना गर्न सक्ने पनि ती संस्थाहरूले औँल्याएका छन्।

    “विधेयक संशोधन वार्ताको अन्तिम चरणतिर कानुनमा थपिएको एउटा प्रावधानले महान्यायाधिवक्तालाई ( बलात्कार वा गम्भीर यौनहिंसाका मुद्दाबाहेक ( गम्भीर उल्लङ्घनमा दोषी ठहरिएकाहरूलाई सजायमा ७५ प्रतिशत छुटका लागि बाध्यकारी दाबी गर्ने अधिकार दिने छ। छद्म माफीसरह हुने यो प्रावधान फौजदारी दण्डसजाय अपराधको गम्भीरतासँग समानुपातिक हुनुपर्छ भन्ने सिद्धान्तविपरीत हुन्छ र यसले न्यायपालिकाको मौलिक भूमिका र दक्षतालाई पनि कमजोर बनाउँछ,” वक्तव्यमा भनिएको छ।

  • योगी पाइलट बाबाको निधन, को हुन् उनी ?

    योगी पाइलट बाबाको निधन, को हुन् उनी ?

    काठमाडौं । योगी पाइलट बाबाको निधन भएको छ । मंगलबार दिँउसो २ देखि ३ बजेको बीचमा मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उनको निधन भएको निजी चिकित्सक डा. अनिल मिश्लेलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । डा. मिश्रका अनुसार पाइलट बाबालाई उक्त अस्पतालमा एक महिना आठ दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको थियो ।

    ८६ वर्षका उनी लामो समयदेखि मधुमेहको समस्याबाट पीडित थिए । पछिल्लो समय छातीमा खराबी देखिएपछि अस्पताल भर्ना गरिएको थियो । पाइलट बाबाको अन्त्येष्टि बुधबार भारतकै हरिद्वारमा हुने भएको छ । पाइलट बाबाको आधिकारिक फेसबुक पेजमा पनि उनको निधन भएको उल्लेख गरिएको छ र अनुयायीहरुलाई शान्त रहन अपिल गरिएको छ ।
    पाइलट बाबा भारतको विहार राज्‍यको सासाराम भन्‍ने स्थानमा सन् १९३८मा जन्मिएका थिए पाइलट बाबा । पाइलट बाबाको वास्तविक नाम कपिल सिंह हो । सन् १९५७ समा उनले एक लडाकू विमान सैनिक सेवामा प्रवेश गरेका थिए । उनले १९६२, १९६५ र १९७१ मा बहादुरीपूर्वक चीन, पाकिस्तानको युद्धमा भाग लिएका थिए । उनले भारत सरकारबट वीर चक्र, विशिष्ट सेवा मेडल, कम उचाइमा लडाकू जहाज उडाएर कीर्तिमा राखेका थिए ।

    उनले बीएचयूबाट जैविक रसायन विज्ञानमा स्नातकोत्तर गरेका थिए । उनले १५ वर्षसम्म भारतीय विमान सैनिकको रुपमा काम गरे विङ कमाण्ड सम्हालेर अवकाश लिएका थिए ।

    पाइलट बाबाले आफ्नो विभिन्न अन्तर्वार्तामा भन्‍ने गर्थे, ‘की जब कुनै अप्रिय घटना हुन लागेको हुन्थ्यो तब एक वृद्ध र पातलो बाबा आएर उक्त घटनाको बारेमा बताइदिनुहुन्थ्यो। उक्त घटनाबाट बच्ने उपाय पनि भनिदिनुहुन्थ्यो। सन् १९६२मा युद्धको समयमा एक अद्‌भूत घटना घट्यो जसले मेरो जीवनमा पूरै परिवर्तन ल्याइदियो। युद्धको समयमा मैले नभनेको सैनिकलाई युद्धमा पठाउँदा भारतले क्षति बेहोर्नु परेको थियो । एक समय युद्धको बेला सैनिक विमान उडाइरहेका बेला मेरो मूल टावरसँग सम्पर्क टुट्यो। मेरो हातमा विमान कन्ट्रोल थिएन। त्यही समय फेरि उही बाबा आएर मलाई विमानबाट सुरक्षित अवरतण गराउनुभयो। यो कसरी सम्भव भयो म आफै अचम्मित भएँ र त्यसपछि लाग्यो विज्ञानभन्दा माथि पनि अरू कसैले सत्ता चलाइरहेको छ। त्यपछि मैले सैनिक सेवाबाट अवकाश लिएर हिमालयको यात्रा तय गरेँ। यात्रामा अनेकन दुस्ख कष्ट भोगेँ र मेरो सपनामा आउने बाबासँग भेट भयो जसको नाम थियो हरी बाबा। मैले उहाँलाई नै आफ्नो गुरू माने र गुरूसँग योगीको यात्रामा पाइला चाले ।’

    उनले हिमालयमा तपस्या गरेर नेपालमा तपस्या गरे । सत्य एवम स्वयंको खोजका लागि भौँतारिदै हिँडेको क्रममा उनले मकवानपुर जिल्लाको भैंसेनिकट त्रिखण्डी महादेवमा गुरु भेट्टाए। त्रिखण्डीमै हरि बाबाले उनले संन्यास दीक्षा दिए। हरि बाबा आफ्ना गुरु राम अवतारसँग त्रिखण्डीमा बस्थे। त्रिखण्डी उनको गुरुस्थली हो।

    संन्यास दीक्षा उपरान्त उनले नेपाल र भारतका उच्च हिमाली भागमा अनेकौँ वर्ष कठिन तप गरे। साधना सम्पन्न भएपछि उनले भारत भ्रमण गरेर योग, ध्यान, धर्म, अध्यात्मको अलख जगाए। भूमिगत समाधि, जल समाधि, ‘एयर टाइट ग्लास’ समाधिका साथै अनेकौँ स्थानमा दस महाविद्या यज्ञ आयोजित गरेर उनले सनातन हिन्दू धर्मको यश र कीर्ति स्थापित गर्नुका साथै लाखौँ मानिसलाई सद्मार्गमा ल्याए। भक्तपुरको सुर्यविनायकमा रहेको जंगलमा पाइलट बाबा आश्रम बनाएर बसेका थिए ।

    नेपालमा विख्यात सन्त एवम् गुरुका रूपमा स्थापित पाइलट बाबा उज्जैन पीठाधीश्वर समेत रहेका थिए । भारतमा झण्डै २ करोड ८० लाख साधु सन्त छन्। यी साधु सन्त विभिन्न १३ वटा अखाडासँग आबद्ध छन्। संख्या, प्रसिद्धि एवम् विस्तारका दृष्टिकोणले जूना अखाडा सबैभन्दा ठूलो र प्रभावशाली छ। यसै अखाडाका वरिष्ठतम महामण्डलेश्वर श्री १००८ सोमनाथ गिरी जनमानसमा महायोगी पाइलट बाबाका नामले विख्यात छन्।

    नैनीताल, हरिद्वार, सासाराम, उत्तरकाशी, गंगोत्री, ऋषिकेश (रायवाला) मा पाइलट बाबाका आश्रम छन्। उनले आफ्नो गुरुस्थली त्रिखण्डीमा पनि आश्रम बनाउन सुरु गरेका थिए तर कोरोनाकालले गर्दा आश्रम निर्माणमा व्यवधान आयो। त्रिखण्डीमा निर्माणाधीन आश्रमलाई द्रूत गतिले सम्पन्न गराउन उनी १ वर्ष पहिले वैशाख १६ गते नेपाल आएका थिए ।

  • ५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण

    ५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण

    काठमाडौंं । नेपालका ७५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) मध्ये ५३९ स्थानीय तह सारभूत रुपमा पूर्ण विद्युतीकरण भएका छन् । १९६ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । १८ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण विद्युत पुर्याउन सकेको छैन । राष्ट्रिय प्रसारण ग्रिड नपुगेतापनि १८ स्थानीय तहका बासिन्दाले लघुजलविद्युत र सौर्य ऊर्जाबाट विद्युत् उपभोग गरिरहेका छन् ।
    प्राधिकरणले मुलुकभरीका स्थानीय तहका गाउँपालिका र नगरपालिकाका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ,२०८१ अनुसार, कुल जनसंख्याको ९९ प्रतिशतमा विद्युत् पुगेको छ । विद्युत्का ग्राहक सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ । विद्युतको पहुँच पुगेको जनसङ्ख्यामध्ये ९७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र २ प्रतिशतले ग्रिडभन्दा बाहिर रहेका लघुजलविद्युत, सौर्य ऊर्जालगायतबाट विद्युत उपभोग गरिरहेका छन् ।


    ७५३ स्थानीय तहमध्ये ५९० स्थानीय तहमा ९५ देखि शतप्रतिशतसम्म विद्युतीकरण भएको छ । ७२ स्थानीय तहमा ७५–९५ प्रतिशतसम्म विद्युतीकरण भएको छ । ३३ प्रतिशत स्थानीय तहमा ५०–७५ प्रतिशतसम्म, २६ स्थानीय तहमा २५–५० प्रतिशतसम्म र ३२ स्थानीय तहमा ०–२५ प्रतिशतसम्म विद्युतीकरण गरिएको छ ।
    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालू आर्थिक वर्षभित्रमा सबै नेपालीको घरमा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुर्याउने नेपाल सरकारको घोषणालाई कार्यान्वयन गर्न सम्पूर्ण तयारी पूरा भइ काम भइरहेको बताए ।

    ‘आर्थिक वर्ष २०७२\७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो, अहिले ९९ प्रतिशत पुग्नु यो अवधिमा हासिल भएको महत्वपूर्ण उपलब्धि हो, प्राधिकरण आफैं विद्युत् नपुगेका घर खोज्दै विकट बस्तीबस्ती पुगिरहेको छ,विद्युत् पुगेका ठाउँमा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रणाली सुधार तथा विस्तार र नपुगेका ठाउँलाई विद्युत् पुर्याउने कार्यलाई उच्च प्राथमिकता राखी काम गरिरहेका छौं’, कार्यकारी निर्देशक घिसिङले भनेका छन् ।

    ‘भौगोलिक रुपमा कठिन र विकट कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका सबैको घरधुरीमा एक वर्षभित्रमा विद्युत पुर्याउने गरी काम भइरहेको छ, यसका लागि बजेट व्यवस्थापन गरी निर्माण व्यवसायी छनौट भई काम सुरु गरिसकेका छौं ।’ प्राधिकरणले एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) र युरोपेली लगानी बैक (इआइबी)बाट २२ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा विद्युतीकरणका लागि निर्माण व्यवसायी छनोट गरी काम सुरु गरिसकेको छ । साथै, सरकारको लगानी र प्राधिकरणले आफूले कमाएको नाफाबाट केही अंश छुट्याएर अन्य क्षेत्रमा विद्युत् पहुुँच विस्तार गर्न रकम जुटाइएको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे ।

    ७ प्रदेशमध्ये मधेशमा शत्प्रतिशत विद्युतीकरण भएको छ । कोशीमा ९९.३० प्रतिशत, बागमतीमा ९९.९७ प्रतिशत, गण्डकी ९९.४० प्रतिशत र लुम्बिनीमा ९८.४९ प्रतिशत विद्युतीकरण गरिएको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम अर्थात ७४.३८ प्रतिशत मात्र विद्युतीकरण छ । सुदूरपश्चिम प्रदेशमा ८६.५८ प्रतिशत विद्युतीकरण गरिएको छ ।

    ७७ जिल्लामध्ये हुम्लामा अझै राष्ट्रिय प्रसारण ग्रिड पुग्न सकेको छैन । हुम्लामा लघुजलविद्युत, सौर्य ऊर्जालगायतका विद्युत् आपूर्ति भइरहेको छ । ७७ जिल्लामध्ये ५६ जिल्लामा ९५ देखि शत्प्रतिशत विद्युतीकरण भएको छ । १० जिल्लामा ७५–९५ प्रतिशतसम्म, ५ जिल्लामा ५०–७५ प्रतिशतसम्म र ६ जिल्लामा २५–५० प्रतिशतसम्म विद्युतीकरण गरिएको छ ।
    प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल आंशिक विद्युतीकरण भएका र विद्युतीकरण हुन बाँकी स्थानीय तहमा विद्युत् पुर्याउन हाल भइरहेका कामको प्रगति राम्रो रहेको बताए ।
    कोशी प्रदेशका १४ जिल्लामध्ये सोलुखुम्बु र सङ्खुवासभाबाहेक अन्य जिल्लामा ९५ प्रतिशतभन्दा बढी विद्युतीकरण भएको छ । सोलुखुम्बुमा ८९.०४ र सङ्खुवासभामा ९३.९९ प्रतिशत विद्युतीकरण भएको छ । झापा, मोरङ, सुनसरी र धनकुटामा शत्प्रतिशत विद्युतीकरण गरिएको छ । मधेश प्रदेशका ८ जिल्लानै पूर्ण विद्युतीकरण भएका छन् ।


    बागमती प्रदेशका १३ जिल्लामध्ये काठमाडौं, ललितपुर, भक्तपुर, रामेछाप, नुवाकोट र चितवनमा शत्प्रतिशत विद्युतीकरण भएको छ । बाँकी जिल्लामा पनि ९५ प्रतिशतभन्दा बढी विद्युतीकरण गरिएको छ ।


    गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङमा ८७.८१ प्रतिशत विद्युतीकरण भएको छ । तनहुँ,स्याङ्जा, पर्वत र कास्कीमा शत्प्रतिशत विद्युतीकरण भएको छ भने बाँकी जिल्लामा ९५ प्रतिशतभन्दा बढी विद्युतीकरण गरिएको छ ।


    लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुकुम पूर्वमा सबैभन्दा कम अर्थात ३२.२४ प्रतिशत र रोल्पामा ८५ प्रतिशत मात्र विद्युतीकरण भएको छ । नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी र बर्दियामा शत्प्रतिशत विद्युतीकरण भएको छ । बाँकी जिल्लामा ९५ प्रतिशतभन्दा बढी विद्युतीकरण गरिएको छ ।


    कर्णाली प्रदेशको रुकुम पश्चिममा सबैभन्दा बढी अर्थात ९५.०८ प्रतिशत र मुगुमा सबैभन्दा कम अर्थात ३१.८० विद्युतीकरण भएको छ । सुर्खेतमा ८६.४८, दैलेखमा ८१.०५, सल्यानमा ७९.५०, जाजरकोटमा ४९.८०, कालीकोटमा ७०.९६,जुम्लामा ६२.४७, डोल्पामा ४२.७५ र हुम्लामा ३२.५१ प्रतिशत विद्युतीकरण गरिएको छ ।


    सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये कञ्चनपुर र कैलालीमा शतप्रतिशत विद्युतीकरण भएको छ । बाजुरामा सबैभन्दा कम ३३.५१ प्रतिशत मात्र विद्युतीकरण भएको छ । डडेल्धुरामा ९४.०८, डोटीमा ८८.०४, अछाममा ६५.९७, बैतडीमा ६१.७३, बझाङमा ६९.०३ र दार्चुलामा ८४.०१ प्रतिशत विद्युतीकरण भएको छ ।

  • रुपन्देहीमा तीन सवारी साधन ठोक्किदा एक युवतीको मृत्यु

    रुपन्देहीमा तीन सवारी साधन ठोक्किदा एक युवतीको मृत्यु

    काठमाडौं । रुपन्देहीको बेलबासमा तीनवटा सवारी साधन एकै ठाउँमा ठोक्किंदा एक युवतीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई बुटवल उपमहानगरपालिका ११ देवीनगर बस्दै आएकी २७ वर्षीया सुष्मा श्रेष्ठ छिन् ।

    दुर्घटना सोमबार बेलुकी साढे आठ बजेतिर भएको थियो । लु ८७ प ४५७३ नम्बरको स्कुटर चलाएर मुर्गियाबाट बुटवलतर्फ आउँदै गरेकी सुष्मालाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो । त्यसपछि अनियन्त्रित भएको स्कुटर लु१च ६७८३ नम्बरको बोलेरो जिपमा ठोक्किएको थियो । सुष्मालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिए पनि मोटरसाइकल चालक मोटरसाइकलसहित फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • गाईजात्राले शाेकलाई शक्तिमा बदल्ने सन्देश दिएकाे छ : मन्त्री पाण्डे

    गाईजात्राले शाेकलाई शक्तिमा बदल्ने सन्देश दिएकाे छ : मन्त्री पाण्डे

    काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गाई जात्राले शाेकलाई शक्तिमा बदल्ने सन्देश दिएकाे बताएका छन ।

    साेमबार गाई जात्रा महाेत्सव, सांस्कृतिक संस्था(नाचघर)द्वारा आयाेजित गाई जात्रा महाेत्सवमा बाेल्दै उक्त कुरा बताएका हुन् । उनले भने, गाई जात्राले शाेकलाई शक्तिमा बदल्ने सन्देश दिएकाे छ।याे राजा जयस्थिती मल्लले सुरूवात गरेकाे भए पनि सबै कालखण्डमा उत्तिकै महत्त्वपूर्ण छ ।”

    मन्त्री पाण्डेले सांस्कृतिक संस्थानले सृजनशील कार्यक्रम अघि बढाएकाे बताए । उनले मुलुक भुगाेलमा सानाेभए पनि यहाँकाे विविधता भित्रकाे संस्कृतिमा छुट्टै विशेषताहरू रहेकाे बताए । मन्त्री पाण्डेले यस संस्कृति भित्रकाे भित्रकाे जिवन्तता पूँजी भएकाे समेत प्रस्ट पारेका छन् ।

  • भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्र मन्त्री राणाको भेट

    भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्र मन्त्री राणाको भेट

    काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गरेकी छन् ।

    भेटका क्रममा आपसी हितका विविध पक्षमा नेपाल भारत सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी समेत भएको थियो । भेटमा भारतीय विदेशमन्त्री एस जयंशकर, सुरक्षा सल्लाहकार अजित डोभल लगायत थिए भने नेपालको तर्फबाट दूताबासका अधिकारीहरु थिए ।

    परराष्ट्रमन्त्री देउवाले सोमबार नै भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् । दुई देशका विदेशमन्त्रीको भेटमा द्वीपक्षीय पहल र विकास आयोजनाहरुमा भएको प्रगतिको समीक्षा गर्नुका साथै थप सहयोग विस्तारबारे कुराकानी भएको थियो । उर्जा क्षेत्रको सहकारी विस्तारबारे समेत भेटमा कुराकानी भएको अधिकारीहरुले बताएका छन् ।

  • भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली लैजाने

    भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली लैजाने

    काठमाडौं । भारतले नेपालका एक दर्जन जलविद्युत् आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । अन्तरदेशीय व्यापार उद्देश्यले भारतको तोकिएको प्राधिकरणले नेपालका १२ जलविद्युत् आयोजनाबाट उक्त परिमाणमा विद्युत् निर्यातका लागि स्वीकृति दिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौता मार्फत विद्युत् निर्यात गर्ने भएको हो । यसले कुल स्वीकृत परिमाण ६ सय ९० मेगावाट (१६ वटा आयोजना) बाट ९ सय ४१ मेगावाट (२८ आयोजना) पुग्ने छ ।

    यो २ सय ५१ मेगावाट स्वीकृत हुनुअघि नै गत आर्थिक वर्ष १६ अर्ब ९३ करोड रुपैयाँ बराबर विद्युत् बिक्री गरी नेपाल खुद विद्युत् निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ । सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट ३९ मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणाभन्दा धेरै बढेको छ ।

    इन्डियन इनर्जी एक्सचेन्जको ‘डे अहेड मार्केट’ मा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात सुरु गरेको थियो । त्यसयता भारतले ‘रियल टाइम मार्केट’ मा समेत पहुँच प्रदान गरेको छ । नेपाल विद्युत् प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत् बिक्री सम्झौता पनि गरेको छ ।

    भारतले खरिदकर्ताका लागि जलविद्युत् खरिद दायित्व (एचपीओ) को एक हिस्साका रूपमा नेपालबाट हुने जलविद्युत् आयात गणना गर्ने प्रावधान पनि खोलेको छ जसले खरिदकर्तालाई नेपालबाट विद्युत् खरिद गर्न प्रोत्साहित गर्दछ । नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ । यो सम्झौताको पहिलो वर्ष हो र झन्डै १ हजार मेगावाट निर्यात भइसकेको छ ।

    यी गतिविधिसँगै नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत् निर्यातकर्ता बन्ने बाटोमा छ । बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्ने सम्झौता टुङ्गो लागी १३ साउनमा हस्ताक्षर गर्ने योजना भए पनि बंगलादेशको पछिल्लो राजनीतिक घटना क्रमका कारण स्थगित भएको छ ।

  • परराष्ट्र मन्त्री राणा र समकक्षी जयशंकरबीच भेट, के भयो कुराकानी ?

    परराष्ट्र मन्त्री राणा र समकक्षी जयशंकरबीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । भारतीय समकक्षी एस जयशंकरसँग दुई देशको हित, आसी सहयोग र सम्बन्ध सुधारबारे छलफल भएको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताएकी छन् । दिल्ली भ्रमणमा रहेकी मन्त्री राणाले भारतीय विदेश मन्त्री जयशंकरलाई भेटेपछि सामाजिक सञ्जाल मार्फत् छलफलबारे उल्लेख गरेकी छन् ।

    ‘भारतीय विदेशमन्त्री श्री एस. जयशंकरसँग आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो । यस भ्रमणबाट सदियौं पुरानो नेपाल–भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा मैले गरेको छु’, फेसबुकमा लेखेकी छन् । परराष्ट्रमन्त्री राणाले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्ने कार्यक्रम छ ।

    भारतका लागि नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाका अनुसार दुई मन्त्रीहरुका बीच दुई पक्षीय सम्बन्धमा सबै पाटाहरुका विषयमा छलफल भएको थियो । भेटमा भारतका तर्फबाट विदेश सचिव विक्रम मिश्री, नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव, भारतका उत्तर हेर्ने सहसचिव अनुराग श्रीवास्तवलगायत सहभागी थिए ।

    नेपालका तर्फबाट कार्यवाहक राजदूत थापा, परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगाना , दिल्लीस्थित दूतावासकी राजनीतिक मिनिस्टर काउन्सेलर द्रुपदा सापकोटालगायत सहभागी थिए ।