दाङमा बस र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

काठमाडौं । राजपुर गाउँपालिका ५ जंग्रहवा र नौसहराबीचको कोरियाखोला मोटरसाइकल र बस एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।शनिबार साँझ गङ्गादीतर्फ जाँदै गरेको रा१ख २३६० नम्बरको यात्रु बस र पूर्वतर्फ आउँदै गरेको रा७प २०७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किंदा राजपुर गाउँपालिका ५ नौसहराका प्रदीप यादव र प्रमोद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी… Continue reading दाङमा बस र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

रविको चेतावनी : कांग्रेससँग खुला बहस गर्न तयार छु

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग्दैमा राजीनामा नदिने बताएका छन् । बरु कांग्रेसका नेताहरुले बोलाएको ठाउँमा गएर सहकारीको अनियमितताबारे बहस गर्न तयार रहेको बताए । शनिबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका गृहमन्त्री लामिछानेले काम गर्न नसकेको बेला राजीनामा माग्नै नपर्ने बताए । उनले… Continue reading रविको चेतावनी : कांग्रेससँग खुला बहस गर्न तयार छु

विश्व बैंकका उपाध्यक्षलाई लगानी सम्मेलनमा नेपालले दियो निम्तो

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने गरी तयारी भइरहेको तेस्रो लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई निमन्त्रणा गरेका छन् । बिहीबार राति अर्थमन्त्री पुन र विश्व बैङ्कका उपाध्यक्षत्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनबीच भर्चुअल संवाद भएको थियो । उक्त… Continue reading विश्व बैंकका उपाध्यक्षलाई लगानी सम्मेलनमा नेपालले दियो निम्तो

दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं । दाङमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् । ज्यान जानेमा राप्ती गाउँपालिका ३ निवासी ५५ वर्षीया दिलसरा केसी र उनका ४ वर्षीय नाति कृष केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार आज दिउँसो विद्युतको तार चुँडिएर करेन्ट लाग्दा दुवै जनाको घटनास्थलमै… Continue reading दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु

रुसमा आतंकवादी हमलामा ज्यान गुमाउनेको संख्या ११५ पुग्यो

EPA-EFE/REX/SHUTTERSTOCK

काठमाडौं । रुसमा आतंकवादी हमलामा ज्यान गुमाउनेको संख्या १ सय १५ जना पुगेको छ । मस्कोको क्रोकस सिटी हलमा गएराति भएको आक्रमणमा कम्तिमा १ सय १५ जनाको ज्यान गएको र ९० जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । गएराति एउटा कार्यक्रम भइरहेको हलभित्र पसेर आक्रमणकारीले अन्धाधुन्ध गोली बर्साएका थिए । त्यसपछि हलमा आगो… Continue reading रुसमा आतंकवादी हमलामा ज्यान गुमाउनेको संख्या ११५ पुग्यो

हुम्लामा गाडी दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका–४ मा शनिबार भएको गाडी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते भएको जानकारी दिए । सु प ०१००१ नम्बरको गाडी शानिबार दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो ।

जीबी राई पक्राउ पर्ने गृहमन्त्री लामिछानेको स्पष्टीकरण

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई पक्राउ गरेरै छाड्ने बताएका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको कार्यक्रममा उनले जीबी राई दोषी हो भने कारबाही भोग्नैपर्ने बताए । ‘आकाशमा होस्, पातलमा होस् समाएर ल्याउछौं, समय लाग्ला कसले भगायो त्यो पनि खोज्छौं’, उनले भने । लामिछानेले आफ्नो… Continue reading जीबी राई पक्राउ पर्ने गृहमन्त्री लामिछानेको स्पष्टीकरण

थाइल्याण्डमा अलपत्र १३ नेपालीलाई फिर्ता ल्याइयो

काठमाडौं । थाइल्याण्डमा अलपत्र बनेका १३ नेपाली नागरिकको उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ । थाइल्याण्डस्थित नेपाली दूतावासले १३ जनाको उद्धार गरी नेपाल फिर्ता गरेको जनाएको छ । थाइल्याण्ड र म्यानमार सीमा नजिक म्यानमारको म्याबड्डीमा लामो समयदेखि समस्यामा परेका १३ जनाको उद्धार गरिएको हो । थाई परराष्ट्र मन्त्रालय, थाई इमिग्रेसन ब्यूरो र नेपाली दूतावास यांगोनको… Continue reading थाइल्याण्डमा अलपत्र १३ नेपालीलाई फिर्ता ल्याइयो

होलीमा कसरी हुँदैछ राजधानीको सुरक्षा व्यवस्थापन ?

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले फागु पर्व (होली)लाई सुरक्षित, मर्यादित बनाउन उपत्यकाका तीनै जिल्लामा कडाइ गर्ने भएको छ ।उपत्यकाका सडकहरूमा अधिकतम ट्राफिक प्रहरी खटाएर उच्छृङ्खल गतिविधिमा कडाइ गर्ने तयारी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले बताएका छन् । उनका अनुसार होली पर्व मनाउने क्रममा हुने दुर्घटना… Continue reading होलीमा कसरी हुँदैछ राजधानीको सुरक्षा व्यवस्थापन ?

रुसमा कन्सर्टमा आक्रमण, कम्तिमा ६० जना मारिए

EPA-EFE/REX/SHUTTERSTOCK

काठमाडौं । रुसले मस्को बाहिर एउटा कन्सर्ट भइरहेको ठाउँमा बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा ६० जना मारिएको र १०० भन्दा बढी घाइते भएको जनाएको छ। इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको उक्त आक्रमणलाई अधिकारीहरूले आतङ्कवादी हमला भनिरहेका छन्। सामाजिक सञ्जालमा राखिएका भिडिओमा सैन्य पोसाक लगाएका कम्तीमा चार जना व्यक्तिहरूले क्रास्नोगोर्स्कमा रहेको क्रोकुस सिटी हलको लबीमा प्रवेश गर्ने… Continue reading रुसमा कन्सर्टमा आक्रमण, कम्तिमा ६० जना मारिए

परराष्ट्र मन्त्री श्रेष्ठ आइतबार चीन भ्रमणमा जाँदै

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण जान लागेका हुन् । श्रेष्ठ चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमणमा रहने मन्त्रालयले जानकारी दिएको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री… Continue reading परराष्ट्र मन्त्री श्रेष्ठ आइतबार चीन भ्रमणमा जाँदै

आइपीएल : चेन्नईको विजयी सुरुवात

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को पहिलो खेलमा चेन्नाइ सुपर किङ्ग्स (सीएसके) विजयी भएको छ । चेन्नाइले आफ्नै मैदानमा भएको खेलमा रोयल च्यालेञ्जर बैंग्लोर (आरसीबी)लाई ६ विकेटले पराजित गर्दै आईपीएलमा विजयी सुरुआत गरेको हो । आरसीबीले दिएको १७४ रनको लक्ष्य चेन्नाइले १८.४ ओभरमा ४ विकेट गुमाउँदै भेटाएको हो । चेन्नाइका लागि ओपनरद्वय रितुराज… Continue reading आइपीएल : चेन्नईको विजयी सुरुवात

बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौं । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । शुक्रबार राति ९ बजेतिर जयपृथ्वी नगरपालिका–६ को नौरामा चट्याङ लागेर ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरतबहादुर शाहले बताए । मृतक सिंहकी छोरी शान्ति सिंह, धिरेन्द्रबहादुर सिंह, उनकी श्रीमती निशा सिंह,… Continue reading बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु

नेपालमा लगानी भित्राउन पहल गर्ने कोरियाली राजदूतको आश्वासन

काठमाडौं । नेपालमा ठूलो वैदैशिक लगानी भित्र्याउन पहल गर्ने नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले आश्वासन दिएका छन् । शुक्रबार अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्दै उनले यस्तो आश्वासन दिएका हुन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर लगानी गर्दै आएकामा कोरिया सरकारलाई धन्यवाद दिए ।… Continue reading नेपालमा लगानी भित्राउन पहल गर्ने कोरियाली राजदूतको आश्वासन

बंगलादेशी नागरिकलाई यूरोप पठाउने प्रलोभनमा जब नेपालमा बनाइयो बन्धक…

काठमाडौं । बंगलादेशी नागरिकलाई युरोपका विभिन्न देशहरु पठाउने भन्दै नेपाल ल्याइ बन्धक बनाएको आरोपमा चार बंगाली नागरिकहरु पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा ३८ वर्षीय नुरुल हुडा, ३० वर्षीय एमडी मासुम बिल्लाह, ३१ वर्षीय शामिम अहमद र ३३ वर्षीय प्रणय कुमार दे छन् । उनीहरु सबैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।… Continue reading बंगलादेशी नागरिकलाई यूरोप पठाउने प्रलोभनमा जब नेपालमा बनाइयो बन्धक…

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण

काठमाडौं । सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ। भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले सो जग्गा सरकारकै भएको ठहर गर्दै जग्गा सरकारीकरण गर्ने निर्णय गरेको हो। कार्यालयले आज पत्रकार सम्मेलन गर्दै बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको जानकारी दिएको छ। मालपोत ऐन, २०३४ को… Continue reading बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण

हाजिरी जमानीमा छुटे महरा

काठमाडौं । सुन तस्करी आरोपमा पक्राउ परेका माओवादी नेता कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्वास्थ्यका कारण महरालाई छोरा एटम बोहराको जिम्मा लगाएर छाडिएको जनाएको छ । महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन सीआईबीले नै सरकारी वकिलसँग अनुमति मागेको थियो। उनलाई चैत ५… Continue reading हाजिरी जमानीमा छुटे महरा

शनिबार काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं । शनिबार काठमाडौंका केही स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सवस्टेसनमा १३२/११ केभी, ४५ एमभीए ट्रान्सफरमर १ र २ लाई समानन्तर गर्नका लागि आपूर्ति बन्द गर्न लागिएको हो । टेकु सवस्टेसनबाट आपूर्ति हुने थापाथली, त्रिपुरेश्वर, टेकु, क्षेत्रपाटी, सोह्रखुट्टे, ज्याठा, न्यूरोड, भीमसेनस्थान, भोटेबहाल, लगन, सुनधारा, खिचापोखरी वसन्तपुर लगायतका… Continue reading शनिबार काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने

आइपीएल भिडन्त आजबाट

काठमाडौं । यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा चेन्नई र बेंगलुरु भिड्दैछन् । चेन्नई डिफेन्डिङ च्याम्पियन हो । धोनीले चेन्नईको नेतृत्व छोडेका छन् । तर खेलाडीका रूपमा भने सहभागी हुनेछन् । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा समेत यस पटक खेलाडीका रुपमा मुम्बई इन्डियन्सबाट खेल्नेछन् । उनले नेतृत्वको जिम्मेवारी हार्दिक… Continue reading आइपीएल भिडन्त आजबाट

किन पक्राउ परे भ्रष्टाचार विरोधी अभियानबाट उदाएका केजरीवाल ?

काठमाडौं । भारतको राजधानी प्रदेश दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । राजस्व विभाग अन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी) ले मदिरा बिक्रीसम्बन्धी नीतिमा भ्रष्टाचार गरेको आरोपमा उनीमाथि अनुसन्धान गरिरहेको छ । दिल्लीस्थित उनको सरकारी निवासमा प्रवेश गरेका ईडीका अधिकारीले दुई घण्टा उनीसँग सोधपुछ गरेका थिए । त्यसपछि उनलाई नियन्त्रणमा लिइयो । लोकसभा चुनाव घोषणा भइसकेको स्थितिमा… Continue reading किन पक्राउ परे भ्रष्टाचार विरोधी अभियानबाट उदाएका केजरीवाल ?

नेपाल बहराइनसँग फराकिलो अन्तरले हार्यो

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग ५–० ले हारेको छ । रिफास्थित नेसनल स्टेडियममा भएको खेलमा बहराइनले तीन गोल पहिलो हाफमा गर्न सफल भयो । नेपालले घरेलु मैदान विश्वकप छनोटका खेल खेलाउन लायक नभएपछि होम म्याच नै बहराइन आएर खेल्नुपरेको हो ।… Continue reading नेपाल बहराइनसँग फराकिलो अन्तरले हार्यो

अफगानिस्थानमा आत्मघाती विष्फोट, कम्तिमा २१ जना मारिए

Photo Source : inews.co.uk

काठमाडौं । अफगानिस्तानको कान्धार सहरमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार आज बिहान ८ बजेतिर भएको विस्फोटमा तालिबान सरकारले भने तीन जनाको ज्यान गएको बताएको बीबीसीले जनाएको छ । सिटी सेन्टरमा रहेको एक निजी बैंकमा भएको विस्फोटको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन । अफगानिस्तान सरकारका कर्मचारी तलब… Continue reading अफगानिस्थानमा आत्मघाती विष्फोट, कम्तिमा २१ जना मारिए

राष्ट्रिय भुमी आयोग खारेज गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको हो । ३० भदौ २०७८मा सरकारले कांग्रेससम्बद्ध नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरेको थियो । त्यसअघि तत्कालीन सरकारले एमाले नेता देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो ।… Continue reading राष्ट्रिय भुमी आयोग खारेज गर्ने सरकारको निर्णय

सभामुखसहित सांसदको टोली स्विट्जरल्याण्ड प्रस्थान

काठमाडौं । सभामुख देवराज घिमिरे नेतृत्वको टोली स्विट्जरल्याण्ड प्रस्थान गरेको छ । संघीय संसद सचिवालयका अनुसार उनीहरु अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४८औं महासभामा सहभागी हुन बिहीबार स्विट्जरल्याण्ड प्रस्थान गरेका हुन् । आईपीयू प्रधान कार्यालय स्विट्जरल्याण्डको जेनेभामा छ । टोलीमा सभामुख घिमिरे सहित सांसदहरु रमेश लेखक, महेशकुमार बर्तौला, हितराज पाण्डे, सन्तोष परियार र राष्ट्रिय सभा सदस्य… Continue reading सभामुखसहित सांसदको टोली स्विट्जरल्याण्ड प्रस्थान

शाखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर, २१ वर्षमा जोडे ३ करोड २१ लाख ‘अवैध सम्पत्ति’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कार्कीले २१ वर्षको अवधिमा तीन करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ गैरकानुनी सम्पति आर्जन गरेको ठहर गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । कार्की काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय,… Continue reading शाखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर, २१ वर्षमा जोडे ३ करोड २१ लाख ‘अवैध सम्पत्ति’

निर्वाचन आयोगले रास्वपाका ४ सांसदलाई गरेको कारबाही बदर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका चार सांसदलाई चुनाव खर्च सार्वजनिक नगरेको भनी गरेको कारबाही उच्च अदालत पाटनले बदर गरिदिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र टीकाराम आचार्यको इजलासले यस्तो फैसला गरेको हो ।निर्वाचन आयोगविरुद्ध रास्वपाका सांसदहरू सोविता गौतम, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र गणेश पराजुलीले च्च अदालत पाटनमा निवेदन दिएका… Continue reading निर्वाचन आयोगले रास्वपाका ४ सांसदलाई गरेको कारबाही बदर

गृहमन्त्रीको निर्देशनमा प्रहरीका पेट्रोल पम्प २४ सै घण्टा खुला

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका केही पेट्रोल पम्प २४ सै घण्टा खुला हुन थालेका छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा बुधबारदेखि प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पम्म २४सै घण्टा खुला गरिएको हो। तत्कालका लागि नेपाल प्रहरीको प्रधान कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र… Continue reading गृहमन्त्रीको निर्देशनमा प्रहरीका पेट्रोल पम्प २४ सै घण्टा खुला

फिफा विश्वकप २०२६ छनोट : आज नेपाल र बहराइन भिड्दै

काठमाडौं । फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपालले आज बहराइनसँग खेल्दैछ। बहराइनको राष्ट्रिय स्टेडियममा आज राति १२ः४५ बजे घरेलु टिमविरूद्ध नेपालले विश्वकप छनोट अन्तर्गत एसियाको दोस्रो चरणको छनोट खेल्दै छ। यो खेल नेपालमै हुने तालिका थियो। तर देशको एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालाको मैदान खराब भएपछि एसियाली फुटबल महासंघले खेल सञ्चालन हुन नसक्ने निर्णय गरेको थियो।… Continue reading फिफा विश्वकप २०२६ छनोट : आज नेपाल र बहराइन भिड्दै

हिउँदे वर्षा कुन स्थानमा धेरै ?

काठमाडौं । गत चौबिस घण्टामा धनकुटाको पाख्रिबास स्टेसनमा भारी वर्षा भएको रेकर्ड छ । पाख्रिबासमा ५२.४ मिलिमिटर वर्षा रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । इलामको राँकेमा ४६.२, सिन्धुलीको रानिबास ४५.८, सिरहाको गोलबजारमा ४३.८, खोटाङ बजारमा ४२, जनकपुर विमानस्थलमा ३७, सप्तरीमा ३५.४ र रौतहटको गौरमा २६.८ मिलिमिटर वर्षा भएको… Continue reading हिउँदे वर्षा कुन स्थानमा धेरै ?

कस्तो रहनेछ आजको मौसम ?

RSS

काठमाडौं । आज पनि देशका अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको ल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बुधबारबाट मौसम प्रतिकुल बनेको हो । बिहीबार समेत यो जारी रहने भएको छ । शुक्रबार मौसममा थोरै सुधार जस्तो देखिए पनि शनिबारदेखि फेरि बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम… Continue reading कस्तो रहनेछ आजको मौसम ?