काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरुमा दर्शनार्थीहरुको… Continue reading महाशिवरात्री पर्व आज, शिवमन्दिरमा भीड
Category: समाचार
ऋण तिर्दैनौं भन्नेलाई छूट नदिने अर्थमन्त्रीको चेतावनी
काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् । बधाई तथा शुभकामना दिन बिहीबार सिंहदरबार पुगेका नेपाल बैंकर्स संघका पदाधिकारीसँगको भेटमा मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने… Continue reading ऋण तिर्दैनौं भन्नेलाई छूट नदिने अर्थमन्त्रीको चेतावनी
नागरिक उन्मुक्ति पार्टीमा रेशम चौधरी नेतृत्वलाई अवैधानिक, रञ्जीता नै अध्यक्ष
काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई वैधानिकता दिन अस्वीकार गरेको छ । आयोगको बिहीबारको बैठकले चौधरीलाई अध्यक्ष चयन गरेको अधिवेशन नै अवैधानिक ठहर गर्दै गर्दै रञ्जीता श्रेष्ठ चौधरीलगायत पुरानै कार्यसमितिलाई मान्यता दिएको हो । टीकापुर घटनामा जन्मकैद सजाय पाई आममाफी पाएका चौधरीले आफू नेतृत्वको कमिटी अद्यावधिक गर्न माघको अन्तिम साता आयोगसमक्ष… Continue reading नागरिक उन्मुक्ति पार्टीमा रेशम चौधरी नेतृत्वलाई अवैधानिक, रञ्जीता नै अध्यक्ष
‘इतिहास कहिल्यै पनि सेलरोटी जस्तो घुम्दैन, यो सामान्य घटना हो, नछटपटिनू’
काठमाडौं । नयाँ गठबन्धनको आयुबारे शंका गरेका कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलले इतिहास सेलरोटी जस्तो नघुम्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले इतिहास कहिल्यै पनि सेलरोटी जस्तो घुम्दैन। इतिहास स्प्रिङ जस्तो घुम्ने भन्दै जवाफ फर्काएका हुन् । उनले हिजो आफूहरूले जे गरेका थियौं, अब पनि त्यही गर्छौं भनेर आशा… Continue reading ‘इतिहास कहिल्यै पनि सेलरोटी जस्तो घुम्दैन, यो सामान्य घटना हो, नछटपटिनू’
‘प्रधानमन्त्रीले जनमतको अपमान गरे, नयाँ सत्ता समीकरणले मुलुक अस्थिरतातर्फ’
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सत्ता समीकरण बनेसँगै मुलुक अस्थिरतातर्फ गएको बताएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रचण्डले विश्वासघात गरेर जनमतको अपमान गरेको बताए। ‘गठबन्धन भत्काउने भनेको यो कांग्रेसमाथि होइन, यो जनमतको पनि घोर अपमान हो। गठबन्धनमा भएका प्रतिवद्धता एकातिर छ, गठबन्धनका तर्फ नै अविश्वास… Continue reading ‘प्रधानमन्त्रीले जनमतको अपमान गरे, नयाँ सत्ता समीकरणले मुलुक अस्थिरतातर्फ’
रुस जाँदा ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रुसी सरकारलाई गराइसकिएको र रुस जाँदा ‘नो अब्जेक्सन सर्टिसफिकेट’ अनिवार्य गरिएको बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले रुसी सेनामा नेपाली नागरिकलाई भर्ना नगर्न र भर्ना भएकालाई नेपाल फिर्ता गर्न कूटनीतिक प्रयास अघि बढाइएको स्पष्ट पारे… Continue reading रुस जाँदा ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य
‘मेरो लक्ष्य सत्ता होइन, सुशासन र समृद्धि हो’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो लक्ष्य सत्ता हुने नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको बताएका छन् । संसद्मा उठेका महत्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गठबन्धनका सबै घटकका तर्फबाट आफू सुशासन कायम गर्ने कार्यमा प्रतिबद्ध रहेको बताएका हुन् । ‘मलाई विश्वास छ, हामीले एकै ठाउँमा उभिएर शासनका लक्ष्यहरू… Continue reading ‘मेरो लक्ष्य सत्ता होइन, सुशासन र समृद्धि हो’
कांग्रेसले भन्यो-‘प्रधानमन्त्री प्रचण्डले राजनैतिक बेइमानी गरे’
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक बेइमानी गरेको बताएको छ। बिहीबार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक बेइमानी गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासघात गर्नुभयो र गठबन्धन… Continue reading कांग्रेसले भन्यो-‘प्रधानमन्त्री प्रचण्डले राजनैतिक बेइमानी गरे’
पशुपतिनाथमा शिवरात्रीको तयारी कस्तो छ ?
काठमाडौं । महाशिवरात्रि पर्व व्यवस्थित रूपमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषले सात उपसमिति गठन गरी काम अन्तिम चरणमा पुर्याएको छ । कोषले महाशिवरात्रिका लागि गठित उपसमितिले सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर, वातावरण तथा सरसफाइ, जुत्ताचप्पल व्यवस्थापन, चन्दन वितरण, मन्दिर प्राङ्गण तथा पूजा, आवास, भोजन तथा भौतिक पूर्वाधार, दर्शन मार्ग, पार्किङ तथा ट्राफिक व्यवस्थापन,… Continue reading पशुपतिनाथमा शिवरात्रीको तयारी कस्तो छ ?
टी-२० विश्वकप तयारीका लागि सरकारले दियो ५ करोड
काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पाँच करोड रुपियाँ सहयोग गरेको छ । सरकारले यसै आगामी जुनमा आयोजना हुने विश्वकपमा नेपाली टोलीको तयारीका लागि पाँच करोड रुपियाँ विनियोजन गरेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । ‘‘यस ऐतिहासिक कदमका लागि नेपाल… Continue reading टी-२० विश्वकप तयारीका लागि सरकारले दियो ५ करोड
हवाई नीति संशोधन हुने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पदभार ग्रहण गरेका छन् । बुधबार सिंहदरवारस्थित मन्त्रालयमा पुगेर उनलेले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै पर्यटनमन्त्री तामाङले हवाई नीति २०६३ संशोधन गर्न सुझाव दिनका लागि सम्बन्धित महाशाखा प्रमुख एवम् सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । हवाई… Continue reading हवाई नीति संशोधन हुने
संसद बैठक आज, के छ कार्यसूची ?
काडमाढौं । संघीय संसदअन्तर्गत् दुवै सदनको बैठक बिहीबार बस्दैछ। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ। त्यस्तै महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। यस्तै, राष्ट्यिर सभाको बैठक दिउँसो १ बजेर १७ मिनेटमा बस्दैछ। संघीय संसद… Continue reading संसद बैठक आज, के छ कार्यसूची ?
नेपाली कांग्रेस संसदीय दलको बैठक आज
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । संघीय संसदको लोत्से हलमा बिहान साढ ८ बजेका लागि बैठक बोलाइएको छ । सत्ता समीकरण बदलिएपछि कांग्रेस पनि सक्रिय भएको छ । एकीकृत समाजवादीलाई रोक्न नसके पनि केही साना दललाई नयाँ गठबन्धनमा जानबाट रोकेका देउवाले आज संसदीय दलको बैठक बोलाएका हुन् । देउवाको… Continue reading नेपाली कांग्रेस संसदीय दलको बैठक आज
काठमाडौंमा अब खटिने भयो ‘क्विक रेस्पोन्स टिम’
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले ‘क्विक रेस्पोन्स टिम (क्युआरटी’ परिचालन गरेको छ। बुधबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाले क्युआरटीका प्रहरीहरूलाई आवश्यक सामग्री प्रदान गरेका हुन्। उक्त सामग्री प्रदान गरेसँगै क्युआरटी प्रहरी परिचालन भएका हुन्। काठमाडौं उपत्यकामा शान्ति सुरक्षा कायम गर्न, आपराधिक घटनारदुर्घटनास्थलमा खटिनका लागि क्युआरटी परिचालन गरिएको हो। क्युआरटीको जिम्मेवारीमा रहेका… Continue reading काठमाडौंमा अब खटिने भयो ‘क्विक रेस्पोन्स टिम’
रविले सम्हाले गृह, के भने ?
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि अनुसन्धानलाई प्रभावित पार्ने काम नगर्ने प्रतिवद्धता जनाएका छन् । गृहमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै कर्मचारीहरुलाई निर्देशन दिँदै उनले आफ्ना कुनै पनि कार्यकर्ताले अनुसन्धानलाई प्रभावित पार्न खोजे उनीहरुलाई पनि कानुन अनुसार कारबाही गर्न निर्देशन दिए । आफ्नो नाम लिएर वा आफूसँग खिचेको फोटो देखाउँदै सरुवा र बढुवाको चिर्कटो… Continue reading रविले सम्हाले गृह, के भने ?
नवनियुक्त मन्त्रीहरुले लिए सपथ
काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना… Continue reading नवनियुक्त मन्त्रीहरुले लिए सपथ
मधेश केन्द्रित तीन दलका अध्यक्षसँग बूढानिलकण्ठमा कांग्रेसको छलफल
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश केन्द्रित तीन वटा दलका अध्यक्षहरूसँग बूढानिलकण्ठमा छलफल गरेका छन्। देउवा निवास बुढानीलकण्ठमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी लगायतका नेताहरु छलफलमा गरेका हुन् । छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता शेखर कोइराला… Continue reading मधेश केन्द्रित तीन दलका अध्यक्षसँग बूढानिलकण्ठमा कांग्रेसको छलफल
तीन पार्टीका १७ जना मन्त्रीको टुंगो लाग्यो मन्त्रालय, तीन नयाँ अनुहार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् । बुधबार बसेको नयाँ सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँट टुंग्याएको छ। जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी बाहेकले मन्त्रीहरूको नाम दिइसकेको छैन। तीन जना मन्त्रीले सोमबारै शपथ लिएकाले बुधबार ५ बजे १४ जनाले शपथ लिनेछन् । तीन… Continue reading तीन पार्टीका १७ जना मन्त्रीको टुंगो लाग्यो मन्त्रालय, तीन नयाँ अनुहार
रास्वपाले टुंग्यायो मन्त्रीः गृहमा रवि, शिक्षामा सुमना,श्रममा डीपी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चार मन्त्रालय पाउने टुंगिएसँगै सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको छ । रास्वपाबाट सभापति रवि लामिछानेले सरकारमा नेतृत्व गर्नेछन् । उनी गृहमन्त्री बन्ने भएका छन् । श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।
लुम्बिनीमा माओवादीका मन्त्री बर्खास्त, सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई जना मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री चौधरीले माओवादीबाट मन्त्री बनेका धनबहादुर मास्की र कृष्णा केसीलाई बर्खास्त गरेका हुन् । मास्कीले अर्थ तथा केसीले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै चौधरीले माओवादीका मन्त्रीहरूलाई बर्खास्त गरेका हुन्… Continue reading लुम्बिनीमा माओवादीका मन्त्री बर्खास्त, सरकारलाई दिएको समर्थन फिर्ता
त्रिशूली दुर्घटना : उद्दार र उपचार प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको छ। घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उद्दार र उपचारको काम व्यवस्थित र प्रभावकारी बनाउने निर्देशन दिएका छन् । रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान पौने ५ बजे धादिङको गजुरी गाउँपालिका ५ घाटबेशीस्थित सडकबाट… Continue reading त्रिशूली दुर्घटना : उद्दार र उपचार प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
ट्रम्पलाई राष्ट्रपतिमा उठ्न रोक्ने प्रयासलाई अदालतले लगायो अंकुश
काठमाडौं । राज्यद्रोहसम्बन्धी संविधानको धारा प्रयोग गरी डोनल्ड ट्रम्पलाई राष्ट्रपतिका उम्मेदवार बन्न रोक्न खोज्ने राज्यहरूको प्रयासमाथि अमेरिकी सर्वोच्च अदालतले अङ्कुश लगाइदिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरूको सर्वसम्मत आदेशले कोलोराडो राज्यलाई किटान गरे पनि कानूनी चुनौती दिएका अन्य राज्यको हकमा पनि त्यो लागु हुन्छ। संविधानको धारा ३ ले “देशद्रोह वा विद्रोह” मा संलग्न व्यक्तिलाई अमेरिकाको सङ्घीय निर्वाचनमा… Continue reading ट्रम्पलाई राष्ट्रपतिमा उठ्न रोक्ने प्रयासलाई अदालतले लगायो अंकुश
बायर्न म्यूनिख र पीएसजी च्याम्पियन्स लिगको अन्तिम आठमा
काठमाडौं । बायर्न म्युनिक र पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेका छन् । मंगलबार भएका खेलमा जित निकाल्दै यी दुई टीम अन्तिम ८ मा पुगेका हुन् । बायर्नले अन्तिम १६ को दोस्रो लेगको खेलमा लाजियोलाई ३–० ले हरायो र समग्रमा ३–१ को अग्रता लियो । पहिलो लेगमा बायर्न १–० ले पछाडि… Continue reading बायर्न म्यूनिख र पीएसजी च्याम्पियन्स लिगको अन्तिम आठमा
त्रिशुली नदीमा बस खस्यो, कम्तिमा ५ जनाको मृत्यु
काठमाडौं । धादिङ गजुरीस्थित गलौदीबाट बस त्रिशुली नदीमा खसेको छ । दुर्घटनामा कम्तिमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रुपन्देहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता नायव उपरीक्षक (डीएसपी) सन्तु जैसवाललाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस बिहान… Continue reading त्रिशुली नदीमा बस खस्यो, कम्तिमा ५ जनाको मृत्यु
जब विश्वभर एकसाथ डाउन भए फेसबुक, मेसेन्जर र इन्स्टाग्राम
काठमाडौं । मेटा मातहतका सोसल मिडिया प्लाटफर्म फेसबुक, फेसबुक मेसेन्जर र इन्स्टाग्राम विश्वभर एकसाथ अवरुद्ध बन्दा प्रयोगकर्तामा अन्यौल छाएको छ । करोडौँ प्रयोगकर्ताहरुले यी प्लाटफर्ममा रहेका आफ्ना खातामा लगइन गर्न सकेका थिएनन् । नेपाली समय अनुसार बेलुकी करीब ९ बजेतिर एक्कासी यी प्लाटफर्मका अकाउन्ट लगआउट भएका थिए । त्यसको एक घण्टापछि मात्र खुलेका छन् ।… Continue reading जब विश्वभर एकसाथ डाउन भए फेसबुक, मेसेन्जर र इन्स्टाग्राम
एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित, सचेतकमा बराल
काठमाडौं । एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल मनोनीत भएका छन् । प्रमुख सचेतक रहेका पदम गिरी सोमबार मन्त्री बनेपछि संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । बर्तौला यसअघि सचेतक थिए । बर्तौलालाई प्रमुख सचतेक बनाइएपछि बराललाई सचेतकमा मनोनीत गरिएको हो । बर्तौला र बराल दुवै… Continue reading एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित, सचेतकमा बराल
घरेलु मैदानमा उपाधी उचाल्न असफल नेपाल
काठमाडौं । नेपाल घरेलु मैदानमा टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न असफल भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भयो । जितका लागि पाएको १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले खेल सकिन ३ बल बाँकी छँदा भेट्टायो । नेदरल्याण्ड्सका माइकल लेभिटले अर्धशतक पूरा गरे । लेभिटले २९ बलमा ६ चौका र… Continue reading घरेलु मैदानमा उपाधी उचाल्न असफल नेपाल
मोरङमा किशोरीको विभत्स हत्या, एक जना पक्राउ
काठमाडौं । मोरङको पथरी शनिश्चरेमा एक किशोरीको विभत्स हत्या भएको छ । घटनामा संग्लन रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–४ घर भई बाराको सिमरामा बस्दै आएका ३८ वर्षीय धीरेन चौधरी छन् । पथरी शनिश्चरे नगरपालिका– ७ लामा टोल बस्दै आएकी १५ वर्षीय सम्झना भनिने ज्ञानमती… Continue reading मोरङमा किशोरीको विभत्स हत्या, एक जना पक्राउ
कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीले दिए राजिनामा
काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । उनीहरुले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी दिएका हुन् । कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्णकुमार वीसी मन्त्री बनेका थिए । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा… Continue reading कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीले दिए राजिनामा
सुदूरपश्चिम सरकारबाट माओवादीका मन्त्री बर्खास्त
काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरेका छन् । केन्द्रमा कांग्रेस(माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीबाट सरकारमा सहभागी भएकाहरुलाई बर्खास्त गरेका हुन् । बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट… Continue reading सुदूरपश्चिम सरकारबाट माओवादीका मन्त्री बर्खास्त