२०८१ सालमा शनिबार बाहेक ३७ दिन बैंक बन्द हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वि.सं.२०८१ सालमा बैंक तथा वित्तीय संस्थाहरु बिदा हुने सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार २०८१ सालमा शनिबार बाहेक कुल ३७ दिन (दशैंतिहार सहित)बैंक तथा वित्तीय संस्थाहरु आंशिक वा पूर्ण रुपमा बन्द हुने छन् । वैशाख १ देखि कात्तिक १५ गते र माघ १६ देखि चैत मसान्तसम्म बिहान १०… Continue reading २०८१ सालमा शनिबार बाहेक ३७ दिन बैंक बन्द हुने

भरतपुर भ्रमण वर्षको सुभारम्भ आज, प्रधानमन्त्री चितवनमा

काठमाडौं । भरतपुर भ्रमण वर्ष २०२४ को सुभारम्भ आज हुने भएको छ । नारायणी नदी किनारमा भ्रमण वर्ष २०२४ को भब्य उद्घाटनको तयारी छ । सो प्रयोजनका लागि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड चितवन पुगिसकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रमण वर्ष २०२४ को उद्घाटन गर्नेछन् । कार्यक्रममा प्रधानमन्त्री दाहालसहित पाँच पूर्व प्रधानमन्त्री सहभागी… Continue reading भरतपुर भ्रमण वर्षको सुभारम्भ आज, प्रधानमन्त्री चितवनमा

दक्षिण कोरियामा हजारौं चिकित्सक किन उत्रिए सडक प्रदर्शनमा ?

REUTERS\BBC

काठमाडौं । दक्षिण कोरियामा हजारौं चिकित्सक प्रदर्शनमा उत्रिएका छन् । बीबीसीका अनुसार सरकारले बिहीवारदेखि काममा नफर्किए हडताल गरिरहेका हजारौँ कनिष्ठ चिकित्सकहरूलाई पक्राउ गर्ने र उनीहरूको मेडिकल लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ। दक्षिण कोरियामा झन्डै तीनचौथाइ कनिष्ठ चिकित्सकहरू गत सातादेखि काममा गएका छैनन्। उनीहरूको आन्दोलनका कारण ठूला शिक्षण अस्पतालहरूमा सेवा प्रभावित भएको छ। स्वास्थ्यप्रणालीमा चिकित्सकहरूको… Continue reading दक्षिण कोरियामा हजारौं चिकित्सक किन उत्रिए सडक प्रदर्शनमा ?

अमेरिकी चन्द्रयानले आफ्नो खुट्टा भाच्चिएको आफ्नै तस्वीर पठायो

bbc

काठमाडौं । अमेरिकी कम्पनी इन्टूइटिभ मशीन्सले आफूले चन्द्रमामा पठाएको ओडिसिअस रोबट सतहमा बसेको देखिने स्पष्ट तस्बिर सार्वजनिक गरेको छ।ती तस्बिरमा उक्त अमेरिकी अन्तरिक्षयान एक ठाउँमा बसेको देखिन्छ। अवतरणका क्रममा ल्यान्डरको एउटा खुट्टा भाँच्चिएको थियो। यद्यपि ओडिसिअसले योजनानुरूप काम गर्न सक्यो र चन्द्रमाको वातावरणसँग सम्बन्धित डेटा पृथ्वीमा पठायो। ओडिसिअस निजी कम्पनीद्वारा निर्मित चन्द्रमामा सकुशल अवतरण गर्ने… Continue reading अमेरिकी चन्द्रयानले आफ्नो खुट्टा भाच्चिएको आफ्नै तस्वीर पठायो

नेपाल र नामिवियाबीच आज टी-२० प्रतिस्पर्धा

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले आफ्नो तेस्रो खेलमा आज नामिबियाको सामना गर्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो । नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो । नेपाल शीर्ष दुईमा रहँदै फाइनल… Continue reading नेपाल र नामिवियाबीच आज टी-२० प्रतिस्पर्धा

नेपालको तगारो बन्यो जोर्डन, पेनाल्टीमा नेपाल पराजित

काठमाडौं । नेपालले राष्ट्रिय महिला फुटबल टिम वाफ वुमन्स च्याम्पियनसिपको उपविजेतामा सिमित भएको छ । फाइनलमा जोर्डनसँग पराजित भएसँगै नेपाली टीम पुनः उपाधी भित्राउन असफल भएको हो । साउदी अरेबियामा भएको आठौं संस्करणको वाफ च्याम्पियनसिप फाइनलमा जोर्डनसँग पेनाल्टीसुटआउटमा ५–३ ले हारेको नेपाल उपविजेतामा समेटिएको हो । जेद्दाहस्थित प्रिन्स अब्दुलल्ह अल(फैसल स्पोर्ट्स सिटी मैदानमा भएको फाइनल… Continue reading नेपालको तगारो बन्यो जोर्डन, पेनाल्टीमा नेपाल पराजित

काठमाडौंका भित्तामा अब चित्र कोरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरको सौन्दर्य बढाउन सार्वजनिक स्थलका भित्ताहरुमा चित्र कोर्ने भएको छ । सार्वजनिक स्थलमा सुन्दरतासँगै ऐतिहासिक, सांस्कृतिक तथा जानकारीमूलक चित्रहरु बनाउने महानगरले जनाएको छ । जसका लागि महानगरले ललितकला प्रज्ञा प्रतिष्ठानसँग सम्झौता समेत गरेको छ । महानगरको सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्य र प्रतिष्ठानका उपप्रशासन प्रमुख कमलमणि काफ्लेले सम्झौता पत्रमा हस्ताक्षर… Continue reading काठमाडौंका भित्तामा अब चित्र कोरिने

शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न अनुमति दिएको हो । बुधबार सिन्धुपाल्चोकबाट पक्राउ परेकी शर्मिलालाई काठमाडौं ल्याइएको थियो । उनलाई अहिले महाराजगञ्ज परिसरमा राखिएको छ । शर्मिलाविरुद्ध हास्यकलाकार पवन खतिवडा ‘म्याकुरी’ले जाहेरी दिएका थिए ।… Continue reading शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अनुमति

वायुसेवा निगम सुधार प्रतिवेदन कार्यन्वयन सिफारिस समितिले बुझायो चौथो प्रतिवेदन

काठमाडौं । पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्यायन समितिको प्रतिवेदन अध्यायन तथा कार्यन्वयन सिफारिस समितिले चौथो प्रतिवेदन बुझाएको छ । पूर्व क्याप्टेन कुलबहादुर लिम्वु नेतृत्वको सिफारिस समितिले बिहीबार प्रतिवेदन बुझाएको हो । समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मन्त्रालयका सचिव दीपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष… Continue reading वायुसेवा निगम सुधार प्रतिवेदन कार्यन्वयन सिफारिस समितिले बुझायो चौथो प्रतिवेदन

उच्च अंकले घट्यो नेप्से, सोनापुरको सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२.०९ विन्दुमा पुगेको हो । यसदिन ३०९ कम्पनीको २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार २२८ रुपैयाँ बराबरको ७४ लाख ४६ हजार ९९१ कित्ता शेयर किनबेच भएको छ । आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ ।… Continue reading उच्च अंकले घट्यो नेप्से, सोनापुरको सर्वाधिक कारोबार

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन टेण्डर आह्वान

काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार बनाउन टेण्डर आह्वान भएको छ । भरतपुर महानगरपालिकाले बिहीबार टेण्डर आह्वान गरेको मेयर रेणु दाहालले जानकारी दिएकी छिन् । ३० दिनको म्याद राखेर एक अर्ब १० करोडको ठेक्का आह्वान गरिएको छ । रंगशालालाई महानगरले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । थप १०… Continue reading गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन टेण्डर आह्वान

गाजामा मारिए झण्डै ३० हजार सर्वसाधारण

काठमाडौं । इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ७६ जनाको हत्या भएसँगै गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २९ हजार ९५४ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयका अनुसार आक्रमणवाट ११० जना घाइते भएका छन् । इजरायल–हमास द्वन्द्व शुरु भएदेखि हालसम्म प्यालेस्टिनी घाइतेहरूको कुल सङ्ख्या ७० हजार ३२५ पुगेको छ । केही पीडितहरू… Continue reading गाजामा मारिए झण्डै ३० हजार सर्वसाधारण

आज किन खोलिँदैछ सेती नदीको बाँध ?

काठमाडौं । पोखरामा आज सेती नदीको बाँधी खोँलिदै छ । माछा मार्ने क्रममा बेपत्ता भएका युवकको खोजीका लागि यसो गर्नु परेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहान ८ बजेदेखि दीपमा रहेको बाँध खोलिने छ । बाँध खोल्दा तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सुरक्षित रहन आग्रह गरिएको छ । सेती… Continue reading आज किन खोलिँदैछ सेती नदीको बाँध ?

वाफ वुमन्स च्याम्पियनसिप : साम्बा बीनै उपाधीका लागि भिड्दै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली महत्वपूर्ण स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) बीनै उपाधीका लागि भिड्दैछ । साउदी अरेबियामा आज नेपाली टोलीले वाफ वुमन्स च्याम्पियनसिपको उपाधि होडमा जोर्डनको सामना गर्दैछ । खेल राति १० बजे हुनेछ । नेपाल र जोर्डन दुई फरकस्तरका टोली हुन् । पहिलोपटक वाफको प्रतियोगितामा सहभागी नेपालले फाइनलमा ५ पटकको विजेतालाई हराउनु… Continue reading वाफ वुमन्स च्याम्पियनसिप : साम्बा बीनै उपाधीका लागि भिड्दै नेपाल

प्राधिकरणले ६ महिनामै कमायो १५ अर्ब नाफा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०–८१ को ६ महिनामै १५ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा कर कटौतीअघिको हो । प्राधिकरणको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ अर्ब ४५ करोड रुपैयाँ बढी हो । गत आर्थिक वर्ष २०७९–८० को सोही अवाधिमा प्राधिकरणको नाफा १०… Continue reading प्राधिकरणले ६ महिनामै कमायो १५ अर्ब नाफा

उपनिर्वाचन : मतदाता नामावली प्रकाशन फागुन २८ मा

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि फागुन २८ गते मतदाताको नामावली प्रकाशिन गरिने भएको छ। निर्वाचन आयोगले बुधबार विज्ञप्ति प्रकाशित गरी यस्तो जानकारी दिएको हो। २०८० फागुन २८ गते आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन गरिनेछ। मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र… Continue reading उपनिर्वाचन : मतदाता नामावली प्रकाशन फागुन २८ मा

‘मिटरब्याज र सहकारी पीडितका समस्या समाधानमा सरकार गम्भीर छ’- प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज (अनुचित लेनदेन) सहकारी, लघुवित्त पीडितका समस्या समाधान गर्न सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका छन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले सरकार पीडितप्रति गम्भीर भएकाले उच्चस्तरीय आयोग गठनका साथै ऐन निर्माण गरेर समाधानमा पहल गरिरहेको बताए। उनले यसै सन्दर्भमा केही मुद्दा अदालतले फुकाइदिनुपर्ने खालका… Continue reading ‘मिटरब्याज र सहकारी पीडितका समस्या समाधानमा सरकार गम्भीर छ’- प्रधानमन्त्री

माओवादीले राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । नेपाली कांग्रेसबाट कृष्ण सिटौलालाई अघि सार्ने चर्चाबीच बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट पनि उम्मेदवार उठाउने निर्णय गरेको हो । साथै आउँदो चुनावमा गठबन्धन नगरी एक्लै लड्ने पनि निर्णय गरेको छ । राष्ट्रिय सभा अध्यक्षमा सत्ता… Continue reading माओवादीले राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने

भारतले अन्तरिक्षमा मानव चालित यान पठाउँदै, वायुसेनाका चार चालक छानिए

ANI

काठमाडौं । भारतले आगामी वर्ष अन्तरिक्षमा पहिलो मानवचालित यान पठाउने भएको छ । अन्तरिक्षयात्रा गर्न योग्य चार जनाको नाम सार्वजनिक भएको छ । उनीहरू भारतीय वायुसेनाका विमानचालक हुन्। गगनयान नामक उक्त अन्तरिक्षयानमा तीमध्ये तीन जनालाई अन्तरिक्षयात्रीका रूपमा पठाउने भारतको लक्ष्य छ। उक्त यान ४०० किलोमिटरमाथि पृथ्वीको कक्षमा पुग्ने र तीन दिनपछि फिर्ता हुने छ। भारतीय… Continue reading भारतले अन्तरिक्षमा मानव चालित यान पठाउँदै, वायुसेनाका चार चालक छानिए

चन्द्रमामा चिसो सकिएपछि ब्यूँतियो जापानी यान

JAXA

काठमाडौं । चन्द्रमामा अवतरण गरेको जापानी अन्तरिक्षयानको ल्यान्डर यान त्यहाँ चिसो सकिएसँगै ब्यूतिएको छ । यसले यान सक्रिय रहेको सङ्केत प्राप्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । बीबीसीका अनुसार ऊर्जा प्रणालीमा समस्या उत्पन्न भएपछि र चन्द्रमामा रात परेपछि उक्त ल्यान्डरले काम नगर्ला कि भन्ने डर जापानी अन्तरिक्ष निकाय (जाक्सा)लाई थियो । जाक्साका अनुसार चन्द्रमामाा रात… Continue reading चन्द्रमामा चिसो सकिएपछि ब्यूँतियो जापानी यान

त्रिकोणात्मक टी–२०आई सिरिज : आज नेपाल र नेदरल्याड्स भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी–२०आई सिरिजअन्तर्गत आज दोस्रो खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ । पहिलो खेलमा नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ रोज्दै ४… Continue reading त्रिकोणात्मक टी–२०आई सिरिज : आज नेपाल र नेदरल्याड्स भिड्दै

वाफ च्याम्पियनसिप : नेपालको उत्कृष्ट पुनरागमन जित

काठमाडौं । दोस्रो हाफको इन्जुरी समयमको अन्तिममा प्रिती राईले गरेको उत्कृष्ट गोलमा लेवनानविरुद्ध २(१ को पुनरागमन जित निकाल्दै नेपाल साउदी अरेबियामा भइरहेको वाफ च्याम्पियनसिपको फाइनल पुगेको छ । नेपालले उपाधिका लागि साविक विजेता जोर्डनको सामना गर्ने भएको छ । जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडिययमा दोस्रो सेमिफाइनलमा नेपालले एक गोलले पछि परेको स्थितिबाट पुनरागमन जित… Continue reading वाफ च्याम्पियनसिप : नेपालको उत्कृष्ट पुनरागमन जित

रास्वपाले तीन प्रदेशका महामन्त्रीलाई किन हटायो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन प्रदेशमा महामन्त्री हटाएको छ। त्यस्तै कोशी प्रदेशका महामन्त्री लालविक्रम थापा निलम्बनमा परेका छन्।बागमती प्रदेशकी महामन्त्री जिता बरालले कार्य(व्यस्ततालाई कारण देखाउँदै महामन्त्रीको भूमिकाबाट बहिर्गमित भएको पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। बराल २०७९ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार थिइन्। सुदूरपश्चिमका महामन्त्री भोजराज… Continue reading रास्वपाले तीन प्रदेशका महामन्त्रीलाई किन हटायो ?

धितो मूल्यांकन भन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परे बैंकरसहित १० जना

काठमाडौं । धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा १० जना बैंकर पक्राउ परेका छन् उनीहरुलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको थियो । उनीहरुले देउराली सहकारीका सञ्चालक रवीन्द्र… Continue reading धितो मूल्यांकन भन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परे बैंकरसहित १० जना

प्राधिकरणले भन्यो -‘धरानमा विमानस्थल बनाउन सम्भव छैन’

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माण गर्न उचित नहुने निष्कर्ष निकालेको छ। प्राधिकरणले आज सूचना जारी गर्दै तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा निकटस्थ हवाईमैदानबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत भएकाले धरानमा विमानस्थल निर्माण अनुपयुक्त हुने बताएको हो। मेयर साम्पाङको आग्रहपछि मन्त्री किरातीले धरानमा विमानस्थल निर्माण अध्ययन समिति… Continue reading प्राधिकरणले भन्यो -‘धरानमा विमानस्थल बनाउन सम्भव छैन’

सिंहदरबार आसपास फुटपाथमा हिँड्न निषेध

काठमाडौं । लघुवित्तका ऋणीहरुको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि प्रहरीले सिंहदरबार आसपास फुटपाथमा हिँड्न पनि निषेध लगाएको छ । सिंहदरबार आसपास अहिले फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ । लघुवित्तका ऋणीको टोली संसद् भवनमा प्रवेश गरेपछि गृह मन्त्रालयले भवनको बाहिरी सुरक्षामा खटिने प्रहरी निरीक्षकसहित ३२ जनाको जिम्मेवारी खोसेको थियो । नयाँ… Continue reading सिंहदरबार आसपास फुटपाथमा हिँड्न निषेध

रुस-युक्रेन युद्धमा ३१ हजार युक्रेनी सैनिकको मृत्यु

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्धमा हालसम्म आफ्नो देशका ३१,००० सैनिकको ज्यान गइसकेको पुष्टी गरेका छन् । उनले रुसलाई सैन्य योजना बनाउन सहयोग पुग्न सक्ने भनी घाइतेहरूको सङ्ख्या भने सार्वजनिक गरेनन्। सामान्यतया युक्रेनले मृत्युको सङ्ख्या सार्वजनिक गर्दैन र अन्य स्रोतहरूले हाल बताइएको भन्दा धेरै जनाले ज्यान गुमाइसकेको अनुमान गरेका छन्। अमेरिकी अधिकारीहरूले गत… Continue reading रुस-युक्रेन युद्धमा ३१ हजार युक्रेनी सैनिकको मृत्यु

वाफ महिला च्याम्पियनसिप : फाइनल यात्राका लागि नेपालले लेवनानको सामना गर्दै

काठमाडौं । वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्न आज नेपाल लेबनानसँग खेल्दैछ। नेपाल समूह ‘बी’ को विजेता टोली हो भने लेबनान समूह ‘ए’ को उपविजेता टोली हो । वाफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले सिरियालाई ४–१ गोलले हराएको थियो । दोस्रो खेलमा इराकलाई ५–० र समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० गोलले हराएको थियो । नेपाल… Continue reading वाफ महिला च्याम्पियनसिप : फाइनल यात्राका लागि नेपालले लेवनानको सामना गर्दै

दुधको भुक्तानीमा किन प्रधानमन्त्रीले ताकेका गर्नु परेको हो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन निर्देशन दिएका छन् । उनले सोमबार बेलुका अर्थमन्त्री डा प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसाल र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर किसानको दूधको बाँकी भुक्तानी तत्कालै दिन निर्देशन दिएका हुन्… Continue reading दुधको भुक्तानीमा किन प्रधानमन्त्रीले ताकेका गर्नु परेको हो ?

संगितकार आचार्यको शव श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठान परिसरमा राखिँदै

काठमाडौं । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परिसरमा राखिँदैछ । बिहान ९ बजेदेखि परिसरमा राख्ने र आजै अन्तिम संस्कार गर्ने परिवार स्रोतले जनाएको छ । आचार्यको निधनप्रति सङ्गीतकर्मी, सर्वसाधारण तथा राजनीतिक दलका नेतासहितले श्रद्धाञ्जली व्यक्त गरेका छन् । १९९९ साल असोज १६ मा धनकुटामा… Continue reading संगितकार आचार्यको शव श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठान परिसरमा राखिँदै