रास्वपाले फिर्ता लियो संसदीय समिति सभापतिमा दिएको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाअन्तर्गतको संसदीय समितिको सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिएको छ। उद्योग तथा वाणिज्य समितिमा रास्वपाले उम्मेदवारी दिएको थियो। रास्वपाले गणेश पराजुलीलाई उम्मेदवार बनाएको थियो। जनमत पार्टीका उम्मेदवार पनि केही गर्छु भनेर राजनीतिमा आएकोले निर्विरोध उनलाई काम गर्न दिने सहमति पार्टीभित्र भएको जनाइएको छ ।

उपत्यकामा जनैपूर्णिमा र गाईजात्रा फरक-फरक दिन मनाउने

काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय सरकार तथा विभिन्न सांस्कृतिक संस्थाले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गरेका छन्। भक्तपुर नगरपालिकाले सूचना नै प्रकाशन गरेर १३ गते रक्षाबन्धन र १४ गते गाईजात्रा अर्थात् सापारु पर्व मनाउने निर्णय गरेको छ। ललितपुरका केही सांस्कृतिक संस्थाले १३ गते रक्षाबन्धन एवम् जनैपूर्णिमा र १४… Continue reading उपत्यकामा जनैपूर्णिमा र गाईजात्रा फरक-फरक दिन मनाउने

नेपाल र थाइल्याण्डबीच आज मैत्रिपूर्ण क्रिकेट

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा आज थाईल्यान्डसँग खेल्ने भएको छ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे मलेसियामा शुरु हुँदैछ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपालले अन्तिम तयारी खेल खेल्न लागेको हो । यसअघि शनिवार नेपालले चार देशीय महिला टी–२० को उपाधि जितेको थियो ।… Continue reading नेपाल र थाइल्याण्डबीच आज मैत्रिपूर्ण क्रिकेट

नेपाल एयरलाइन्सले भैरहवालाई हङकङ र नयाँ दिल्लीसँग जोडने

file

काठमाडौं । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने भएको छ । कम्पनीले १२ भदौ २०८० ९मंगलबार०देखि काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने घोषणा गरेको हो । भैरहवाबाट हरेक मंगलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या… Continue reading नेपाल एयरलाइन्सले भैरहवालाई हङकङ र नयाँ दिल्लीसँग जोडने

धमाधम स्तरोन्नति हुँदै नागढुंगा-मुग्लिन सडक, नौबिसे खण्डमा पिच गर्न मात्रै बाँकी

काठमाडौं । सङ्घीय राजधानी जोड्ने लाइफलाइनको रुपमा रहेको पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक वर्षामा पनि धमाधम स्तरोन्नति भइरहेको छ । सडक निर्माण भएको करिब ३० वर्षपछि पहिलो पटक स्तरोन्नति हुन लागेको हो । नागढुङ्गादेखि मुग्लिनसम्म ९५ किलोमिटर सडकअन्तर्गत तीन चरणमा स्तरोन्नति भइरहेको छ । यसअघिका प्रत्येक वर्षमा सामान्य मर्मत भइरहे पनि जगैदेखि विस्तारको… Continue reading धमाधम स्तरोन्नति हुँदै नागढुंगा-मुग्लिन सडक, नौबिसे खण्डमा पिच गर्न मात्रै बाँकी

ललिता निवास जग्गा हिनामिना : ४ पूर्व मन्त्रीसहित २९० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । काठमाडौैं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न २९० जना विरुद्ध मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले कीर्ते अभियोगमा ४ पूर्व मन्त्रीसहित २९० जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार… Continue reading ललिता निवास जग्गा हिनामिना : ४ पूर्व मन्त्रीसहित २९० जनाविरुद्ध मुद्दा दायर

महिलाले गरिन् मट्टितेल छर्केर आत्मदाहको प्रयास, अवस्था गम्भीर

काठमाडौं । दार्चुलामा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । शैल्यशिखर नगरपालिका-५ सेतकला बस्ने अन्दाजी ४५ वर्षीया सुना साउँदले मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेकी हुन् ।साउँदले आज बिहान ११ बजेतिर घरमा कोही नभएको बेला शरीरमा मट्टीतेल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेयले बताए । साउँदको शरीरमा आगो लाग्दा घुडाभन्दा… Continue reading महिलाले गरिन् मट्टितेल छर्केर आत्मदाहको प्रयास, अवस्था गम्भीर

‘मही’ प्रोत्साहन गर्न व्यवसायिक सम्झौता, रैथाने हाटबजारमा निःशुल्क राखिने

काठमाडौं । रैथाने हाटबजारमा निःशुल्क मही सेवन गराउन नेपाल डेरी एसोसिएसन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रालिबिच सम्झौता भएको छ । एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल र रैथाने एग्रीका अध्यक्ष तिलक ढकालबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । एसोसिएसनले प्रत्येक शनिबार दरबारमार्गमा आयोजना हुने रैथाने कृषि उपज बिक्रीवितरणका लागि आयोजना गरिएको हाटबजारमा प्रत्यक्ष ठेकीमा मही निःशुल्क खुवाउने… Continue reading ‘मही’ प्रोत्साहन गर्न व्यवसायिक सम्झौता, रैथाने हाटबजारमा निःशुल्क राखिने

कम हुँदै वर्षा, कुन प्रदेश छ मनसुनको प्रभाव ?

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल बंगलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव पनि छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल कोशी,मधेश र बामगती प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। त्यस्तै कोशी प्रदेशका केही… Continue reading कम हुँदै वर्षा, कुन प्रदेश छ मनसुनको प्रभाव ?

सामाजिक सदभाव कायम राख्न धरानबासीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डले समाजिक एकता र सद्भावको पक्षमा उभिन धरानबासीसँग अपील गरेका छन् । साथै उनले सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न सरकारले आवश्यक सतर्कता अपनाएको बताएका छन् । शनिबार वक्तव्य जारी गर्दै प्रधानमन्त्री प्रचण्डले केही दिनयता धरानमा भइरहेका गतिविधि र त्यसले सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे सरकार गम्भीर रहेको… Continue reading सामाजिक सदभाव कायम राख्न धरानबासीलाई प्रधानमन्त्रीको आह्वान

फ्रान्समा गर्मीले जनजीवन प्रभावित

agency

काठमाडौं । फ्रान्सका केही भूभागमा अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।युरोपमा केही समय यता अत्याधिक गर्मीका कारण जनजीविन प्रभावित बनेको हो । गर्मी बढेसँगै स्वास्थ्य सुरक्षामा शतर्कता अपनाउन चेतावनी दिइएको छ । फ्रान्सका केही भूभागमा यतिबेलाको तापक्रम ४० डिग्रि सेल्सियससम्म पुगेको छ । गर्मीले हुनसक्ने क्षतिलाई रोक्न १९ वटा फ्रान्सेली विभागहरु रेड अलर्टमा… Continue reading फ्रान्समा गर्मीले जनजीवन प्रभावित

नेपालले जित्यो चार देश सम्मिलत सिरिज

काठमाडौं । नेपालले चार देश सम्मिलित टी–२० सिरिज जितेको छ। आज भएको फाइनलमा हङकङलाई डिएल मेथडमा १३ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो। हङकङले दिएको १०२ रनको लक्ष्य पछ्याको नेपालले ५.३ ओभरमा ३७ रन जोड्दा खेल मौसमले अवरुद्ध भय‍ो। त्यसपछि खेल हुन नसक्दा नेपाल विजयी भयो। सिरिजपछि नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट खेल्नेछ।… Continue reading नेपालले जित्यो चार देश सम्मिलत सिरिज

त्रिशुली नदीमा पिकनिक गएका २ जना वेपत्ता

file

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका २९ गाईघाट नजिकै वनभोज ९पिकनिक० गएका २ जना त्रिशूली नदीमा शनिबार बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भरतपुर महानगरपालिका १० सप्तगण्डकी चोक बस्ने ३० वर्षका अर्जुन प्रधान र सोही ठाउँका ३० वर्षका प्रवीण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । दिउँसो साढे ४ बजेतिर नदीमा बेपता भएका दुवै जनाको खोजीका लागि… Continue reading त्रिशुली नदीमा पिकनिक गएका २ जना वेपत्ता

सप्तकोशीमा पानीको वहाव बढ्यो, ५६ वटै ढोका खोलियो

काठमाडौं । सप्तकोसी नदीमा यो वर्ष दोस्रो पटक ५६ ढोका खोलिएको छ । पानीको बहाव उच्च हुँदै गएपछि शुक्रवार साँझबाटै ५६ ढोका खोलिएको हो ।पहाडी क्षेत्रमा वर्षा भएसँगै शुक्रवार दिउँसोदेखि नै कोसीमा पानीको बहाव निरन्तर उच्च हुँदै गएको थियो । साँझ ७ बजे तीन लाख ८० हजार ८ सय १५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन… Continue reading सप्तकोशीमा पानीको वहाव बढ्यो, ५६ वटै ढोका खोलियो

धरान प्रवेशमा कडाई

काठमाडौं । धरानमा आज आयोजना गरिने भएको धार्मिक र्‍यालीले दुर्घटना निम्त्याउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले सहर प्रवेशमा कडाइ गरेको छ। विभिन्न हिन्दू संगठनहरुले आज धरानमा धार्मिक र्‍याली आयोजना गरेका छन। र्‍यालीले तनाव उत्पन्न गर्न सक्ने भन्दै जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो। यही धार्मिक र्‍याली लक्षित गरेर धरानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।… Continue reading धरान प्रवेशमा कडाई

सी जिन्पिङ र मोदी सीमामा तनाव हटाउन सहमत

GETTY IMAGES

काठमाडौं । भारत र चीनका नेताहरू दुई देशबीचको विवादास्पद सीमामा विद्यमान तनाव घटाउन सहमत भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिन्पिङ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका गएका छन्। उनीहरूले बुधवार एक्लाएक्लै भेटवार्ता गरेका थिए । बेइजिङका अनुसार भारतीय प्रधानमन्त्रीको अनुरोधमा सीले उनलाई भेटेका हुन्। सीमामा उत्पन्न तनावका कारण… Continue reading सी जिन्पिङ र मोदी सीमामा तनाव हटाउन सहमत

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारसले दिए उम्मेदवारी

काठमाडौं । नेपाल क्रिकेट संघको बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पूर्वकप्तान पारस खड्काले संरचना परिवर्तन गर्नका लागि आफूले व्यवस्थापनमा आउन चाहेको बताएका छन् । काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला संघका अध्यक्षहरुलाई दायाँ बायाँ राखेर पत्रकार सम्मेलन गरेका उनले क्रिकेट विकासका लागि आफूले संघमा आउन चाहेको स्पष्ट पारे । उनले भने, ‘चुनाव जित्न मात्रै… Continue reading बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारसले दिए उम्मेदवारी

मुग्लिङ–काठमाडौं सडकमा पहिरो, आवतजावत रोकियो

काठमाडौं । मुग्लिङ नजिकै नाग्दी खोलामा पहिरो खस्दा मुग्लिङ–काठमाडौं सडक अवरूद्ध भएको छ । शुक्रबार साँझ सडकखण्ड अन्तर्गत ७ बजे इच्छाकामना गाउँपालिका–४ स्थित नाग्दी खोलामा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिए । डीएसपी पण्डितका अनुसार पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् भने पहिरो… Continue reading मुग्लिङ–काठमाडौं सडकमा पहिरो, आवतजावत रोकियो

धरानमा निषेधाज्ञा

काठमाडौं । स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाएको हो । धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । तर त्यसको प्रतिकारमा समेत उत्रने संभावना देखिएपछि धरान प्रवेशमा कडाइ… Continue reading धरानमा निषेधाज्ञा

हर्क साम्पाङलाई अदालतले भन्यो-‘व्यक्तिको जग्गामा धरपकड नगर्नू’

काठमाडौं । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले निषेधाज्ञा जारी गर्दै व्यक्तिको जग्गामा प्रवेश नगर्न, थुनामा नराख्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको हो । धरानका रोशन अधिकारी र रोजिना अधिकारीले आफ्नो जमिनमा प्रवेश गरेर धरपकड… Continue reading हर्क साम्पाङलाई अदालतले भन्यो-‘व्यक्तिको जग्गामा धरपकड नगर्नू’

मेलम्ची क्षेत्रमा आयो बाढी

काठमाडौं । अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउने कार्यलाई अघि बढाइए पनि निरन्तर वर्षाको कारण यो सम्भव भएको छैन । मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानीय श्याम चालिसेले जानकारी… Continue reading मेलम्ची क्षेत्रमा आयो बाढी

आजको मौसम कस्तो रहनेछ ?

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। न्यूनचापीय रेखा सहित नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भू–भागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का… Continue reading आजको मौसम कस्तो रहनेछ ?

समाजवादीको सदस्यता फोनबाटै लिन सकिने

काठमाडौं । एकीकृत समाजवादीले पार्टी सदस्यता लिनका लागि आवेदकले फोनबाटै आवेदन दिनसक्ने व्यवस्था गर्ने भएको छ । मंगलबारदेखि सुरु भएर बिहीबार सम्पन्न पार्टीको छैटौँ पूर्ण बैठकले पार्टीको सूचनालाई बढी प्रभावकारी बनाउने भएको छ । एकीकृत समाजवादील पार्टीमा कुनै पनि कमिटीको बैठकका निर्णअनुसार हरेक सदस्यले लिएका जिम्मेवारीको अनुगमन गर्ने र त्यसका लागि कसले कुन दिन कुन… Continue reading समाजवादीको सदस्यता फोनबाटै लिन सकिने

टेलिभिजन प्याकेजको मूल्य २५०, सःशूल्क हेर्न कति लाग्छ ?

काठमाडौं । सरकारले टेलिभिजन च्यानलहरुको न्यूनतम् उपभोक्ता शुल्क मासिक प्रतिग्राहक २५० रुपैयाँ तोकेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिभिजन सेवामा ‘आला कार्ट’ मूल्य प्रणाली लागु गर्दै यस्तो शुल्क तोकेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै सरकारले तोकेको सीमाभित्र रहेरमात्रै प्रसारण संस्थाहरुले उपभोक्तासँग मासिक शुल्क लिन पाउने… Continue reading टेलिभिजन प्याकेजको मूल्य २५०, सःशूल्क हेर्न कति लाग्छ ?

अमेरिकी डलरको प्रभुत्व अन्त्य गर्न ब्रिक्सको साझा मुद्रा प्रयोगमा ल्याउन प्रस्ताव

जोहानेसबर्ग । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले अमेरिकी डलरको प्रभुत्वको सामना गर्न ब्रिक्स मुलुकका लागि साझा व्यापारिक मुद्रा सिर्जना गर्न बुधबार आह्वान गरेका छन् । ‘ब्रिक्स बिजनेस फोरम लिडर्स डायलग’मा लुला दा सिल्भाले ब्रिक्स राष्ट्रहरूबीच सीमापार व्यापारका लागि साझा मुद्रा निर्माण गर्न वकालत गर्दै अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको विकल्प खोज्नुपर्ने बताएका हुन् ।… Continue reading अमेरिकी डलरको प्रभुत्व अन्त्य गर्न ब्रिक्सको साझा मुद्रा प्रयोगमा ल्याउन प्रस्ताव

मन्त्रालय तानिए सुन तस्करी प्रकरणमा जोडिएका अध्यागमन विभागका महानिर्देशक

काठमाडौं । गृह मन्त्रालयले सुन तस्करी प्रकरणमा जोडिएका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई मन्त्रालयमा तानेको छ । तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियम नागरिक दावा शेर्पासँगको कुराकानीमा मुछिएको पाइएपछि अध्यागमन विभागका अधिकारीलाई गृह मन्त्रालयमा तानिएको हो । अधिकारी र दावाबीच चिनियाँ सामाजिक सन्जाल वी–च्याटमा कुराकानी भएको सार्वजनिक भएको थियो । दावा भने नेपाल प्रहरीको… Continue reading मन्त्रालय तानिए सुन तस्करी प्रकरणमा जोडिएका अध्यागमन विभागका महानिर्देशक

तीन सातामा १० हजारभन्दा बढी डेंगुका बिरामी थपिए

काठमाडौं । नेपालमा पछिल्लो एक महिनामा डेंगु संक्रमणको संख्या बढेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता अगस्ट २३ सम्म १७ हजार ८६७ जनामा डेंगु संक्रमण पुष्टी भएको छ । १३ जनाको मृत्यु भइसकेको छ । यो अगस्टका २३ दिनमा देशभर १० हजार २४ डेंगु संक्रमित थपिएका छन् ।… Continue reading तीन सातामा १० हजारभन्दा बढी डेंगुका बिरामी थपिए

साउदी सीमारक्षकले आप्रवासीहरुको व्यापक नरसंहार गरिरहेको खुलासा

काठमाडौं । मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ह्यूमन राइट्स वाचको नयाँ प्रतिवेदनमा साउदी सीमारक्षकहरूले यमनसँग सीमा जोडिएको क्षेत्रमा कैयौँ आप्रवासीहरूको सामूहिक हत्या गरेको आरोप लगाइएको छ। बीबीसीका अनुसार प्रतिवेदनमा युद्धग्रस्त यमन हुँदै साउदी अरब जान खोज्ने सयौँ मानिसलाई गोली हानेर हत्या गरिएको उल्लेख छ। साउदी सीमारक्षकहरूद्वारा मारिएका भनिएका आप्रवासीमध्ये अधिकांश इथियोपियाली नागरिक हुन् । आप्रवासीहरूले गोली… Continue reading साउदी सीमारक्षकले आप्रवासीहरुको व्यापक नरसंहार गरिरहेको खुलासा

शनिबार अगाडी मौसममा सुधार नहुने

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभावले देशभर मौसम आंशिक देखि सामान्य बदली छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले बागमती, मधेश र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। यो… Continue reading शनिबार अगाडी मौसममा सुधार नहुने

काठमाडौंबाट छुटेको यात्रुबाहक बस बारामा दुर्घटना, कम्तिमा ७ जनाको मृत्यु

file

काठमाडौं । काठमाडौंबाट छूटेको यात्रु बाहक बस बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ चुरियामाईमा दुर्र्घटनामा परेको छ । सो क्रममा कम्तिमा ७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सो बसमा भारतीय तीर्थयात्रु थिए । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटनामा परेको हो ।… Continue reading काठमाडौंबाट छुटेको यात्रुबाहक बस बारामा दुर्घटना, कम्तिमा ७ जनाको मृत्यु