पञ्जाव । पाकिस्तानको पन्जाबमा यात्रीबसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । पाकिस्तानको पूर्वी पन्जाब प्रान्तको हाफिजाबाद जिल्लामा आज बिहान यात्रुवाहक एउटा बसले इन्धन बोकेको अर्को गाडीलाई ठक्कर दिँदा यात्रीबसमा आगो सल्केको थियो । फैसलावाद टोल प्लाजाको राजमार्गमा बिहान सबेरै भएको… Continue reading पाकिस्तानमा यात्रु बसमा आगो लाग्दा कम्तीमा २० जनाको मृत्यु
Category: समाचार
कस्तो रहनेछ आजकौ मौसम ?
काठमाडौं । मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक सर्ने क्रममा छ। जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले उक्त रेखा सरदर स्थानमा अवस्थित छ। मनसुनको न्यूनचापीय रेखा र न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण आज बिहान देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही सातै प्रदेशमा पानी परिरहेको छ। अहिले कोशी , बागमती र गण्डकी प्रदेशमा तुलनात्मक रूमा… Continue reading कस्तो रहनेछ आजकौ मौसम ?
आज नागपञ्चमी, के छ महत्व ?
काठमाडौं । आज हिन्दु धर्मावलम्बीहरुले नाग पञ्चमी पर्व मनाउँदैछन् । श्रावण शुक्लपक्षको पञ्चमीका दिन हिन्दु धर्मावलम्बीहरूले विशेष विधिपूर्वक दूध, दही, धूप, दीप, नैवेद्य चढाएर घरको दैलामा अष्ट नाग (अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख) साथै गँगटो, बिच्छी जस्ता विषालु जीवको मूर्ति अङ्कित तस्वीर विशेष पूजासहित टाँस्ने चलन छ। यसरी विधिपूर्वक नागपूजा गरेर… Continue reading आज नागपञ्चमी, के छ महत्व ?
चोरिएका दुई बच्चालाई बोरामा हालेर भारत लैँजाने क्रममा एक तस्कर पक्राउ
काठमाडौं । चोरिएका दुई बच्चाहरूसहित बाराको देवताल गाउँपालिका(३ अमुवाबाट आइतबार सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। बच्चाहरूलाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा बिओपी दक्षिण झिट्कैयाले भारतको पूर्वीचम्पारण मूर्तिया ग्रामपञ्चायत-४ आधारपुर घर भएका २२ वर्षीय ताबरेज आलमलाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सोही गाउँपालिका(३ नन्की अमुवा बस्ने शिवपुजन… Continue reading चोरिएका दुई बच्चालाई बोरामा हालेर भारत लैँजाने क्रममा एक तस्कर पक्राउ
नेपालको पानी र साउदीको तेल साटफेर गरौं : पर्यटन मन्त्री
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले साउदी अरेवियाका राजदूत साद अबु हाइमेद समक्ष तेल र पानी साटफेर गर्ने प्रस्ताव गरेका छन् । आइतबार भएको भेटबारे जानकारी दिँदै पर्यटन मन्त्री किरातीले लेखेका छन्, ‘साउदीको तेल र नेपालको पानी साटेर सम्बन्धलाई अझ प्रगाढ बनाउँ ।’ भेटमा आफूले उठाएका सवालबारे उनी भन्छन्, ‘पैसाको धनी… Continue reading नेपालको पानी र साउदीको तेल साटफेर गरौं : पर्यटन मन्त्री
स्पेनले जित्यो महिला विश्वकपको उपाधी
काठमाडौं । इंग्ल्याण्डलाई १-० ले हराउँदै स्पेनले पहिलो पल्ट महिला विश्वकप फुटबलको उपाधि जितेको छ । पहिलो हाफदेखि नै इंल्यान्डमाथि दबाब कायम गरेको स्पेनले खेलको २९ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । स्पेनको लागि कप्तान ओल्गा कारमोना गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । खेलको १६ औं मिनेटमा इंग्ल्यान्डले प्रहार गरेको बल पोष्ट… Continue reading स्पेनले जित्यो महिला विश्वकपको उपाधी
राष्ट्रपतिले मंगलबारका लागि बोलाए सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाएका छन् । बैठक मंगलबार बिहान साढे ८ बजे राष्ट्रपति भवन शितल निवासमा हुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि पहिलो पटक सर्वदलीय बैठक बोलाएका हुन् । अहिले जारी संसद अवरुद्ध… Continue reading राष्ट्रपतिले मंगलबारका लागि बोलाए सर्वदलीय बैठक
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा गएनन् ओली
काठमाडौं । संसदको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलसँगको छलफल सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छलफलको सुरु भएको हो । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन्। बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राष्ट्रिय दलका प्रतिनिधिहरु पुगेका छन्। तर गत साउन १० गतेदेखि अवरुद्ध संसद्… Continue reading प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा गएनन् ओली
रुसले युक्रेनमा गरेको आक्रमणमा कम्तिमा ७ मारिए
काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र मस्कोका शीर्ष सैन्य कमाण्डरसँग भेटेको केही घण्टापछि शनिबार युक्रेनको उत्तरी सहर चेर्निहिभमा क्षेप्यास्त्र आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन् । कीएभबाट करिब १५० किलोमिटर उत्तरमा बेलारुसतर्फ रहेको चेर्निहिभ रूसको आक्रमणको पहिलो महिनादेखि नै ठूला आक्रमणबाट धेरै हदसम्म जोगिएको… Continue reading रुसले युक्रेनमा गरेको आक्रमणमा कम्तिमा ७ मारिए
प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता पहिलो महिनामै उत्साहजनक
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा झन्डै १२ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आव २०८०–८१ को साउन महिनामा ६० उद्योगमार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपियाँ लगानीको प्रतिबद्धता आएको हो । अघिल्लो आवमा यस महिनामा दुई अर्ब ६४ करोड… Continue reading प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता पहिलो महिनामै उत्साहजनक
मोटरसाइकल दुर्घटनामा कास्कीमा दुई जनाको मृत्यु
पोखरा । कास्की जिल्लाको रुपा गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–३२ बाट रुपातालतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००९प ५२०५ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा लमजुङ दूधपोखरी गाउँपालिका–६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक गुरुङको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। मोटरसाइकल रुपा… Continue reading मोटरसाइकल दुर्घटनामा कास्कीमा दुई जनाको मृत्यु
आज बस्दैछ संसद बैठक, हट्ला एमालेको अवरोध ?
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राखेका कारण आजको बैठकबारे पनि अन्यौल कायमै छ । बैठक आज दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने नेकपा एमालेको माग र सरकारका अंगहरुलाई नै छानबिन गर्न… Continue reading आज बस्दैछ संसद बैठक, हट्ला एमालेको अवरोध ?
गैरआवासीय नेपालीलाई सहज रुपमा नागरिकता दिलाउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गैरआवासीय नेपालीलाई सहज रूपमा नागरिकता दिलाउन थप पहल गर्ने बताएका छन् । गैरआवासीय नेपाली सङ्घको ११ औँ महाधिवेशन तथा विश्व सम्मेलनको निम्ता गर्न गएको सङ्घका प्रतिनिधिमण्डलसँगको भेटमा उनले गैरआवासीय नेपाली नागरिकताको सहज कार्यान्वयनमा सरकार सकारात्मक रहेको बताए । विदेशमा रहेका नेपाली नागरिकले राहदानी प्राप्तिलगायतका समस्या खेप्नु परेको विषयमा… Continue reading गैरआवासीय नेपालीलाई सहज रुपमा नागरिकता दिलाउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता
सामाजिक सञ्जालमा अलबिदा लेखेका वडाध्यक्ष मृत भेटिए
काठमाडौं । मुसिकोट नगरपालिका–१ का ४५ वर्षीय वडा अध्यक्ष मोहन घिमिरेले आत्महत्या गरेका छन् । शनिवार बिहान ५ बजे सामाजिक सञ्जालमा परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ, प्रिय अनिता, साथ निभाउन सकेन , मलाई माफ गरे , घर परिवार ,साथीभाइ ,शुभचिन्तक सबै प्रति माफी चाहन्छु । अलबिदा भन्ने स्ट्याटस लेखेका उनले झुन्डिएर आत्महत्या गरेको… Continue reading सामाजिक सञ्जालमा अलबिदा लेखेका वडाध्यक्ष मृत भेटिए
बंगलादेशको एक कम्पनीले आफ्ना सात सय कर्मचारीलाई एक साथ नेपाल भ्रमणमा पठायो
काठमाडौं । बंगलादेशको एक कम्पनीले आफ्नो उद्योगभित्रका ७०० कर्मचारीलाई घुमफिरका लागि नेपाल पठाएको छ । बंगलादेशको एकेआइजे ग्रुप अन्तर्गत प्लाष्टिक डिभिजनले ठूलो संख्यामा आफ्ना कर्मचारीलाई एकै पटक नेपाल भ्रमणमा पठाएको हो । बंगलादेशभर २ लाख भन्दा बढी कर्मचारी रहेको यो ग्रुपले ‘डिलर एण्ड सेल्स कन्फ्रेन्स’ नाममा यो भ्रमण राखेको हो । शुक्रबार १७५ जनाको पहिलो… Continue reading बंगलादेशको एक कम्पनीले आफ्ना सात सय कर्मचारीलाई एक साथ नेपाल भ्रमणमा पठायो
एक नेपालीको थाप्लोमा ७६ हजारभन्दा बढी ऋण
काठमाडौं । नेपाल सरकारको ऋणको आकार बढ्ने क्रम जारी छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको रिपोर्ट अनुसार २०८० असार मसान्तसम्म नेपाल सरकारले तिर्न बाँकी कुल ऋण २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । अर्थात् प्रत्येक नेपालीको भागमा ७६ हजार ६९ रुपैयाँभन्दा बढी ऋण परेको छ… Continue reading एक नेपालीको थाप्लोमा ७६ हजारभन्दा बढी ऋण
दुई म्यानपावर र दुई कन्सल्टेन्सीलाई २–२ लाख जरिवाना
काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनविपरीत काम गर्ने दुई वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी र दुई कन्सल्टेन्सीलाई कारबाही गरेको छ । विभागले ऐन र नीतिविपरीत अवैधानिक विज्ञापन गरेकाले ऐन अनुसार दुई–दुई लाख रुपियाँ जरिबाना गरेको हो । विभागले स्वीकृतिबिना सामाजिक सञ्जालको प्रयोग गरी नेपाली युवालाई वैदेशिक रोजगारमा पठाइदिने भन्दै विज्ञापन गरेको तथा राहदानी… Continue reading दुई म्यानपावर र दुई कन्सल्टेन्सीलाई २–२ लाख जरिवाना
शनिबार काठमाडौंको धेरै स्थानमा ५ घण्टा विद्युत अवरुद्ध हुने
काठमाडौं । शनिबार काठमाडौंका ८ स्थानमा विद्युत् आपूर्ति अवरूद्ध हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ। लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको कार्य भइरहेकाले काठमाडौंका ८ स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्तिमा अवरोध आउने भएको हो। टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेको अहिलेको १३२ केभी… Continue reading शनिबार काठमाडौंको धेरै स्थानमा ५ घण्टा विद्युत अवरुद्ध हुने
बझाङ केन्द्रविन्दु भएर गयो भूकम्प
काठमाडौं । बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बेलुका ९ बजेर १३ मिनेटमा बझाङको खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत साउन ३ गते बिहान ९ बजेर ५३ मिनेटमा कास्कीको मिर्सा आसपास केन्द्रविन्दू भएर ४ रेक्टरस्केलको भूकम्प… Continue reading बझाङ केन्द्रविन्दु भएर गयो भूकम्प
रुकुममा छुट्टाछुट्टै स्थानमा भेटियो दुई शव
काठमाडौं । रुकुम पश्चिमका दुई स्थानमा दुई जनाको शव फेला परेको छ । मुसिकोट नगरपालिका–११ मा भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको र आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै शव सडेगलेको अवस्थामा फेला परेका छन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक… Continue reading रुकुममा छुट्टाछुट्टै स्थानमा भेटियो दुई शव
मलेसियामा सडकमै भयो विमान दुर्घटना, कम्तिमा १० जनाको मृत्यु
काठमाडौं । मलेसियाको मध्य सेलान्गोर राज्यमा आज बिहीवार एक सानो निजी विमान सडकमा ठोकिँदा १० जनाको ज्यान गएको छ । विमान दुर्घटना हुँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको ज्यान गएको स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले बताए । मलेसियाको नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति निकालेर विमानमा छ जना… Continue reading मलेसियामा सडकमै भयो विमान दुर्घटना, कम्तिमा १० जनाको मृत्यु
सरकारले बढायो श्रमिकको न्यूनतम पारिश्रमिक
काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । अब श्रमिकले मासिक १७ हजार ३०० पाउनेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार १ साउन २०८० बाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । मन्त्रालयको निर्णय बिहीबार राजपत्रमा समेत प्रकाशित भएको छ । मन्त्रालयका अनुसार अब चिया बगान बाहेकका… Continue reading सरकारले बढायो श्रमिकको न्यूनतम पारिश्रमिक
पानीको जार र बोतलमा सरकारले तोकेभन्दा बढी मूल्य नलिन आग्रह
काठमाडौं । नेपाल बोटल वाटर उद्योग संघले खानेपानीको जार र बोतलमा सरकारले तोकेको भन्दा बढी शुल्क नलिन आग्रह गरेको छ । संघले आज पत्रकार सम्मेलन गरी पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै बढी शुल्क नलिन व्यवसायीको ध्यानाकर्षण गरेको हो । संघका अध्यक्ष धुव्र गौतमले विचौलियाका कारण आम उपभोक्तालाई पानीको मूल्य सरकारले तोकेभन्दा… Continue reading पानीको जार र बोतलमा सरकारले तोकेभन्दा बढी मूल्य नलिन आग्रह
कन्चनपुरमा सेफ्टी ट्यांकीमा परेर हात्तिको ज्यान गयो
काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति जङ्गली हात्तीको मृत्यु भएको छ । यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए । “राति १२ बजेपछि जङ्गली हात्ती आएर सेफ्टी ट्याङ्कीमा पछाडिको खुट्टा परेर… Continue reading कन्चनपुरमा सेफ्टी ट्यांकीमा परेर हात्तिको ज्यान गयो
रास्वपाले ७ वटै प्रदेशमा अनुशासन आयोग बनाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ७ वटै प्रदेशमा अनुशासन आयोग बनाउने भएको छ । रास्वपाले आयोगमा रहने पदाधिकारी र सदस्य मागेको छ । पार्टीको विधान, सिद्धान्त, दर्शन, प्रतिवद्धता र उद्देश्य बमोजिमका कार्यहरूमा हुनसक्ने अवरोध, विसंगति तथा आर्थिक अनियमितता निर्मुल पार्न तथा पार्टी सदस्य र विभिन्न तहगत संरचनामा रहेका पदाधिकारीहरूलाई अनुशासित, मर्यादित बनाउन भन्दै ७… Continue reading रास्वपाले ७ वटै प्रदेशमा अनुशासन आयोग बनाउने
कांग्रेस नेता भण्डारीको गरियो शल्यक्रिया
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद डा। चन्द्र भण्डारीको हात र पछाडिको भागको शल्यक्रिया भएको छ । झन्डै छ महिना पहिले बुद्धनगरमा रहेको आफ्नै निवासको भान्साकोठामा ग्यास चुहिएका कारण लागेको आगलागीमा परि घाइते भएका उनको आज बुधवार कीर्तिपुरको बर्न सेन्टरमा पाँच घण्टा लगाएर हात र पछाडिको भागको शल्यक्रिया गरिएको हो । अस्पतालका प्लास्टिक सर्जन… Continue reading कांग्रेस नेता भण्डारीको गरियो शल्यक्रिया
बीमाको लोभमा आफ्नै टिपर जलाएपछि….
काठमाडौं । बीमाको रकम लिन आफ्नै टिपरमा आगजनी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरले बीमा रकम लिन आफ्नै टिपरमा आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामेछाप घर भई काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ३४ वर्षीय प्रदिपकुमार खत्री, सिन्धुली घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टीकाथली बस्ने रंगबहादुर बुढाक्षेत्री… Continue reading बीमाको लोभमा आफ्नै टिपर जलाएपछि….
विमानस्थलको सुरक्षा प्रवन्धबारे प्रधानमन्त्रीको चासो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थाबारे चासो राखेका छन् । उनले यसको सुरक्षा व्यवस्थामा व्यापक हेरफेरको आवश्यकता रहेको समेत बताए । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमका बारे छलफल गर्न आयोजित बैठकलाई सम्बोधन… Continue reading विमानस्थलको सुरक्षा प्रवन्धबारे प्रधानमन्त्रीको चासो
‘स्वदेशमै अवसर खोजौँ, विदेश जाने बित्तिकै सबै कुरा पाइँदैन’- अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्यमशीलता विकासको अवसर विदेशमा भन्दा स्वदेशमै रहेको र यसको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन् । राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानले आज काठमाडौँमा आयोजना गरेको ‘इन्टरप्रेनसीप मोटिभेसन कन्क्लेभ’लाई सम्बोधन गर्दै उनले विदेश जाने बित्तिकै सबै कुरा प्राप्त गर्न सकिन्छ भन्ने भ्रमबाट युवाहरुलाई मुक्त हुन… Continue reading ‘स्वदेशमै अवसर खोजौँ, विदेश जाने बित्तिकै सबै कुरा पाइँदैन’- अर्थमन्त्री
एमाले अध्यक्ष ओलीलाई सदनको अवरोध अन्त्य गर्न राष्ट्रपति पौंडेलको सुझाव
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बुधवार भएको भेटमा समसामयिक राजनीति र संसद्का गतिरोधका बारे छलफल भएको थियो । लामो समयसम्म संसद नचल्दा जनतामा नैराश्यता बढ्नुका साथै नकारात्मक प्रभाव पर्ने भन्दै राष्ट्रपतिले ओलीलाई ध्यानाकर्षण जनाएका थिए । दलहरुबीच आपसी सहमति गरेर अघि बढ्न… Continue reading एमाले अध्यक्ष ओलीलाई सदनको अवरोध अन्त्य गर्न राष्ट्रपति पौंडेलको सुझाव