काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बुधवार भएको भेटमा समसामयिक राजनीति र संसद्का गतिरोधका बारे छलफल भएको थियो । लामो समयसम्म संसद नचल्दा जनतामा नैराश्यता बढ्नुका साथै नकारात्मक प्रभाव पर्ने भन्दै राष्ट्रपतिले ओलीलाई ध्यानाकर्षण जनाएका थिए । दलहरुबीच आपसी सहमति गरेर अघि बढ्न… Continue reading एमाले अध्यक्ष ओलीलाई सदनको अवरोध अन्त्य गर्न राष्ट्रपति पौंडेलको सुझाव
Category: समाचार
एसियन अवार्ड ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ विनोद चौधरीलाई
काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवम् सांसद विनोद चौधरीले एसियन अवार्ड ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ पाउने भएका छन्। उक्त अवार्ड दुबईस्थित म्यूजियम अफ दि फ्युचर भवनमा आगामी ७ अक्टोबरमा चौधरीलाई हस्तान्तरण गरिनेछ। एसियन अवार्डले व्यवसाय, कला, प्रविधि, राजनीति, खेलकुद र समाजसेवामा उत्कृष्ट योगदान पुर्याउने प्रतिभालाई सम्मान गर्दै आएको छ। यस अवार्डबाट यसअघि आर्ट अफ… Continue reading एसियन अवार्ड ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ विनोद चौधरीलाई
मन्त्रालयको योजना अनुसार काठमाडौं ‘खाल्डाखुल्डी’रहित बन्ला ?
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षातको समय सकिएलगत्तै ‘खाल्डाखुल्डीरहित काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौंका सडकमा मुख्य खाल्डा बनाउने खानेपानी तथा नेपाल विद्युत प्राधिकरणसँग छलफल गरेपछि मन्त्रालयले अभियान थाल्ने भौतिक मन्त्री प्रकाश ज्वालाले जानकारी दिएका छन् । खानेपानी, नेपाल विद्युत प्राधिकरण र वर्षातका कारण काठमाडौंका सडकमा धेरै खाल्डाखुल्डी देखिने गरेका छन्… Continue reading मन्त्रालयको योजना अनुसार काठमाडौं ‘खाल्डाखुल्डी’रहित बन्ला ?
कित्ताकाट खुल्दा अर्थतन्त्रमा कस्तो पर्ला प्रभाव ?
काठमाडौं । समग्र अर्थतन्त्रमै शिथिलता आएपछि सरकारले वर्गीकरण नगरी जग्गा कित्ताकाट गर्न नपाइने व्यवस्था हटाएको छ । गत वर्षको मंसिर २३ देखि जग्गाको वर्गीकरणपछि मात्रै कित्ताकाट गर्नुपर्ने व्यवस्था सरकारले गरेको थियो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अब जग्गाको कित्ताकाट पुरानै नीतिनियम अनुसार हुनेछ । त्यसका लागि मन्त्रिपरिषद् बैठकले भू–उपयोग नियमावली २०७९ संशोधन गरी उक्त व्यवस्था गरेको… Continue reading कित्ताकाट खुल्दा अर्थतन्त्रमा कस्तो पर्ला प्रभाव ?
पारस खड्का बने काठमाडौं क्रिकेट संघको सदस्य
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा चयन भएका छन् । मंगलबार सम्पन्न काठमाडौं जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण सभाले दिवाकर घलेको नेतृत्वमा कार्यसमिति चयन गरेको छ, जसमा पारस सदस्य चयन भएका हुन् । खेलाडी जीवनबाट सन्यास लिएपछि पहिलो पटक पारस जिल्लाको सदस्य बनेका हुन् । काठमाडौं… Continue reading पारस खड्का बने काठमाडौं क्रिकेट संघको सदस्य
डिजेट र पेट्रोलमा भारी मूल्यवृद्धि
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल\मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ तोकिएको मूल्य आज राति १ बजेदेखि लागू हुने निगमका प्रवक्ता मनोज… Continue reading डिजेट र पेट्रोलमा भारी मूल्यवृद्धि
कक्षा १२ को परिक्षाफल सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने… Continue reading कक्षा १२ को परिक्षाफल सार्वजनिक
हज यात्राका लागि आवेदन खुल्यो, १२ सय जनाको कोटा निर्धारण
काठमाडौं । नेपाल हज समितिले सन् २०२४ को हज यात्राका लागि आवेदन दिन आग्रह गरेको छ । सन् २०२४ (हज १४४५) का लागि नेपालबाट १२ सयजना इस्लाम धर्मावलम्वीहरूका लागि हज गर्न सक्ने गरी साउदी अरब सरकारबाट कोटा आएको छ । नेपाल हज समितिले मंगलबार एक सूचना जारी गर्दै हज गर्न चाहने इच्छुक मुस्लिम धर्मावलम्बीले साउन… Continue reading हज यात्राका लागि आवेदन खुल्यो, १२ सय जनाको कोटा निर्धारण
लाङटाङ हाइड्रोपावर आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रू
काठमाडौं । रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाट क्षमताको लाङटाङ हाइड्रोपावर आयोजनाको मुख्य सुरुङ निर्माणको काम सकिएको छ । योजनाले ३.८ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न गरेको हो । गोसाइकुण्ड गाउँपालिका( ५ स्याफ्रुबेसीस्थित लाङटाङ खोलामा रहेको पावर हाउससम्म गुरुङ निर्माण गरिएको आयोजना निर्माण पक्ष आरएम ग्रुपका कम्पनी सचिव जनार्दन अर्यालले जानकारी दिए । आयोजना निर्माणको काम… Continue reading लाङटाङ हाइड्रोपावर आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रू
रुसमा पेट्रोल पम्पमा विष्फोट, कम्तिमा एक दर्जन मारिए
काठमाडौं । रुसको दक्षिणी क्षेत्र डागेस्तानको एक पेट्रोल पम्पमा विस्फोटपछि भएको आगलागीमा परी कम्तीमा १२ जना मानिसको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। यद्यपि मृतकको सङ्ख्याबारे स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ । चिकित्सकलाई उद्धृत गरिएको एक अपुष्ट रुसी विवरणका अनुसार मृत्यु हुनेको सङ्ख्या करिब २५ पुगेको छ र ६० जनाभन्दा… Continue reading रुसमा पेट्रोल पम्पमा विष्फोट, कम्तिमा एक दर्जन मारिए
ललिता निवास प्रकरणमा पूर्वमुख्य सचिव लीलामणि पौड्यालसँग सोधपुछ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास प्रकरणमा पूर्वमुख्य सचिव लीलामणि पौड्यालसँग सोधपुछ गरेको छ। ब्युरोले उनलाई बोलाएर बालुवाटारको ललिता निवास प्रकरणमा उनको संलग्नताबारे सोधपुछ गरेका हो । पौड्यालले २०६९ साउन २२ गतेदेखि २०७२ साउन २१ गतेसम्म मुख्य सचिव थिए। गत साउन २१ गते मात्रै सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मन्त्रिपरिषदका… Continue reading ललिता निवास प्रकरणमा पूर्वमुख्य सचिव लीलामणि पौड्यालसँग सोधपुछ
मुगुमा जिप दुर्घटना, कम्तिमा चार जनाको मृत्यु
काठमाडौं । मुगुमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै हुम्लाको सर्केगाड गाउँपालिका वडा नं २ रिप गाउँका छन् । सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सोमबार अपराह्न मुगुको सोरु गाउँपालिका-७ चिप्लेगाडामा दुर्घटना भएको थियो । प्रहरी नायब उपरीक्षक महेश बस्नेतका अनुसार मृत्यु हुनेमा… Continue reading मुगुमा जिप दुर्घटना, कम्तिमा चार जनाको मृत्यु
२९ भदौबाट पुनः अनसन बस्ने गोविन्द केसीको घोषणा
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा पदाधिकारी नियुक्ति लगायतका माग राखेर २९ भदौमा अनशन बस्ने घोषणा गरेका छन् । सोमबारदेखि अनशन बस्ने घोषणा गरे पनि सरकारले माग पूरा गर्ने आश्वासन दिएकाले एक महिना अनशन स्थगित गरेको केसीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । उनले सीटीईभीटीले पछिल्लो समय निजी कलेजको… Continue reading २९ भदौबाट पुनः अनसन बस्ने गोविन्द केसीको घोषणा
सुन काण्डमा उच्चस्तरीय समिति नचाहिने सत्तारुढ दलको निष्कर्ष
काठमाडौं । सत्तारुढ राजनीतिक दलहरुले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको निष्कर्ष निकालेका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति माग्नु अनुसन्धानलाई अझै लम्ब्याउनु रहेको निष्कर्ष निकालेको हो । उच्चस्तरीय आयोग माग्नु भनेको भइरहेको अनुसन्धानलाई डाइल्युट गर्नु भन्ने निष्कर्ष पार्टीहरुको छ । त्रिभुवन विमानस्थल… Continue reading सुन काण्डमा उच्चस्तरीय समिति नचाहिने सत्तारुढ दलको निष्कर्ष
एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक एक साताको लागि स्थगित भएको छ । सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेका सांसदहरुले उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले भदौ ३ गते १ बजेसम्मको लागि बैठक स्थगित गरेका हुन् ।
‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा राखिने
आइतबार बसेको सर्वपक्षीय बैठकले गोरखा नगरपालिका-७, सतिपीपलस्थित राममाया शाहीको घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन गर्ने निर्णय गरेको छ । घरका परिवारले परापूर्वकालदेखि कूल देवता मानेर पूजा गर्दै आएको र गोर्खाली जनताले पनि यसलाई शक्तिको प्रतिकका रुपमा लिएकाले बाहिर नपठाउने निर्णय भएको हो । किष्टललाई समयसमयमा आफूहरुले… Continue reading ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा राखिने
‘कर तिरेर जति पनि सुन ल्याउन दिऔं’
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर तिरेर जति पनि सुन ल्याउन दिए तस्करी नियन्त्रण हुने दाबी गरेका छन् । संसदीय दलको बैठकमा उनले सुन धेरै तस्करी हुन थालेकाले कर तिरेर खुला गर्ने व्यवस्था गर्नुपर्ने बताएको बैठकमा सहभागी एक नेताले बताए । बैठकमा भने, ‘कर लगाएर सुन आयात खोल्नुपर्छ । आयात खुला… Continue reading ‘कर तिरेर जति पनि सुन ल्याउन दिऔं’
बागमतीका सबै प्रादेशिक अस्पतालमा क्याबिन र आईसीयूबाहेक सबै बेड निःशुल्क
काठमाडौं । भदौ १ गतेदेखि बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालहरूमा बिरामी भर्ना सेवा निःशुल्क हुने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै निःशुल्क रुपमा बिरामी भर्ना गर्न अस्पतालहरुलाई निर्देशन दिएको हो। ती अस्पतालका क्याबिन, एनआईसियू र आईसीयूबाहेक अरू सबै शय्या निःशुल्क गरिनेछ । प्रदेशअन्तर्गत १३ जिल्लाका १३ प्रादेशिक अस्पतालका ८११ शय्या निःशुल्क… Continue reading बागमतीका सबै प्रादेशिक अस्पतालमा क्याबिन र आईसीयूबाहेक सबै बेड निःशुल्क
ब्रेक शु बाट निकालियो तस्करीको सुन
काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन निकाल्न सुरू गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो सुन जोख्न ब्रेक शुबाट सुन निकाल्न थालेको हो। साउन २ गते अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपाँस भएर बाहिरिएको अवस्थामा करिब १ क्विन्टल सुन बरामद भएको थियो।… Continue reading ब्रेक शु बाट निकालियो तस्करीको सुन
कस्तो रहनेछ आजको मौसम ?
एक साता देखिको निरन्तरको वर्षा सोमबार पनि निरन्तर हुने भएको छ । सोमबार बिहानै देखि वर्षा भई रहेको छ भने दिनभर देश भरी भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको पहाडी भू–भागको नजिक अवस्थित रहेको छ। जसको प्रभावले हाल देशभर पूर्णतया बदली रही सबै… Continue reading कस्तो रहनेछ आजको मौसम ?
बाढीका कारण क्षतविक्षत कागबेनी
काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनी बाढीका कारण क्षतविक्षत भएको छ । बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको छ । आइतबार राति करिब आठ बजे कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्याएको हो । मानवीय क्षति भने भएको छैन । कागबेनीको बस्तीमा बाढी पसेको सूचनापछि कागबेनी आएका प्रमुख जिल्ला… Continue reading बाढीका कारण क्षतविक्षत कागबेनी
सप्तकोशीमा आयो ठूलो बाढी, सबै ढोका खोलियो
काठमाडौं । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षपछिकै उच्च मापन भएको छ । बाढीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको र खतराको संकेत स्वरुप रातो बत्ती बालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् डिएसपी राजकुमार राईले जानकारी दिएका छन् । उनका अनुसार आज बिहान चार बजे पानीको बहाव ४ लाख ६२ हजार… Continue reading सप्तकोशीमा आयो ठूलो बाढी, सबै ढोका खोलियो
माओवादीका मन्त्री मोदी सरकारबाट फिर्ता
काठमाडौ. । नेकपा माओवादी केन्द्रले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतवारको पदाधिकारी बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउन माओवादीले आफ्नै पार्टीका मन्त्री मोदीलाई फिर्ता ल्याउने निर्णय गरेको उपमहासचिव वर्षमान पुनले जानकारी दिए । मोदीले सरकारमा राम्रो काम गर्दा गर्दै पनि यसअघि जनमत पार्टीसँग भएको सहमतिका आधारमा फिर्ता बोलाउने… Continue reading माओवादीका मन्त्री मोदी सरकारबाट फिर्ता
आफुमाथि लागेको आरोप प्रमाणित भए राजिनामा दिने अर्थमन्त्रीको स्पष्टीकरण
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाश शरण महतले गलत गरेको कुनै प्रमाण आए आफू पदमा नबस्ने बताएका छन्। आइतबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दल बैठकमा बोल्दै उनले आफूले गलत काम नगरे पनि विभिन्न व्यक्तिहरूले आक्षेप लगाउने गरेको बताए। ‘ममाथि व्यक्तिगत प्रहार भइरहेका छन्, व्यर्थको लाञ्छना लगाउने काम भइरहेको छ,’ महतले भने, ‘किन… Continue reading आफुमाथि लागेको आरोप प्रमाणित भए राजिनामा दिने अर्थमन्त्रीको स्पष्टीकरण
बर्दियामा दाउरा टिप्ने क्रममा तीन जनालाई बाढीले बगायो
काठमाडौं । बर्दियामा बबई नदीले तीन जनालाई बगाएको छ । तीनै जनाको अवस्था अज्ञात छ। बाढीका क्रममा दाउरा संकलनका लागि गएका गुलरिया नगरपालिकाका तीन जना युवालाई आइतबार बबईको बाढीले बगाएको हो । गुलरिया– १२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारूलाई मध्याह्न १२ बजे, गुलरिया– ८ थपुवाका २७ वर्षीय अक्षय चौधरीलाई साढे १ बजे र गुलरिया– २… Continue reading बर्दियामा दाउरा टिप्ने क्रममा तीन जनालाई बाढीले बगायो
युवती प्रयोग गरी बंगलादेशका नागरिकलाई बोलाएर काठमाडौंमा बन्धक, दुई नेपालीसहित ६ जना पक्राउ
काठमाडौं । जागिरको प्रलोभन देखाएर बंगलादेशदेखि नेपाल बोलाएर बन्धक बनाउँदै फिरौती उठाउने गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चारजना बंगाली र दुईजना नेपाली नागरिक छन् । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो । बन्धक बनाउँदै परिवारसँग फिरौती माग गर्ने समूहका ६ जनालाई विभिन्न ठाउँबाट पक्राउ… Continue reading युवती प्रयोग गरी बंगलादेशका नागरिकलाई बोलाएर काठमाडौंमा बन्धक, दुई नेपालीसहित ६ जना पक्राउ
विदेशवाट आउने यात्रुका लागि त्रिवि विमानस्थलमा स्वघोषणा कक्ष संञ्चालन
काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशवाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष संचालनमा ल्याएको छ । विदेशवाट फर्कीएका यात्रुले मापदण्ड भन्दा वढी सुन गरगहना विदेशी मुद्रा टीभी तथा मोवाइल फोन ल्याउने र स्वघोषणा नगरी वाहिरिदाँ भन्सार छली अनुसार कारवाहीको भागीदार हुने गरेका थिए । स्वघोषणा कक्ष संचालनपछि यात्रुले आफूसंग भएको मालवस्तुको स्वयं घोषणा गर्न… Continue reading विदेशवाट आउने यात्रुका लागि त्रिवि विमानस्थलमा स्वघोषणा कक्ष संञ्चालन
एमालेले भन्यो ‘सुन तस्करीमा सरकारकै उच्च नेतृत्व संलग्न छ’
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बरामद भएको १०० केजी अवैध सुन तस्करी प्रकरणमा सत्ताकै मान्छेहरुको संलग्नता रहेको जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै उक्त कुरा उल्लेख गरेका हुन्। एमालेले ई-सिगरटे प्रकरणमा सत्तारुढ पार्टीका नेता (कृष्णबहादुर महरा) माथि सोधखोज समेत नगरेकोमा आश्चर्य व्यक्त गरेको छ। ‘सत्तारुढ दलकै… Continue reading एमालेले भन्यो ‘सुन तस्करीमा सरकारकै उच्च नेतृत्व संलग्न छ’
आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित : केही ‘डाइभर्ट’, कुनै रद्द
काठमाडौं । हिजो रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान ‘डाइभर्ट’ भएका छन् भने केही उडान रद्द भएका छन् । वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका… Continue reading आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित : केही ‘डाइभर्ट’, कुनै रद्द
पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री बने काकर
काठमाडौं । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले शनिबार सांसद अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएका छन् । राष्ट्रपति अल्वीले पाकिस्तानको संविधानको धारा २२४ (१–ए) अनुसार स्वीकृति दिएका हुन् । यसअघि पाकिस्तानका प्रधानमन्त्री सहबाज शरिफले विपक्षी दलका नेता राजा रियाजसँग विस्तृत परामर्श गरेपछि उनको नाम राष्ट्रपतिसमक्ष पठाएको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । काकर सन्… Continue reading पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री बने काकर