मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुईको अवस्था गम्भीर

अर्घाखाँची, ३० असोज : यहाँको छत्रदेव गाउँपालिका–१ सौरेखोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा पाणिनी गाउँपालिका–५ का २१ वर्षीय तारा बेलबासे र गुल्मीको छत्रकोट गाउपालिका–६ का ३५ वर्षीय सुमन सुनारको मृत्यु भएको हो । उनीहरू दुवै… Continue reading मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुईको अवस्था गम्भीर

रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान

राससगुल्मी, ३० असोजः गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षीत क्षेत्र दुर्लभ चराहरुको मुख्य आश्रयस्थल बन्दै गएको छ । विश्वमा पाइने दुर्लभ चराहरुमध्ये गुल्मीमा ६ प्रजातिका फेला परेका छन् । गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्र दुर्लभ चराहरुको मुख्य वासस्थान रहेको नेपाल पंक्षी संरक्षण सङ्घका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिए । दुर्लभ प्रजातिका चरामध्ये… Continue reading रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि जारी

तस्बिर: रासस

काठमाडौँ, ३० असोजः नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकको आज पनि जारी छ । ललितपुरको जावालाखेलमा जारी उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्ना धारणा र सुझाव राखिरहेका छन् । पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बुधबार बसेको बैठकमा ५० केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका… Continue reading एमाले केन्द्रीय कमिटीको बैठक आज पनि जारी

एक्सनमा कुलमान : सिँचाइका रुग्ण ठेक्का तोडिँदै

काठमाडौँ, ३० असोजः ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न थालिएको छ । बबई सिँचाइ आयोजनाले करिब ६ वर्षअघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने आज सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष… Continue reading एक्सनमा कुलमान : सिँचाइका रुग्ण ठेक्का तोडिँदै

विश्वकपमा स्थान बनाइसकेका दुई टोलीको भिडन्त, नेपाल विजयी

काठमाडौँ, ३० असोज । आइसीसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भर्खरै सम्पन्न खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर ११३ रन बनायो । ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक… Continue reading विश्वकपमा स्थान बनाइसकेका दुई टोलीको भिडन्त, नेपाल विजयी

इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

File : This frame grab from a drone video shot on Saturday, Oct. 11, 2025, shows Palestinians walking past destroyed buildings in Gaza City, in the northern Gaza Strip. (AP Photo)

जेरुसलेम, ३० असोज (रासस\एएफपी) । गाजा र इजिप्टबीचको सहायता मार्ग राफा सीमा बुधबार पुनः बन्द गरियो । इजरायलले हमासलाई आफ्नो अन्तिम मृतक बन्धकहरूको अवशेष हस्तान्तरण गर्न आग्रह गर्दै उक्त सीमालाई बन्द गरेको हो। इजरायली सार्वजनिक प्रसारक ९कान०ले सीमा पार विन्दु पुनः खुल्ने जानकारी दिएपनि बुधबार अवेरसम्म यो नाका खुल्न सकेको छैन । इजरायली सरकारका एक… Continue reading इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु

photo : Google

नयाँ दिल्ली, २९ असोज (रासस\सिन्ह्वा) । भारतको पश्चिमी राज्य राजस्थानमा एक निजी बसमा आगलागी हुँदा मङ्गलबार कम्तीमा २० जनाको ज्यान गएको सरकारी अधिकारीहरूले बताएका छन् । उक्त चलिरहेको बस राजस्थानको जैसलमेर जिल्लास्थित थायत गाउँ नजिकै सडकमा अचानक आगो लागेको थियो । यो स्थान राजस्थानको राजधानी जयपुरबाट करिब ५४८ किलोमिटर पश्चिममा पर्दछ । अधिकारीहरूका अनुसार ५७… Continue reading भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बङ्गलादेशको कपडा कारखानामा आगलागी हुुदाँ १६ जनाको मृत्यु

(251015) -- DHAKA, Oct. 15, 2025 (Xinhua) -- This photo taken on Oct. 15, 2025 shows the site of a fire at a garment factory and a chemical warehouse in Dhaka, Bangladesh. At least 16 people were killed after a devastating fire tore through a garment factory and a chemical warehouse in the Bangladeshi capital of Dhaka. (Photo by Habibur Rahman/Xinhua)

ढाका, ३० असोज (रासस\क्यूएनए) । बङ्गलादेशको उत्तरी ढाकामा रहेको कपडा कारखाना र नजिकैको रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ । अग्निशमन विभागका निर्देशक ताजुल इस्लाम चौधरीले मृतकको सङ्ख्या बढ्न सक्ने उल्लेख गर्दै आगलागीको कारण अहिले सम्म थाहा नभएको बताए । कपडा कारखानाको दोस्रो र तेस्रो तलामा… Continue reading बङ्गलादेशको कपडा कारखानामा आगलागी हुुदाँ १६ जनाको मृत्यु

पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौँ, २९ असोजः जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले तत्काल प्राप्त प्रमाणबाट सुन तस्करीमा महराको पनि संलग्नता देखिएको ठहर गर्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकोे हो । जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार अदालतले पुर्पक्षका… Continue reading पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

पेट्रोलको मूल्य घट्यो, डिजेलको यथावत

काठमाडौँ, २९ असोजः नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु दुईले घटाएको हो । निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य भने यथावत राखिएको छ । नयाँ कायम मूल्यअनुसार आज रातिबाट काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर रू १५९, सुर्खेत र दाङमा रू… Continue reading पेट्रोलको मूल्य घट्यो, डिजेलको यथावत

सुरक्षाकर्मीको एसएलआर लुटेर प्रदर्शन गर्ने पक्राउ, यसअघि नै अपराधमा रहेको पुष्टी

काठमाडौँ, २९ असोजः जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको हतियार लुटपाट गरी प्रदर्शन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२६ सुनाकोठीका सम्राट भन्ने राजु परियार रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । उनले भने, “गत भदौ २४ गते भएको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी गर्ने… Continue reading सुरक्षाकर्मीको एसएलआर लुटेर प्रदर्शन गर्ने पक्राउ, यसअघि नै अपराधमा रहेको पुष्टी

मधेस प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

महेन्द्रनगर, २९ असोजः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्रप्रसाद सोनल आज मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । नयाँ नेतृत्वका लागि आज दिउँसो ४ः०० बजेसम्म प्रदेश प्रमुख भण्डारीले समयसीमा तोकिएकोमा बिहान कांग्रस एमालेबाहेकको छ दलको… Continue reading मधेस प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

उद्योगको भित्तो भत्किँदा तीन जनाको मृत्यु

चितवन, २९ असोज । पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दानाको ४ नम्बर भित्तो आज बिहान ९ः५० बजे भत्किएको थियो । भित्तो भत्किँदा उद्योगमा काम गर्ने पाँच जना घाइते भएका थिए । उनीहरूमध्ये तीन… Continue reading उद्योगको भित्तो भत्किँदा तीन जनाको मृत्यु

एमालेको केन्द्रीय कमिटी बैठक सुरु, ओलीले गरे लामो सम्बोधन

तस्बिर: रासस

ललितपुर, २९ असोजः नेकपा ९एमाले०को दशौँँ केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको छ । जेनजी आन्दोलन, प्रतिनिधिसभाको विघटन र नयाँ सरकार गठनपछिको विशेष परिस्थितिका बीच पहिलोपटक एमाले केन्द्रीय कमिटीको बैठक बोलाइएको हो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन ऐतिहासिक घटनाक्रमबाट अघि बढेको दृष्टान्त प्रस्तुत गर्दै राष्ट्रिय… Continue reading एमालेको केन्द्रीय कमिटी बैठक सुरु, ओलीले गरे लामो सम्बोधन

सुनको मूल्यले राख्यो पुनः कीर्तिमान

काठमाडौँ, २९ असोजः स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला रु चार सयले बढेर रु दुई लाख ४८ हजार ९०० पुगेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ८५ ले घटेर आज तीन हजार २४० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो मङ्गलबार सुन… Continue reading सुनको मूल्यले राख्यो पुनः कीर्तिमान

बानेश्वरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

काठमाडौँ, २९ असोजः यातायात विभाग मीनभवनस्थित सडकखण्ड नयाँबानेश्वरमा जिप र मोटरसाइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा सिरानचोक–४ का २३ वर्षीय बालकृष्ण परियार रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए । यातायात विभाग मीनभवनस्थित सडकखण्डमा नयाँबानेश्वरबाट आएर सोही स्थानमा ‘राइट टर्न’… Continue reading बानेश्वरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

क्रिकेटः नेपाल टी–२० विश्वकपमा छनोट

काठमाडौँ, २९ असोजः नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि छनोट भएको छ । ओमानमा जारी एसिया एण्ड इएपी छनोटमा शीर्ष तीनमा परेसँगै नेपाल विश्वकपका लागि छनोट भएको हो । जारी प्रतियोगिताको ‘सुपर सिक्स’मा आज युएईले सोमाओलाई ७७ रनले पराजित गरेसँगै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो ।… Continue reading क्रिकेटः नेपाल टी–२० विश्वकपमा छनोट

मेडागास्करमा सेनाले गर्यो ‘कू प्रयास’, रजोएलिना अझै पदमा रहेको घोषणा

A resident of Antananarivo watches Madagascar President Andry Rajoelina’s address to the nation via the official Facebook page of the Presidency of Madagascar, from her home in Antananarivo on October 13, 2025. Madagascar's embattled President Andry Rajoelina said on October 13, 2025 he was sheltering in a "safe space" after an attempt on his life. "I was forced to find a safe place to protect my life today. In all this, I never stop looking for solutions," the 51-year-old leader said in a live address on Facebook, without revealing his location. (Photo by RIJASOLO / AFP)

अन्तानानारिभो, मेडागास्कर, २९ असोज (रासस÷एएफपी) । मेडागास्करको राष्ट्रपतिको कार्यालयले मंगलबार एक विशिष्ट सैनिक इकाइले सत्ता कब्जा गरेको दाबीलाई ‘कू प्रयास’ भन्दै कडा निन्दा गरेको छ । केही हप्तादेखि सरकारविरुद्ध चलिरहेको प्रदर्शनबीच आएको यो घटनालाई असंवैधानिक भन्दै राष्ट्रपति एन्ड्री रजोएलिना अझै पदमा रहेको पुष्टि गरिएको छ । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति महल… Continue reading मेडागास्करमा सेनाले गर्यो ‘कू प्रयास’, रजोएलिना अझै पदमा रहेको घोषणा

बजार बिस्तारमा मुस्ताङको स्याउ, एक वर्षमै एक अर्बभन्दा बढीको उत्पादन

राससमुस्ताङ, २९ असोजः मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ । गत वर्ष रु ९१ करोड ८६ लाख ७२ हजार बराबरको स्याउ बिक्री भएकामा यस वर्ष रु एक अर्ब… Continue reading बजार बिस्तारमा मुस्ताङको स्याउ, एक वर्षमै एक अर्बभन्दा बढीको उत्पादन

काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा

राससकाठमाडौँ, २९ असोजः जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा सुरु गर्न लागेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना प्रकाशित गरी राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने जनाएको हो । सीमित आवेदन स्टेशनबाट सुरु गर्न लागिएको सो सेवाका लागि आवेदन गर्न साँझ ५ः००… Continue reading काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा

बैंक–वित्तीय संस्थाले सिएसआर रकम आन्दोलन प्रभावितको हितमा खर्च गर्न सक्ने

काठमाडौँ, २९ असोजः बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ ९दोस्रो संशोधन०’ गर्दै बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकले सामाजिक उत्तरदायित्व वापतको रकम जेनजी आन्दोलनका… Continue reading बैंक–वित्तीय संस्थाले सिएसआर रकम आन्दोलन प्रभावितको हितमा खर्च गर्न सक्ने

बझाङमा भूकम्पको धक्का महसुस

काठमाडौँ, २९ असोजः बझाङमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १ः०८ मा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ । मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको छ । भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत… Continue reading बझाङमा भूकम्पको धक्का महसुस

महानगर र उपमहानगरभित्र घरजग्गा कम्पनीमार्फत कारोबार गर्दा अनुमति लिनुपर्ने

काठमाडौँ, २९ असोजः सरकारले रु तीन करोड मूल्यभन्दा माथिको घरजग्गा कारोबार कम्पनीमार्फत गर्दा अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । घरजग्गा कारोबारका लागि सीमा निर्धारण गर्दै सरकारले कम्पनी दर्ता र जग्गाको क्षेत्रफल जतिसुकै भएपनि हुने व्यवस्था गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस्तो व्यवस्था गरिएको जनाएको छ । घरजग्गा कारोबार गर्ने… Continue reading महानगर र उपमहानगरभित्र घरजग्गा कम्पनीमार्फत कारोबार गर्दा अनुमति लिनुपर्ने

इलामको जोगमाई खोलामा बनाइयो डाइभर्सन

राससफिक्कल, २९ असोज । मेची राजमार्गको विकल्पका रुपमा रहेको तिल्केनी–सिमलगोलाई सडकखण्ड बुधबारदेखि सञ्चालनमा आउने भएको छ । सडकखण्डअन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा डाइभर्सन निर्माण भएपछि बुधबारदेखि यातायात सञ्चालनमा आउने भएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए । “जोगमाई खोलामा हाइड्रोपावरको टेलरेस्ट र ह्युमपाइप बिच्छयाउने काम सकेर त्यहाँ बाटो… Continue reading इलामको जोगमाई खोलामा बनाइयो डाइभर्सन

उत्तर म्यासेडोनियाको नाइटक्लबमा आगलागीः मृतक सङ्ख्या ६३ पुग्यो

स्कोप्जे, उत्तर म्यासेडोनिया, २९ असोज (रासस\एएफपी) । उत्तर म्यासेडोनियाको कोचानीस्थित एक नाइटक्लबमा गत मार्चमा भएको आगलागीमा गम्भीर घाइते भएका एक सङ्गीतकर्मीको मङ्गलबार निधन भएपछि मृतक सङ्ख्या ६३ पुगेको छ । देशको अभियोजन कार्यालयका अनुसार, ४६ वर्षीय भ्लादिमिर ब्लाजेव–पान्चो स्कोप्जेस्थित अस्पतालमा सात महिनादेखि उपचाररत थिए । यो भीषण दुर्घटना मार्च १६ मा कोचानीमा आयोजना गरिएको हिप–हप… Continue reading उत्तर म्यासेडोनियाको नाइटक्लबमा आगलागीः मृतक सङ्ख्या ६३ पुग्यो

पितृकार्यकै बेला छोरा विपीन अस्ताएको खबर सुनेपछि…

Israeli police officers escort the coffins of four deceased hostages to the National Centre of Forensic Medicine in Abu Kabir for identification. Photo: Courtesy of Israel Police

महेन्द्रनगर, २८ असोजः महानन्द जोशीलाई हमासको नियन्त्रणबाट छोरा विपीन मुक्त होला भन्ने आशा सोमबार बिहानसम्मै थियो । गाजा क्षेत्रबाट हमासले २० जना बन्धकको नामावली सार्वजनिक गर्दा विपीनको नाम नदेखिएपछि परिवारसँगै उनको प्रतीक्षामा रहेका धेरैको मनमा चिसो पस्यो । सोमबार दिनभरजसो सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा विपीनबारे मिश्रित समाचारहरु आइरहेका बेला विपीनका बुबा महानन्द भने भीमदत्त नगरपालिका–१ स्थित… Continue reading पितृकार्यकै बेला छोरा विपीन अस्ताएको खबर सुनेपछि…

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट पेस

काठमाडौँ, २९ असोजः सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा विघटनविरुद्ध एकैदिन १० वटा रिट निवेदन पेस भएका छन् ।गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनमा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगित गरिएको थियो । आजदेखि रिट निवेदन दर्ता र… Continue reading प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट पेस

विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू

काठमाडौँ, २९ असोजः विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू गरिएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी इजरायलस्थित नेपाली दूतावासका प्रतिनिधिले आज तेल अविवस्थित ‘नेशनल सन्ेटर फर फरेन्सिक मेडिसिन’को भ्रमण गरी विपिनको शवबारे थप पुष्टि गरेको र शव नेपाल ल्याउनेबारे प्रक्रिया सुरु भएको जनाएको… Continue reading विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू

चालु खाता र शोधनान्तर बचतमा, २८ खर्ब ८१ अर्ब बराबरको विदेशी मुद्रा सञ्चिति

सुबास ढुंगाना/रासस

२८ असोज, काठमाडौं । यस्तै, चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ । यस अवधिमा चालु खाता रु एक खर्ब ३० अर्ब ६९ करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ५४ अर्ब ४१ करोडले बचतमा रहेको थियो । यस्तै, भदौ… Continue reading चालु खाता र शोधनान्तर बचतमा, २८ खर्ब ८१ अर्ब बराबरको विदेशी मुद्रा सञ्चिति

मुद्रास्फीति एक दशमलव ८७ प्रतिशत मात्र

काठमाडौँ, २८ असोजः गत भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ८७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति एक दशमलव ३४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा… Continue reading मुद्रास्फीति एक दशमलव ८७ प्रतिशत मात्र