नेपाल र यूएईबीच दोस्रो खेल आज

८ वैशाख, काडमाडौं । नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी–२०आई सिरिज अन्तर्गत आज दोस्रो खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । यसअघि सोमबार भएको खेलमा नेपाल डीएल पद्धति अनुसार ६ विकेटले पराजित भएको थियो । नेपालमा पहिलोपटक रातको समयमा अन्तर्राष्ट्रिय खेल भएको हो । सोमबारको खेलमा पहिलो… Continue reading नेपाल र यूएईबीच दोस्रो खेल आज

सरकारले खुलायो पुनः श्रम स्वीकृति

८ वैशाख, काठमाडौं । वैदेशिक रोजगार विभागले पश्चिम एसियाका देशमा जाने श्रमिकका लागि नयाँ र पुनः श्रम स्वीकृति दिने निर्णय गरेको छ । यसअघि पश्चिम एसियाका देशमा कार्यरत रहेकै बेला बिदामा घर आएका नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति सुचारु गरेको विभागले सोमबारदेखि भने नयाँ जानेको हकमा पनि श्रम स्वीकृति दिने निर्णय गरेको हो ।… Continue reading सरकारले खुलायो पुनः श्रम स्वीकृति

तराईमा तातो हावा चल्ने सम्भावना, सचेत रहन आह्वान

काठमाडौँ, वैशाख ८ गते । हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार कोशी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी भू–भागमा… Continue reading तराईमा तातो हावा चल्ने सम्भावना, सचेत रहन आह्वान

भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द

झापा, वैशाख ८ गते । भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ । भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ बजेदेखि वैशाख १० गते मतदान सम्पन्न नभएसम्म काँकरभिट्टासँग सीमा जोडिएको पानीटङ्की नाकाबाट मानिस तथा सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द गरेको जिल्ला प्रहरी… Continue reading भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द

यस्तो छ आज निर्धारित विदेशी विनिमय दर

८ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुुसार आज अमेरिकी डलर, युके पाउण्ड, स्वीस फ्रयांक र क्यानेडियन डलरको भाउ बढेको छ । अष्ट्रेलियन डलरको भाउ भने हिजोको तुलनामा केही घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा तोकिएको छ । हिजो… Continue reading यस्तो छ आज निर्धारित विदेशी विनिमय दर

सुन चोरीमा संलग्न दुई पाकिस्तानी नागरिक कपिलवस्तुबाट पक्राउ

८ वैशाख, काठमाडौं । सुन चोरीमा संलग्न दुई जना पाकिस्तानी नागरिकलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाकिस्तान घर भएका २३ वर्षीय इरफान अली र ४४ वर्षीय सैफ उर रहमान रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।वैशाख ५ गते पक्राउ परेका उनीहरुको साथबाट १७ हजार १३६ अमेरिकी… Continue reading सुन चोरीमा संलग्न दुई पाकिस्तानी नागरिक कपिलवस्तुबाट पक्राउ

उदयपुरमा आगलागी, २ जनाको मृत्यु

file

८ वैशाख, काठमाडौं । उदयपुरको चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का छन् । आगोमा जलेर अस्मिता खड्का घाइते छिन् । उनको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ । आज बिहान करिब पौने ३ बजेबाट लक्ष्मीनारायणको… Continue reading उदयपुरमा आगलागी, २ जनाको मृत्यु

नवनियुक्त चार राजदूतद्वारा प्रमाणपत्र पेस

८ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त चार गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार शाक्यका अनुसार सोमबार राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालका लागि गैर आवासीय राजदूतहरू गाम्बियाका मुस्तफा जवारा, क्यानडाका क्रिस्टोफर कुटर, स्लोभेनियाका टोमाज मेन्सिन् र अल्जेरियाका एब्डेनर खेरिफीले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका… Continue reading नवनियुक्त चार राजदूतद्वारा प्रमाणपत्र पेस

घरेलु मैदानमा भएको ऐतिहासिक खेलमा हार्यो नेपाल

७ वैशाख, काठमाडौं । यूएईसँगको टी–२०आई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । त्रिवि क्रीकेट मैदानमा वर्षाका कारण केही समय रोकिएपछि यूएईले डिएल मेथर्डका आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य युएईले ७ बल बाकी छदै ४ विकेट गुमाएर पूरा गर्‍यो । युएईका कप्तान मोहम्मद वासिमले सर्वाधिक ३३… Continue reading घरेलु मैदानमा भएको ऐतिहासिक खेलमा हार्यो नेपाल

चौतर्फी आलोचनाका बीच गृहमन्त्रीको चेतावनी : कारवाही रोकिन्न

७ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्षौंदेखि राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेकाहरू अहिले डराएको टिप्पणी गरेका छन् ।सञ्जालबाट आफूमाथि उठेका प्रश्नको लामो जवाफ दिएका गुरुङले सोमबार राति पुनः अर्को स्टाटस लेखेका छन् । जहाँ उनले आफूविरुद्धका हल्लालाई छटपटिको संज्ञा दिएका छन् । ‘वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा… Continue reading चौतर्फी आलोचनाका बीच गृहमन्त्रीको चेतावनी : कारवाही रोकिन्न

प्रमुख प्रतिपक्षी कांग्रेसले भन्यो : गृहमन्त्रीमाथि निष्पक्ष छानबिन गर

७ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन प्रारम्भ गर्न सरकारसँग माग गरेको छ । कांग्रेसले सोमबार प्रेस विज्ञप्ति जारी गरेर गृहमन्त्री गुरूङमाथि लागेका आरोपहरूको ढाकछोप गरिए जनविश्वासमाथि गम्भीर आघात पुग्ने बताएको छ । ‘गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्,’ प्रवक्ता… Continue reading प्रमुख प्रतिपक्षी कांग्रेसले भन्यो : गृहमन्त्रीमाथि निष्पक्ष छानबिन गर

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी जारी

७ वैशाख, काठमाडौं । जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। भूकम्पलगत्तै जापानको मौसम विज्ञान एजेन्सीले सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ। सुरुवाती रिपोर्टमा ७.३ म्याग्निच्युड मापन गरिएको यस भूकम्पलाई पछि जापानले ७.५ म्याग्निच्युडमा संशोधन गरेको छ। भूकम्पको केन्द्रविन्दु देशको पूर्वी भागमा पर्ने सान्रिकु तटमा… Continue reading जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी जारी

अर्थमन्त्रीले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

७ वैशाख, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विषयगत मन्त्रालयका मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री वाग्ले र विषयगत सबै मन्त्रालयका मन्त्री तथा सचिवबीच आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट तयारी सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ । छलफलमा राष्ट्रिय योजना आयोग उपाध्यक्ष तथा सदस्य र प्रधानमन्त्रीका प्रशासन तथा… Continue reading अर्थमन्त्रीले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

भूपदेव शाह बने रास्वपा महामन्त्री

७ वैशाख, काठमाडौं । रास्वपाले भूपदेव शाहलाई महामन्त्री चयन गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । शाह यसअघि पार्टीमा केन्द्रीय सदस्य थिए । काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले पद छाडेर रास्वपा प्रवेश गर्दा भूपदेव पनि उनीसँगै सचिवालयमा थिए । प्रमुख स्वकीय सचिव… Continue reading भूपदेव शाह बने रास्वपा महामन्त्री

आज तराई भेगमा अधिक तातो, यस्तो छ प्रक्षेपण

सिरहाकाे लहान नगरपालिका-२१ कालाबन्जरमा शनिबार साँझ आएको विनाशकारी हावाहुरीले पूर्णरूपमा क्षति भएकाे झुप्रो (घर)को भग्नावशेष देखाउँदै भगुनीदेवी सदाय । मुसहर बस्तीका कुल ४२ घरपरिवारमध्ये हावाहुरीले आधाभन्दा बढी घरमा क्षति पुर्‍याएको छ । पीडित परिवारका लागि लहान नगरपालिकाले आज स्थलगत निरीक्षण गरी त्रिपाल, चामल, नुन र तेलसहितको तत्काल राहत सामग्री हस्तान्तरण गरेको छ । तस्बिर : सुदिप राउत / रासस

७ वैशाख, काठमाडौं । अधिकतम र न्यूनतम तापक्रमको वृद्धिसँगै केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । आज तराई मधेशका जिल्ला, उपत्यका र खोँचहरुमा तातो हावा चल्ने प्रक्षेपण छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा लेखिएको छ, ‘मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका… Continue reading आज तराई भेगमा अधिक तातो, यस्तो छ प्रक्षेपण

फ्लडलाइटमा नेपालले पहिलो अन्तर्राष्ट्रिय सिरिज खेल्दै

७ वैशाख, काठमाडौं । नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी–२०आई सिरिज अन्तर्गत आज पहिलो खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । नेपालमा पहिलोपटक रातको समयमा अन्तर्राष्ट्रिय खेल हुन लागेको हो । यस शृंखलाअघि नेपाली टोलीमा उल्लेख्य परिवर्तन भएको छ । कप्तानसहित केही अनुभवी र नियमित खेलाडी पनि… Continue reading फ्लडलाइटमा नेपालले पहिलो अन्तर्राष्ट्रिय सिरिज खेल्दै

सरकारले कर्मचारीको तलव १५\१५ दिनमा दिने

७ वैशाख, काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीहरूलाई १५–१५ दिनमा तलबभत्ता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन भनेको हो । महालेखा नियन्त्रक शोभाकान्त पौडेलका अनुसार यस्तो परिपत्र मन्त्रालयबाट आएको छ । अब उक्त निर्णय चाँडै कार्यान्वयन हुने उनले बताए । मन्त्रालयका अनुसार, समयमै कर्मचारीको… Continue reading सरकारले कर्मचारीको तलव १५\१५ दिनमा दिने

प्रधानमन्त्री बालेनले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै

७ वैशाख, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै छन् । यो छलफल दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ । प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या र समाधानका… Continue reading प्रधानमन्त्री बालेनले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै

विराट गोल्डकपको उपाधि झापा–११ लाई

मोरङ, ६ वैशाख । विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८औँ संस्करणको उपाधि झापा–११ ले जितेको छ । आज भएको फाइनलमा सम्राट स्पोर्टिङ क्लब विराटनगरलाई २–१ गोलको अन्तरले पराजित गरी झापाले उपाधि हात पारेको हो । उपाधिसँगै झापाले ११ लाख रूपैयाँ नगद र ट्रफी प्राप्त गरेको छ भने उपविजेता सम्राट स्पोर्टिङले पाँच लाख रूपैयाँ प्राप्त गरेको छ… Continue reading विराट गोल्डकपको उपाधि झापा–११ लाई

रोबोटले तोड्यो मानव कीर्तिमान

A robot starts off next to human marathon runners for the Beijing E-Town Half Marathon and Humanoid Half Marathon held on the outskirts of Beijing on Sunday April 19, 2026. (AP Photo/Ng Han Guan)

बेइजिङ, ६ वैशाख (रासस–एपी) । चीनको तीव्र गतिमा अघि बढिरहेको प्रविधि विकासलाई झल्काउने घटनामा बेइजिङमा आयोजित हाफ–म्याराथनमा एक मानवाकृति रोबोटले मानव विश्व कीर्तिमान नै उछिन्दै ऐतिहासिक सफलता हासिल गरेको छ । यस उपलब्धिले खेलकुद र कृत्रिम बौद्धिकताको सङ्गममा नयाँ युग सुरु भएको सङ्केत दिएको छ । बेइजिङ इकोनोमिक–टेक्नोलोजिकल डेभलपमेन्ट एरिया (बेइजिङ ई–टाउन) बाट सुरु भएको… Continue reading रोबोटले तोड्यो मानव कीर्तिमान

होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा

(260419) -- ISLAMABAD, April 19, 2026 (Xinhua) -- A security officer is seen on duty near the Nur Khan airbase in Rawalpindi, Pakistan, April 19, 2026. Pakistan has placed its capital Islamabad and the neighboring garrison city of Rawalpindi on high security alert ahead of the expected second round of U.S.-Iran talks. (Xinhua/Chen Zeguo)

तेहरान, ६ वैशाख (रासस–एएफपी) । इरानले संयुक्त राज्य अमेरिकाले आफ्ना बन्दरगाहहरूमाथिको नौसैनिक नाकाबन्दी नहटाएसम्म होर्मुजको जल डमरूमध्य पूर्ण रूपमा खुला नहुने स्पष्ट पारेसँगै क्षेत्रीय तनाव पुनः चुलिएको छ । केही समयका लागि खुलेको जलमार्ग फेरि अनिश्चित बनेपछि विश्व ऊर्जा बजारमा पनि पुनः चासो र चिन्ता बढेको छ । इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले टेलिभिजनमार्फत्… Continue reading होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा

कोरलानाका जोड्ने कागबेनी–छुसाङ सडक स्तरोन्नति गरिँदै

मुस्ताङ, ६ वैशाखः छिमेकी मुलुक चीन र भारतलाई जोड्ने कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले मुस्ताङको कागबेनी–छुसाङ खण्डको तीव्रगतिमा कालोपत्र तथा स्तरोन्नति गरिरहेको छ । हिउँदयामको अत्यधिक चिसो, हिमपात र गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण रोकिएको कोरला नाका जोड्ने कागबेनी–छुसाङ खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएको हो । नौ दशमलव आठ किलोमिटर रहेको उक्त खण्डको… Continue reading कोरलानाका जोड्ने कागबेनी–छुसाङ सडक स्तरोन्नति गरिँदै

राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट

काठमाडौँ, ६ वैशाखः राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेट भएको छ । टर्कीको इस्तानबुलमा जारी अन्तर व्यवस्थापिका सङ्घको १५२औँ महासभामा सहभागी हुन त्यहाँ पुग्नुभएका उहाँहरुबीच भेट भएको हो । भेटमा उनीहरुबीच नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ… Continue reading राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट

वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगञ्ज घण्टाघर क्षेत्रमा अतिक्रमण हटाइँदै वीरगञ्ज (पर्सा), ६ वैशाखः पर्साको वीरगञ्जस्थित घण्टाघर आसपासको क्षेत्रमा सडक डिभिजन कार्यालय हेटौँडाले आइतबार डोजर प्रयोग गरी अतिक्रमण गरेर निर्माण गरिएका घर, टहरा तथा अन्य संरचनाहरू भत्काइँदै । वीरगञ्जको गण्डकचोकदेखि–मितेरी पुलसम्म अतिक्रमण गरेर निर्माण गरिएका घर टहरालगायतका संरचना भत्काएको छ । तस्बिरः हिमाल लम्साल\रासस

वीरगन्ज (पर्सा), ६ वैशाखः सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहानैदेखि वीरगञ्जमा मुख्य सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा भत्काउन सुरु गरेको छ । त्रिभुवन राजपथअन्तर्गतको गण्डकचोकदेखि मितेरीपुलसम्म सडकको बीच भागबाट दायाँ–बायाँ २५–२५ मिटर सडक विस्तारका लागि अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सुरु गरिएको हो । सडक डिभिजन हेटौँडा कार्यालयले अब बिहान पाँच बजेदेखि करिब… Continue reading वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु

क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ, ६ वैशाख । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तरराष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको छ । ‘क्रुड’ आयल (कच्चा तेल) को मूल्यका तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढी तोकिएको भनी आमउपभोक्तालाई भ्रममा पार्ने प्रयास भइरहेको जनाउँदै निगमले त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो । क्रुड आयलको… Continue reading क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

सिरहा, ६ वैशाखः जिल्लामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको छ । अघिल्लो वर्षको तुलनामा यसपटक उत्पादन बढ्ने अपेक्षा गरिए पनि ‘मधुवा’ रोग र हुरीका कारण मञ्जर र टिकुला (चिचिला) झरेपछि किसानहरू चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार करिब नौ हजार २५ हेक्टर क्षेत्रफलमा लगाइएको आँपमा यस वर्ष मञ्जर निकै राम्रो लागेको… Continue reading हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

यसरी फेरिदैछ रुपाको रुप

वासुदेव पौडेल / रासस गण्डकी, ६ वैशाखः अबको तीन वर्षमा रुपाताल क्षेत्रले कतिलाई मोहित बनाउला ? अहिले नै अनुमान लगाउन कठिन हुनसक्छ । लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको सो ताल पर्यावणीय, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले उत्कृष्ट गन्तव्य तर्फ लम्किरहेको छ । यसका लागि जलस्रोत तथा… Continue reading यसरी फेरिदैछ रुपाको रुप

एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

नेपालगन्ज, ६ वैशाखः बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बनी प्रदेश बिएए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान गुलरिया नगरपालिका–७ स्थित तुलापुरमा ठक्कर दिँदा गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमि लामिछाने र उनका करिब सात वर्षीय नाति रिहान्सको… Continue reading एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता

सिबी अधिकारी–राससकाठमाडौँ, ६ वैशाखः अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा रु दुई अर्ब बढीको नोक्सानी भएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच वर्षसम्म अध्ययन बिदा पाउने प्रावधान छ । विश्वविद्यालयले योग्य, दक्षा र अनुसन्धानमैत्री प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तलबसहित अध्ययन बिदा दिने गरेको हो । तर प्रध्यापकहरूले बिदाको चरम दुरुपयोग गरेको पाइएको छ… Continue reading अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता

मन्त्रीहरुलाई आइफोन बाँडेको हल्ला सामाजिक सञ्जालमा, सञ्चारमन्त्रीले लिए यस्तो स्पष्टीकरण

नुवाकोट, ६ वैशाखः सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिएका सूचना हल्ला हुन वा आधिकारिक हुन भनेर चिन्न आवश्यक रहेको बताएका छन् । पछिल्लो समय सरकारले प्रत्येक मन्त्रीलाई नयाँ मोबाइल फोन उपलब्ध गराउने तयारी गरिरहेको भनी फैलिएको विषय पूर्ण रूपमा भ्रामक र कपोलकल्पित रहेको उनले बताए । यहाँको लिखु गाउँपालिका–६ स्थित छहरे… Continue reading मन्त्रीहरुलाई आइफोन बाँडेको हल्ला सामाजिक सञ्जालमा, सञ्चारमन्त्रीले लिए यस्तो स्पष्टीकरण