अछाम, ४ वैशाखः अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका–३ बल्दे का ३५ वर्षीय पहलसिंह बुढा र १३ वर्षीय छोरा नरि बुढा छन् । वैशाख ३ गते बेलुकाको समयमा कर्णालीपारि सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–७ स्थित वनबाट घाँस काटेर ल्याउने क्रममा कर्णाली नदीमा एक्कासि डुङ्गा… Continue reading डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
Category: समाचार
नाजुक युद्धविरामबीच अनिश्चित शान्ति प्रयास
बेरुत, ४ वैशाख (रासस–एपी) । हप्तौँदेखि जारी विनाशकारी सङ्घर्षपछि इजरायल र लेबनानबीच १० दिनका लागि युद्धविराम सुरु भए पनि मैदानको अवस्था अझै अनिश्चित देखिएको छ । मध्यरातदेखि लागू भएको यो सहमति क्षेत्रीय तनाव कम गर्ने प्रयासको रूपमा प्रस्तुत गरिएको छ, तर जमिनमा जारी झडप, अस्पष्ट सर्तहरू र आपसी अविश्वासले यसको दीर्घकालीन प्रभावमाथि प्रश्न उठाएको छ… Continue reading नाजुक युद्धविरामबीच अनिश्चित शान्ति प्रयास
भारतमा महिला आरक्षण विधेयक बहसमा
नयाँदिल्ली, ४ वैशाख (रासस–एपी) । भारतको संसद्मा महिलाका लागि एक तिहाइ सिट आरक्षण सुनिश्चित गर्ने ऐतिहासिक विधेयकमाथि बिहीबारदेखि बहस सुरु भएको छ । यस कदमले महिलाको राजनीतिक प्रतिनिधित्व बढाउने अपेक्षा गरिए पनि निर्वाचन क्षेत्र पुनः सीमाङ्कनसँग जोडिएकाले देशको राजनीतिक सन्तुलनमा गहिरो प्रभाव पार्न सक्ने बहस चर्किएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले अघि बढाउनुभएको यो प्रस्ताव… Continue reading भारतमा महिला आरक्षण विधेयक बहसमा
एआईसँग बलिउडको नयाँ दौड
मुम्बई, ४ वैशाख (रासस–एएफपी) । कृत्रिम बौद्धिकता (एआई) ले फिल्म उद्योगमा जोखिम र अवसर दुवै सिर्जना गरिरहेका बेला भारतमा भने यसै प्रविधिबाट पूर्णरूपमा बनेको पहिलो सफल बलिउड फिल्म निर्माण गर्ने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । यही दौडमा अग्रपङ्क्तिमा देखिएको परियोजना ‘महाराजा इन डेनिम्स’ अहिले विशेष चासोको केन्द्र बनेको छ । खुशवन्त सिंहको सन् २०१४… Continue reading एआईसँग बलिउडको नयाँ दौड
पूर्वानुमानभन्दा माथि चीनको वृद्धि
बेइजिङ, ४ वैशाख (रासस–एएफपी) । मध्यपूर्वको युद्धका कारण विश्व अर्थतन्त्र अनिश्चिततामा रहेका बेला चीनले भने सन् २०२६ को पहिलो त्रैमासिकमा अपेक्षाभन्दा राम्रो आर्थिक प्रदर्शन गर्दै पाँच प्रतिशत वृद्धि हासिल गरेको छ । यसले बाह्य दबाबबीच पनि चिनियाँ अर्थतन्त्रको स्थायित्वलाई देखाएको विश्लेषकहरूले बताएका छन् । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबिएस) ले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जनवरीदेखि… Continue reading पूर्वानुमानभन्दा माथि चीनको वृद्धि
घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
म्याग्दी, ४ वैशाख । रोजगारका लागि बहराइनमा पुगेका धवलागिरि गाउँपालिका–३ फलीयागाउँका ३९ वर्षीय भीम भण्डारीलाई स्वास्थ्यले साथ नदिएपछि चार वर्षमै घर फर्कनुपर्यो । तीन छोराछोरी, वृद्ध बुबाआमा, भाइबहिनीहरूको पठनपाठनदेखि घरव्यवहार चलाउने भीम विदेशबाट फर्किँदा निरास भए पनि हिम्मत हारेनन् । विदेशबाट फर्किएपछि बेरोजगार बनेका भीमलाई बाख्रापालन गर्ने सोच पलायो । आठ वर्षअघि सुरु गरेको घुम्तीगोठमा… Continue reading घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
मातातीर्थमा मातृभक्तको भीड
काठमाडौँ, ४ वैशाखः दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित मातातीर्थमा तर्पण, श्राद्ध र पूजा गर्नेको भीड लागेको छ । मातातीर्थमा बिहान ३ः०० बजेदेखि नै स्नान, दान, श्राद्ध, तर्पण र पूजा गर्ने र मेला भर्नेको घुइँचो बढेको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले राससलाई जानकारी दिए । आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा… Continue reading मातातीर्थमा मातृभक्तको भीड
मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
काठमाडौँ, ४ वैशाखः प्रधानमन्त्री वालेन्द्र शाहले आज मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) का अवसरमा सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले यस अवसरमा माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुने उल्लेख गर्दै आमाहरुप्रति सम्मान प्रकट गर्नुका साथै देशलाई आमाको प्रतीकका रूपमा लिँदै नेपालको उज्ज्वल भविष्यको कामना गरेका छन्… Continue reading मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
काठमाडौँ, ४ वैशाखः हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ । हिमाली भागमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मुख्यतया सफा मौसम रहेको छ । कोशी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज… Continue reading पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा
कञ्चनपुर, ४ वैशाख । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको परिवारमा खुसीयाली छाएको छ । लामो समयदेखि सम्पर्कविहीन रहेका छोरा दीपक जीवित रहेको खबर पाएपछि परिवार पुनर्मिलनको प्रतीक्षामा छ । घरको कमजोर आर्थिक अवस्थाका कारण १८ वर्षको उमेरमा रोजगारीको खोजीमा भारत गएका दीपक… Continue reading फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा
वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान-प्रविधि प्रयोगमा जोड
खोटाङ, ४ वैशाख । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव बिहीबारदेखि सुरु भएको छ । विद्यार्थी तथा युवापुस्तामा विज्ञान र प्रविधिप्रति रुचि बढाउँदै आगामी दिनमा वैज्ञानिक उत्पादन गर्ने उद्देश्यका साथ जिल्लामा पहिलोपटक वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी महोत्सवको आयोजना गरिएको हो । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक… Continue reading वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान-प्रविधि प्रयोगमा जोड
गैँडाको खागसहित चार जना पक्राउ
इनरुवा (सुनसरी), ४ वैशाख । सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले गैँडाको खागसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक श्याम कार्कीले जानकारी दिए । झापाबाट गैँडाको खाग लिएर… Continue reading गैँडाको खागसहित चार जना पक्राउ
काठमाडौंमा सडकआश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु
काठमाडौँ, ४ वैशाख । काठमाडौँ महानगरपालिकाले सडकआश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु गरेको छ । उद्धारमा महानगर प्रहरी बल, नेपाल प्रहरी, मानव सेवा आश्रम र वडाका जनप्रतिनिधिसहित सरोकारवाला सहभागितामा हरेक दिन तीन सिफ्टमा उद्धार कार्य हुने कामपाले जनाएको छ । काठमाडौँलाई सडकआश्रित सहयोगापेक्षीमुक्त सहर बनाउन कामपाले नेपाल प्रहरी, मानव सेवा आश्रम र स्थानीयहरूको सहभागिताका सडकमा… Continue reading काठमाडौंमा सडकआश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु
वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
काठमाडौँ, ४ वैशाख । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई… Continue reading वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउन प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफल
राससकाठमाडौँ, ४ वैशाखः सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशका मुख्यमन्त्रीहरूसँग करिब तीन घण्टा छलफल गरेका छन् । छलफलका क्रममा मुख्यमन्त्रीहरूले प्रदेशगत रुपमा आफ्ना समस्या राखेका थिए । प्रधानमन्त्री शाहले कुनै पनि विषयमा मुख्यमन्त्रीको जिज्ञासा सुन्ने बित्तिकै थप स्पष्ट पार्न र समाधानका विकल्पबारे अन्तरक्रियात्मक शैलीमा छलफल गरे ।… Continue reading सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउन प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफल
सङ्घीय संसद्का १२ विषयगत समितिको सभापतिमा मनोनयन दर्ता
काठमाडौँ, ३ वैशाखः सङ्घीय संसद्का १२ विषयगत समितिको सभापतिमा मनोनयन दर्ता भएको छ । समिति सभापतिको निर्वाचन कार्यक्रमअनुसार प्रतिनिधिसभाका दश र दुई संयुक्त समितिको सभापतिमा मनोनयन दर्ता भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । प्रतिनिधिसभाको अर्थ समितिको सभापतिमा डा कृष्णहरि बुढाथोकी, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य र… Continue reading सङ्घीय संसद्का १२ विषयगत समितिको सभापतिमा मनोनयन दर्ता
एमालेद्वारा वडा, पालिका र जिल्ला तहमा निर्वाचनको समीक्षामा
काठमाडौँ, ३ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको तल्लो तहबाट समीक्षा गर्न थालेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले निर्वाचनमा बेहोर्नुपरेको पराजयको समीक्षाका लागि वडा कमिटी, पालिका कमिटी र जिल्ला कमिटीमा काम सञ्चालन भइरहेका बताए । उनले ती तीनै तहले समीक्षा प्रतिवेदन प्रदेश कमिटीलाई पठाउने… Continue reading एमालेद्वारा वडा, पालिका र जिल्ला तहमा निर्वाचनको समीक्षामा
गैरकानुनी अभ्यास गर्ने अध्यागमनका कर्मचारीलाई कारबाही गरिने
काठमाडौँ, ३ वैशाखः अध्यागमन विभागले कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानुनी अभ्यास गर्ने कर्मचारीलाई कारबाही गर्ने भएको छ । विभागका प्रवक्ता निर्देशक टिकाराम ढकालले यसरी गैररकानुनी रूपमा प्रस्थान अनुमति दिने कर्मचारीमाथि आन्तरिक छानबिनको प्रक्रिया अघि बढाइएको बताए ।… Continue reading गैरकानुनी अभ्यास गर्ने अध्यागमनका कर्मचारीलाई कारबाही गरिने
कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
तानसेन (पाल्पा), ३ वैशाखः यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् । बगनासकाली गाउँपालिका–९ चापपानी झिरभञ्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल र चापपानी भुसालगाउँका ३९ वर्षीय शरण भुसाल मृतावस्थामा भेटिएका हुन् । बस्यालको हिजो बुधबार र भुसालको आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब… Continue reading कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
सतर्कता केन्द्रद्वारा छ सय बत्तीस कर्मचारीलाई कारबाही सिफारिस
काठमाडौँ, ३ वैशाखः राष्ट्रिय सतर्कता केन्द्रले ६३२ जना कर्मचारीलाई कारबाही गर्न सम्बन्धित कार्यालय प्रमुखलाई सिफारिस गरेको छ । केन्द्रले विभिन्न कार्यालयमा छड्के अनुगमन गरी ती कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको केन्द्रका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए । ती कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ को दफा ५५ अनुसार सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र सोको अभिलेख… Continue reading सतर्कता केन्द्रद्वारा छ सय बत्तीस कर्मचारीलाई कारबाही सिफारिस
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रकाश सिलवाल–राससकाठमाडौँ, ३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले कानुन विपरीत उठाउँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन निर्देशन दिएपछि अभिभावकहरुले नियमितरुपमा गुनासो टिपाउन थालेका छन् । मन्त्रालयको निर्र्देशन कार्यान्वयनका लागि लिखित रुपमा सबै स्थानीय तहलाई अनुरोध गर्नाका साथै भक्तपुरस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सहायता कक्ष स्थापना गरिएको छ… Continue reading शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्यबारे छलफल
काठमाडौँ, ३ वैशाखः काठमाडौँका सडक र सहरी सुरक्षाका लागि काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच आज भेट भएको थियो । सो भेटमा काठमाडौँभित्रका सडक, सहरी सुरक्षा र सहरी व्यवस्थापन थप बलियो बनाउन सहकार्य गर्ने विषयमा छलफल भएको महानगरपालिकाले जनाएको छ । कार्यवाहक… Continue reading काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्यबारे छलफल
कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द
मकवानपुर, ३ वैशाख : हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ । करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोईला खरिदका बोलपत्र आव्हान गरिसकेको छ । करिब २ हप्ता भित्र कोइला आईपुग्ने हेटौँडा सिमेण्ट उद्योगको सहायक प्रवन्धक विकास श्रेष्ठले बताए ।… Continue reading कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
काठमाडौँ, ३ वैशाखः बैङ्ककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ । उद्धार गरिएका सबै स्वदेश फर्केका छन् । विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको हो । उक्त दूतावासका अनुसार आकर्षक रोजगारी पाइने विश्वासमा सन् २०२१ मा १०१, २०२२ मा एक… Continue reading कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
बिहारमा नयाँ नेतृत्व, मुख्यमन्त्रीमा सम्राट चौधरी
पटना (बिहार), ३ वैशाख (रासस–एएनआई) । भारतको बिहार राज्यमा राजनीतिक इतिहासमै महत्त्वपूर्ण मोड आएको छ । भारतीय जनता पार्टी (भाजपा)का नेता सम्राट चौधरीले बुधबार बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् । यससँगै लामो समयदेखि राज्य राजनीतिमा प्रभाव जमाउँदै आएका नितिश कुमारको युग समाप्त भएको सङ्केत गरिएको छ । राज्यसभामा जाने निर्णय गर्नुअघि एक दशकभन्दा बढी… Continue reading बिहारमा नयाँ नेतृत्व, मुख्यमन्त्रीमा सम्राट चौधरी
‘ह्विलचेयरले दियो खुसी’
महोत्तरी, ३ वैशाखः पछिल्ला तीन वर्षयता कैयन चाडपर्व आएगए तर पक्षघातले थलिएका महोत्तरीको बर्दिबास–११ खयरमाराका ६६ वर्षीय पूर्णबहादुर भुजेललाई कुनै प्रवाह भएन । यसपालिको नयाँवर्ष २०८३ को प्रारम्भ भने उहाँका लागि सम्झनलायक बनेको छ । मधेसमा नयाँवर्षमा मनाइने जुडशीतल पर्वको पहिलो दिन मङ्गलबार भुजेलले घुमफिर गर्न सहयोगी हुने ‘ह्विलचेयर’ पाएका छन् । त्यसैले यसपालिको नयाँ… Continue reading ‘ह्विलचेयरले दियो खुसी’
दरवाङ–मुना–ढोरपाटन सडकः ताकममा कालोपत्र सुरु
म्याग्दी, ३ वैशाखः म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धौलागिरि गाउँपालिका–७ ताकममा कालोपत्र थालिएको छ । धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नतिका सञ्चालित योजनामार्फत धौलागिरि गाउँपालिकामै पहिलोपटक ताकममा कालोपत्र गर्न थालिएको हो । ‘प्रिमिक्स’ प्रविधिको कालोपत्रका लागि बुधबारदेखि एकलेनमा ‘प्राइमकोड’ (बिटुुमीन) बिछ्याउन थालिएको पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर महेन्द्र बानियाँले बताए । “ग्राभेलमाथि राखेको ‘प्राइमकोड’ सुुकेपछि अर्को… Continue reading दरवाङ–मुना–ढोरपाटन सडकः ताकममा कालोपत्र सुरु
जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती
जुम्ला, ३ वैशाखः जिल्लामा ५२ हेक्टर क्षेत्रफलमा उच्च घनत्व भएको फुजी जातको स्याउको खेती हुने गरेको छ । यहाँका आठवटै स्थानीय तहमा लगाएको ५२ हेक्टर क्षेत्रफलमध्ये ४० हेक्टरमा स्याउले फल दिने गरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । उनका अनुसार यस वर्ष चार हजार ४९७ हेक्टर क्षेत्रफलमा स्याउ बिरुवा रोपिएकामा दुई हजार… Continue reading जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती
अमेरिका–इरान वार्ताका लागि पहल गर्दै पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा
जेद्दाह, साउदी अरब, (रासस–एएफपी) । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित दोस्रो चरणको सम्भावनाअघि चार दिने भ्रमणको शुरुवातमा बुधबार साउदी अरब पुगेका छन् । गत साता इस्लामावादमा वासिङ्टन र तेहरानबीच दशकौँपछि भएको उच्चस्तरीय वार्तापछि सरिफले साउदी अरबका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्ने बताइएको छ। उनी साउदी अरबपछि कतार र टर्कीको भ्रमण गर्ने कार्यक्रम… Continue reading अमेरिका–इरान वार्ताका लागि पहल गर्दै पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा
एकैदिन छपन्न व्यावसायिक फर्ममा अनुगमन
काठमाडौँ, ३ वैशाखः वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका विभिन्न स्थानमा बुधबार एकैदिन ५६ व्यावसायिक फर्ममा अनुमगन अनुगमन गरेको छ । खाद्य पदार्थ तथा अन्य दैनिक उपभोग्य वस्तुको बिक्री–वितरण गर्ने फर्म, पसल तथा व्यावसायिक प्रतिष्ठानमा विभागले स्थलगत अनुगमन गरी कारबाहीको दायरामा ल्याइएको जनाएको हो । विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“बुधबार एकैदिन ५६ वटा… Continue reading एकैदिन छपन्न व्यावसायिक फर्ममा अनुगमन