काठमाडौं । फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका बासिन्दा फेरि आन्दोलित भएका छन् । उनीहरुले काठमाडौंको फोहर लिएर गएका गाडीलाई बिहानैदेखि बीच बाटोमै रोकेका छन् । ककनी गाउँपालिका वडा २ र ३ सशस्त्र प्रहरीको बेसक्याम्प नजिक स्थानीयबासिन्दाले फोहरका गाडीलाई रोकेका हुन् । नुवाकोटको सिसडोल ल्यान्डफिल्ड भरिएपछि अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन भइरहेको छ । बञ्चरेडाँडा… Continue reading वर्षायाममै रोकिए काठमाडौंको फोहोर बोकेका ट्रक
Category: समाचार
आजबाट नयाँ आर्थिक वर्ष सुरु, के के कर लागु हुनेछन् ?
काठमाडौं । आजदेखि नयाँ आर्थिक वर्ष २०८०–८१ सुरु भएको छ । नयाँ आव सुरु भएसँगै बजेटमार्फत घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँछन् । संवैधानिक व्यवस्था अनुसार सरकारले यस आवका लागि जेठ १५ गते नै बजेट प्रस्तुत गरिसकेको छ । चालु आवका लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँको बजेट… Continue reading आजबाट नयाँ आर्थिक वर्ष सुरु, के के कर लागु हुनेछन् ?
भारत सरकारले नेपाललाई दियो ३४ एम्बुलेन्स र ५० स्कुल बस उपहार
काठमाडौं । काठमाडौँ स्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स र स्कुल बसको चाबी हस्तान्तरण गरेका हुन् ।… Continue reading भारत सरकारले नेपाललाई दियो ३४ एम्बुलेन्स र ५० स्कुल बस उपहार
घोराही सिमेन्टको आइपीओ बाँडफाँट, भर्ने जति सबैले पाए १० कित्ता
काठमाडौं । घोराही सिमेन्ट्र इण्डष्ट्रिजको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री नबिल इन्भेष्टमेन्ट बैंकिङले आज दिउँसो आइपीओ बाँडफाँट गरेका हुन् । क्यापिटलका अनुसार कम्पनीको सेयरमा आवेदन दिने सबैले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीको आइपीओमा ५ लाख ८१ हजार ५४६ जनाले आवेदन दिएका थिए ।… Continue reading घोराही सिमेन्टको आइपीओ बाँडफाँट, भर्ने जति सबैले पाए १० कित्ता
सांसदहरुलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०७९/०८ समाप्त भएको ६० दिनभित्र प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य (सांसद)हरुलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ। संसद सचिवालयले सूचना निकालेर साउन १ गतेदेखि भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो । सांसदहरुले आफ्नो तथा परिवारका सदस्यको नाममा रहेको सम्पत्ति तथा सम्पत्तिको स्रोत खुलाउने विवरण… Continue reading सांसदहरुलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
एमाले अध्यक्ष मङ्गलबार कम्बोडिया जाने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार कम्बोडिया जाने भएका छन् । शनिबार बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमण गर्न लागेको जानकारी गराएका हुन् । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार भ्रमणका क्रममा ओलीले त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्नुका साथै राजनीतिक भेटवार्ता पनि गर्ने कार्यक्रम छ ।
अमेरिका र युरोपमा गर्मीले बेहाल
काठमाडौं । अमेरिका र युरोपमा अत्यधिक गर्मी बढेको छ । अमेरिका पछिल्लो १६ दिनयता गर्मीबाट प्रभावित छ । पूरै दक्षिण-पश्चिम अमेरिकाका बासिन्दा गर्मीसँगै तातो हावाबाट प्रभावित भएका छन् । गर्मीबाट अमेरिकामा करिब ११ करोड बासिन्दा प्रभावित भएको बीबीसीले जनाएको छ । फ्लोरिडादेखि क्यालिफोर्नियासम्म र अब वाशिङ्टन डिसीमा समेत तातो हावा (लु) बाट प्रभावित भएको बीबीसीले… Continue reading अमेरिका र युरोपमा गर्मीले बेहाल
इटहरीमा छात्रवृत्ति विवरण नबुझाउने विद्यालयलाई एक लाखसम्म जरिवाना
काठमाडौं । विद्यार्थीलाई दिएको छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयलाई इटहरी उपमहानगरपालिकाले एक लाखसम्म जरिवाना तिराउने निर्णय गरेको छ । शुक्रबार बसेको शिक्षा शाखाको बैठकले १५ वटा निजी विद्यालयलाई जरिवाना तिराउने निर्णय गरेको हो । जसमा दसवटा आधारभूत र पाँचवटा माध्यमिक विद्यालय छन् । शिक्षा शाखाको बैठकले आधारभूत तहका विद्यालयलाई ५० हजार र माध्यमिक विद्यालयलाई एक… Continue reading इटहरीमा छात्रवृत्ति विवरण नबुझाउने विद्यालयलाई एक लाखसम्म जरिवाना
अस्पतालमा बढ्न थाले सरुवा रोगका बिरामी
काठमाडौं । वर्षायामको सुरुवातसँगै अस्पतालहरूमा सरुवा रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ। त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोगलगायतका अस्पतालमा वर्षायामको मौसममा देखा पर्ने सरुवा रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ। ती अस्पतालमा ज्वरो, टाइफाइड, झाडापखाला, आउँ, स्क्रबटाइपस, ठेउला, डेङ्गु, दादुरा, जन्डिसलगायतका रोग लिएर उपचारमा जानेको सङ्ख्या बढेको… Continue reading अस्पतालमा बढ्न थाले सरुवा रोगका बिरामी
पोखरा–मुग्लिन सडकको बिस्तार धमाधम
काठमाडौं । पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डको काम अगाडि बढाउने सम्बन्धमा पोखरा महानगर प्रमुख धनराज आचार्य र एशियाली विकास बैंक (एडिबी)को टोलीबीच शुुक्रबार छलफल भएको छ । छलफलमा एडिबीका निर्देशक सल्लाहकार मोहम्मद जाविव र मिसन लिडर सिनवाइ चाङ (एन्जल)लगायतको सहभागि भए । टोलीमा परियोजना निर्देशक चूडाराज ढकाल, यातायातविज्ञ भूपेन्द्र भट्ट, परियोजना विश्लेषक प्रमोद पुडासैनी… Continue reading पोखरा–मुग्लिन सडकको बिस्तार धमाधम
आइतबारबाट महोत्तरीसम्म चल्ने भयो रेल
काठमाडौं । जयनगर–जनकपुर–कुर्थासम्म सञ्चालन हुँदै आएको रेल आइतबारदेखि महोत्तरीको भंगाहसम्म चल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले विजलपुरा रेल्वे खण्डको १७ किलोमिटरमा आइतबार बिहान साढे १० बजे रेल सेवा उद्घाटन गर्ने कार्यकम छ । भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनलले निर्माण गरेको रेल्वे ट्रयाक गत जेठ १८ गते नेपाल रेल्वे कम्पनीका प्रमुख… Continue reading आइतबारबाट महोत्तरीसम्म चल्ने भयो रेल
लुम्बिनी र सुदूरुपश्चिममा आज ठूलो वर्षा
काठमाडौं । देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ-गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिनभर नै सबै प्रदेशका केही ठाउँमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानहरुमा मेघ-गर्जन-चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ… Continue reading लुम्बिनी र सुदूरुपश्चिममा आज ठूलो वर्षा
ठमेलमा क्लव सञ्चालकमाथि कुटपिट गर्ने ५ जना पक्राउ
काठमाडौं । ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका सानु भाइ भनिने युवराज गुरुङ, टोखाका विक्रम अधिकारी, तनहुँका सुवास कायस्थ, सुरज कायस्थ र नुवाकोटका कमल तामाङ छन् । प्रहरीका अनुसार १५ असारमा क्लबमा बसिरहेका बेला आफूमाथि राति २ बजे कुटपिट भएको भन्दै सञ्चालक… Continue reading ठमेलमा क्लव सञ्चालकमाथि कुटपिट गर्ने ५ जना पक्राउ
देशभर ५३ प्रतिशत रोपाइँ सम्पन्न
काठमाडौं । देशभर धान खेती हुने क्षेत्रफलमध्ये ५३ प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि विभागबाट प्रदेशसँगको समन्वयमा तयार पारिएको तथ्यांकअनुसार असार २९ गतेसम्म ५३ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार गत वर्ष यसै अवधिमा ६५ प्रतिशत रोपाइँ भएको थियो । गत वर्षको तुलनामा… Continue reading देशभर ५३ प्रतिशत रोपाइँ सम्पन्न
लम्पी स्किन रोग रोकथामबारे जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन
काठमाडौं । सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग रोकथामबारे गरेका कामकारबाहीको जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको बैठकमा निरन्तर यो विषय उठिरहेको उल्लेख गर्दै उनले यस्तो निर्देश गरेका हुन् । ‘लम्पी स्किनका विषयमा विगतमा र आजको बैठकमा कुरा उठेको छ । यस सम्बन्धमा स्पष्ट पार्न र यो रोगको रोकथामका बारेमा सदनलाई जानकारी गराउन… Continue reading लम्पी स्किन रोग रोकथामबारे जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन
अध्यागमनले एकसाथ ११७ जना कामदारलाई फिर्ता पठाएपछि म्यानपावर कम्पनीको विरोध
काठमाडौं । म्यानपावर व्यवसायीहरुले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको प्रकरणको विरोध गरेका छन् । शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पत्रकार सम्मेलन गर्दै श्रमिकहरुलाई शंकाकै भरमा फर्काएर भएको क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारीले श्रम स्वीकृति लिएर गएका श्रमिकलाई अन्यायपूर्ण तरिकाले कुवेत जान रोकिएको… Continue reading अध्यागमनले एकसाथ ११७ जना कामदारलाई फिर्ता पठाएपछि म्यानपावर कम्पनीको विरोध
अमेरिकी सहायक विदेश मन्त्री लु काठमाडौंमा
काठमाडौं । दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन् । केही दिनदेखि दक्षिण एसियाको भ्रमणमा रहेका सहायक विदेशमन्त्री लु शुक्रबार बिहान नेपाल आइपुगेका हुन् । सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनले नेपाली कांग्रेस… Continue reading अमेरिकी सहायक विदेश मन्त्री लु काठमाडौंमा
अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउने
काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज शुक्रवार नेपाल आउँदैछन् । सहायक विदेशमन्त्री लुले एक दिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । काठमाडौंस्थित अमेरिकी दूतावासले हिजो बिहीवारमात्रै लुको भ्रमणका विषयमा औपचारिक घोषणा गरेको हो । प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री साउदसँगको… Continue reading अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउने
कुन भेगमा आज भारी वर्षा ?
काठमाडौं । मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सर्ने क्रम जारी छ । अहिले मुलुकका विभिन्न भूभागमा भारी वर्षा भइरहेको छ। न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वमा सरदर स्थानभन्दा उत्तर तर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मौसमविद् गोविन्द झाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी,… Continue reading कुन भेगमा आज भारी वर्षा ?
एसीसी इमर्जिङ टिम्स एसिया कप नेपाल र पाकिस्तान बीच आज खेल
काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल र पाकिस्तान ‘ए’बीच आज प्रतिस्पर्धा हुँदैछ । समूह ‘बी’ अन्तर्गत यस खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा बिहान सवा १० बजे सुरु हुनेछ । रोहित पौडेलको कप्तानीमा नेपाल मैदान उत्रँदा पाकिस्तानको कप्तानी सिनियर टोलीबाट खेलिसकेका मोहम्मद हरिसले गर्नेछन् । पाकिस्तानको ‘ए’ टोली भएपनि त्यसमा सिनियर टोलीबाट अनुभव बटुलिसकेका… Continue reading एसीसी इमर्जिङ टिम्स एसिया कप नेपाल र पाकिस्तान बीच आज खेल
दासढुंगामा बस दुर्घटना, रुखका कारण बच्यो थुप्रैको ज्यान
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रु बस आज बिहान ५ः२० बजे आफैं अनियन्त्रित भएर पल्टिँदा बसमा सवार १९ जना घाइते भएका हुन्… Continue reading दासढुंगामा बस दुर्घटना, रुखका कारण बच्यो थुप्रैको ज्यान
समलिंगी जोडीको विवाह दर्ता गर्न अदालतले किन मानेन ?
काठमाडौं । जिल्ला अदालत काठमाडौंले एक समलिंगी जोडीको विवाद दर्ता गर्न अस्वीकार गरेको छ । न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले समलिंगी विवाह गर्ने कानूनी व्यवस्था नरहेको भन्दै दर्ता गर्न अस्वीकार गरेको हो । उनको इजलासको आदेशमा भनिएको छ, ‘कुनै पुरुष वा महिलाले दर्ताद्वारा विवाह गर्न चाहेमा निवेदन दिनसक्ने कानूनी व्यवस्था रहेको देखिएकोमा प्रस्तुत दर्ताद्वारा विवाह गरी… Continue reading समलिंगी जोडीको विवाह दर्ता गर्न अदालतले किन मानेन ?
नेपालमा रासायनिक मल स्थापनाबारे अध्ययन गर्न जर्मन कम्पनीसँग सम्झौता
काठमाडौं । नेपालमै रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाबारे अध्ययन गर्न लगानी बोर्डले जर्मन कम्पनीसँग समझदारी गरेको छ । बिहीबार बोर्डले जर्मन कम्पनी डीआईएजी इन्ड्रष्ट्रिज जीएमबीएचसँग रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धी विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारी गरेको हो। २४ महिना भित्रै विस्तृत अध्ययन सकेर प्रतिवेदन बुझाउने गरी समझदारी भएको बोर्डका कार्यकारी अधिकृत सुशील भट्टले… Continue reading नेपालमा रासायनिक मल स्थापनाबारे अध्ययन गर्न जर्मन कम्पनीसँग सम्झौता
प्रचण्ड परिवारप्रति समवेदना दिन वालुवाटारमा घुइचो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जीवनसङ्गिनी सीता दाहालको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले बुधबार निधन भएकी पत्नी सीताको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका हुन् । साथै उनीहरूले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । बिहीबार बिहान… Continue reading प्रचण्ड परिवारप्रति समवेदना दिन वालुवाटारमा घुइचो
नेपाल र बंगलादेशले बराबरी खेले
काठमाडौं । सावित्रा भण्डारीले इन्जुरी टाइममा गोल गरेपछि नेपालले अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशसँग हार टारेको छ । ढाकामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले १–१ को बराबरी खेलेका हुन् । खेलमा घरेलु टोली बंगलादेशले कप्तान सबिना खातुनको गोलबाट ६५औं मिनेटमा अग्रता लिएको थियो । बंगलादेश जिततर्फ अग्रसर भइरहेको बेला नेपालले बराबरी गोल… Continue reading नेपाल र बंगलादेशले बराबरी खेले
नेपालमा अब चिया खेती र प्रशोधनबारे छुट्टै पढाई हुने
काठमाडौं । नेपालमा चिया रोपण सुरु भएको करिब १६० वर्षपछि चियासम्बन्धी पढाइ हुने भएको छ । इलामको साँखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयले यही वर्षदेखि चिया प्रविधिसम्बन्धी पढाइ सञ्चालन गर्ने तयारी गरेको छ । शिक्षालयले जिल्लास्थित सरोकारवाला र चिया उद्योगीहरुबीच चिया प्रविधिसम्बन्धी अन्तरक्रिया गरेको छ । चिया प्रविधि प्रि–डिप्लोमा तह (अप्रेन्टिशीप मोडालिटी) मा रहेर चिया प्रविधिसम्बन्धी… Continue reading नेपालमा अब चिया खेती र प्रशोधनबारे छुट्टै पढाई हुने
यमुना नदीको जलसतह बढ्दा दिल्लीमा बाढी
काठमाडौं । यमुना नदीको जलसतह बढ्दै गएपछि भारतको राजधानी दिल्लीका सयौँ बासिन्दालाई अन्यत्र सारिएको छ। मुख्यमन्त्री अरविन्द केजरीवालले जलसतह ४५ वर्षयताकै उच्च विन्दुमा पुगेको र ‘‘खतराको तह’’ पार गरिसकेको बताएका छन्। अधिकारीहरूका अनुसार जुन महिनाबाट सुरु भएको मनसुनका बेला दिल्ली नजिकका केहीले पछिल्ला वर्षहरूमा हालसम्मकै अधिक वर्षा भएको महसुस गरेको बताएका छन्। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार… Continue reading यमुना नदीको जलसतह बढ्दा दिल्लीमा बाढी
युक्रेन बन्न सकेन नेटोको सदस्य, यस्तो छ कारण
काठमाडौं । उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को दुई दिन चलेको सम्मेलनमा प्रमुख राष्ट्रहरूले युक्रेनलाई थप हतियार सहयोगको प्रतिबद्धता जनाएका छन् । लिथुआनियाको विलनियसमा मंगलबार र बुधबार भएको सम्मेलनमा युक्रेनको सदस्यता मुख्य विषय बनेको थियो । तर, स्विडेन नयाँ सदस्य बन्ने निश्चित भए पनि युक्रेनलाई सदस्यता दिनेबारेमा भने सम्मेलनले कुनै निर्णय गरेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सदस्यता… Continue reading युक्रेन बन्न सकेन नेटोको सदस्य, यस्तो छ कारण
आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । आगामी दुई दिन पूर्वी नेपालमा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित छ । त्यसैले पश्चिमको तुलनामा पूर्वी नेपालमा बढी वर्षाको प्रक्षेपण गरिएको हो ।… Continue reading आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना
वान एक्स बेटिङ काण्डमा मुछिएका कलाकार धरौटीमा छुटे
काठमाडौं । वान एक्स बेटिङमार्फत् सट्टेबाजी खेलाएको र विज्ञापन गरेको आरोपमा पक्राउ परेका १० जना धरौटी बुझाएर छुटेका छन्। काठमाडौं जिल्ला अदालतले बुधबार १० जनासँग धरौटी माग गरी छाड्न आदेश दिएसँगै छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिएका छन् । प्रहरीले यस घटनामा कैलाली घर भई काठमाडौं बस्ने २८ वर्षीय दिनेश खड्का… Continue reading वान एक्स बेटिङ काण्डमा मुछिएका कलाकार धरौटीमा छुटे