काठमाडौं । कोशी प्रदेश सरकारले बाढी र पहिरोमा परी मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकको परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए । प्रदेश सरकारले घाइतेको उपचारका लागि प्रति व्यक्ति ५० हजार रुपैयाँ… Continue reading पूर्वी नेपालमा बाढी पहिरोमा ज्यान गुमाएकाका परिवारलाई कोशी सरकारले १ लाख राहत दिने
Category: समाचार
सन्दुक रुइतले पाएको पुरस्कारमा कर छूट
काठमाडौं । सरकारले डा. सन्दुक रुइतले पाउने पुरस्कारमा कर छुट दिएको छ । गृह मन्त्रालयले सोमबार असार ४ गते राजपत्रमा सूचना प्रकाशित गर्दै डा. रुइतले बहराइनबाट पाउने दश लाख अमेरिकी डलर (करिब १३ करोड नेपाली रुपैयाँ) मा कर छुट दिने निर्णय भएको जानकारी दिएको हो । गृह मन्त्रालयले गत फागुन ११ मा रुइतले पाउने पुरस्कारमा… Continue reading सन्दुक रुइतले पाएको पुरस्कारमा कर छूट
‘एमाले र माओवादीको एकता घोषणा गर्दा हतार गरिएछ, त्यतिबेला मोर्चाबाट जानुपर्थ्यो’
काठमाडौं । काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा गठनको बेलामा पार्टी एकताको लागि आफूहरुले हतारो गरेको बताएका छन् । पाँच वर्षअघि नेकपा घोषणा गरिएकै हलबाट समाजवादी मोर्चा घोषणा गरिएपछि सम्बोधन गर्दै उनले त्यतिबेला पार्टी एकता गर्ने हतारो गरिएको बताएका हुन्। प्रचण्डले नेकपा बचाउन नसकेकोप्रति आत्मसमीक्षा गर्न आवश्यक रहेको बताए… Continue reading ‘एमाले र माओवादीको एकता घोषणा गर्दा हतार गरिएछ, त्यतिबेला मोर्चाबाट जानुपर्थ्यो’
बाबुरामलाई बाहिर राखेर समाजवादी मोर्चा घोषणा, चार नेताले गरे सहमतिपत्रमा हस्ताक्षर
काठमाडौं । समाजवादी मोर्चाको सहमतिपत्रमा चार नेताले हस्ताक्षर गरेका छन्। सोमबार राष्ट्रिय सभागृहमा सुरू भएको समाजवादी मोर्चा घोषणा कार्यक्रममा चार नेताले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। सहमति पत्रमा सत्तारूढ नेकपा (माअोवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) र संसदीय प्रक्रिया बाहिर रहेको नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिवले हस्ताक्षर गरेका छन्… Continue reading बाबुरामलाई बाहिर राखेर समाजवादी मोर्चा घोषणा, चार नेताले गरे सहमतिपत्रमा हस्ताक्षर
जलस्रोत तथा सिंचाई विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसादविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महाप्रबन्धक मधुकरप्रसाद राजभण्डारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले उनीविरूद्ध ३ करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ स्रोत नखुल्ने तवरले सम्पत्ति कमाएको भन्दै मुद्दा दर्ता गरेको हो। उनले महानिर्देशकको रूपमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो। उनी २०५१/११/३०… Continue reading जलस्रोत तथा सिंचाई विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसादविरुद्ध भ्रष्टाचार मुद्दा
पूर्वी नेपालमा बाढी पहिरोमा वेपत्ता २८ जनाको खोजी जारी
काठमाडौं । सङ्खुवासभा, ताप्लेजुङ र पाँचथरमा शनिवार रातिको बाढीपहिरोमा बेपत्ता हुनेहरुको खोजी कार्य आज पनि जारी छ । बेपत्ताको खोजी भैरहेको प्रहरीले बताएको छ । बाढीपहिरोमा परेर सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर र धनकुटामा ४ जनाको ज्यान गएको छ भने २८ जना बेपत्ता भएका छन् । अरु चार जना घाइते छन् । पाँचथरमा दुई तथा सङ्खुवासभा र… Continue reading पूर्वी नेपालमा बाढी पहिरोमा वेपत्ता २८ जनाको खोजी जारी
पोखरा महानगर भित्र पनि ‘आदिपुरुष’ प्रदर्शनमा रोक
काठमाडौं । काठमाडौंपछि पोखरा महानगरपालिकाले पनि महानगरभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लागेको छ । महानगरभित्र रहेका सिनेमा हलहरूलाई पत्राचार गर्दै मेयर आचार्यले दक्षिण भारतीय चलचित्र आदिपुरूषमा राखिएको संवाद नसच्याइएसम्म कुनैपनि भारतीय चलचित्र नचलाउन निर्देशन दिएका हुन्। मेयर आचार्यले पोखरामा रहेका सिनेमा घरहरु बाराही चलचित्र मन्दिर क र ख, श्रीकृष्ण चलचित्र मन्दिर, मिडटाउन ग्यालेरिया र सिनेप्लेक्सलाई… Continue reading पोखरा महानगर भित्र पनि ‘आदिपुरुष’ प्रदर्शनमा रोक
चार दलको मोर्चा गठन हुँदै, नाम ‘समाजवादी मोर्चा’
काठमाडौं । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा आज हुँदैछ । राष्ट्रिय सभागृहमा आज अपराह्न तीन बजे घोषणा सभा आयोजना गरिएको छ । समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा छन् । नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म… Continue reading चार दलको मोर्चा गठन हुँदै, नाम ‘समाजवादी मोर्चा’
न्यूह्यामसायर नेपाली समाजमा नयाँ नेतृत्व, शेर्पाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति
म्यानचेष्टर न्यूह्यामसायर राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था न्यूह्यामसायर नेपाली समाजमा लाक्पा शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार म्यानचेष्टरमा सम्पन्न समाजको साधारण एवं अधिवेशनबाट दुई वर्षे कार्यकालका लागि निर्विरोध नयाँ समिति चयन भएको हो। समितिका उपाध्यक्षमा माधव गुरुङ, महासचिव प्रभात भट्टराई, कोषाध्यक्ष भेषराज शर्मा, सचिव शेखर राई, सह कोषाध्यक्ष जुनु कडरिया एवं सदस्यहरुमा… Continue reading न्यूह्यामसायर नेपाली समाजमा नयाँ नेतृत्व, शेर्पाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति
योगेश भट्टराईलाई गृह जिल्ला प्रवेशमा रोक
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई ताप्लेजुङका पहिचानवादीहरुले जिल्ला प्रवेशमा रोक लगाएको छ । ताप्लेजुङका आदिवासी जनजाति महासङ्घ, किरात याक्थुङ चुम्लिुङ, किरात राई यायोख्खा, किरात धर्म साहित्य उत्थान संघ, सुनुवार सेवा समाज, खस क्षेत्री एकता समाज, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बू विद्यार्थी सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै… Continue reading योगेश भट्टराईलाई गृह जिल्ला प्रवेशमा रोक
हेवाखोलाको बाढीमा बेपत्ता सबैको खुल्यो पहिचान, सडक सम्पर्कविच्छेद
पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका-७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका-११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम-५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन्। उनीहरुलाई हेवाखोलाले हेवाखोला… Continue reading हेवाखोलाको बाढीमा बेपत्ता सबैको खुल्यो पहिचान, सडक सम्पर्कविच्छेद
सामुदायिक विद्यालय बन्दको कार्यक्रम फिर्ता
काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालय बन्दका कार्यक्रम फिर्ता लिएको छ । विद्यालय कर्मचारीले आइतबारदेखि सामुदायिक विद्यालय बन्दको कार्यक्रम घोषणा गरेका थिए । सरकारले वार्ताका लागि समिति गठन गरेपछि आन्दोलनरत विद्यालय कर्मचारीहरूले विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका हुन् । नेपाल विद्यालय कर्मचारी युनियन, सामुदायिक विद्यालय कर्मचारी संघ र विद्यालय कर्मचारी परिषदले संयुक्त विज्ञप्ति… Continue reading सामुदायिक विद्यालय बन्दको कार्यक्रम फिर्ता
देशभर बाढी-पहिरोले गरेको क्षतिप्रति प्रधानमन्त्रीले दु:ख व्यक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले बेपत्ता भएकाहरुको खोजी, उद्धार एव् राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । बाढी–पहिरोबाट संखुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा क्षति पुगेको विवरण आएको छ । ती जिल्लामा घर, पुल, सडक लगायतका… Continue reading देशभर बाढी-पहिरोले गरेको क्षतिप्रति प्रधानमन्त्रीले दु:ख व्यक्त
संखुवासभामा बाढी–पहिरो : डेढ दर्जन मानिस सम्पर्कविहिन
काठमाडौं । संखुवासभा जिल्लाको हेँवा खोलामा शनिवार राती आएको बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका ५ मा एक शव भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । शवको पहिचान हुन बाँकी रहेको छ । चैनपुर नगरपालिका ४ पेङ्कोट र पाँचखपन नगरपालिका ९ मा गएको पहिरोले खोला थुनिएपछि… Continue reading संखुवासभामा बाढी–पहिरो : डेढ दर्जन मानिस सम्पर्कविहिन
आज कोशी\गण्डकीमा ठूलो वर्षाको प्रक्षेपण
काठमाडौं । आज कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थान बाहेक अन्य स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका पछिल्लो २४ घण्टामा कोशी प्रदेशको ताप्लेजुङमा भारी वर्षा भएको छ । ताप्लेजुङको दोभान स्टेसनमा… Continue reading आज कोशी\गण्डकीमा ठूलो वर्षाको प्रक्षेपण
आइसीसी विश्वकप छनोट फाइनल : उद्घाटन खेलमा आयोजक जिम्बाब्वेसँग नेपालको भिडन्त
काठमाडौं । आजदेखि जिम्बाब्वेमा आईसीसी क्रिकेट विश्वकप छनोटको फाइनल प्रतियोगिता हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमै नेपालले घरेलु टोली जिम्बाब्वेसँग खेल्दैछ । समूह ए मा रहेको जिम्बाब्वे र नेपालबीचको खेल हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक टेष्ट मान्यता प्राप्त टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय… Continue reading आइसीसी विश्वकप छनोट फाइनल : उद्घाटन खेलमा आयोजक जिम्बाब्वेसँग नेपालको भिडन्त
ताप्लेजुङमा पहिरो, कम्तिमा ४ जना वेपत्ता
काठमाडौं । ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनासहित चार जना बेपत्ता भएका छन् । गतरातिको पहिरोमा पुरिएर सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा यादव बुढाथोकी, उनकी श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाती प्रज्ज्वल बेपत्ता भएका हुन् । सोही स्थानका गणेश तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बुका अनुसार… Continue reading ताप्लेजुङमा पहिरो, कम्तिमा ४ जना वेपत्ता
पाँचथरमा बाढी पहिरो, कम्तिमा ५ जना वेपत्ता
काठमाडौं । पाँचथरमा बाढीमा परेर पाँच जना बेपत्ता भएका छन् । शनिबार राति आएको बाढीमा परेर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बाढीले ९ वटा घर बगाएको विवरण प्राप्त भएको प्रहरीको भनाइ छ । हेवा खोलामा आएको बाढीले पाँच जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढीले ठूलो भौतिक क्षति… Continue reading पाँचथरमा बाढी पहिरो, कम्तिमा ५ जना वेपत्ता
रेशम चौधरीलाई बाबुराम भट्टराईको स्वागत
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई खाँदा लगाएर स्वागत गरेका छन् । आफ्नै निवास आएका रेशमलाई स्वागत गरेको तस्वीर भट्टराईले सामाजिक सञ्जालमा राखेका छन् । ‘हालै जेलमुक्त हुनुभएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई खुला आकाशमुनि हार्दिक स्वागत ।’, भट्टराईले लेखेका छन् । टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय… Continue reading रेशम चौधरीलाई बाबुराम भट्टराईको स्वागत
राष्ट्रपति पुनः अस्पताल भर्ना
काठमाडौं । मुटुमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल पुनः अस्पताल भर्ना भएका छन् । शनिबार बिहान २ बजे मुटुमा पुनः समस्या देखिन थालेपछि राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् । अहिले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले बताए । राष्ट्रपति पौडेल बुधबार मात्र… Continue reading राष्ट्रपति पुनः अस्पताल भर्ना
भ्याटको बाहनामा प्याजको मूल्य बढाए कारवाही गर्ने सरकारको चेतावनी
काठमाडौं । भ्याटको बहानामा व्यवसायीले प्याजको मूल्य बढाएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाहीको चेतावनी दिएको छ । विभागले हिजो विज्ञप्ति निकालेर कानुनले तोकेको दायित्व पूरा नगर्ने व्यवसायीलाई अनुगमन गरेर कडा कारबाही गर्ने जनाएको हो । वस्तुको स्वभाविक मूल्य भन्दा धेरै मूल्य लिएर बिक्री गर्ने काम उपभोक्ता संरक्षण ऐन–२०७५ अनुसार दण्डनीय अपराध रहेको विभागले… Continue reading भ्याटको बाहनामा प्याजको मूल्य बढाए कारवाही गर्ने सरकारको चेतावनी
ललितपुरको इमाडोलमा बस दुर्घटना, १९ जना यात्रु घाइते
काठमाडौं । ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । बिहान ललितपुरको लुभुबाट लगनखेलका लागि छुटेको बा २ ख ८५८३ नम्बरको बस सडकमै पल्टिएको हो । बसमा २४ जना यात्रु थिए । घाइतेमध्ये १८ जनाको बी एण्ड बी अस्पताल ग्वार्कोमा र एक जनाको किस्ट अस्पताल इमाडोलमा उपचार भइरहेको प्रहरी प्रभाग इमाडोलका… Continue reading ललितपुरको इमाडोलमा बस दुर्घटना, १९ जना यात्रु घाइते
नेपालमा मंकिपक्स भाइरस पुष्टी
काठमाडौं । नेपालमा पहिलो पटक मंकिपक्स भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मंकिपक्स भाइरस (एमपक्स) संक्रमण देखिएको जानकारी दिए। ‘एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि काठमाडौंको अस्पतालमा परीक्षण भइरहेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘ती महिलाको शरीरबाट नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य… Continue reading नेपालमा मंकिपक्स भाइरस पुष्टी
जेठमा घर जग्गाको कारोबार वर्षकै उच्च
काठमाडौं । जेठ महिनामा घरजग्गाको कारोबार यस वर्षकै उच्च विन्दुमा पुगेको छ । जेठमा लिखत पासको संख्या ५५ हजार ६९ पुगेको छ । यो लिखत पास चालु आर्थिक वर्ष २०७९–८० कै धेरै हो । गत वैशाखमा ४२ हजार ४६१ र चैत महिनामा ४९ हजार १५० वटा जग्गाको लिखत पास भएको थियो । गत फागुनमा ४०… Continue reading जेठमा घर जग्गाको कारोबार वर्षकै उच्च
लक्ष्मी महर्जन र टंक गुरुङलाई धरौटीमा रिहा गर्ने आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि दुई जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको हो । अदालतले प्रतिवादी लक्ष्मी महर्जनलाई पाँच लाख र टंक गुरुङलाई १० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १६ जनाको हकमा थुनामै राखेर अनुसन्धान… Continue reading लक्ष्मी महर्जन र टंक गुरुङलाई धरौटीमा रिहा गर्ने आदेश
प्रधानन्यायाधीश कार्कीले लिए शपथ
काठमाडौं । आठ महिनायता कायम मुकायम जिम्मेवारीमा रहेका हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । उनले आजै राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको शपथ लिए । कार्कीले केही बेरमै सर्वोच्च अदालतपुगेर प्रधानन्यायाधीशको कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ । संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज शुक्रबार नै कार्कीको नाम… Continue reading प्रधानन्यायाधीश कार्कीले लिए शपथ
महानगर प्रमुख बालेनलाई प्राधिकरणले सोध्यो ७ दिने स्पष्टीकरण
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहसहित तीन जनालाई स्पष्टीकरण सोधेको छ । सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको विषयमा स्पष्टीकरण सोधेको हो । महानगरको ९ नम्बर वडामा पर्ने प्राधिकरणको विमानस्थल क्षेत्रसँग सम्बन्धित क्षेत्रमा बिहीबार महानगरले नगरप्रहरीसहितको टोली पठाई फेन्सिङ तार काटिदिएको थियो । ‘प्राधिकरणका… Continue reading महानगर प्रमुख बालेनलाई प्राधिकरणले सोध्यो ७ दिने स्पष्टीकरण
मेलम्ची खानेपानी यो बर्ष बर्षायाममा पनि नरोकिने
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले यो बर्ष बर्षायाममा पनि पानी ल्याउन नरोक्ने भएको छ । बुधबारदेखि मनसुन भित्रिएपनि आयोजनाले पानी नरोक्ने तयारी अघि बढाएको हो । गत वर्षको तुलनामा हेडवक्र्समा सुरक्षाका थप उपाय अपनाइए पनि यो वर्ष बर्खायाममा पानी वितरण रोक्ने या नरोक्ने सम्बन्धमा अहिलेसम्म कुनै निष्कर्षमा नपुगिएको आयोजनाले जनाएको छ । बालुवासहितको बाढी आएको… Continue reading मेलम्ची खानेपानी यो बर्ष बर्षायाममा पनि नरोकिने
भ्रूणको लिङ्ग पहिचान नगर्न मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न–नगराउन भनेको हो । मन्त्रालयले कसैले गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गरी कुनै कार्य गर्न–गराउन नहुने, यदि यस्तो कार्य गरे वा… Continue reading भ्रूणको लिङ्ग पहिचान नगर्न मन्त्रालयको निर्देशन
भारत र पाकिस्तानमा भयानक आँधी, क्षतिको विवरण आउन बाँकी
काठमाडौं । अरब सागरबाट आएको शक्तिशाली समुद्री आँधी विपरजोय भारतको उत्तरपश्चिम गुजरात पुगेको छ। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको तट नजिक आँधी पुगेको अधिकारीहरूले बताएका छन्। बिहीवार साँझ भारतको गुजरात र पाकिस्तानको सिन्ध प्रान्त नजिक पुगेको आँधीले पुर्याएको क्षतिका विवरणहरू अझै आउन बाँकी छ। आँधीका कारण गुजरातका द्वारका, जामनगर, मोरबी र राजकोट लगायत धेरै जिल्लामा भारी… Continue reading भारत र पाकिस्तानमा भयानक आँधी, क्षतिको विवरण आउन बाँकी