काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले यो बर्ष बर्षायाममा पनि पानी ल्याउन नरोक्ने भएको छ । बुधबारदेखि मनसुन भित्रिएपनि आयोजनाले पानी नरोक्ने तयारी अघि बढाएको हो । गत वर्षको तुलनामा हेडवक्र्समा सुरक्षाका थप उपाय अपनाइए पनि यो वर्ष बर्खायाममा पानी वितरण रोक्ने या नरोक्ने सम्बन्धमा अहिलेसम्म कुनै निष्कर्षमा नपुगिएको आयोजनाले जनाएको छ । बालुवासहितको बाढी आएको… Continue reading मेलम्ची खानेपानी यो बर्ष बर्षायाममा पनि नरोकिने
Category: समाचार
भ्रूणको लिङ्ग पहिचान नगर्न मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न–नगराउन भनेको हो । मन्त्रालयले कसैले गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गरी कुनै कार्य गर्न–गराउन नहुने, यदि यस्तो कार्य गरे वा… Continue reading भ्रूणको लिङ्ग पहिचान नगर्न मन्त्रालयको निर्देशन
भारत र पाकिस्तानमा भयानक आँधी, क्षतिको विवरण आउन बाँकी
काठमाडौं । अरब सागरबाट आएको शक्तिशाली समुद्री आँधी विपरजोय भारतको उत्तरपश्चिम गुजरात पुगेको छ। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको तट नजिक आँधी पुगेको अधिकारीहरूले बताएका छन्। बिहीवार साँझ भारतको गुजरात र पाकिस्तानको सिन्ध प्रान्त नजिक पुगेको आँधीले पुर्याएको क्षतिका विवरणहरू अझै आउन बाँकी छ। आँधीका कारण गुजरातका द्वारका, जामनगर, मोरबी र राजकोट लगायत धेरै जिल्लामा भारी… Continue reading भारत र पाकिस्तानमा भयानक आँधी, क्षतिको विवरण आउन बाँकी
काठमाडौंबाट बाहिरी जिल्लामा जाने सवारी साधन नयाँ बसपार्कबाट मात्र छुट्ने
काठमाडौं । काठमाडौं भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका सवारी साधन भोलिबाट गोंगबुबाट मात्रै छुट्ने र रोकिने भएका छन्। १ असारबाट महानगरपालिकाले काठमाडौंमा एकद्वार बसपार्क प्रणाली लागू गर्ने निर्णयपछि गोंगबुबाट मात्रै छुट्ने र रोकिने गरी निर्णय भएको महानगरपालिकाले जनाएको छ । भोलिदेखि गोंगबु बसपार्कबाट बस छुट्ने र रोकिने कुरामा सबै यातायात व्यवसायी समेत सहमत… Continue reading काठमाडौंबाट बाहिरी जिल्लामा जाने सवारी साधन नयाँ बसपार्कबाट मात्र छुट्ने
काठमाडौं महानगरले रोक्यो भृकुटीमण्डपको शैक्षिक मेला
काठमाडौं ।उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) ले काठमाडौँ महानगरपालिकाले भृकुटीमण्डपमा आजदेखि सुरू भएको शैक्षिक मेला बन्द गराएको छ। सहमतिविपरीत एसईई र प्लस टु को रिजल्ट प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाको नाममा शुल्कसहित कलेजहरुको विज्ञापन गरेको भन्दै महानगरले शैक्षिक मेला बन्द गराएको हो। एसईई र कक्षा १२ को परीक्षा दिएर नतिजा कुरेर बसेका विद्यार्थी… Continue reading काठमाडौं महानगरले रोक्यो भृकुटीमण्डपको शैक्षिक मेला
पक्राउ परेका कलाकार र युट्युबरलाई ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । अनलाइन बेटिङको प्रवर्द्धनमा लागेको अभियोगमा पक्राउ परेका ५ कलाकार र ३ जना युट्युबरलाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । बिहीबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालतबाट चार दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति लिएको हो। अपराध अनुसन्धान कार्यालयले बिहीबार हास्यकलाकारहरू ‘बल्छी… Continue reading पक्राउ परेका कलाकार र युट्युबरलाई ४ दिन हिरासतमा राख्न अनुमति
‘नेताहरुका नाममा खुलेका प्रतिष्ठानहरुलाई अनावश्यक अनुदान’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकीसांसद तोसिमा कार्कीले खेलकुदका लागि भनेर बिभिन्न दलका नेताहरुका नाममा खुलेका प्रतिष्ठानहरुलाई अनावश्यक अनुदान दिइएको बताएकी छन् । उनले भनिन्, ‘अन्तराष्ट्रिय खेलकुद आयोजनातर्फ विभिन्न दलका नेताहरुका नाममा खुलेका प्रतिष्ठानहरुलाई अनुदान दिइएको छ । मदन भण्डारीलाई ५० लाख, गणेशमान सिंहलाई ५० लाख, साहनाप्रधान स्मृति प्रतियोगितालाई ७ लाख, गिरिजाप्रसाद कोईराला पुरुष हकीलाई ७… Continue reading ‘नेताहरुका नाममा खुलेका प्रतिष्ठानहरुलाई अनावश्यक अनुदान’
‘वान एक्स बेट’ धन्दा : बल्छी ध्रुवे, राजु मास्टर र म्याकुरीसहित ८ जना पक्राउ
काठमाडौं । प्रहरीले वानएक्स बेट प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा पक्राउ परेका कलाकारहरुको नाम सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका कलाकारको नाम सार्वजनिक गरेको हो । वानएक्स बेटिङ प्रकरणमा पक्राउ पर्ने कलाकारमा मरिचमान श्रेष्ठ ९बल्छी धुर्वे०, राजु पौडेल, पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम… Continue reading ‘वान एक्स बेट’ धन्दा : बल्छी ध्रुवे, राजु मास्टर र म्याकुरीसहित ८ जना पक्राउ
वैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त, शंकर वैरागी सुरक्षा सल्लाहकार
काठमाडौं । सरकारको शुक्रवारबाट अनिवार्य अवकाशमा जान लागेका डा.बैकुण्ठ अर्याललाई मुख्यसचिवमा नियुक्त गरिएको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो। अर्याल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि सचिव थिए । हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् ।… Continue reading वैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त, शंकर वैरागी सुरक्षा सल्लाहकार
कोशी प्रदेशमा दुई अध्यादेश जारी, बजेट ल्याउन बाटो खुल्यो
काठमाडौं । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र विनियोजन अध्यादेश २०८० जारी गरेका छन् । नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा २ वटा अध्यादेश जारी गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ । अध्यादेश जारी गरेसँगै अध्यादेशबाट बजेट ल्याउने बाटो खुला भएको छ । कोशी… Continue reading कोशी प्रदेशमा दुई अध्यादेश जारी, बजेट ल्याउन बाटो खुल्यो
नेपाल र यूएईबीच श्रम समझदारी नवीकरण, के भयो सहमती ?
काठमाडौं । नेपाल र युएईबीच श्रम समझदारी नवीकरण भएको छ। युएईसँग चार वर्षअघि श्रम समझदारी भएको थियो। बुधबार दुई देशको संयुक्त कार्यसमितिको काठमाडौंमा बसेको बैठकले समझदारी नवीकरणको निर्णय गरेको हो। छलफलमा नेपालले श्रम र वैदेशिक रोजगार सम्बन्धी पछिल्लो कानुनहरूबारे जानकारी पनि गराएको छ। श्रमिकहरूको हक तथा अधिकार सुनिश्चितताका विषयमा समेत गहन छलफल भएको श्रम, रोजगार… Continue reading नेपाल र यूएईबीच श्रम समझदारी नवीकरण, के भयो सहमती ?
मनसुन भित्रिएसँगै आज यी स्थानमा हुनेछ वर्षा
काठमाडौं । नेपालमा बुधबारबाट मनसुन भित्रिएको छ । मनसुनको प्रभाव पूर्वी र मध्य भूभागमा देखिने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य भूभागमा भने पश्चिमी वायुको आंशिक प्रभाव छ। महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भएको छ। बाँकी भू-भागमा आंशिक बदली देखी… Continue reading मनसुन भित्रिएसँगै आज यी स्थानमा हुनेछ वर्षा
मैत्रिपूर्ण फूटबल : नेपाल र फिलिपिन्स आज भिड्दै
काठमाडौं । नेपालले आज फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपाली समय अनुसार साँझ पौने पाँच बजे फिलिपिन्सको राजधानी मनिलामा मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो । साफ च्याम्पियनपसिप अघिको यो अभ्यास खेल नेपालका लागि कमजोरी सुधारको मौका हुने विश्वास छ । साफ गेम आगामी असार ६ गतेदेखि भारतमा सुरु हुँदैछ । फिलिपिन्ससँग अभ्यास खेल खेलेपछि… Continue reading मैत्रिपूर्ण फूटबल : नेपाल र फिलिपिन्स आज भिड्दै
राष्ट्रपति डिस्चार्ज, कस्तो छ अवस्था ?
काठमाडौं । मुटुमा समस्या देखिएपछि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई बुधवार बिहानै डिस्चार्ज गरिएको छ। राष्ट्रपति पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले राष्ट्रपतिको मुटुको भल्भ जाँच गर्नका लागि मङ्गलवार एन्जिओग्राफी गरिएको जानकारी गराएका छन् । एन्जिओग्राफी मुटुका भल्वमा हुने रक्तप्रवाह हेर्न प्रयोग गरिने एक प्रकारको परीक्षण हो। यसलाई सचिवालयले नियमित चेकजाँच… Continue reading राष्ट्रपति डिस्चार्ज, कस्तो छ अवस्था ?
प्रेम विवाह गरेको दुई महिनामै श्रीमतीको हत्या
काठमाडौं । तनहुँमा बिहे गरेको २ महिनाकै अवधिमा श्रीमतीको हत्या भएको छ । जिल्लाको व्यास नगरपालिका ४ चिहानडाँडामा नालीमा राखिएको ह्युमपाइपमा प्लास्टिकको बोराभित्र युवतीको शव भेटिएको थियो । शव क्षतविक्षत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उक्त शव ब्यास नगरपालिका–१२ लामिडाँडाकी २२ वर्षकी रंगिला भुजेलको भएको खुलेको छ । २४ जेठदेखि माइती पक्षको सम्पर्कमा नरहेकी… Continue reading प्रेम विवाह गरेको दुई महिनामै श्रीमतीको हत्या
वानएक्स बेटमा सट्टेबाजी गर्ने पाँचजना पक्राउ, एकजनाले मात्रै गरे ६४ करोड बढीको कारोबार
काठमाडौं । प्रहरीले नेपालमा अवैध सट्टेबाजी र क्रिप्टो करेन्सीकोे कारोवार गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै अनलाइनमार्फत सट्टेबाजी गरेर करोडौको कारोवार गर्ने पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौंको मैजुबहाल बस्ने २९ वर्षीय दिनेश खड्का, उनकी २८… Continue reading वानएक्स बेटमा सट्टेबाजी गर्ने पाँचजना पक्राउ, एकजनाले मात्रै गरे ६४ करोड बढीको कारोबार
एक दिन ढिला भित्रियो मनसुन, क्रमिक रुपमा देशभर फैलिने
काठमाडौं । यस वर्षको मनसुन आजबाट भित्रिएको छ। जल तथा मौसम विज्ञान विभागले पूर्वी क्षेत्रबाट मनसुन नेपाल प्रवेश गरेको जनाएको छ। यसअघिका वर्षहरूमा १० जुनलाई मनसुन प्रवेशको मिति मानिँदै आएको थियो। तर, पछिल्लो २० वर्षको मौसमी तथ्याकंका आधारमा यस वर्षबाट १३ जुनलाई मौसम प्रवेश गर्ने मिति तय गरिएको छ। यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला… Continue reading एक दिन ढिला भित्रियो मनसुन, क्रमिक रुपमा देशभर फैलिने
हर्क साम्पाङविरुद्ध अल्पकालीन अन्तरिम आदेश
काठमाडौं । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क सम्पाङविरुद्ध दायर रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले दुवै पक्षलाई छलफलका लागि जेठ ३२ गते बोलाएको छ। हर्कविरुद्ध खानेपानी बोर्डका सदस्य विजय श्रेष्ठलगायतले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए। खानेपानी बोर्डको बैठक नबोलाई हर्कले एकलौटी रुपमा काम गरेको भन्दै… Continue reading हर्क साम्पाङविरुद्ध अल्पकालीन अन्तरिम आदेश
युट्युब मनिटाइज गर्न ५०० सब्सक्राइबर भए पुग्ने, तीन भिडियो अनिवार्य
काठमाडौं । भिडियो साझेदारी प्लेटफर्म युट्युब निकै उपयोगी बन्दै गइरहेको छ । हिजो गुमनाम रहेकालाई युट्युबको भिडियोले रातारात स्टार मात्रै बनाइरहेको छैन आर्थिक स्तर उकास्नसमेत यसले भूमिका खेलिरहेको छ । अब कम सब्सक्राइबर भए पनि रकम आउनका लागि जरुरी पर्ने मनिटाइज हुने भएको छ । साना क्रियटरहरूलाई ध्यानमा राख्दै युट्युबले मनिटाइजेसन पोलिसी अर्थात् च्यानल मनिटाइज गर्ने नियमहरूमा… Continue reading युट्युब मनिटाइज गर्न ५०० सब्सक्राइबर भए पुग्ने, तीन भिडियो अनिवार्य
देशका पहाडी भु-भागमा वर्षा, गर्मीबाट राहत
काठमाडौं । मुलुकका पहाडी भुभागमा परेको वर्षाका कारण गर्मीबाट राहत मिलेको छ । पानी परेसँगै देशका धेरै ठाउँमा अधिकतम तापक्रम घट्दो क्रममा छ । दुईतीन दिन यता काठमाडौंसहित पहाडी जिल्ला र पूर्वी तराईमा हल्कादेखि मध्यम वर्षा भएको छ । तर, पश्चिम तराईमा भने अझै चर्को गर्मी छ । पश्चिम तराईमा पानी परेको छैन । अझै… Continue reading देशका पहाडी भु-भागमा वर्षा, गर्मीबाट राहत
नागरिकता माग गर्दै माइतीघरमै आत्मदाहको प्रयास
काठमाडौं । नागरिकता माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ । त्यस क्रममा एक युवकले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिएका छन् । आत्मदाह प्रयास गर्नेमा मोरङ कटहरीका… Continue reading नागरिकता माग गर्दै माइतीघरमै आत्मदाहको प्रयास
राष्ट्रपति पौडेल अस्पताल भर्ना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पोडेल अस्पताल भर्ना भएका छन् । उनलाई आजको रात अस्पतालमै राखिने भएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई अब्जर्भेसनका लागि अस्पतालमै राख्न लागिएको जनाएको छ । ‘राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षणको क्रममा यस शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आज भर्ना हुन भएको छ,’… Continue reading राष्ट्रपति पौडेल अस्पताल भर्ना
मधेश प्रदेशका मूख्यमन्त्री यादवले पाए विश्वासको मत
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सबै प्रदेश सभा सदस्यको विश्वासको मत पाएका छन् । १ जेठमा समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिएपछि मङ्गलवार संसद्को आकस्मिक बैठकमा मुख्यमन्त्री यादवले प्रदेश सभामा उपस्थित एक सय तीन जना सांसदकै मत पाएका हुन् । उनलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सदनका सबै दल र स्वतन्त्र सांसदले… Continue reading मधेश प्रदेशका मूख्यमन्त्री यादवले पाए विश्वासको मत
सिंगापुर जाँदै देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर प्रस्थान गर्दैछन्। उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् त्यता जान लागेका हुन्। सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर जान लागेको उनको सचिवालयले जनाएको छ । पेटसम्बन्धी समस्या देखिएपछि उनी नियमित चेकजाँचका लागि सो मुलुक जान लागेको बताइएको छ । उनी २र२ वर्षमा फलोअपमा जानुपर्नेमा अहिले… Continue reading सिंगापुर जाँदै देउवा
तराईमा अझै ५ दिन लु लाग्ने सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी पाँच दिनसम्म तातो हावा (लू)को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो। ‘ आगामी पाँच दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो… Continue reading तराईमा अझै ५ दिन लु लाग्ने सम्भावना
विदेशमा रहेका नेपालीलाई समानूपातिकमा मताधिकार दिने तयारी
काठमाडौं । नेपालले विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक तर्फ मताधिकार दिने तयारी गरेको छ । निर्वाचन कानूनहरुको एकीकृत मस्यौदामा यस्तो प्रावधान गर्न लागिएको हो । विदेशमा रहेका नेपालीहरुले सम्बन्धित देशबाटै भोट हाल्न पाउने व्यवस्था एकीकृत मस्यौदामा छ । विदेशमा रहेका नेपालीहरुले समानुपातिक तर्फ मात्रै मतदान गर्न पाउने प्रस्ताव गरिएको छ । निर्वाचन ‘आयोगले विदेशमा रहेका… Continue reading विदेशमा रहेका नेपालीलाई समानूपातिकमा मताधिकार दिने तयारी
जुगल हिमशृङ्खलाका ५ चुचुरो आरोहण गर्न खुला
काठमाडौं । सरकारले ५ वटा नयाँ हिमचुचुरोलाई पर्वतारोहणका लागि खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल हिम शृङ्खलामा पर्ने ५ वटा चुचुरोहरु आरोहणका लागि खुला भएका हुन् । मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार यी चुचुरो जुगल गाउँपालिकामा पर्छन् । सरकारले ६ हजार ५९१ मिटर अग्लो जुगल १,… Continue reading जुगल हिमशृङ्खलाका ५ चुचुरो आरोहण गर्न खुला
उड्नै लागेको जहाज भित्र जब धुँवा देखियो
काठमाडौं । जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानको उडान रद्द गरिएको छ । यु ४–५०८ नम्बरको विमान साँझ ५ः३७ मा काठमाडौंका लागि उडान भर्ने क्रममा यात्रुले धुँवा देखिएको बताएपछि उडान रद्द गरिएको हो। दिउँसो ४ः३० बजे उडान गर्ने तालिका रहे पनि सो विमान १ घण्टा ७ मिनेट ढिला गरी उड्न लागेको थियो । वुद्ध… Continue reading उड्नै लागेको जहाज भित्र जब धुँवा देखियो
प्यूठान कार दुर्घटना : मृतकको पहिचान खुल्यो, ७ जना २ घरका
काठमाडौं । स्वर्गद्वारी दर्शन गरी फर्किएको कार दुर्घटनामा परी मृत्युभएका आठै जनाको पहिचान खुलेको छ । मृतक सबै दाङको रहेको प्रहरीले जनाएको छ । स्वर्गद्वारी भिंग्री सडक खण्डको टाकुरा भन्ने स्थानमा लु १ च ६३४५ नम्वरको जिप दुर्घटनामा कारमा सवार सवै जनाको घटनास्थलमा मृत्यु भएको थियो । मृत्यु हुनेमा २ जना महिला, २ जना पुरुष… Continue reading प्यूठान कार दुर्घटना : मृतकको पहिचान खुल्यो, ७ जना २ घरका
चाइनिज पिपुल्स हस्पिटलको प्रशासनमा महानगरको ताला
काठमाडौं । काठमाडौं महानगरपालिकाले बौद्धमा सञ्चालित चाइनिज पिपुल्स हस्पिटलको प्रशासनमा ताला लगाएको छ। महानगरले अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको र मापदण्ड पुरा नगरेको फेला पारेपछि अस्पतालको प्रशासनमा ताला लगाइदिएको हो। प्रशासनमा ताला लगाएसँगै अस्पतालमा उपचाररत बिरामी अन्यत्र सार्न महानगरले निर्देशन दिएको छ । स्वास्थ्य संस्था सञ्चालन ऐनविपरीत सञ्चालनमा रहेका तथा मापदण्ड पूरा… Continue reading चाइनिज पिपुल्स हस्पिटलको प्रशासनमा महानगरको ताला