काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आइतबार ७६० वटा नमुना परीक्षण गर्दा नयाँ संक्रमितको संख्या शून्य रहेको हो। आज एकजना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १७ मा झरेको छ ।
Category: समाचार
तराई भेगमा बढ्न थाल्यो तातो हावा
काठमाडौं । सोमबारयता बढेको उच्च तापक्रमका कारण तराईमा तातो हावा (लू) चल्न थालेको छ। यसले गर्दा शिक्षण संस्था धमाधम बन्द हुन थालेका छन् भने जनजीवन निकै प्रभावित हुन पुगेको छ। जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार देशका अधिकांश भागमा तापक्रम बढ्ने क्रम साताभर जारी रहने सम्भावना छ। पूर्व र पश्चिम तराईको तुलनामा मध्य तराईमा… Continue reading तराई भेगमा बढ्न थाल्यो तातो हावा
निर्णायक खेलमा आज नेपाल र मलेसिया भिड्दै
काठमाडौं । महिला टी–२० क्रिकेट शृङ्खलाको पाँचौँ तथा निर्णायक खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ । शृङ्खला २–२ को बराबरीमा छ ।आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ । खेल बिहान पौने ९ बजे बाङ्गीमा सुरु हुनेछ । हिजो भएको चौथो खेलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको थियो । त्यस्तै, पहिलो खेलमा नेपाल ५… Continue reading निर्णायक खेलमा आज नेपाल र मलेसिया भिड्दै
बुटवलमा सवारी दुर्घटना, २ जनाको मृत्यु
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका १२ तामनगरमा शनिबार भएको सवारी दुर्घटनामा हुँदा दुई युवकको मृत्यु भएको छ ।बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु१ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु३९प ९१५७ नम्बरको मोटरसाइकल तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गुल्मी मालिका गाउँपालिका ४ अर्खवाङका… Continue reading बुटवलमा सवारी दुर्घटना, २ जनाको मृत्यु
भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८० पुग्यो
काठमाडौं । भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई सय ८० पुगेको छ । यस्तै ९ सय जति घाइते भएको अनुमान गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतको ओडिसा राज्यको बालासोर जिल्लामा गएराति रेल दुर्घटना भएको हो । बहनागा बाज़ार रेलवे स्टेशन हुँदै गइरहेको शालीमार-चेन्नई कोरोमंडल ट्रेनका १२ डिब्बा पटरीबाट निस्केका थिए । यी… Continue reading भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८० पुग्यो
भारत भ्रमण पुरा गरी स्वदेश फर्किए प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो भारत भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् । उनले आफ्नो भ्रमण परिणाममुखी भएको बताए । चार दिने भारत भ्रमण पूरा गरी शनिबार साँझ स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रमण विगतका भन्दा परिणाममुखी र कामकाजी भएको बताए । ‘भ्रमण विगतको भन्दा परिउणामुखी भएको छ, कामकाजी भएको… Continue reading भारत भ्रमण पुरा गरी स्वदेश फर्किए प्रधानमन्त्री
देशभरको गर्मी अझै केही दिन रहने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा अझै केही दिन गर्मी बढ्ने बताएको छ। मौसमविद्हरुका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय नभएकाले तत्काल पानी पर्ने सम्भावना नरहेकाले अझै केही दिन गर्मी बढ्नेछ। हिजो काठमाडौ उपत्यकाको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस मापन गरिएको थियो भने भैरहवा, सिमरा लगायका क्षेत्रहरूमा… Continue reading देशभरको गर्मी अझै केही दिन रहने
स्वास्थ्य सम्बन्धी प्रोटोकलहरु खुकुलो पारियो
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड–१९को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताए । यसअघिसम्म मास्क प्रयोग अनिवार्य थियो । मन्त्रालयले सङक्रमण दर… Continue reading स्वास्थ्य सम्बन्धी प्रोटोकलहरु खुकुलो पारियो
प्रधानमन्त्री आज स्वदेश फर्कने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् । यही जेठ १७ गते भारत भ्रमण गएका प्रचण्ड विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्किन लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड शुक्रबार भारतको मध्यप्रदेशको इन्दोर पुगेका छन् । उनी आज त्यहाँको विशेष आर्थिक क्षेत्रको भ्रमण सकेर दिल्दी फर्किने छन्… Continue reading प्रधानमन्त्री आज स्वदेश फर्कने
भारतमा भयानक रेल दुर्घटना, २२३ जनाको मृत्यु
काठमाडौं । भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको एउटा भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएका छन् । हावडा-चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि दुर्घटना भएको छ । साथै, अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर-हावडा सुपरफास्ट रेल पनि ठोक्किएको थियो । ओडिशाका… Continue reading भारतमा भयानक रेल दुर्घटना, २२३ जनाको मृत्यु
नेपालमा ८१ प्रतिशत हिन्दु, क्रिष्टियन धर्म मान्ने कति ?
काठमाडौं । नेपालमा ८१ प्रतिशतभन्दा बढी हिन्दु धर्मावलम्बी रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक शुक्रबार सार्वजनिक भएको छ, जसअनुसार कुल जनसंख्याको ८१.१९ प्रतिशतले आफ्नो धर्म हिन्दु भएको बताएका छन् । जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये २ करोड ३६… Continue reading नेपालमा ८१ प्रतिशत हिन्दु, क्रिष्टियन धर्म मान्ने कति ?
रास्वपा सांसद गौतम विवाह बन्धनमा बाँधिइन्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । उनले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् । काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोबिता र गृहेन्द्रले ७ जेठमा दुवै परिवारका सीमित सदस्यको उपस्थितिमा विवाह गरेका हुन् । सोबिता हाल पार्टीको कामको सिलसिलामा जापान भ्रमणमा छिन् । उनीसँग विवाह गरेका… Continue reading रास्वपा सांसद गौतम विवाह बन्धनमा बाँधिइन्
एमालेले तोक्यो प्रदेश इन्चार्ज
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले छ प्रदेशका इन्चार्जहरू तोकेको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले छ प्रदेशका इन्चार्जहरू तोकेको हो । बैठकले सुदूरपश्चिम प्रदेशका इन्चार्जको रूपमा छविलाल विश्वकर्मा, कर्णाली प्रदेशको इन्चार्जको रूपमा लेखराज भट्ट, लुम्बिनी प्रदेशको इन्चार्जको रूपमा पद्मा अर्याल, गण्डकी प्रदेशको इन्चार्जको रूपमा गोकर्ण विष्ट, मधेस प्रदेशको इन्चार्जको… Continue reading एमालेले तोक्यो प्रदेश इन्चार्ज
भारतीय दूतावास अगाडि राप्रपाका युवा–विद्यार्थीले जलाए अखण्ड भारतको नक्सा
काठमाडौं । भारतको ‘अखण्ड भारत नक्सा’मा नेपालको भू–भाग समेटिएको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ । हालै भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारत नक्सामा नेपालको केही भू–भाग समेटिएको विरोधमा संगठनले काठमाडौंको लैनचौरस्थित दूतावासअगाडि प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा उनीहरुले अखण्ड भारतको नक्सा जलाएका छन् । उनीहरुले भारतले… Continue reading भारतीय दूतावास अगाडि राप्रपाका युवा–विद्यार्थीले जलाए अखण्ड भारतको नक्सा
विपन्नलाई निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई दश प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गरिने बताए । शुक्रबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर हस्पिटलको अनुगमन गर्दै मन्त्री बस्नेतले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका दश प्रतिशत नागरिकको निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने बताएका हुन् । उनले अस्पताल सञ्चालको स्वीकृति लिँदा… Continue reading विपन्नलाई निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी
सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
काठमाडौं । सुनकोशी नदीमा आज बिहान ११ बजे आसपासमा स्कार्पियो खस्दा बेपत्ता भएका तीन जनाको पहिचान खुलेको छ । भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)बाट खोटाङ जाने क्रममा बिएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन नभघाटबाट सुनकोशी नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार स्कोर्पियोमा… Continue reading सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
इन्दोर पुगेका प्रधानमन्त्री प्रचण्डलाई सांस्कृति झाँकीले स्वागत
काठमाडौं । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दोर पुगेका छन्। इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले स्वागत गरे। विमानस्थलबाट उनी उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिर पुग्ने र मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्नेछन् । मन्दिर परिसरको अवलोकनपछि प्रधानमन्त्री दाहाल होटल इन्दोर मेरियटमा… Continue reading इन्दोर पुगेका प्रधानमन्त्री प्रचण्डलाई सांस्कृति झाँकीले स्वागत
सुनकोशी नदीमा गाडी खस्यो, सीटीईभीटीका २ निर्देशकसहित ३ जना बेपत्ता
काठमाडौं । मध्यपहाडी लोकमार्गमा पर्ने सुनकोशी नदीमा गाडी खसेको छ। गाडीमा सवार ३ जना बेपत्ता भएका छन्। घुर्मी–खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनबाट गाडी नदिमा खसेको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए। गाडीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का २ निर्देशकसहित ३ जना तथा गाडी चालक समेत गरी ४ जना सवार थिए। उनीहरुमध्ये… Continue reading सुनकोशी नदीमा गाडी खस्यो, सीटीईभीटीका २ निर्देशकसहित ३ जना बेपत्ता
श्रीलंकामा तीन वर्षपछि पहिलो पटक ब्याजदर कटौतीको घोषणा
काठमाडौं । सन् २०२२ मा स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक सङ्कटमा फसेको श्रीलङ्काले बिहीबार तीन बर्षपछि पहिलो पटक ब्याजदरमा भारी कटौती गरेको छ । श्रीलङ्काको केन्द्रीय बैंकले निर्णायक ब्याज दरलाई २.५ प्रतिशत बिन्दुले घटाएर १४ प्रतिशतमा झारेको आधिकारिक तथ्याङ्कले देखाएको छ । गत महिना मुद्रास्फीति घटेर २५.२ प्रतिशतमा झरेको तथ्याङ्कले देखाएपछि ब्याज दरमा कटौती गरिएको हो… Continue reading श्रीलंकामा तीन वर्षपछि पहिलो पटक ब्याजदर कटौतीको घोषणा
दरबार हत्याकाण्डको २२ वर्ष पुरा
काठमाडौं । शुक्राबर दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो । हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहितको निधन भएको थियो । घटनापछि तत्कालीन… Continue reading दरबार हत्याकाण्डको २२ वर्ष पुरा
भारतका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले गरेको समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीका लागि आउन भारतीय व्यवसायीलाई आग्रह गरेका हुन् । सरकारले नीतिगत कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको र… Continue reading भारतका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान
अमेरिकी राष्ट्रपति सार्वजनिक कार्यक्रममा लडेपछि…
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोमा एयर फोर्स एकेडेमीको कार्यक्रममा भुइँमा लडेका छन् । दीक्षान्त समारोहमा सहभागी हुन आएका बाइडेनले मन्तव्य दिएपछि क्याडेटसँग हात मिलाएर आफ्नो सिटतर्फ जाँदै गर्दा भुइँमा पछारिएका हुन् । वायुसेनाका अधिकारीहरूको सहयोगमा उनी उठेका थिए । ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्वीट गर्दै राष्ट्रपति ठिक रहेको र चोट… Continue reading अमेरिकी राष्ट्रपति सार्वजनिक कार्यक्रममा लडेपछि…
भारतीय प्रधानमन्त्रीलाई प्रचण्डले दिए नेपाल भ्रमणको निम्तो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत नेपालको नजिकको विकास र समृद्धिको प्रमुख साझेदार भएको बताएका छन् । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज आफ्ना समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । प्रधानमन्त्रीका रूपमा आफ्नो यो चौथो भारत भ्रमण रहेको स्मरण गर्दै उनले नेपाल र भारतबीचको सम्बन्ध… Continue reading भारतीय प्रधानमन्त्रीलाई प्रचण्डले दिए नेपाल भ्रमणको निम्तो
प्रचण्डसँगको भेटपछि भारतका प्रधानमन्त्री मोदीले के भने ?
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच धार्मिक र सांस्कृतिक सम्बन्ध निकै पुरानो र घनिष्ठ रहेको बताएका छन् । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्तापछि आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले भारत–नेपाल सम्बन्धलाई हिमाल जतिकै उचाइ प्रदान गर्नका लागि काम गरिरहने उल्लेख गरे । “यही भावनाअनुसार सबै मुद्दा, चाहे सीमाका… Continue reading प्रचण्डसँगको भेटपछि भारतका प्रधानमन्त्री मोदीले के भने ?
कोभिड अगाडीकै अवस्थामा पुग्यो पर्यटक आगमन, अमेरिकी दोस्रो स्थानमा
काठमाडौं । सन् २०२३ को पहिलो ५ महिनाको अवधिमा ४ लाख ४ हजार २३१ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मे २०२३ मा मात्र ७७ हजार ७०३ जना पर्यटक आएका छन् । यो संख्या सन् २०१९ मा आएको पर्यटकको संख्या हाराहारी हो । सन् २०१९ मा ७८ हजार ३२९ जना पर्यटक… Continue reading कोभिड अगाडीकै अवस्थामा पुग्यो पर्यटक आगमन, अमेरिकी दोस्रो स्थानमा
भारत भ्रमणमा रहेका प्रचण्डले पाएनन् ‘गार्ड अफ अनर’
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्मान ‘गार्ड अफ अनर’ नपाउने भएका छन् । प्रचण्डको भ्रमण ‘राजकीय’ नभएका कारण भारतले ‘गार्ड अफ अनर’ प्रदान नगरेको भारतीय पक्षले जनाएको छ । राजकीय भ्रमणमा विदेशी सरकार प्रमुख तथा राष्ट्रप्रमुखको भ्रमणका क्रममा ‘गार्ड अफ अनर’ दिने प्रचलन छ । यद्यपि प्रचण्डको भ्रमण ‘अफिसियल’ मात्र… Continue reading भारत भ्रमणमा रहेका प्रचण्डले पाएनन् ‘गार्ड अफ अनर’
प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता
काठमाडौं। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ। हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच द्विपक्षीय भेटवार्ता सुरू भएको हो। कार्यसूची अनुसार दुई समकक्षीबीच आधा घण्टा भेटवार्ता हुनेछ। भेटवार्तामा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची छ। ऊर्जा, ऊर्जा व्यापार, वाणिज्य,… Continue reading प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता
देशैभर बढ्यो तापक्रम, तराई भेगको जनजिवन नराम्रोसँग प्रभावित
काठमाडौं । देशभर गर्मी बढेको छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने अनुमान छ । केही दिन यता देशभर बिहानैदेखि चर्को घाम लागिरहेको छ । पछिल्लो दुई–तीन दिन यता काठमाण्डौसहित देशभरकै अधिकतम तापक्रम दुईदेखि तीन डिग्री सेल्सियसले बढेको छ । गत सोमवार र मंगलवार काठमाडौंको अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियसको… Continue reading देशैभर बढ्यो तापक्रम, तराई भेगको जनजिवन नराम्रोसँग प्रभावित
प्रचण्ड र मोदीबीच आज औपचारिक भेट, आजै राष्ट्रपतिसँग भेट्ने
काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड आज महत्वपूर्ण भेटवार्तामा व्यस्त रहने छन् । बुधबार दिउँसो दिल्ली अवतरण भएका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि भेटवार्ता सुरु गरेका थिए । सोही क्रममा आज प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् । आज बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच… Continue reading प्रचण्ड र मोदीबीच आज औपचारिक भेट, आजै राष्ट्रपतिसँग भेट्ने
नयाँ दिल्लीमा प्रधानमन्त्रीको भेटवार्ता सुरु
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्राबीच भेट भएको छ। बुधबार भारत पुगेका प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीमा होटल मौर्यामा उनीहरूले भेट गरेका हुन्। प्रधानमन्त्री प्रचण्ड गत पुसमा तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक भारत भ्रमणमा गएका हुन्। दिल्लीमा रहँदा प्रधानमन्त्री प्रचण्डले बिहीबार… Continue reading नयाँ दिल्लीमा प्रधानमन्त्रीको भेटवार्ता सुरु