भारतले तीव्र रुपमा खोजिरहेको खालिस्तानी नेता नेपालमा लुकेको भारतको आशंका

GETTY IMAGES\BBC

काठमाडौं । भारतमा निकै विवादित बनेका एक सिख युवा नेता अमृतपाल सिंह ‘फरार’ भएको ठहर गर्दै अधिकारीहरूले उनी भागेर नेपाल पुगेको आशङ्का गरेका छन्। उनलाई नेपाल छोडेर अन्यत्र जान नदिन भारतले नेपाली पक्षलाई पत्राचार गरेको बीबीसीले लेखेको छ । नेपालको अध्यागमन विभागका एक अधिकारीका अनुसार काठमाडौंस्थित भारतीय दूतावासले कूटनीतिक संयन्त्रमार्फत् सिंह नेपालमा लुकेको हुनसक्ने भन्दै… Continue reading भारतले तीव्र रुपमा खोजिरहेको खालिस्तानी नेता नेपालमा लुकेको भारतको आशंका

आज चैते दशैं, देशभर मनाईंदै

काठमाडौं । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं… Continue reading आज चैते दशैं, देशभर मनाईंदै

सत्ता गठबन्धनको बैठक आज पनि

काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान नौ बजेका लागि बोलाइएको छ । हिजो बेलुका बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका नेताहरुलाई सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरेका थिए । त्यो मस्यौदामा आजको बैठकमा नेताहरुले आ–आफ्ना राय… Continue reading सत्ता गठबन्धनको बैठक आज पनि

ललितपुरमा मोटरसाइकल दुर्घटना, दम्पत्तिको मृत्यु

काठमाडौं । ललितपुरको महांकालमा मोटरसाइकल दुर्घटना हुँदा दम्पत्तिको ज्यान गएको छ । मंगलबार बिहान पौने ११ बजे महांकाल गाउँपालिका वडा नम्बर १ बुखेल रातोपहिरोस्थित भित्री सडकमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर साहले जानकारी दिए। बुखेलबाट गोटीखेल जाँदै गरेको बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४… Continue reading ललितपुरमा मोटरसाइकल दुर्घटना, दम्पत्तिको मृत्यु

साझेदार दलको बैठकमा गएन रास्वपा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मन्त्रालयको बाँडफाँट टुंग्याउने सत्ता साझेदार दलहरुको बैठकमा भने अनुपस्थित भएको छ। कांग्रेसबाट सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्डका साथै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल सहभागी छन्। यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीबाट… Continue reading साझेदार दलको बैठकमा गएन रास्वपा

मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । मिटरब्याजलाई सरकारले अपराधको परिभाषाभित्र राख्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी अपराध संहितालगायतका कानुन संशोधन गरेर मिटरब्याजमा रकम असुलीलाई अपराध मानिने व्यवस्था गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । मिटरब्याजमा रकम असुलीलाई अपराध मान्न मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, मुलुकी देवानी संहिता ऐन र मुलुकी देवानी कार्यविधि संहिता… Continue reading मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने युवा धरौटी बुझाएर छुटे

काठमाडौं । चैत ७ गते बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका ३ युवा धरौटी बुझाएर छुटेका छन् । अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयले ५ हजार धरौटीमा रिहा हुन आइतबार आदेश दिएको थियो। तर उनीहरुले ५ हजार धरौटी नतिर्ने अडान राखेका थिए। प्रचण्ड सहभागी कार्यक्रममा नाराबाजी गरेको आरोपमा सोलुखुम्बुका… Continue reading प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने युवा धरौटी बुझाएर छुटे

जसपा अशोक राईको नेतृत्वमा सरकारमा जाने

काठमाडौं । जनता समाजवादी पार्टी अशोक राईको नेतृत्वमा सरकारमा जाने भएको छ । पार्टीले दुई मन्त्रालय पाउने भएको छ । अर्को मन्त्री भने मधेसबाट पठाउने तयारी थालेको छ । यसरी मन्त्री पठाउँदा राजकिशोर यादव, प्रदीप यादव, नवलकिशोर शाहलगायत नेताहरू दौडमा छन् ।

मिटर ब्याज पीडितको समस्या समाधानका लागि वार्ता टोली गठन

काठमाडौं । सरकारले मिटर ब्याज पीडितहरूको समस्या समाधानका लागि वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधि सहितको वार्ता समिति गठन गरेका हुन् । गृह मन्त्रालयअन्तर्गत नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव रुद्रादेवी शर्माको संयोजक तोकिएको छ । टोलीमा गृह मन्त्रालयकै उपसचिव… Continue reading मिटर ब्याज पीडितको समस्या समाधानका लागि वार्ता टोली गठन

ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याज पीडितको नाराबाजी

काठमाडौं । मिटर ब्याज पीडितले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गरेका छन् । ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका शाहीविरुद्ध राजावादी र सामान्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने भन्दै विरोध गरेका हुन् । टंगालबाट फर्किएर धर्नाबस्न माइतीघर मण्डलामा पुग्ने वित्तिकै ज्ञानेन्द्र शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउने भन्दै माइतीघरमा पुगेका थिए । न्याय माग्दै महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर मिटरब्याज… Continue reading ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याज पीडितको नाराबाजी

नेपालमा बढ्न थाल्यो कोरोना भाइरसको संक्रमण

काठमाडौं । शून्यमा झरेको कोरोना सङ्क्रमण नेपालमा पुनः बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारीले जुनसुकै भेरिएन्ट आए पनि सङ्क्रमणको जोखिम कम गर्न जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेका छन् । मन्त्रालयको तथ्यांक अनुसार शून्यमा झरेको कोभिड सङ्क्रमण एक हप्तादेखि बढ्न… Continue reading नेपालमा बढ्न थाल्यो कोरोना भाइरसको संक्रमण

सत्ता गठबन्धनको बैठक आज

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको छलफलमा आज अपराह्न ४ बजे सत्ता गठबन्धन दलको बैठक बोलााउने समझदारी बनेको थियो। सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्री प्रचण्डले कुन दलले कति मन्त्रालय लिने भन्नेबारे प्रस्ताव गर्ने तयारीसमेत गरेका… Continue reading सत्ता गठबन्धनको बैठक आज

सरकारी निकायमा पुराना वेवसाइट तथा लिंक हटाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारी निकायका वेबसाइटमा रहेका पुराना वेबपेजका सामग्री र लिंक हटाउन निर्देशन दिएको छ।कतिपय सरकारी निकायले नयाँ वेबसाइट बनाउने क्रममा पुराना साइटमा रहेका पुराना डाटा नयाँ साइटमा स्थानान्तरण नगरेको कारण सर्भरमा भार तथा साइबर सुरक्षामा अध्याधिक जोखिम रहेकाले ती लिंक, फाइल लगायतका सामग्री हटाउन निर्देशन दिएको हो। प्रधानमन्त्रीका आइटी विज्ञ… Continue reading सरकारी निकायमा पुराना वेवसाइट तथा लिंक हटाउन निर्देशन

प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवा जेल चलान

काठमाडौं । चैत ७ गते बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने ३ युवा जेल चलान भएका छन्। अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयले ५ हजार धरौटीमा रिहा हुन आइतबार आदेश दिएको थियो। तर उनीहरुले ५ हजार धरौटी नतिर्ने अडान राखेका थिए। प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम… Continue reading प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवा जेल चलान

प्रहरीका चार डीआइजी एआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार डीआइजीलाई एआइजी बढुवामा सिफारिस भएको छ । गृहसचिव नेतृत्वको बढुवा समितिको सोमबारको बैठकले सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकप्रसाद तामाङको बढुवा सिफारिस भएको छ । सन्दिप बढुवा सिफारिसको पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा सिफारिसमा परेका सुदिपको ६८.२११२ नम्बर छ । तेस्रो नम्बरमा सिफारिसमा परेकी मिराको ६७.८३०६ र… Continue reading प्रहरीका चार डीआइजी एआइजीमा बढुवा सिफारिस

नेपाली आकासमा जहाज होल्ड गर्दा बढ्दै जोखिम, आकासमै नजिक–नजिक भएका दुई घटना सार्वजनिक

File Photo

काठमाडौं । नेपालमा अहिले काठमाडौं विमनस्थल निकै व्यस्तताका साथ उडिरहेको छ । अन्य दुई विमानस्थल सो रफ्तारमा चलेका छैनन् । सोहीकारण काठमाडौंमा उडान र अवतरणका लागि नै पालो कुर्नुपर्ने बाध्यता छ । यसरी पालो कुर्दा आकासमै जोखिम बढेका दुई घटना सार्वजनिक भएका छन् । उडिरहेको नेपाल एयरलाइन्सको विमानमा ठोक्किनसक्ने चेतावनी प्रणाली सक्रिय हुने गरी अस्वाभाविक… Continue reading नेपाली आकासमा जहाज होल्ड गर्दा बढ्दै जोखिम, आकासमै नजिक–नजिक भएका दुई घटना सार्वजनिक

नेपाली कांग्रेसले मन्त्री र उपनिर्वाचनका उम्मेदवार आज छान्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ । मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने भएको छ । कार्यसम्पादन समिति बैठकमा सभापति शेरबहादुर देउवासहित १३ जना पदाधिकारी, पूर्व पदाधिकारीहरू र केही केन्द्रीय सदस्य सहभागी हुनेछन्। कांग्रेसले केन्द्रीय समिति बोलाउन तत्काल सम्भव नभएका बेला कार्यसम्पादन समिति बैठकबाट… Continue reading नेपाली कांग्रेसले मन्त्री र उपनिर्वाचनका उम्मेदवार आज छान्दै

बाजुरा केन्द्र बनाएर भूकम्पको धक्का

बाजुरा । बाजुरामा गतराति भूकम्पको धक्का महसुस गरिएको छ । गतराति १० बजेर २७ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । भूकम्पको धक्का जिल्ला सदरमुकामका साथै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्याएको विवरण भने आएको छैन । केही महिनायता बाजुरामा लगातार भूकम्प गइरहेको छ ।… Continue reading बाजुरा केन्द्र बनाएर भूकम्पको धक्का

आफ्नो भ्रमणलाई सवारी नभन्न राष्ट्रपतिको आग्रह

तस्बिरः किरणराज विष्ट / रासस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भ्रमणलाई ‘सवारी’ शब्द प्रयोग नगर्न आग्रह गरेका छन् । आइतबार गोरखा दरबारको अवलोकन र गोरखकालीमा पूजापाठपछि गोरखा संग्रहालय परिसरमा जिल्लाका सरोकारवालासँग भेट गर्दै उनले यस्तो आग्रह गरेका हुन् । ‘सवारी शब्दको रुढ मिनिङ हुन्छ, यसलाई सामन्तवादको प्रतीकको रुपमा लिइन्छ,’ उनले भने, ‘त्यसैले अघिपछि गाडीको सन्दर्भमा प्रयोग गरेपनि भ्रमणको सन्दर्भमा… Continue reading आफ्नो भ्रमणलाई सवारी नभन्न राष्ट्रपतिको आग्रह

११ दिन पैदल हिँडेर काठमाडौँ आइपुगे मिटर ब्याजपीडित

काठमाडौं । न्याय खोज्न महोत्तरीको बर्दिबासबाट पैदल हिंडेका मिटर ब्याजपीडितहरू काठमाडौं आइपुगेका छन् । चैत २ गते महोत्तरीको बर्दिबासबाट पैदल मार्च सुरु गरेका उनीहरु हेटौंडा हुँदै काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ मातातीर्थमा आइपुगेका हुन् । बालबच्चा बोकेका महिलाहरुसमेत पैदल मार्चमा सहभागी छन् । तमसुक व्यवस्था खारेज गर्नु पर्ने, सुदखोरलाई कारबाही गरी मिटरब्याजीद्वारा लुटिएको सम्पत्ति फिर्ता हुनु… Continue reading ११ दिन पैदल हिँडेर काठमाडौँ आइपुगे मिटर ब्याजपीडित

‘सांसदका स्वकीयको तलब काटेर खेलाडीको तलब बढाइयोस् रंगशाला बनाइयोस्’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सांसद बनेका प्रतिनिधि सभा सदस्य ज्ञान बहादुर (ज्ञानेन्द्र) शाहीले मन्त्री तथा सांसदहरूको तलब कटौती गरेर राष्ट्रिय खेलाडीको तलब बढाउनु पर्ने बताएका छन्। शाहीले आइतबार संसद बैठकको शून्य समयमा बोल्दै खेलाडीको तलब बढाउनु पर्ने र रंशगाला बनाउनु पर्ने बताए। कुल बजेटको ०.१३ प्रतिशतमात्रै खेलकूदका लागि छुट्याइएको र खेलाडीलाई सांसदका स्वकीय भन्दा… Continue reading ‘सांसदका स्वकीयको तलब काटेर खेलाडीको तलब बढाइयोस् रंगशाला बनाइयोस्’

लुम्बिनीबाट बाहिरियो ६ दल, सरकार अल्पमतमा

काठमाडौं । लुम्बिनी प्रदेशमा माओवादी र जनमतका ४ मन्त्रीले राजीनामा दिएका छन् । केन्द्रमा नयाँ गठबन्धन बनेपछि माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी, कृष्णा केसीले मन्त्रीबाट राजीनामा दिएका छन् । यसैगरी जनमतका मन्त्री सीके गुप्ताले पनि राजीनामा दिएका छन् । माओवादी मन्त्रीहरूले समर्थन फिर्ता लिएमा नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लीला गिरी अल्पमतमा पर्नेछन्। उनले एक महिनाभित्र… Continue reading लुम्बिनीबाट बाहिरियो ६ दल, सरकार अल्पमतमा

सरकारलाई रास्वपाका सांसदको प्रश्नै-प्रश्न

काठमाडौं । प्रतिनिधि सभाको आइतवारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले सरकारलाई प्रश्नै प्रश्न गरेका छन् । सांसद सन्तोष परियारले विकासको कामको प्रगतिको यथार्थ विवरण पेश गर्न माग गरेका छन्। रास्वपाकै अर्की सांसद सोविता गौतमले तीनकुनेको जग्गा पार्क बनाउनका लागि सरकारले ४८ वर्ष अघि अधिग्रहण गरेको भए पनि मुआब्जा विवाद समाधान नभएको बताइन्। रास्वपाकै अर्की… Continue reading सरकारलाई रास्वपाका सांसदको प्रश्नै-प्रश्न

सरकारलाई पूर्णता दिनेबारे आज गठबन्धनमा छलफल हुने

काठमाडौं । मन्त्रालय बाडफाँट सकाएर सरकारलाई पूर्णता दिनेबारे आज गठबन्धनमा छलफल हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयको सङ्ख्या बाँडफाँटको प्रारम्भिक प्रस्ताव तयार पारी गठबन्धनमा रहेका दलहरूसँग प्रस्तुत गर्ने भएका छन् । प्रस्तावमा आज गठबन्धन दलसँग सहमति जुटाएर भोलिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । शनिबार बसेको माओवादी पदाधिकारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका… Continue reading सरकारलाई पूर्णता दिनेबारे आज गठबन्धनमा छलफल हुने

सरकारमा कांग्रेसको ८ मन्त्रालयमा दावि

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी भएको अवस्थामा अर्थ मन्त्रालयसहित कम्तीमा ८ मन्त्रालय पाउनु पर्ने दाबी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलमा र गठबन्धन बैठकमा अहिलेसम्म भएका छलफलबारे शनिबार पदाधिकारी बैठकमा ब्रिफिङ भएको थियो। जसमा अर्थसहित ८ मन्त्रालयमा दाबी रहेको पदाधिकारीलाई जानकारी दिइएको छ । सभापति शेरबहादुर देउवाले अहिलेसम्म भएका छलफलका प्रगतिबारे ब्रिफिङ… Continue reading सरकारमा कांग्रेसको ८ मन्त्रालयमा दावि

राष्ट्रपति पौडेल आज गोरखा जाने

तस्बिरः किरणराज विष्ट / रासस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाने भएका छन् । राष्ट्रपति बनेपछि उनी पहिलो पटक काठमाडौं बाहिर जान लागेका हुन्। उनी बिहान ९ः३० बजे गोरखा जाने र दरबार क्षेत्र अवलोकन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम… Continue reading राष्ट्रपति पौडेल आज गोरखा जाने

मेलम्चीको पानी सूर्यविनायक नगरपालिकामा समेत वितरण हुने

Photo : spotlightnepal

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ । सूर्यविनायक नगरपालिका क्षेत्रमा खानेपानीको चरम अभावलाई कम गर्न वडा नं १ देखि ६ सम्म पाण्डुबजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्याङ्कीबाट पानी वितरण गर्नेगरी केयुकेएल र नगरपालिकाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । नगरपालिकाको तर्फबाट नगर प्रमुख वासुदेव… Continue reading मेलम्चीको पानी सूर्यविनायक नगरपालिकामा समेत वितरण हुने

गरिब र उत्पीडित वर्गले आफ्नो प्रतिनिधि चिन्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिब, विपन्न र उत्पीडित वर्गको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र र यसको नेतृत्व नै भएको बताएका छन् । शनिबार दिउँसो काठमाडौंमा आयोजित विश्व नेवार दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले गरिब र उत्पीडित वर्गले आफ्नो असल प्रतिनिधि चिन्न सक्नुपर्ने बताएका हुन् । कार्यक्रममा प्रधानमन्त्रीले भने,… Continue reading गरिब र उत्पीडित वर्गले आफ्नो प्रतिनिधि चिन्न सक्नुपर्छ : प्रधानमन्त्री

सोमबारसम्म सरकारलाई पूर्णता दिने माओवादीको निर्णय

rss

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले यही चैत्र १३ गते (सोमबार) सम्ममा मन्त्रीपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिबार अपरान्ह बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो। पर्सीसम्ममा मन्त्रिपरिषदलाई विस्तार गरी डेलिभरीका कामलाई तीव्रता दिने निर्णय पार्टी पदाधिकारी बैठकले गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । माओवादीले संसदलाई गतिशील र प्रभावकारी… Continue reading सोमबारसम्म सरकारलाई पूर्णता दिने माओवादीको निर्णय

जेल सजाय तोकिएका राहुल गान्धीको पत्रकार सम्मेलन, के भने ?

नयाँ निल्ली । भारतीय कंग्रेस आईका नेता राहुल गान्धीले आफूलाई सांसद बन्नबाट अयोग्य बनाएर वा जेल हालेर तर्साउन नसक्ने प्रतिक्रिया दिएका छन् ।लोकसभाबाट सांसद पद खारेज भएपछि शनिबार पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई कसैले पनि तर्साउन नसक्ने बताए । ‘उनीहरूले मलाई अयोग्य बनाएर वा जेल हालेर तर्साउन सक्दैनन्,’ उनले भने। अयोग्य बनाइए पनि आफूलाई त्यसको… Continue reading जेल सजाय तोकिएका राहुल गान्धीको पत्रकार सम्मेलन, के भने ?