रास्वपाले उपराष्ट्रपतिमा ममता झालाई मत दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने भएको छ । रास्वपा सांसदहरु छलफलमा जुटेका थिए । एक सांसदका अनुसार छलफलमा झालाई मत दिने समझदारी भएको छ । पार्टीसँग १९ संघीय सांसद छन् । यो एक हजार ५०१ मतभार हो । रास्वासँगै ममताको पक्षमा जनमत, लोसपा र नागरिक… Continue reading रास्वपाले उपराष्ट्रपतिमा ममता झालाई मत दिने

बेलायतले नेपाललाई १४ अर्ब अनुदान दिने

काठमाडौं । बेलायतले नेपालको स्थानीय पूर्वाधार विकास कार्यक्रमका लागि १४ अर्ब ४ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । अर्थ मन्त्रालयमा बिहीबार नेपालका लागि बेलायती राजदूत निकोला पोलिट तथा अर्थसचिव तोयम रायाबीच यससम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भयो । कार्यक्रममार्फत १७ लाख मानिस लाभान्वित हुने जनाइएको छ । बेलायत र नेपालबीच पूर्वाधार निर्माण, मर्मतसम्भार र… Continue reading बेलायतले नेपाललाई १४ अर्ब अनुदान दिने

आफ्नै कार्यालयको महिला कर्मचारीमाथि कार्यकक्षमै अस्लिल हर्कत गर्ने डिन निलम्बनमा

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले डिन प्रा. जयप्रकाश दत्तलाई निलम्बन गरेको छ। कृषि संकायका डिन दत्तले जुम बैठकमा महिला कर्मचारीलाई अश्लील हरकत गरेको भिडियो सार्वजनिक भएको थियो। उनलाई निलम्बन गरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले दत्तलाई निलम्बनको पत्र लेख्दै सामाजिक सञ्जालमा देखिएको विषयवस्तु सम्वेदनशील देखिएको हुँदा सत्यतथ्य… Continue reading आफ्नै कार्यालयको महिला कर्मचारीमाथि कार्यकक्षमै अस्लिल हर्कत गर्ने डिन निलम्बनमा

मुलुकले आज पाउँदैछ नयाँ उपराष्ट्रपति

काठमाडौं । मुलुकले आज नयाँ उपराष्ट्रपति पाउँदैछ । उपराष्ट्रपति पदका लागि आज निर्वाचन हुने भएको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो । बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगको भनाई छ… Continue reading मुलुकले आज पाउँदैछ नयाँ उपराष्ट्रपति

२०८० सालमा ३५ दिन सार्वजनिक बिदा हुने

Source : Hamro patro

काठमाडौं । सरकारले २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक बिदा दिने भएको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको हो । जसमा सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ । सरकारले २७ पुसमा पृथ्वी जयन्ती र १… Continue reading २०८० सालमा ३५ दिन सार्वजनिक बिदा हुने

बागमतीका मुख्यमन्त्रीले चैत ८ मा विश्वासका मत लिने

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन् । उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएकोछ । केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको थियो । त्यसपछि वर्तमान सरकार… Continue reading बागमतीका मुख्यमन्त्रीले चैत ८ मा विश्वासका मत लिने

गृहसहित तीन मन्त्रालयमा समाजवादीको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारी गरेका छन् । उनले यही चैत ६ गते विश्वासको मत लिने तयारी थालेका छन् । एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डेले मन्त्रिपरिषदको नेतृत्व गर्ने सम्भावना छ । गठबन्धनमा रहेको चौथो ठूलो दलको हैसियतले गृह, अर्थ वा भौतिक योजनामध्ये रोजेको मन्त्रालय दाबी गरेको छ… Continue reading गृहसहित तीन मन्त्रालयमा समाजवादीको दाबी

काठमाडौं उपत्यकामा वडाबाट आज नि:शूल्क कानूनी परामर्श

काठमाडौं । काठमाडौँ महानगरपालिकाका सबै वडामा बिहीबारदेखि निःशुल्क कानूनी परामर्श सेवा सुरु हुने भएको छ। नेपाल ल क्याम्पससँग गत माघ १७ गते सम्पन्न सम्झौताका आधारमा उक्त क्याम्पसले खटाएको विद्यार्थीले प्रत्येक वडामा पुगेर सेवा दिनेछन्। सेवामा जानुअघि बुधबार उनीहरूलाई सम्पादन गर्नु पर्ने कामका विषयमा जानकारी गराइएको छ। सेवा उपलब्ध गराउनका लागि ल क्याम्पसबाट आएका विद्यार्थीलाई १६… Continue reading काठमाडौं उपत्यकामा वडाबाट आज नि:शूल्क कानूनी परामर्श

विश्वकपमा प्रवेशमा भविश्य निर्धारण गर्ने महत्वपूर्ण खेल खेल्दै नेपाल, यूएईविरुद्ध पहिले फिल्डिङ

काठमाडौं । एक दिवसीय विश्वकपको अन्तिम छनोटको ढोका खोल्न महत्वपूर्ण मानिएको आफ्नो अन्तिम खेलमा आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत आज नेपालले यूएईको सामना गर्दैछ । नेपालले टस हारेर पहिले फिर्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । नेपालले आज टोलीमा एक… Continue reading विश्वकपमा प्रवेशमा भविश्य निर्धारण गर्ने महत्वपूर्ण खेल खेल्दै नेपाल, यूएईविरुद्ध पहिले फिल्डिङ

यती एयर दुर्घटना छानविन गर्न गठित समितिको म्याद थप

काठमाडौं । सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको जाँचबुझ गर्न गठित आयोगको म्याद ४५ दिन थप गरेको छ । मंगगलबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले आयोगको म्याद ४५ दिन थप गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । १ माघमा काठमाडौंबाट गएको यती एयरको विमान पोखरामा दुर्घटना हुँदा सबै ७२ जनाको… Continue reading यती एयर दुर्घटना छानविन गर्न गठित समितिको म्याद थप

डीडीसीले बढायो दुधको मूल्य

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले बिहीबारदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ । संस्थानले बिहीबारदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाउने भएको छ । डीडीसीका महाप्रवन्धक सन्जिव सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र बिहीबारदेखि त्यो मूल्य उपभोक्तालाई पर्ने जानकारी दिएका छन् । उनका अनुसार बुधबारदेखि नै किसानले बढेको मूल्य… Continue reading डीडीसीले बढायो दुधको मूल्य

श्रम स्वीकृतिमा अनिवार्य २ वर्षे प्रावधान हट्यो

File

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार प्रधानमन्त्री स्तरको निर्णयबाट यस्तो प्रावधान हटाइएको हो । अब सबै कामदारले गन्तब्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति, रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताका आधारलाई नै अवधि तोकिनेछ र सोही आधारमा श्रम स्वीकृति… Continue reading श्रम स्वीकृतिमा अनिवार्य २ वर्षे प्रावधान हट्यो

उपराष्ट्रपति निर्वाचनमा भोट नहाल्ने राप्रपाको निर्णय

काठमाडौं । राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने निर्णय गरेको छ। पार्टीको आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपराष्ट्रपति चुनावमा मतदान नगर्ने, तटस्थ बस्ने निर्णय गरेको हो । फागुन २५ मा सम्पन्न राष्ट्रपति चुनावमा पनि राप्रपा मतदान प्रक्रियामा सहभागी भएको थिएन । किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदूरदर्शी, अमानवीय… Continue reading उपराष्ट्रपति निर्वाचनमा भोट नहाल्ने राप्रपाको निर्णय

मन्त्री र कर्मचारीलाई अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक

काठमाडौं । नेपाल सरकारका मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीहरूको अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक लगाइएको छ। मंगलबार बसेको मन्त्रिपरिष्द बैठकले यस्तो निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् । त्यस्तै बैठकले पूर्वमुख्यसचिव लिलामणी पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलव सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री… Continue reading मन्त्री र कर्मचारीलाई अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक

माग पूरा नभए जेठबाट बञ्चरेडाँडामा फोहोर फाल्न नदिने

काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले वैशाख मसान्तसम्ममा माग सम्बोधन नभए जेठबाट फोहोर फाल्न नदिने चेतावनी दिएको छ । सरोकार समितिका संयोजक श्रीराम ढुंगाना र उपसंयोजक सनत उप्रेतीले संयुक्त रुपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकालाई पत्रचारमार्फत उक्त जानकारी गराएको हो। वञ्चरेडाँडा ल्याण्डफिल साईटका बारेमा नेपाल सरकार र… Continue reading माग पूरा नभए जेठबाट बञ्चरेडाँडामा फोहोर फाल्न नदिने

राष्ट्रपतिको रामचन्द्र पौडेलको दुवै गालाको कोठी फिर्ता !

काठमाडौं । राष्ट्रपति कार्यालयको वेबसाइटमा प्रयोग गरिएको नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर तीनदिन पछि फेरिएको छ । तीव्र आलोचना भएपछि अहिलेको तस्बिरमा पौडेललाई वास्तविक रूपमा देख्न सकिन्छ । यसअघिको तस्बिरमा पौडेलको दुवै गालामा रहेका कोठी हटाइएको थियो भने चाउरी पनि मेटेर अनुहार चिल्लो पारिएको थियो । साथै पौडेललाई वास्तविकभन्दा धेरै गोरो देखाइएको थियो । पदभार… Continue reading राष्ट्रपतिको रामचन्द्र पौडेलको दुवै गालाको कोठी फिर्ता !

उपराष्ट्रपतिका उम्मेदवार रामसहायलाई मतदान गर्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका रामसहाय यादवलाई सहयोग गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यादवलाई सघाउने निर्णय गरेको हो । यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको… Continue reading उपराष्ट्रपतिका उम्मेदवार रामसहायलाई मतदान गर्न कांग्रेसको निर्देशन

प्रधानमन्त्रीले ६ गते विश्वासको मत लिने

काठमाडौं । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत्र ६ गते विश्वासकाे मत लिने तयारी गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सरकारले पूर्णता पाउने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि उनले भने, ‘विश्वासको मत लिइसकेपछि सरकारमा… Continue reading प्रधानमन्त्रीले ६ गते विश्वासको मत लिने

उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि फोटोसहितको नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गरेको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यले मतदान गर्ने मतपत्रमा गुलाबी रङ र प्रदेशसभा सदस्यले प्रयोग गर्ने मतपत्रमा हरियो रङको प्रयोग गरिएको छ। मतपत्रमा उपराष्ट्रपतिका उम्मेदवार चारैजनाको तस्बिरसहितको नाम उल्लेख… Continue reading उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक

आइसीसी वरियतामा नेपालको झन सुधार

काठमाडौं । आईसीसी ओडीआई वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । आईसीसीले मंगलबार अपडेट गरेको ओडीआई वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको हो । केही दिनअघि मात्रै १९औं स्थानबाट १७औं स्थानमा उक्लेको नेपालले यस पटक नामिबियालाई पछि पारेको हो । पछिल्लो पटक क्रिकेट विश्वकप लिग टु मा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले… Continue reading आइसीसी वरियतामा नेपालको झन सुधार

नेपालमा कस्तो रहला आजको मौसम ?

file

काठमाडौ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपराह्नतिर चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको… Continue reading नेपालमा कस्तो रहला आजको मौसम ?

ठगी प्रकरण: पृथ्वी शाहसहित ६ जना जेल चलान

काठमाडौं । सोमबार जिल्ला अदालत काठमाडौंले शंकास्पद धन नेपाल भित्राएएका पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ । शाहले २४ जनासँग उनले २८ लाख ९२ हजार ३९० अमेरिकी डलर ठगी गरेको प्रहरीले जनाएको छ। शाहसहित अछामकै विजयविक्रम शाह, रंगबहादुर साउद, दोलखाका अनुप खड्का, जाजरकोटका चक्रबहादुर खत्री र नवलपरासी पश्चिमका रुक्माङ्गत काफ्लेसहित… Continue reading ठगी प्रकरण: पृथ्वी शाहसहित ६ जना जेल चलान

निजामती कर्मचारी अस्पतालले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । निजामती कर्मचारी अस्पतालले ठूलो संख्याका कर्मचारी माग गरेको छ । अस्पतालमा रिक्त पदहरूमा पदपूर्तिका लागि खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले आवेदन आह्वान गरिएको हो । अस्पतालले दशौँदेखि चौथो तहसम्मका लागि कर्मचारी माग गरेको छ । एकै दिन दुईवटा सार्वजनिक विज्ञापन प्रकाशन गर्दै अस्पताले दशौँदेखि चौथो तहसम्मका लागि ठूलो संख्याका कर्मचारीका… Continue reading निजामती कर्मचारी अस्पतालले माग्यो ठूलो संख्यामा कर्मचारी

यस वर्षदेखि सेतो मत्स्येन्द्रनाथको रथ पर्यटकलाई पनि तान्न दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षदेखि सेतो मत्स्येन्द्रनाथको रथ पर्यटकलाई पनि तान्न दिने तयारी गरेको छ । काठमाडौंका जात्रा–पर्वलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न यो तयारी गरिँदैछ भने त्यसअघि यस विषयमा स्थानीय समुदाय र गुठीसँग छलफल गरिने छ । हरेक वर्ष चैत शुक्ल अष्टमीका दिनबाट यो रथ यात्रा काठमाडौंंको जमलबाट सुरु भएर चैत शुक्ल पूर्णिमाका दिन जनबहालमा… Continue reading यस वर्षदेखि सेतो मत्स्येन्द्रनाथको रथ पर्यटकलाई पनि तान्न दिने

पहाडी र तराईका केही भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं । देशको पहाडी तथा हिमाली भू–भागहरूमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहने जनाएको छ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक… Continue reading पहाडी र तराईका केही भागमा हल्का वर्षाको सम्भावना

उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायमै

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ । आइतबार निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिमा यादवको उम्मेदवारी खारेज गर्नुनपर्ने भएको उल्लेख गर्दै संविधानमा महिला नै हुनुपर्ने बाध्यकारी व्यवस्था नभएको जनाएको छ। राष्ट्रपतिमा पुरुष उम्मेदवार निर्वाचित भइसकेका कारण उपराष्ट्रपतिमा यादवको उम्मेदवारी संविधानविपरीत रहेको दाबीसहित उनको उम्मेदवारी खारेजको माग गर्दै नेकपा… Continue reading उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायमै

चिनियाँ पर्यटकले नेपालमा अब बीना अवरोध घुम्न पाउने

काठमाडौं । चीनले आफ्ना नागरिकका लागि खुला गरेको पर्यटकीय गन्तव्य सूचीमा नेपाललाई पनि जोडेको छ । कोभिडयता नेपाल प्रतिवन्धमा थियो । चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो पटक निर्वाचित भएसँगै चीनले आफ्ना नागरिकलाई घुम्न जान खुला गरेका ४० देशको सूचीमा राखिएको छ । फागुन १ गतेदेखि पर्यटकका रूपमा जान पाइने सूचीमा नेपाल परेसँगै चिनियाँ पर्यटक एकल… Continue reading चिनियाँ पर्यटकले नेपालमा अब बीना अवरोध घुम्न पाउने

माओवादी धारका दलको पत्रकार सम्मेलन आज

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित माओवादी धारका पार्टीले आज पत्रकार सम्मेलन गर्दैछन् । आइतबार दिउँसो २ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पत्रकार सम्मेलन गर्न लागिएको छ । ‘जनयुद्धकालीन मुद्दा’ अदालतबाट नभई सत्य निरूपण तथा मेलमिलाप आयोगलगायत आयोगबाट समाधान खोजिनुपर्नेमा उनीहरू छन्। माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अभिव्यक्तिलाई लिएर सर्वोच्चमा मुद्दा परेको र १५… Continue reading माओवादी धारका दलको पत्रकार सम्मेलन आज

राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिने

काठमाडौं । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिने भएको छ । नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भइसकेका छन् । अब भण्डारीले शीतलनिवास छाड्नुपर्छ । उनी शीतलनिवासबाट बूढानीलकण्ठ(२ चपलीस्थित निजी निवासमा सर्ने छिन् । उनी २९ फागुनमा निजी निवास सर्ने तयारी छ । भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति… Continue reading राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिने

शपथ नखाँदै राष्ट्रपति पौडेलको ‘तामझाम’ धेरै, ‘बाटो खाली’ गराउँदै दौडधुप

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज पनि विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । दिउँसो साढे १ बजे पुष्पलाल पार्क (चम्पादेवी) र त्यसपछि दिउँसो साढे २ बजे भट्टराई आश्रम बाडेगाउँ पुग्ने कार्यक्रम छ । शुक्रबार राष्ट्रपति पौडेल गुह्वेश्वरी र पशुपतिनाथ मन्दिरको दर्शन गर्नाका साथै सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेका थिए । उनको आगमनको क्रममा ट्राफिक जाम भएको… Continue reading शपथ नखाँदै राष्ट्रपति पौडेलको ‘तामझाम’ धेरै, ‘बाटो खाली’ गराउँदै दौडधुप