Category: समाचार

  • ‘नेपाल ए’ले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दै, आज क्यानडासँग खेल

    ‘नेपाल ए’ले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दै, आज क्यानडासँग खेल

    काठमाडौं । नेपाल ए ले पहिलो एकदिवसीय अभ्यास खेल आज क्यानडासँग खेल्ने भएको छ । टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ । क्यानडा ११ का कप्तान साद बिन जफारले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिए । आधिकारिक रुपमा पहिलो पटक नेपाल ए को टिम निर्माण बनेको छ । नेपालको कप्तानी विनोद भण्डारीले गर्नेछन् ।


    नेपाल ‘ए’को प्लेइङ ११

    विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, प्रतिस जिसी, रासिद खान, सागर ढकाल, साहब आलम र सन्दीप जोरा ।

    बेन्च ः आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया, शेर मल्ल र रिजन ढकाल ।

  • मधेश प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने

    मधेश प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने


    काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । ९ माघमा जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन । विश्वासको मत लिने प्रयोजनका लायिग आज दिउँसो २ बजे मधेश प्रदेश सभाको बैठक बोलाइएको छ । मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिने भनेर मधेश प्रदेशसभा सचिवालयलाई गत बिहीबार नै पत्र पठाएका थिए । जसपाका यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री बनेयता यादवले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो ।

    मधेशमा १०७ प्रदेश सभा सदस्यहरुमध्ये यादवले विश्वासको मत पाउन ५४ सदस्यको समर्थन आवश्यक छ । जसपासहित, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको समर्थन रहेकाले उनी सहज अवस्थामा छन् । नेपाली कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९\९ र एकीकृत समाजवादीका ७ जना सांसद छन् । यी सबैले विश्वासको मत दिए भने मुख्यमन्त्रीको पक्षमा ६५ मत पुग्छ ।

    मधेशको सबैभन्दा ठूलो दल नेकपा एमालेका २३ र जनमत पार्टीका १३ सांसद छन् । राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका १/१ सांसद छन् । महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजायँ पाएका लोसपा संसदीय दलका नेता अभिराम शर्मा भने छन् ।

  • प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

    प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर


    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुको प्रश्नोत्तर हुने भएको छ । बैठक ११ बजेका लागि बोलाइएको छ । यसअघि २४ माघमा बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले ६ फागुनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी गराएका थिए । त्यसका लागि उनले फागुन २ गते दिउँसो ३ बजेभित्र संसद सचिवालयमा लिखित प्रश्न उपलब्ध गराउन सांसदहरुलाई भनिसकेका छन् ।

    संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा १३ जना सांसदहरुले प्रश्न सोध्ने छन् र ती प्रश्नको जवाफ प्रधानमन्त्री प्रचण्डले दिनेछन् । प्रतिनिधिसभा नियमावली २०७९ परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमको व्यवस्था छ । जहाँ प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ ।

    आजको बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बधी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची पनि छ ।

  • महोत्तरीमा झडप, प्रहरीले चलायो गोली

    महोत्तरीमा झडप, प्रहरीले चलायो गोली


    काठमाडौं । महोत्तरीको सम्सीमा झण्डा मेलाका क्रममा दुई समूहबीच झडप भएको छ । झण्डा मेलाको कलश यात्राका क्रममा दुई समूहबीच झडप हुँदा प्रहरीले ४ राउन्ड गोलीसमेत चलाएको छ ।

    झडप नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए । झडपका क्रममा दुवैतर्फ केही व्यक्ति घाइते भएको उनले बताए । झडपका क्रममा एउटा मोटरसाइकलमा आगजनीसमेत गरिएको छ । अवस्था बिग्रिन नदिन घटनास्थलमा जिल्ला प्रहरी र प्रदेश प्रहरी कार्यालयबाट प्रहरी खटाइएको छ ।

  • सगरमाथा क्षेत्रको भ्रमणमा आएको विदेशी नागरिकको मृत्यु

    सगरमाथा क्षेत्रको भ्रमणमा आएको विदेशी नागरिकको मृत्यु

    काठमाडौं । सगरमाथा क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायतका ४२ वर्षीया एलिजाबेथ डायरो रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार मिश्रका अनुसार जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्क्षेपस्थित एक होटलमा बास बसेका उनको सोही स्थानमा मृत्यु भएको हो ।

    गत माघ २४ गते नमस्ते ट्रेकिङ कम्पनीमार्फत सगरमाथा क्षेत्र भ्रमणमा आएका एलिजाबेथको लुक्लाबाट सगरमाथा आधार शिविर जाने क्रममा गोरक्क्षेपस्थित हिमालयन लजमा बास बसेका थिए । सोही दिन साँझ ५ बजेतिर होटलमै बेहोस भई ढलेका एलिजाबेथको केही समयपछि सोही स्थानमा ज्यान गएको प्रहरी निरीक्षक मिश्रले जानकारी दिए ।

    उनले भने, ‘माघ २४ गते विदेशी नागरिक लुक्लामा जहाजमार्फत ओर्लिएर त्यहाँबाट एभरेष्ट बेसक्याम्प जाने क्रममा गोरक्क्षेपको होटलमा बास बसेका रहेछन्, त्यही बेहोस भएर ढलेका उनको केही समयपछि नै मृत्यु भयो ।’ शव अल्टिच्युड हेलिकप्टरमार्फत लुक्ला ल्याई कानुनी प्रक्रिया पूरा गरी काठमाडौंको शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

  • आईसीसी क्रिकेट विश्वकप लिग २ : दोस्रो खेलमा नेपालको सानदार जित

    आईसीसी क्रिकेट विश्वकप लिग २ : दोस्रो खेलमा नेपालको सानदार जित

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको सानदार जित हात पारेको छ । शनिबार नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान गरे । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट भयो ।

    नेदरल्याण्ड्सलाई अल आउट गर्ने क्रममा कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहितकुमार पौडेलको नाममा समान १ विकेट रह्यो । नेदरल्याण्ड्सका २ जना रन आउट भए । बिहान ब्याटिङ गर्न कठिन मानिने त्रिविको विकेटमा टस जितेर फिल्डिङ गर्ने कप्तान रोहितकुमार पौडेलले निर्णयलाई सही सावित गर्दै ओपनर बलर सोमपाल कामीले तेस्रो बलमा नै विकेट लिएका थिए ।

    खाता नै नखोली माइकल लेभिटलाई गुमाएपछि नेदरल्याण्ड्सले नेपाली बलर सामु खुलेर खेल्न पाएन । अर्का ओपनर म्याक्स ओडाउड व्यक्तिगत १० रनमा रनआउट भए । स्याब्रान्ड एंगेलब्रेक्टले इनिङ सम्हाल्ने प्रयास गरे पनि उनी व्यक्तिगत २३ रनमा ललित राजवंशीको बलमा अनिल साहबाट क्याच आउट भए । उनले तेस्रो विकेटका लागि बास डि लिडेसँग ३८ रनको साझेदारी गरेका थिए । लिडे २७ रन बनाउँदै ललितकै बलमा बोल्ड भए ।

    त्यसपछि कप्तान स्कट एडवाड्र्सले ३३ रन बनाए । उनी कुशल भुर्तेलको एलबीडब्लू धरापमा परे । नवौं विकेटका रुपमा उनी आउट हुँदा नेदरल्याण्ड्सको स्कोर बोर्डमा १२७ रन थियो । थप १० रन जोड्दा भिभियन किंग्माको विकेट लिँदै भुर्तेलले नेदरल्याण्ड्सलाई अल आउट गरे । यसअघि कीर्तिपुर मैदानमा भएको लिग टु को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।

  • शर्मिलालाई कृष्ण कँडेलको प्रश्न-‘ह्यारेसमेन्ट भएकै समयमा किन बोल्नुभएन’ ?

    शर्मिलालाई कृष्ण कँडेलको प्रश्न-‘ह्यारेसमेन्ट भएकै समयमा किन बोल्नुभएन’ ?

    काठमाडौं । इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले आफूमाथि लगाइएका आरोपबारे पत्रकार सम्मेलनमार्फत जवाफ दिएका छन् । उनले कुनै पनि कलाकारमाथि शोषण र दुर्व्यवहार नगरेको बताए ।

    इन्द्रेणीबाट हटाइएका ६ जना कलाकारले आफूहरूलाई अन्यायमा पारिएको भन्दै कँडेलविरुद्ध पत्रकार सम्मेलन गरेका थिए । उनीहरूमध्ये शर्मिला श्रेष्ठले आफूमाथि कँडेलले ‘ह्यारेसमेन्ट’ गरेको आरोप पनि लगाएकी छन् । कँडेल आफ्नो कोठामा जान खोजेको तर आफूले नलगेपछि काममा पेल्न थालेको उनको आरोप छ ।

    खासगरी कलाकार शर्मिला श्रेष्ठले आफूमाथि लगाएको यौन दुर्व्यवहार (सेक्सुअल ह्यारेसमेन्ट) को आरोपमाथि आक्रोशित हुँदै उनले ह्यारेसमेन्ट भएको तीन वर्षसम्म केही नबोल्ने र अहिले बोल्नुको अर्थ के हो भन्दै प्रश्न गरेका हुन् । ‘शर्मिला बहिनीले ममाथि तीनवर्ष अगाडि ह्यारेस्मेन्ट गरेको आरोप लगाउनु भएको छ’, कँडेलले पत्रकार सम्मेलनमा भने, ‘त्यस्तो हो भने यो तीन वर्ष के हेरेर बस्नु भयो किन बोल्नुभएन ?’

    उनले अगाडि भने, ‘अहिले जसलाई जे–जे भने पनि हुने भयो यो देशमा । शर्मिला बहिनी ! यदि मैले तपाईंलाई ह्यारेसमेन्ट गरेको थिएँ भने तीन वर्ष के हेर्नुभयो भन्नुस् त ? म विदेश जाँदा तपाईं एयरपोर्टमा आएर ‘भगवान् दाइ’ भन्दै ढोग गर्नुभएको थियो । अहिले राक्षस भन्ने हो भने त्यो बेला किन भगवान् भन्नुभयो ? त्यही बेला मलाई तैंले किन यसो गरिस् भन्नु पर्दैन ?’

    हिजो शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै शर्मिला श्रेष्ठ र कविता लामाले आफूहरूमाथि यौन दुर्व्यवहार भएको आरोप लगाएका थिए । त्यस विषयमा स्पष्ट गर्दै कँडेलले पहिले आफूलाई भगवान् भन्ने व्यक्तिहरूले नै अहिले राक्षस भनिरहेकोमा आश्चर्य प्रकट गरे । कसैलाई पनि आफूले नराम्रो नजरले नहेरेको उनले स्पष्ट पारेका छन् । आफूमाथि लागेको विभिन्न आरोप कपोकल्पित र झुटो रहेको उनको भनाइ छ ।

  • ‘गरिबी हटाउन कृषि क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता’- राष्ट्रपति पौडेल

    ‘गरिबी हटाउन कृषि क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता’- राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासमार्फत गरिबी न्यूनीकरण गर्न सकिने भन्दै यसका लागि कृषि क्षेत्रमा नीतिगत सुधारको आवश्यकता औंल्याएका छन् ।

    ‘बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव–२०८०’ को आज बनेपामा उद्घाटन गर्दै राष्ट्रपतिले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति–निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

    ‘गरिबीको रेखाभित्रका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा भएको हुँदा यी क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता मैले देखेको छु’, राष्ट्रपति पौडेलले भने, ‘मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति–निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता देखिन्छ ।’ उनले राजनीतिक परिवर्तनपछि मुलुकको आवश्यकता आर्थिक समृद्धि, विकास र शान्ति नै भएको उल्लेख गरे ।

    राष्ट्रपति पौडेलले ‘निमुखालाई न्याय र विपन्नलाई आय’को व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको उल्लेख गर्दै मूलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै औद्योगिकीकरणको मार्ग प्रशस्त गरी आर्थिकरूपमा समृद्ध नेपालको निर्माण गर्नसक्ने धारणा राखे । ‘यही नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट पनि हो भन्ने मलाई लाग्दछ ।’ । उनले कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र सम्वद्र्धन गरी नयाँ पुस्तालाई परिचित गराई यसको ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

    उनले काभ्रेपलाञ्चोक कृषि, पशुजन्य र बजारमुखी उत्पादनको दृष्टिले महत्वपूर्ण क्षेत्र भएको बताए । राष्ट्रपति पौडेलले यहाँका नागरिक कृषि कर्मबाट अन्य पेसा, व्यवसायतर्फ आकर्षित भइरहेको सन्दर्भमा कृषि कार्यप्रतिको आकर्षण, रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायको व्यापकता अभविृद्धिमा महोत्सवले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

  • कालिका मन्दिरमा चढाइयो ३०३ तोलाका गरगहना

    कालिका मन्दिरमा चढाइयो ३०३ तोलाका गरगहना

    काठमाडौं । गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बागलुङ कालिका मन्दिरमा चढाइएको सुन तथा चाँदीका गरगहना सार्वजनिक गरिएको छ ।

    बागलुङ कालिका गुठी व्यवस्थापन समितिले मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक गर्दै १२ असोज २०७८ देखि हालसम्म ३० प्रकारका तीन सय तीन तोलाका विभिन्न गरगहना सङ्कलन भएको जनाएको हो । उक्त मन्दिरले मासिकरूपमा आयव्यय विवरणसमेत सार्वजनिक गर्दै आएको छ । गुठीका अध्यक्ष कुमार खड्काले मन्दिरप्रति जनताको विश्वास बढाउने र पारदर्शी हुने लक्ष्यले उक्त जिन्सी सार्वजनिक गरिएको बताए ।

    सार्वजनिक विवरणअनुसार गुठीले ३० भन्दा बढी प्रकारका गरगहना सार्वजनिक गरेकामा १७ थान सुनको तिलहरी, एक थान सुनको सिक्री, सात थान सुनको टीका, तीन थान मुन्द्रा, सुनको चन्द्रमा, सुनको फुली, प्रतिमा, सिक्का, जन्तर, नाग र तारलगायत छन् ।

    त्यस्तै, चाँदीमा तिलहरी, घोडा, औँठी, पाउजुजस्ता धेरै गहना मन्दिरमा चढाइएको थियो । वि.सं २०७७ अघि मन्दिरमा चढाइएका गहना जिल्लास्थित मालपोत कार्यालयमा बुझाउनु पथ्र्यो । त्यसयता दुई पटकसम्म गरगहना सार्वजनिक भइसकेको उनको भनाइ छ । वि.सं २०७७ यताका गरगहना बैंकको लकरमा राख्दै आइएकामा सुन र चाँदीका गरगहना सार्वजनिक कार्यक्रमै एकीकृत गर्न गालिएको थियो ।

    वि.सं २०७८ असोजयता सङ्कलन भएका सुन र चाँदीका गरगहनालाई गालेर तीन तोला ४५ लाल सुन र ३०० तोला ११ लाल चाँदी कायम गरेर बैंकमा दाखिला गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।

    ‘गुठी संस्थाने सङ्कलन भएका गरगहना एकीकृत गरेर राख्नु भनेपछि गालेर बैंकमा राख्न थालिएको छ, साना टुक्रा र टीकाजस्ता सुनका गरगहना राख्न असहज हुनेभएकाले गालेर एकमुष्ट राख्न थालिएको छ’, उनले भने, ‘बैंकको लकरमा सुरक्षिता राखिँदै आइएको छ, गुठी संस्थाले उक्त सुन र चाँदीलाई के गर्ने भनेर निर्णय गर्ला तर मन्दिरको पारदर्शिताका लागि गरगहना सरोकारवाला निकायको रोहवरमा पत्रकार सम्मेलनमार्फत सर्वाजनिक गर्दै आइएको छ ।’ कालिकाको पूजा गर्न आउने भक्तजनले फूलप्रसादबाहेक सुन र चाँदीसहित अन्य धातुका गरगहना पनि चढाउने गर्छन् ।

    मन्दिरमा चढाइने भेटी भने हरेक दिन र मासिक सार्वजनिक गर्ने चलन छ । हरेक दिन भेटी बेलुकी सार्वजनिक बोर्डमा लेख्ने र मासिकरूपमा पत्रकार सम्मेलन गर्ने चलन रहेको छ ।

    माघ महिनामा उक्त गुठी व्यवस्थापन समितिले कूल १९ लाख ७२ हजार ८० रुपैयाँ आम्दानी गरेकामा २० लाख ३४ हजार आठ सय ६० रुपैयाँ खर्च भएको आम्दानी–खर्च विवरणमा उल्लेख छ । रासस

  • एसीसी वुमन्स प्रिमियर कप क्रिकेट : महत्वपूर्ण खेलमा नेपालले आज मलेसियाको सामना गर्ने

    एसीसी वुमन्स प्रिमियर कप क्रिकेट : महत्वपूर्ण खेलमा नेपालले आज मलेसियाको सामना गर्ने

    काठमाडौं । नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज घरेलु टोली मलेसियाको सामना गदैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ । विजेता टोलीले यसै वर्ष हुने महिला टि–२० एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ । एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।

    एसिया कप खेल्न यो नेपाललाई स्वर्णिम अवसर हो । मलेसियालाई हराए ८ वर्षपछि महिला टोली एसिया कपमा पुग्नेछ । पछिल्लो पटक नेपालले २०१६ मा थाइल्यान्डमा एसिया कप टि–२० क्रिकेट खेलेको थियो । त्यसबेला भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाईल्यान्ड सबै पाँच टोलीसँग हारेर नेपाल बाहिरिएको थियो । नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेट तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल भिड्न लागेका हुन् । कुवेतलाई हराउन सीता रानामगरले कुवेतविरुद्ध ह्याट्रिक लिएकी थिइन् । नेपालको चार मध्य तीन जितमा सीता प्लेयर अफ द म्याच चुनिएकी थिइन् ।

  • ९० इन्टरनेट कम्पनीले तिरेनन् सरकारलाई रोयल्टी

    ९० इन्टरनेट कम्पनीले तिरेनन् सरकारलाई रोयल्टी

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी र ग्रामीण दूरसञ्चार दस्तुर नतिर्ने ९० वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको नाम सार्वजनिक गरेको छ । बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले आर्थिक वर्ष २०७९\८० को अडीटेड वित्तीय विवरणअनुसार बुझाउन पर्ने कूल आम्दानीको ४ प्रतिशतले हुने रोयल्टी र २ प्रतिशतले हुने ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम बुझाउन निर्देशन दिएको हो । रोयल्टी र शुल्क पुस मसान्तभित्र बुझाउन प्राधिकरणले यसअघि नै पत्राचार गरेर जानकारी गराएको थियो । तर, अहिलेसम्म दाखिला नगरिएकोले फागुन मसान्तभित्र नियमानुसार लाग्ने २ महिनाको थप दस्तूरसहित बुझाउन निर्देशन दिएको छ ।

    प्राधिकरणले सूचनामा रोयल्टीवापतको रकम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको राजस्व खातामा र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) वापतको रकम प्राधिकरणको खातामा दाखिला गर्न सूचनामा भनिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दाखिला गरेको रोयल्टी र प्राधिकरणको खातामा दाखिला गरेको दस्तुरकोको भौचर र लेखापरीक्षण भएको वित्तीय विवरण सहित प्राधिकरणमा अनिवार्य रुपमा दर्ता गर्न पनि निर्देशन दिइएको छ । रोयल्टी र दस्तुर नतिर्ने सूचीमा भायानेट, वेबसर्फर, ब्रोडलिंक, सीजी कम्युनिकेसन, क्लासिक टेक, डिस मिडिया नेटवर्क, मर्कन्टाइल कम्युनिकेसन, टेकमाइन्ड्स, वाइफाइ नेपाल, स्काइलिंक जस्ता कम्पनीहरू छन् ।

    यस्तो छ प्राधिकरणले सार्वजनिक गरेको सूची 

    S.No. Name of the LicenseeS.No. Name of the LicenseeS.No. Name of the Licensee
    1Acme Technical Institute Pvt. Ltd.31I. Zone Pvt. Ltd.61Prime Network Pvt. Ltd.
    2Aone Network Pvt. Ltd.32I4 Technologies Pvt. Ltd.62Rapid Unique Network Pvt. Ltd
    3Beni Communications Pvt. Ltd.33Itel Networks Pvt. Ltd.63Regmi Media Inc. Pvt. Ltd.
    4Big Marshyandi Net Pvt. Ltd.34Japan Nepal Inf. Commun. Technology Pvt. Ltd.64Sarathi Commumicatons network Pvt. Ltd.
    5Bihunkot Internet Pvt. Ltd.35Kalika Net Pvt. Ltd.65Shangrila Informatics Pvt. Ltd.
    6Broad Band Nepal Pvt. Ltd.36Khaptad Net Pvt. Ltd.66Shikhar Net Pvt. Ltd.
    7Broad Link Network & Commun. Pvt. Ltd.37Konnect Nepal Networks Pvt. Ltd.67Simple Intelligent System and Technology Pvt. Ltd.
    8Broadband Solutions Pvt. Ltd.38Kriti Darshan Media Pvt. Ltd.68Simple Media Network Pvt. Ltd.
    9C. Data Communication Pvt. Ltd.39Life Net Pvt. Ltd.69Sinko I.T. Engineering Pvt. Ltd.
    10C. G. Communications Pvt. Ltd.40Loop Networks Pvt. Ltd.70SITA BV
    11Cherry World Communication Pvt. Ltd.41Lumbini Max Digital Pvt. Ltd.71Sky Broadband Pvt. Ltd.
    12Classic Tech Pvt. Ltd.42Mercantile Communications Pvt. Ltd.72Smart Link Network Pvt. Ltd.
    13Communications & Communicate Nepal Pvt. Ltd.43Meta Link Pvt. Ltd.73SmartLink Telecommunications Pvt. Ltd.
    14Cosmic Net Pvt. Ltd.44Metrolink Business Group Pvt. Ltd.74Super Sitapaila Cable Net Pvt. Ltd.
    15Dish Media Network Limited45Mithila Digital Nepal Pvt. Ltd.75Supereight Networks Pvt. Ltd.
    16Divine Stream Network Pvt. Ltd.46Neolink Pvt. Ltd.76Swift Net Pvt. Ltd.
    17Dolphin Net Communication Pvt. Ltd.47Nepal Digital Service Pvt. Ltd.77Techminds Network Pvt. Ltd.
    18EastLink Technology Pvt. Ltd.48Nepal Net Sanchar.78Telnet Internet Pvt. Ltd.
    19E-link Net Pvt. Ltd.49Nepal Wireless79Udaya Cable Network Pvt. Ltd.
    20Everest Link Pvt. Ltd.50Nepalink Communication Pvt. Ltd.80Ultranet Communication Pvt. Ltd.
    21Everest Wireless Network Pvt. Ltd.51Net Max TechnologiesPvt. Ltd.81Unified Communication Pvt. Ltd.
    22Fast Speed Link Network Pvt. Ltd.52Next geekers Pvt. Ltd.82Unite Networks Pvt. Ltd.
    23Fiber Net Communications Pvt. Ltd.53Nimble Network Pvt. Ltd.83Vianet Communications Pvt. Ltd.
    24Fibertel Fibernet Pvt. Ltd.54Numbur Network Pvt. Ltd.84Virtual Network Pvt. Ltd.
    25Fiberworld Communication Pvt. Ltd.55Oasis Broadband Internet Pvt. Ltd.85Web Surfer Nepal Communications System  Pvt. Ltd.
    26G.R.S.Link Internet Service Pvt. Ltd.56P.D.S Server Network Pvt. Ltd.86Wifi Nepal Pvt. Ltd.
    27Gandaki Communication Pvt. Ltd.57Pals Network Pvt. Ltd.87Wifi Tech Nepal Pvt. Ltd
    28Goreto Communication Pvt. Ltd.58Parsa Telecommunication Pvt. Ltd88World Fiber Net Pvt. Ltd.
    29Hawk Net Pvt. Ltd.59Pathibhara Network Pvt. Ltd.89Yes Net Nepal Pvt. Ltd.
    30Himalayan Online Services Pvt. Ltd.60Pokhara Internet Pvt. Ltd.90Zishan Network Pvt. Ltd.
  • ड्यूटीमा खटिएकी महिला प्रहरीमाथि आफ्नै श्रीमानले गोली चलाएपछि…

    ड्यूटीमा खटिएकी महिला प्रहरीमाथि आफ्नै श्रीमानले गोली चलाएपछि…

    काठमाडौं । दाङको घोराहीमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या भएको छ । घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया गुरुङमाथि बिहीवार बेलुकी गोली प्रहार गरी हत्या भएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिएका छन् । उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    धनमाया माथि उनकै श्रीमान सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुबेर कडायत बताए । तालिम केन्द्र नेपालगञ्जमा कार्यरत यमबहादुर विहीबार घोराही आएका थिए । उनले धनमायामाथि तीन राउण्ड गोली प्रहार गरेको बताइएको छ ।

    श्रीमतीलाई गोली हानी भागेका यमबहादुरलाई लमहीको अर्जुन खोला नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिए । घटना करिब साढे ७ बजेतिरको हो । श्रीमतीलाई गोली हानेर भागेका यमबहादुरलाई करिब साढे ८ बजेतिर प्रहरीले अर्जुन खोला नजिकबाट नियन्त्रणमा लिएको हो । हत्याको कारण खुल्न बाँकी भएको र अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बिहीबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । भारतीय आयल कर्पोरेसनबाट प्रतिलिटर १.५६ रुपैयाँले मूल्य बढेर आएपनि निमगले प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको हो । निगमका अनुसार हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य यथावत छ । निगमका अनुसार बढेको मूल्य शुक्रबार विहान १ बजेदेखि नै लागू हुने छ ।

  • १ हजार ६३ मेगावाटको अपर अरुण आयोजनाको कार्यान्वयन प्रक्रिया सुरु, परामर्शदाता छनोट

    १ हजार ६३ मेगावाटको अपर अरुण आयोजनाको कार्यान्वयन प्रक्रिया सुरु, परामर्शदाता छनोट

    काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजना सुपरीवेक्षण परामर्शदाता छनोट भएको छ । आयोजनाको निर्माण सुपरीवेक्षणका लागि ट्राक्टेवल इन्जिनियरिङ जर्मनी, ट्राक्टेवल इन्जिनियरिङ स्पेन तथा वापकोस लिमिटेड, भारतको संयुक्त उपक्रम इन एसोसिएसन विथ टोटल म्यानेजमेन्ट सर्भिसेस (टीएमएस) तथा जेड कन्सल्ट, नेपाल छनोट भएका हुन् ।

    आयोजनाको प्रवर्द्धक अपर अरुण हाइड्रो–इलेक्ट्रिक लिमिटेड र परामर्शदाताबीच बुधबार ठेक्का सम्झौता भएको छ । निर्माण सुपरीवेक्षण परामर्श सेवाका लागि २ करोड ३४ लाख युरो, ४ लाख ४५ हजार अमेरिकी डलर र ६४ करोड ३० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।

    परामर्श सेवाको रकम युरो, डलर र रुपैयाँ गरी तीन वटा मुद्रामा भुक्तानी हुने व्यवस्था गरिएको छ । परामर्श सेवा अवधि १ सय १७ महिना हुनेछ । ठेक्का सम्झौता बमोजिम परामर्शदाताले पहिलो चरण अन्तर्गत डिजाइन पुनरावलोकन तथा बोलपत्र सम्बन्धी कागजातहरु तयारी गर्ने छ । यसका लागि २१ महिना छुट्याइएको छ । दोस्रो चरणमा आयोजनाको निर्माण कार्यको सुपरीवेक्षण गर्ने छ । यसका लागि ७२ महिना राखिएको छ । तेस्रो चरणमा आयोजना सञ्चालन तथा मर्ममतसम्भारका लागि परामर्श सेवा उपलब्ध गराउन छ । यसका लागि २४ महिना छुट्याइएको प्राधिकरणले जनाएको छ ।

    आयोजनका लागि लगानीको प्रक्रिया पनि सँगै अगाडि बढेको छ । कम्पनीका प्रबन्ध–सञ्चालक फडिन्द्रराज जोशीले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा विश्व बैंकको अगुवाइमा अन्तर्राष्टिय वित्तीय संस्थाहरुले १ अर्बदेखि १ अर्ब २० करोड डलरसम्म लगानी ढाँचा सम्झौतामा हस्ताक्षर तयारी भइरहेको बताए ।

    सन् २०१९ को मूल्यमा निर्माण अवधिको ब्याज, मूल्य वृद्धिसहित १ अर्ब ७५ करोड डलर (करिब २ खर्ब १४ अर्ब) अनुमानित लागत रहेको माथिल्लो अरुणमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी ९इक्विटी०बाट जुटाइने छ । विश्व बैंकको नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट र स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाएर वित्तीय व्यवस्थापन गरिने योजना बनाइएको छ।

    यसका लागि हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलप्मेन्ट कम्पनी (एचआईडीसीएल) को नेतृत्वमा ५३ अर्ब अर्ब स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट सहवित्तीयकरणमार्फत लगानी जुटाउन समझदारीपत्र (एमओयू) भइसकेको छ । इक्विटीमध्ये ५१ प्रतिशत आयोजनाको प्रवर्द्धक अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीका संस्थापक सेयरबाट र ४९ प्रतिशत सर्वसाधारण सेयरबाट संकलन गरिने छ ।

    जनताको जलविद्युत् कार्यक्रममा समावेश माथिल्लो अरुणमा प्रदेश सरकार, आयोजना रहेको जिल्ला संखुवासभाका स्थानीय तह, नेपाल विद्युत् प्राधिकरणलगायतका संस्थापक सेयर रहने छ । आयोजना प्रभावित बासिन्दा, देशभरिका सर्वसाधारण लगायतको ४९ प्रतिशत साधारण सेयर रहने छ ।

    ठेक्का सम्झौता कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवम् अपर अरुण हाइड्रो–इलेक्ट्रिक लिमिटेड सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले सरकारले घोषणा गरेको रुपान्तरणकारी आयोजना निर्माणको सुरपरीवेक्षण गर्न परामर्शदाता नियुक्त भएकाले एउटा महत्वपूर्ण चरण पार भएको बताए । पहिलो चरणअन्तर्गत ९ महिनाभित्रमा आयोजनाका मुख्य संरचना निर्माणका लागि ठेकेदार छनोट गर्न बोलपत्रसम्बन्धी कागजात तयार गर्नु अत्यन्तै महत्वपूर्ण कार्य भएको उनले बताए ।

    ‘नेपाल सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका स्थानीय तह, आयोजना प्रभावित जिल्लाबासी, देशभरीका सर्वसाधारणको सेयर लगानी, अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलितपूर्ण ऋण र स्वदेशी बैक तथा वित्तीय संस्थाको ऋण लगानी रहने गरी ब्लेन्डेड फाइनान्सिङ’९मिश्रित लगानी० को नमुना परियोजनाको रुपमा अगाडि बढाउन खोजिरहेका छौं,’ घिसिङले भने ।

    आयोजना स्थलमा निर्माण पूर्वका तयारीका कार्यहरु भइरहेको र आयोजनाको वित्तीय व्यवस्था गरी जतिसक्दो छिट्टो निर्माणमा लैजाने गरी आवश्यक कामहरु भइरहेको उनले बताए । सन् २०२६ को सुरुवातदेखि निर्माण सुरु गर्ने लक्ष्यका साथ निर्माण पूर्वका कामहरु भइरहेका छन् । आयोजना निर्माण सन् २०३१ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको पूर्वतयारीमध्ये २ किलोमिटर सुरुङ मार्गसहित करिब २१ किलोमिटर प्रवेश सडक निर्माण सुरु भएको छ । आयोजना स्थलमा कार्यालय र आवास निर्माण भइरहेको छ ।

    आयोजनालाई आवश्यक पर्ने २३२।१४ हेक्टर निजी जग्गा प्राप्ति करिब करिब सम्पन्न भएको छ । अधिग्रहण गरिने जग्गाको करिब ९८ प्रतिशत मुआब्जा तथा क्षतिपूर्ति वितरण तयार गरी सकिएको छ । आयोजनाबाट करिब २२ घरधुरी भौतिक रुपमा विस्थापित हुने छन् । आयोजना निर्माणबाट वातावरणीय तथा सामाजिक प्रभावहरु तुलनात्मक रुपमा न्यून रहने अध्ययनले देखाएको छ ।

    आयोजनालाई विद्युत् बढी माग हुने हिउँदका ६ महिनामा दैनिक ६ घण्टा पूर्ण क्षमतामा चलाउने गरी डिजाइन गरिएको छ । आयोजनाबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुने छ । यसमध्ये करिब ३० प्रतिशत ऊर्जा हिउँदमा उत्पादन हुने छ । उत्पादित विद्युतलाई करिब ६ किलोमिटर ४०० केभीको प्रसारणलाइनमार्फत संखुवासभाको हाइटारमा प्रस्तावित सबस्टेसन मार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ ।

  • खुलामञ्चसँगै टुडिखेलसमेत खुला गर्ने प्रक्रियामा महानगर

    खुलामञ्चसँगै टुडिखेलसमेत खुला गर्ने प्रक्रियामा महानगर

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले खुलामञ्च मात्र नभई टुँडिखेल पनि खुला गर्ने प्रक्रियामा गएको बताएका छन् । खुलामञ्चबारे महानगरको धारणा स्पष्ट पार्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यति कुरामा निश्चिन्त हुन आग्रह गर्दछौं कि हामी छउन्जेल खुलामञ्च सधैं सबैका लागि खुला हुन्छ । हामी खुलामञ्च मात्र नभई टुँडिखेल पनि खुला गर्ने प्रक्रियामा गइसकेका छौं।’

    धेरैभन्दा धेरै अतिक्रमित क्षेत्र खुला गर्ने प्रक्रियामा महानगर गइसकेको भन्दै उनले यस्ता कुराहरू मिडिया र अभियन्ताको नजरमा कहिल्यै नपरेको उल्लेख गरेका छन् । सार्वजनिक सम्पति विपद् र विशेष अवस्थाका लागिबाहेक अन्य कुनै पनि समयमा जे उपयोगिताका लागि बनाइएका हुन्, त्यसकै लागि प्रयोग हुनुपर्छ भन्नेमा बहस भइरहनु अचम्म लाग्दो कुरा भएको उनले लेखेका छन् ।

  • ललिता निवास प्रकरण : मन्त्रीले पाए सफाई, कर्मचारी र व्यापारीलाई जेल

    ललिता निवास प्रकरण : मन्त्रीले पाए सफाई, कर्मचारी र व्यापारीलाई जेल

    काठमाडौं । बहुचर्चित ललितानिवास जग्गा अनियमितता प्रकरणमा मुछिएका पूर्वमन्त्रीहरुले सफाई पाएका छन् । ललितानिवासको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने निर्णयमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले त्यसको कसुरदारमा कर्मचारी संयन्त्रमा सीमित गरेको छ । विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार, भूमिसुधार मन्त्रीहरु डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको छ ।

    पशुपति टिकिन्छा गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मुछिएका तत्कालीन सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन् । जग्गा अनियमितता गरेको आरोपमा तत्कालीन भौतिक पूर्वाधार मन्त्रालयका सचिव दीप बस्न्यात र भूमिसुधार मन्त्रालयका सचिव छविराज पन्त दोषी ठहर भएका छन् ।

    त्यस्तै भूमाफियाहरु शोभाकान्त ढकाल, रामकुमार सुवेदी र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पनि दोषी ठहर भएका छन् । चार वर्षअघि दर्ता भएको बहुचर्चित ललिता निवास जग्गा अनियमितता प्रकरणमा एक महिनादेखि विशेष अदालतमा सुनुवाइ भइरहेको थियो ।

    बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ, २०७६ मा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार सहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले भ्रष्टाचारको आरोपमा ११० जना विरुद्ध मुद्दा दायर गरेको थियो थियो भने तह–तह गरी जग्गा किनेका ६५ जनामाथि जग्गा जफत गर्ने प्रयोजनका लागि मात्रै प्रतिवादी बनाइएको थियो ।

  • दललाई निर्वाचन आयोगको १५ बुँदे निर्देशन-‘निर्वाचितले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनू’

    दललाई निर्वाचन आयोगको १५ बुँदे निर्देशन-‘निर्वाचितले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनू’

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन दिएको छ ।

    बिहीबार बसेको आयोगको बैठकले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम पार्टी कमिटी, पद, पदाधिकारी हेरफेर, सदस्यता लगायतका विषयमा निर्देशन दिएको हो ।

    ‘ राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५३ बमोजिम केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएको व्यक्तिले निर्वाचित भएको ६० दिनभित्र आफ्नो चल तथा अचल सम्पत्तिको विवरण सिलबन्दी गरी दलको केन्द्रीय कार्यालय समक्ष पेस गर्ने र दलले त्यसको अभिलेख राखी सम्पत्ति विवरण पेस गर्ने,” आयोगले दलहरूलाई निर्देशन दिएको छ ।

    यस्तै, दलले आफ्नो नाम, विधान, नियम, छाप, झन्डा वा चिह्नमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेर भएका विषयको जानकारी पनि ३० दिनभित्र आयोगलाई दिनुपर्ने निर्देशनमा उल्लेख छ ।

  • अमेरिका लैजाने भन्दै काठमाडौंमा बन्धक ११ जना भारतीयको उद्धार

    अमेरिका लैजाने भन्दै काठमाडौंमा बन्धक ११ जना भारतीयको उद्धार

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ ।

    परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गए राति काठमाडौँको रातोपुल क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।

    उनले भने, ‘हाम्रो परिसरको टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका भारतीय नागरिकको उद्धार गरेको छ, विस्तृत विवरण आज सार्वजनिक गरिने छ ।’

  • आईसीसी क्रिकेट विश्वकप लिग–२, टस हारेको नेपाल ब्याटिङमा

    आईसीसी क्रिकेट विश्वकप लिग–२, टस हारेको नेपाल ब्याटिङमा

    काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नामिबियासँग पहिले ब्याटिङ गरेको छ । टस हारेको नेपाललाई नामिवियाले ब्याटिङको निम्तो दिएको हो । टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिए ।

    नेपालले पहिलो खेलमा राष्ट्रिय टिममा पुनरागमन गरेका अनिलकुमार शाहलाई मौका दिएको छ । क्यानडासँगको सिरिजमा उत्कृष्ट ब्याटिङ गरेका शाह प्लेइङ–११ मा परेका छन् । आजको खेलमा आरिस शेख र देब खनाल बेन्चमा छन् । २०२७ सम्म चल्ने लिग(२ मा नेपालसहित ८ टोली सहभागि छन् । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुँदैछ ।


    नेपाली टीम

    रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, अनिल कुमार शाह, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी

    बेन्च : दीपेन्द्रसिंह ऐरी, देव खनाल, सूर्य तामाङ र आरिफ शेख

  • आँधीले अष्ट्रेलियामा जनजीवन प्रभावित, क्षति कति ?

    आँधीले अष्ट्रेलियामा जनजीवन प्रभावित, क्षति कति ?

    काठमाडौं । शक्तिशाली आँधीका कारण पूर्वी अष्ट्रेलियामा एक लाख ७४ हजार घर तथा व्यवसायमा क्षति पुगेको अधिकारीले बताएका छन् । भिक्टोरिया राज्यको ठूलो भूभागमा मङ्गलबार खराब मौसमका कारण १५० किलोमिटर प्रतिघण्टा (९० माइल प्रतिघण्टा) भन्दा बढीको हुरी चलेको राज्य सरकार र आपतकालीन सेवाहरूले बताएका छन् ।

    भिक्टोरिया प्रहरीले एक विज्ञप्ति जारी गर्दै ५० वर्षीय एक डेरी किसानको छतमा काम गर्ने क्रममा उडेको भग्नावशेषले किचेर मृत्यु भएको जनाएको छ । आँधीका कारण मेलबर्नको पश्चिममा रहेको ग्रामपियन क्षेत्रमा पनि डढेलो लागेको र एउटा सानो सहरका केही घर टहरा जलेर नष्ट भएको राज्यको अग्नि नियन्त्रण प्राधिकरणले जनाएको छ ।

    अष्ट्रेलियाली इन्धन बजार सञ्चालकका अनुसार आँधीका कारण सुरूमा पाँच लाख ३० हजार घर परिवार तथा व्यवसाय विद्युतविहीन बनेका छन् । बुधबार दिउँसोसम्म पनि करिब एक लाख ७४ हजार घर परिवार विद्युत् सेवाबाट बञ्चित भएको बताइएको छ । प्राधिकरणले भनेको छ, “व्यापक क्षतिको मात्रालाई ध्यानमा राख्दै प्रभावित सबैलाई पुनः विद्युत सेवा सञ्चालन गर्न केही दिन लाग्न सक्ने देखिन्छ ।” हावाहुरीले घरका छाना उडाएको, रुख र बिजुलीका खम्बाहरू ढलाएको सञ्चारमाध्यम र सामाजिक सञ्जालमा शेयर गरिएका तस्वीरहरूमा देखिएको छ ।

    राज्यको ऊर्जा प्राधिकरणका अनुसार ढलेको ट्रान्समिसन टावरका कारण भिक्टोरियाको सबैभन्दा ठूलो बिजुली जेनेरेटर लोय याङ ए बन्द भएको छ भने यसलाई अहिले ग्रिडमा पुनः जडान गर्ने काम भइरहेको छ । भिक्टोरियाका ऊर्जामन्त्री लिली डी एम्ब्रोसियोले भने, “यो राज्यको इतिहासमा सबैभन्दा ठूलो विद्युत् सेवा अवरोध घटनामध्ये एक हो । भिक्टोरिया राज्यका आपतकालीन व्यवस्थापन आयुक्त रिक नुगेन्टले चट्याङका कारण भिक्टोरियामा ‘धेरै पटक आगलागी’ भएको बताए ।

    नुगेन्टले पत्रकार सम्मेलनमा भने, “अति प्रभावित ग्रामपियन क्षेत्रमा आगोको ज्वालाले पोमोनलमा ‘धेरै आवासीय घरहरू’ जलाएको छ । ती घरहरूमा सयौँ बासिन्दा बसोबास गर्दै आएका थिए । मेलबर्नको द एज पत्रिकामा प्रकाशित एक रिपोर्टअनुसार कति घरमा क्षति भयो भन्नेबारे अहिले नै भन्न सकिने अवस्था नरहेको राज्यका अग्निनियन्त्रक अधिकारीले बताएका छन् । भिक्टोरियाली अधिकारीहरूले राज्यभर डढेलो र मौसमको चेतावनी कम गरिएकाले विद्युत आपूर्ति सुचारु गर्न र आगलागीबाट भएको क्षतिको पूर्ण मात्रा पत्ता लगाउन काम गरिरहेको बताएका छन् । रासस-एएफपी

  • रुसी सेनामा भर्ती भई मारिएका नेपालीका परिवारले क्षतिपूर्ति पाउने

    रुसी सेनामा भर्ती भई मारिएका नेपालीका परिवारले क्षतिपूर्ति पाउने

    काठमाडौं । रुसको सेनामा भर्ती भएर युद्धका क्रममा मारिएका नेपाली नागरिकले पाउनुपर्ने क्षतिपूर्ति सरकारी संयन्त्रबाटै आउने भएको छ । रुसी सरकारले गरेको यो निर्णयसँगै हालसम्म रुसी सेनामा भर्ती भएर युद्धमा मारिएको पुष्टि भएका १० जना नेपाली नागरिकका परिवारले क्षतिपूर्ति पाउने भएका हुन् । त्यसरी युद्धमा मारिएका नागरिकको परिवारलाई दिनुपर्ने क्षतिपूर्तिको प्रक्रिया रुसमा रहेको नेपाली दूतावासमार्फत गर्न नेपाल सरकारले अनुरोध गरे अनुसार सरकारी संयन्त्रबाटै दिन रुस सरकारले सहमति जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    यसअघि क्षतिपूर्ति लिन मृतकका परिवारका सदस्य नै रुस पुग्नुपर्ने भन्ने रुस सरकारको निर्णय रहेकोमा त्यो सच्याएर सरकारी संयन्त्रमार्फत क्षतिपूर्ति दिइने भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । उनका अनुसार रुसी सेनामा भर्ती हुने बेला भएको करार अनुसार नेपाली नागरिकले क्षतिपूर्ति पाउने छन् तर करारमा के कति कुरा लेखिएका छन् भन्ने विवरण दूतावास र मन्त्रालयमा नआएको उनले बताए ।

    उनका अनुसार सरकारले परिवार नै रुस गएर क्षतिपूर्ति लिन सम्भव नहुने भन्दै रुस सरकारलाई औपचारिक पत्राचार गरेको थियो । उनले भने, “त्यस्तो सम्भव हुँदैन, मस्कोमा नेपालको दूतावास र उसैले परिवारको प्रतिनिधित्व गर्छ भनेका थियौँ ।”

    सोही अनुसार क्षतिपूर्तिका लागि रुसमा नेपाली दूतावासले नेपालमा मृतकका परिवारसँग समन्वय गरेर मृतकको पहिचान र सम्बन्ध खुलाउने कागजात पठाउने भएको छ । प्रक्रिया अनुसार मस्कोस्थित नेपाली दूतावासले कागज प्रमाणित गरेर क्षतिपूर्ति रकम बुझेपछि त्यो रकम परराष्ट्र मन्त्रालयमा आउने छ ।

    त्यसपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत पीडितका परिवारलाई क्षतिपूर्तिबापतको रकम हस्तान्तरण गरिने मन्त्रालयले स्पष्ट पारेको छ तर कति रकम बराबरको क्षतिपूर्ति पाउँछन् भन्ने विषय रुस सरकारले खुलाएको छैन ।

    नेपालमा रहेका परिवारजनबाट आएको तथ्य अनुसार २१३ जना नेपाली रुसी सेनामा छन् । रुस सरकारसँग नेपाल सरकारले कति नेपाली रुसी सेनामा छन् भनेर मागिएको विवरणको जवाफ आएको छैन । मारिएका १० जनाको भने रुस सरकारले पुष्टि गरेर विवरण पठाएको प्रवक्ता राईले जानकारी दिए । थप दुई जनाको पनि युद्धका क्रममा मृत्यु भएको खबर परिवारले मन्त्रालयमा दिएको छ । त्यसको पनि रुस सरकारले पुष्टि गर्न बाँकी रहेको छ ।

  • मुस्लिम देश यूएईमा बन्यो भब्य हिन्दु मन्दिर, मोदीले गरे उद्घाटन

    मुस्लिम देश यूएईमा बन्यो भब्य हिन्दु मन्दिर, मोदीले गरे उद्घाटन

    काठमाडौं । मुस्लिम देश यूएईले भब्य हिन्दु मन्दिर बनाएर संसारलाई आश्चर्यचकित बनाएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका लागि मङ्गलवार यूएई पुगेका छन्। उनले बुधवार त्यहाँ एउटा हिन्दू मन्दिरको उद्घाटन गरे । उक्त मन्दिरको उद्घाटनबारे अहिले भारत र अन्यत्र पनि चर्चा भइरहेको छ। सन् २०१५ यता प्रधानमन्त्री मोदीको यो सातौँ यूएई भ्रमण हो। मङ्गलवार मोदीले आबुधाबीमा यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानसँग भेट गरेका छन्।

    त्यस क्रममा दुवै नेताले यूपीआई रुपे कार्ड सेवा सुरुवात गरेका छन्। भारत र यूएईबीच कैयौँ महत्वपूर्ण सम्झौता पनि भएको जनाइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यूएई र भारतबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल गरेका छन्। उनले त्यहाँ निर्माण भएको मन्दिरमा प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यसलाई दुई देशबीचको अनुपम सम्बन्धको शक्ति भएको बताए। उनले उक्त भेटघाटको भिडिओ पनि सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेका छन्।

    मोदीले त्यहाँ बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्थाको मन्दिर स्थापनामा यूएईले गरेको सहयोगको प्रशंसा पनि गरेका छन्। उक्त संस्थाले विश्वभरि १,००० वटा मन्दिर र ३,८५० केन्द्र बनाएको छ। यो मन्दिर संयुक्त अरब इमिरेट्समा २७ एकड जमिनमा बनेको छ। यूएईमा भएका सात अमिरातलाई सङ्केत गर्न मन्दिरमा सातवटा शिखर बनाइएको छ। मन्दिर निर्माणका लागि यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले जग्गा उपलब्ध गराएका हुन्।

    प्रधानमन्त्री मोदीले यूएईमा उद्घाटन गर्न लागेको मन्दिरका मूलपुजारी ब्रह्मविहारीदास स्वामीले दुई देशबीचको सम्बन्ध यसअघि कहिल्यै अहिलेको जस्तो बलियो नभएको बीबीसी हिन्दीलाई बताएका छन्। मन्दिरको उद्घाटन विधिवत् रूपमा गर्न भारतबाट सात पुजारी आबुधाबी गएका थिए। बुट्टा र विभिन्न सङ्केत कुँदिएका ३०,००० वटा पत्थर प्रयोग गरी मन्दिर बनाइएको छ। ती बुट्टा राजस्थानका झन्डै २५,००० कलाकारले बनाएको बीबीसी हिन्दीले जनाएको छ।

    विभिन्न धर्मग्रन्थमा वर्णित कथा प्रतिबिम्बित हुने गरी पत्थरमा हात्ती, गाई र मयूरजस्ता जीवका आकृति बनाइएको छ। तिनमा मृग, ऊँट र बाजजस्ता अन्य जीवका आकृति पनि छ। हिन्दूहरूले पवित्र मान्ने नदी गङ्गा, यमुना र सरस्वतीका प्रतीकका रूपमा मन्दिर परिसरमा तीनवटा पोखरी पनि छन्। उक्त मन्दिरमा यो साता वैश्विक शान्तिका लागि यज्ञसहित विभिन्न धार्मिक गतिविधि गरिएको स्वामीनारायण संस्थाले जनाएको छ। कतिपयले यूएईको उक्त मन्दिरलाई ूअरब विश्वको पहिलो हिन्दू मन्दिरू भनेर पनि प्रचार गरेका छन्। तर यूएईमा पहिलादेखि नै अरू मन्दिर छन्।

    मन्दिरको उद्घाटन गर्न प्रधानमन्त्री मोदी आबुधाबी पुगेका बेला दुबईस्थित कार्यरत भारतीय नागरिक श्याम कुमारले बीबीसी हिन्दीसँग भने, “यूएईको पहिलो मन्दिर आबुधाबीमा बनेको होइन। दुबईमा पहिले नै दुईवटा मन्दिर थिए।” उनी बिहारको औरङ्गाबादका हुन् र दुबईमा एउटा कम्पनीमा प्रबन्धक छन्। उनका अनुसार दुवै मन्दिर दुबई थिए तर तिनको आकार मन्दिरको जस्तो थिएन। सन् २०२२ मा कृष्ण मन्दिर दुबईको जेबेल अलीमा सारिएको थियो।

    जेबेल अलीमा एउटा चर्च र गुरुद्वारा पनि छन्। त्यहाँ मन्दिरभित्रै गुरुद्वारा छ। यद्यपि उनी आबुधाबीको मन्दिर विशाल र भव्य भएकाले त्यसको विशेष अर्थ रहेको बताउँछन्। उक्त मन्दिर स्वामीनारायण सम्प्रदायको हो। उनले दिएको जानकारीअनुसार बाहरेन र ओमनमा पनि हिन्दू मन्दिरहरू छन्। त्यस्तै दुबईमा ठूलो सङ्ख्यामा जैन धर्मावलम्बी पनि छन्। उनीहरूले आफ्नो घरको भुइँतलामा मन्दिर बनाएका छन्।

  • विश्वकप २०२७ का लागि नेपालको यात्रा आजबाट सुरु, विश्वकप लिग-२ को पहिलो खेल नामिबियासँग खेल्दै

    विश्वकप २०२७ का लागि नेपालको यात्रा आजबाट सुरु, विश्वकप लिग-२ को पहिलो खेल नामिबियासँग खेल्दै

    काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप २०२७ को छनोटका लागि आजबाट यात्रा सुरु गर्दैछ । सो अन्तर्गत लिग२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा आज नामिबिया र नेपाल भिड्दैछन् । खेल बिहान ९ ः ३० मा टीयु क्रिकेट मैदानमा सुरु हुने भएको छ । २०२७ सम्म चल्ने लिग २ मा नेपालसहित ८ टोली सहभागिता हुनेछन् । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुनेछ ।

    पछिल्लो एक वर्षमा नेपालले घरेलु मैदान टीयुमा ओडीआई खेल हारेको छैन । नेपालको कप्तानी रोहित पौडेल र नामिबियाको जेराल्ड इरास्मसले गर्नेछन् । नेपालले यसै साता क्यानडासँग तीन ओडीआई खेलको सिरिज खेल्दै क्लिन स्विप गरेको थियो । नेपालले दोस्रो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसपछि बुधबार नामिबिया र आइतबार नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपाल र नामिबियाबीच ६ ओडीआई खेल भएका छन् । जसमा नेपाल २ खेलमा जित, ३ मा हार र एक खेल वर्षाको कारण नतिजा विहीन बनेको थियो ।

  • काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

    काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

    काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटनामा परेको । महेन्द्रनगरबाट काठमाडौं आउने गरेको यात्रुबाहक बस दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सु प प्र ०२(००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जनाएका छन् ।

    उनका अनुसार ३० जना घाइते भएको अवस्था छ । ९ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्यको चन्द्रौटामा उपचार जारी छ । काठमाडौ आउँदै गरेको सुनौलो महाकाली यातायातको बस राति २ बजेतिर सडकबाट २०० मिटर तल खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय बुटवलले जानकारी दिएको छ । मृतकमध्ये रौतहटका नारायणबहादुर भण्डारीको सनाखत भइसकेको छ । दुर्घटनाको कारण खुलेको छैन ।

  • आगामी वर्षको दशैं असोज २६ गते

    आगामी वर्षको दशैं असोज २६ गते

    काठमाडौं । २०८१ सालको दशैंको टीका असोज २६ गते परेको छ । तिहारको भाइटीका कात्तिक १८ गते परेको छ । यसैगरी, असोज १७ गतेबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु हुनेछ । २४ गते बिहीबारदेखि असोज २८ गते सोमबारसम्म अर्थात् फूलपातीदेखि द्वादशीसम्म पाँच दिन सार्वजनिक बिदा छ । यस्तै, आगामी वर्षका बिदाहरु सार्वजनिक गर्दै सरकारले तिहारका लागि भने कात्तिक १५ गतेदेखि १९ गतेसम्म पाँच दिन सार्वजनिक बिदा दिने भएको छ ।

    सरकारले आगामी वर्ष कुल ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व विदाहरुको सूची सार्वजनिक गरेको हो, जसअनुसार २७ दिन पर्व बिदा परेको छ । ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा समेत छ ।

  • माघसम्म कामको खोजीमा विदेशिए ४ लाख भन्दा धेरै नेपाली

    माघसम्म कामको खोजीमा विदेशिए ४ लाख भन्दा धेरै नेपाली

    काठमाडौं । कामको खोजीमा ७ महिनाको अवधिमा ४ लाख भन्दा धेरै नेपाली विदेशिएका छन् । नेपालबाट दैनिक करिब २ हजार नेपालीले मुलुक छाड्ने गरेको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारी विभागका अनुसार काम खोज्दै दैनिक १ हजार ९ सय ३१ नेपालीले मुलुक छाडिरहेका छन् । चालु आर्थिक वर्ष २०८०–८१ को सात महिनामा ४ लाख ५ हजार ५ सय ५२ नेपालीले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् ।

    वैदेशिक रोजगार विभागका अनुसार साउन–माघसम्म प्रतिमहिना ५७ हजार ९ सय ३६ नेपालीले रोजगारीका लागि मुलुक छाडेका छन् । यसलाई दैनिक हिसाब गर्दा १ हजार ९ सय ३१ नेपालीले देश छाडिरहेको देखिएको हो । सात महिनामा देश छाड्ने नेपालीको संख्या गत आव २०७९–८० को यसै अवधिको तुलनामा भने केही कम छ । गत वर्ष माघ मसान्तसम्म ४ लाख ७८ हजार ८ सय ३० जना कामको खोजीमा विदेशिएका थिए । गत वर्ष यसै अवधिमा दैनिक २ हजार २ सय ८० नेपालीले देश छाडिरहेको तथ्यांकले देखाएको छ ।

    यसपालि युनाइटेड अरब इमिरेट्स (यूएई) प्रमुख गन्तव्य बनेको छ । साउनदेखि माघसम्म १ लाख १ हजार ७ सय ७८ नेपाली कामको खोजीमा यूएई पुगेका छन् । माघमा मात्र यूएईमा १७ हजार ६ज सय २ नेपाली पुगेका छन् । साउनमा ११ हजार ८ सय ७८, भदौ ११ हजार ७ सय ९, असोज १३ हजार ९ सय ५, मंसिर १२ हजार ४ सय ८५ र पुसमा १७ हजार ८ सय १४ जना नेपाली यूएई पुगेका थिए ।

    माघमा यूएईपछि साउदी अरब जाने नेपालीको संख्या धेरै छ । साउदीमा १२ हजार २ सय ७६ श्रम स्वीकृति जारी भएको छ । उक्त महिना कतारका लागि १२ हजार १ सय ६४ श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ ।

  • ७ महिनामा झण्डै २३ अर्ब लगानी स्वीकृत

    ७ महिनामा झण्डै २३ अर्ब लगानी स्वीकृत

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ को सात महिनामा पौने २३ अर्ब रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको सरकारले जनाएको छ । उद्योग विभागका अनुसार माघ मसान्तसम्म कुल २२ अर्ब ६८ करोड १५ लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको हो ।


    सरकारले यस वर्ष कुल ३८ अर्ब एफडीआई भित्रिने अनुमान गरेको छ । माघ मसान्तसम्म कुल २ सय ४१ वटा एफडीआई स्वीकृत भएको छ । जसको प्रतिबद्धता रकम झन्डै २३ अर्ब रहेको विभागले जनाएको छ । माघमा मात्र १५ वटा एफडीआई स्वीकृत गरिएको र यसको प्रतिबद्धता रकम ३४ करोड ५० लाख रुपैयाँ रहेको विभागको तथ्यांकमा छ ।

    विभागका अनुसार अहिलेसम्म नेपालमा ६ हजार ९८ एफडीआई स्वीकृत भएका छन् । जसको प्रतिबद्धता रकम ४ खर्ब ७२ अर्ब ५८ करोड रुपैयाँ छ । यसरी दर्ता भएका प्रत्यक्ष वैदेशिक लगानीमध्ये यस वर्ष दर्ता भएका एफडीआईमा १२ हजार ६ सय ९२ जनाले रोजगारी पाउने छन् । माघमा दर्ता भएका एफडीआईले ५ सय २५ जनालाई रोजगारी दिनेछन् । अहिलेसम्म दर्ता भएको कुल एफडीआईले भने कुल ३ लाख २१ हजार ७ सय ५२ जनालाई रोजगारी दिने देखिएको छ । यस वर्ष आएको एफडीआईमध्ये तीनमात्र ठूलो उद्योगमा लगानी प्रतिबद्धता आएको छ ।

    मध्यम खालका उद्योगमा १२ र साना उद्योगमा २ सय २६ वटा लगानी प्रतिबद्धता आएको छ । यसबाट आकर्षण साना उद्योगमा बढी देखिएको छ । माघमा दर्ता भएका सबै उद्योग साना लगानीका छन् । विभागको तथ्यांक अनुसार कुल एफडीआई स्वीकृतिको आधा पर्यटन उद्योगमा लगानी गर्ने योजनासहित आएको छ ।

    यस वर्ष १ सय ८ एफडीआई पर्यटनमा केन्द्रित छ । जुन ४५ प्रतिशत हुन आउँछ । सेवा क्षेत्रमा ३६ प्रतिशत एफडीआई आउने देखिएको छ । यसमा ८६ वटा एफडीआई स्वीकृत भएको छ । उत्पादनमा २८ वटा लगानी स्वीकृत भएको छ । जुन ११ प्रतिशत हिस्सा हो ।

    सूचना प्रविधिमा आठ, कृषिमा चार र पूर्वाधारमा पाँच वटा लगानी स्वीकृत भएको विभागले जनाएको छ । यस वर्ष सात महिनामा ‘बिजनेस भिसा’ लिएर नेपाल आउनेको संख्या २ हजार १ज सय ९२ छ । गत वर्ष यो संख्या १ हजार ५ सय १६ थियो । यो वर्ष रोयल्टीबाट मात्र १ अर्ब ३७ करोड ३९ लाख रुपैयाँ संकलन भएको विभागले जनाएको छ ।

  • छात्रवृत्ति खाने प्रधानाध्यापक भ्रष्टाचार मुद्दामा दोषी ठहर

    छात्रवृत्ति खाने प्रधानाध्यापक भ्रष्टाचार मुद्दामा दोषी ठहर

    काठमाडौं । बैजनाथ गाउँपालिका-८, थपवा, बाँकेको शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक मुहम्मद युनुस खाँ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले खाँई दोषी ठहर गर्दै बिगो ३ लाख २ हजार रुपैयाँ असुल गरी त्यति नै जरिवाना तथा ६ महिना कैद हुने फैसला गरेको हो।

    जिल्ला शिक्षा कार्यालय, बाँकेबाट २०६८ देखि २०७४ सम्ममा छात्रवृत्ति र कम्प्युटर खरिदको लागि प्राप्त रकम हिनामिना गरेको विशेष अदालतको ठहर छ।

  • विकल र सुनीललाई १० दिन थुनामा राख्न अदालतको अनुमति

    विकल र सुनीललाई १० दिन थुनामा राख्न अदालतको अनुमति

    काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

    विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासले उनीहरूलाई दश दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

    गत माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘सेक्युरिट प्रिटिन्ङ’ प्रकरणमा जोडिएका विकल र सुनिललाई पक्राउ गरेको थियो ।

    उनीहरूलाई अकुत सम्पत्तिआर्जनको अनुसन्धान गर्न आयोगले बयानको लागि बोलाउँदा त्यसको उनीहरूले अवज्ञा गरेका थिए । त्यसपछि उनीहरु पक्राउ परेका हुन् ।

  • शिक्षक सेवाले माग्यो निमावि तहमा ७७८ शिक्षक

    शिक्षक सेवाले माग्यो निमावि तहमा ७७८ शिक्षक

    काठमाडौं । शिक्षक सेवा आयोगले ७७८ निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलाएको छ । निमावि तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

    आयोगले नेपाली विषयका लागि ११७ शिक्षकको माग गरेको छ । त्यस्तै अंग्रेजीका लागि १७६, गणितका लागि १२८, विज्ञानका लागि १६३ जना, सामाजिक विषयका लागि १२२ जना, गणित–विज्ञानका लागि ६५ जना, शुल्क यजुर्वेद र कम्प्युटर विज्ञानका लागि १/१ जना र संस्कृत भाषाका लागि ५ जनाको विज्ञापन गरेको हो ।

    इच्छुक उम्मेदवारहरूले आजदेखि चैत १ गतेसम्म अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुरमा चैत ८ गतेसम्म दरखास्त बुझाउन सकिनेछ ।