Category: समाचार

  • भारतमा पुनः चर्कियो किसान आन्दोलन, मोदी सरकारलाई चूनौति

    भारतमा पुनः चर्कियो किसान आन्दोलन, मोदी सरकारलाई चूनौति

    काठमाडौं । भारतमा आफूले फलाएको अन्नबालीले उचित मूल्य नपाएको भन्दै विभिन्न राज्यमा किसान आन्दोलन चर्किएको छ । आन्दोलनकारी दिल्लीतिर अघि बढ्दै जाँदा सरकारले दिल्लीमा निषेधाज्ञा तोकेको छ । साथै विभिन्न स्थानमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। सन् २०२० मा पनि किसानहरूले दिल्लीको सीमामा कैयौँ दिनसम्म धर्ना दिएका थिए। त्यस बेला उनीहरूले एउटा विवादित कृषि कानुनको विरोध गरेका थिए।

    झन्डै एक वर्ष चलेको उक्त आन्दोलनमा कैयौँ सहभागीको ज्यान गएको थियो। सरकारले विवादित कानुन फिर्ता लिएपछि बल्ल किसानहरूले आन्दोलन फिर्ता लिएका थिए। अहिले किसानहरू पुनः आफ्ना माग पूरा नभएको भन्दै सडकमा आएका हुन्। प्रहरीले हरियाणा र पन्जाबको सीमामा प्रदर्शनकारीहरूमाथि अश्रुग्यास प्रहर गरेको थियो।

    विरोधप्रदर्शन गर्न हिँडेका अधिकांश किसान पन्जाब प्रान्तका हुन्। उनीहरूले शान्तिपूर्वक हरियाणा हुँदै दिल्ली जान खोजेको तर आफूहरूलाई त्यसो गर्न नदिइएको बताएका छन्। शम्भु सीमामा प्रहरी र प्रदर्शनकारीबीच झडपहरू भएको विवरण प्राप्त भएको छ। त्यहाँको अवस्था तनावपूर्ण रहेको बताइएको छ। किसानहरूले आफ्नो माग पूरा नहुन्जेल दिल्लीमा प्रदर्शन गर्ने बताएका छन्। किसानहरूलाई दिल्लीमा प्रवेश गर्न नदिन सुरक्षाकर्मीहरूले राजधानी दिल्लीसँग जोडिएको सीमा तीनतिर बन्द गरिदिएका छन्

    कृषकहरूको प्रदर्शनलाई लक्षित गर्दै प्रहरीले दिल्लीसँग जोडिएका सीमा तीनतिर बन्द गरिदिएको छ। सन् २०२० मा किसानको प्रदर्शनका कारण छिमेकी राज्यहरूलाई जोड्ने राष्ट्रिय राजमार्गहरू बन्द भएका थिए। यसपालि त्यस्तो हुन नदिन प्रहरीले सीमा बन्द गरिदिएको हो। बाटो बन्द गरिएकाले दिल्लीमा मङ्गलवार ठाउँठाउँमा ट्राफिक जाम भयो। प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारका निम्ति किसानहरूको आन्दोलनलाई एउटा ठूलो चुनौतीका रूपमा हेरिएको छ।

    कृषक सङ्गठनका नेताहरू तथा सङ्घीय सरकारका मन्त्रीहरूबीच दुई चरणको वार्ता भएको थियो। तर वार्ताबाट कुनै समाधान ननिस्किएपछि किसानहरू फेरि आन्दोलनमा होमिएका हुन्। कृषकहरूले कृषि उपजको न्यूनतम मूल्य निर्धारण गरी त्यसको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्। त्यसलाई न्यूनतम समर्थन मूल्य अर्थात् एमएसपी भन्ने गरिन्छ। एमएसपीले कृषकलाई तोकिएको न्यूनतम मूल्यमा आफ्ना उत्पादनहरू सरकारी स्वामित्वका थोक बजार वा मन्डीमा बिक्री गर्न पाउने प्रत्याभूति दिन्छ। उनीहरूले आफ्नो आम्दानी दोबर बनाउने प्रतिबद्धता सरकरले पूरा नगरेको भन्दै त्यो तत्काल पूरा हुनुपर्ने माग पनि राखेका छन्।

  • पाल्पा दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुग्यो, खुल्यो सबैको परिचय

    पाल्पा दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुग्यो, खुल्यो सबैको परिचय

    काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–६ मा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । १६ जना घाइते भएका छन् । डुम्रेबाट चिदिसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार अपराह्न ४ः५० बजे पाल्पाको मस्यामस्थित इको फर्महाउस नजिकै दुर्घटना हुँदा ७ महिला र ३ पुरुषको मृत्यु भएको हो ।


    जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवम् डीएसपी सुगन्ध श्रेष्ठका अनुसार मृत्यु हुनेमा पाल्पाको तिनाउ गाउँपालिका–६ की ६० वर्षीया यन कुमारी पन्त, २८ वर्षीया उर्मिला अस्लामी, ३९ वर्षीय रामबहादुर अस्लामी र ६७ वर्षीय कृणबहादुर अस्लामी छन् । यस्तै पाल्पाको तिनाउ गाउँपालिका २ खुर्साने बस्ने २० वर्षीया गीता सुनार, पाल्पाको रिब्दीकोट गाउँपालिका १ ख्या बस्ने ६६ वर्षीया विष्णुकला कामी र सोही ठाउँकी ६५ वर्षीया दिल कुमारी सुनारको पनि दुर्घटनामा मृत्यु भएको छ ।

    यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका १४ तामनगर बस्ने ७० वर्षीय चन्द्रगोपाल रणपाल, बुटवल १४ कै ६० वर्षीया चुना रणपाल र रुपन्देहीको देवदह नगरपालिका–५ की २९ वर्षीया दिलमाया जिसीको पनि दुर्घटनामा मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिएका छन् । प्रहरीले जिप चालक पाल्पाको तानसेन नगरपालिका–१० बस्ने ४५ वर्षीय दानबहादुर चिदीलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार मुस्ताङ जिप आफैं अनियन्त्रित भई कच्ची सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।

    दुर्घटनाको जानकारी पाएपछि प्रहरी चौकी प्रभास र जिला प्रहरी कार्यालय पाल्पाबाट टोली परिचालित भएका थिए । उनीहरुले घाइतेहरुलाई उद्धार गरी लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि पठाएका थिए । अत्यधिक लोडका कारण जिप दुर्घटना भएको प्रहरी उपरीक्षक हेरम्व शर्माले बताए । क्षमताभन्दा बढी लोडका कारण उकालोमा तान्न नसक्दा ब्याक भएर जिप दुर्घटना भएको प्रहरी उपरीक्षक शर्माको भनाइ छ।

  • आईसीसी विश्वकप लिग–२ खेल्ने नेपाली टीममा फेरबदल

    आईसीसी विश्वकप लिग–२ खेल्ने नेपाली टीममा फेरबदल

    काठमाडौं । नेपालले बिहीबारदेखि घरेलु मैदान टियु मैदानमा खेल्ने आईसीसी विश्वकप लिग–२ क्रिकेटका लागि टोलीमा फेरबदल गरेको छ । क्यानडासँगको तीन ओडीआई खेलको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल कुमार शाह र देव खनाल नेपालको लिग २ टोलीमा समेटिए । यसअघि घोषणा टोलीबाट विकेटकिपर अर्जुन साउद र रिजन ढकाल बाहिरिएका छन् ।

    अनिलले क्यानडासँग दोस्रो ओडीआई खेलमा ५० र तेस्रोमा ११२ रनको शतकीय इनिङ खेलेका थिए । उता नेपालबाट यू १९ क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका देवले क्यानडासँग दोस्रो ओडीआई खेलमा ७६ रन बनाएका थिए । त्यसैको कारण यी दुई खेलाडीलाई नेपालले लिग २ मा समेटेको हो ।

    नेपालले बिहीबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । २१ फेब्रुअरीमा नामिबिया र २५ फेब्रुअरीमा नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसपछि नामिबिया र नेदरल्यान्ड्ससँग नै त्रिकोणात्मक टि २० आई सिरिज खेल्ने कार्यक्रम छ ।

    नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिल कुमार शाह, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र देव खनाल ।

  • आज श्रीपञ्चमी, सरस्वती देवीको पूजा–अर्चना

    आज श्रीपञ्चमी, सरस्वती देवीको पूजा–अर्चना

    काठमाडौं । आज विद्याकी देवी सरस्वतीको पूजाअर्चनासहित श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ। ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती मन्दिर, मैतिदेवी, स्वयंभूलगायत विभिन्न सरस्वती मन्दिरहरुमा दर्शनार्थीको भिड लागेको छ । आजै बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम तय भएको छ । वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री लगायत गन्यमान्यहरू पनि सहभागी हुने चलन छ ।

    यस दिनलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा(आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ । सरस्वती पूजाकै दिन बालबालिकाहरुले शिक्षारम्भ गर्ने र शिशुको नाक, कान छेडाउने प्रचलन छ । आजको दिन विद्यालयहरूले सरस्वती पूजा कार्यक्रम गरेका छन् ।

    संगीत प्रशिक्षणको सुरुवात पनि यसै दिन गर्दा राम्रो हुन्छ भन्ने विश्वास छ । ज्ञानका स्रोत मानिने पुस्तकसहित संगीतका वाद्ययन्त्र तथा रंग(कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ ।

  • हेटौडा प्रसारणलाइन निर्माणको अन्तिम चरणमा

    हेटौडा प्रसारणलाइन निर्माणको अन्तिम चरणमा

    काठमाडौं । देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा निर्माणाधीन सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । हेटौंडा सबस्टेसनमा ४००–२२० केभी,२२०–१३२ केभी र १३२–११ केभी सबस्टेसन निर्माणाधीन छन् । एक महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालन(चार्ज) गर्ने लक्ष्यका साथ सबस्टेसनका उपकरणहरुको जडान, परीक्षणलगायतका अन्तिम चरणका कामहरु भइरहेका छन् ।

    सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीय रुपमा आपूर्ति समेत गरिने छ । यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने छ । निर्माण अनुगमनमा पुगेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पछिल्लो समय सबस्टेसनको काम सन्तोषजनक देखिएको बताए ।

    निर्माणमा सलंग्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीहरुसँग छलफल गरेका थिए । एक महिनाभित्रमा सबस्टेसन सञ्चालनमा ल्याउने गरी बाँकी काम सम्पन्न गर्न उनले निर्देशन दिए । सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन ४००र२२० केभी हेटौंडा सबस्टेसनमा ३१५ एमभिए क्षमताका तीन थान पावर ट्रान्सफर्मरहरु छन् । जसको क्षमता ९४५ एमभिए छ ।

    धनुषाको ढल्केबरबाट र अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी०बाट प्राप्त हुने अनुदानबाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारण लाइन हेटौंडा सबस्टेसनमा ल्याएर जोडिने छ । यसका लागि हेटौंडा सबस्टेसनमा आवश्यक पूर्वाधार निर्माण गरिएको छ । आयोजनाअन्तर्गत नै ढल्केबर र इनरुवामा ४००र२२० केभीका सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेका छन् ।

    हेटौंडा र इनरुवा सबस्टेसन निर्माणका लागि २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल(भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौंडा २२०र१३२ केभी सबस्टेसन निर्माण गरिएको हो ।

    सबस्टेसनमा १६०र१६० एमभिएका दुईवटा पावर ट्रान्सफर्मरहरु छन् । ठेकेदार कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि ठेक्का तोडी बाँकी रहेको काम गर्न पुस २०७५मा नयाँ ठेक्का सम्झौता गरिएको थियो । आयोजनाअन्तर्गत नै धनुषा र इनरुवामा २२० केभी सबस्टेसनको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् ।

    आयोजना सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा सुरु गरिएको हो । हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत १३२र११ केभी हेटौडा सबस्टेसन निर्माण गरिएको हो । यो सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्ति गरिने छ । सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो ।

  • पोखराबाट ठूलो परिमाणको सुनसहित भारतीय नागरिक पक्राउ

    पोखराबाट ठूलो परिमाणको सुनसहित भारतीय नागरिक पक्राउ

    काठमाडौं । पोखराको मोहोरिया टोलबाट स्रोत नखुलेको ६ केजी ६९ सुन ग्रामसहित भारतीय नागरिक सुरजित भौमिक पक्राउ परेका छन् । मोहोरिया टोलमा कवीन्द्रप्रसाद श्रेष्ठको घर भाडामा लिई कारोबार गरिरहेका उनको साथबाट उक्त परिमाणको सुन, ६ केजी चाँदी र नगद ६२ लाख ८१ हजार रूपैयाँ प्रहरीले बरामद गरेको हो ।

    उक्त पसलमा अवैध रूपमा सुन तथा चाँदीका सामान तयार गरी बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुनिल मल्लको कमान्डमा खटिएको विशेष प्रहरी टोलीले सुरजितलाई पक्राउ गरेको हो । भारतको पश्चिम बंगालस्थित मेदिनीपुर दासपुर ११ घर भएका ४० वर्षीय सुरजितले ३ तले घर भाडामा लिई विभिन्न किसिमका गरगहना तयार गरी बिक्री वितरण गर्ने गरेको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले बताएका छन् ।

    सुरजितलाई आवश्यक कानुनी कारबाहीका लागि बुधबार राजस्व अनुसन्धान विभाग ललितपुर पठाउने उनले जानकारी दिए । उनका अनुसार सुरजितले लामो समयदेखि घरभाडामा लिएर सुन चाँदीको गरगहना बेचबिखन गर्दै आएका थिए । उनको साथबाट भारतको आधार कार्ड, विभिन्न बैंकका १३ थान चेकसमेत बरामद भएको छ ।

  • पाल्पामा जीप दुर्घटना, कम्तिमा ८ जनाको मृत्यु

    पाल्पामा जीप दुर्घटना, कम्तिमा ८ जनाको मृत्यु

    काठमाडौं । पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेज प्रभासका सचिव कृष्णप्रसाद पराजुलीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार बेलुकी पौने ५ बजेतिर तिनाउ गाउँपालिकाको वडा नं. ६, चिदिसमा लु १ ज २३७१ नम्बरको जिप दुर्घटनामा परेको हो ।

    दुर्घटनाका मृतक र घाइते अधिकांश चिदिस गाउँका रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले जानकारी दिएका छन् । अत्यधिक लोडका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । क्षमताभन्दा बढी लोड र उकालोमा सवारीसाधनले थाम्न नसक्दा ब्याक भएर दुर्घटनामा परेको बताइएको छ । अहिले मृतकको पहिचान गर्ने काम भइरहेको छ ।

  • बेलडाँगी शरणार्थी शिविरमा ८ महिने शिशुको हत्या

    बेलडाँगी शरणार्थी शिविरमा ८ महिने शिशुको हत्या

    काठमाडौं । झापाको दमक नगरपालिका–३ मा रहेको बेलडाँगी भुटानी शरणार्थी शिविरको सेक्टर सी ४ हट नम्बर ४३२ बस्दै ५० वर्षीय पञ्जवीर घिसिङ पक्राउ परेका छन् । प्रहरीका अनुसार, उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको ८ महिनाको छोरा एरित ओली धेरै रोएको भन्दै उनले सुरुमा थप्पड हानेका थिए । त्यसपछि पनि रुन नछाडेको भन्दै उनले पछारेको र शिशु गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । त्यसपछि शिशुलाई तत्काल उद्दार गरेर दमक अस्पताल पुर्‍याएको थियो । उपचारका क्रममा मृत्यु भएको हो । घिसिङलाई र बालककी आमालाई समेत आवश्यक अनुसन्धान तथा सोधपुछका लागि नियन्त्रणमा लिएर छानबिन भइरहेको प्रहरीको भनाइ छ ।

  • लघुवित्त र सहकारी पीडितबारे रास्वपाले बुझायो सुझावपत्र, प्रधानमन्त्रीले भने-‘सरकारले न्याय दिन्छ’

    लघुवित्त र सहकारी पीडितबारे रास्वपाले बुझायो सुझावपत्र, प्रधानमन्त्रीले भने-‘सरकारले न्याय दिन्छ’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी तथा लघुवित्तीय संस्थाको संकट र समाधानका उपायसहितको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ।

    सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समस्याबारे अध्ययन गर्न रास्वपाले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा बनाएको समितिले मंगलबार प्रचण्डलाई नै भेटेर आफ्नो सुझाव बुझाएको छ ।

    रास्वपाको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताएका छन्।

    उनले भने, यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ। तपाईहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु, यसमा तपाईहरूको पनि सहयोग चाहियो।

    प्रतिवेदनमा एक वर्षका लागि बचत तथा ऋण कारोबार गर्ने सहकारी दर्ता, कार्यक्षेत्र विस्तार अनुमति तथा सेवा केन्द्र स्वीकृतिका काम बन्द गर्न सुझाव दिइएको छ । ‘सहकारीहरुले घरजग्गा लगायतका अनुत्पादनशील क्षेत्रमा गरिने लगानीलाई बन्द गर्ने’ प्रतिवेदनमा भनिएको छ ।

    ५० करोडभन्दा बढी कारोबार गर्ने सहकारीको नियमन राष्ट्र बैंक अन्तर्गत ल्याउनुपर्ने र बचतकर्ताको निक्षेप सुरक्षण गर्न सहकारी बचत तथा कर्जा सुरक्षण कोष तत्काल स्थापना गर्नुपर्ने रास्वपाले बताएको छ ।

  • शक्ति, ज्ञानेन्द्र र रिजनले पास गरे लेभल–२ कोचिङ कोर्स

    शक्ति, ज्ञानेन्द्र र रिजनले पास गरे लेभल–२ कोचिङ कोर्स

    काठमाडौं । नेपालका पूर्व क्रिकेट कप्तान ज्ञानेन्द्र मल्लसहित तीन जनाले आईसीसीको लेभल–२ कोचिङ कोर्स पास गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन र रिजन प्राजूले आईसीसीको लेभल–२ को कोचिङ कोर्स उत्तीर्ण गरेका हुन् ।

    सिंगापुरमा सम्पन्न कोचिङ कोर्समा ज्ञानेन्द्र शीर्ष स्थानमा रहेका थिए भने शक्ति दोस्रो र रिजन तेस्रो भएको क्यानले जनाएको छ । आईसीसीको लेभल २ तहको कोचिङ कोर्स उत्तीर्ण गरेपछि अब तीनै जनाले स्थानीय, जिल्ला र प्रदेशस्तरको तथा जुनियर तहका क्रिकेट खेलाडीलाई कोचिङ गर्न सक्नेछन् ।

  • के भारतले म्यानमार सीमामा तारबार लगाउँदैछ ?

    के भारतले म्यानमार सीमामा तारबार लगाउँदैछ ?

    काठमाडौं । भारतले म्यानमारसँगको खुला सीमाामा तारबार लगाउने योजना बनाइरहेको विवरण सार्वजनिक भएको छ । गृहमन्त्री अमित शाहले केही साताअघि छिमेकी देश म्यान्मारसँगको खुला सीमामा छेकबार लगाउने योजना घोषणा हुन् । भारतले अप्ठ्यारो खेप्नुपरेको १,६४३ किलोमिटर लामो सीमालाई “बाङ्ग्लादेशसँगको सीमामा छेकबार लगाए जसरी” सुरक्षित बनाउने उनको भनाइ छ ।

    भारत र बाङ्ग्लादेशबीच त्योभन्दा झन्डै दुईगुना लामो सीमा छ। शाहले भारत र म्यान्मारको सीमावर्ती क्षेत्रका मानिसहरूलाई भिसाबिनै एकअर्काको देशमा १६ किलोमिटरसम्म यात्रा गर्न अनुमति दिने एउटा पुरानो सम्झौता खारेज गर्ने विषयमा पनि विचार भइरहेको बताएका छन् । छेकबार कसरी र कहिले लगाउने भन्ने चाहिँ उनले खुलाएका छैनन् ।

    तर सीमामा छेकबार लगाउने काम निकै चुनौतीपूर्ण हुने छ। केही विज्ञहरूका अनुसार पहाडी भूभागमा छेकबार लगाउन असम्भवप्रायः छ। दिल्लीको योजनाका कारण सीमावर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूबीच कायम पुरानो सन्तुलन बिग्रिन अनि दुई देशबीच तनाव बढ्न सक्छ। म्यान्मारसँग पूर्वोत्तर भारतका अरुणाचल, नागाल्यान्ड, मणिपुर र मिजोरम गरी चारवटा राज्यको सीमा जोडिएको छ।


    पहिलो, सन् २०२१ को फेब्रुअरीमा भएको सैन्य कूपछि म्यान्मारमा बढेको द्वन्द्वका कारण भारतलाई हानि हुने जोखिम बढेको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार द्वन्द्वका कारण म्यान्मारबाट झन्डै २० लाख मानिस विस्थापित भएका छन्। म्यान्मारसँग ४०० किलोमिटर लामो सीमा जोडिएको मणिपुरमा गत वर्ष सुरु भएको साम्प्रदायिक हिंसाका कारण समेत भारत यसतर्फ सोचिरहेको बताइन्छ ।

    बहुसङ्ख्यक मैतेई समुदायलाई पनि अनुसूचित जातिमा राख्न अदालतले सरकारलाई निर्देशन दिएपछि त्यसको विरोधमा जनजाति समुदायहरू आन्दोलित हुँदा हिंसा सुरु भएको थियो । बहुसङ्ख्यक मैतेई र आदिवासी कुकी अल्पसङ्ख्यक समुदायबीच झडपमा १७० जनाभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ मानिस विस्थापित भएका छन्।

  • इजरायलले जागामा गर्यो व्यापक नरसंहार, थप १ सय भन्दा बढीको मृत्यु

    इजरायलले जागामा गर्यो व्यापक नरसंहार, थप १ सय भन्दा बढीको मृत्यु

    काठमाडौं । इजरायली सेनाले गाजाको रफाह सहरका विभिन्न स्थानमा गरेका आक्रमणमा करिब एक सय प्यालेस्टिनी मारिएका छन् । मृत्यु हुनेमध्ये कैयौं बालबालिका तथा महिला छन् । प्यालेस्टाइनको रेड क्रेसन्ट सोसाइटीले रफाहमा भीषण आक्रमण गरिएको र कम्तीमा सय जनाको ज्यान गएको जनाएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भने ६७ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

    यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले इजरायललाई रफाहमा आक्रमण नगर्न आग्रह गरेका थिए । रफाहमा हाल कम्तीमा १५ लाख मानिसले आश्रय लिएका छन् । तीमध्ये अधिकांश मानिसहरू गाजाका अन्य ठाउँबाट भागेर त्यहाँ पुगेका हुन् । रफाहमा भएका मानिसहरू अब जाने कुनै पनि सुरक्षित ठाउँ नरहेको बताइएको छ ।

    इजरायली सेनाले आक्रमणपछि रफाह सहरबाट हमासले बन्धक बनाएका दुई इजरायली पुरुषलाई मुक्त गरिएको जनाएको छ । इजरायल डिफेन्स फोर्सेज ९आईडीएफले० ले मुक्त भएका बन्धकहरू फर्नान्डो साइमन मार्मन र लुई हारको स्वास्थ्य अवस्था राम्रो रहेको जनाएको छ । रफाह सहरमा आक्रमण गरेको जनाए पनि इजरायलले विस्तृत विवरण भने सार्वजनिक गरेको छैन ।

    हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेयता गाजा क्षेत्रमा तनाव जारी छ । उक्त आक्रमणमा एक हजार दुई सय इजरायलीको ज्यान गएको थियो । हमासले इजरायली क्षेत्रबाट २ सय ५३ जनालाई बन्धक बनाएर लगेको थियो । त्यसयता इजरायलले गरेका आक्रमणमा कम्तीमा २८ हजार एक सय प्यालेस्टिनीको ज्यान गइसकेको छ । ६७ हजार ५ सयभन्दा बढी घाइते भएको जनाइएको छ ।

  • जनयुद्ध दिवसको सार्वजनिक बिदा खारेज, माओवादी घटकले देशभर मनाउँदै

    जनयुद्ध दिवसको सार्वजनिक बिदा खारेज, माओवादी घटकले देशभर मनाउँदै

    काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले २०५२ साल फागुन १ गतेदेखि जनयुद्धको थालनी गरेको आज २८ वर्ष पुगेको छ । यो सशस्त्र द्वन्द्व २०६३ सम्म चलेको थियो । युद्धको अवधिमा यो सशस्त्र द्वन्द्वकालको रुपमा परिचित थियो । यस दिनको सम्झनामा सरकारले दिएको सार्वजनिक बिदा सर्वोच्च अदालतले खारेज गरिदिएको छ । तर, माओवादी घटकहरुले भने यो दिनलाई विेशेष रुपमा मनाउने गरेका छन् ।

    तत्कालिन नेकपा–माओवादीले यस आन्दोलनलाई २०५२ फागुन १ गते नेपाली राजतन्त्रलाई समाप्त र जनगणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ सुरुवात गरेको थियो । विसं २०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँगै यो युद्ध समाप्त भएको थियो ।

    यस युद्धमा नागरिक, विद्रोही, सेना र प्रहरीलगायतका १७ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको थियो । वि।सं २०४६ सालमा निर्दलीय पञ्चायती शासनको अन्त्य हुँदै बहुदलीय व्यवस्था आएको थियो । तात्कालीक समयको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र यसको वैधानिक मञ्च संयुक्त जनमोर्चा र अन्य सङ्गठनहरूले राजतन्त्रको विरुद्धमा विभिन्न कार्यक्रमहरु गर्दै आएका थिए । सशस्त्र द्वन्द्वको माध्यमबाट राजतन्त्रको अन्त्य गर्नु र नयाँ जनवादी व्यवस्था कायम गर्ने उद्देश्कासाथ जनयुद्धको घोषणा २०५२ साल फागुन १ गते भयो । विद्रोह सुरु गर्नु अगाडि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग ४० बुँदे माग राख्दै जनयुद्धको घोषणा गरिएको थियो ।

    रोल्पा, रुकुम, सिन्धुली, रामेछाप लगायतका पहाडी जिल्लामा आधार इलाका बनाएको माओवादीले देशव्यापी रूपमा विभिन्न स्थानमा रहेका प्रहरी चौकी, साना किसान बैंक र सरकार अन्य संयन्त्रमा आक्रमण गरेको थियो । जनयुद्धको प्रभाव देशव्यापीरुपमा पर्न गएको थियो जसका कारण तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सङ्कटका लागू गरेर अगाडि बढेको थियो । युद्धरत नेताहरुको टाउकाको मूल्यसमेत तत्कालीन सरकारले निर्धारण गरेको थियो ।

  • जनयुद्ध दिवसमा के दिए प्रधानमन्त्रीले सन्देश ?

    जनयुद्ध दिवसमा के दिए प्रधानमन्त्रीले सन्देश ?

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् । जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले माओवादीले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवसका रुपमा रहेको बताएका छन् । जनयुद्धले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, देशप्रेम एवं राष्ट्रियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको उल्लेख गर्दै उनले जनयुद्धको जगमा जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गरेका छन् ।

    ‘जनयुद्धको जगमा समावेशी लोकतन्त्र संस्थागत भएको छ, मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारू समुदायलगायत उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको छ’, शुभकामना सन्देशमा उनले भनेका छन्, ‘सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव भएको छ, यसर्थ, युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैँमा ऐतिहासिक र गौरवशाली थियो भन्ने तथ्य प्रमाणित हुन्छ ।’

    जनयुद्धको २९औँ वार्षिकोत्सवको अवसरमा माओवादी प्रथम विधान सम्मेलनमा होमिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सम्मेलनमार्फत पार्टीको आन्तरिक जीवन व्यवस्थित र सुदृढ हुने तथा समाजवादी क्रान्तिको नेतृत्व गर्न योग्य पार्टी निर्माणका पक्षमा गुणात्मक योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

    परिवर्तनका निम्ति आफ्नो जीवनको बलिदान दिने सहिदप्रति श्रद्धाञ्जली, बेपत्ता योद्धाप्रति उच्च सम्मान र घाइते योद्धामा स्वास्थ्यलाभ र दीर्घजीवनको कामना गर्दै उनले जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन सम्पूर्ण अपिल गरेका छन् ।

  • एसीसी वुमन्स प्रिमियर कप : आज नेपाल र माल्दिभ्स भिड्दै

    एसीसी वुमन्स प्रिमियर कप : आज नेपाल र माल्दिभ्स भिड्दै

    काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा आज माल्दिभ्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ ः १५ मा बाँगीमा सुरु हुनेछ । समूह डी मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुगिसकेको छ । नेपाल अपराजित रहँदै क्वाटरफाइनल खेल्न चाहन्छ । सुरुआती दुवै हारका साथ माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको हुँदा नेपालसँगको खेल प्रतिष्ठाका लागिमात्रै हुनेछ ।

    नेपालले भुटान र हङकङ दुवैलाई समान ८ विकेटले हराएको थियो । माल्दिभ्स भुटानसँग ९४ रन र हङकङसँग १७२ रनले पराजित भएको थियो । हङकङकी मारिको हिल १०० र चान का यिंग केरीले ८७ रन बनाएका थिए । तुलनात्मक रुपमा कमजोर माल्दिभ्समाथि नेपाल सहज जित हात पार्न चाहन्छ ।

    नेपालका सीता रानामगर दुवै खेलमा अलराउन्डर प्रदर्शनका साथ प्लेयर अफ द म्याच चुनिएकी छिन् । त्यस्तै रुविना क्षेत्री र इन्दु बर्मा पनि राम्रो लयमा देखिन्छन् । कविता कुँवर नेपालकी प्रमुख तीव्र गतिकी बलर हुन् । नेपालले क्वाटरफाइनल खेल्नुअघि आज मध्यक्रम र तल्लोक्रमका ब्याटरलाई मौका दिनसक्छ । १६ टोली सहभागी प्रतियोगितामा चार समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनल खेल्न पाउनेछन् । सेमिफाइनल हुँदै फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् ।

  • नेपालमा अझै २० प्रतिशत जनसंख्या गरिबीको रेखामुनी

    नेपालमा अझै २० प्रतिशत जनसंख्या गरिबीको रेखामुनी

    काठमाडौं । नेपालमा अझै २० दशमलव २७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण २०७९–८० अनुसार उक्त तथ्यांक देखिएको हो । यो चौथो जिवनस्तर सर्वेक्षण हो । यसअघि तेस्रो जीवनस्तर सर्वेक्षण २०६६–६७ नेपालमा गरिबी दर २५ दशमलव २ प्रतिशत रहेको देखाएको थियो ।

    प्रदेशका आधारमा सबैभन्दा कम गरिबी गण्डकी र सबैभन्दा बढी सुदूरपश्चिममा देखिएको छ। शहर र गाउँको तुलनामा सबैभन्दा कम काठमाडौमा सात प्रतिशत र सबैभन्दा धेरै सुदूरपश्चिमका गाउँमा ४० प्रतिशत गरिब रहेको तथ्याङ्कमा उल्लेख छ । सर्वेक्षणका अनुसार धनी र गरिबबीचको असमानता नाप्ने जिनी सूचक शून्य दशमलव ३० पुगेको छ । यसले असमानता केही घटेको देखाएको हो ।

    यसअघि जिनी सूचक शून्य दशमलव ३३ थियो । जिनी सूचक शून्य हुँदा समान अवस्था बुझिन्छ भने जिनी एक हुनु भनेको असमानता चरम अवस्थामा पुग्नु हो । सर्वेक्षणले दुई प्रतिशत परिवारसँग कार र २५ प्रतिशत परिवारसँग मोटरसाइकल रहेको देखाएको छ ।

    २०७९ सालको असार १ गतेदेखि २०८० जेठसम्म ९ हजार ६ सय घपरिवारबाट नमुना भरेर प्रतिवेदन तयार पारिएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । नेपालमा २०३४ सालदेखि गरिबी सर्वेक्षणको काम शुरु भएको हो । त्यसबेला ३६ प्रतिशत गरिबी थियो । २०४८ सालमा गरिबी ४९ प्रतिशत पुगेको थियो । कार्यालयले गरिबीको रेखा निर्धारण गर्न आम्दानी, खर्च र बहुआयामिक आधार मापदण्ड बनाएको थियो ।

  • नेपालको इतिहासमा नै पहिलो पटक समलिङ्गी महिलाको विवाह दर्ता

    नेपालको इतिहासमा नै पहिलो पटक समलिङ्गी महिलाको विवाह दर्ता

    काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिकामा दक्षिण एसियाकै पहिलो समलिङ्गी (लेस्बियन) महिला-महिलाको विवाह दर्ता भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले लेस्बियन जोडीको विवाह दर्ता गरेको हो।

    पाँच वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका बढैयाताल वडा नं २ निवासी अन्जुदेवी श्रेष्ठ (दीप्ति) र बाँके कोहलपुर नगरपालिका वडा नं ५ बस्ने सुप्रिता गुरुङ्गको जोडीले कानुनी रूपमा विवाह दर्ताको प्रमाणपत्र लिएका छन्। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्राविधिक शाखाबाट दिएको जानकारी अनुसार विवाह दर्ता गरिएको स्थानीय पञ्जीकाधिकारी एवं वडा सचिव दीपक नेपालीले बताए । नेपालीले भने, ‘विवाह दर्ता गरी प्रमाणपत्रमा अस्थायी विवाह दर्ता लेखेर जारी गर्न पञ्जीकरण विभागको प्राविधिक शाखाबाट जानकारी आयो । समलिङ्गी महिलाको विवाह दर्ता भएको यो पहिलो हो ।’ मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं पहिलो संविधान सभा सदस्य सुनिलबाबु पन्तले अन्जु र सुप्रितालाई दक्षिण एसियाकै पहिलो लेस्बियन (महिला समलिङ्गी) जोडी रहेको बताएका छन् ।

    ३३ वर्षीया दीप्ति श्रेष्ठ र ३३ वर्षीया सुप्रिता गुरुङ, दुवै जन्मँदा महिला हुन् । निर्देशक पन्तले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालबाट दक्षिण एसियाकै पहिलो लेस्बियन जोडीले औपचारिक रूपमा विवाह दर्ता गरी इतिहास रचेका छन् । यो कोशेढुङ्गा मनाउँन आज दिउँसो नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा सहभागी हुनुहोस्।’उनीहरूले विवाह दर्ताका लागि ४ माघमा वडा कार्यालयमा निवेदन दिएका थिए। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदीले पञ्जीकरण विभागमा ‘समलिङ्गी विवाह दर्ता गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा आवश्यक राय तथा निर्देशन उपलब्ध गराइदिनु हुन’ पत्र पठाएका थिए।

    सर्वोच्च अदालतले १२ असारमा दिएको आदेश र विभागको पत्र अनुसार यसअघि लमजुङको दोर्दी गाउँपालिकाले दक्षिण एसियामै पहिलो पटक माया गुरुङ्ग र सुरेन्द्र पाण्डेलाई विवाह दर्ताको प्रमाणपत्र दिएको थियो। माया र सुरेन्द्र जन्मँदा छोरा हुन भने दीप्ति र सुप्रिता दुवै छोरी हुन्। दुवै जोडी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका हुन्।

  • गृह मन्त्रालयले भन्यो-फागुन १ गते सार्वजनिक बिदा छैन’

    गृह मन्त्रालयले भन्यो-फागुन १ गते सार्वजनिक बिदा छैन’

    काठमाडौं । सरकारले फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ । सोमबार एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि सरकारले यसअघि सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको हो ।

    गत वर्ष फागुन १ ‘जनयुद्ध दिवस’ को बिदा दिइएकोमा बिदा खारेजीकाे माग गर्दै रिट दायर भएपछि सर्वोच्च अदालतले उक्त बिदा बदर गरेको थियो । यद्यपि केही स्थानीय तहले आफ्नो पालिकाभित्र सार्वजनिक बिदा दिएकोमा सर्वसाधारणमा अन्योल बढिरहँदा उक्त दिन सार्वजनिक बिदा नभएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • प्यालेस्टाइन शरणार्थी बसेको शहरमा आक्रमणको योजनामा इजरायल, अन्तर्राष्ट्रिय समुदायको आपत्ति

    प्यालेस्टाइन शरणार्थी बसेको शहरमा आक्रमणको योजनामा इजरायल, अन्तर्राष्ट्रिय समुदायको आपत्ति

    काठमाडौं । प्यालेस्टिनी शरणार्थीले भरिएको दक्षिणी गाजास्थित रफाह सहरमा इजरायलले आक्रमणको योजना बनाएको छ । यसप्रति अन्तर्राष्ट्रिय समुदायले चिन्ता र चेतावनी दिइरहेका छन् । ब्रिटिश विदेशमन्त्री डेभिड क्यामेरोनले इजरेली योजनाका कारण त्यस क्षेत्रमा आश्रय लिइरहेका गाजाका आधाभन्दा बढी जनसङ्ख्यालाई असर पर्न सक्ने बताएको बीबीसीले लेखेको छ ।

    डच विदेशमन्त्री हान्क ब्राउन्स स्लटले इजरेली योजनाबाट धेरै आम नागरिकको ज्यान जानसक्ने बताइन्। साउदी अरबले रफाहमा आक्रमण भए त्यसको परिणाम धेरै गम्भीर हुने चेतावनी दिएको छ। गाजामा शासन गरिरहेको हमासले त्यहाँ दशौँ हजार हताहत हुन सक्ने बताएको छ। गत अक्टोबर ७ मा हमास बन्दुकधारीहरूले दक्षिणी इजरेलमा १,२०० जना भन्दा बढी मारिने गरी आक्रमण गरेपछि इजरेलले गाजामा निरन्तर हमला गरिरहेको छ।

    हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा भएको इजरेली हमलामा हालसम्म २७,९०० जना भन्दा बढी मानिसहरू मारिएका छन् भने कम्तीमा ६७,००० जना घाइते भएका छन्। अधिकांश गजावासीहरूले अक्टोबरयता कम्तीमा एक पटक आफ्नो घर छाडेर शरण लिन रफाहमा पुग्नु परेको छ। इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शुक्रवार हमासविरुद्धको नयाँ विस्तारित आक्रमणबारे घोषणा गरेपछि अन्तर्राष्ट्रिय समुदायबाट ती चेतावनीहरू आएका हुन्।

  • साउदीमा रक्सी बनाएर बेच्दा सयौं नेपालीलाई जेल

    साउदीमा रक्सी बनाएर बेच्दा सयौं नेपालीलाई जेल

    काठमाडौं । साउदी अरवमा मदिरा प्रतिवन्धित छ । यही मदिरा सेवन र बनाएर विक्री गरेको आरोपमा सयौँको सङ्ख्यामा नेपाली श्रमिक साउदी अरबमा जेल परेको सार्वजनिकभएको छ । साउदी अरब नेपालको एउटा प्रमुख श्रम गन्तव्य हो र त्यहाँ झन्डै चार लाख नेपाली छन् । रियादस्थित नेपाली राजदूतावासका प्रथम सचिवले बीबीसीसँग कुरा गर्दै बढी आम्दानी हुने लोभले नेपालीहरू मदिरा सेवन र बेचबिखनसँग सम्बन्धित कसुरमा जेल पर्ने गरेको बताएका छन् ।

    साउदी अरबसहितका श्रम गन्तव्य प्रस्थान गर्नुअघि दिइने अभिमुखीकरण कार्यक्रमहरूमा ती देशमा गर्न नहुने गतिविधिहरूबारे जानकारी गराउने गरिएको छ । तर, यो प्रभावकारी नहुँदा नेपालीले यस्तो काम गरिरहेका छन् । रियादस्थित नेपाली राजदूतावासले साउदी अरबको जेल प्रशासनले उपलब्ध गराएको आँकडालाई उद्धृत गर्दै ४८० जना जति नेपाली उक्त खाडी देशका जेलहरूमा रहेको जनाएको छ।

    वास्तविक सङ्ख्या त्यो भन्दा बढी हुनसक्ने बताइएको छ । राजदूतावासका प्रथम सचिव टोपनारायण गिरीले ८० देखि ८५ प्रतिशत नेपालीहरू मदिरा सेवन, ‍ओसारपसार र उत्पादनको कसुरमा जेलमा रहेको बताएका छन् । सात दशकदेखि मदिरामाथि प्रतिबन्ध लगाएको साउदी अरबमा मदिरा राख्ने वा बेचबिखन गर्नेलाई जरिवाना गराउने देखि जेलमा थुन्ने र कोर्रा हान्नेसम्मको सजाय तोकिएको छ।

  • कतार र साउदीसँग श्रम सम्झौता परिमार्जन गर्ने सहमति

    कतार र साउदीसँग श्रम सम्झौता परिमार्जन गर्ने सहमति

    काठमाडौं । नेपाल र कतारबीच भएको श्रम सम्झौतालाई परिमार्जन गर्ने गरिने भएको छ । साउदी अरबसँगको श्रम सम्झौताको मस्यौदा एक महिनाभित्र टुंगाउने समझदारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले कतार र साउदीका समकक्षीसँग संयुक्त अरव इमिरेट्स (युएई)मा भएको आबुधाबी डायलगको साइडलाइन बैठकमा यस्तो समझदारी भएको हो ।

    नेपाल र कतारबीच २००५ मा भएको श्रम सम्झौतालाई परिमार्जन गर्न लागिएको हो । परिमार्जन गर्न लागिएको श्रम सम्झौता नेपालमा हुन गइरहेको कतारी अमिरको भ्रमणको समयमा हस्ताक्षर गर्ने सहमति भएको हो । कतारी अमिरको पहिलो पटक अप्रिलमा नेपाल भ्रमण हुँदैछ ।

    सम्झौतामा सीप साझेदारी र श्रमिकको हक हित सुरक्षाका विषयवस्तु थप गर्ने दुवै देशले अनलाइन बैठक मार्फत छिट्टै टुङ्ग्याउने सहमति भएको छ । बैठकमा कतार पक्षबाट घरेलु कामदारका निम्ति पर्याप्त सुरक्षाका व्यवस्थाहरु गरिएको हुँदा भाषा र सीप सिकाएर सम्मानित रुपमा मात्र पठाउन तालिम प्रदान गर्ने कार्यमा सहकार्य गर्ने प्रस्ताव राखेको छ । यसैगरी साउदी अरबसँग भएको साइडलाइन बैठकमा श्रम सम्झौताको प्रस्तावित मस्यौदालाई अन्तिम रुप दिई एक महिनाभित्र हस्ताक्षर गर्ने सहमति भएको छ ।

    प्रस्तावित सम्झौतामा न्यायोचित भर्ना प्रणाली, सामाजिक सुरक्षा, कार्य घण्टा, बिमा, पेशागत स्वास्थ्य सुरक्षा लगायतका विषयलाई सम्बोधन गरिएको छ । साउदीले सीपमुलक जनशक्ति उत्पादनका निम्ति तालिम केन्द्र स्थापना गर्न हाल दिइएको सहयोगलाई निरन्तरता दिने र भाषा र सीपयुक्त श्रमिक उत्पादनमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

    साउदीले रोजगारका अवसरमा महिलाको सहभागिता सुनिश्चित गर्न अस्पताल, केयरगिभर क्षेत्रमा प्राथमिकता दिने जनाएको छ । मन्त्री भण्डारीले साउदी समक्ष मृत्यू भएका श्रमिकको शबलाई छिट्टै नेपाल सम्म पठाउन सक्ने गरी सहजीकरण गर्न र सप्लाई कम्पनीमा गएर काम नपाउने अवस्थाको निरुत्साहित गर्न आग्रह गरेका छन् ।

  • पाकिस्तानमा इमरान खानको पार्टीका स्वतन्त्र उम्मेदवारले जिते १०१ सिट

    पाकिस्तानमा इमरान खानको पार्टीका स्वतन्त्र उम्मेदवारले जिते १०१ सिट

    काठमाडौं । पाकिस्तानमा जेल जिवन बिताइरहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक–इ–इन्साफ (पिटिआई) समर्थित स्वतन्त्र उम्मेदवारहरूले १०१ सिटमा जित हात पारेको छ । प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानमा गतरातसम्म २६४ क्षेत्रको नतिजा आएको छ । एक सिटको निर्वाचन रद्द भएको । एक क्षेत्रमा मतगणना स्थगित भएको छ।

    निर्वाचन आयोगले उनीहरूको चुनाव चिह्न नदिएपछि पिटिआईका र त्यसका समर्थित नेताले स्वतन्त्र उम्मेदवारी दिएका थिए। नवाज सरिफको पाकिस्तान मुस्लिम लिग(नेश्नलिस्ट (पिएमएल–एन)लाई पाकिस्तानी सेनाको समर्थन थियो। सेनाको समर्थनका बाबजुद उक्त दलले बहुमत पाउन सकेन। पिएमएल–एनले ७५ सिट मात्र ल्याएको छ । बिलाओल भुट्टोको पाकिस्तान पिपुल्स पार्टी पार्लियामेन्टेरियन (पिपिपी)ले ५४ सिट मात्र जितेको छ । मुत्ताहिडा क्वमी मुभमेन्टले १७ सिट जितेको छ।

  • धापासीमा युवकको हत्या, एक जना पक्राउ

    धापासीमा युवकको हत्या, एक जना पक्राउ

    काठमाडौं । काठमाडौंको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या भएको छ । उनको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले खड्काको हत्या आरोपमा उनका एक जना साथीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन । सोमबार पत्रकार सम्मेलन गरेर यस विषयमा सार्वजनिक गर्ने तयारी छ ।

    प्रहरीका अनुसार, दिपेश र पक्राउ परेका व्यक्ति दुवै मिस्त्री काम गर्दै आएका थिए । सामान्य विवादमा धारिलो वस्तु प्रहार गरेर हत्या गरेको भेटिएको बताइएको छ । प्रहरी वृत्त, महाराजगञ्जको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो । खड्काका केही साथीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    अनुसन्धानपछि घटनामा एक जनाको मात्र संलग्नता देखिएको छ । उता, शनिबार गौशालामा २८ वर्षीया प्रमिला दमाईको शव फेला परेको छ । त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले बानेश्वरबाट एक जनालाई पक्राउ गरेको छ । दुबै जनालाई प्रहरीले आज सार्वजनिक गर्ने तयारी समेत गरेको छ ।

  • नेपाल र क्यानडाबीचको अन्तिम एक दिवसीय खेल आज

    नेपाल र क्यानडाबीचको अन्तिम एक दिवसीय खेल आज

    काठमाडौं । नेपाल र क्यानडाबीचको अन्तिम एक दिवसीय खेल आज हुँदैछ । तीन खेलको सिरिज नेपालले जितिसकेको छ । तेस्रो तथा अन्तिम खेल समेत सुखद टुग्याउने दाउमा नेपाल रहेको छ । खेल बिहान ९ः१५ मा टियु क्रिकेट मैदानमा सुरु हुँदैछ । पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । नेपालले बिहीबारदेखि घरेलु मैदानमा सुरु हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियासँग खेल्नुअघि तयारीको लागि क्यानडासँग खेलेको हो। उता क्यानडा लिग–२ अन्तर्गत नै यूएई र स्कटल्यान्डसँग दुबईमा खेल्नुअघि तयारीको लागि नेपाल आएको हो।

    काठमाडौं । नेपाल र क्यानडाबीचको अन्तिम एक दिवसीय खेल आज हुँदैछ । तीन खेलको सिरिज नेपालले जितिसकेको छ । तेस्रो तथा अन्तिम खेल समेत सुखद टुग्याउने दाउमा नेपाल रहेको छ । खेल बिहान ९ः१५ मा टियु क्रिकेट मैदानमा सुरु हुँदैछ । पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । नेपालले बिहीबारदेखि घरेलु मैदानमा सुरु हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियासँग खेल्नुअघि तयारीको लागि क्यानडासँग खेलेको हो। उता क्यानडा लिग–२ अन्तर्गत नै यूएई र स्कटल्यान्डसँग दुबईमा खेल्नुअघि तयारीको लागि नेपाल आएको हो।

  • पूर्वराजा चितवनमा, के के छन् योजना ?

    पूर्वराजा चितवनमा, के के छन् योजना ?

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी राणा निजी भ्रमणका लागि चितवन प्रस्थान गरेका छन् । पूर्वराजानिकट स्रोतका अनुसार पूर्वरानीको जन्मोत्सव उतै मनाउने गरी पूर्वराजा दम्पती चितवन गएका हुन् । उनका लागि पटिहानीको सोल्टी होटलमा केही कोठा बुक गरिएको छ ।
    पूर्वरानी कोमलको जन्मोत्सव ७ फागुनमा पर्छ ।

    सोही होटलमा जन्मोत्सव मनाउने तयारी गरिएको छ । त्यसपछि मात्रै पूर्वराजारानी काठमाडौं फर्किने छन् । पूर्वराजाका आफन्तजनहरू पनि सो होटलमा बस्नेछन् । गत वर्ष पनि पूर्वराजा यहाँको होटलमा ८ दिन बसेका थिए । यही बीचमा व्यवसायी दुर्गा प्रसाईँले काठमाडौंमा राजसंस्था पुनर्स्थापनाको एजेन्डासहित अर्को चरणको आन्दोलन गर्दैछन् । प्रसाईँको अभियानप्रति सकारात्मक भए पनि आफैँ उपस्थित हुन भने पूर्वराजा इच्छुक देखिएनन् ।

  • पोर्चुगल पठाउने भनी १८ लाख ठगि गर्ने महिला पक्राउ

    पोर्चुगल पठाउने भनी १८ लाख ठगि गर्ने महिला पक्राउ

    काठमाडौं । पोर्चुगल पठाउने भनी १८ लाख रुपियाँ रकम ठगी गर्ने ३० वर्षीय महिला प्रहरीको फन्दामा परेकी छिन् । प्रहरीले मञ्जु रावत घर्तीलाई पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार स्थायी घर दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १२ भई हाल काठमाडौँ सामाखुसी बस्ने घर्तीले पोर्चुगल जान प्रतिव्यक्ति १५ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक तलब एक लाख ५० हजार रुपियाँ हुन्छ भनी विश्वास दिलाएकी थिइन् । प्रहरीका अनुसार उनलाई नयाँ बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

  • भारतविरुद्ध जित निकाल्दै अष्ट्रेलियाले उचाल्यो यू-१९ विश्वकप

    भारतविरुद्ध जित निकाल्दै अष्ट्रेलियाले उचाल्यो यू-१९ विश्वकप

    काठमाडौं । भारतलाई ७९ रनले हराउँदै अष्ट्रेलियाले आईसीसी यू–१९ विश्वकपको उपाधि उचालेको छ । अष्ेलियाले १४ वर्षपछि उपाधी जितेको हो । यसअघि सन् १९८८, २००२, २०१० मा उपाधि जितेको अष्ट्रेलियाको यो चौथो उपाधि हो । २५४ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमा अल आउट भयो । ओपनर आदर्श सिंहले ७७ बलमा ४ चौका र १ छक्कासहित ४७ रन बनाए ।

    मुरुगन अभिषेकले ४६ बलमा ५ चौका र १ छक्कासहित ४२ बनाए । अष्ट्रेलियाका माहली बियर्डम्यानले ७ ओभरमा २ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए । दक्षिण अफ्रिकाको विलोमुर पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५३ रन बनाएको थियो । अष्ट्रेलियाको जितमा हर्जास सिंहले ६४ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५५ रनको योगदान दिए ।

    ओपनर ह्यारी डेक्सनले ५६ बलमा ३ चौका र १ छक्कासहित ४२ तथा कप्तान ह्युग वेबगेनले ६६ बलमा ५ चौकासहित ४८ रन बनाए । तल्लोक्रममा ओलिभर पीक ४३ बलमा २ चौका र १ छक्कासहित ४६ रनमा अविजित रहँदै महत्वपूर्ण ४६ रनमा नट आउट रहेका थिए । भारतले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई २ विकेट तथा अष्ट्रेलियाले पाकिस्तानलाई १ विकेटले हराउँदै फाइनलमा स्थान बनाएका थिए । नेपाल भने समूह चरण हुँदै सुपर सिक्सबाट बाहिरिएको थियो ।

  • लेखा समितिको निर्देशन-‘रामग्राम क्षेत्रसँग सम्बन्धित सबै सम्झौता रद्द गर्नू’

    लेखा समितिको निर्देशन-‘रामग्राम क्षेत्रसँग सम्बन्धित सबै सम्झौता रद्द गर्नू’

    काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले रामग्राम क्षेत्रसँग सम्बन्धित सबै सम्झौता रद्द गर्न सरकारलाई निर्देशन दिएको छ।

    सिंहदरबारमा बसेको समितिको आइतबारको बैठकले सो क्षेत्रसँग सम्बन्धित सम्झौता आजैबाट लागू हुने गरी खारेज गर्न निर्देशन दिएको हो। पश्चिम नवलपरासीको ‘रामग्राम’ क्षेत्र विकासको जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटीलाई दिन लुम्बिनी विकास कोष सहमत भएको थियो।

    कोषले केही समयअघि परियोजना तयार गरी रामग्राम क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न प्रधानमन्त्री प्रचण्डका घरधनी शारदाप्रसाद अधिकारीका छोरा निकेश अधिकारीको निर्माण कम्पनी ‘प्रमिस्ड ल्यान्ड’ लाई दिन सैद्धान्तिक सहमति प्रदान गरेको थियो।

    लेखा समितिले यसमा सं‌लग्नमाथि अनुसन्धान गर्न पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई निर्देशन दिएको छ। रामग्राम परियोजनामा स्थानीयको करिब ११६ बिघा जग्गा अधिग्रहण गरी संरचना निर्माण गर्न प्रमिस्ड ल्यान्डलाई दिने सहमति छ।

    रामग्राम गौतम बुद्धको अस्थिधातु राखिएका ८ स्थलमध्ये एक मानिन्छ।

    सो क्षेत्र विकासका लागि लुम्बिनी विकास कोषले काम अघि बढाएको थियो। कोषले ‘प्रमिस्ड ल्यान्ड’ भन्ने कम्पनीलाई सैद्धान्तिक सहमति प्रदान समेत गरेको थियो।

    त्यसबारे विभिन्न प्रश्न उठेपछि लेखा समितिमा आइतबार छलफल भएको थियो। समितिको बैठकले उक्त ठेक्का प्रक्रिया सबै रद्द गर्न सरकारलाई निर्देशन दिएको हो।

  • गृहमन्त्रीलाई रवि लामिछानेको प्रश्नः बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीमाथि किन अनुसन्धान भएन ?

    गृहमन्त्रीलाई रवि लामिछानेको प्रश्नः बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीमाथि किन अनुसन्धान भएन ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई किन बयान नलिएको भनी गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेका छन्।

    आइतबार राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सभापति लामिछानेले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीको जति नै सांसद विनोद चौधरीको पनि सेयर देखिएको भन्दै उनलाई किन अनुसन्धान नगरिएको भन्दै प्रश्न गरेका हुन्।

    उनले भने, ‘बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीलाई केही दिनअगाडि हिरासतमा राखिएको देखियो। जग्गा हडप्दा चौधरीकै जति शेयर भएका अन्य साझेदारहरुमध्ये सत्तारुढ दलका सांसद विनोद चौधरीको पनि देखिएको छ। तर अनुसन्धानको दायरामा राखेर बयान त लिन सकिन्थ्यो होला। बयान लिइयो कि लिइएन?’

    उनले पूर्वगृहमन्त्री रामबहादुर थापाका फरार रहेका छोरा प्रतिक थापाबारे के पत्ता लाग्यो र खोज्ने प्रक्रिया कहाँ पुग्यो भनि प्रश्नसमेत गरे। त्यस्तै, इन्द्रजित राईका छोरा निरजबारे पनि उनले प्रश्न गरे।

  • चितवन लागे पूर्वराजा, दुर्गा प्रसाईँको प्रदर्शनमा नआउने

    चितवन लागे पूर्वराजा, दुर्गा प्रसाईँको प्रदर्शनमा नआउने

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी राणा निजी भ्रमणका लागि चितवन प्रस्थान गरेका छन् । पूर्वराजानिकट स्रोतका अनुसार पूर्वरानीको जन्मोत्सव उतै मनाउने गरी पूर्वराजा दम्पती चितवन गएका हुन् ।

    उनका लागि पटिहानीको सोल्टी होटलमा केही कोठा बुक गरिएको छ । पूर्वरानी कोमलको जन्मोत्सव ७ फागुनमा पर्छ । सोही होटलमा जन्मोत्सव मनाउने तयारी गरिएको छ । त्यसपछि मात्रै पूर्वराजारानी काठमाडौं फर्किने छन् ।

    पूर्वराजाका आफन्तजनहरू पनि सो होटलमा बस्नेछन् । गत वर्ष पनि पूर्वराजा यहाँको होटलमा ८ दिन बसेका थिए । यही बीचमा व्यवसायी दुर्गा प्रसाईँले काठमाडौंमा राजसंस्था पुनर्स्थापनाको एजेन्डासहित अर्को चरणको आन्दोलन गर्दैछन् । प्रसाईँको अभियानप्रति सकारात्मक भए पनि आफैँ उपस्थित हुन भने पूर्वराजा इच्छुक देखिएनन् ।