काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपतिमा अष्ट लक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।शनिवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। गाउँपालिका, नगरपालिकादेखि नै अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुखमध्ये एक जना महिला अघि सारेको सन्दर्भलाई लिएर राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एकजना महिला हुनुपर्ने कुरालाई अन्देखा गर्न नमिल्ने पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
Category: समाचार
गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जना उम्मेदवार
काठमाडौं । सत्ता गठबन्धनको प्रधानमन्त्री निवासमा बसेको वैठकमा सहमति नजुटेपछि उपराष्ट्रपतिमा जनमत पार्टीबाट १ जना र जनता समाजवादी पार्टीबाट २ जनाले उम्मेदवारी दिने भएका छन् । जनमतबाट ममता झा र जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने तय भएको हो । पुरुष उम्मेदवार उठाउँदा भोलि खारेज हुन सक्ने खतरा भएकाले जसपाले महिला र पुरुष… Continue reading गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जना उम्मेदवार
१०२ मेगावाटको मध्य भोटेकोशी निर्माणको अन्तिम चरणमा, यसै आवमा सकिने
काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा भइरहेको सो आयोजनाको निर्माण कार्य असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचना निर्माण सम्पन्न भएको छ । हाल हेडवक्र्स क्षेत्रको प्रोटेक्सन कार्य भइरहेको… Continue reading १०२ मेगावाटको मध्य भोटेकोशी निर्माणको अन्तिम चरणमा, यसै आवमा सकिने
सिंगापुरका व्यापारीसँग विनोद चौधरीले भने : नेपाल ठूलो सम्भावना बोकेको मुलुक हो
काठमाडौं । नेपालमा लगानीको अवसर र सम्भावनाबारे अध्ययन गर्न सिंगापुरका युवा उद्यमीहरूको टोली काठमाडौं आएको छ। योङ प्रेजिडेन्ट अर्गनाइजेसन ९वाइपिओ०, सिंगापुर शाखाका तर्फबाट पहिलोपटक नेपाल भ्रमणमा आएको टोलीमा सिंगापुरका ४० जना युवा लगानीकर्ता तथा प्रमुख कार्यकारी सामेल छन्। उनीहरू आइतबारसम्म यहाँ बस्ने छन्। टोलीमा सिंगापुरको उड्डयन, वित्तीय, प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स, हस्पिट्यालिटी, खानी लगायत क्षेत्रमा काम… Continue reading सिंगापुरका व्यापारीसँग विनोद चौधरीले भने : नेपाल ठूलो सम्भावना बोकेको मुलुक हो
उपराष्ट्रपतिका उम्मेदवार टुंगो लगाउँदै दलहरु
काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान साढे ८ बजे बोलाइएको छ । बैठकले उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय गर्नेछ । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तोकिएको छ । उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव… Continue reading उपराष्ट्रपतिका उम्मेदवार टुंगो लगाउँदै दलहरु
उपराष्ट्रपति पदमा आज उम्मेदवारी दर्ता
काठमाडौं । उपराष्ट्रपति पदका लागि आज मनोनयन दर्ता हुने भएको छ । आज बिहान ९ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । उम्मेदवारी दर्तापछि आजै प्रकाशित गरिने कार्यसूची छ । उम्मेदवारको विरोधमा उजुरी दिने समय पनि आजै छ । उजुरी उपर जाँचबुझ गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशित आइतबार हुनेछ। आजै मनोनयन दर्ता गर्नुपर्ने… Continue reading उपराष्ट्रपति पदमा आज उम्मेदवारी दर्ता
पोखरामा सुरु भयो रात्रिकालिन उडान, चार विमानस्थलबाट जान सकिने
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई हब बनाएर चार आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको छ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार रातिदेखि चार गन्तव्यबाट रात्रिकालीन उडान सुरु गरेको छ । काठमाडौं, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट पोखरामा रात्रिकालिन उडान भरेको छ । यी चारै गन्तव्यका जहाजको रात्रि बिसान पोखरामा… Continue reading पोखरामा सुरु भयो रात्रिकालिन उडान, चार विमानस्थलबाट जान सकिने
श्री एयरलाइन्सका जहाज शनिबारबाट उड्ने
काठमाडौं । श्री एयरलाइन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले पुनः उडान अनुमति दिएको छ । कम्पनीका कर्पोरेट प्रबन्धक अनिल मानन्धरका अनुसार प्राधिकरणको विज्ञ टोलीले श्रीका सबै जहाजको प्राविधिक जाँच, इन्जिनियरिङ, अपरेसन, सुरक्षा तथा कम्पनीको वित्तीय स्थिति र प्रशासनिक क्षमताको समेत अध्ययन गरेको थियो । त्यसपछि प्राधिकरणले श्रीलाई पुनः सेवा सञ्चालनको अनुमति दिएको हो । प्राधिकरणबाट पुनः… Continue reading श्री एयरलाइन्सका जहाज शनिबारबाट उड्ने
पाँच रिक्त एआईजीमा बढुवा सिफारिस, वसन्त पहिलो नम्बरमा
काठमाडौं । शुक्रबार बसेको बढुवा समितिको बैठकले पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाको लागि सिफारिस गरेको छ। बढुवा हुनेमा बसन्त बहादुर कुँवर, टेक प्रसाद राइ, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्रचाय रहेका छन्। पद रिक्त भएको लामो समयपछि सरकारले एआईजीमा बढुवा गरेको हो। पहिलो नम्बरमा वसन्त कुँवर छन्… Continue reading पाँच रिक्त एआईजीमा बढुवा सिफारिस, वसन्त पहिलो नम्बरमा
राष्ट्रपतिको उम्मेदवार बन्दा सुवास नेम्वाङको खर्च १६ हजार ५ सय
काठमाडौं । एमाले उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिको उम्मेदवार बन्दा १६ हजार ५ सय रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्। एमाले सांसद महेश बर्तौलामार्फत् नेम्वाङले आयोगलाई बुझाएको विवरणमा प्रचार प्रसार गर्दा १० हजार र मसलन्द शिर्षकमा ६ हजार ५ सय रुपैयाँ खर्च भएको उल्लेख छ।बिहीबार भएको राष्ट्रपति निर्वाचनमा नेम्वाङ कांग्रेसका रामचन्द्र पौडेलसँग पराजित भएका… Continue reading राष्ट्रपतिको उम्मेदवार बन्दा सुवास नेम्वाङको खर्च १६ हजार ५ सय
उपराष्ट्रपतिमा उम्मेदवारी दिन रञ्जिता श्रेष्ठ अयोग्य
काठमाडौं । उपराष्ट्रपतिमा उम्मेदवारी दिने तयारी गरिरहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अयोग्य देखिएकी छन् । नागरिक उन्मुक्तिले उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेपनि उमेरका कारण पार्टीकी अध्यक्ष श्रेष्ठ अयोग्य ठहरेकी हुन् ।। तर, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार भने राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार बन्न कम्तीमा ४५ वर्ष पूरा भएको हुनुपर्छ ।… Continue reading उपराष्ट्रपतिमा उम्मेदवारी दिन रञ्जिता श्रेष्ठ अयोग्य
राष्ट्रपति निर्वाचनबारे चौतर्फी आलोचना हुन थालेपछि रास्वपाले दियो स्पष्टिकरण
काठमाडौं । राष्ट्रपतिको निर्वाचन सम्बन्धमा पार्टी र नेतृत्वप्रति प्रश्न तथा आलोचना चौतर्फी आलोचना हुन थालेपछि रास्वपाले आधिकारिक रूपमा मुख खोलेको छ । शुक्रबार रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरेका हुन् । राष्ट्रपति चुनावको बारेमा उनले स्पष्ट रूपमा तीन वटा सवाल उठाएकाे छ। १. हाम्रो वाचापत्रमा उल्लेख गरिएको गैर दलीय राष्ट्रपतिको… Continue reading राष्ट्रपति निर्वाचनबारे चौतर्फी आलोचना हुन थालेपछि रास्वपाले दियो स्पष्टिकरण
उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्ने निर्वाचन आयोगको संकेत
काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनमा पुरुषको उम्मेदवारी नदिन निर्देशन दिएको छ । आउँदो फागुन २७ गते हुने उपराष्ट्रपति पदको उम्मेदवार मनोनयनपत्र दर्ताका लागि आयोगले संविधानअनुरुप नै फरक लिंग वा फरक समुदायको मात्र मनोनयनपत्र दर्ता गर्नका लागि निर्देशन दिएको हो । बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा खस आर्य समावेशी समूहका पुरुष रामचन्द्र पौडेल निर्वाचित भएको भन्दै… Continue reading उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्ने निर्वाचन आयोगको संकेत
उपराष्ट्रपतिमा नागरिक उन्मुक्तिको दाबी, रञ्जितालाई उम्मेदवार बनाउने
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । सो पार्टीको संसदीय दलको बैठकले पार्टी अध्यक्षसमेत रहेकी सांसद रञ्जिता चौधरीलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनमा उपराष्ट्रपति जनता समाजवादी पार्टी जसपालाई दिने सहमति भएको थियो । जस अनुसार जसपाले बाराबाट प्रतिनिधि… Continue reading उपराष्ट्रपतिमा नागरिक उन्मुक्तिको दाबी, रञ्जितालाई उम्मेदवार बनाउने
पर्यटन मन्त्रालयले थाल्यो पशुपति सफाई अभियान
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको अगुवाईमा पशुपति सफाई अभियान सुरु भएको छ । सफा पशुपति, स्वच्छ पशुपति नामक अभियानमार्फत मन्त्रालयले शनिबारबाट अभियान चलाउन थालेको हो । अभियानमा मन्त्रालय मातहतका सबै कर्मचारी सहभागी हुने भएका छन् । यस अभियान अनुसार हरेक शनिबार बिहान ८ बजेबाट १० बजेसम्म तीन महिनासम्म सफाई अभियान… Continue reading पर्यटन मन्त्रालयले थाल्यो पशुपति सफाई अभियान
माओवादी घटक आज पनि छलफलमा
काठमाडौं । विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका माओवादी घटकहरुको संयुक्त बैठक आज पनि जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, विश्वभक्त… Continue reading माओवादी घटक आज पनि छलफलमा
श्री एयरलाइन्सका सबै जहाजको उडानमा रोक
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजको उडानमा रोक लगाएको छ । काठमाडौं–भैरहवाको उडानमा जहाजको दायाँ इन्जिनमा आगो लागेको संकेत देखिएको थियो । यो घटनापछि प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजलाई अनिश्चितकालका लागि ग्राउन्डेड गरेको हो । यसबारे प्राधिकरणले कम्पनीलाई पत्र काटेको छ । श्रीको आज कुनै पनि उडान भएको छैन । कम्पनीका… Continue reading श्री एयरलाइन्सका सबै जहाजको उडानमा रोक
निश्पक्षता, तटस्थता र विधिको पालनामा प्रतिवद्ध रहनेछु : राष्ट्रपति पौडेल
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले निश्पक्षता, तटस्थता र विधिको पालनामा आफु प्रतिवद्ध रहने प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीबार भएको निर्वाचनबाट उनी राष्ट्रपति निर्वाचित भएका हुन् । बिहीबार राती एक आभार वक्तव्य जारी गर्दै पौडेलले आफूलाई समर्थन गर्ने दल तथा मत दिने सांसदहरुलाई धन्यवाद दिएका छन् । आफ्ना प्रतिस्पर्धी सुवास नेम्वाङ र उनलाई मत… Continue reading निश्पक्षता, तटस्थता र विधिको पालनामा प्रतिवद्ध रहनेछु : राष्ट्रपति पौडेल
नयाँ राष्ट्रपतिले पशुपतिमा पूजा गर्दै
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजापाठ गर्ने भएका छन् । उनी बिहान ९ बजे पशुपति जाने कार्यक्रम तय गरिएको छ । राष्ट्रपति पौडेल पशुपति मन्दिर जाने भएपछि त्यहाँ बिहानैदेखि सुरक्षा प्रबन्ध कडा बनाइएको छ । पशुपति दर्शनपछि राष्ट्रपति पौडेल आज सुन्दरीजल जाने कार्यक्रम छ । सुन्दरीजलस्थित बीपीको शालिकमा माल्यार्पण गर्ने र संग्रहालय… Continue reading नयाँ राष्ट्रपतिले पशुपतिमा पूजा गर्दै
को हुन् नयाँ राष्ट्रपति रामचन्द्र पौडेल ?
काठमाडौं । करिब आठ दशकअघि तनहुँको ग्रामीण बाहुनपोखरामा सामान्य परिवारमा जन्मिएका रामचन्द्र पौडेलले नेपालको तेस्रो राष्ट्रपति बनेका छन् ।लामो राजनीतिक विरासत बिताएका पौडेल यसअघि देशको कार्यकारी पदमा पुग्न अधिक प्रयास गरेका थिए । तर, उनलाई भाग्यले सर्वोच्च पदमा पुर्याएको छ । पाँच दशक लामो राजनीतिक जीवनको यात्रामा उनी सभामुख र पटक पटक मन्त्री भने भएका… Continue reading को हुन् नयाँ राष्ट्रपति रामचन्द्र पौडेल ?
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्। पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।
बालेन र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग नेपालका लागि चीनका राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन् । भेटका लागि राजदूत सङ मेयर बालेनको कार्यकक्षमा आएका हुन् । उनीहरूबीच आपसी सहयोग र दिगो सम्बन्धका विषयमा कुराकानी भएको महानगरले जनाएको छ । सङले काठमाडौंका सम्पदाहरूको निर्माण शैली चीनका सहरहरूमा प्रबर्द्धन गर्न चाहेको बताए । ‘काठमाडौँसँग… Continue reading बालेन र चिनियाँ राजदूतबीच भेटवार्ता
राष्ट्रपति निर्वाचन : मतगणना सुरु
काठमाडौं । राष्ट्रपति चयनका लागि बिहीबार भएको मतदानको मतगणना सुरु भएको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अन्नपूर्ण हलमा मतगणना सुरु भएको हो। संघीय संसद्कै ल्होत्से हलमा मतदान सम्पन्न भएको थियो। प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यतर्फको मतगणना छुट्टाछुट्टै स्थानमा भइरहेको छ। आजै सात बजेसम्म मतगणना सक्ने आयोगको तयारी छ। साथै आझै मतगणना… Continue reading राष्ट्रपति निर्वाचन : मतगणना सुरु
प्रधानमन्त्री प्रचण्ड विरुद्धको रिट हेर्न नभ्याइनेमा
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट हेर्न नभ्याइनेमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा प्रारम्भिक सुनुवाइका लागी पेशी राखिएको थियो । तर, न्यायाधीश अनिलकुमार सिन्हासँगको संयुक्त इजलासमा अरू मुद्दा सुनुवाइ गरेका न्यायाधीश श्रेष्ठले प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा राखेका हुन् । अधिवक्ता ज्ञानेन्द्रराज आरण सहितले… Continue reading प्रधानमन्त्री प्रचण्ड विरुद्धको रिट हेर्न नभ्याइनेमा
उच्च अंकले बढ्यो नेप्से, जलविद्युत समूहमा झुम्मिए लगानीकर्ता
काठमाडौं । शेयर बजारमा उच्च अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) ५०.४ अंकले बढेर २००२.७० विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २६२ कम्पनीको १ अर्ब ५६ करोड ५५ लाख ५८ हजार ८०२ रुपैयाँ बराबरको ४५ लाख ६६ हजार ४३ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading उच्च अंकले बढ्यो नेप्से, जलविद्युत समूहमा झुम्मिए लगानीकर्ता
राष्ट्रपति निर्वाचनको मतदान सकियो, ४ बजेदेखि मतगणना
काठमाडौं । राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ। मतदानका लागि निर्वाचन आयोगले बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्मको समय दिएको थियो। निर्वाचन कार्यालयका अनुसार संघीय संसद र प्रदेशसभा सदस्य गरी ५१ जनाले मतदान गरेनन् । मतदानमा ८३२ जना सांसदले मतदान गरेका छन्। यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीले भाग लिएनन्। प्रदेशसभा सदस्यतर्फको ३२… Continue reading राष्ट्रपति निर्वाचनको मतदान सकियो, ४ बजेदेखि मतगणना
सर्वोच्चमा प्रचण्डविरुद्धको रिटमा आज सुनुवाई
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुने भएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो । २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र… Continue reading सर्वोच्चमा प्रचण्डविरुद्धको रिटमा आज सुनुवाई
साँखुमा टिपरको ठक्करबाट दुई मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । काठमाडौंको साँखुमा भएका सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका–९ इन्द्रेणी चोकमा बुधबार बेलुका टिपरले ठक्कर दिँदा दुई मोटरसाइकलका चालकको ज्यान गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दुर्घटनामा बा ९४ प ४४९८ नम्बरको मोटरसाइकलका चालक साँखुका ५० वर्षका पवनलाल श्रेष्ठ र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकल चालक… Continue reading साँखुमा टिपरको ठक्करबाट दुई मोटरसाइकल चालकको मृत्यु
आईसीसी विश्व कप क्रिकेट लिग–२ का खेल आजबाट कीर्तिपुरमा, पीएनजी र नेपाल भिड्दै
काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । आईसीसी विश्व कप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो । नेपालले घरेलु मैदानमा यसको फाइदा उठाउने दाउमा हुने छ । नेपाललाई शीर्ष तीनमा… Continue reading आईसीसी विश्व कप क्रिकेट लिग–२ का खेल आजबाट कीर्तिपुरमा, पीएनजी र नेपाल भिड्दै
आज मुलुकले पाउनेछ नयाँ राष्ट्रपति, १० बजेबाट मतदान
काठमाडौं । नेपालको नयाँ तथा तेस्रो राष्ट्रपति चयन गर्न आज निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार बनेका छन् । निर्वाचन सकिएलगत्तै संसद भवन… Continue reading आज मुलुकले पाउनेछ नयाँ राष्ट्रपति, १० बजेबाट मतदान