सञ्चारमन्त्री खरेलले सार्वजनिक गरे तीन महिनामा महत्वपूर्ण कामको सूची

काठमाडौँ, ७ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिम्मेवारी सम्हालेको तीन महिनाको अवधिमा विभिन्न उपलब्धि हासिल भएको दावि गरेका छन् । उनले गत असोज ६ गते सञ्चारमन्त्रीको रुपमा नेतृत्व लिएका थिए । मन्त्री खरेलले सिंहदरबारस्थित मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी मन्त्रीको रुपमा पदबहाली भएको तीन महिनामा सम्पन्न भएका आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक… Continue reading सञ्चारमन्त्री खरेलले सार्वजनिक गरे तीन महिनामा महत्वपूर्ण कामको सूची

लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा

घोराही (दाङ), ७ पुस । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को विजेता लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली दाङको घोराही आइपुगेको छ । बाँकेबाट सुरु भएको ट्रफी उत्सव र्‍याली बर्दिया, दाङको तुलसीपुर हुँदै आइतबार घोराही आइपुगेको हो । र्‍यालीलाई घोराहीमा दाङ क्रिकेट सङ्घका अध्यक्ष तथा नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य प्रदीप मजगैया, लुम्बिनी प्रदेश क्रिकेट सङ्घका… Continue reading लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा

गहना चोरी गरी बिक्री गर्ने दुई जना काठमाडौंमा पक्राउ

काठमाडौँ, ६ पुस । सुनका गरगहना चोरी गरी बिक्री गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुको टोलीले तारकेश्वर नगरपालिका–४ माछापुच्छ्रे टोलस्थित एक व्यक्तिको डेराबाट सुनका गरगहना चोरी गर्ने तथा बिक्री गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भई काठमाडौँको नयाँबसपार्क बस्ने २४ वर्षीय… Continue reading गहना चोरी गरी बिक्री गर्ने दुई जना काठमाडौंमा पक्राउ

विश्वकप क्रिकेटका लागि खेलाडी छनोट

काठमाडौँ, ६ पुस । आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेट २०२६ का लागि नेपाली क्रिकेट टोलीको प्रारम्भिक चरणमा २४ खेलाडी छनोट भएका छन् । सोमबारदेखि सुरु हुने प्रशिक्षण क्याम्पका लागि २४ जना खेलाडी छनोट गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।… Continue reading विश्वकप क्रिकेटका लागि खेलाडी छनोट

प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट

काठमाडौँ, ६ पुस । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, रास्वपाका पदाधिकारी र सदस्य सहभागी थिए ।

जेनजी अगुवा ढुङ्गानाले गरे सरकारविरुद्ध आन्दोलनको घोषणा

काठमाडौँ, ७ पुस । जेनजी अगुवा मिराज ढुङ्गानाको समूहले जेनजीको माग, मुद्दा सम्बोधन नभएको भन्दै १० बुँदे एजेण्डासहित आन्दोलनको घोषणा गरेको छ । सो समूहले आज यहाँ पत्रकार सम्मेलन गरी युवाको भावनाबमोजिम सरकार सञ्चालन नभएको आरोप लगाउँदै सोमबारदेखि शान्तिपूर्ण आन्दोलन गर्ने जनाएको छ । सो अवसरमा जेनजी अगुवा ढुङ्गानाले विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यसहित सुशासनका… Continue reading जेनजी अगुवा ढुङ्गानाले गरे सरकारविरुद्ध आन्दोलनको घोषणा

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

गोपालप्रसाद बराल–रासस महोत्तरी, ६ पुस । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस लागेयता बढ्दै गएको जाडोले प्रभावित बनेको छ । पुस लागेसँगै ह्वात्तै बढेको चिसोले गरिब बस्ती बढी प्रभावित भएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पुस लागेसँगै बिहानदेखि नै मध्याह्नसम्म बाक्लो हुस्सुले ढाकेर चिसो बतास चल्न थालेसँगै गरिब बस्तीको बिजोग बढेको हो… Continue reading चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

मौन पीडामा रहेकी कालिमायाको याचना…..

राससदमौली (तनहुँ), ६ पुस । यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन बिताउन बाध्य छन्, झलक विक । छब्बीस वर्षीय उनका लागि हिँडडुल गर्नु, मनका भावनालाई साटासाट गर्नु र अन्य दैनिकी काम गर्नु अकल्पनीय कुरा हुन् । उनी आफ्नो शरिरलाई आफै नियन्त्रण गर्न सक्दैनन् र घिस्रिएर अर्को स्थानमा पुग्न बाध्य छन् ।… Continue reading मौन पीडामा रहेकी कालिमायाको याचना…..

चितवनमा गैरआवासीय नागरिकता लिने बढे

चितवन, ६ पुसः नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ बढेको छ । गत साउनयता यहाँ ४० जनाले नागरिकता परित्याग गर्दा ४९ जनाले गैरआवासीय नागरिकता लिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार नागरिकता परित्याग गर्नेमा १३ महिला र २७ पुरुष छन् । गैरआवासीय नागरिकता लिन नेपाल आएका समयमा नेपाली नागरिकता… Continue reading चितवनमा गैरआवासीय नागरिकता लिने बढे

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

FILE

ताप्लेजुङ, ६ पुसः बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आज बिहान मृत्यु भएको हो । स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको… Continue reading भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक

file

काठमाडौँ, ६ पुस । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव आएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ६० हजार ४०० सय पुगेको थियो भने आज त्यति नै परिमाणको सुन रु दुई लाख ५८ हजार ३०० मा झरेको छ । गत मङ्गलबार रु दुई लाख… Continue reading सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न राखियो ‘ट्रास बेरियर’

काठमाडौँ, ६ पुसः सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीहरूमा तैरिने फोहर सङ्कलन गर्न ‘ट्रास बेरियर’ जडान गरेको छ । गुह्येश्वरीबाट ट्रास बेरियर जडान सम्पन्न गरी वाग्मती नदीका पाँच स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्येश्वरी, तिलगङ्गा आँखा अस्पताल, वाग्मती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा एक स्थान गरी… Continue reading बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न राखियो ‘ट्रास बेरियर’

पसिनाका गन्धमा सफलता खोज्ने तिवारी

राससपथरी (मोरङ), ६ पुस । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका साथ आठ वर्ष अगाडि उहाँले एउटा कुखुराको फार्म खोलेका थिए । सुरुमा १५० कुखुराबाट सुरु भएको फार्ममा अहिले १५ होलिस्टेन गाई र एक हजार ५०० भन्दा बढी… Continue reading पसिनाका गन्धमा सफलता खोज्ने तिवारी

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

राससकञ्चनपुर, ६ पुस । जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा सडक पूर्वाधारको विकाससँगै सुगम बन्दै गएको छ । वर्षायाममा हिलोले हिँडिनसक्नु हुने र हिउँदमा सुक्खा धुलोले जनजीवन कष्टकर बनाउने यहाँका सडकको नियति अब इतिहासको पानामा सीमित हुनपुगेको छ । पछिल्ला केही वर्षमा लालझाडीले सडक पूर्वाधारमा मारेको फड्कोले स्थानीय बासिन्दाको जीवनस्तरमात्र होइन, समग्र… Continue reading दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी, ६ पुस : चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति सकिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीको नागढुङ्गादेखि मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको कैह्कुखोला खण्डको सडकलाई ११ मिटर फराकिलो बनाएर दुई लेन कालोपत्र र ढलान गर्न आर्थिक वर्ष २०७३/७४ देखि योजना सुरु भएको थियो… Continue reading कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

कर्णालीमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुँदै

कर्णाली, ६ पुस : कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुने भएको छ । सुर्खेतस्थित पारा फाउन्डेसन शाखा कार्यालयले आगामी माघ ९–१४ गतेसम्म उक्त प्रतियोगिता गर्ने भएको हो । वीरेन्द्रनगरमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा फाउन्डेसनका अध्यक्ष किशोर शाहीले अपाङ्गता भएका व्यक्तिले पनि अवसर पाए सपाङ्गजस्तै आफ्नो क्षमता प्रदर्शन गर्न सक्छन् र… Continue reading कर्णालीमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुँदै

निर्वाचन ७४ दिन बाँकी : प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

काठमाडौँ, ६ पुस : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । अनुमति पाएको सवारीसाधनबाहेक अन्य सवारीसाधन प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ ।… Continue reading निर्वाचन ७४ दिन बाँकी : प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय

रावलपिन्डी (पाकिस्तान), ६ पुस (रासस–एएनआई) । संघीय अनुसन्धान एजेन्सी ९एफआईए० को विशेष अदालतले शनिबार पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ । अदालतको आदेशको प्रतिलिपिबाट उद्धृत गर्दै डनले रिपोर्ट गरेअनुसार दुवैलाई एक करोड ६४ लाख रुपैयाँ जरिवाना गरिएको छ, कानुन… Continue reading पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र, ७० भन्दा बढी लक्ष्यमा आक्रमण

White House chief of staff Susie Wiles and President Donald Trump talk aboard Marine One, Friday, Dec. 19, 2025, in Washington. (AP Photo/Julia Demaree Nikhinson)

वासिङ्टन, ६ पुस (रासस–एएफपी) । अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताए । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो । वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो । पाम्यारा युनेस्को सूचीमा सूचीकृत प्राचीन… Continue reading सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र, ७० भन्दा बढी लक्ष्यमा आक्रमण

भारतमा हात्तीको बथानसँग रेल ठोक्कियो, सात हात्तीको मृत्यु

An excavator dig a pit to burry the carcass an Asiatic wild elephant being removed from a railway track after a speeding train hit a heard of wild elephant in the early morning in Changjurai village east of Guwahati, India, Saturday, Dec. 20, 2025. (AP Photo/Anupam Nath)

नयाँदिल्ली, ५पुस (रासस–एएफपी) । उत्तरपूर्वी भारतमा एउटा यात्रु वहाक रेल हात्तीको झुण्डमा ठोक्किएर दुर्घटना हुदाँ सात वटा हात्तीको घटना स्थलमै मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् । भारतमा लगभग २२ हजार जङ्गली हात्ती मध्ये चार हजार भन्दा बढी रहेको आसम राज्यमा भएको उक्त दुर्घटनामा कुनै यात्रु घाइते नभएको बताइएको छ । वरिष्ठ असम पुलिस अधिकारी… Continue reading भारतमा हात्तीको बथानसँग रेल ठोक्कियो, सात हात्तीको मृत्यु

मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी

Security forces stand guard at the entrance of nation's Parliament complex as people arrive to perform funeral prayers for leading Bangladeshi activist Sharif Osman Hadi, who died from gunshot wounds sustained in an attack in Dhaka earlier this month, in Dhaka, Bangladesh, Saturday, Dec. 20, 2025. (AP Photo/Mahmud Hossain Opu)

ढाका, ५ पुस (रासस–एएफपी) । बङ्गलादेशको राजधानी ढाकामा एक विद्यार्थी नेताको हत्यालाई लिएर दुई दिनसम्म चलेको हिंसात्मक प्रदर्शनपछि शनिबार दशौं हजार शोकाकुल व्यक्तिहरू उनको अन्त्येष्टिका लागि भेला भएका छन्। गत वर्षको प्रजातन्त्र समर्थक विद्रोहका एक प्रमुख व्यक्ति सरिफ उस्मान हादीको गत बिहीबार ढाकाको मस्जिदबाट बाहिर निस्कने क्रममा मास्क लगाएका बन्दुकधारीले गोली हानेर मृत्यु भएको थियो… Continue reading मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी

साफ महिला च्याम्पियनसिप : एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

साफ महिला क्लब च्याम्पियनसिप काठमाडौँ, ५ पुस : काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा उपाधिका लागि नेपालको एपीएफ क्लब र भारतको इस्ट बंगालबीच प्रतिस्पर्धा हुँदै । तस्बिर : किरणराज विष्ट / रासस

काठमाडौैँ, ५ पुस । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट बङ्गालले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा इस्ट बङ्गालले नेपालको एपिएफ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । इस्ट बङ्गलाको जितमा कप्तान फजिला इक्वापुटले दुई गोल… Continue reading साफ महिला च्याम्पियनसिप : एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर (झापा), ५ पुसः यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज साँझ पूर्व–पश्चिम राजमार्गअन्तर्गत गिरीबन्धु टी–स्टेट नजिक चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । दुर्घटनामा मोटरसाइकलमा सवार… Continue reading मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

रिहा भएर काठमाडौं आउनासाथ रविले भेटे जेन जी आन्दोलनका घाइते र शहीद परिवार

५ पुस, काठमाडौं । कारागारबाट रिहा भएर चितवन हुँदै काठमाडौं आए लगत्तै रास्वपा सभापति रवि लामिछाने भेटघाटमा सक्रिय भएका छन् । उनले जेनजी आन्दोलनका घाइते र शहीदका परिवारलाई भेटेका छन् । उनले शनिबार उपत्यकाका विभिन्न अस्पतालमा उपचारार्थ जेनजी घाइतेसँग भेट गरी अवस्थाबारे जानकारी लिए । घाइते भेट्नुअघि उनले बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय… Continue reading रिहा भएर काठमाडौं आउनासाथ रविले भेटे जेन जी आन्दोलनका घाइते र शहीद परिवार

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : कुलमान

चितवन, ५ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र जनसेवाका लागि राजनीति गर्नुपर्ने बताएका छन् । उज्यालो नेपाल पार्टी चितवनको जिल्ला भेलामा आज उनले व्यक्ति र निहित स्वार्थका लागि राजनीति गर्दा समस्या हुने गरेको उल्लेख गर्दै अब समाज परिवर्तन र विकासका लागि केन्द्रीत हुनुपर्ने आवश्यकता औँल्याए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री… Continue reading समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : कुलमान

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ (चितवन), ५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प नरहेको बताएका छन् । कारागारबाट रिहा भएपछि चितवनको भरतपुरस्थित चौबिसकोठीमा आफ्ना कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गर्दै उनले जेनजीले देखाएको सपना पूरा गर्न निर्वाचनको विकल्प नरहेको बताएका हुन् । उनले नवपुस्ताका मागको सम्बोधन र निर्वाचन सम्पन्न गर्न दृढ रूपमा उभिने… Continue reading निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

निर्वाचन सार्ने चेष्टा नगर्न सरकारलाई प्रचण्डको चेतावनी

File तस्बिरः प्रदीपराज वन्त /रासस

काठमाडौँ, ५ पुस । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा होमिन जनता र राजनीतिक दलले चाहेका बताउँदै केही तत्वले त्यो चाहनालाई प्रभावित पार्ने प्रयास गरिरहेका बताएका छन् । नेकपाको बागमती प्रदेशस्तरीय एकता सन्देशसभालाई आज यहाँ सम्बोधन गर्दै उनले मुलुकलाई अफ्ठ्यारोमा पर्न नदिन घोषित मितिमै निर्वाचन हुनुको विकल्प नभएको बताए । आज प्रचण्ड सरकारप्रत… Continue reading निर्वाचन सार्ने चेष्टा नगर्न सरकारलाई प्रचण्डको चेतावनी

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

जमुना वर्षा शर्मा–राससपोखरा, ५ पुस । शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे« र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले शृङ्गारिएको पोखरा । यो सुन्दरतालाई आकाशबाट हेर्न चाहनेका लागि लोकप्रिय ‘अल्ट्रालाइट उडान’ अहिले सुस्ताएको छ । अल्ट्रालाइटको उडानमार्फत हावाको बेगसँग रमाउने पर्यटकको अहिले अभाव हुन थालेको छ । दुई… Continue reading महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

नेपालको जस्तै जेनजी आन्दोलन भोगेको बंगलादेश किन छ अशान्त ?

(AP Photo/Mahmud Hossain Opu)

सिड्नी, ५ पुस (रासस–सिन्ह्वा) । इन्किलाब मोन्चोका नेता सरिफ उस्मान बिन हादीको निधनको विरोधमा ढाकामा प्रदर्शनहरू निरन्तर जारी रहेको छ । डेली स्टार र प्रथम आलो जस्ता प्रतिष्ठित मिडिया हाउसका कार्यालयहरूलाई लक्षित गरिएको एक रातको हिंसात्मक अशान्तिपछि प्रदर्शनकारीहरूले राष्ट्रपिता शेख मुजीबुर रहमानको आंशिक रूपमा ध्वस्त घरमा पुगेर आफ्नो आक्रोश प्रकट गरेका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार… Continue reading नेपालको जस्तै जेनजी आन्दोलन भोगेको बंगलादेश किन छ अशान्त ?

जेनजी सुशासन सहिदकी आमा : कान्छो सन्तानको निधनले मन आतिएको छ

नारायण न्यौपाने–राससकाठमाडौँ, ५ पुस । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश महतको गत भदौ २४ गते गौशालाचोक नजिक गोली लागेर निधन भयो । नयाँबानेश्वर केन्द्रित जेनजी पुस्ताको आह्वानमा भदौ २३ गते भएको आन्दोलनमा साथीभाइसहित धेरै युवालाई गोली लागेको देखेपछि उहाँ आन्न्दोलनमा जान प्रेरित हुनुभएको थियो । दिदी सुमित्राका अनुसार अघिल्लो दिन बानेश्वरमा गोली… Continue reading जेनजी सुशासन सहिदकी आमा : कान्छो सन्तानको निधनले मन आतिएको छ