यस्तो छ विभिन्न देशका लागि दसैँको टीका लगाउने साइत, अमेरिकाको कुन शहरमा कति बजे ?

४ असोज, काठमाडौं । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ । समितिको आज यहाँ बसेको बैठकबाट विभिन्न देशका लागि शुभ साइत सार्वजनिक गरेको समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिए । विभिन्न देशमा बसोबास गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूबाट दसैँ टीकाको साइतबारे जिज्ञासा राखिएकाले तिथ्यादिको… Continue reading यस्तो छ विभिन्न देशका लागि दसैँको टीका लगाउने साइत, अमेरिकाको कुन शहरमा कति बजे ?

कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा

४ असोज, काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि आज रु नौ अर्ब ८० करोड निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ । “चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो… Continue reading कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा

सिंहदरबारमा यसरी भइरहेको छ मर्मत र रङरोगन

rss

४ असोज, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबारलाई पुरानै चमक दिलाउन धमाधम मर्मतसम्भार र रङरोगन गरिएको छ । जेनजी प्रदर्शनपछि सुनसान र खण्डहर जस्तै बनेको राजनीतिक र प्रशासनिक केन्द्र सिंहदरबारमा मर्मत र रङरोगनले चहलपहल बढेको छ । आगोले जलेका संरचना र धुवाँले कालो बनेका मन्त्रालयका भित्तामा पानीले पखाली… Continue reading सिंहदरबारमा यसरी भइरहेको छ मर्मत र रङरोगन

दशैं अगाडी नै नागढुंगा सुरुङमार्गबाट यात्रुबाहक सवारी चलाउने तयारी

४ असोज, काठमाडौं । सरकारले दशैं अगाडी नै नागढुंगा सुरुङमार्गबाट यात्रुबाहक सवारी साधन चलाउने तयारी गरेको छ । दशैं अगाडी काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारीमध्ये यात्रुबाहक सवारी साधन जान दिने र दशैंपछि भित्रने सवारी साधनलाई पनि सो मार्ग प्रयोग गर्ने दिनेबारे सम्बन्धित पक्षसँग छलफल गर्ने निर्णय भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले गरेको… Continue reading दशैं अगाडी नै नागढुंगा सुरुङमार्गबाट यात्रुबाहक सवारी चलाउने तयारी

काठमाडौं जोड्ने मूख्य राजमार्ग नारायणगढ–मुग्लिन सडक १५ घण्टादेखि बन्द, खुल्ने समय अनिश्चित

४ असोज, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको हो । उनका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो… Continue reading काठमाडौं जोड्ने मूख्य राजमार्ग नारायणगढ–मुग्लिन सडक १५ घण्टादेखि बन्द, खुल्ने समय अनिश्चित

वैशाखयता विपद्मा २४३ जनाको निधन

४ असोज, काठमाडौं । गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ विपदका घटना भएका छन् । यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो अवधिमा विपद्मा परेर २४३ जनाको ज्यान गएको छ भने ८६९ जना घाइते भएका छन् । यस्तै, २४ जना बेपत्ता… Continue reading वैशाखयता विपद्मा २४३ जनाको निधन

‘जेन–जी’ आन्दोलनः अधुरै रह्यो बाबुआमालाई झापा लैजाने कमलको सपना

राष्ट्रिय समाचार समिति (रासस) ४ असोज, पाँचथर । वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा तीन वर्ष बिताइ गत वैशाखमा झापा आउनुभएका पाँचथरको हिलिहाङ गाउँपालिका–२ अमरपुरका कमल भण्डारी बाबुआमा भेट्न गाउँ आइपुगेकै सिथएनन् । श्रीमती सीता र पाँच वर्षका छोरा झापामा रहेकाले उहाँ झापामै बसेर विर्तामोड नगरपालिका–१० बिराटपोखरमा घर बनाइरहेका थिए । गत भदौ तेश्रो साता मोवाइलमा… Continue reading ‘जेन–जी’ आन्दोलनः अधुरै रह्यो बाबुआमालाई झापा लैजाने कमलको सपना

विध्वंशपछि अहिलेसम्म २० अर्ब ७० करोड बराबरको बीमा दावी

४ असोज, काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिका कारण भौतिक संरचनामा पुगेको क्षतिको हालसम्म रु २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ बराबरको बीमा दावी भएको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा क्षति पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार… Continue reading विध्वंशपछि अहिलेसम्म २० अर्ब ७० करोड बराबरको बीमा दावी

अविरल वर्षाले धानबालीमा क्षति

४ असोज, नवलपरासी । हालैको अविरल वर्षात्ले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावलका धान बालीमा क्षति पु¥याएको छ । पाल्हीनन्दन र सरावलमा ७०० बिघाहभन्दा बढी धान बाली डुुबान भएको पाल्हीनन्दन‐१ का वडासदस्य चुुल्हाइप्रसाद यादवले जानकारी दिए । उनका अनुसार यस वर्ष सरावल र पाल्हीनन्दनका शंकरपुरमा धान बाली सप्राएकोे थियो । उनका अनुसार धनेवा र… Continue reading अविरल वर्षाले धानबालीमा क्षति

आठ हजार ८१६ कैदीबन्दी अझै फरार

४ असोज, काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका छन् । यस्तै नौवटा बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका पाइएको छ । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार ती कारागारबाट कुल २९ हजार २१२ मध्ये १३ हजार ५९१ कैदीबन्दी भागेका थिए । यस्तै एक हजार ४२२… Continue reading आठ हजार ८१६ कैदीबन्दी अझै फरार

युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार

३ असोज, काठमाडौं । युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपाली नागरिकको उद्धार गरिएको छ । रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई बर्लिनस्थित नेपाली दूतावासको समन्वय एवं सक्रियतामा उद्धार गरी आज अपराह्न नेपाल फर्काउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । युक्रेनको सीमासुरक्षा सेवा कार्यालय, गैरआवासीय नेपाली सङ्घ जर्मनीलगायतको सहयोगमा उनीहरुको उद्धार गरिएको हो । मन्त्रालयले… Continue reading युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार

पुँजीबजारमा देखिएका समस्या पहिचान गर्न कार्यदल गठन

RSS

३ असोज, काठमाडौं । सरकारले पुँजीबजारमा देखिएका समस्या पहिचानका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार पुँजीबजारमा विकसित विसङ्गति तथा समस्याको अध्ययन गरी तत्काल आमलगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना (रोडम्याप) पेस गर्न कार्यदल गठन गरिएको हो । धितोपत्र… Continue reading पुँजीबजारमा देखिएका समस्या पहिचान गर्न कार्यदल गठन

कालीगण्डकी लोकमार्ग भाँसियो

३ पर्वत, असोज । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्ग भाँसिएको छ । लोकमार्गअन्तर्गत फलेबास नगरपालिका–११ पाङ्राङमा बिहीबार सडक भाँसिएको हो । सडक भाँसिएपछि मर्मतमा समस्या देखिएको छ । कालोपत्र भइसकेको स्थानमा भासिने, उप्किने र खाल्डाखुल्डी पर्ने समस्याले सडक जीर्ण बन्दै गएको छ । कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने झण्डै ७० किलोमिटरमध्ये कालोपत्र… Continue reading कालीगण्डकी लोकमार्ग भाँसियो

‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

३ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव तथा विभागीय प्रमुखलाई जीर्ण आयोजनाको सूची तत्काल तयार गरी पेस गर्न… Continue reading ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

एमाले नेताहरूद्वारा कांग्रेस पार्टी कार्यालय अवलोकन

३ असोज, पाटन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरूले कांग्रेस पार्टी कार्यालयको अवलोकन गरेका छन् । आज बिहान ‘जेनजी’ प्रदर्शनका क्रममा जलाइएको कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेर उहाँहरूले आवश्यक जानकारी लिए । उपाध्यक्षद्वय गुरु बराल, अष्टलक्ष्मी शाक्य, महासचिव शङ्कर पोखरेल, विदेश विभाग प्रमुख राजन भट्टराई, नेता अमृतकुमार बोहरालगायत नेताहरू अवलोकनमा गएका… Continue reading एमाले नेताहरूद्वारा कांग्रेस पार्टी कार्यालय अवलोकन

संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्न एमाले अध्यक्ष ओलीको अपिल

३ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्ने कार्यमा एकताबद्ध हुन अपिल गरेका छन् । संविधान दिवसका अवसरमा आज वक्तव्य जारी गर्दै उहाँले देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई परास्त गर्दै जारी भएको संविधान नेपाली जनता आफैँले आफ्ना निम्ति लेखेको भविष्य रेखा भएको… Continue reading संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्न एमाले अध्यक्ष ओलीको अपिल

जेन-जी प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब होः प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्की ‘संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२’ का अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा शुक्रबार आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

३ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको विरोध प्रदर्शन र आन्दोलन युवापुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब भएको बताएकी छिन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ का अवसरमा आज टुँडिखेलस्थित सैनिकमञ्चमा आयोजित मूल समारोहमा उनले संविधानको मर्म र भावनाबमोजिम… Continue reading जेन-जी प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब होः प्रधानमन्त्री

बजार झरे दशैंका लागि लेकाली भेडा–च्याङ्ग्रा

३ असोज, म्याग्दी । दसैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन् । किसान तथा व्यापारीहरू भेडाच्याङ्ग्राको बथान लिएर देशका विभिन्न बजारमा आइपुगेका हुन् । हिमाली भेडाच्याङ्ग्रा बजार झरेपछि दसैँ पर्व आगमनको झल्को दिन्छ । मुस्ताङबाट बेनी–जोमसोम सडक भएर म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइएका भेडाच्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौँलगायत ठूला… Continue reading बजार झरे दशैंका लागि लेकाली भेडा–च्याङ्ग्रा

क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण उपलब्धि संविधान : देउवा

३ हसोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान नेपाली जनताले पटकपटक गरेको क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि बताएका छन् । संविधान दिवसका अवसरमा आज जारी गर्नुभएको सन्देशमा उनले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक क्रान्ति, सङ्घर्ष र जनआन्दोलनको उपलब्धिस्वरुप संविधानसभाबाट संविधान जारी भएको उल्लेख गरे । यस… Continue reading क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण उपलब्धि संविधान : देउवा

संविधान दिवसमा बृहत शान्ति र्‍याली

३ असोज, काठमाडौं । संविधान दिवसका अवसरमा आज बिहान बृहत शान्ति र्‍यालीको आयोजना गरिएको छ । काठमाडौँको माइतीघरबाट सुरु भएको शान्ति र्‍याली भद्रकाली, सहिदद्वार, त्रिपुरेश्वर, थापाथली हुँदै पुनः माइतीघर पुगेर सभामा परिणत भएको थियो । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) उक्त कार्यक्रममा संविधानविद्, पत्रकार, वकिल, मानवअधिकारकर्मी, शिक्षक, बुद्धिजीविलगायत विभिन्न पेसा र व्यवसायसँग आबद्ध… Continue reading संविधान दिवसमा बृहत शान्ति र्‍याली

एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

३ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । विभागका अनुसार आज मुलुकभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी,… Continue reading एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड

३ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता औँल्याएका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हुने उल्लेख गर्दै संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गुर्न सबै नेपालीको साझा… Continue reading परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड

नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

तस्बिर : हरिराम भेटुवाल/रासस

३ असोज, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना आज सन्देश दिँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो… Continue reading नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

आज संविधान दिवस, देशैभरी सार्वजनिक बिदा

३ असोज, काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम… Continue reading आज संविधान दिवस, देशैभरी सार्वजनिक बिदा

अध्यक्ष ओली गुण्डुस्थित भाडाको घरमा सरे

३ असोज, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुण्डुमा बसाइँ सरेका छन् । ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली सेनाको सुरक्षा घेरामा रहेका उनी आजदेखि सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित एक भाडाको घरमा बसाइँ सरेका हुन् । उनको बालकोटस्थित निवास जेनजी प्रदर्शनका क्रममा… Continue reading अध्यक्ष ओली गुण्डुस्थित भाडाको घरमा सरे

पालमुनिबाटै चल्यो सर्वोच्च अदालतको इजलास

२ असोज, काठमाडौं । सर्वोच्च अदालतको प्रवेशद्वारदेखि सबैले जलेको भवन प्रष्ट देख्न सक्छन् । अगाडि पुरै जलेका सवारी साधनको थुप्रो छ । आधा जलेका र भाँचिएका टेबल कुर्सी असरल्ल छन् । कर्मचारी बस्ने ठाउँ छैन । धेरै कर्मचारीको मुहार अझै खुल्न सकेको छैन । असरल्ल जलेको गाडीकै अगाडि एक छेउमा पाल टाँगिएको छ । पालमुनि… Continue reading पालमुनिबाटै चल्यो सर्वोच्च अदालतको इजलास

दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते

२ असोज, इनरुवा । यहाँको भोक्राहा नरसिंह गाउँपालिका–३ पुल्चोकमा आज बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छभने २२ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले बिग्रिएर सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।… Continue reading दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते

राजनीतिक परिवर्तनबाट भयवित शेयर बजार, तेस्रो सर्किट लाग्दै बजार १२ बजे नै स्थगित

२ असोज, काठमाडौं । राजनीतिक परिवर्तनका कारण शेयर बजारका लगानीकर्ता भयवित देखिएका छन् । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक छ प्रतिशतले ओरोलो लागेपछि आजका लागि बजार बन्द भएको छ । कारोबार सुरु भएलगत्तै बजार ओरालो लाग्न थालेको थियो । बजार खुलेको दुई मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले ओरालो लागेको थियो । बजारमा छोटो… Continue reading राजनीतिक परिवर्तनबाट भयवित शेयर बजार, तेस्रो सर्किट लाग्दै बजार १२ बजे नै स्थगित

सीके राउतको पार्टी जनमतका वरिष्ठ उपाध्यक्षसहित छ जनाले दिए सामूहिक राजीनामा

२ असोज, काठमाडौं । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित छ जनाले सामूहिक राजीनामा दिएका छन् । नेतृत्व परिवर्तनको माग पुरा नभएको भन्दै पार्टीका उपाध्यक्ष खान, केन्द्रीय प्रवक्ता डा शरदसिंह यादव, केन्द्रीय संयोजक कुमार यादव, सिके सिंह, वरिष्ठ प्रदेश इञ्चार्ज (सुदुरपश्चिम प्रदेश) राजाराम चौधरी र केन्द्रीय सदस्य विक्रमबहादुर बमले सामूहिक राजीनामा दिएका हुन् । उनीहरुले… Continue reading सीके राउतको पार्टी जनमतका वरिष्ठ उपाध्यक्षसहित छ जनाले दिए सामूहिक राजीनामा

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

२ असोज, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रिपूर्ण सम्बन्धको स्मरण गरिन् । उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि जानकारी… Continue reading प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता