जेन जी आन्दोलनमा युवाले लुटेको रकम र हतियार सेनाबाट बरामद, २७ जना पक्राउ

२५ भदौ, काठमाडौं । मंगलबार रातको १० बजेबाट देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु परिचालन भएका छन् । बुधबार विहान १० बजेसम्म काठमाडौँ लगायत देशका विभिन्न स्थानबाट सेनाले २७ जनालाई पक्राउ गरेको छ । विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई… Continue reading जेन जी आन्दोलनमा युवाले लुटेको रकम र हतियार सेनाबाट बरामद, २७ जना पक्राउ

सेना सडकमा खटिएपछि काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

photo source : Onlinekhabar

२५ भदौ, काठमाडौं । काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्तिसुरक्षा कायम गर्न परिचालन भएपछि यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको हो । साथै नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । ऐतिकासिक, सामाजिक, सांस्कृतिक, धार्मिकस्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा… Continue reading सेना सडकमा खटिएपछि काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

पोखराका अधिकांश कार्यालय जलेर नष्ट, ९ सय कैदी भागे

२५ भदौ, कास्की । जेनजी आन्दोलनका कारण गण्डकी प्रदेशको राजधानी पोखरामा आज अधिकांश सरकारी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ । पोखरामा दिनभर कफ्र्यु आदेश भए पनि आन्दोलनकारीहरूले प्रदर्शन जारी राखेका थिए । प्रदर्शनका क्रममा पोखरा महानगरपालिका, मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, गण्डकी प्रदेश सभाको कार्यालय, मुख्यमन्त्रीको कार्यालय तथा निवास, महानगरपालिकाका विभिन्न वडा कार्यालयमा उनीहरूले… Continue reading पोखराका अधिकांश कार्यालय जलेर नष्ट, ९ सय कैदी भागे

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु… Continue reading त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौंमा लुटपाटमा संलग्न २६ जना पक्राउ

२५ भदौ, काठमाडौं । नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २१ जनालाई पक्राउ गरेको छ । भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २१ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक… Continue reading काठमाडौंमा लुटपाटमा संलग्न २६ जना पक्राउ

अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाको आग्रह

२५ भदौ, काठमाडौं । देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुन नदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ ।सूचना निर्देशनालयले आज जारी गरेको सूचनामा सुरक्षा संयन्त्र पुग्नुअगावै स्थानीय समुदायले एकजुट भई स्थितिको… Continue reading अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाको आग्रह

आन्दोलनरत पक्षलाई शान्तिपूर्ण वार्तामा आउन सेनाको आग्रह

२४ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आह्वान गरेका छन् । मंगलबार साँझ एक भिडियो सम्बोधन गर्दै उनले भने, ‘वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य हो। त्यसैले आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्ताको बाटो समाउन अनुरोध गर्दछु।’ उनले हालै देशभर… Continue reading आन्दोलनरत पक्षलाई शान्तिपूर्ण वार्तामा आउन सेनाको आग्रह

अब सडकमा सेनाको नेतृत्वमा खटिने भयो सुरक्षा संयन्त्र, रोकिएला लुटपाट ?

२४ भदौ, काठमाडौं । मंगलबार दिनभरको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ । सूचनाका बाबजुद यस किमिसका कार्य नरोकिए राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने समेत भनिएको छ । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा ‘विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही… Continue reading अब सडकमा सेनाको नेतृत्वमा खटिने भयो सुरक्षा संयन्त्र, रोकिएला लुटपाट ?

राष्ट्रपति पौडेलद्वारा वार्तामा आउन सबै पक्षलाई अपिल

२४ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी एवं नागरिकलगायत सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले आज विज्ञप्तिमार्फत लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन सबै पक्षलाई अपिल गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा… Continue reading राष्ट्रपति पौडेलद्वारा वार्तामा आउन सबै पक्षलाई अपिल

नेपाली सेनाको अपिल-शान्ती कायम गरौं

२४ भदौ, काठमाडौं । नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल गरेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य रहेको सेनाले स्मरण गराएको छ । सोमबार र मंगलबार दिनभर जेनजी प्रदर्शकारीले… Continue reading नेपाली सेनाको अपिल-शान्ती कायम गरौं

आज राज्यका कुन कुन भवन जले ?

२४ भदौ, काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाँउमा प्रदर्शनकारीबाट भएको आक्रमणको निशानामा देशको प्रमुख प्रशासनिक केन्द्र सिहदरबारलगायत महत्त्वपूर्ण भवन र संरचना क्षति भएका छन् । काठमाडौँ बानेश्वरसहितका स्थानमा जेनजी समूहबाट आयोजित प्रदर्शनपछि भड्किएको घटना र आगजनीमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य भवन जलेका हुन् । सिँहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय भवन, रामशाहपथस्थित सर्वोच्च अदालत… Continue reading आज राज्यका कुन कुन भवन जले ?

सामाजिक संजालमा बालेनको पटक पटक आग्रह, तर रोकिएन सार्वजनिक सम्पत्तिमाथि आक्रमण

२४ भदौ, काठमाडौं । आज जेन जी पुस्ताका नाममा काठमाडौंमा उग्र आन्दोलनसहित तोडफोड गरिएको छ । सो आक्रमण रोक्न काठमाडौंका मेयर बालेन साहले पटक पटक आह्वान गरेका छन् । तर, सार्वजनिक सम्पत्तिमाथिको आक्रमण रोकिएको छैन । खासगरी नेपालीका महत्वपूर्ण तथ्यांकहरु रहेका सरकारी कार्यालयहरुमा जेनजीले आक्रमण गरी ठूलो क्षति गरेका छन् । अहिले सिंहदरबारमा भयानक आगो… Continue reading सामाजिक संजालमा बालेनको पटक पटक आग्रह, तर रोकिएन सार्वजनिक सम्पत्तिमाथि आक्रमण

सिंहदरबार र राष्ट्रपति भवनमा जेन जीको आक्रमण

२४ भदौ, काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवासमा आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले शीतलनिवासमा आगजनी गरेका हुन् । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् । संसद् भवन परिसरमा पनि जेनजी युवाहरूले बन्दुक खोसेका थिए । सिंहदरबार वरपर प्रदर्शन… Continue reading सिंहदरबार र राष्ट्रपति भवनमा जेन जीको आक्रमण

सर्वोच्च, विशेष र काठमाडौँ अदालतमा आगजनी

२४ भदौ, काठमाडौं । ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको छ । सर्वोच्च अदालतमा रहेको गाडीहरुमा तोडफोड गरी आगजनी गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले जानकारी दिए । आन्दोलनकारीले महान्यायाधिवक्ता कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन् । त्यस्तै, विशेष अदालत र जिल्ला अदालत काठमाडौँमा समेत आगजनी गरेका छन् । महान्यायाधिवक्ता कार्यालय, विशेष… Continue reading सर्वोच्च, विशेष र काठमाडौँ अदालतमा आगजनी

देशैभर सबैजसो नेताका घरमा आगलागी र आगजनी

rss

२४ भदौ, काठमाडौं । जेन जी प्रदर्शनीकारीहरुले मंगलबार नेता केन्द्रित आक्रमण गरेका छन् । उनीहरुले सबैजसो दलका मूख्य नेताका घरमा आगजनी र आगो लगाइदिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित घरमा आगो लगाइएको छ । पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाको बुढानिलकण्ठस्थित घरमा समेत आगो लगाइएको छ । सो क्रममा देउवा दम्पत्तिमाथि समेत कुटपिट भएको छ… Continue reading देशैभर सबैजसो नेताका घरमा आगलागी र आगजनी

देउवा दम्पत्तिमाथि जेन-जी आन्दोलनकारीले गरे हातपात, रक्ताम्य अवस्थामा फेला

२४ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती माथि कुटपिट भएको छ । उग्र प्रदर्शमा उत्रिएका जेन जी प्रदर्शनकारीले देउवा र उनकी पत्नी आरजु राणा देउवा माथि कुटपिट गरेको पुष्टी भएको छ । यो भिडियो समेत समाजिक सञ्जालमा सार्वजनिक भएको छ । जसमा देउवा दम्पत्ति रक्ताम्य अवस्थामा देखिएका छन् । प्रदर्शनमा… Continue reading देउवा दम्पत्तिमाथि जेन-जी आन्दोलनकारीले गरे हातपात, रक्ताम्य अवस्थामा फेला

प्रदर्शनकारीले सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतमा लगाए आगो

२४ भदौ, जेन जी प्रदर्शनकारीहरूले आज बानेश्वरस्थित संसद् भवनमा आगो लगाएका छन् । प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए । प्रदर्शनीकारीले आजै सर्वोच्च अदालत र जिल्ला सरकारी वकिलको कार्यालयमा समेत आगो लगाएका छन् । नागरिक उड्डयन प्राधिकरणको बबरमहलस्थित कार्यालयमा समेत आगो लगाइएको छ… Continue reading प्रदर्शनकारीले सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतमा लगाए आगो

रास्वपा सभापति लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकाले

२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज ललितपुरस्थित नक्खु कारागारबाट रिहा भएका छन् । ठूलो सङ्ख्यामा प्रदर्शनकारी कारागार घेराउमा गएपछि परिस्थिति थप बिग्रन नदिन र परिस्थितिलाई काबुमा राख्ने सर्तमा उनई रिहा गरिएको कारागार प्रमुख सत्यराज जोशीले राससलाई जानकारी दिए । सहकारी ठगीसम्बन्धी अभियोगमा उहाँ सो कारागारमा थुनामा थिए ।

विमानस्थल पूर्ण रुपमा बन्द

२४ भदौ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं उपत्यकाको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आज विमानस्थल बन्द गरेको हो । विमानस्थललाई नेपाली सेनाले सुरक्षा दिइरहेको छ । वायुसेवा कम्पनीहरुले आजका सबै उडान रद्द गरेको बताएका छन् ।

प्रधानमन्त्रीको राजिनामापछि प्रधानसेनापतिसहित सुरक्षा अंगका प्रमुखको आह्वान सार्वजनिक

२४ भदौ, काठमाडौं । प्रधानसेनापति सहित नेपालका सबै सुरक्षा अंगका प्रमुखहरुले राजनीतिक संवादमार्फत् शान्तिपूर्ण समाधान निकाल्न आह्वान गरेका छन् । मुख्य सचिव, गृह सचिवसहित प्रधानसेनापति, सशस्त्र प्रहरी प्रमुख, नेपाल प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखहरुले संयुक्त विज्ञप्ति निकालेर प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा शान्तिपूर्ण रुपमा समाधान निकाल्न आह्वान गरेका हुन् । उनीहरुले भनेका छन्, ‘सम्माननीय… Continue reading प्रधानमन्त्रीको राजिनामापछि प्रधानसेनापतिसहित सुरक्षा अंगका प्रमुखको आह्वान सार्वजनिक

प्रदर्शनमा संयमित हुन बालेनको आग्रह

२४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द शाह बालेनले उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूलाई संयमित हुन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमाफर्त यस्तो आग्रह गरेका हुन् । ‘तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ,’ मेयर शाहले भनेका छन्, ‘तयार रहनुहोला ।’ अहिले देशैभरी प्रदर्शन उग्र बनेको… Continue reading प्रदर्शनमा संयमित हुन बालेनको आग्रह

रास्वपाका सांसदहरुद्वारा राजीनामा

२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामूहिक राजीनामा दिने निर्णय गरेका छन् । रास्वपाका सांसदहरुले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा पार्टीको संसदीय दल एकमत रहेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिए । रास्वपाको संसदीय दलको कार्यालयबाट जारी विज्ञप्तिमा रास्वपा संसदीय दलका नेता रवि लामिछानेसहित २० प्रतिनिधिसभा सदस्यहरुले राजीनामा दिने निर्णयबारे जानकारी दिइएको… Continue reading रास्वपाका सांसदहरुद्वारा राजीनामा

प्रदर्शन उग्र बनेसँगै प्रधानमन्त्री ओलीले दिए राजिनामा

२४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनले पदबाट दिएको सचिवालयले जानकारी गराएको छ । सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन उग्र बनेपछि अन्ततः प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् । जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार एकैदिन १९ जना युवाहरूले ज्यान गुमाएका थिए । मंगलबार बिहानैदेखि सडकमा युवाहरूले प्रदर्शन गरिरहेका छन्… Continue reading प्रदर्शन उग्र बनेसँगै प्रधानमन्त्री ओलीले दिए राजिनामा

कांग्रेस अब एक दिन पनि सरकारमा साझेदार हुन सक्दैन : गगन

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्ने बताएका छन् । महामन्त्री थापाले कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहनुहुँदैन, रहन सक्दैन नसक्ने उल्लेख गरेका छन् । ‘नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु’, महामन्त्री थापाले सामाजिक सञ्जालमा… Continue reading कांग्रेस अब एक दिन पनि सरकारमा साझेदार हुन सक्दैन : गगन

भक्तपुरमा आज बिहान ८ः३० बजेदेखि निषेधाज्ञा जारी, सभा, जुलुस गर्न रोक

(AP Photo/Niranjan Shrestha)

२४ भदौ, भक्तपुर । भक्तपुर जिल्ला प्रशासन कार्यालयले जिल्लामा निषेधाज्ञा जारी गरेको छ । आज बिहान ८ः३० बजेदेखि लागू हुने निषेधाज्ञा अर्को आदेश जारी नभएसम्मका लागि जारी गरिएको आदेशमा तोकिएको निर्धारित क्षेत्रमा कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक र भीड गर्न रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेद्वारा जारी गरिएकोे आदेशमा भनिएको… Continue reading भक्तपुरमा आज बिहान ८ः३० बजेदेखि निषेधाज्ञा जारी, सभा, जुलुस गर्न रोक

जेन–जी आन्दोलन : ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँचको खुल्यो पहिचान

२४ भदौ, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठ जनाको मृत्यु भएको छ भने हालसम्म पाँच जनाको पहिचान खुलेको छ । सेन्टरका अनुसार अन्दाजी १९ वर्षीय ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभराज श्रेष्ठ, काठमाडौँ कीर्तिपुरका बुद्धि तामाङ, काठमाडौँ वनस्थलीका स्टप अधिकारी र गौरव जोशीको पहिचान खुलेको हो । अन्यको भने पहिचान नखुलेको… Continue reading जेन–जी आन्दोलन : ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँचको खुल्यो पहिचान

कास्कीमा जारी भयो अनिश्चितकालिन निषेधाज्ञा

२४ भदौ, गण्डकी । कास्की जिल्ला प्रशासन कार्यालयले आज बिहान ८।०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जनाउँदै जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले शहिदचोक आसपासका क्षेत्र, पूर्वतर्फ वाइचोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ राष्ट्र बैंक चोक, दक्षिणपश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाइड क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको… Continue reading कास्कीमा जारी भयो अनिश्चितकालिन निषेधाज्ञा

काठमाडौँमा रगतको अभाव भएपछि एकहत्तर पाउण्ड रगत झापाबाट पठाइयो

२४ भदौ, सुरुङ्गा । काठमाडौँ उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत काठमाडौँ पठाएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालका अनुसार बुद्ध एयरको आज बिहान ७ः१५ बजेको उडानमार्फत रगत पठाइएको हो । काठमाडौँमा सोमबार विभिन्न माग राख्दै ‘जेनजी’ पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा घाइते भएकाहरूको… Continue reading काठमाडौँमा रगतको अभाव भएपछि एकहत्तर पाउण्ड रगत झापाबाट पठाइयो

ललितपुरका विभिन्न तीन क्षेत्रमा आज बिहान ७ः०० बजेदेखि मध्यरातिसम्म कर्फ्यु आदेश

File (AP Photo/Niranjan Shrestha)

२४ भदौ, ललितपुर । ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम आज बिहान ७ः०० देखि राति १२ः०० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेका हुन् । कर्फ्यु आदेशअनुसार ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९,… Continue reading ललितपुरका विभिन्न तीन क्षेत्रमा आज बिहान ७ः०० बजेदेखि मध्यरातिसम्म कर्फ्यु आदेश

काठमाडौंको चक्रपथ भित्र कर्फ्यु

२४ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ । आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । हिजो जेनजी युवाको प्रदर्शनपछि लगाइएको कर्फ्यु अवधि आज बिहान ५ बजेबाट सकिएको थियो ।… Continue reading काठमाडौंको चक्रपथ भित्र कर्फ्यु