टोखामा एक युवक मृत अवस्थामा भेटिए

अमृता के सी ( रोनी )काठमाडौँ,फागुन २९/टोखा नगरपालिका वडा नम्बर १ मा एक युवक मृत अवस्थामा फेला परेका छन्।शनिबार बिहान टोखा स्थित मालुङ्ग साङ्गला ढलान सडक नजिकै रहेको बाँसको झाँङ्गमा एक युवकको शव फेला परेको हो।मृतकको साथबाट मोरङ्ग बेलबारी स्थायी ठेगाना आशिष लिम्बुको नाम र वर्ष २५ रहेको परिचयपत्र फेला परेको प्रहरीले जनाएको छ।मृतकको मुखबाट… Continue reading टोखामा एक युवक मृत अवस्थामा भेटिए

एमालेमा नेपाल-खनाल समुहबाट समानान्तर कमिटी गठन

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु खारेज गर्ने निर्णय गरेको भोलीपल्ट बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले समानान्तर कमिटी गठन गरेको छ । यो संगै एमालेमा स्पष्ट दुई धारमा कमिटीहरु क्रियासिल भएका छन् । एमालेको नेपाल-खनाल समुहको आज बसेको केन्द्रीय कमिटी बैठकले समानान्तर कमिटी गठन गर्ने निर्णय… Continue reading एमालेमा नेपाल-खनाल समुहबाट समानान्तर कमिटी गठन

माओवादी केन्द्रले मन्त्रीहरुलाई फिर्ता बोलायो

काठमाडौं । माओवादी केन्द्रले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन पार्टीले निर्देशन दिएको हो । पेरिसडाडाँमा आज बसेको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । वर्तमान सरकारमा गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम… Continue reading माओवादी केन्द्रले मन्त्रीहरुलाई फिर्ता बोलायो

आज माओवादी स्थायी कमिटी बैठक, एमालेमा गएका नेताबारे निर्णय हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादीका दुई दर्जन नेतालाई एमालेमा विभिन्न जिम्मेवारी दिएसँगै ती नेताबारे माओवादी केन्द्रले आज निर्णय गर्ने भएको हो । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ । बैठकमा विकसित राजनीतिक घटनाक्रम र जनता समाजवादी पार्टी र नेपाली कांग्रेससँगको छलफलबारे… Continue reading आज माओवादी स्थायी कमिटी बैठक, एमालेमा गएका नेताबारे निर्णय हुँदै

पशुपतिनाथ दर्शनमा आएका सन्त-महन्तलाई भेटीसहित बिदा गरिँदै

काठमाडौं । महाशिवरात्रिको अवसर पारी पशुपतिनाथ दर्शनमा आएका साधुसन्त तथा महन्तहरुलाई आज भेटी र दक्षिणासहित बिदाइ गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार १०० देखि १५ हजार रुपैयाँसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरिने भएको हो । साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिने प्रचलन रहेको छ । गुठी संस्थानले समेत साधुसन्तलाई दक्षिणा… Continue reading पशुपतिनाथ दर्शनमा आएका सन्त-महन्तलाई भेटीसहित बिदा गरिँदै

जसपाले जित्ने देखिएपछि सरकार बनाउन तात्तिएको हो कांग्रेस ?

काठमाडौं । जनता समाजवादी पार्टीको समर्थन लिन नेकपा एमाले ओली पक्ष र माओवादी केन्द्रले प्रयास गरिरहेका छन् । जसपा निर्णायक बन्ने अवस्थामा कांग्रेसले नयाँ सरकारको गठनको पहल थाल्ने निर्णय गरेको छ । पार्टीका देउवा र पौडेल दुबै खेमाले एक स्वरमा प्रधानमन्त्रीमा दावेदारी गर्ने र कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्न देउवालाई आग्रह गरेका छन्… Continue reading जसपाले जित्ने देखिएपछि सरकार बनाउन तात्तिएको हो कांग्रेस ?

मकवानपुरमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

हेटौडा । मकवानपुरमा शनिबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको मकवानपुर, मनहरी ६ सुनाचुरीमा रात्रीबस र ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १० जना घाइते छन् । शनिबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दिसाबाट हेटौंडा आउँदै गरेको ना६ख८९ नम्बरको… Continue reading मकवानपुरमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

लायन्स क्लब अफ काठमाडौं जर्नी र नेपाल मेडिकल कलेज ट्रेड युनियनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुँदै

अमृता के सी ( रोनी ) काठमाडौं,फागुन २९/लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गत लायन्स क्लब अफ काठमाडौं जर्नी र नेपाल मेडिकल कलेज ट्रेड युनियनको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम हुने भएको छ।आगामी चैत्र १ गते आइतबार बृहत रक्तदान कार्यक्रम हुने भएको छ। लायन्स क्लब अफ काठमाडौं जर्नीले हरेक तीन महिनामा विभिन्न संस्थाहरु संगको सहकार्यमा… Continue reading लायन्स क्लब अफ काठमाडौं जर्नी र नेपाल मेडिकल कलेज ट्रेड युनियनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुँदै

एमालेभित्र केपी ओलीको पेलाईमा परेको नेपाल-खनाल समुहले समानान्तर कमिटी बनाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षले एकलौटी पदाधिकारी खारेज गर्ने र माधव कुमार नेपाल तथा झलनाथ खनाल पक्षका नेताको जिम्मेवारी खोस्ने निर्णय गरेपछि नेपाल-खनाल समुह आक्रामक बन्ने भएको छ । उक्त समुहले एमालेभित्र समानान्तर कमिटी बनाउने निर्णय गरेको छ । आज ओली पक्षीय नेताहरु मात्र बसेर गरेको निर्णय लगत्तै वरिष्ठ नेता झलनाथ खनाल र… Continue reading एमालेभित्र केपी ओलीको पेलाईमा परेको नेपाल-खनाल समुहले समानान्तर कमिटी बनाउने

नेपालमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

काठमाडौं । नेपालमा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ११८ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६१जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्… Continue reading नेपालमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

ओलीले तोके सातै प्रदेशका इन्‍चार्ज, नेपाल पक्षको जिम्मेवारी खोसियो

काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा इन्‍चार्ज तोकेको छ । शुक्रबार बालुवाटारमा बसेको एमालेको केन्‍द्रीय समिति बैठकले सातै प्रदेशका इन्‍चार्ज तोकेको हो । वैठकले रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेश इन्चार्ज बनाएका छन् । शुक्रबार ओली अष्टलक्ष्मी शाक्यलाई हटाएर बादललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएका हुन् । पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयको विरोधमा… Continue reading ओलीले तोके सातै प्रदेशका इन्‍चार्ज, नेपाल पक्षको जिम्मेवारी खोसियो

एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । बालुवाटारमा बसेको केन्द्रीय कमिटिको बैठकले उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत पद खारेज गरेको हो। त्यस्तै वैठकले रामबहादुर थापा बादल सहित माओवादी केन्द्रका २३ जना नेता नेकपा एमालेको केन्द्रीय सदस्य मनोनित गरेको छ । बालुवाटारमा बसेको केन्द्रीय कमिटिको बैठकले बादल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी,… Continue reading एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज

६ अर्ब रुपैयाँ बराबरको बहुमूल्य विस्फोटक पदार्थसहित ४ जना पक्राउ

काठमाडौं । प्रहरीले राजधानी काठमाडौंबाट ४ जनालाई विस्फोटक पदार्थसहित पक्राउ गरेको छ। प्रहरीले शुक्रबार काठमाडौंको बौद्धबाट २ किलो ५ सय ग्राम विस्फोटक पदार्थसहित ४ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार पत्रकार सम्मेलन गरी जानाकारी दिएको हो । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ बस्ने ४० वर्षीय नारायण सिंह तामाङ, सोही ठाउँ घर भई… Continue reading ६ अर्ब रुपैयाँ बराबरको बहुमूल्य विस्फोटक पदार्थसहित ४ जना पक्राउ

राष्ट्रपति भण्डारी ढाका जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति निवास स्रोतलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाए अनुसार उनी चैत्र ९ गते दुई दिने भ्रमणका क्रममा ढाका जाने मिति तय भएको हो । बंगलादेश स्वतन्त्र भएको ५० वर्ष पुगेको अवसरमा स्वर्णजयन्ती मनाइदैछ । सोही अवसरमा आयोजना हुने विषय कार्यक्रमको प्रमुख अतिथिका… Continue reading राष्ट्रपति भण्डारी ढाका जाने

सरकारमा जान जसपाले राखेका सर्तबारे आज एमाले र जसपाबीच छलफल हुँदै

काठमाडौं । रेशन चौधरीको रिहाईदेखि संविधान संशोधनसम्मका शर्त राखेर सरकारमा जान तयार देखिएको जनता समाजवादी पार्टी र नेकपा एमालेबीच आज पनि सत्ता साझेदारीका विषयमा छलफल हुने भएको छ । बिहीबार शीर्ष नेताहरुबीच छलफल भएकोमा आज कार्यदल स्तरमा छलफल हुने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको बिहीबार साँझको बैठकमा जसपाले सरकारमा सहभागी हुन तीन वटा… Continue reading सरकारमा जान जसपाले राखेका सर्तबारे आज एमाले र जसपाबीच छलफल हुँदै

डा. केसीद्धारा अनसन बस्ने चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकै पहलमा चिकित्सा शिक्षा ऐनविपरीत निजी मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेपछि डा. गोविन्द केसीले पुनः अनसनको चेतावनी दिएका छन् । चिकित्सा शिक्षा सुधारमा निरन्तर खटिएका डा. केसीले यस्तो चेतावनी दिएका हुन् । आज विज्ञप्ती निकाल्दै उनले चिकित्सा शिक्षा ऐनविपरीत निजी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया रोक्न समेत माग गरेका… Continue reading डा. केसीद्धारा अनसन बस्ने चेतावनी

यौन दुर्व्यवहारको अभियोग प्रमाणित भएपछि सेनाका जर्नेल बर्खास्त

काठमाडौं । महिला सहकर्मीमाथि यौन दुर्व्यवहारको अभियोग प्रमाणित भएपछि नेपाली सेनाका सहायक रथी (बिग्रेडियर जर्नेल) पंकज कार्की बर्खास्त भएका छन् । सैनिक जनसम्पर्क निर्देशनालयले यसको पुष्टी गरेको नेपाली संचारमाध्यमले जनाएका छन् । सेनाको २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति रहेका कार्कीलाई मातहतमा कार्यरत महिला सैनिकमाथि यौन दुर्व्यवहार गरेको अभियोग प्रमाणित भएको हो । उनलाई भविष्यमा सरकारी… Continue reading यौन दुर्व्यवहारको अभियोग प्रमाणित भएपछि सेनाका जर्नेल बर्खास्त

प्रधानमन्त्रीले भेटे जसपाका उच्च नेता, के आयो निष्कर्ष ?

काठमाडौं । परिवर्तित परिस्थितिमा आफ्नो सत्ता जोगाउन कसरत गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनता समाजवादी पार्टीका शीर्ष नेतासँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा सत्ता साझेदारीको विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा एमाले र जनता समाजवादी पार्टीका उच्च नेताहरुबीच छलफल भएको जानकारी दिएका छन् ।… Continue reading प्रधानमन्त्रीले भेटे जसपाका उच्च नेता, के आयो निष्कर्ष ?

चैत १५ बाट धारामा आउने भयो मेलम्चीको पानी

Photo : spotlightnepal

काठमाडौं । आमागी चैत १५ बाट काठमाडौं उपत्यका बासीको घरको धारामा पानी आउने भएको छ । तर, पहिलो चरणमा परीक्षणका रुपमा मात्र मेलम्चीको पानी वितरण हुने छ । मेलम्ची खानेपानी आयोजनाले पानी वितरणको तालीका नै बनाएर यस्तो जानकारी दिएको हो । चैत १५ देखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन थालिने आयोजनाले… Continue reading चैत १५ बाट धारामा आउने भयो मेलम्चीको पानी

नेपालमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

काठमाडौं । नेपालमा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७० जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६६ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

‘ ओली प्रवृत्तिविरुद्ध १९ पेजको डकुमेन्ट लेखेँ, राजनीतिक लडाइँबाट भाग्दिनँ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद पुनःस्थापनासँगै एउटा ‘ब्याटल’ जितेको र अझै दुईचार ब्याटल जित्न बाँकी रहेको बताएका छन्। पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित नेकपा नेकपा माओवादी केन्द्रनिकट नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कोर्स करेक्सन गरेर पुनः राजनीतिक लडाइँमा उत्रनुपर्ने आवश्यक देखिएकाले आफूलाई सहयोग… Continue reading ‘ ओली प्रवृत्तिविरुद्ध १९ पेजको डकुमेन्ट लेखेँ, राजनीतिक लडाइँबाट भाग्दिनँ’

बागमतीमा छोडियो मेलम्चीको पानी, लेदो बगेर नुहाउनै नमिल्ने

काठमाडौं । महाशिवरात्रिका अवसरमा आज मेलम्चीको पानी बागमती नदीमा छोडिएको छ । भक्तजनहरुलाई नुहाउनका लागि भन्दै मेलम्चीको पानी बागमती नदीमा छोडिएको हो । मेलम्चीको सफाल पानी नदीमा बगाइए पनि ढल र लेदो मिसिएको पानी मात्रै बगेको छ । खानेपानी मन्त्रालयले बागमतीमा नुहाउनका लागि भन्दै मेलम्चीको सफा पानी छोडेको थियो । तर, पानी लेदो मिसिएको ढल… Continue reading बागमतीमा छोडियो मेलम्चीको पानी, लेदो बगेर नुहाउनै नमिल्ने

आज नेपाली सेना दिवस, टुडिखेलमा विशेष कार्यक्रम

File Photo

काठमाडौं । आज नेपाली सेनाले सेना दिवस मनाउँदैछ । यस अवसरमा काठमाडौंको टुडिखेलमा विशेष कार्यक्रम आयोजना हुँदैछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्ति सहभागी हुने भएका छन् । नेपाली सेनाको परमाधिपति राष्ट्राध्यक्ष हुने प्रचलन रहेको छ । कार्यक्रममा राष्ट्रपतिबाट नेपाल एकीकरणको इतिहास, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय र सिपाही वार्षिक–२०७७ लोकार्पण गर्ने… Continue reading आज नेपाली सेना दिवस, टुडिखेलमा विशेष कार्यक्रम

प्रत्येक अमेरिकीले १४ सय डलर पाउने विधेयकमा शुक्रबार लालमोहोर लगाउँदै बाइडेन

न्यूयोर्क राष्ट्रपति जो बाइडेनले बार्षिक ८० हजार डलरभन्दा कम आय भएका प्रत्येक अमेरिकीलाई १४ सय डलर राहत दिने विधेयकमा शुक्रबार लालमोहोर लगाउने भएका छन् । मार्च महिनाभरमै अमेरिकीको हातमा उक्त रकम बराबरको चेक पठाउने समेत बाइडेनले जनाएका छन् । अमेरिकी संसदको माथिल्लो सदन सिनेटबाट दुई दिन अघि पारित विधेयकलाई तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले बुधबार… Continue reading प्रत्येक अमेरिकीले १४ सय डलर पाउने विधेयकमा शुक्रबार लालमोहोर लगाउँदै बाइडेन

हुक्सेट टाउनको बजेट कमिटीमा गुरुङ, बनिन् सार्वजिनक पदमा चुनिने राज्यकै पहिलो नेपाली

न्यू ह्यामसर छत्रकुमारी गुरुङ हुक्सेट टाउनको बजेट कमिटी सदस्यमा निर्वाचित भएकी छिन् । न्यू ह्यामसर राज्यमै आम मतदाता मार्फत सार्वजनिक जिम्मेवारीमा चुनिने उनी पहिलो नेपाली अमेरिकन हुन् । मंगलबार सम्पन्न निर्वाचनमा गुरुङले सर्वाधिक मत प्राप्त गरिन् । टाउनको बजेट कमिटीमा नौ जना बोर्ड सदस्य रहेका छन् । उनीहरुमध्ये तीन जनाको पदावधि सकिएपछि मंगलबार निर्वाचन भएको… Continue reading हुक्सेट टाउनको बजेट कमिटीमा गुरुङ, बनिन् सार्वजिनक पदमा चुनिने राज्यकै पहिलो नेपाली

एकै दिन बुढानिलकण्ठ नगरपालिकाका ८१३ जनाले कोभिड विरुद्धको खोप लगाए

अमृता के सी ( रोनी )काठमाडौँ/नेपाल सरकारले फागुन २३ गते देखि देश व्यापी रूपमा ६५ वर्ष भन्दा माथिको सबै जेष्ठ नागरिकहरुलाई निशुल्क कोरोनाको खोप लगाउन आग्रह गरे संगै फागुन २५ गते बुढानिलकण्ठ नगरपालिकाका ८१३ जनाले एकै दिन कोभिड -१९ विरुद्ध खोप लगाएका छन्। बुढानिलकण्ठ नगरपालिकाको करुणा अस्पताल खोप केन्द्रमा २७१ जना र गंगा लाल हृदय… Continue reading एकै दिन बुढानिलकण्ठ नगरपालिकाका ८१३ जनाले कोभिड विरुद्धको खोप लगाए

कर्णाली नदीमा हाम फालेकी आमासहित चार जनाको अन्त्येष्टी, एक छोरी अझै बेपत्ता

तस्बिर सौजन्य: गोरखापत्र

दैलेख । घरेलु हिंसाको शिकार बनेकी दैलेखकी एक महिलाले आइतबार राती आफ्ना चार सन्तानसहित यो संसारलाई त्याग्ने अकल्पनीय निर्णय लिइन् । आइतबार भएको यो घटनामा चार जनाको शव भेटिएको छ भने एक जना अझै वेपत्ता छिन् । कर्णालीमा हाम फालेका एकै परिवारका पाँच जनामध्ये शव फेला परेका चार जनाको दाहसंस्कार गरिएको छ । आठबिस नगरपालिका–३… Continue reading कर्णाली नदीमा हाम फालेकी आमासहित चार जनाको अन्त्येष्टी, एक छोरी अझै बेपत्ता

नेपालमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

काठमाडौं । नेपालमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ९७३ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

‘ओलीसँग सहकार्य हुँदैन माओवादी र कांग्रेससँग छलफलका लागि खुल्ला छौं’

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले असंवैधानिक कदम उठाउने र अलोकतान्त्रीक कार्य गर्ने प्रतिगामी शक्तिलाई बहिर्गमन गराउने पार्टीको रणनीति भएको बताएका छन् । बुधबार संघीय संसद भवनमा सञ्‍चारकर्मीसंग कुरा गर्दै असंवैधानिक कदम र प्रतिगमन कदम चाल्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने पार्टीको मूल ध्येय हुने यादवले बताए । हाम्रो मुख्य ध्ययअ… Continue reading ‘ओलीसँग सहकार्य हुँदैन माओवादी र कांग्रेससँग छलफलका लागि खुल्ला छौं’

प्रतिनिधि सभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठक शोक प्रस्ताव पारित गरि स्थगित भएको हो । बैठकमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित भएको थियो ।