Category: समाचार

  • जबर्जस्ती धर्म परिवर्तन गराएको अभियोगमा पास्चरमाथि दुई वर्ष जेल

    जबर्जस्ती धर्म परिवर्तन गराएको अभियोगमा पास्चरमाथि दुई वर्ष जेल

    डोल्पा । धर्म परिवर्तन गराएको अभियोगमा डोल्पा जिल्ला अदालतले पास्चर केशवराज आचार्यलाई दुई वर्ष कैद सजाय सुनाएको छ। मंगलबार न्यायाधीश केशवराज चपाईको एकल इजलासले केशवराज आचार्यलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सुनाएको हो। डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर २ की एक महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै सो सजाय सुनाएको हो ।

    पास्चर आचार्य गत वर्ष चैत ११ गते पोखराबाट पक्राउ परेका थिए। उनले आफ्नो चर्चमा भेला गरी अफवाह फैलाएको अभियोग लागेको थियो । यशुले कोरोना भाइरस निको पारिदिने भन्दै अफवाह फैलाएको विषय टिकटकमा भाइरल भएपछि उनी पक्राउ परेका थिए ।

  • कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले बुधबार विश्वासको मत लिने

    कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले बुधबार विश्वासको मत लिने

    सुर्खेत । कर्णाली प्रदेशसभाका मुख्यमन्त्री जीवन बहादुर शाहीले बुधबार विश्वासको मत लिने भएका छन् । शाहीले विश्वासको मत लिने प्रयोजनका लागि आज बोलाइएको बैठक मत विभाजनमा प्रवेश नगरी स्थगित भएको छ । मंगलबारको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका छन् ।

    बैठक सुरू भएलगत्तै सभामुख राजबहादुर शाहीले संसद आह्वानका लागि प्रदेश प्रमुखले पठाएको पत्र बाचन गरेर सुनाएका थिए । त्यसपछि सरकारमा मन्त्रालयको जिमेवारी हेरफेर सम्बन्धी पत्र सुनाएर मुख्यमन्त्रीलाई विश्वासको मत माग्ने समय दिएका थिए । मुख्यमन्त्रीले विश्वासको मतको लागि प्रस्ताव पेस गरेपछि बैठक स्थगित गरिएको हो । बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।

  • नेपालमा २५५ जनामा कोरोना पुष्टि, २५६ ले जिते

    नेपालमा २५५ जनामा कोरोना पुष्टि, २५६ ले जिते

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २४५ जना र २ हजार १ सय ४० जनाको एन्टिजेन परीक्षण गर्दा १० जना गरी २५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २५६ जना निको भएका छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार ८६४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५२६ पुगेको छ भने ८ लाख २ हजार ९०९ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९३१ जना रहेका छन् । जसमध्ये ६ हजार ५८९ जना होम आइसोलेसनमा रहेका छन् भने ३४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ११६ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा छ ।

  • एमाले पदाधिकारीमा कुन नेताले कति भोट ल्याए ?

    एमाले पदाधिकारीमा कुन नेताले कति भोट ल्याए ?

    काठमाडौं । एमालेको १०औं महाधिवेशनमा पदाधिकारीमा १९ जना निर्वाचित भएका छन् । एमालेले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेको थियो । तर, भिम रावल सहितका नेताको अडानका कारण चुनाब भएको हो ।  सर्वसम्मत हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भयो । मतदानको अन्तिम मत परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत ल्याएर विजयी भए । अध्यक्षका प्रत्यासी भीम रावलले २२४ मत पाए ।

    उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत ल्याइन् । उनले १९८० मत प्राप्त गरिन् । उपाध्यक्षमा निर्वाचित सुरेन्द्र पाण्डेले १९२९, सुवास नेम्बाङले १८६९, विष्णु पौडेलले १८५९, युवराज ज्ञवालीले १८४६ र रामबहादुर थापाले १७७१ मत प्राप्त गरे । उपाध्यक्षमा हारेका  घनश्याम भुसालले ७२६ मत ल्याए ।

    सचिवमा गोकर्ण विष्टले सर्वाधिक १९७८ मत प्राप्त गरे । योगेश भट्टराईले १९६४, टोपबहादुर रायमाझीले १८०७, छविलाल विश्वकर्मा १८०६ र पद्मा अर्यालले १८०३, लेखराज भट्टले १७०७, र रघुवीर महासेठले १५०३ मत ल्याउँदै सचिव पदमा निर्वाचित भए ।
    सचिवमा पराजित भीम आचार्यले ७८९ सय र टंक कार्कीको ५६० मत आयो ।

    वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत चयन भएका छन् । नयाँ पदाधिकारीको पदावधि चार वर्षको हुनेछ । 

  • एमाले पदाधिकारीमा ओलिकै सुचि अनुमोदन, कुन नेता कुन पदमा विजयी ?

    एमाले पदाधिकारीमा ओलिकै सुचि अनुमोदन, कुन नेता कुन पदमा विजयी ?

    काठमाडौं । नेकपा एमालेको महाधिवेशन आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैन सकिएको छ । केपी शर्मा ओलीको नेतृत्वमा १९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दै एमालेको दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको हो । अध्यक्षमा ओलिले भिम रावललाइ हराए । उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध भए ।  महासचिव शंकर पोखरेल निर्विरोध निर्वाचित भए ।

    ६ उपाध्यक्षका लागि भएको निर्वाचनमा विष्णु पौडेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले निर्वाचन जिते । उपाध्यक्षमा घनश्याम भुसाल पराजित भए ।
    उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भए । ७ सचिवका लागि ९ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएकोमा योेगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, टोपबहादुर रायमाझी, छबिलाल विश्वकर्मा, लेखराज भट्ट र रघुवीर महासेठ निर्वाचित भए । टङ्क कार्की र भिम आचार्य पराजित भए ।

  • ओमिक्रोनले विश्वभर जोखिम बढायो : डब्यूएचओ

    ओमिक्रोनले विश्वभर जोखिम बढायो : डब्यूएचओ

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टबाट विश्वभर सङ्क्रमणको उच्च जोखिम बढेको बताएको छ । सोमवार डब्लुएचओले नयाँ भेरियन्टले विश्वभर नै गम्भीर परिणाम ल्याउन सक्ने बताएको हो । बीबीसीका अनुसार सङ्गठनका प्रमुख डा. टेड्रोस एडह्यानम गेब्राएससले गरिब देशहरूमा खोप पठाउन पुनः आह्वान गरेका छन्। यो महिनाको सुरुमा ओमिक्रोन दक्षिण अफ्रिकामा पत्ता लागेको थियो।

    प्रारम्भिक प्रमाणहरूले यसको सङ्क्रमण जोखिम धेरै रहेको देखाएका थिए। उक्त भेरियन्टबारे छिट्टै खबर गरिएको भनेर दक्षिण अफ्रिकाको डब्यूएचओले प्रशंसा समेत गरेको छ । सोमवार डा. टेड्रोसले विश्वभरका वैज्ञानिकहरूले नयाँ भेरियन्ट उच्च सङ्क्रामक भए नभएको बारे अध्ययन गरिरहेको समेत बताए । नयाँ भेरियन्टका कारण कसैको ज्यान गएको भन्ने खबर भने अहिलेसम्म छैन ।

  • केन्द्रिय सदस्यसम्म सर्वसम्मत गराउने रातभरको एमालेको प्रयास असफल, बिहानबाट मतदान शुरु

    केन्द्रिय सदस्यसम्म सर्वसम्मत गराउने रातभरको एमालेको प्रयास असफल, बिहानबाट मतदान शुरु

    काठमाडौं । नेकपा एमालेमा पदाधिकारीमा सर्वसम्मत नभएपछि रातभर केन्द्रिय सदस्यका लागि प्रयास गरिएको थियो । तर, केन्द्रिय सदस्यमा समेत सहमत नजुटेपछि अन्ततः निर्वाचन शुरु भएको छ । दशौं राष्ट्रिय महाधिवशनमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्य चयनमा मतदान सुरु भएको हो । अहिले आधा भन्दाबढी भोट खसिसकेको छ । मंगलबार विहान करिव ४ बजेतिर सुरु भएको मतदानको सुरुमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली,भीम रावलले भोट खसालेका थिए ।

    अध्यक्ष, उपाध्यक्ष र सचिवका साथै ७ वटा क्लस्टरका केन्द्रीय सदस्यमा मतदान जारी छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावल र ६ उपाध्यक्षका जागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उम्मेदवार बनिरहेका छन् । सात सचिवका लागि गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंक कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट चुनावमा छन् ।

  • म्याग्दीमा जिप दुर्घटना, तीन जनाको मृत्यु

    म्याग्दीमा जिप दुर्घटना, तीन जनाको मृत्यु

    म्याग्दी । म्याग्दीमा जिप दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका–१ बेग गाउँ जाँदै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्बरको जीप सोही गाउँपालिका–१ घाप्पामा दुर्घटनामा परेको हो । दुर्घटनामा अन्दाजी ६२ वर्षीया काखिमनाथ शर्मा, खिम पुन र गौमाया विकको घटनास्थलमै मृत्यु भएको प्रहरीदाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।

    दुर्घटनामा गाडीधनी समेत रहेका चालक दूतबहादुर पुन, मनोज पुन, भीम फगामी, बलबहादुर विक र नाम नखुलेका एक यात्रु घाइते भएका छन् । घाइतेहरुको सदरमुकामस्थित बेनी अस्पतालमा उपचार जारी छ ।

  • केन्द्रिय सदस्यमा सर्वसम्मत गराउने प्रयासमा एमाले, निर्वाचन प्रक्रिया पर धकेलियो

    केन्द्रिय सदस्यमा सर्वसम्मत गराउने प्रयासमा एमाले, निर्वाचन प्रक्रिया पर धकेलियो

    चितवन । एमालेको १०औं महाधिवेशनको निर्वाचन प्रकिया राती ९ बजेबाट शुरु गर्ने भनिए पनि अझै शुरु हुन सकेको छैन । सकेसम्म केन्द्रिय सदस्यहरुमा सर्वसम्मत गराएर पदाधिकारीमा मात्र निर्वाचन गराउने रणनीतिका साथ नेताहरुलाई मनाउने क्रम जारी रहेको छ । सोहीकारण निर्वाचनको प्रक्रिया समेत पर धकेलिएको हो । निर्वाचन तालिका अनुसार राति ९ बजे उम्मेदवारको अन्तिम नामावाली प्रकाशन गर्ने कार्यसूचि थियो ।

    भूगोलबाट प्रतिनिधित्व गर्ने विभिन्न समूहबाट उम्मेदवारी दिएकालाई सर्वसम्मत गराउने कोसिस शीर्ष नेताहरुले गरेका छन् । अहिलेसम्म खुला महिलातर्फ ५३ जना सर्वसम्मत निर्वाचित भएका छन् । भूगोलमा प्रदेश नम्बर २ र कर्णालीमा सर्वसम्मत भएको छ । १९ सदस्यीय पदाधिकारीमा १, १ वरिष्ठ उपाध्यक्ष र महासचिव, ३ उपमहासचिव पदमा सर्वसम्मत चयन भएको छ । यस्तै, १ अध्यक्ष, ५ उपाध्यक्ष, ७ जना सचिवका लागि मतदान हुने निश्चित भएको छ ।

  • कांग्रेसको महाधिवेशनमा निर्वाचन तालिका सार्वजनिक, २७ गते मतदान

    कांग्रेसको महाधिवेशनमा निर्वाचन तालिका सार्वजनिक, २७ गते मतदान

    काठमाडौं । नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि मंसिर २७ गते निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । शीर्ष नेताहरुसँग भएको परामर्शअनुसार महाधिवेशन उद्घाटन पूर्व नै उम्मेदवारी दर्ता गर्ने योजना भने स्थगित गरिएको छ । कांग्रेस महाधिवेशन २४ मंसिरदेखि शुरु हुँदैछ ।

    कार्यतालिकाअनुसार अब २४ गते नै मतदाता नामावली प्रकाशित हुनेछ । उम्मेदवारी दर्ता २५ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने छ । दावी विरोध लगायतका प्रक्रिया पूरा गरेर २६ गते साँझ ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ । २७ गते विहान ८ बजेबाट मतदान हुने गरि तालिका तय गरिएको छ ।

  • नेपालमा थप २५९ जनामा कोरोना पुष्टी, २६४ जना संक्रमण मुक्त

    नेपालमा थप २५९ जनामा कोरोना पुष्टी, २६४ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ जना र २६५७ जनाको एन्टिजेन परीक्षण गर्दा १६ गरी २५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २१ हजार १२१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २६४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख २ हजार ६५३ पुगेको छ । संक्रिय संक्रमितको संख्या ६ हजार ९४४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ ।

  • महाधिवेशन छाडेर काठमाडौं हान्निए लालबाबु पण्डित, केन्द्रीय सदस्य परित्याग

    महाधिवेशन छाडेर काठमाडौं हान्निए लालबाबु पण्डित, केन्द्रीय सदस्य परित्याग

    काठमाडौं । यतिबेला नेकपा एमालेको दशौं महाधिवेशन चितवनको सौराहामा चलिरहेको छ । निर्वाचन हुने भएसँगै उम्मेदवारीको दाबी विरोध चलिरहेको छ । राति ९ बजेदेखि मतदान हुँदैछ । अध्यक्षमा केपी शर्मा ओली र डा. भीमबहादुर रावल आमने सामने भएका छन् ।

    तर ओलीका प्रियपात्र नेता लालबाबु पण्डित भने महाधिवेशनस्थल छोडेर काठमाडौं आइपुगेका छन् । पदाधिकारीका आकांक्षी पण्डितलाई ओलीले पदाधिकारी सूचीमा नअटाएपछि केन्द्रीय सदस्य नबन्ने घोषणा गर्दै काठमाडौं फर्किएका हुन् ।

    ‘मैले पहिला नै पदाधिकारीबाहेक अन्य पदमा बस्दिन भनेर घोषणा गरेको थिएँ, सोहीअनुसार केन्द्रीय सदस्य त्याग गरेको हुँ,’ पण्डितले भने, ‘बिहानको खाना खाएर म अहिले काठमाडौं फर्किसकेको छु ।’

    उनका अनुसार निर्वाचन समितिले उम्मेदवार दिने अवसर दिए पनि कुनै पनि कार्यकारी पदमा उम्मेदवार रहन भने अनिच्छुक भएकाले काठमाडौं फर्किएका हुन् ।

  • ओलीका विश्वास पात्र पोखरेलद्वय निर्विरोध निर्वाचित, अध्यक्ष, उपाध्यक्ष र सचिवमा भिडन्त

    ओलीका विश्वास पात्र पोखरेलद्वय निर्विरोध निर्वाचित, अध्यक्ष, उपाध्यक्ष र सचिवमा भिडन्त

    काठमाडौं । नेकपा ‘एमाले’मा अन्तत निर्वाचन हुने भएको छ । अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि मनोनयन दर्ता गराएका छन् ।

    बन्दसत्रमा उपाध्यक्षमा बस्न ओलीले गरेको आग्रह रावलले अस्वीकार गरेपछि अध्यक्षमा ओली–रावल भिडन्त हुने भएको हो

    एमालेमा सर्वसम्मतबाटै नेतृत्व चयनको प्रयास गरिएको थियो । अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिएपछि ती पदमा चुनाव हुने भएको हो ।

    अध्यक्ष ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गरेका थिए । उक्त सूचीमा भीम रावल र भुसालको नाम थिएन ।

    सचिवमा भीम आचार्य र टंक कार्कीको उम्मेदवारी परेको छ।

    वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल सर्वसम्मत भएका छन् । पोखरेलद्वय अध्यक्ष केपी शर्मा ओलीको विश्वास पात्र हुन्।

    उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् ।

  • कांग्रेस काठमाडौंको सभापतिमा बानियाँ विजयी

    कांग्रेस काठमाडौंको सभापतिमा बानियाँ विजयी

    काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापतिमा सबुज बानियाँले जित हाँसिल गरेका छन् । उनले उपेन्द्र कार्कीलाई ८६८ मतको फराकिलो अन्तरले हराउँदै जिल्ला सभापति बनेका हुन् । बानियाँले १९५७ र कार्कीले १०८९ मत पाए । बानियाँलाई प्रकाशमान सिंह र गगन थापा पक्षले समर्थन गरेका थिए । कार्की भने शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षको समर्थनमा उठेका हुन् । प्यानलसहित प्रतिस्पर्धा गरेका उनीहरुमध्ये बानियाँको प्यानल नै विजयी भएको हो । कांग्रेस काठमाडौं जिल्ला उपसभापतिमा गोकर्ण केसी र राजकुमारी नकर्मी विजयी भए । सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी तथा सहसचिवमा प्रा.डा. अमिता प्रधान र रोमलाल श्रेष्ठ विजयी भए ।

  • रावलले अध्यक्ष र भुषालले एमालेको उपाध्यक्षमा दिए उमेदवारी

    रावलले अध्यक्ष र भुषालले एमालेको उपाध्यक्षमा दिए उमेदवारी

    चितवन । नेकपा एमालेको जारी महाधिवेशनमा निर्वाचन प्रक्रिया शुरु भएको छ । अध्यक्ष ओलीले आफुले प्रस्ताव गरेका नाममा सहमति जनाउन गरेको आह्वान अस्वीकार गरेका नेता भीम रावलले अध्यक्ष पदका लागि निर्वाचनमा होमिएका हुन् । उनले उम्मेदवारी दर्ता गराए । रावल पार्टीमा यसअघि उपाध्यक्ष छन् ।

    उता, नेता घनश्याम भुसालले एमालेको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उनलाई अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि पदमा राखेका थिएनन् । उनले पदाधिकारी र केन्द्रीय कमिटी मै असन्तुष्टी जनाइरहेका छन् । उमेदवारी दर्तापछि नेता रावलले अध्यक्ष बनेर पार्टीलाई बहुमत दिलाउने बताए ।

  • एमाले अध्यक्षका लागि ओली र रावलबीच प्रतिस्पर्धा, आज निर्वाचन

    एमाले अध्यक्षका लागि ओली र रावलबीच प्रतिस्पर्धा, आज निर्वाचन

    चितवन । नेकपा एमालेको भावी नेतृत्वका लागि केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेका अध्यक्ष ओलीले रावललाई उपाध्यक्ष बस्न भन्दै पदाधिकारीको सूचिमा राखेका थिए । तर, यसअघि नै अध्यक्षमा उमेदवारी घोषणा गरेका रावलले ओलीको प्रस्ताव स्वीकार गरेनन् ।

    चितवनको सौराहामा जारी दशौं महाधिवेशनको बन्दसत्रमा ओलील ३०१ जना केन्द्रीय सदस्य र १९ जना पदाधिकारीको नाम प्रस्ताव गरेका थिए । रावल भने ओलीको प्रस्तावमा सहमत भएनन् । बन्द सत्र हलमै ओलीको समर्थन र रावलको विरुद्धमा प्रतिनिधीले चर्को नाराबाज समेत गरेका थिए । एमालेको निर्वाचन आयोगले आज बिहान ९ देखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ ।

  • मध्यराती ओलीले घोषणा गरे एमालेका पदाधिकारी, कुन नेता कुन पदमा ?

    मध्यराती ओलीले घोषणा गरे एमालेका पदाधिकारी, कुन नेता कुन पदमा ?

    चितवन । नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र आइतबार रातीभर जारी रह्यो । यसै दौरान अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गरे । उनको चाहना कुनै पनि हालतमा निर्वाचन नगराउने थियो । तर, पदाधिकारीको टीममा भीम रावल असन्तुष्ट रहे । फलस्वरुप आज अध्यक्ष पदका लागि भने निर्वाचन हुने । राति अबेर शुरु भएको बन्दसत्रमा ओलीले ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गरे ।

    अध्यक्षमण्डलको तर्फबाट सहमतिका लागि भन्दै १९ सदस्यीय पदाधिकारी प्रस्ताव गरेका छन् । जसमा उनले आफूलाई अध्यक्ष घोषणा गरेका छन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम छ । उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ छन् ।

    महासचिवमा शंकर पोखरेलको नाम छ । उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल छन् । सात सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल छन् ।

  • तोकिएको समयभन्दा १२ घण्टापछि शुरु भयो एमालेको बन्दसत्र

    तोकिएको समयभन्दा १२ घण्टापछि शुरु भयो एमालेको बन्दसत्र

    चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र तोकिएको समय भन्दा १२ घण्टा पछि सुरु भएको छ । महाधिवेशनको तेस्रो दिन बिहान १० बजेबाट कार्यक्रम थाल्ने कार्यतालिका थियो । अध्यक्ष केपी शर्मा ओली भर्खरै बन्दसत्र भएको हलमा छिरेका छन् । आज दिनभरको कसरतपछि एउटा खाका बनाएर आएका ओलीले पदाधिकारीको नाम पढ्ने भएका छन् । जसलाई ध्वनी मतका आधारमा टुंग्याउने तयारी छ । यो प्रक्रियामा भीम रावलसहितका नेता भने असन्तुष्ट छन् ।

  • एमालेमा चरम विवाद, बिहान १० बजे हुने भएको बन्दसत्र अझै शुरु भएन

    एमालेमा चरम विवाद, बिहान १० बजे हुने भएको बन्दसत्र अझै शुरु भएन

    चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र आइतबार बिहान १० बजेका लागि तोकिएको थियो । आजै निर्वाचन प्रक्रियामा गएर पदाधिकारीको टुंगो लगाउने भनिए पनि चरम विवादका कारण अहिलेसम्म बन्दसत्र समेत शुरु भएको छैन । अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङलाई केन्द्रीय सदस्यको सूची बनाउन लगाएर आफु छलफलमा जुटेका थिए ।

    तर, दिनभरको कसरतमा समेत पदाधिकारीमा सहमति हुन सकेको छैन । ओलीले कुनै पनि हालतमा निर्वाचन हुन नदिने बरु आफुले घोषणा गरेको उमेदवारमा चित्त नबुझे ध्वनी मतका आधारमा अश्विरकार गराउने रणनीतिमा छन् । उनलाई भीम रावल, घनश्याम भुषाललगायतका नेताले चूनौति दिइरहेका छन् । राति ८ बजेपछि बन्दसत्र सुरु हुने भनिएपछि प्रतिनिधिहरु होटेलमा छिरेका छन् । तर, शुरु भने हुन सकेको छैन ।

  • नेपालमा थप १५८ जनामा कोरोना पुष्टी, ३४२ जना संक्रमण मुक्त

    नेपालमा थप १५८ जनामा कोरोना पुष्टी, ३४२ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९१८ जनाको पीसीआर परीक्षण गर्दा १५४ जना र २३१४ जनाको एन्टिजेन परीक्षण गर्दा ४ गरी १५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २० हजार ८७८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३४२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख २ हजार ३८९ पुगेको छ । संक्रिय संक्रमितको संख्या ६ हजार ९६६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५२३ पुगेको छ ।

  • आज सीसीएमसी बैठक, कोरोनाको नयाँ भेरियन्ट भित्रन नदिन महत्वपूर्ण निर्णयको अपेक्षा

    आज सीसीएमसी बैठक, कोरोनाको नयाँ भेरियन्ट भित्रन नदिन महत्वपूर्ण निर्णयको अपेक्षा

    काठमाडौं । नेपालमा कोभिड–१९ को नयाँ प्रजाति ‘ओमिक्रोन’ भाइरस संक्रमण भित्रिन नदिन सरकारले सतकर्ता अपनाउने बारे तयारी शुरु गरेको छ । सम्भावित जोखिम रोकथाम तथा नियन्त्रण गर्न दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका विभिन्न मुलुकबाट आउने यात्रुको स्वास्थ्य परीक्षण निगरानी बढाउन शुरु गरिएको छ । यसबारे आज कोभिड–१९ नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएम)को बैंठक बस्देछ । बैठकमा स्वास्थ्य विज्ञहरुको राय लिइने भएको छ । त्यसपछि सरकारदे आवश्यक निर्णय लिने छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भाइरस संक्रमण फैलिएको पुष्टि भएका मुलुकबाट आउनेहरुका लागि एकसातासम्म अनिवार्य क्वारेण्टाइन बस्नु पर्ने व्यवस्था लागू गर्न सुझाव दिने तयारी गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समेत अब चेकजाँच कडाई गरिने भएको छ । कोभिड–१९ खोप लगाइ तथा नलगाई आउने यात्रुलाई होटल क्वारेन्टिन अनिवार्य बस्नुपर्ने र विमानस्थलमा एन्टीजेन परीक्षणको समेत अनिवार्य व्यवस्थाको तयारी सरकारले गरेको छ । नेपालसँग सीधा हवाइ सम्पर्क रहेको हङकङमा यो भाइरस देखिएको छ ।

  • जाजरकोटमा बस दुर्घटना, कम्तिमा ५ जनाको मृत्यु

    जाजरकोट । जाजरकोटमा बस दुर्घटनामा परि कम्तिमा ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार २५ जना घाइते छन् । नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना ६ख २७५७ नम्बरको बस आज बिहान साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका १३ बराहचौर भन्ने स्थानमा दुर्घटना भएको प्रहरी जनाएको छ ।


    दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको छ । उनीहरुको पहिचान भइसकेको छैन । दुर्घटनामा घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार जारी छ । बस सडकबाट करीब दुई सय मिटर तल खसेको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • एमालेमा पदाधिकारी र सदस्य छान्ने अधिकार ओलीलाइ, रावलले नमान्ने

    एमालेमा पदाधिकारी र सदस्य छान्ने अधिकार ओलीलाइ, रावलले नमान्ने

    चितवन । नेकपा एमालेमा पदाधिकारी र केन्द्रीय सदस्य छान्ने विशेषाधिकार अध्यक्ष केपी शर्मा ओलीले पाएका छन् । उनलाई बन्दसत्रले यस्तो अधिकार दिएको हो । शनिबार सौराहामा शुरु एमालेको १० औं महाधिवेशनको बन्दसत्रमा नेता विष्णु पौडेलले यस्तो प्रस्ताव राखे । उनको प्रस्तावमा बहुमत सदस्यले ताली बजाएर समर्थन गरे ।

    तर, यो निर्णय नेकपा एमालेका नेता भीम रावलले भने नमान्ने भएका छन् । उनले आफूले अध्यक्षमा उम्मेदवारी दिने अडान कायम राखेका छन् । अन्य पदाधिकारीमा सर्वसम्मत बनाउन प्रयासरत ओली आफ्नै पदमा भने चुनाव लड्नु पर्ने तनावमा छन् । उमेदवारी दर्ता आइतबार हुने छ ।

  • रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, बाबु-छोराको निधन

    रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, बाबु-छोराको निधन

    रुपन्देही । रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको निधन भएको छ । प्रहरीका अनुसार ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवारी स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदीपको निधन भएको हो ।

    बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । गम्भीर घाइते उनीहरुलाई युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा लगिएको थियो । अस्पतालले मृत घोषणा गरेको छ । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

  • २१३ जनामा कोरोना पुष्टी, ३ जनाको मृत्यु

    २१३ जनामा कोरोना पुष्टी, ३ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ९०७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ७२५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

    पछिल्लो २४ घण्टामा ३२५ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा तीन जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२१ पुगेको छ । यसैगरी देशभर हालसम्म सात हजार १५६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा एक लाख १५ हजार ४३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

  • सूर्यविनायकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

    सूर्यविनायकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

    भक्तपुर । भक्तपुरमा टिपरको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका ८ आदर्श चोकमा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् । बा ३ ख ५४२३ नम्बरको टिपरले बा ५७ प ३११३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धनकुटा घर भइ ललितपुरको कुसुन्ती बस्दै आएका २४ वर्षका असिम लिम्बुको ज्यान गएको प्रहरीको भनाई छ । स्कुटरको पछाडि रहेका ललितपुर पाटनका २६ वर्षका सन्दीप महर्जन घाइते छन् ।

  • कोरोनाको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले दियो ओमिक्रोन नाम, विश्वभर बढाइयो सतर्कता

    कोरोनाको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले दियो ओमिक्रोन नाम, विश्वभर बढाइयो सतर्कता

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको नयाँ भेरिअन्टलाई भेरिअन्ट अफ कन्सर्न घोषणा गरेको छ । सो भाइरसलाई ओमिक्रोन नाम दिइएको छ। यो भेरिअन्टको ठूलो सङ्ख्यामा उत्परिवर्तित भएको समाचार छ । बीबीसीका अनुसार प्रारम्भिक प्रमाण अनुसार यो भेरिअन्टबाट सङ्क्रमणको जोखिम उच्च रहेको डब्लुएचओले जनाएको छ। यो भेरिअन्ट पहिलो पटक नोभेम्बर २४ तारिखमा दक्षिण अफ्रिकामा पाइएको हो । हालसम्म ‌ओमिक्रोन बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा पुष्टि भएको छ।

    कैयौँ देशहरूले दक्षिण अफ्रिका जाने वा आउने क्रमलाई पूर्ण प्रतिबन्ध लगाएका वा सीमित पारेका छन्। दक्षिण अफ्रिका, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो अनि इस्वाटीटीबाट आउने यात्रुहरूमा उनीहरू यूके वा आयरल्यान्डका नागरिक वा यूकेका वासिन्दा रहेको अवस्था बाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको छ। अमेरिकाले पनि यस्तै खाले व्यवस्था कायम गरेको छ। यी व्यवस्था सोमवारबाट लागु हुने छ। युरोपेली सङ्घ अन्तर्गतका राष्ट्र र स्वीट्जरल्याण्डले पनि अस्थायी रूपमा दक्षिण अफ्रिकी राष्ट्रहरूसँगको हवाई यात्रामा रोक लगाएका छन्।

  • एमालले भागवण्डा मिलाउन पद थप्यो, होला सर्वसम्मत ?

    एमालले भागवण्डा मिलाउन पद थप्यो, होला सर्वसम्मत ?

    काठमाडौं । नेकपा एमालेले पार्टी भित्र भागबण्डा मिलाउन विभिन्न पद थप गरेको छ । शुक्रवार मध्यरात सौराहामा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित अन्य पदमा संख्या थपेर सर्वसम्मत नेतृत्व चयन गर्न प्रयास गरेको छ । पार्टीको बिधान भन्दा फरक व्यवस्था गर्नु पर्ने भएकाले केन्द्रीय कमिटीले गरेको निर्णय बन्द सत्रमा प्रस्ताव लगेर अनुमोदन गर्ने तयारी रहेको एमाले बताएको छ । केन्द्रीय कमिटिले राती साढे १२ बजे बसेको बैठकले यस्तो निर्ण गरेको हो ।

    एक अध्यक्षसहित सात उपाध्यक्ष जसमा वरिष्ठ उपाध्यक्ष एक छ उपाध्यक्ष हुने गरि विधान परिवर्तन गरिएको छ । एक महासचिव, ३ उपमहासचिव, सात सचिव, केन्द्रीय कमिटी ३०१, पोलिट्ब्युरो ९९, स्थायी कमिटी ४५, पदाधिकारी १९ पुर्‍याउने निर्णय समेत एमालेले गरेको छ । यद्दपी एमालले सर्वसम्मत नेतृत्वको प्रयास गरेपनि नेताहरुले धमाधम उमेदवारी घोषणा गर्ने क्रम भने जारी छ । एमालेको बन्दसत्र आजबाट शुरु हुँदैछ ।

  • आज माओवादी केन्द्रको देशभर पालिका अधिवेशन

    आज माओवादी केन्द्रको देशभर पालिका अधिवेशन

    काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र)को पालिका आज देशभर हुँदैछ । दिउँसो १ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले देशभरिका अधिवेशनमा भर्चुअल्ली सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ । माओवादी केन्द्रले मंसिर ४ गते देशभरि वडा अधिवेशन गरेको थियो। माओवादी केन्द्रमा सबै स्थानमा सर्वसम्सत नेतृत्व आइरहेको छ ।

    अन्तरिम विधान २०७८ मा पार्टीका विभिन्न तह र जनवर्गीय संगठनका केन्द्रीय निकायको निर्वाचन गर्न केन्द्रीय निर्वाचन आयोगको व्यवस्था छ। माओवादीले सदस्यता नवीकरण समेत टुंग्याइसकेको छ । माओवादीको २५ मंसिरमा सातै प्रदेशमा अधिवेशन हुने कार्यक्रम छ । पुस ११ देखि १३ मा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आयोजना हुँदैछ ।

  • नेपालमा थप २७० जनामा कोरोना पुष्टी, ३०२ जना संक्रमण मुक्त

    नेपालमा थप २७० जनामा कोरोना पुष्टी, ३०२ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८२९ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २६१७ जनाको एन्टिजेन परीक्षण गर्दा २८ गरी २७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २० हजार ५१७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३०२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १ हजार ७२२ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार २८७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ ।